Jan 3, 2010

चलचित्रमा वनझाँक्री

करबि चार वर्षको अध्ययन-अनुसन्धानपछि वनझाँक्रीका विषयमा चलचित्र निर्माण हुँदैछ । सेलिना फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रले वनझाँक्री के हो र यसको शक्ति कस्तो हुन्छ भन्ने आकलन गर्ने, गराउनेछ ।

देव नेपालले निर्देशन गर्ने यस फिल्मको शुभसाइत पनि भइसकेको छ । चलचित्रमा एलेक्स सुवेदी -आनन्द), पि्रया बस्नेत, उदय सुब्बा, दीपक ताम्राकार, रमेश गिरीलगायतका कलाकारले अभिनय गर्दैछन् । यसको पटकथा र संवाद निर्देशक स्वयंको रहनेछ भने कथा एलेक्स सुवेदीको छ । चलचित्रको संगीत र द्वन्द्वको जिम्मा राजेश श्रेष्ठले लिएका छन् । नृत्य निर्देशकमा प्रेम शर्मा पौडेल छन् ।


No comments: