नरेन्द्र रौले
टेलिकमले बिस्तार गरेको नया सुबिधा प्रति मानिसहरुको आकर्षण बढ्दो, तर गुणस्तरमा कमी आएको गुनासो ।
प्रिपा ९ कपिलबस्तु स्थायि घर भएका सन्तोष न्यौपाने नौ महिना अघि बेल्जियम पुगेका थिए । बेल्जियमको बु्रगी शहर
मा बसोबास भएका न्यौपाने, २२ पेसाले पत्रकार हुन् । नेपालस्थित टेलिभिजन च्यानल न्युज २४ का बेल्जियम प्रतिनिधी उनी
नेपालइजरायलडटनेट, रेडियोटिटानडटकम जस्ता अनलाइनमा पनि आबद्ध छन् । बेल्जियममा पाइलो टेके देखि नै न्यौपानेले
एप्पल ब्रान्डको थ्रि जि मोबाइल चलाउन थाले । यतिबेला उनको पेसामा अभिन्न सहायक बनेको छ , थ्रि जि मोबाइल ।
न्यौपाने संलग्न रहेको रेडियोटिटानडटकम अनलाइन रेडियो हो । जसमा उनी कार्यक्रम संयोजक छन् । धेरै जसो समय आवाज संग खेलिरहनुपर्ने हुन्छ । नेपाल स्थित टेलिभिजन च्यानल न्युज २४ मा समाचार रिपोर्ट पठाउदा आवाज र तस्विर दुबैको आबश्यकता पर्छ। यिं दुबै कामको लागी थ्री जि अत्याबश्यक बनिसकेको छ ।
ब्यबसायिक कामका लागी भिडियो रेर्कर्ड र भ्वाइस रेर्कर्ड गर्ने न्यौपाने आफ्ना साथीहरु संग बिशेषत भिडियो कल गर्छन् र अरु बेलामा इन्टरनेट चलाउछन् । कुनै बेला इन्टरनेट
चलाउन पाउनु सपना जस्तै लाग्थ्यो, लङ्कु ६ चितवनका आशिष रिजाल, १९ को लागी । तीन बर्षअघि विद्या विकास इंगलिस बोर्डिङ स्कुल अध्ययनरत छंदा बीस मिनेट साइकल चढेर नारायणगढ बजार आइपुग्थे उनी । इमेल चेक गर्नकै लागी भनेर ५० रुपैया तिरेर साइबर पस्थे उनी । त्यो पनि इन्टरनेट एकदम ढिलो गरी चल्थ्यो । तिनै आशिष रिजाल अहिले दंग छन् । स्कुले जीवनमा जुन रहर पुरा गर्न पाएनन्, त्यो अहिले पुरा गरिरहेका छन् । गएको पांच महिना देखि उनको खल्तिमा थ्रि जि मोबाइल छ । जर्मनीबाट उनकि आमा लक्ष्मीदेबीले थ्रि जि सेट पठाइदिएपछि यसमा धेरै सुबिधा लिन थालेका छन् उनले । दैनिक ६
घण्टा भन्दा धेरै समय इन्टरनेटको दुनियामा बिताउंछन् आशिषले । अष्टे्रलियामा रहेका दाइ संग भिडियो कल गर्छन्, साथीभाइहरु संग एमएसएन, इबडि, याहु म्यासेन्जर, फेसबुक मार्फत नियमित सर्म्पर्कमा रहन्छन् । मन परेका किताब पढ्छन् । ह्वाइट हाउस कलेजबाट विज्ञान विषयमा प्लस टु उर्त्तिर्ण आशिषको लागी पढाइ मा पनि थ्री जि मोबाइलले ठूलै सहयोग पुर्याइरहेको छ । जीवनमा इन्जिनियर बन्ने सपना पालेका छन् आशिषले । त्यो आकांक्षा पुरा गर्न राम्रा इन्जिनियरीङ कलेजहरु खोजिरहेका छन् यतिबेला । सके पुल्चोक इन्जिनियरिङ क्याम्पस नत्र भारतको कुनै इन्जिनियरीङ कलेजलाइ आफ्नो गन्तब्य बनाइरहेका छन् उनी ।धेरै कुरामा थ्री जि मोबाइल सजिलो लाग्न थालेको छ आशिषलाइ । सानो स्क्रीन, चलाउन पनि सजिलो छ । पैसा पनि निक्कै सस्तो । १०० केबिको जम्मा ०।२५ पैसा मात्रै । टु जि भन्दा त कैयौ गुणा बढी छिटो चल्ने । साइबर धाइरहनु पनि परेन । आफुलाइ मन परेका म्युजिक भिडियो, गीत, प्रोगाम पनि थ्री जि मोबाइल मार्फ नै डाउनलोड गर्छन् उनले । आफुले प्रयोग गर्दै आएको थ्री जि मोबाइलका आएको बारे उनी भन्छन् , मेरो पढाइसंग संगै साथीभाइ संग अपडेट हुन, रमाइलो गर्न यसले सघाएको छ ।
यहा लिइएका सन्तोष र आशिष दुइ प्रतिनिधी पात्र हुन्, जसले थ्री जि (ते

स्रो पुस्ता० मोबाइल प्रयोग गरिरहेका छन् । बदलिदो समय, दिनहु भित्रिने नया नया सूचना प्रबिधि संग अभ्यस्त हुन खोज्दैछ शहरी पुस्ता । मानौ अब आरामदायि ढंगले नया सुबिधा र एप्लिकेसन भएको थ्री जि बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन । टेलिभिजन हेर्न मन छ तर घरमा बत्ति गएको छ , अत्याबश्यक काम गर्नु छ साइबर जानु पर्यो तर टाढा छ , त्यहा ठुलै भीड छ वा अरु केहि समस्या छ , गीत सुन्न र म्युजिक भिडियो हेर्न मन छ , तर तपाइको कम्प्युटरमा इन्टरनेट कनेक्सन एकदम ढिलो छ, तपाइ कतै जांदै हुनुहुन्छ बाटो हराउनु भयो, यिं सबै समस्याको समाधान
थ्रि जी हुन सक्छ ।
आवाज मात्र सुनिने, सिमित क्षमता र थोरै मात्रै प्रयोगकर्ता भएको र एनालग टा्रन्समिटर भएको वन जि अब लोप भएर गइसक्यो । त्यस लाइ बिस्थापित गर्दै नया रुपमा टु जि आयो । जसले जिपिआरएस , जिएसएम रेडियो र एसएमएस लगायतका सुबिधा दिलायो । मानविय गुण नै हो जति सुबिधा पाएपनि थप सुबिधा खोज्ने । टु जि ले मात्रले पनि चित्त बुझेन । र टु जि बिस्तार हुंदै त्यसैको नया रुप आयो थ्रि जि मोबाइल । जसले मानिसहरुको दैनिक जीवनलाइ सहज बनाउंदै छ ।
नेपाल टेलिकमले दक्षिण एसियामै पहिलो पटक तीन बर्षअघि सन् २००७ मा काठमाडौको रिङ रोड भित्र मात्र थ्रि जि सेवा दियो । सुरुमा बीस हजार प्रयोगकर्ताहरुलाइ लक्षित गरेर सेवा विस्तार गरिएको थियो । जम्मा ८ वटा टावर मात्र निमार्ण गरिएका थिए । रु ४१९५ तिरेर प्रिपेड सिमधारीले मात्र थ्रि जि सेवा लिन पाउंथे । पोस्ट पेड सिमधारीलाइ खुला गरिएको थिएन । तर सन् २०१० जनवरीबाट दुइ लाख प्रयागकर्ताहरुलाइ लागी लक्षित गरेको नेपाल टेलिकमले काठमाडौ र भक्तपुर आसपासमा ६४ वटा टावर निमार्ण्र गरिसकेको छ । र पोष्टपेड सिमधारीलाइ पनि यो सेवा दिन थालिसकेको छ । काठमाडौ बाहिरका शहर मध्ये पोखरामा ८ वटा टावर पनि बनिसकेका छन् । नेपाल टेलिकमका इन्जिनियर प्रक्षेप थापाले दिएको रेर्कर्ड अनुसार दुइ हजार पोष्टपेड र एक हजार प्रिपेड गरी हाल सम्म जम्मा तीन हजारले नेपालमा थ्री जि सुबिधा लिइरहेका छन् ।
सुरुमा प्रिपेड मोबाइल कर्ताका लागी मात्र खुला गरिएको थ्री जि सेवा लिन रु ४१९५ तिरेर रजिष्टे्रसन गर्नु पथ्र्यो । फागुन २० गतेबाट दुबै सिम प्रयोगकर्ता लागी खुला गरिएपछि रजिष्टे्रसन शुल्कमा पनि हेरफेर गरियो । अहिले प्रिपेड सिम प्रयोगकर्ताले रु १५०० र पोष्टपेड सिमकर्ताले २१३० रुपैया तिरेर रजिष्टे्रसन गर्न सक्छन् । दुइटैमा रु एक हजार बराबरकोब्यालेन्स हुन्छ । शुल्क घटाइएकाले यो सुबिधा लिनेहरुको निकै भिड बढेको छ । राजधानीका त्रिपुरेश्वर, पुल्चोक स्थित कार्यालयबाट दैनिक कम्तिमा तीस जनाले रजिष्टे्रसन दर्ता गराउने गरेका छन् । पोष्टपेड सिम प्रयोग कर्ताले रु २५० तिरेर उहि नम्बर प्रयोग गर्न पाउछन् भने प्रिपेडले नया नम्बर र सिम लिनुपर्ने ब्यबस्था छ । विद्यार्थी, पत्रकार, इन्जिनियर ,ब्यापारी, पाइलट, बिभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरु थ्री जि का प्रयोगकर्ता बनेका छन् ।
मोवाइल सेवा निर्देशनालयका निर्देशक जीवनरत्न शाक्य तिनै प्रयोगकर्ता मध्ये एक हुन । उनले आफ्नो कार्यालय र घरमा बत्ति गएका बेला टेलिभिजनमा समाचार हेर्छन् । दिनहु कहा के घटनाहरु भए तिं कुरा जान्न उनी उत्सुक हुन्छन् । यस बाहेक उनले इन्टनेट चलाउछन् । नेपाल टेलिकमका इन्जिनियरका प्रक्षेप थापा लाइ बिशेष गरी वर्ल्ड कप हेर्न मन पर्दोरहेछ । ूनेर्टवर्क चलिराखेको छ कि छैन, चेकजांच गर्न पनि मैले
थ्री जि प्योग गर्छुू उनी भन्छन् । सबैलाइ थ्रि जि ले फाइदा दिएको छ भन्ने अबस्था चाहि छैन । जस्तो कि धुलीखेलको आइटि पार्कमा कार्यरत ज्वलन्त श्रेष्ठले चलाएको एक महिनामै थ्रि जि बन्द गरे । ूधेरै जसो समय कामका लागी काठमाडौ बाहिर जानुपर्दा कामै नलाग्ने ।ू ज्वलन्त भन्छन् । उनका
अनुसार यो सेवा देशैभरी बिस्तार गरिनुर्पर्छ र मुल्य अझै कम गरिनुर्पर्छ ।
प्रबिधिको तुलनामा नेपालले निश्चय पनि फड्को मारेको हो । नेपाल टेलिकमका इन्जिनियर प्रक्षेप थापा पनि यो कुरा स्वीकार्छन् । थापाका अनुसार भारतमा जम्मा तीन हजार पाच सय प्रयोगकर्ता छन् भने नेपाल जस्तो सानो मुलुकमा तीन हजार छन् । सुरुवातको हिसाबले पनि नेपालले नै अगाडी यो सेवा बिस्तार गरेको हो । तर इन्टरनेट बाहेक अन्य सेवामा नेपाल टेलिकमले सोचे अनुरुप राम्रो गुणस्तर दिन भने सकेन । जुन समस्यापाइलट नरेन्द्र शाह, ३१ र ब्यापारी हिङ्गुन इफ्रान, ४० ले भोगिरहेका छन् । शाहले बिगत एक बर्षो अबधिमा भिडियो कल निकै कम प्रयोग गरेका छन् । र इफ्रानले पनि दुइ महिनाको अबधिमा जम्मा दुइ पटक प्रयोग गरेका छन् । कारण उहि न्युन गुणस्तर हो । भिडियो कल गर्दा तस्विर प्रष्ट देखिदैन र ठूलो आवाजमा कुरा गर्नुपर्छ । इफ्रान भन्छन् । नेपाल टेलिकमका प्रबक्ता सुरेन्द्र प्रसाद थिके चांडै त्यो समस्या समाधान हुने बताउछन् । उपत्यकामा एक सय टावर बनाउदैछौ । नेर्टवर्कमा आउने त्यस्तो समस्यामा कमी आउनेछ । प्रबक्ता थिकेले भने ।
थ्री जि सेवा लिन सकिने मोबाइल सेटहरु
मोडेल : X6 Nokia
मूल्य रु चौंतिस हजार
मेमोरी स् १६ जिबि
सुबिधा स् ५ मेगापिक्सेल क्यामेरा,
ब्याट्रि स् टु जि का लागी साढे ८ घण्टा र थ्री जि का लागी ६ घण्टा
मोडेल : नोकिया 5800
मूल्य स् रु २४,७५०
क्यामेरा स् ३।१५ मेगापिक्सेल

ब्याटी्र स् टु जि का लागी ८ घण्टा ४५ मिनेट, थ्रि का लागी ५ घण्टा
मोडेल : B5310
मूल्य स् २१,७००
ब्याट्रि स् ८ घण्टा
मेमोरी स् १६ जिबि
मोडेल : इरिक्सन w705
मूल्य स् २३,५००
ब्याट्रि स् १० घण्टा
मेमोरी स् ८ जिबि
मोडेल :सोनि इरिक्सन c 902
मूल्य स् २३,५००
ब्याट्रि स् १० घण्टा
मेमोरी स् ८ जिबि
क्यामेराः ५ मेगापिक्सेल
यो लेख यहाँ पनी पढ्न सकिन्छ










14 Comments:
नरेन्द्र भाइ अन्तर्वार्ता पढेर खुसि लाग्यो । यो त मैले अस्ति नयाँ बानेश्वरदेखि लाजिम्पाटसम्म पैदल जाँदा नै सोध्नुपर्ने रहेछ हाहाहा ।
गुड लक ब्रो ।
Nice to know about him...
Wish him successful professional career... and be regular in blog... :)
रोलै जीको कुरा सुन्न पाइयो यहाँ नि। उनलाई ब्लगिङको निरन्तरताको कामना। दौतरीलाई पनि प्रगतिको कामना।
रमाइलो लाग्यो नरेन्द्रजी सँगको कुराकानी। छोटोमै भएपनि नेपालका छापा- पत्रकारका धरातलीय स्थिति र उहाँका अनुभवहरुको सार सायद सबैलाई शिक्षाप्रद होला जस्तो लागेको छ । खुलस्त र यथार्थ विचार राख्नु हुँदोरहेछ, पढ्दा खुशी लाग्यो ।
हुन त कारक तत्वहरु धेरै होलान तर प्रश्न नं ७ को उत्तरमा "मलाइ पत्रकार भन्दा बढी कसैले ब्लगर भनिदिएको रमाइलो लाग्छ"
र
प्रश्न नं ३ को जवाफमा भने:
"पत्रिकामा नछापिएका कुरालाइ ब्लगमा राख्छु । "
पढ्दा भने अलिक असहज लाग्यो ।
वहाँको उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।
रौलेजीसंगको कुराकानी पढ्न पाऊँदा खुशी लाग्यो। दौंतरी र रौलजीलाई हार्दिक धन्यबाद! रौलीजीलाई ब्लग र जिन्दगीका सबै पक्षमा सफलताको शुभकामना!
रमाईलो र राम्रो लाग्यो । रौलेजीको कुरा रौल्याउने खालका राम्रा रहेछन् । शुभ होवस् वहाँको लेखन र पत्रकारिता यात्रा ।
रौलेजीसँगको रमाईलो कुराकानी पढ्ने मौका दिएकोमा दौंतरीलाई धन्यवाद ! रौलेजीलाई पत्रकारितामा, ब्लगलेखनमा र जीवनका सबै क्षेत्रमा प्रगतिको शुभकामना!
hamra lekhak kaji lai suvakamana tatha utarottar pragati ko kamana .
नरेन्द्र रौलेजी सँगको ब्लग-बार्ताको लागि धन्यबाद्, दौंतरीलाई । रौलेजीको पत्रकारिता र ब्लगिङको लागि शुभकामना ।
dami bro
Good luck नरेन्द्र रौले ji....keep up u'r blogging....
Thanks Dautari for introducing yet another Nepali Blogger for us....
my best wishes to narendra jee.
नरेन्द्र जी को मिठो प्रस्तुतिको लागि धन्यबाद दौतरी। रौले जी को जीवनमा अझै उच्च सफलताको कामना ब्लग लगायत सम्पूर्ण क्षेत्रमा ।
ब्लगको सुरुमा रौले हुनु पर्ने मा अर्कै भएछ। त्यसमा क्षमा प्रार्थी छु। नेपाली नामलाई अंग्रेजीमा पढ्दा त्यस्तो हुन गएको हो। सायद हाम्रो नाम बिदेशीलाइ अप्ठ्यारो लाग्ने त्यही भएर होला।
तपाईको ब्लगिगं गफ पढेर रमाइलो लाग्यो। तपाईको नेपाली लेखक, साहित्यकारहरुको प्रोफाइल समेटिएको पुस्तक लेख्न चांडै समय जुरोस। धेरै धेरै शुभकामना।
सबै ब्लगर आफ्नै काममा ब्यस्त हुंदा हुंदै पनि नेपाल र नेपालीको साहित्य तथा संचारमा समय दिनु सारै गरिमामय कार्य हो। यांहा न बन्द हुन्छ न चक्का जाम,नेपालीको ब्लगिगं यात्रा निरन्तर जारी रहोस।
हेप्पी ब्लगिगं
नेपालियन
Post a Comment