Showing posts with label सुचना-प्रबिधी. Show all posts
Showing posts with label सुचना-प्रबिधी. Show all posts

Dec 11, 2011

Community driven site jhoomka.com is launched

Community driven site jhoomka.com is launched in Nepali Online Web Media, Nepali social networking site, Nepali news, Nepali Blog, Nepali Models, Nepali Classifieds, Nepali Jobs, Ecommerce, buy and sell online NepalLife is beyond imagination in 21st Century without the access of internet. Internet has become an integral part of our daily life. Number of internet users is increasing day by day even in developing countries like ours. What’s happening across the world is a concern of the internet users today. So, considering the need of internet users, we’d like to take an opportunity to inform you that a brand new online website www.jhoomka.com has been launched in Nepali online web media.

Who we are?

Jhoomka Dot Com is a community driven site for people to discover and share content from anywhere on the web. From the biggest online destinations to the most obscure blog. Jhoomka Dot Com surfaces the best stuff as liked by our community. We are committed to provide tools for our community to discover content, discuss the topics that they are passionate about, connect with like-minded people and make some new friends in the process. By looking at information through the lens of the collective community on Jhoomka, you all will always find something fascinating and unique.

What we do?

NEWS
News and updates on Jhoomka Dot Com comes straight from the Jhoomka Community. The best links found from around the web are shared on Jhoomka Dot Com to gain traction and exposure as the link shared virally.
Found an interesting link on the internet? Jhoomka Dot Com is the best place to take that news further and spread it quickly amongst a vibrant community.

BLOG

Blog provides platform for new upcoming writers by priming their work. Blog is all about general topics and Jhoomka community can submit their article both in Nepali and English language.


MODEL
Fashion today is a topic of interest for everyone. Jhoomka Dot Com provides opportunity to upcoming models and coverage to those who are ruling the ramp. Submit the photos and Jhoomka Dot Com will make it available and possible.


CLASSIFIED
Namaste to the best place for local buying and selling. With Jhoomka Classified you get the convenience of shopping and buying locally. Find everything you are looking for from autos to antiques, pets to patio sets, sofas to sporting goods, or even a new job or a house.

Community driven site jhoomka.com is launched in Nepali Online Web Media, Nepali social networking site, Nepali news, Nepali Blog, Nepali Models, Nepali Classifieds, Nepali Jobs, Ecommerce, buy and sell online Nepal

Establishment and location

Established in the year 2011 (Introductory Phase). We are located at 115 Kumari Marg, Naxal, and Kathmandu, Nepal.

Chairman

Ram Adhikari (NRN USA)
Chairman at Jhoomka Dot Com Pvt. Ltd
Chairman of Jhoomka Investment Pvt.Ltd
Director of Sagarmatha Insurance Co.Ltd
Stock Broker of Nepal Stock Exchange

Our Mission

With a mission to provide the community with latest news, best blogs, models as a touch to a fashion world. In addition with classified section our objective is to provide the community with buying and selling facilities, rendering with the best services from house rentals to vacancies.

Vision of Company

To be one of the leading website in Nepal, providing latest news, blogs, and models and classified. The leading websites with maximum views and hits.

Infrastructure

Well furnished office setup in approximately 2500 sq.ft. Area, well equipped workshop, meeting room, separate office for managers, front desk, power backup – Generators, good working environment, qualified employees.



Jun 22, 2010

3 जी को जमाना
नरेन्द्र रौले

टेलिकमले बिस्तार गरेको नया सुबिधा प्रति मानिसहरुको आकर्षण बढ्दो, तर गुणस्तरमा कमी आएको गुनासो ।

प्रिपा ९ कपिलबस्तु स्थायि घर भएका सन्तोष न्यौपाने नौ महिना अघि बेल्जियम पुगेका थिए । बेल्जियमको बु्रगी शहर
मा बसोबास भएका न्यौपाने, २२ पेसाले पत्रकार हुन् । नेपालस्थित टेलिभिजन च्यानल न्युज २४ का बेल्जियम प्रतिनिधी उनी
नेपालइजरायलडटनेट, रेडियोटिटानडटकम जस्ता अनलाइनमा पनि आबद्ध छन् । बेल्जियममा पाइलो टेके देखि नै न्यौपानेले
एप्पल ब्रान्डको थ्रि जि मोबाइल चलाउन थाले । यतिबेला उनको पेसामा अभिन्न सहायक बनेको छ , थ्रि जि मोबाइल ।

न्यौपाने संलग्न रहेको रेडियोटिटानडटकम अनलाइन रेडियो हो । जसमा उनी कार्यक्रम संयोजक छन् । धेरै जसो समय आवाज संग खेलिरहनुपर्ने हुन्छ । नेपाल स्थित टेलिभिजन च्यानल न्युज २४ मा समाचार रिपोर्ट पठाउदा आवाज र तस्विर दुबैको आबश्यकता पर्छ। यिं दुबै कामको लागी थ्री जि अत्याबश्यक बनिसकेको छ ।
ब्यबसायिक कामका लागी भिडियो रेर्कर्ड र भ्वाइस रेर्कर्ड गर्ने न्यौपाने आफ्ना साथीहरु संग बिशेषत भिडियो कल गर्छन् र अरु बेलामा इन्टरनेट चलाउछन् । कुनै बेला इन्टरनेट
चलाउन पाउनु सपना जस्तै लाग्थ्यो, लङ्कु ६ चितवनका आशिष रिजाल, १९ को लागी । तीन बर्षअघि विद्या विकास इंगलिस बोर्डिङ स्कुल अध्ययनरत छंदा बीस मिनेट साइकल चढेर नारायणगढ बजार आइपुग्थे उनी । इमेल चेक गर्नकै लागी भनेर ५० रुपैया तिरेर साइबर पस्थे उनी । त्यो पनि इन्टरनेट एकदम ढिलो गरी चल्थ्यो । तिनै आशिष रिजाल अहिले दंग छन् । स्कुले जीवनमा जुन रहर पुरा गर्न पाएनन्, त्यो अहिले पुरा गरिरहेका छन् । गएको पांच महिना देखि उनको खल्तिमा थ्रि जि मोबाइल छ । जर्मनीबाट उनकि आमा लक्ष्मीदेबीले थ्रि जि सेट पठाइदिएपछि यसमा धेरै सुबिधा लिन थालेका छन् उनले । दैनिक ६
घण्टा भन्दा धेरै समय इन्टरनेटको दुनियामा बिताउंछन् आशिषले । अष्टे्रलियामा रहेका दाइ संग भिडियो कल गर्छन्, साथीभाइहरु संग एमएसएन, इबडि, याहु म्यासेन्जर, फेसबुक मार्फत नियमित सर्म्पर्कमा रहन्छन् । मन परेका किताब पढ्छन् । ह्वाइट हाउस कलेजबाट विज्ञान विषयमा प्लस टु उर्त्तिर्ण आशिषको लागी पढाइ मा पनि थ्री जि मोबाइलले ठूलै सहयोग पुर्‍याइरहेको छ । जीवनमा इन्जिनियर बन्ने सपना पालेका छन् आशिषले । त्यो आकांक्षा पुरा गर्न राम्रा इन्जिनियरीङ कलेजहरु खोजिरहेका छन् यतिबेला । सके पुल्चोक इन्जिनियरिङ क्याम्पस नत्र भारतको कुनै इन्जिनियरीङ कलेजलाइ आफ्नो गन्तब्य बनाइरहेका छन् उनी ।

धेरै कुरामा थ्री जि मोबाइल सजिलो लाग्न थालेको छ आशिषलाइ । सानो स्क्रीन, चलाउन पनि सजिलो छ । पैसा पनि निक्कै सस्तो । १०० केबिको जम्मा ०।२५ पैसा मात्रै । टु जि भन्दा त कैयौ गुणा बढी छिटो चल्ने । साइबर धाइरहनु पनि परेन । आफुलाइ मन परेका म्युजिक भिडियो, गीत, प्रोगाम पनि थ्री जि मोबाइल मार्फ नै डाउनलोड गर्छन् उनले । आफुले प्रयोग गर्दै आएको थ्री जि मोबाइलका आएको बारे उनी भन्छन् , मेरो पढाइसंग संगै साथीभाइ संग अपडेट हुन, रमाइलो गर्न यसले सघाएको छ ।

यहा लिइएका सन्तोष र आशिष दुइ प्रतिनिधी पात्र हुन्, जसले थ्री जि (ते
स्रो पुस्ता० मोबाइल प्रयोग गरिरहेका छन् । बदलिदो समय, दिनहु भित्रिने नया नया सूचना प्रबिधि संग अभ्यस्त हुन खोज्दैछ शहरी पुस्ता । मानौ अब आरामदायि ढंगले नया सुबिधा र एप्लिकेसन भएको थ्री जि बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन । टेलिभिजन हेर्न मन छ तर घरमा बत्ति गएको छ , अत्याबश्यक काम गर्नु छ साइबर जानु पर्‍यो तर टाढा छ , त्यहा ठुलै भीड छ वा अरु केहि समस्या छ , गीत सुन्न र म्युजिक भिडियो हेर्न मन छ , तर तपाइको कम्प्युटरमा इन्टरनेट कनेक्सन एकदम ढिलो छ, तपाइ कतै जांदै हुनुहुन्छ बाटो हराउनु भयो, यिं सबै समस्याको समाधान
थ्रि जी हुन सक्छ ।

आवाज मात्र सुनिने, सिमित क्षमता र थोरै मात्रै प्रयोगकर्ता भएको र एनालग टा्रन्समिटर भएको वन जि अब लोप भएर गइसक्यो । त्यस लाइ बिस्थापित गर्दै नया रुपमा टु जि आयो । जसले जिपिआरएस , जिएसएम रेडियो र एसएमएस लगायतका सुबिधा दिलायो । मानविय गुण नै हो जति सुबिधा पाएपनि थप सुबिधा खोज्ने । टु जि ले मात्रले पनि चित्त बुझेन । र टु जि बिस्तार हुंदै त्यसैको नया रुप आयो थ्रि जि मोबाइल । जसले मानिसहरुको दैनिक जीवनलाइ सहज बनाउंदै छ ।

नेपाल टेलिकमले दक्षिण एसियामै पहिलो पटक तीन बर्षअघि सन् २००७ मा काठमाडौको रिङ रोड भित्र मात्र थ्रि जि सेवा दियो । सुरुमा बीस हजार प्रयोगकर्ताहरुलाइ लक्षित गरेर सेवा विस्तार गरिएको थियो । जम्मा ८ वटा टावर मात्र निमार्ण गरिएका थिए । रु ४१९५ तिरेर प्रिपेड सिमधारीले मात्र थ्रि जि सेवा लिन पाउंथे । पोस्ट पेड सिमधारीलाइ खुला गरिएको थिएन । तर सन् २०१० जनवरीबाट दुइ लाख प्रयागकर्ताहरुलाइ लागी लक्षित गरेको नेपाल टेलिकमले काठमाडौ र भक्तपुर आसपासमा ६४ वटा टावर निमार्ण्र गरिसकेको छ । र पोष्टपेड सिमधारीलाइ पनि यो सेवा दिन थालिसकेको छ । काठमाडौ बाहिरका शहर मध्ये पोखरामा ८ वटा टावर पनि बनिसकेका छन् । नेपाल टेलिकमका इन्जिनियर प्रक्षेप थापाले दिएको रेर्कर्ड अनुसार दुइ हजार पोष्टपेड र एक हजार प्रिपेड गरी हाल सम्म जम्मा तीन हजारले नेपालमा थ्री जि सुबिधा लिइरहेका छन् ।

सुरुमा प्रिपेड मोबाइल कर्ताका लागी मात्र खुला गरिएको थ्री जि सेवा लिन रु ४१९५ तिरेर रजिष्टे्रसन गर्नु पथ्र्‍यो । फागुन २० गतेबाट दुबै सिम प्रयोगकर्ता लागी खुला गरिएपछि रजिष्टे्रसन शुल्कमा पनि हेरफेर गरियो । अहिले प्रिपेड सिम प्रयोगकर्ताले रु १५०० र पोष्टपेड सिमकर्ताले २१३० रुपैया तिरेर रजिष्टे्रसन गर्न सक्छन् । दुइटैमा रु एक हजार बराबरकोब्यालेन्स हुन्छ । शुल्क घटाइएकाले यो सुबिधा लिनेहरुको निकै भिड बढेको छ । राजधानीका त्रिपुरेश्वर, पुल्चोक स्थित कार्यालयबाट दैनिक कम्तिमा तीस जनाले रजिष्टे्रसन दर्ता गराउने गरेका छन् । पोष्टपेड सिम प्रयोग कर्ताले रु २५० तिरेर उहि नम्बर प्रयोग गर्न पाउछन् भने प्रिपेडले नया नम्बर र सिम लिनुपर्ने ब्यबस्था छ । विद्यार्थी, पत्रकार, इन्जिनियर ,ब्यापारी, पाइलट, बिभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरु थ्री जि का प्रयोगकर्ता बनेका छन् ।
मोवाइल सेवा निर्देशनालयका निर्देशक जीवनरत्न शाक्य तिनै प्रयोगकर्ता मध्ये एक हुन । उनले आफ्नो कार्यालय र घरमा बत्ति गएका बेला टेलिभिजनमा समाचार हेर्छन् । दिनहु कहा के घटनाहरु भए तिं कुरा जान्न उनी उत्सुक हुन्छन् । यस बाहेक उनले इन्टनेट चलाउछन् । नेपाल टेलिकमका इन्जिनियरका प्रक्षेप थापा लाइ बिशेष गरी वर्ल्ड कप हेर्न मन पर्दोरहेछ । ूनेर्टवर्क चलिराखेको छ कि छैन, चेकजांच गर्न पनि मैले
थ्री जि प्योग गर्छुू उनी भन्छन् । सबैलाइ थ्रि जि ले फाइदा दिएको छ भन्ने अबस्था चाहि छैन । जस्तो कि धुलीखेलको आइटि पार्कमा कार्यरत ज्वलन्त श्रेष्ठले चलाएको एक महिनामै थ्रि जि बन्द गरे । ूधेरै जसो समय कामका लागी काठमाडौ बाहिर जानुपर्दा कामै नलाग्ने ।ू ज्वलन्त भन्छन् । उनका
अनुसार यो सेवा देशैभरी बिस्तार गरिनुर्पर्छ र मुल्य अझै कम गरिनुर्पर्छ ।

प्रबिधिको तुलनामा नेपालले निश्चय पनि फड्को मारेको हो । नेपाल टेलिकमका इन्जिनियर प्रक्षेप थापा पनि यो कुरा स्वीकार्छन् । थापाका अनुसार भारतमा जम्मा तीन हजार पाच सय प्रयोगकर्ता छन् भने नेपाल जस्तो सानो मुलुकमा तीन हजार छन् । सुरुवातको हिसाबले पनि नेपालले नै अगाडी यो सेवा बिस्तार गरेको हो । तर इन्टरनेट बाहेक अन्य सेवामा नेपाल टेलिकमले सोचे अनुरुप राम्रो गुणस्तर दिन भने सकेन । जुन समस्यापाइलट नरेन्द्र शाह, ३१ र ब्यापारी हिङ्गुन इफ्रान, ४० ले भोगिरहेका छन् । शाहले बिगत एक बर्षो अबधिमा भिडियो कल निकै कम प्रयोग गरेका छन् । र इफ्रानले पनि दुइ महिनाको अबधिमा जम्मा दुइ पटक प्रयोग गरेका छन् । कारण उहि न्युन गुणस्तर हो । भिडियो कल गर्दा तस्विर प्रष्ट देखिदैन र ठूलो आवाजमा कुरा गर्नुपर्छ । इफ्रान भन्छन् । नेपाल टेलिकमका प्रबक्ता सुरेन्द्र प्रसाद थिके चांडै त्यो समस्या समाधान हुने बताउछन् । उपत्यकामा एक सय टावर बनाउदैछौ । नेर्टवर्कमा आउने त्यस्तो समस्यामा कमी आउनेछ । प्रबक्ता थिकेले भने ।

थ्री जि सेवा लिन सकिने मोबाइल सेटहरु
मोडेल : X6 Nokia
मूल्य रु चौंतिस हजार
मेमोरी स् १६ जिबि
सुबिधा स् ५ मेगापिक्सेल क्यामेरा,
ब्याट्रि स् टु जि का लागी साढे ८ घण्टा र थ्री जि का लागी ६ घण्टा

मोडेल : नोकिया 5800
मूल्य स् रु २४,७५०
क्यामेरा स् ३।१५ मेगापिक्सेल
ब्याटी्र स् टु जि का लागी ८ घण्टा ४५ मिनेट, थ्रि का लागी ५ घण्टा

मोडेल : B5310
मूल्य स् २१,७००
ब्याट्रि स् ८ घण्टा
मेमोरी स् १६ जिबि

मोडेल : इरिक्सन w705
मूल्य स् २३,५००
ब्याट्रि स् १० घण्टा
मेमोरी स् ८ जिबि

मोडेल :सोनि इरिक्सन c 902
मूल्य स् २३,५००
ब्याट्रि स् १० घण्टा
मेमोरी स् ८ जिबि
क्यामेराः ५ मेगापिक्सेल

यो लेख यहाँ पनी पढ्न सकिन्छ

Jun 29, 2009

बोल्ने कम्प्युटर
नेपाली ब्रेल सफ्टवेयर
नरेन्द्र रौले
यहाँ पत्रिकाको स्वरुपमा हेर्न सकिन्छ
http://www.kantipuronline.com/Nepal/show.php?&sid=4928
कम्प्युटरमा औला चलाए पनि लेखेको विषय थाह पाउदिन थिइन् ,गोटिखेल ४ ,ललितपुरकि निरा अधिकारी ३०, । न पढ्न सकिने, न हेर्न मिल्ने । कारण उनी दृष्टिबिहिन हुन् । लेखेको कुराको अत्तोपत्तो नपाउदा मन खिन्न हुन्थ्यो । निरा अब त्यो समस्याबाट मुक्त भएकि छिन् । केहि महिना अघि निमार्ण भएको न्याब नेपाली ब्रेल सफ्टवेयरले आशा जीवनमा आशा जगाएको हो ।

रहरै रहरले नौ बर्ष अघि सेनाको जागिरमा प्रबेश गरेका थिए कुसुन्ति ,ललितपुरका पवन घिमिरे ,२९ । राज्य र माओबादी बिच चर्किदो द्वन्द्वका बेला अचानक कालिकोट जानुपर्ने स्थिती आयो । अनि सुरु भए उनका कठिनपुर्ण दिनहरु । मिति कण्ठै छ ,०६० साल साउन २७ गते देखि उनका लागि संसार अँध्यारो बन्यो । कालिकोटको जुबिधा भन्ने ठाउमा माओबादी सँग भिडन्तमा पर्दा घिमिरेका दुइटै आँखा गुमे । त्यसपछि निराको जस्तै पीडा भोग्नुपर्‍यो । पहिले पहिले साथी भाइलाइ लेखहरु लेख्न लगाउने घिमिरे नया प्रबिधिको सुबिधाले आजभोली आफै लेख्न सक्षम भएका छन् ।
अंग्रेजीमामा नामकरण नेपाली टेक्सट टु स्पिच अर्थात् न्याब नेपाली ब्रेल सफ्टवेयर नेपाली युबाहरुले नै बनाएका हुन् । नेपालमा बनेर प्रयोगमा आएको यो पहिलो प्रबिधि हो । यस अघि काठमाडौ विश्वविद्यालयका एक विद्यार्थिले आफ्नो प्रयोगात्मक परिक्षाका लागि बनाए पनि त्यो प्रयोगमा भने आएको थिएन । दृष्टिबिहिनहरुको जीवनमा सहजपन ल्याउने अपेक्षाले सफट्वेयर निमार्ण गरिएको हो । यसका दुइवटा विशेषताहरु छन् । पहिलो देबनागरिक लिपीमा लेखिएको टेक्सट लाइ सिधै ब्रेल लिपीमा पि्रन्ट गर्न सकिन्छ र दोस्रो अक्षरहरु टाइप गरेपछि कम्प्यटरले त्यसको उच्चारण पनि गरिदिन्छ जसले गर्दा सहज वातावरणमा काम गर्न सकिन्छ । आफुलाइ मन लागेका विषय र अरु चिठीपत्र लेखन सँगै कार्यालयका काम अब दृष्टिबिहिनहरुले मज्जाले टाइप गर्न सक्ने भएका छन् । नेपाली सिक्न चाहने विदेसी र सामान्य पढलेख गरेका जुनसुकैले यसको प्रयोग गर्न सक्छन् । रोमन , नेपाली युनिकोड र नेपाली फन्ट तीनवटै माध्यमबाट काम गर्न सकिन्छ । यिं मध्ये जुनसुकै माध्यमबाट टाइप गर्दा कम्प्युटरले पढिदिन्छ जसले गर्दा गल्ति भएको ठाउमा सच्च्याउदै लेख्न सकिन्छ । आफन्त ,साथी भाइलाइ नेपालीमै इमेल लेख्न सकिन्छ ।
देशभरीका दृष्टिबिहिन जसले पनि आफ्नो चाहना अनुसार कम्प्युटरमा यो प्रोग्राम निशुल्क राख्न सक्नेछन् । त्रिचन्द्र कलेजमा नेपाली विषय लिएर स्नातकोत्तर तहमा अध्ययनरत बालकोट भक्तपुरकि गार्गी नेपाल ,२२ लाइ अहिले पढाइ सजिलो भएको छ । पहिला साथीहरुको आवाज रेकर्ड गरेर मात्र पढ्न सक्ने गार्गी अहिले आफै ल्यापटपमा नोट बनाउछिन् । पहिलाको जस्तो झन्झटबाट मुक्त भएकि छिन् उनी ।
घरमा कम्प्युटर र सामान्य खालको हेडफोन भएमा यसको सुबिधा लिन सकिनेछ । तर कुनै संघ संस्थाले चाहेमा नेपाल नेत्रहिन संघसँग निश्चित मुल्यमा किन्नुपर्ने बताउछन संघका अध्यक्ष नर बहादुर लिम्बु ,४५। अहिले सम्म राजधानिका एक दर्जन भन्दा बढि दृष्टिबिहिनहरुले यो सुबिधा उपभोग गरिरहेका छन् । राजधानि बाहिर पनि विस्तारै यसको प्रयोग विस्तार हुने क्रममा छ । करिब नौ बर्ष पहिला अपांगहरुको कार्यक्रममा जापान जाँदा नरबहादुरले यस्तै खालको प्रबिधि देखेका थिए । त्यहाका दृष्टिबिहिनले जापानि भाषामा यसै गरी पढेको देख्दा नेपालमा पनि यसको सुरुवात गर्न पाए भन्ने लागेको थियो । नभन्दै अहिले उनको सपना पुरा भएको छ । "अब हाम्रा लागि पनि निजामति सेवामा प्रबेश गर्ने बाटो खुलेको छ । यसअघि यो अबसरबाट बञ्चित थियौं । " खुसिको मुस्कान दिदै उनले भने ।
गत सोमबार महाराजगञ्ज स्थित नेपाल नेत्रहिन संघको कार्यालय पुग्दा निरा अधिकारी आफुलाइ मनपर्ने गीतहरु कम्प्युटरमा टाइप गर्दैथिइन् , उनले लेखेका प्रत्येक शब्द सँगै कम्प्युटरले उच्चारण गरिदिन्थ्यो । पहिले पहिले लेख्दा गल्ति लेखियो कि सहि लेखियो त्यसको भेउ नपाउने निरा सुनिने कम्प्युटरमा काम गर्न पाउदा हषिर्त छिन् । भन्छिन् , "अहिले म लोकसेवा आयोगमा शाखा अधिकृत पदका लागि लडिरहेकि छु । " जनप्रशासन क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकि निरा नेपाल नेत्रहिन संघमा कम्प्युटर इन्सट्रक्टरका रुपमा कार्यरत छिन् । त्यस्तै अर्का दृष्टिबिहिन नेत्रहिन क्रिकेटर संघका अध्यक्ष पवन घिमिरे सीपाहि,सिर्जना र अपांग आवाज जस्ता पत्रपत्रिकामा क्रिकेट सम्बन्धि लेखहरु लेख्दै आएका छन् । अब प्रोग्राम सुरु गरेदेखि अन्त्य सम्म नेपालीमै भनिदिए थप सहज हुने थियो भन्ने उनको धारणा छ । भन्छन् , "डिजाइनिङ ,एक्सल,पावरप्वाइन्ट लगायतका अन्य कामहरु पनि नेपालीमै गर्न पाए सहज हुन्थ्यो ।"

कम्प्युटर प्रोगामर धुब्र ज्ञवालि २४, साँढे तीन बर्ष देखि यो सफ्टवेयरको अनुसन्धानमा सक्रिय थिए । बिगतमा नेपाली टु ब्रेल कन्भर्टर बनाएका उनले ल्याएको यो प्रबिधि सफल भएको हो । उनका सहकर्मी नारायण गौतम,नवराज न्यौपाने र मनोज पौडेलको सहयोगमा साँढे तीन महिनाको प्रयास पछि बनेको हो । कम्प्युटरले दिने यो आवाज कल्पना घिमिरेको हो । छ लाख खर्च लाग्ने अनुमान गरिए पनि चार लाखमै निर्मित यो काममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले रु तीन लाख र विज्ञान तथा प्रबिधि मन्त्रालयले रु एक लाख दिएर सहयोग गरेको थियो ।

May 5, 2009

ब्लगिङको दुनिया
नरेन्द्र रौले
(यो फिचर नेपाल साप्ताहिकमा प्रकाशित भाईसकेको छ । पत्रीकाकै स्वरुपमा हेर्ने मन भए यहाँ http://www.kantipuronline.com/Nepal/show.php?&sid=4003 क्लिक गर्नुहोस् )


पैसा तिर्नै पर्दैन । इमेल खोले जस्तै सजिलो । मिनेटमै पर्सनल वेब साइट बन्छ । मनभरीका कुरा लेख्न सकिने । मन परेका तस्विर राख्न सकिने । अडियो र भिडियो पनि राख्न मिल्ने । कस्तो मज्जा छ यसमा ?
"गएको राती म निकै सोच मग्न भएँ । अठार बर्ष मेरो किशोराबस्था देखि राष्ट्रपति बनेको यो रोमाञ्चित क्षण सम्मका घटनाक्रम झलझलि आँखाभरि आइरहे । बुसले शासन गरेको यो भवनमा बसिरहदा निकै चुनौतिहरुका माझ घेरिएको छु ।" शक्तिशालि राष्ट्र अमेरिकाको राष्ट्रपति पदमा निर्बाचित भएपछि बाराक ओबामाले आफ्नो ब्लगमा ब्यक्त गरेका विचार हुन् यिं । निजी वेब साइट खोलेर अमेरिकी जनता सामु सुचनाको ब्यापक प्रयोग गरेर राष्ट्रपति पदमा निर्बाचित हुन सफल ओबामा नियमित ब्लग गर्छन् । नेपालमा पनि सुचना प्रबिधिले दिनप्रतिदिन गति लिदैछ । यसको ब्यापक प्रयोग हुन थालेको छ । केहि नेपाली राजनितीज्ञ र सेलिब्रिटीहरु पनि ब्लगिङ तर्फबिस्तारै आकषिर्त हुदैछन् । बिगतमा फेसबुकमा देखा पर्ने नेपाल सरकारका अर्थमन्त्रि बाबुराम भट्राइ अहिले त्यसबाट टाढा छन् । तर सुचनाको संसारबाट हराएका भने होइनन् । बरु आफ्नै नामको निजी वेब साइट खोलेर नया रुपमा देखा परेका छन् ।
हालै निमार्ण गरिएको साइट बाबुरामभट्राइडट्कममा उनले अलग्गै ब्लग सेक्सन छुट्याएका छन् । जहा आफ्ना सम्झना र अनुभुतिहरु पोखेका छन् यसरी , ' मेरो कानमा तल मर्स्याङ्दी नदी सुसाएको आवाज गुञ्जिरहन्छ र आखा वरिपरी लमजुङको तार्कुघाट बजार , तनहुको बाइस जघार र डुम्रिखर्क आखामा नाचिरहन्छन् । भण्डारी गाउका प्रत्येक उकाली ओह्रालीहरु अनि डाडाघरे हजुरआमा र माइजुहरुलाइ ससम्झीरहन्छु । ' आफ्ना किशोराबस्थाका सम्झनाहरु ब्लगमा मीठो शैलीमा यसरी पोखेका छन् उनले ।
विश्वका कुनै पनि ब्यक्ति सग प्रत्यक्ष सम्बाद गर्ने र आफ्ना कुराहरु पनि राख्ने उद्देश्यले वेब साइट खोलीएको बताउछन् भट्राइ । 'धेरै भन्दा धेरै जनता सग भेट्ने इच्छा पुरा नभएकाले त्यो इच्छा वेब साइटले पुरा गरिदिएको छ । ' उनी भन्छन् । जनता सग प्रत्यक्ष अर्न्तक्रिया गर्दै प्राप्त ,सुझाब , आलोचनाका आधारमा आफुलाइ र पार्टिलाइ जनताकै पक्षमा लाग्न मद्दत पुग्ने उनले विश्वास गरेका छन् । उनका निजी सचिब विश्वदिप पाण्डेको सहयोगबाट साइट अपडेट हुने गरेको छ । बिभिन्न पत्रपत्रिकामा प्रकाशित अर्न्तवार्ता , लेख , फोटो ग्यालरी , राजनितीक जिवन , अडियो भिडियो , आफ्ना बारेमा अरुद्वारा लिखित लेख र प्रकाशित पुस्तकहरुको जानकारी सहित नया रुपमा साइट पस्केका छन् । भिजिट गर्नेहरु ह्वात्तै बढेका छन् । दैनिक रुपमा सय देखि एक सय पचास चिठीहरु आइपुग्छन् । पचास वटा भन्दा बढी इमेलहरु आउछन् । ति सबै प्रतिक्रियाहरु पढेर जवाफ फर्काछन् भट्राइ ।
नेपालको प्रतिब्यक्ति केहि समयमै बृद्धि हुने कुरा भट्राइले उल्लेख गरेपछि सुर्खेत देखि सिंगापुरका सम्मका पाठकहरुले प्रतिक्रिया दिएका छन् । ' देशमा शान्ति भएन । हामी युवा विदेश पलायन हुनुपर्‍यो । हामीले केही गर्ने वातावरण हुनुपर्‍यो । ' रोजगारीका सिलसिलामा साउदि अरब पुगेका पुष्पराज शर्माले बाबुरामलाइ लक्षित गर्दै लेखेका छन् । धेरैका लागी आशाको केन्द्र बनेका बाबुरामलाइ उनकै जिल्लाबासी टप गुरुङले देशलाइ परिकल्पना गरेभन्दा पनि राम्रो बनाउनेमा विश्वास छ । पाठकहरु सगको सम्पर्कलाइ अझ नजिक बनाएको छ ब्लगले ।

'ब्लग' एउटा निजी खुला डायरी हो । यो इन्टरनेट डायरीमा आफ्नो दिनचर्या स्वतन्त्रतापूर्वक लेख्न सकिन्छ । खासमा ब्लगिङको नियमै हुदैन । नया बिषयमा जति लेख्न सक्यो ,पाठकहरु माझ त्यति आकर्ष पैदा गर्न सकिने । जति नया शैलीमा ढाल्न सक्यो त्यति पढौ पढौं लाग्ने । पत्रिकामा सम्पादकले गरे जस्तो छाँट्काँट कतैबाट पनि नहुने । न डेडलाइन हुन्छ ,न निश्चित सिमा हुन्छ । मनमा जे छ सबै कुरा लेख्न सकिन्छ । इन्टरनेट पहुच भएका र कम्प्युटर सम्बन्धि जानकारी भएका जोसुकैले ब्लग गर्न सक्छन् ।
आम जनता समक्ष लोकप्रिय बनेका युबा नेता गगन थापा माइ संसार , फ्रीनेपाल , साझा डट कम जस्ता ब्लग नियमित रुपमा हेर्छन् । दिनको दुइ घण्टा इन्टरनेटमा बिताउने गगन ब्लग गर्छन् । छिट्टै आफ्नो निजी वेव साइट पस्किने तयारीमा लागेका छन् उनी । भन्छन् , 'आफ्नो कुरा कति अरुलाइ सुनाउने जनताको कुरा पनि सुनौं न । ' नेपाली राजनितीमा आफुले गरेका ताता भाषणहरुलाइ शब्दमा मात्र होइन अडियोमा पनि सुन्न सकिने गरि राखिएको छ । देशका प्रत्येक कुना काप्चा देखि अमेरिका सम्म गएर दिएका भाषणहरुलाइ ब्लगमा राखिएको छ । ब्लगमा राखिएका लेखहरुले पनि पाठकहरुलाइ जोशिलो बनाउने खालका छन् । मधेश आन्दोलनलाइ अबसरका रुपमा लिनुपर्छ भन्दै उनी लेख्छन् , 'जय केहि मधेशिहरुको होइन , जय मधेशको हुनुपर्छ , जय केहि नेपालीहरुको होइन सिंगो नेपालको हुनुपर्छ ।'
आफ्नो पुरानो वेब साइटलाइ परिमार्जन गरेर कांग्रेसकै नेता नरहरी आचार्यले त्यसलाइ नया रुप दिएका छन् । राजनितीक दस्ताबेजहरु , आफ्ना प्रकाशित पुस्तकहरु र दिनचर्यालाइ यसमा पस्किन सुरु गरेका छन् आचार्यले । अर्न्तराष्ट्रिय बृत्तमा चिनाउन वेब साइट सुरु गरेको बताउछन् , आचार्य । तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिएपछि आमसञ्चार माध्यम माथि अंकुस लगाइयो । समाचारमा कडा सेन्सर हुन थालेपछि अभिब्यक्तिको माध्यमको बिकल्पका रुपमा ब्लगको सुरुवात भएको भएको थियो । सन् २००४ मा पत्रकार दिनेश वाग्ले र उज्जवल आचार्यले युनाइटेड वि ब्लग नारा दिएर ब्लग डट कम डट एनपि को नाममा सुरुवात गरेका थिए । पत्रिकामा नअटाएका कुरा ब्लगमा राख्न उनीहरुले यसको सुरुवात गरेका थिए । पछि यसको लोकप्रियता दिनप्रतिदिन अर्न्तराष्ट्रिय रुपमा बढ्दै गयो । नेपाल प्रति चासो राख्ने विदेशमा रहेका नेपालीहरु यसका पाठकहरु थिए । अग्रेजी भाषामा वाग्लेले खोलेको ब्लग पहिलो भएपनि नेपाली भाषामा भने उमेश श्रेष्ठले सुरुवात गरेको माइसंसार डट कम नै पहिलो ब्लग मानिन्छ । माइसंसारका पाठकहरु पनि देश विदेशमा अत्यधिक रहेका छन् ।
विज्ञान मन्त्रि गणेश शाहले पनि प्रत्यक्ष शाहि शासनकै बेला देखि ब्लग खोले । 'सञ्चारका साधन नहुदा मैले त्यसको ठाउ पुर्ति गर्न ब्लग उपयुक्त ठानें । ' ब्लग खोल्न कसरी सिके त उनले - अमेरिकामा रहेका छोरा निरजलाइ फोन गरेर ब्लग खोल्ने तरिका बारे सिकेछन् । 'छोरासंग स्काइपि च्याट भइरहन्थ्यो । उनैले सिकाए ।' सिंगापुरमा रहेका अर्का छोरा पंकजले एउटा ल्यापटप पठाइदिएका छन् । त्यसैबाट मन्त्रि शाहले ब्लग अपडेट गर्छन् । सामान्यतया मन्त्रि शाह लाइ 'एबनर्मल जव' गर्न मन लाग्दैन रे । पेशाले उनी मेकानिकल इन्जिनियर पनि हुन् । 'नया नया काम गर्न मन लाग्छ । ' उनी भन्छन् ।
जनककपुर लोहना गाविसमा जन्मेका मन्त्रि शाह नेकपा संयुक्तका पूर्व महासचिव पनि हुन् । राजनिती र समाजसेवामा रुचि राख्छन् । आफु उच्च ओहदामा रहे पनि ब्लगमा उनको लेखाइको विषय भने निम्न स्तरका जनताले ठाउ पाएका छन् । र्सलाहिमा पार्टिको कार्यक्रम हुदा डोम जातिका एक युबकलाइ भेटेछन् । उनको पढाइ लेखाइ , पारिवारिक स्थिती ,बैबाहिक जानकारी पनि लिएछन् । पछि राजधानि फर्केर तिनै युबकका बारेमा उनले आफ्ना अनुभुतिहरु ब्लगमा लेखे । सार्कि , मुसहर र डोम जातीका मानिसहरुलाइ कसरी शिक्षित बनाउने भन्ने विषयमा पनि उनले लेखेका छन् । देश विदेश भ्रमण हुदा उनले खिचिएका फोटाहरु पनि ब्लगमा हेर्न सकिन्छ । प्रतिगमनका बेला घरमै बसिन्थ्यो । समय हुन्थ्यो । तर मन्त्रि बनेपछिको दिनचर्या बढेको छ । खासै समय हुदैन । उनका सहयोगी दीपक अधिकारीले पनि ब्लग गर्न सहयोग गर्छन् ।
सात बर्षदेखि डामाडोल डट कम चलाउदै आएका हास्यकलाकार मनोज गजुरेलले गजुरेल डट कम का नाममा आफ्नै निजी ब्लग सुरु गरिसकेका छन् । पुरानो वेबसाइटमा हास्यब्यंग्यात्मक कविता , प्यारोडी , लोक दोहोरी र चुटकिलामा मात्र सिमित गजुरेलले नया वेव साइटमा जन्मथलो ताप्लेजुङ देखि सात समुद्र पारी अमेरिका भ्रमण का अनुभुतिहरु मीठो शैलीमा पोखेका छन् ।
एक पटक हास्यब्यंग्य कार्यक्रम देखाउन गजुरेल बाग्लुङ पुगेछन् । साथीभाइ सग गफ गर्दै राती अबेर १२ बजे सुतेछन् । भोली बिहान मज्जाले सुतौंला भन्ने सोचेका गजुरेलको निद्रा पाच नबज्दै खुलेछ । होटल पीस प्यालेसमा निकै होहल्ला भएछ । प्रचण्डलाइ हेर्न भनेर मानिसहरु झुम्मिएका रहेछन् । सक्कली प्रचण्ड नभएर नक्कली प्रचण्ड बनेका मनोज गजुरेल हुन् भन्ने थाह पाएपछि मात्र भिड शान्त भएको थियो । ठट्यौली पारा देखाउन पनि पछि परेका छैनन् उनी । अमेरिकामा आफ्नो कला देखाउन पुग्दा नायिका सारंगाले सोधिछन् , दाइ अहिले नेपालमा कस्तो छ ? बिजोग छ नि बहिनि । किन दाजु ? जवाफ भनेछन् , तपाइ जस्तो नाइटो देखाउने नायिका बिदेश पलायन भएपछि के मा ब्यंग्य देखाउने ? जवाफ सुनेर नायिका फिस्स हासिछन् । समसामयिक राजनिती प्रति ब्यंग्य गर्दै नक्कली प्रचण्ड , राजाको नक्कल गर्दै बनाइएका अडियो भिज्युल भट्टि भजन ,अन्तिम सम्बोधन ,छाडबिन आयोग ,बहुदलको गीत , शाहि सम्बोधन , कौन बनेगा राष्ट्रपति जस्ता सामग्री पनि ब्लगमा पस्किएका छन् ।
सोखका रुपमा हो वा फेसन का रुपमा पछिल्ला दिनहरुमा ब्लगको संख्या निकै बृद्धि हुदै गइरहेको छ । तर नियमित अपडेट भने हुदैनन् । यस्ता ब्लग हरु निकै कम मात्रामा छन् जो अपडेट हुन्छन् ।