Mar 21, 2013

नेपाल बाहिरका नेपाली

स्वदेशको सेवा

नरेन्द्र रौले

परदेशको जीवन निकै व्यस्ततामा बित्छ। आफ्नो काम, अध्ययन एवं दैनिकीभन्दा पर सोच्ने फुर्सद कमैलाई मात्र हुन्छ। यद्यपि हङकङको जोडर् न बस्ने सञ्जय लिम्बूको मन भने आफ्नो गाउँघर र देशतिरै डुलिरहन्छ। जोर्डनस्थित मायाज हेयर एन्ड ब्युटी सैलुनमा हेयर स्पेसलिस्टका  रूपमा काम गर्ने सञ्जय आफ्नो कमाइको केही अंश सामाजिक कार्यमा खर्चिरहेका छन्। 

सञ्जय अविवाहित छन्। २४ वर्षिय  सञ्जयका अगाडि रहरको चाङ छ। तैपनि उनी आफ्ना रहरहरू पन्छाउँदै सेवाको काममा लम्किएका छन्।  सञ्जयले उर्लाबारी, मोरङकी खुश्बु लिम्बू तथा धरानकी लक्ष्मी मगरलाई धर्मपुत्रीका रूपमा ग्रहण गरेर शिक्षादीक्षामा सहयोग पुर्‍याइरहेका  छन्। 'आफ्नै छोरीजसरी हुर्काउन चाहन्छु' सञ्जयले भने, 'आफ्नै सन्तान नभए पनि उनीहरूसँग मेरो भावनात्मक सम्बन्ध छ।' आफू विदे शमा रहे पनि धरानमा आमाबाट जानकारी पाएपछि उनले ती  बालिकालाई धर्मपुत्रीका रूपमा अँगालेका हुन्। कमजोर आर्थिक अवस्था भएका  खुश्बु र लक्ष्मीले धरानको राम्रै स्कुलमा अध्ययन गर्ने अवसर पाएका छन्। आवश्यकताअनुसार इच्छाहरू पूरा गर्न पाएका छन्। 

सञ्जयले हङकङमा हेयर स्पेसलिस्टका रूपमा राम्रै चर्चा बटुलेका छन्। उनीसँग एकपटक सेवा लिएको हरेक व्यक्ति फेरि फर्केर आउँछन्।  उनले काम गर्ने मायाज हेयर एन्ड ब्युटी सैलुनमा हङकङका मोडल, व्यापारी, कलाकारदेखि बैंक म्यानेजरसम्म नियमित रूपमा पुग्छन्।  स्थानीय मिङपाउ डेली, मिङपाउ विक्लीले उनका बारेमा समाचार तथा लेख प्रकाशन गरेका छन्। बिहान सबेरै सुरु हुने उनको दैनिकीले अबेर  राति ११ बजे विश्राम पाउँछ। यही रफ्तारबीच उनी आफ्नो देशका लागि केही गर्ने योजना बुन्छन्। गत महिना मात्र उनले रविभवनस्थित  आमाको घरलाई झन्डै साढे २ लाख रुपैयाँबराबरको कपडा प्रदान गरे। सञ्जयले विगतमा पशुपति वृद्धाश्रम तथा माइती नेपाललाई पनि  कपडा एवं खाद्यान्न सहयोग गरेका थिए।

सञ्जयको जस्तै फराकिलो सोच छ, 'ड्यासवन' उपनामले चिनिने कमल लामिछानेको। धावा, गोरखा स्थायी घर भएका कमल यतिबेला फ्रान्समा बस्छन्। उनी कम्प्युटर सफ्टवेयर इन्जिनियर हुन्। सन् २००२ देखि नियमित रूपमा फ्रान्समा बसिरहेका कमल नेपालको सेवामा पनि  उत्तिकै सक्रिय छन्। 

कमल फ्रान्सको बेथुनीमा आरामदायक जीवन बिताइरहेका छन्। कुनै चीजको कमी छैन उनलाई। तैपनि गरिबी,अशिक्षा, बन्द-हड्ताल, लोडसे डिङ एवं महँगीको मारमा पर्दै आएको आफ्नो देश नेपाल बसेर्नी आइपुग्छन् उनी। एक्लै होइन, आफ्ना विदेशी र केही नेपाली साथीहरू  लिएर। देशका विकट गाउँ-गाउँ डुल्छन्। अधिकांश ठाउँ पुग्दा राम्रो विद्यालय भवन छैन, भए पनि जीर्ण अवस्थामा छन्, पुस्तकालय छैन,  गरिबीले गर्दा बालबालिकाहरू विद्यालय जान नपाएका प्रशस्तै घटना भेटिन्छन्। यस्तो अवस्था देखेपछि उनको मन कुँडिन्छ। अहिले उनले तिनै  विद्यार्थीहरू र विकट ठाउँका लागि सहयोग पुर्‍याइरहेका छन्। 

कमलको सहयोगमा अहिलेसम्म धादिङ, रसुवा, चितवन, सिन्धुली, बर्दिया, गोर्खा जिल्लामा १५ वटा पुस्तकालय निर्माण भैसकेको छ। त्यति नै  संख्यामा विद्यालय भवन एवं शौचालय निर्माण भएका छन्। निम्न आयस्रोत भएका १७ जना विद्यार्थीले उनकै सहयोगमा एसएलसीसम्मको  अध्ययन पूरा गरे। कमललाई उनका साथीहरू केबी गुरुङ -बेल्जियम), रूपा महर्जन -अस्टे्रलिया), राज भण्डारी -हङकङ)ले पनि सहयोग  पुर्‍याएका थिए। 'एक थुकी सुकी, सय थुकी नदी भनेझैं हामी सबैले रकम उठायौं।' उनले फ्रान्सबाट स्काइपमा कुरा गर्दै भने, 'शिक्षा सबैका  लागि अत्यावश्यक कुरा हो।' उनलाई सबैभन्दा मन छोएको घटना धादिङको बसेरीको रहेछ। नौ वर्षअघि बिदामा पुग्दा त्यो लेकमा स्याउलाले  छाएको स्कुल देखे। त्यो झन्डै गाईको गोठजस्तो थियो। स्कुलको साइन बोर्ड र बेञ्च त टाढाको कुरा उक्त सानो कटेरो हावा हुरीले उडाउने  खालको थियो। त्यसभित्र स-साना विद्यार्थीहरू पढिरहेका रहेछन्। 'एकदम माया लाग्यो,' उनले उक्त घटना स्मरण गर्दै भने, 'हामीले चकलेट  दियौं।' 

त्यसपछि कमल थुप्रै गाउँ पुगे। आफ्ना साथीहरूसँग घुम्दा उनले देखे, पहाडतिरका स्कुलमा समस्यै समस्या छ। राम्रो स्कुल भवन
छैन,  पुस्तकालय छैन। 'त्यहाँका विद्यार्थी पनि सहरका विद्यार्थीभन्दा कम नहुन् भन्ने लाग्यो।' उनले उत्साहित हुँदै थपे, 'एकदमै समस्या भएका  विद्यालयको नोट गरेर फर्कियौं।' विदेश फर्किएपछि कमलले नेपाललाई  मिस गर्न थाले। जहाँ पुगे पनि दुखेसो पोख्ने स्थानीय बासिन्दाहरू सम्झिदा उनलाई केही गरौं जस्तो लाग्न थाल्यो र आफ्ना साथीभाइ, रिटायर्ड भएका नेपालीहरू, फ्रान्स  बेलायत, जापान, अमेरिका आदिका  स्थानीय बासिन्दाहरूसँग आफ्नो देशको यस्तो अवस्थामा सुधार ल्याउन सहयोग माग्न थाले। मनैले चाहेपछि सहयोगी हातहरू आफै उठ्ने  रहेछन्। सोचेभन्दा राम्रो सहयोग उठ्यो। अहिले पनि विकट ठाउँको स्कुल तथा पुस्तकालय निर्माणका लागि उनले आफ्नो समय खर्चिरहेका  छन्।



यस क्रममा उनले तीतो अनुभूति पनि संगालेका छन्, 'धनीहरूले सहयोग नगर्ने रहेछन्। ठिक्क हुनेले मात्र गर्ने रहेछन्।' तर जस्तोसुकै  परिस्थितिमा पनि कमल अघि बढिरहेका छन्। उनी संसारका झन्डै १ सय जति मुलुक घुमेका छन्। जहाँ पुग्छन्, आफ्नो देशको सेवा पर्छन्।  आगामी दिनमा गरिब विद्यार्थीलाई नुन, तेल, कपडा र स्टेसनरी सहयोग गर्ने उनको सोचले इमेल लेख्न सदरमुकाम आएको खबर सुनेपछि  थप ऊर्जा पाउँछ। 'आफ्नो देशका लागि गर्ने भनेको हामी युवाहरूले नै हो।' कमलले बताए।  

आफ्ना अत्यन्तै मिलनसार साथी लीलासिंह पुनलाई गुमाएपछि बेलायतमा रहेका विक्रम लिम्बू, हेमन्त गुरुङ, प्रयास गुरुङ तथा रस्सा गुरुङले  उनकै सम्झनामा   लीला स्मृति कोष खडा गरेका छन्। हरेक महिना १० पाउन्ड बचत गर्ने र त्यसबाट उठेको रकम गरिब तथा मेधावी  छात्रछात्राको उच्च शिक्षामा खर्चिने सोचले उनीहरू संगठित भएका हुन्। हालै मात्र काठमाडौंमा रहेका साथी प्रमोद न्यौपानेलाई उनीहरूले  २६, हजार ४१७ रुपैयाँ प्रदान गरिसकेका छन्। 'यो काममार्फत पि्रय साथीको सम्झना ताजा रहनेछ।' स्काइप कुराकानीमा उनीहरूले सुनाए। 

न्युजिल्यान्डमा रहेका राज महर्जन अर्बान पोलिसी प्लानरका रूपमा कार्यरत छन्। सन् २००८ देखि उनी ओक्लान काउन्सिलमा संलग्न छन्।  व्यस्त दैनिकीबीच उनले स्वदेशका लागि समय छुट्याएकाछन्। हेल्प नेपाल नेटवर्कका लागि न्युजिल्यान्ड संयोजक राजले सन् २०११ मा  म्याराथुनको आयोजना गरी ९० हजार रुपैयाँ पठाएका थिए। 

यसबीच उनले समता स्कुलका लागि सहयोग जुटाउन पनि मेहनत गरेका थिए। स्वदेशकै सेवाका लागि विभिन्न च्यारिटी शो गरेर बटुलेको  रकम उनले नेपाल पठाउने गरेका छन्। उक्त कामका लागि न्युजिल्यान्डकै अस्पतालमा सिनियर फार्मेसिस्ट राजकी श्रीमति रानु ताम्राकारले  पनि साथ दिइरहेकी छिन्। केही साताअघि मात्र राजले साथीहरू अशोक श्रेष्ठ तथा श्रीधर बस्नेतको सहयोगमा ५० हजार उठाएर हेल्प नेपाल  नेटवर्कलाई प्रदान गरेका छन्। 'मेरो कामले कोही खुसी हुन्छ भने म स्वदेशको सेवा गर्छु। न्युजिल्यान्डबाट फोनमा कुराकानी गर्दै उनले सुनाए,  'इच्छा भए समय निकाल्न सकिँदो रहेछ। मलाई यो कामबाट सन्तुष्टि मिलिरहेको छ।'

14 comments:

Unknown said...

very inspiring post.. thanks for the post!!!

nepal news

Unknown said...

Asia Explore Adventure & Travel is founded by the dedicated explorers and professional Team to operate the luxurious holiday tour and explore the incredible attractions to the various country of Nepal, Bhutan, Tibet and India.We are operating, classic tours, cultural &historical tours, leisure holiday tours,MICE,training& conference tours, Mercedes Benz terrain coach tours, outdoor adventure tours (trekking, hiking, outdoor camping, jungle safari, white water rafting, paragliding etc.), air/helicopter charters, special custom made itinerary tours for outbound travel agencies and provide “one time shop” services to our customers.
Trekking in Nepal
Annapurna Base Camp Trek
Everest Base Camp Trek
Langtang Valley Trek
Mount Kailash Tours
Kanchenjunga Trek

Anonymous said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Kamal Budha said...

साहित्यकार तथा पत्रकार दिया चन्द को यो लभ स्टोरी अबस्य पढ्नुहोला
http://www.imandarmedia.com/2017/01/diya-chand.html

Yakthungba said...

nice post,
visit this blog about Limbuwan :
https://limbuwankingdom.blogspot.com

Anonymous said...

रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

Anonymous said...

रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

Anonymous said...

रेमन्ड मिलियन | नमस्ते, के तपाईं वैध र विश्वसनीय वित्त / ऋणदाता खोज्दै हुनुहुन्छ? तपाईंलाई ऋण चाहिन्छ? के तपाईंलाई द्रुत वित्तीय सहायता चाहिन्छ? के तपाइँ आफ्नो ऋण फिर्ता गर्न एक तुरुन्तै ऋण चाहिन्छ वा तपाईंको व्यापारलाई सुधार गर्न को लागी तपाईंलाई पूंजी ऋण चाहिन्छ? हामी सबै प्रकारको ऋण प्रस्ताव व्यक्ति, कम्पनीहरू र स्पष्ट र बुझ्न योग्य सर्तहरू र सर्तहरूमा 2% ब्याज दरमा। हामी कुनै पनि गन्तव्यमा कुनै पनि रकमको ऋण छुट्याउँछौं आज आज हामीलाई तुरुन्त ऋण प्राप्त गर्न सम्पर्क गर्नुहोस्। हामीलाई इमेल पठाउनुहोस्: (रेमन्डएमillionloanfirm@gmail.com)

Unknown said...

नमस्ते।
म श्रीमती अल्टोरो मार्टिन एक निजी ऋणदाता हूँ जसले व्यक्तियों, व्यापारिक कम्पनीहरु, बीमा र अन्य को लागि ऋण जीवन को अवसर प्रदान गर्दछ। तपाईं वित्तीय समस्यामा हुनुहुन्छ वा लगानीको लागी ऋण चाहिन्छ वा तपाइँलाई बिल को तिर्नु पर्ने कुनै टाढाको रकम चाहिन्छ जुन हामी यहाँ छौं तपाईको अतीतको केहि कुरामा तपाईको आर्थिक समस्या बनाउन। हामी अग्रिम शुल्कसँग 2% दरको साथ मुद्रा मुद्रामा सबै किसिमको ऋण प्रदान गर्दछौं। म यो महान माध्यम प्रयोग गर्न चाहन्छु कि तपाईंलाई थाहा छ कि हामी यहाँ छौं तपाईंको वित्तीय समस्या समाधान गर्न को लागी कुनै पनि प्रकारको ऋण संग। हो फेरि अब अधिक जानकारीको लागि ईमेल (सफालोलोङ्गओब्युम्पम्पम्पनी @ gmail.com) मार्फत तपाई धेरै विशेष हुनुहुन्छ।

Unknown said...

क्लिन्टन लोन फर्ममा स्वागत छ हामी हाम्रो राम्रो कामको बारेमा इन्टरनेटको यात्रा गरिरहेको राम्रो टिप्पणीहरूको कदर गर्छौं। अब हामी के गर्न सक्दछौं हामी सबै भन्दा राम्रो काम गर्छौं। के तपाईलाई तुरुन्त ऋण चाहिन्छ? शायद विस्तार गर्न को लागी एक ऋण तपाईंको आफ्नै व्यवसाय सुरु गर्न सक्छ? ब्याज दरसँग कम ग्राहकको रूपमा 3% जसले ग्राहकलाई सूट गर्दछ र तपाइँलाई हाम्रा सेवाहरूको आनन्द उठाउनेछ। त्यसैले हामीलाई अबर्फत सम्पर्क गर्नुहोस्

clinton.loanfinance@yahoo.com
clintonimmanuel9@gmail.com
हामी तपाईंलाई सकारात्मक प्रतिक्रिया प्राप्त गर्न अपेक्षा गर्दछौं।

टीम सादर
क्लिनिक लोन फर्म

Unknown said...

म डेभिड जॉनसन सरकार द्वारा अनुमोदित छु र क्रेडिट कम्पनी द्वारा अनुमोदन गरिएको छु। तपाईंलाई एक व्यक्तिगत ऋण वा व्यवसाय चाहिन्छ। तपाईंलाई आफ्नो विभाग र ऋण चाहिन्छ। हामी ऋण ब्याज दर प्रदान गर्दछौं। धेरै कम 2% ऋण नराख्नुहोस्, चिन्ता नगर्नुहोस् हामी यहाँ छौं किनभने हामी तपाईंको वित्तीय समस्याको साथ सहयोगको लागि तैयार छौं। तपाईं किन मौनमा मर्नुहुनेछ? आफ्नो भर्खरको ऋण आवेदन प्रयोग गर्नुहोस् र आफ्नो अनुप्रयोग सिर्जना गर्नुहोस्। संलग्न व्यक्तिले हामीलाई सम्पर्क गर्नु पर्छ। हामीलाई एउटा इमेल पठाउनुहोस् (डेभिजजसोनलोनफर्म 1@gmail.com)

Mahi said...

Such a Fantastic & Really Nice and original Post .Keep Posting Good ContentLike This .Thanks For Sharing .
2020 Toyota Urban Cruiser
Mahindra Thar SUV 2020 Review
Automobile Cars MotorBike Travel Vlogs
Construction Cleaning Service Auckland
Everything about UV300
Mahindra XUV 300 Variant Explained
Mahindra XUV 300 Variant comparison

Unknown said...

Searching Free Nepali Fonts ? Here you can nepali fonts download

himalayan meat mart said...


Portable+Multi-Purpose+Laptop+Table
Study+Table
Metal+Frame+Base
Comfortable+Foldable
Lightwood+Color
Portable Multi-Purpose Laptop Table — Study Table — 4X2X2.5 Ft Price in Nepal
To Buy this strong foldable study table From Daraz with Free home delivery all over the nepal, Please click Here.
पढ्न , कम्पुटर ल्यापटप अफिस तथा आउट डोर फङगसन को लागि उपयुक्त लाई सबैलाई काम लाग्ने ठुलो बलियो फलाम बाट बनेको फोल्डिङ गर्न मिल्ने खास गरी पढ्ने विद्यार्थी हरुलाई कोठा सर्दा फोल्डिङ गरेर एता उता लैजान मिल्ने टेबल दराज अनलाईन बाट घरैमा होम डेलिभरी गरी ल्याउनको लागि यहाँ क्लिक गर्नुहोस्।
Size — Length x Width x Height = 4x2x2.5 Ft
Pre Assembled (Ready to Use)
Material — Laminated ply and Mild Steel metal
Very Strong Holding up to 500Kg load
Foldable and Portable for easy movement and transport
Durable up to 10 years
Ideal for Study, Computer, Laptop, office ,Home and Other function.
folding table
foldable study table
Portable Multi-Purpose Laptop Table
Study Table
Table
Rounded Edges
Non-Slip Legs
Plain Light Blue
Height Adjustable Wooden Laptop Table
Lightwood Color
Black Foldable Laptop Table
Comfortable Foldable
Foldable Multipurpose Laptop Table
Foldable and Portable Multi-Purpose Laptop Table Stand
study table