Oct 1, 2009

यसपालीको दसै काठमाडौमै
"बोर भयो होला है ?" घर बाहिर बरन्डामा म टोलाएर निकै बेर बसिरहँदा उसले भनि । "छैन ।" छोटो जवाफ दिएर टार्न खोजंे । एउटै घरमा बसेपनि धेरै पछि उसको र मेरो बोलचाल भएको थियो । खासमा उ मेरो घरबेटीको छोरी हो । रुबिना उसको नाम हो । पेशाले नर्स । आक्कलझुक्कल घरमै हाम्रो भेट हुन्छ । माथी घरको छत र ढोका बाहिर आउँदा जाँदा हाम्रो जम्काभेट हुन्छ । यसबाहेक हाम्रो भेट हुदैन । भेट्न पनि त कारण चाहिन्छ । भेट्न पनि त मौका चाहिन्छ ।
दसंै टिकाको दिन । के गरा,ंै कता जाउँ भयो । यसै टोलाएर बसिरहेको थिएँ । बेस्सरी च्यापेको ज्वरो र टाउको दुखाइ र रुघाखोकिले राम्ररी छोडेको थिएन । तैपनि मन चंगा थियो । "घर किन नगएको ?" उसले फेरी सोधी । "त्यत्तिकै । टाढा छ -बाजुरा) आउँन ,जान पनि दुख ।" जवाफ फर्काए । "के गरी बस्ने त ?" "म त जहा गएपनि एकान्तप्रेमी हो । मज्जाले पढेर बस्ने ।" उसलाइ सन्तुष्ट पार्न खोजें । तर असफल भए । "कति पढेको हो ?" उल्टै प्रश्न फ्याँकि । अघिल्लो दिन मलाइ काशिराज दाहाल ज्युको एसएमएस आएको थियो । हृयाप्पी दसै लेखिएको सन्देस थियो । कता कता मनमा लाग्यो ,टीका लगाउन दाहाल सरकै घरमा जानुपर्छ कि क्या हो । फोन गरेर सोधें । वेल्कम छ आउनुस् भन्नुभयो । मोबाइलबाट म लोकेशन माग्दै थिएँ । फेरी ठ्याक्कै ढोकामा आइ उहि रुबिना । अहिले उ बोलिन ,मात्र सुनिरहि । आँखा अगाडि घ्यार्र गर्दै बाइक आइपुग्यो । उनका बुुबाको पछिल्तिर बसेर सुइकेर कता लागि कता । थाहै पाइएन ।
दसैको पुर्ब सन्ध्यामा सिलाएका नया लुगा लगाएर म भने रातोपुल तिर लागें । हेडफोनमा दसैंका गीतहरु सुन्दै रातोपुल पुग्दा जताततै रातै रातै लुगा लगाएका , उज्यालो मुहार बोकेका थुप्रै मानिसहरु देखें । यसले मेरो मन पनि त्यसै त्यसै उमंगले भरियो । आखिर धन,पैसाले मात्र सुख,आनन्द कहाँ रहेछ र ?यस्तै सोच्दै हिडिरहें । मेरा आँखा बाटो माथीको एउटा घरमा ठोक्किए । आँगनबाट एक जना ब्यक्ति हात हल्लाइ रहनुभएको थियो । चिन्न गाह्रो भएन । उहाँ नै दाहाल सर हो भनेर । तीन जना दाहाल सरका भाइहरु,हजु
रबुबा,हजुरआमा बैठक कोठमा बसिरहनु भएको थियो । पहिले सबै सँग चिनजान भयो । अनि भुइमा आसन जमाएर असि बर्षे हजुरबुबाको हातबाट टीका थापियो । आफ्नो घर नगएपनि खासै नरमाइलो अनुभूति भने भएन । झन् नया परिबेशमा रम्न पाउदा खुसि लागिरह्यो । एकैछिनमा माथी घरमा लगेर आफ्नो परिवार सँग चिनजान गराउनुभयो । धर्मपत्नि डा मञ्जु दाहाल पेशाले डक्टर हुनुहुदोरहेछ । लामो समय जापान बसाइ पछि स्वदेस र्फकनुभएको रहेछ । बिरामीले गर्दा बिच्छ्यौनामा पल्टिरहनुभएको थियो । हामीले थोरै कुराकानी गर्ने अबसर पायौं । बाहिर छतमा राखिएका कुर्सिमा बसें । गमलामा फुलेका रंगीबिरंगी फुलहरुमा मेरो मन अल्भिmरह्यो । त्यहीं मेरा लागी खाजा पनि आइपुग्यो । आफ्नो भोक मेटाएँ । फेरी तल बैठक कोठामा झरेर टिभी हेर्‍यौं । करिब २० मिनेट पछि त्यहाँबाट आफ्नो घरतर्फ लागें ।









Sep 12, 2009

शिखर चुम्ने प्रयास

पाँचबर्ष अघि जमल स्थित एरिना मल्टिमिडिया इन्सिट्च्युटमा उनीहरुको भेट भयो । लक्ष्य एउटै थियो ,डकुमेन्टी्र र फिल्म सम्पादन तथा निर्देशनबारे पोख्त बन्ने । छ महिना लामो अबधिमा एक अर्कालाइ नजिक बाट चिन्ने सँयोग जुर्‍यो । मन मिल्यो ,गन्तब्य एउटै भयो । तय भयो जीवनको लामो यात्रा ।पोखरामा जन्मेकि इशु लामा २५, र बालाजु ,म्हेपिमा जन्मेकि सन्तोषि नेपाल २४ सानै देखि चलचित्रमा चाख लिन्थे । पहिलो पल्ट 'चिनो' र 'रोमन होलिडे ' चलचित्र हेर्दा सन्तोषिको उमेर दस बर्ष मात्र थियो । बिना आवाज चार्ली च्यापलिनको कमेडि हेर्दा इशु पनि दस बर्षमा पाइलो टेक्दै थिइन् । त्यहि बेला देखि हो मिडिया,चलचित्र लाइन तिर उनीहरुको ध्यान मोडिएको । जाँगरिला यि्र युबतिहरुले बनाएको एक्ट लोकल्ली थिंक ग्लोबल्ली नामक तीन मिनेटको डकुमेन्टि्रले युके नेपाल क्लाइमेट चेन्ज कम्पिटिसनमा यो साता १२४ प्रतिष्पर्धी लाइ उछिन्दै पहिलो स्थान हासिल गर्‍यो ।रु ६० हजार पुरस्कार स्वरुप उनीहरुले पाए । स्की्रप्ट लेखन,सम्पादन उनीहरुले नै गरेका हुन् । आवाज सन्तोषि नेपालको छ । प्रतियोगीता बि्रटिस राजदुताबास र बि्रटिस काउन्सिल र डिफिड ले आयोजना गरेको थियो । हर्मन माइनर बोर्डिङ स्कुल पोखराबाट एसएलसि उर्त्तिण गरेपछि आफ्नो भविष्य खोज्दै इशु काठमाडौ आइ पुगिन् । कमर्स विषय लिएर पद्य्म कन्या क्याम्पसबाट प्रबिणता तह उर्त्तिण पनि पुरा भयो । अहिले ओस्कार कलेजमा चलचित्र निमार्ण तथा निर्देशनमा स्नातक तह पहिलो बर्षमा अध्ययनरत छिन् । क्षेत्रपाटीको सरस्वति बोर्डिङ स्कुलबाट एसएलसि उत्तिर्ण गरे लगत्तै नेपाल टेलिभिजनको लोकपि्रय साङ्गितिक कार्यक्रम 'द कलेक्सन ' मा सन्तोषिले सम्पादन गर्न थालिसकेकि थिइन् । पब्लिक युथ क्याम्पसबाट कर्मसमा स्नातक र पद्य्म कन्याबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकि सन्तोषिले सम्पादन गरेका डकुमेन्टि्रको संख्या अहिले २५ र म्युजिक भिडियोको संख्या आधा दर्जन नाघिसक्यो । इशाले तीन वटा टेलिभिजन कार्यक्रमको लोगो एनिमेशन र आकाश अधिकारीद्वारा को 'काठमाडौ ' चलचित्र समेत निमार्ण गरिसकिन ।

हामी जुम्ल्याहा
नरेन्द्र रौले
"ए ,तिमीहरु एकै दिनमा जन्मेको हो ?" बाटोमा हिडिरहदा धेरैले उनीहरुलाइ यहि प्रश्न सोध्छन् । "एकै दिनमा त हो नि ।" दुबैले एकसाथ जवाफ फर्काउछन् । अझैपनि मानिसहरु प्रश्न सोध्न छोड्दैनन् । को अग्लो छ ? को होचो छ ? साँच्चै एकैदिनमा जन्मेको हो ? सुनेर दुबै जना खित्का छोडी हाँसिदिन्छन् ।
कुमारीपाटि ललितपुर घर भएकि केशु खड्का र काश् खड्का दिदी बहिनी हुन् । तर ब्यबहारमा साथी जस्तै छन् । जहाँ जादा पनि सँगै जान्छन् । सगै हिड्छन् । केशुको उमेर अहिले १५ बर्ष पुग्यो । काशु पनि पन्ध्र बर्ष पुगिन् । यिं दुइ दिदी बहिनी जुम्ल्याहा हुन् । दस मिनेटको फरकमा उनीहरुको जन्म भयो । हेर्दाखेरी दुबैको अनुहार मिल्दोजुल्दो छ । उचाइ पनि लगभग बराबर नै छ ।
लगनखेलको क्याम्पियन एकेडिमीमा कक्षा दस मा पढ्दैछिन उनीहरु ।स्कुलमा हुने गतिबिधीहरु वक्तृत्वकला र वादविवाद प्रतियोगितामा भाग लिन कहिल्यै छुटाउदैनन् उनीहरु । काशु बास्केटबलमा सफलता हात पार्छिन् ,भने केशु वादविवाद प्रतियोगितामा । कक्षा ७ पढ्दा लिटल मिष क्याम्पियन प्रतियोगिता भएको थियो । जम्मा ३७ जना प्रतियोगी मध्ये केशुले त्यसमा फस्ट रनर अप र काशुले सेकेन्ड रनर अपको उपाधि हात पारिन् ।
लगाउन र खानमा पनि दुबैको रुचि मिल्छ । कासु बिभिन्न परिकार बनाउन सिपालु छिन् । केशुलाइ खासै खाना पकाउनमा रुचि छैन । अमिलो र पीरो भनेपछि उनीहरु हुरुक्कै हुन्छिन् । साँझतिर चोकतिर आएर चट्पटे नखाएको त दिनै छैन । चट्पटे यति स्वादिलो लाग्छ कि खाँदा खाँदा ५ प्लेट पुगेको पनि थाहै पाउँदिनन् । कान्तिपुर र द हिमालयन टाइम्स उनीहरुले नियमित रुपमा पढ्ने पत्रिका हुन् । अंग्रेजी भाषामा पाइने उपन्यास,कथा,म्यागेजिन पनि खोजि खोजि पढ्न मन पर्छ । अँ, उनीहरु लाइ घुम्न पनि मन पर्छ । बुबा आमा सँग पोखरा र मनकामना जस्ता ठाउहरु पनि घुमेका छन् उनीहरुले । आमा सुनिताले भने अनुसार, "कासु छिटो रिसाउछिन् । केसु बुझ्ने खालकि छिन् । " भविष्यमा कासु डक्टर बन्ने सोचमा छिन् । केशु लाइ कहिले इन्जिनयर बनौ जस्तो लाग्छ कहिले डक्टर । दोधारमा छिन् ।
कुमारीपाटि डाँफे इंगलिस स्कुल , ललितपुरका सौरभ बस्नेत र गौरव बस्नेत पनि जुम्ल्याहा दाजुभाइ हुन् । उनीहरुको घर कुमारीपाटि हो । ललितपुरमा बुबाको कपडा पसल छ । गौरब जेठा हुन् ,सौरभ कान्छा । उमेरले चौध बर्ष पुगे । दुबै जना डाफे स्कुलमा कक्षा ८ मा पढ्दैछन् ।
कक्षा ७ को अन्तिम परिक्षामा गौरब पहिलो भए । सौरभ पाचौ स्थानमा पास भए । बास्केटबल,टेबलटेनिस,चेस,फुटबल,क्यारिमबोर्ड,कम्प्युटरगेम,ब्याडमिन्टन, स्वीमिङ उनीहरुले निकै मन पराउने खेलहरु हुन् । यसमध्ये गौरबले बढि खेल्ने खेल चाहि ब्याडमिन्टन हो । स्कुलमा हुन ब्याडमिन्टन प्रतियोगितामा गौरब सधै पहिलो हुन्छन् । सौरभले बढि जसो बास्केटबल खेल्न मन पराउछन् । उनले पनि सधै केहि न केहि पुरस्कार हात पारेकै हुन्छन् । कागजका घर बनाउने, कार्टुन बनाउने, चित्र बनाउनमा पनि उनीहरुको सोख हो ।
सौरभलाइ माछा ,मासु भनेपछि अघाउजि खान मन लाग्छ । जति खाए पनि धितै मर्दैन । गौरब त गुलिया परिकार खान मन पराउदा रहेछन् । सौरभले जिबजन्तु पाल्न मन लाग्छ । आफ्नो आमा सँग बजार गएर रु आठ सयमा किनेर ल्याएको एक्युरेममा गोलफिस,स्वीपर,थाइगोफी र सार्क गरी बिभिन्न जातमा माछा पालेका छन्, गौरबले । बुबा कृष्ण बस्नेत आफ्नो छोराको मुल्याङ्कन गर्छन् । उनी शान्त र गम्भिर स्वाभाबका छन् । धेरै बौल्दैनन् । सौरभ त चञ्चले छन् । ज्यादा घुमफिर गर्छन् । लुगा चाहि फरक फरक रंगका लगाउछन् यि दाजुभाइ । सर्ट ,जिन्स पाइन्ट र सुट लगाउदा आफुलाइ सुहाएको झै लाग्छ उनीहरुलाइ । भविष्यमा के बन्ने रहर छ त ? सौरभ भन्छन् , " म इलेक्टो्रनिक इन्जिनियर बन्छु । " उता गौरब भन्छन्, " म डाक्टर बन्छु । "
सुस्मिता धवलकोटि र सुजाता धवलकोटीको घर लमजुङ जिल्लाको बेशिशहरमा पर्छ । बुबा आमा काठमाडौ आएको अठार बर्ष पुगिसक्यो । काठमाडौमै जन्मेका सुस्मिता र सुजाता पनि जुम्ल्याहा दिदी बहिनी हुन् । उमेरले उनीहरु दस बर्षका लागे ।
नयाबानेश्वरको अरुणदिप एकेडिमीमा कक्षा ४ मा पढ्दैछन् । दुबै बहिनिलाइ कविता लेख्न, पेन्टिङ गर्न र नाँच्न मन लाग्छ । स्कुलमा कार्यक्रम हुदा भाग लिन छुटाउदैनन् । अनि कस्तो संयोग ∕ भविष्यमा दुबैको एउटै पेशा बनाउने सोच छ । 'पढेर के बन्ने ? ' दुबैले एकसाथ भने, "डक्टर बन्ने । " बानेश्वरमा पसल चलाएर बसेकि आमा शान्ति पनि दुबै छोरी डक्टर बनुन् भन्ने चाहन्छिन् । "मेरा छोरीहरु राम्रो डक्टर बनुन् । नेपालमा बसेर नेपाली दाजुभाइकै सेवा गरुन् । " आमा शान्तिले भनिन् ।
घरमा सुजाता अलि बढि बोल्छिन् रे । सुस्मिता कमै बोल्छिन् । लगाउनमा एउटै रंग मन पर्छ । कहिले काहि उनीहरु बिच ब्याडमिन्टन खेल्दा, लेख्न, पढ्ने बेला झगडा पनि हुन्छ । तर तुरुन्तै झगडा मिलिहाल्छ । सबैले सबैले सुजाता र सुस्मिता जसरी मिलेर बस्न सके कस्तो जाती हुन्थ्यो हगि .
मेड इन् नेपाल
नरेन्द्र रौले

अन्तर्राष्ट्रिय बजारमा नेपाली प्रबिधी
नौ बर्ष अघि अमेरिकाको बोस्टन शहरमा खोलिएको थियो, डिटुहकआइ कम्पनि । कम्प्युटर इन्जिनियर रुद्र पाण्डे र अर्का अमेरिकन नागरिक क्रिस क्राइडरले मिलेर यसको सुरुवात गरेका थिए । स्वास्थ्य सँग सरोकार राख्ने अमेरिकामा रहेका कम्पनि र संस्थालाइ यो कम्पनिले सफ्टवेयर निमार्णको काम गर्दछ । अब बोस्टनमा मात्र सिमित रहेन डिटुहकआइ । राजधानी काठमाडौमा पनि यसले बलियो जरा गाडिसकेको छ ।
सन् २००३ मा बानेश्वरको एउटा कोठाबाट सुरु भएको कम्पनि नेपालकै सबभन्दा ठुलो कम्पनि हुन्छ होला भनेर स्वयं रुद्रले सपनामा पनि सोचेका थिएनन् । भर्खरै हात्तिसारमा आफनै पाँच तले निजी भवन बनाएको डिटुहकआइमा नेपाली 'आइटि प्रोफेसनल' का महङ्गा दुइ सय असि कर्मचारीहरु कार्यरत छन् । जसमा प्राबिधिक र अन्य गरी तीन सय कर्मचारी कार्यरत रहेका छन् । नेपालका आइटि कम्पनिहरु मध्ये सबैभन्दा धेरै रोजगारदाताका रुपमा परिचित छ ।

खास गरी डिटुहकआइले अमेरिकाको बजारलाइ लक्षित गरेर नेपालबाट सफ्टवेयर निर्यात गर्छ । अमेरिकाका बिभिन्न मेडिकल,औद्योगिक कम्पनि, संघ सँस्था र इच्छुक ब्यक्तिहरुको माग बमोजिम वेब डिजाइन गर्नु पनि यसको काम हो । तर यो भन्दा बढी यसले सफ्टवेयर निमार्णको को काम गर्छ । जुन सफ्टवेयरहरु अमेरिकी बजारमा लोकपि्रय हुदै गएका छन् । र तिनको माग पनि बढ्दै गएको छ । त्यसको एउटा नमुना हो, 'चेक स्क्यान सफ्टवेयर' । घरमै बसेर कसैलाइ बैकमा रहेको आफ्नो खातामा पैसा जम्मा गर्न मन लाग्छ भने यो प्रबिधिको सहारा लिन सकिन्छ । दिनप्रतिदिन मानिसहरुको ब्यस्तता बढ्दो छ । बैकमा गएर पैसा जम्मा गर्नुपर्दा समय र पैसा दुबैको खर्च हुन्छ । अर्कोतिर यो झन्झटिलो पनि । ति सबै कुराबाट मुक्ति पाउन सहज बनाउने यो प्रबिधि अहिले अमेरिकामा अधिकांसको अभिन्न साथी बनेको छ । नेपाली कम्प्युटर इन्जिनियरहरु द्वारा बनाइएको यो प्रबिधि यति लोकपि्रय बन्यो कि सन् २००८ मा अमेरिकामा 'पि्रजन्ट्स सफ्ट' अवार्ड नै हात पार्‍यो । राशि ? बिरामीहरुले स्वास्थ्य सल्लाह लिन अमेरिकामा प्रख्यात मानिएको वेभ पोर्टल हो, 'प्यारेन्ट्स रिभ्यु' । आफुलाइ लागेको रोगबाट कसरी बच्ने,कुन कुरा खाने कुन चिज नखाने, जस्तो बिबिध समस्याको समाधान घरमै बसेर गर्न सकिन्छ । 'प्यारेन्ट्स रिभ्यु' को साइटमा गएर कुन रोगले आफुलाइ समाएको हो, त्यो छान्नुपर्छ । र आफुमा देखा परेका लक्षण बताएपछि इमेलमै डक्टर आफैले सल्लाह पठाइदिन्छन् । बिरामीले अस्पताल धाउनै पर्दैन । यो साइटको वेब डिजाइन र विषय बस्तु पनि डिटुहकआइका प्राबिधिकले बनाएका हुन् । त्यस्तै आइ एम
इ मर्ज प्यानल, ......यहाँबाट बनाएर सात समुद्र पारी पुगेका अन्य सफ्टवेयर हुन् ।
सफ्टवेयरका लागी नेपालको चर्चित अर्को कम्पनि हो, सर्भिङ माइन्ड्स । आठ बषै अघि स्थापना भएको यो कम्पनिले हाल सम्म पच्चिस हजार भन्दा बढी निमार्ण सफ्टवेयर गरिसकेको छ । विश्वका भारत ,अमेरिका, बेलायत,अष्टे्रलिया र क्यानडा जस्ता मुलुकमा प्रतिनिधी कम्पनिहरु खोलिएका छन् । न्युनतम दुइ सय अमेरिकन डलर देखि लाखौं डलर पर्ने सफ्टवेयरहरु यहा बाट निमार्ण हुने गरेको बताउछन् , सर्भिङ माइन्डस्का प्रोजेक्ट म्यानेजर रोशन प्रधान ,२९ । झण्डै दुइ सय कर्मचारीहरु भएको यस कम्पनिले थुप्रै नया विद्यार्थीहरुलाइ रोजगार पनि दिलाएको छ ।
नेपालमा रहेका युएनडिपी,युएन,युनिसेफ जस्ता एनजिओ, आइएनजिओ, नेपाल टेलिकम,वल्र्ड बैंक, नेपाल विद्युत प्राधिकरण जस्ता संस्थाहरुको वेव डिजाइन र कन्टेन्ट म्यानेजमेन्ट गरिसकेको अर्को कम्पनि योमरीले पनि नेपाली आइटि बजारमा छुट्टै छाप छोडिसकेको छ । देशका ७५ वटै जिल्ला अस्पतालबाट तथ्याङ्क संकलन र अन्य स्वास्थ्य सँग सम्बन्धित प्राबिधिक काम गर्न प्रयोगमा आएको सफ्टवेयर ह्युरिस स्वास्थ्य मन्त्रालयले प्रयोगमा ल्याएको छ । जुन योमरी कम्पनिका प्राबिधिकहरुले बनाएका हुन् । सिंहदरबारमा प्रबेशमा गत ०६५ श्राबणबाट सुरु भएको इ गेट पास सफ्टवेयर त्यस्तै अर्को नमुना हो । यो प्रबिधि सञ्चालनमा आउनु अघि सरकारी कामका लागी सिहदरबार प्रबेश गर्न खोज्नेहरुले घण्टौ समय लाइन बस्न पथ्र्यो । तर हिजोआज सजिलो भएको छ । आफुले जानुपर्ने सम्बन्धित मन्त्रालयमा नाम टिपाएपछि गेटमा राखिएको कम्प्युटरमा मन्त्रालयबाट प्रबेश अनुमतिका लागि नाम पठाइन्छ । यसरी सजिलै सिहदरबार प्रबेश गर्न सकिन्छ । अर्थ मन्त्रालयले प्रयोगमा ल्याएको इ मोनिटरिङ ,स्वास्थ्य मन्त्रालयले प्रयोगमा ल्याएको भाइटल इभेन्ट रजिस्टे्रसन सिष्टम अन्य सफट्वेयरका नमुना हुन् । अष्टे्रलियाको स्टडी एण्ड वर्क पोर्टल , संबिधानसभाको पोर्टल, कतारको मनि टा्रन्सफर नेपालरेमिट साइट पनि योमरी कै उत्पादन हुन् ।
बिगत छ बर्ष देखि आइटिको फिल्डमा समर्पित दरबारमार्ग स्थित कम्पनि कर्भस् एन् कलर बिशेष गरी वेव डिजाइनिङ सँगै यातायात लागी चाहिने सम्पुर्ण सफ्टवेयर बनाउदै आएको छ । हाल सम्म दुइ सय पचास भन्दा बढी संख्यामा बनाएका सो कम्पनिका सफ्टवेयर सिंगापुर,स्वीट्जरल्याण्ड,भुटान र भारत लगायतका देशहरुमा पुगेका छन् ।
विश्वमा सन् १९८९ मा बेलायतका कम्प्युटर बैज्ञानिक टिम बनर्स लिले डब्लु डब्लु डब्लु को अबधारणा ल्याए । तिनै टिम बनर्स लिले पछि गएर २५ डिसेम्बर ,सन् १९९० मा एक युबा विद्यार्थी र अर्का सहयोगी रोबर्ट क्याइलिउ सँगको सहकार्यमा इन्टरनेटको आबिष्कार गर्न सफल भए । यसपछि नया आबिष्कार का लागी जादुमयि ढोका खुल्यो । नेपालमा पन्ध्र बर्ष अघि तत्कालिन रोनाष्टले इन्टरनेट भित्राएपनि त्यसको एक बर्षपछि मात्र सर्बसाधारणले प्रयोग गर्ने मौका पाए । यसबिचमा सुचना प्रबिधिले ठुलै फड्को मारिसकेको छ । अहिले सम्म वेभ डेभलप्मेन्ट र सफ्टवेयरको काम गर्ने एक दर्जन ठुला कम्पनिहरु नेपाली बजारमा स्थापना भएका छन् । झण्डै पाच सय आइटि प्रोफेसनल भएको अनुमान छ । बर्षेनि आइसिटि पढाइ हुने कलेजहरुको संख्या थपिदैछ । अहिले सम्म देशभरी सञ्चालनमा रहेका लगभग ३० वटा आइसिटि कलेजमा झण्डै १५०० को संख्यामा विद्यार्थीहरु प्रत्येक बर्ष भर्ना हुन्छन् । ठुला कम्पनिहरुले परीक्षामा राम्रो अंक ल्याउने विद्यार्थीहरुमध्ये छानेर हरेक बर्ष एक दर्जन भन्दा बढीलाइ रोजगार दिने प्रचलन छ । यसैले आशा लाग्दो स्थिती पनि उब्जेको छ । नेपालमा स्कोप नभएर बिदेसिने क्रम बढेको ठान्छन्, कलेज अफ एप्लाइड बिजनेसका कम्प्युटर डिपार्टमेन्ट हेड महेश यादब , ३२ । यसरी बिदेसिने क्रम बढ्नुमा विद्यार्थीले हासिल गरेको सीप र क्षमता अनुसार स्वदेसमा रोजगारीको वातावरण सिर्जना नहुनु नै प्रमुख कारण रहेको यादबको ठहर छ । भन्छन्, "नेपाल सरकारले कम्प्युटर सम्बन्धि काम गर्ने हामी जस्तालाइ सुरक्षा प्रत्यानुभुति दिलाउन सकेको छैन । साइबर कानुन पनि लागु भएको छैन ।" उनले बताए अनुसार नेपालका प्रयोगमा आइरहेका सफ्टवेयर सिसी प्लस,ओर्‍याकल, विन्डोज अपरेटिङ सिस्टम र अफिस प्याकेज सबै माइक्रोसफ्ट कम्पनिबाट चोरीएका सफ्टवेयर हुन् । जसलाइ किन्नुपर्दा पचासौ हजार तिर्नुपर्छ । तर नियन्त्रण गर्ने कानुन नै अझै बनेको छैन । ठिक त्यसै गरी नेपालको कुनै कम्पनिले बनाएको सफ्वेयर चोरी हुँदा समाउने आधार नै छैन । किनकि बलियो कानुन नै यहा नबनेको अबस्था छ ।
यसो त नेपालमै बसेर राम्रो आम्दानि गर्नेहरुको जमात पनि कम्ति छैन । दरबारमार्गको कर्भस एण्ड कलर सफ्वेयर कम्पनिमा कार्यरत वेव डिजाइनर निर्मल ज्ञवालि ,२३मासिक पच्चिस हजार आम्दानि गर्छन् । स्वदेस विदेस मा छरिएर रहेका नेपाली आइटि प्रोफेसनलहरुलाइ नेटकै जालोबाट एकै ठाउमा ल्याउन भर्खरै मात्र निर्मलडटकमडटएनपि उनले खोलेका मात्र के थिए ,जागिरका लागि अफर गर्नेहरुको संख्या बढिसक्यो । "दिनहु इमेल पाइरहेको छु । आफ्नो कम्पनिको वेव डिजाइनर बनिदिन धेरैले आग्रह गरेका छन् ।" निर्मल भन्छन् । मासिक न्युनतम दस हजार देखि अधिकतम..........सम्म कमाउने आइटि प्रोफेसनलहरु छन् । कतिले त घरमै बसेर पनि कमाइरहेका छन् । भक्तपुरका मदनकुमार भुजु वेव डिजाइनका लागी विश्व भरबाट काम पाउछन् । न्युनतम १२५ डलर देखि अधिकतम १८०० डलर सम्म एउटै वेव डेभलप्मेन्टको काम गरेबापत उनले लिने गर्छन् ।
बक्स

वेब डेभलप्मेन्ट र सफ्टवेयर निमार्णमा
नाम कहलिएका नेपालका कम्पनि

http://www.d2hawkeyeservices.com/
http://www.curvesncolors.com/
http://www.yomari.com/yomari
www.//veriskhealth.com
http://www.younginnovations.com.np/
http://pcs.com.np/
http://www.servingminds.com/
http://www.itechies.com.np/
http://www.worldtimeserver.com/
http://www.waituk.com/
http://www.youngminds.com.np/
http://www.nepasoft.com.np/
http://www.nirmal.com.np/
http://www.worldlink.com.np/
www.nepalwebdevelopment.com
http://www.viewnepal.net/
आइटिमा जमेकी अर्चना
अर्चना श्रेष्ठ

झण्डै एक बर्ष भयो मैले नेपाल छोडेर आएको । अहिले मेलवर्न ,अष्टे्रलिया स्थित साइट्स एन् स्टोर्स कम्पनिमा आइटि अफिसरका रुपमा कार्यरत छु । अहिलेको समयमा राम्रो करिअर बनाउनका लागि पास्पोर्ट जस्तै बनेको छ सूचना तथा सञ्चार प्रबिधिको ज्ञान । विभिन्न सरकारी तथा निजी कार्यालय,अस्पताल,शैक्षिक संस्था,यातायात,बैकहरुमा हामी जस्ता आइटि प्रोफेसनलहरुका लागी अबसरका ढोका खुलेका छन् । संसारको जुनसुकै कुनाको काम घरमै बसेर गर्न सकिन्छ । दिनदिनै आइटी रोजगार असिमित र विश्वव्यापि बढ्ने क्रममा छ । नेपालमा आइसिटी - सूचना तथा सञ्चार प्रबिधि) को ब्यापारको निकै सुनौलो भविष्य देखेकि छु । नेपालमा रहदा ५ बर्ष सम्म मैले विदेसी कम्पनिको वेव डेभलप्मेन्टका काम गरें । मासिक पचास हजार आम्दानि हुन्थ्यो । नेपालीहरुको इमान्दारिता,मिहिनेती बानी , र विश्वासिला गुणबाट विदेसी अत्यन्तै खुसी छन् । थुप्रै यहाका कम्पनि हरु नेपालमा आएर काम गर्न इच्छुक छन् तर राजनितीक अस्थिरताले गर्दा असुरक्षित महशुष गरेका छन् ।
नेपाल जस्तो विकासोन्मुख देस त्यसै माथि महिला भएर पनि म अष्टे्रलिया प्रसिद्ध कम्पनिमा आइटि अफिसर को जिम्मेवारी सम्हालिरहेकि छु । प्राबिधिक ब्यक्ति भएकाले मैले सधैं नया नया प्रबिधिका बारेमा पोख्त बन्नुपर्छ । सुचना प्रबिधि बारे थुप्रै नया कुराको ज्ञान लिने सिलसिलामा म यहाँ आइपुगेकि हुँ । तैपनि मेरो पहिलो प्राथमिकतामा मेरै देस नेपाललाइ राखेकि छु । हरेक दिन ,हरेक पल नेपालकै याद आइरहन्छ । कुनै न कुनै माध्यमबाट सम्पर्क भइरहन्छ । नया सपना र दृष्टिकोण बोकेर चाँडो भन्दा चाँडो स्वदेस र्फकने सोचमा छु ।
सुरुवात विद्युतिय सरकारको अर्थात् इ गर्भनेन्सको
जनताहरुलाइ सरकाले दिने सेवा ,सुबिधा छिटो र छरितो दिनु नै इ गर्भनेन्स हो । बिभिन्न कामको सिलसिलामा सरकारी मन्त्रालय र कार्यालय पुगेका मानिसहरु पर्याप्त जानकारी नपाएर अलमलमा पर्ने गरेका छन् । कसरी आफ्नो काम गर्ने ? कसलाइ भेट्ने ? कुन कुन कागजातहरु पेश गर्ने ? जस्ता कुरा थाह नपाएर रनभुल्लमा पर्ने गरेका छन् । अब त्यस्तो समस्याबाट जनताहरुले मुक्ति पाउनेभएका छन् । केहि बर्ष भित्रै नेपाल सरकारले इ गर्भनेन्स प्रणलिको सुरुवात गर्दैछ । जुन कामका लागि एडिबिले रु २५ लाख अमेरिकन डलर खर्च प्रधानमन्त्रि कार्यालयलाइ दिइसकेको छ । बाकी ६ लाख अमेरिकन डलर बराबरको खर्च नेपाल सरकार आफैले ब्योहोदैछ । त्यसको प्राबिधिक कामको जिम्मेवारी पाएको छ ,सूचना प्रबिधि उच्च स्तरिय आयोगले । " हामीले यहि काममा जोड दिइरहेका छौ. । यसबारेमा मानिसहरुमा उत्सुकता जगाउन आबश्यक छ । " आयोगका सदस्य सचिब जुद्ध बहादुर गुरुङले भने । इ गर्भनेन्स लागु भइसकेपछि हातबाट हुने सम्पुर्ण सरकारी काम कम्प्युटरबाटै हुनेछन् । मन्त्रालयहरु बिच सुचनाको आदान प्रदान बढ्नेछ, नागरिकहरुले नेपाल सरकारको वेव पोर्टलबाटै अन्य थुप्रै कामको जानकारी लिन सक्नेछन् । नागरिकता र पासपोर्ट पनि घरमै बसेर बनाउन सकिनेछ ।





विदेसी भुमीमा नेपाली उचाइ
रुद्र पाण्डे ,४५
धादिङ जिल्ला कानाकोटको एउटा निम्न मध्यमवर्गीय परिवारमा जन्मेर रुद्र पाण्डे, ४५, अमेरिकाको भेरिस्क हेल्थ कम्पनीका प्रमुख कार्यकारी निर्देशकजस्तो महत्त्वपूर्ण पदमा पुगेका छन् । नर्थइस्टर्न युनिभर्सिटी, बोस्टनबाट अर्थशास्त्रमा विद्यावारिधि र इलेक्टि्रकल इन्जिनियरिङ्मा बीए स्तरको शिक्षा हासिल गरेका पाण्डे कम्पनीका प्रमुख कार्यकारी अधिकृत क्रिस क्राइडरपछि 'सेकेन्ड म्यान' हुन् । स्वास्थ्यसँग सरोकार राख्ने सफ्टवेयर बनाउने यो कम्पनी अमेरिकामा स्थापित अन्य कम्पनीहरूभन्दा अग्रस्थानमा आउँछ । विश्वका आधा दर्जन मुलुकमा खोलिएका यस कम्पनीका शाखा कार्यालयमा पाँच हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । ठूलो परिमाणको कारोबार गर्ने भेरिस्क हेल्थ कम्पनीले नेपालस्थित पाण्डेको डीटूहकआई कम्पनीलाई किनिसकेको छ । काठमाडौँस्थित कम्पनीमा तीन सय कर्मचारीबाट एक हजार पुर्‍याउने लक्ष्य छ पाण्डेको । नेपाली प्रविधिलाई विश्वका अन्य मुलुकमा पुर्‍याउन अथक प्रयासमा छन् उनी । भन्छन्, "नेपाली इन्जिनियरहरू निकै मिहिनेती र इमानदार छन्, त्यसैले अन्तर्राष्ट्रिय आईटीको बजारमा नेपालीहरूले अलग पहिचान बनाएका छन् ।"

Sep 11, 2009

अबेरसम्म गजल

"किन हतारएिको ? तिमी मात्र घर जाने हो र ?" घडीमा रातको १० बजिसक्यो । प्रा डीपी भण्डारी घर जान हतारएिका छन् । तर, गीतकार रत्नशमशेर थापा आफूलाई मनपर्ने हिन्दी गीतहरू फर्माइस गररिहेका छन् । श्रोताहरू गजलको नशामा झुमेका छन् । गण्यमान्य निकै साहित्यकार र कलाकार पनि अबेरसम्म बसे । गएको १३ गते राती गैह्रीधाराको करुणा इन्टेरयिरको शोरुममा भएको दृश्य हो यो । तन्नेरी डटकम र उपलब्धि प्रकाशनले आयोजना गरेको गजल सन्ध्यामा विभोर बराल र सप्रेम अर्चनाको उड्दै गए सपनाहरू र सपना कहाँ छुन सक्छु र ? संग्रहको डीभीडी सार्वजनिक गरएिको थियो । रमेश पोखरेलले नेपाली तथा हिन्दी गजलहरू गाएर सुनाउँदा श्रोताहरू मन्त्रमुग्ध भए । कार्यक्रमको अन्तिम समयतिर सञ्जय तुमु्रकले पनि गजल सुनाए । जीवन राईले तबला र सञ्जु शाहीले गितारमा सहयोग गरेका थिए ।
युयुत्सु आरडी शर्मा


कविता, कथा र उपन्यास नै मेरो अध्ययन र रुचिका विषय हुन् । मेरो हरेक बिहान लेखपढमै बित्ने गर्छ । लेखनमा चाहिँ कविता मेरो पि्रय विधा हो । भर्खरै मैले अमेरकिन लेखक जोन स्टेइनबेकको द ग्रेपस अफ र्‍याथ नामक उपन्यास पढिसिध्याएँ । सन् '३० को दशकमा अमेरकिाले भोग्नुपरेको कठिन समयको चित्रण यस पुस्तकको विषय हो । ओक्लाहोमाको डस्ट वोल र अर्कन्सास् भन्ने ठाउँबाट सुन्दर जीवनको खोजीमा क्यालिफोर्निया सहर पुगेका गरबिहरूको कथा यसमा समेटिएको छ । खासमा डस्ट वोल र अर्कन्सास् भोकमरीले ग्रस्त क्षेत्र हुन् । यस्ता ठाउँबाट क्यालिफोर्निया पुगेर गरिब परिवार र थुप्रै समस्यासँग जुध्न पुग्छन् । बाँच्नका लागि ठूलठूला संघर्ष गर्छन् । जीवनको नयाँ सुरुवात गर्दा अनेकौँ कठिनाइहरूसँग लाप्पा खेल्दै अघि बढ्नुपर्छ । ओक्लाहोमाका गरबि किसान जनता त्यहाँका धनीहरूबाट अमानवीय व्यवहार सहन विवश भए । उनीहरूले बाध्यतावश एकदमै तल्लो स्तरको र त्यसमा पनि न्यून ज्यालामा काम गर्नुपर्छ । पुस्तकमा प्रयोग गरएिका विम्बहरूले पनि ठूला अर्थ बोकेका छन् । ट्रयाक्टर र ड्राइभरलाई राक्षस र निर्जीव वस्तुहरूसँग दाँजिएको छ ।उपन्यास एकदम यथार्थवादी छ । प्रमुख पात्र जोर्डस्सँगै अन्य हजारौँ पात्रले भोगेका पीडादायी क्षणहरूले मन छुन्छ । क्यालिफोर्नियाका पुँजीपतिको छायाँमुनि अन्त्यहीन गरबिीको घेरामा रहेका बासिन्दा र व्यक्तिबीचको भिन्नता, सरकार र जनताबीच भत्किएको विश्वास यसको प्रमुख कथावस्तु हो । त्यसताकाको अमेरकिाको पीडा चित्रण गर्नुका साथै त्यहाँको परविर्तन पनि यसले झल्काएको छ । सन् '४० मा यो उपन्यासले पुलिट्जर पुरस्कार प्राप्त गरेको थियो । यसै वर्ष पुस्तकमाथि फिल्म पनि बनाइयो । पुरानो अमेरकिा र परविर्तित अमेरकिाबारे जान्न खोज्नेहरूका लागि यो पुस्तक उपयोगी छ ।

Sep 5, 2009

पैँतीस सन्तानकी आमा !
नरेन्द्र रौले/काठमाडौँ
अविवाहित हुदै ३५ केटाकेटीकी आमा ? हो, काठमाडौँ, डिल्लीबजारकी पुष्पा बस्नेत, २५,परिस्थीतिले अनाथझैँ बनाएका बालबालिकाको आमा बनेकी छन् । सिंगो परिवार व्यापारमा लागे पनि उनी भने जेल परेका मानिसका बालबच्चा लालनपालनमा समर्पित छिन् । यसका लागि पुष्पाले महाराजगन्जमा अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर खोलेकी छन्, जहाँ १६ महिनादेखि १२ वर्षसम्मका ३५ बालबालिकाले आश्रय पाएका छन् । पुष्पालाई एउटा करुण संयोगले सेवाको यस क्षेत्रमा तानेको थियो, पाँच वर्षअघि । भयो के भने सेन्ट जेभियर्स कलेजको छात्राका रूपमा फिल्ड वर्कमा जाँदा उनी कालीमाटी महिला प्रहरी सेल पुगेकी थिइन्, जहाँ १३ महिनाकी एक बच्चीले टुलुटुलु हेर्दै कुर्ता तानिन् । ती दुई निर्दोष आँखाले पुष्पालाई यति स्तब्ध बनायो कि उनले त्यही क्षणमा यस्ता बालबालिकाको रक्षामा काम गर्ने निधो गरनि् । परिणाम, पाँच वर्षको अवधिमा उनी यतिका बालबच्चाका प्यारी पुष्पा मामु बनेकी छन् । भन्छिन्, "यिनीहरूले छिनछिनमा मामु भनेर बोलाउँदा जुन खुसीको अनुभूति हुन्छ, त्यसको न बयान सम्भव छ, न त तुलना नै ।"
पत्रिकाकाकै स्वरुपमा हेर्ने भए यहा" छ
http://www.kantipuronline.com/Nepal/show.php?&sid=5254
किताब बेच्ने नौलो जुक्ति
नरेन्द्र रौले/काठमाडौँ
आफूले लेखेका पुस्तकहरू कसरी बेच्ने ? धेरैजसो लेखक पुस्तक पसलको भर पर्छन् । कतै प्रकाशन गृहले नै बिक्रीको जिम्मा लिएका हुन्छन् । मकवानपुर, फापरबारी-५ का भीमप्रसाद दुलाल, ६५, ले भने पुस्तक बेच्ने अर्कै तरिका अपनाएका छन् । विसं ०३८ देखि हालसम्म ६९ किताब लेखिसकेका दुलाल किताब बेच्न मुलुकका ७५ जिल्ला पुगिसकेका छन् । उनी जहाँजहाँ जान्छन्, मानिसहरू भेला गरेर सिंगै किताब पढेर सुनाउँछन् र मन पराउनेलाई त्यहीबेला किनाउँछन् । दुलालले राजनीतिक व्यंग्य, अपराध, तस्करी र दरबार हत्याकाण्डदेखि श्रीखण्डलाई खुर्पाको बिँड बनाउने प्रवृत्तिसम्मका विषयमा कलम चलाएका छन् । यस क्रममा ३१ पटक पक्राउ परेका छन्, तीन वर्ष जेलमा बिताएका छन् । सधँै एक्लै हिँड्ने बानी बनाएका भीमप्रसादले अहिले भने ललितपुरका गणेशराज भेटवाल, ३८, लाई अभिन्न साथी बनाएका छन् । यी दुईले एक स्वरमा कविता पढ्दा श्रोताबाट तालीको पर्रा छुट्छ । यो काइदा अपनाउँदा एकै दिनमा ६० वटासम्म किताब बिकेका छन्, भीमप्रसादका । भन्छन्, "अब पुस्तक पसल खोल्ने सुरमा छु ।"
पत्रिकाकै स्वरुपमा हेर्ने भए यहा" छ
http://www.kantipuronline.com/Nepal/show.php?&sid=5376