नरेन्द्र रौले
तिम्ले पराइ ठानेपछि ,पराइ हुन के भयो र ?
तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र ?

अञ्जु पन्तले स्वर भरेको यो गीत बजारमा आएपछि रेडियोमा नबजेको दिनै छैन । जुनै स्टेसनबाट लगाउँदा पनि त्यहि गीत बजिरहेको भेटिन्छ । यो गीत सुनेपछि धेरैले यसैलाइ आफ्नै जीवनको गीत सम्झन्छन् ।
र पीडा भुलाउन खोज्छन् । यस गीतका सर्जक लोकराज अधिकारीले कुन घटनाबाट प्रेरित भएर यो गीत रचे होलान् ?
लोकराज अधिकारी, २९ गजल अनुरागी थिए । माबि डाँडागाउ, गोगलि दाङमा कक्षा ७ पढ्दै गर्दा कविता लेख्थे उनी । कक्षामै आफ्ना साथी र गुरु लाइ सुनाउँथे । सबैले उनका रचनाको प्रसंसा गर्थे । उनलाइ थप लेख्ने हौसला प्राप्त हुन्थ्यो । महेन्द्र बहुमुखि क्याम्पस, घोराहि पढ्दा जानी नजानि गजल लेख्न थाले । स्थानिय बिभिन्न पत्रपत्रिकामा उनका रचना छापिन थाले । कलेज पढ्ने बेला स्वर्गद्वारी एफएममा गजल बिशेष गिताञ्जली कार्यक्रम चलाउथे । कार्यक्रमको अन्त्यमा आफैले रचना गरेका गजल सुनाउँथे । उनको कार्यक्रम नियमित सुन्ने र आवाज मन पराउने गर्थिन् एक युवति । जसले निरन्तर फोन गर्थिन् लोकराजलाइ । भेट्न खोज्थिन् । बिस्तारै उनीहरु बिच भेटघाट बाक्लिदै गयो । घनिष्ठता निकै बढ्दै गयो । पछि तिनै युवति सँग प्रेम बस्यो । हुँदाहँुदा उनले बिहेको प्रस्ताब गरिन् । लोकराज बिबाहित थिए, उनी भर्खर कलेज पढ्दै गरेकि १९ बषिर्या अविवाहित युवति ।तिं युबतिको बिहे प्रस्ताब लोकराजले स्वीकार गर्न सकेनन् । नचाहँदा नचाहँदै पनि अन्तत ः प्रेमको डोरी टुट्यो। तर सम्झनाको डोरी भने कहिल्यै टुटेन । 'आफ्नो बन्न नसकेकि' तिनै प्रेमिका। सुरुमा यो गजलको रुपमा को यादमा लेखिएको गीत हो यो । " बिर्सनलाइ गीत लेखें । तर झनै सम्झाइ दियो । याद बल्भिmदै गयो ।" उनी भन्छन् लेखिएको थियो । रेकर्ड गराउने उनको कुनै योजना थिएन । त्यो गजललाइ गायक एबं संगितकार यादब
योगीले गाएर सुनाए ।
उनका साथी भाइ, शुभचिन्तकले मन पराए । सबैले रेकर्ड गराउन सल्लाह दिए । पछि लोकराजले यस गजललाइ गीतमा ढाले । थुप्रै संगितकारले यसमा संगित भर्ने कोषिस गरेपनि अन्त्यमा सन्तोष श्रेष्ठले यसमा संगित र अञ्जु पन्तले स्वर भर्ने मौका पाए । हिजो एक जनाको पीडा बोकेको गीत, आज सबैको गीत बन्यो । कतै यो गीत बजेको सुन्दा चसक्क हुन्छ मन श्रोताहरुको । आँखाभरी पुरानै अतित झलझली आउँछ । त्यसैले होला, सर्जकले मेरै जीवनको गीत लेखेछ भन्ने अनुभुति भइदिन्छ सबैलाइ । यद्यपि यति लोकपि्रय होला भन्ने स्वयं सर्जक लोकराजलाइ पनि लागेको थिएन। झण्डै साँढे लाख भन्दा बढी श्रोताहरुले आफ्नो मोबाइलमा यस
गीतलाइ सिआरबिटी बनाएका छन् । " यो लोकपि्रयता धान्न गार्हो छ । धेरैले गीत लेखिदिन आग्रह गरेका छन् ।" उनी भन्छन् । अहिले सम्म तीस हजार अडियो र चौध हजार भन्दा बढी सिडीका प्रतिहरु बिक्रि भइसकेका छन् ।
सर्जक लोकराज अधिकारी जस्तै बिपिन किरणलाइ पनि ठ्याक्क त्यस्तै अनुभूति भएको थियो सुरुमा । कुनै कलाकारको आवाजमा रेकर्ड गराउने उद्देश्यले उनले गीत लेखेनन् । ०६० मा पि्रमियर कलेजबाट कमर्समा प्लस टु सिध्याएर बसेका उनी गजल लेख्ने अभ्यास गर्दै थिए । गीत, गजल सम्बन्धि ज्ञान लिन पुस्तकको अध्ययन गर्थे ।०६२ तिर बिपिनले एउटा गजल लेखे । र आफ्ना मामा सुरेश सुबेदी र अन्य केहि साथीभाइ लाइ सुनाए। सबैले उनको त्यो गजलको निकै तारिफ गरे । संगितकार महेश खड्का सँगको भेटले त्यो गजल रेकर्ड गराउने संयोग जुर्यो । अञ्जु पन्तको स्वरमा बिपिन कि

रणले लेखेको नर्बिसे तिमीलाइ ,न पाएँ तिमीलाइ गीत जब बजारमा आयो, तब सोचे भन्दा धेरै चर्चा पायो । नर्बिसें तिमीलाइ गीत सँ
गै बिपिनको उचाइ पनि चुलिदै गयो । दर्जनौ चलचित्र र अन्य ठाउँबाट उनलाइ गीत लेखिदिन आग्रह गर्नेहरु बढ्दै गए । त्यसो त यस भन्दा पहिला बिपिनका तीन वटा गीतहरु रेकर्ड भइसकेका थिए । तर तिं गीतहरु त्यति चर्चामा रहेनन् । एउटै गीतका कारण उनको जीवनले कोल्टे फेर्यो नर्बिसे तिमीलाइ ,न पाएँ तिमीलाइ लेख्न बिपिनलाइ बीस दिन खर्चिनु परेको थियो । सुरुवातको अन्तरा लेखेपछि बाँकी गीत पुरा गर्न उनले निकै सोच्नुपर्यो । ०६२ सालतिर हो उनले यो गीत लेखेको । लोकराजको जस्तो लामो कथा नभए पनि कलेज पढ्दाका दिनमा बिर्सन नसकेको कोहि मान्छे प्रति लक्षित गर्दै लेखेको बताए बिपिनले । यसभन्दा धेरै कुरा उनले खोल्न चाहेनन् । थोरै यथार्थ र धेरै कल्पना मिसाउदै उनले लेखेको यो गीत साँढे दुइ लाख श्रोताले आफ्नो मोबाइलमा रिङ्ग टोन बनाएका छन् । अहिले सम्म तीस हजार अडियो र चौध हजार भन्दा बढी सिडीका प्रतिहरु बिक्रि भइसकेका छन् । समय परिबर्तन हुँदै गएपनि श्रोताको मनबाट यो गीत परिबर्तन भएन ।
गीत जति पुरानो भएपनि त्यसको भाव पुरानो नहुँदो रहेछ । अनुभूति र भोगाइ जहिले पनि एउटै हुने रहेछ । जस्तो कि तारादेबिले स्वर दिएको नातिकाजिले संगीत भरेको फूलको थुंगा बगेर गयो गंगाको पानीमा अझैपनि सुनौंसुनौं लाग्छ । सदाबहार यो गीत अहिले पनि रेडियोमा प्राय जसो सुन्न पाइन्छ ।तारादेबीले संसार छोडेर गएपनि उनको स्वर धर्तीमा अझै गुञ्जिदैछ ।

त्यो गीतका रचयिता राष्ट्रकवि माधब घिमिरेलाइ गीत लेख्दाको झझल्को अझै आइरहन्छ । लमजुङ जिल्लाको पुस्तुन गाउतिरको घटना हो ।
राष्ट्रकविले एउटी अत्यन्त सुन्दर युब
ति देखे । अग्लो जिउ भएकी, लामा केशरासी, मृग नयनि आँखा , सलक्क परेकि थिइ उ । सुन्दर जिउ
डाल भएकि तिं रुपवति महिला विवाहित रहिछन् । बिहे भएको चार महिनामै लोग्ने परदेस लागेको रहेछ । जुन बाटोतिर लोग्ने परदेश लागेको थियो त्य
हि बाटोतिर हेरिरहन्थि । हरेक साँझ , हरेक बिहान त्यहि बाटोमा आँखाहरु बिछ्याउँथि उसले । एकोहोरो टोलाउन थाली । कता होला, कस्तो होला, कहिले फर्की आउला उसको मनमा सायद यस्तै कुराहरु खेल्थे । पानीमा फूलको थुँगा बगेजस्तै त्यो युबतिको जवानी पनि त्यत्तिकै खेर गए जस्तो लाग्यो घिमिरेलाइ । आफ्नो मायालुको पर्खाइमा दिनहुँ बाटो कुरिरहने त्यो आइमाइलाइ फूलसँग तुलना गर्दै राष्ट्रकविले रचे,फूलको थुंगा बगेर गयो ,गंगाको पानीमा । चलचित्र मनको बाँध मा पनि समाबेस छ यो गीत । दर्जनौ गीतहरुको बिचमा राष्ट्रकविको चर्चित अर्को कालजयि गीत छ । जसलाइ नारायणगोपालले आवाज दिएका छन्, नातिकाजीले संगित भरेका छन् ।
आजै र राती के देखें सपना मै मरी गएको
बतास बिना हाँगाको फूल भुँइ झरी गएको
बतास बिना हाँगाको फूल भुँइ झरी गएको
लैनचौर स्थित आफ्नै निवासमा ०१९ सालमा लेखिएको थियो यो गीत । बिहानको समय थियो । श्रीमतिले चिया
बनाएर ल्याइन् । त्यो सँगै एउटा अनौठो कुरा सुनाइन् । "अचम्म भयो, आजको राती त मैलेे सपनामा आफै मरेको दृश्य पो देखें ।" यति भनेर श्रीमति फर्किन् । यो सुनेर घिमिरेलाइ भित्रै देखि छोयो । त्यसताका घिमिरेको चुरोट पिउने बानी थियो । चुरोटको सर्को लिदै उनले एकछिनमा गीत तयार पारे । श्रीमति र छोरीलाइ सुनाए । यति छिटै आफ्नै बारे गीत बनाएको देख्दा श्रीमति महाकाली छक्क परिन् । अधिकांस पीडा, दुख र बिछोडका गीतहरु सिर्जना गरे घिमिरेले । पत्नि गौरीको बियोगमा उनले खण्डकाब्य लेखे । तमाम गीतहरु रचे । जो सँग जीवन साँटियो । सुख दुख बिसाइयो र सँगै जीवनको यात्रा गरियो सिर्जनामा पनि तिनै मान्छेको प्रतिबिम्ब लेखिदो रहेछ । रचनामा पनि अनुभुति र भोगाइका तिनै कथा भेटिने रहेछन् । जसरी गीतकार रमण घिमिरेले आफ्ना गीतहरुमा आफ्नो जीवनसंगीको त्यस्तै कथा उने । झापा, धुलाबारीका रमण घिमिरे भरतपुर, चितवनकि ज्योति गौतम सँग बिबाह बन्धनमा बाँधिए । त्यो बेला घिमिरेको उमेर ३२ बर्ष थियो, ज्योतिको २६ बर्ष मात्र । तुलनात्मक रुपमा अलि ढिलो उमेरमा विवाह गरे जस्तो लाग्यो । जीवनको यो मोडमा बिहे हुन पुग्दा यो प्रसंगलाइ जोड्दै उनले गीत लेखे, आधी बाटो हिंडेपछि तिमी सँग भेट भयो , जीन्दगीको हाम्राे यात्रा त्यहिंबाट सुरु भयो । संयोगले यो गीतमा स्वर भर्ने मौका पनि मनिला सोताङ र उदय सोताङको दम्पतिले पाए । घिमिरेका अहिले सम्म साँढे दुइ सय गीतहरु रेकर्ड भइसकेका छन् । तिं मध्ये आधा जति खुसिका गीतहर आफ्नो जीवनसाथी लाइ केन्द्रबिन्दु बनाउदै लेखिएका छन् । रिसाउँदा नि आफ्नै, अझैपनि लजाउँछ्यौ उसैगरी बेहुली जस्तै,कहिले तिम्रो पछ्यौ
रीमा अल्झें आदि थुप्रै त्यसका उदाहरण हु्न् । त्यस्तै ममता दिपबिमले स्वर भरेको गीत तिम्रै यादमा कल्पिल्पि छेउ भिज्यो सिरानीको चालिस हजार
भन्दा माथी सिआरबिटी का रुपमा डाउनलोड भइसकेको छ ।
आफ्ना लागी मात्र होइन अ
आफ्ना लागी मात्र होइन अ
रुको लागी गीत लेखेका छन्
घिमिरेले । नारायणघाट देखि काठमाडौ सम्म आउँदा गायक रामकृष्ण ढकालले भोगेका समस्या र संघर्षका कथा समेट्दै उनकै जीवन माथी गीत

लेखिएको थियोमलाइ यो जीन्दगीले कहाँ पुर्यायो । रामकृष्ण ढकालका चर्चित गीतहरुमध्ये यो अग्रस्थानमा पर्छ । गाउबाट उज्यालो भबिष्यको खोजी गर्दै शहर पस्ने असंख्य युबाहरुको पनि मुटुको ढुकढुकी बन्न पुग्यो यो गीत ।सर्बसाधारण मानिसको मनको भाबना बुझेर त्यसलाइ टपक्क गीतमा उतार्न सक्ने ब्यक्ति हुन्, दिनेस अधिकारी । उनका गीतहरुमा हावा, पानी, कुहिरो र प्रकृतिको बढी चित्रण गरिएको पाइन्छ ।सामान्य मान्छे उनको गीतका पात्र हुने गर्छन् । नेपाल ल क्याम्पसमा
स्नातक पढ्ने बेला तिमी यसै लजायौ, म उसै धकाएँ गीत लेखेका थिए अधिकारीले । आफ्ना साथी सुरेन्द्र रानालाइ उनले त्यो गीत देखाए ।संगीतकार राम थापासँग राम्रो सम्बन्ध थियो सुरेन्द्रको । उनले त्यो गीत थापालाइ सुम्पे । राम थापाले रबिन शर्मालाइ गाउन दिए । रबिनले गाएका र दिनेशले लेखेका दर्जनौ गीतहरु मध्ये दुबै जनालाइ यहि गीतले चिनायो । भर्खर रेकर्ड भएर बजारमा आउँदा बिहान देखि बेलुका सम्म निरन्तर रेडियोमा यो गीत बजिरहन्थ्यो । स्टेजमा पनि रबिनले यहि गीत श्रोताहरुलाइ सुनाउँथे । आफन्तको बिहेमा जाँदा मन परेको युबति देखेर अधिकारीले यो गीत लेखेका थिए । उनी सँग बोल्ने, परिचय हुने
अबसर पाएन । त्यसै कुरालाइ आधार बनाएर यो गीतको जन्म भयो ।
रक्सी बेचें आलु बेचें, बेचें च्युरा
मासु सबै भन्दा धेरै बिक्यो जोबनको हाँसो
शर्मिला बर्देवाले गाएको यो गीत पनि दिनेशले लेखेका थुप्रै अन्य गी
त जस्तै चर्चाम्ाा रह्यो ।
नयाबानेश्वर, काठमाडौमा जन्मेका, सर्लाहिको हरिऔनमा हुर्केका गीतकार दिनेश अधिकारीले हरिऔनको पहाडी गाउमा देखेको कथा लेखेका छन् यसमा । बैंसमा धपक्क बलेकि युबतिको भट्टि पसल थियो । मानिसहरुको भिड लाग्थ्यो त्यहाँ । आउँथे रमाइलो गर्थे । जब समयले कोल्टे फेर्यो। चाउरी पर्दै गए तिं युवतिका गाला । मान्छेहरु आउने क्रम घट्यो । त्यहि कथालाइ जिबन्त रुपमा गीतमा उतारे अधिकारीले । उनका ५०० गीतहरु रेकर्ड भइसकेका तिं मध्ये कतिपय कल्पनामा आधारित छन् भने कति बास्तविक घटनामा आधारित । ०५७ सालमा रेकर्ड भएको अनुभूति एल्बमका दस वटा गीतहरु सबै बास्तविक घटनामा आधारित छन् । गलैंचा कारखानामा मालिकले युबति माथी शोषण गरेको, बिधवा महिलाकोपीडा, पहाडमा भरियाले भारी बोकेका कथा समाबेश छन् यस एल्बममा । यिं गीतहरु लेख्दा प्रत्यक्ष रुपमा मानिसहरुलाइ भेटेरै उनले गीत लेखेका थिए ।
साहित्यकार कृष्णप्रसाद पराजुलीका झण्डै ५ दर्जन गीत रेकर्ड छन् ।
नातिकाजिले संगित भरेको र उदितनारायण झाले गाएको तिमीलाइ देखेर आँखा त्यहि छो डी हिंडे म अलि बढी चर्चामा रह्यो । यो गीत ०२८ सालमा लेखिएको हो । त्यो बेला पराजुली ठमेलमा बस्थे । उनको डेरा अगाडिको बाटोमा एक सुन्दर महिला हिंड्थिन् । उनलाइ देखेर पराजुलीको मनमा तरंग जान्थ्यो । एकोहोरिदै उनै महिलातिर हेर्थे पराजुली । तर तिं महिला अर्कै पुरुषको साथमा हुन्थिन् । त्यहि बिषयलाइ केन्द्रबिन्दु बनाउदै उनले त्यो गीत रचे । ०३२ सालमा रेकर्ड भएको यो गीत सुन्दा अझैपनि पराजुली अझै त्यहि पुरानो घटनाको याद आउँछ ।
रानी ऐश्वर्या (चाँदनि शाह) ले पनि पराजुलीका गीतहरु मन पराउथिन् । ऐश्वर्याले आफ्नो जन्मदिनमा रेडियो नेपाल मार्फत कसले मलाइ बैरागी बनायो, मनको मेरो संसारै हरायो फर्माइस गरेको सम्झना छ पराजुलीलाइ ।


सुनिरहेकि थिइन् ललिता । उनको श्रीमतिको ठाउमा आफु भइदिएको भए कस्तो हुन्थ्यो , मलाइ कस्तो पीडा हु
न्थ्यो । उनले यस्तै सोचिन् र तुरुन्तै गीत बनाइन् । जो अत्यन्तै चर्चा रह्यो । त्यसो त बियोग एल्बमका अन्य सात वटा गीतहरु पनि सत्य घटनामा आधारित छन् । "मेरो नजिकका साथीहरुले प्रेम
बिछोडमा भोगेका पीडा सुनेर लेखें ।" उनले भनिन् ।
सबै गीतहरु सत्य घटनामा आधारित हुन्छन् भन्ने छैन । बरिष्ठ गीतकार रत्नशमशेर थापाले मनमा कल्पना खेलाउदै गीत लेखेका छन् । उनका चर्चित गीत मध्ये ए कान्छा ठट्टै मा यो बैस जान लाग्यो, बिछोडको पीडा नसकि खप्न दसैको मेलैमा गाउको कथा बस्तु सम्झेर लेखेका हुन् । आफैलाइ घटना पर्नुपर्छ भन्ने छैन, अरुको देखेर पनि लेख्न सकिन्छ भन्ने लाग्छ उनलाइ । " कल्पनाले ठूलो भुमिका खेल्छ लेखनमा । कल्पना शक्ति तिख्खर हुनुपर्छ ।" थापा भन्छन् ।
सबै गीतहरु सत्य घटनामा आधारित हुन्छन् भन्ने छैन । बरिष्ठ गीतकार रत्नशमशेर थापाले मनमा कल्पना खेलाउदै गीत लेखेका छन् । उनका चर्चित गीत मध्ये ए कान्छा ठट्टै मा यो बैस जान लाग्यो, बिछोडको पीडा नसकि खप्न दसैको मेलैमा गाउको कथा बस्तु सम्झेर लेखेका हुन् । आफैलाइ घटना पर्नुपर्छ भन्ने छैन, अरुको देखेर पनि लेख्न सकिन्छ भन्ने लाग्छ उनलाइ । " कल्पनाले ठूलो भुमिका खेल्छ लेखनमा । कल्पना शक्ति तिख्खर हुनुपर्छ ।" थापा भन्छन् ।
14 Comments:
नरेन्द्र भाइ अन्तर्वार्ता पढेर खुसि लाग्यो । यो त मैले अस्ति नयाँ बानेश्वरदेखि लाजिम्पाटसम्म पैदल जाँदा नै सोध्नुपर्ने रहेछ हाहाहा ।
गुड लक ब्रो ।
Nice to know about him...
Wish him successful professional career... and be regular in blog... :)
रोलै जीको कुरा सुन्न पाइयो यहाँ नि। उनलाई ब्लगिङको निरन्तरताको कामना। दौतरीलाई पनि प्रगतिको कामना।
रमाइलो लाग्यो नरेन्द्रजी सँगको कुराकानी। छोटोमै भएपनि नेपालका छापा- पत्रकारका धरातलीय स्थिति र उहाँका अनुभवहरुको सार सायद सबैलाई शिक्षाप्रद होला जस्तो लागेको छ । खुलस्त र यथार्थ विचार राख्नु हुँदोरहेछ, पढ्दा खुशी लाग्यो ।
हुन त कारक तत्वहरु धेरै होलान तर प्रश्न नं ७ को उत्तरमा "मलाइ पत्रकार भन्दा बढी कसैले ब्लगर भनिदिएको रमाइलो लाग्छ"
र
प्रश्न नं ३ को जवाफमा भने:
"पत्रिकामा नछापिएका कुरालाइ ब्लगमा राख्छु । "
पढ्दा भने अलिक असहज लाग्यो ।
वहाँको उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।
रौलेजीसंगको कुराकानी पढ्न पाऊँदा खुशी लाग्यो। दौंतरी र रौलजीलाई हार्दिक धन्यबाद! रौलीजीलाई ब्लग र जिन्दगीका सबै पक्षमा सफलताको शुभकामना!
रमाईलो र राम्रो लाग्यो । रौलेजीको कुरा रौल्याउने खालका राम्रा रहेछन् । शुभ होवस् वहाँको लेखन र पत्रकारिता यात्रा ।
रौलेजीसँगको रमाईलो कुराकानी पढ्ने मौका दिएकोमा दौंतरीलाई धन्यवाद ! रौलेजीलाई पत्रकारितामा, ब्लगलेखनमा र जीवनका सबै क्षेत्रमा प्रगतिको शुभकामना!
hamra lekhak kaji lai suvakamana tatha utarottar pragati ko kamana .
नरेन्द्र रौलेजी सँगको ब्लग-बार्ताको लागि धन्यबाद्, दौंतरीलाई । रौलेजीको पत्रकारिता र ब्लगिङको लागि शुभकामना ।
dami bro
Good luck नरेन्द्र रौले ji....keep up u'r blogging....
Thanks Dautari for introducing yet another Nepali Blogger for us....
my best wishes to narendra jee.
नरेन्द्र जी को मिठो प्रस्तुतिको लागि धन्यबाद दौतरी। रौले जी को जीवनमा अझै उच्च सफलताको कामना ब्लग लगायत सम्पूर्ण क्षेत्रमा ।
ब्लगको सुरुमा रौले हुनु पर्ने मा अर्कै भएछ। त्यसमा क्षमा प्रार्थी छु। नेपाली नामलाई अंग्रेजीमा पढ्दा त्यस्तो हुन गएको हो। सायद हाम्रो नाम बिदेशीलाइ अप्ठ्यारो लाग्ने त्यही भएर होला।
तपाईको ब्लगिगं गफ पढेर रमाइलो लाग्यो। तपाईको नेपाली लेखक, साहित्यकारहरुको प्रोफाइल समेटिएको पुस्तक लेख्न चांडै समय जुरोस। धेरै धेरै शुभकामना।
सबै ब्लगर आफ्नै काममा ब्यस्त हुंदा हुंदै पनि नेपाल र नेपालीको साहित्य तथा संचारमा समय दिनु सारै गरिमामय कार्य हो। यांहा न बन्द हुन्छ न चक्का जाम,नेपालीको ब्लगिगं यात्रा निरन्तर जारी रहोस।
हेप्पी ब्लगिगं
नेपालियन
Post a Comment