Jan 10, 2009

विकलसग बिताएका पल
नरेन्द्र रौले
(यो लेख माघ महिनाको साहित्यिक मासिक मधपर्कमा प्रकाशित छ ।)
मंसिर महिनाको मध्यान्ह छ । चिसो मौसम।आरुबारीको रौनक बेग्लै छ । बासका रुख हल्लिरहेका छन् । केहि पर हरियो जङ्गल । एउटा बुढो पिपलको रुख नजिकै रहेको घर । त्यसैको छतमा बसेर पारिलो घाममा बसेर जिउ तताइरहनु भएको थियो बरिष्ठ साहित्यकार रमेश विकल जो यतिखेर हामी माझ हामी हुनुहुन्न । पहिले जस्तो परालले छाएका,रंगीबिरंगी माटोले पोतिएका घरहरु अब छैनन् । जताततै घरैघर मात्रै । गाडी मोटरको आवाज आइरहन्छ एकोहोरो । तर यसले विकललाइ कुनै असर गरेको छैन । कान्तिपुर दैनिकका कोशेलिका सयोजक दीपक अधिकारीको अनुमतिले स्वर्गिय रमेश विकलको अर्न्तवार्ता लिन मसिरको पहिलो हप्ता आरुबारीस्थित उहाको निवासमा पुगेको थिए । जुन अर्न्तवार्ता प्रकाशित भएको हप्तादिन नबित्दै उहा सधैका लागी बिदा भएर जानुभयो । सम्भबत उहालाई भेेटेर मैले लिएको अर्न्तवार्ता नै अन्तिम होला । त्यसपछि केहि दिनमा उहा विरामी भएर अस्पताल भर्ना हुनुभयो।

उमेरले चार बिस काटेर बुढ्यौली लागेपनि साहित्य सिर्जनालाई निरन्तरता दिन छोड्नुभएको थिएन । हरेक विहान साढे ४ बजे उठेर नुवाइ,धुवाइ,योगा गरेपछि नियमित लेखन कार्य सुरु हुन्थ्यो विकलको । खासै विरामी जस्तो हुनुहुन्थेन । हसिलो फर्ूर्तिलो देखिनुहुन्थ्यो । म त्यहा पुग्ने बित्तिकै छतबाट तल उहाको आफ्नै कोठामा बस्याै जहा उनले बनाएका पोर्टर्ेेे एकोहोरो हामीतिर नियालिरहेका थिए । जसरी सम्झनाको एल्बमबाट अहिले विकलको तस्विरले मलाइ चियाइरहेको छ । चालिसे गाउ आरुबारीबाट सुरु भएको उनको बाल्यकाल देखि जीवनको अन्तिम क्षण सम्मको सिर्जना यात्राबारे चियाको चुस्कि लिदै हामी झण्डै दुइ घण्टा गफियौ । अझै कति गफिन मन थियो । सचेत भएर २० बर्षो उमेर देखि लेख्न थालेका विकलले बाल्यकाल सम्झदै भने,'गाउमा बुढापाकाहरुले रमाइला कथा सुनाउथे । हजुरआमाले पनि घरमा कथा सुनाउनुहुन्थ्यो । म आफ्ना साथीहरु बटुलेर तिनै कथाहरुमा नया कुरा मिसाएर फरक पारामा सुनाउथे,पछि तिनै कथाहरुलाई निगालाको कलमले रुखबाट बनाएको मसिमा चोबेर लेख्थे ।' हिजोका तिनै कथाहरुको प्रतिफल हो अहिलेको अजर अमर रमेश विकल,जो नेपालि साहित्यको आकाशबाट कहिल्यै नअस्ताउने नक्षत्र बन्यो । आख्यान जगतमा प्रसिद्धि कमाएका यि र्सजक सग । पत्तै भएन समय बितेको । समय बलवान् छ । त्यो क्षण उहालाई कतै हतार भएको थियो,फेरी भेट्ने बाचा गर्दै उहाले भन्नभएको थियो, "नरेन्द्र जी आज मलाइ अन्त जानु छ । अर्को दिन मौका पारेर आउनुहोस् न । दिन भरी बसेर गफ गरांैला नि ।" दिनभरी सगै बसौंला भनेर बिदा गर्नुभएका विकल सग एक पल पनि बस्न नपाइ सधैका लागी छोडेर टाढा हुनुभयो । बुधबार मध्यान्ह अचानक एफएममा उहा“को निधन भएको खबरले मलाइ स्तब्ध बनायो । म झसङ्ग भए । पत्याउन सकिन । उहाले दिनुभएको फेरी भेटौला भन्ने त्यो बाचा पुरा होला भन्ने लागेको थियो । एउटा इमान्दार लेखकले आफ्नो बाचा पुरा गर्न सक्नुभएन् । कालको अगाडि हानुभयो । निरन्तर उनको दुखद मृत्युको खबर आइरहदा नपत्याइ रहन सकिएन । त्यस बेला अर्न्तवार्ता लिएको सम्झना मिठो याद बनेर पलपलमा आइरह्यो । सगै बसेर खिचिएको फोटो घरीघरी हेरिरहें । लाग्यो, विकल मेरो सामुन्ने बोलिरहनुभएको छ । म उहासग मनका कुराहरु साटिरहेको छु । निरन्तर प्रश्नहरु तेरस्याइरहेको छु । तर अब मेरो सम्झनामा मात्रै सिमित रहनुभयो विकल । जो सग केवल कल्पनामा बाहेक कहिल्यै भेट्न सकिने छैन अब ।
विकलले सँहित्यलाई कहिल्यै पेसाका रुपमा लिनुभएन् । साहित्य पेशा बन्न सक्दैन भन्ने धारणा राख्नुहुन्थ्यो । देशको राजनितीक,आर्थिक समस्याले पिरोलिरहन्थ्यो । समाजका बिकृति,बिसगति हटाउन र समाजको जागरणका लागी आफुले लेख्ने गरेको बताउनुहुन्थ्यो । साहित्य पेशा बनाउन खोज्ने लाइ तपाइको सल्लाह के छ भनेर सोध्दा उहाले भन्नुभएको थियो ,"साहित्य पेशा हुदै होइन,यो त सेवा हो । साधना हो । कसैले पैसा कमाउने उद्देश्य राखेर लेख्न खोज्छ भने म उसलाइ सल्लाह दिन्छु,साहित्य साधना गर्न छोडेर उसले भ्रष्टाचार गरोस्,तस्करी गरोस् ।" स्वयं विकलका किताब प्रकाशन गर्ने केहि ठूला प्रकाशन गृह बाहेक अरुले पैसा नदिएको गुनासो स्वयं उहाले सुनाउनुहुन्थ्यो । विकलको लेखनमा सधै गरिब र निम्न बर्गका पात्रहरुले स्थान पाउथे । मधुमालति,लुखुर,सडक बढार्ने न्हुछेमाया चटरी पसल्नी,काइलि अजि,द्वारे बा,घमाने,खलाल,रामबिरे, मन्दिर अगाडि उभिएर फूल दिने प्रतिमा सबै उहाका कथाका प्रमुख पात्रहरु हुन् । राम्रो साहित्य सिर्जना गर्न विषयबस्तुको ज्ञान,छनोट,भाबना,प्रतिभा,साधना र सीपको आबश्यकता हुनर्पर्छ भन्ने उहाको ठम्याइ थियो । बिशेष गरी कथा लेखनमा प्रसिद्धि कमाएका विकलले उपन्यास,नाटक,नियात्रा र बाल साहित्यमा पनि कलम चलाउनुभएको छन् । उसो त रमेश विकलका उत्कृष्ट कथाहरुलाई,'अ लिफ इन बेगिङ् बोल ' का नाममा लेखिका मञ्जुश्री थापाले अग्रेजी अनुवाद गरेकि छिन् । भुपि शेरचन,गोबिन्द बहादुर मल्ल,महाकबि देबकोटा,दौलत बिक्रम बिष्ट,ध च गोतामे,म्याक्सिम गोर्कि,टाल्सटाय,दोस्तोबस्की उहाका मन पर्ने लेखक थिए । पछिल्लो पटक उनले मेरी शेलि -पिबी शेलीकि श्रीमति) को विज्ञान उपन्यास पmयाङ्कस्टेइन लाई नेपालिमा भष्मासुर नाम दिएर अनुबाद गर्दैहुनुहुन्थ्यो । आफ्नो आत्मकथाको दोस्रो भाग पनि अगाडि बढाउदै हुनहुन्थ्यो । उहा त निरन्तर आफ्नो जीवनमा लेख्न चाहिरहनुभएको थियो । तर अचानक लेखनको गति रोकियो । मृत्युले उहाको बाटो छेकेर आफुसगै लिएर गयो । उहाले लेखिरहदा मैले सोधें,'ससार छाड्नु अघि के गरेर जान पाए हुन्थ्यो जस्तो लाग्छ -' उनले भने,"साहित्य सिर्जना गर्दा गर्दै जान पाए हुन्थ्यो जस्तो लाग्छ । साथै मलाई समाज र देशको अति माया लाग्छ । यसैको उन्नति, प्रगति हुने कार्य गर्न पाए भन्ने लाग्छ ।"
बाल्यकालमा सम्झनाहरु एकपछि अर्को गर्दै उनको स्मृतिमा नाचिरहेका थिए । बिर्सनै नसकेको क्षण सम्भिmन पनि भुलेनन् । एक दिन घर नजिकैको कुलोमा माछा मार्न गएछन् । खेतका हिले माछा मारेर घरमा ल्याई पोल्दा माछाहरु निकै छट्पटाउदा ज्यादै ग्लानि भएछ । सम्झदै भने,'म मा निकै पश्चाताप भयो,ठूलो पाप गरेछु भन्ने लाग्यो । आफ्नो टाउको भित्तामा ठोक्दै निकै बेर रोइरहें ।' रंगीचंगी माटोले पोतिएका औंलामा गन्न सकिने काचो इटाका घरहरु,परालले छाएका छानाहरु अब आरुबारीमा छैनन् । जताततै घरैघर छन्,ढोका अगाडि गाडी मोटर गुडिरहेका छन् । तर अझै गाउले परिबेश भेटिन्छ आरुबारीमा । फर्केर आउदा जिज्ञासा राखेको थिए । 'अर्को जुनिमा के बन्ने रहर छ -' विकलले भने,'अर्को जुनिको कुनै निश्चित छैन । यो त आत्माको रुपान्तर मात्र हो । भोलि म रमेश विकल नै भएर कहा जन्मन्छु र - अर्को जुनिमा के बन्ने त्यो निश्चित नभएपनि विकलले ससार छोडेर जाने निश्चित भयो । साच्चै विकल अर्को जुनिमा के बन्लान् त्यो चाहि कसैलाई थाह छैन । मलाई भने पलपलमा उनी सग भएको अधुरो भेटको सम्झना आईरहन्छ । उहालाई भेट्ने मेरो चाहना कहिले पुरा होला - कहिले काहि फेरी भेट हुन्छ कि जस्तो लाग्छ । नेपालि पत्रकारले मैले लिएको यहि अर्न्तवार्ता नै अन्तिम बन्न पुग्यो । अब बिदा रमेश विकल । जहा रहेपनि आत्माले सुख शान्ति पाओस् ।

No comments: