Feb 29, 2012
Feb 18, 2012
Dec 29, 2011
नरेन्द्र रौले
( यो लेख कान्तिपुरको हेलो शुक्रबारमा आजको अंकमा प्रकाशित भएको हो । इपेपर हेर्ने भए यहाँ क्लिके हुन्छ । )
रिवेका ब्ल्याक (गायिका)

हरेक तस्विरहरुमा सेता दन्त लहर टिलिक्क टल्काउदै हेरौं हेरौं लाग्ने मुस्कान छोड्ने रिवेका व्ल्याक, इन्टरनेटमा सर्बाधिक खोजी गरिएकि अमेरिकन पप सिंगर हुन् । एक वर्ष अघि 'फ्राइडे' म्युजिक भिडियो सार्वजनिक गर्दा रिवेका ब्ल्याकले यति चर्चा बटुल्ने आशा सायदै गरेकि थिईन् । अमेरिकाको क्यालिफोर्नियामा जन्मिएकि रिवेकाको स्वर मिसिएको 'फ्राइडे' जब ईन्टरनेटको दुनियामा फैलियो उनको उमेर भन्दा कैयौं गुणा बढी श्रोताहरुको ढुकढुकि बन्यो । भर्खर १५ वर्षको उकालो चढ्दै गरेकि रिवेकाको यस म्युजिक भिडियोलाई सोमबार सम्म १ करोड, ४८ लाख ४६ हजार ४७ जनाले हेरिसकेका छन् । यिं आकर्षक र सेक्सी सुन्दरी गुगल जिटिजिस्टको तथ्यांक अनुसार सन् २०११ मा सर्बाधिक खोजिने ब्यक्तिहरु मध्ये पहिलो नम्बरमा परिन् । 'फ्राइडे' अतिरिक्त रिवेकाका 'माइ मुमेन्ट' र 'पर्सन अफ इन्ट्रेस्ट्' एल्बम निस्किएका छन् ।
र्यान डन (टेलिभिजन पर्सनालिटि)

अक्सर झ्याप्प दाह्री पाल्न रुचाउने र्यान टेलिभिजन पर्सनालिटि हुन् । (जो जुन २०, २०११ मा बिते ) करिअर बनाउन र्यान जस्तोसुकै खतरा मोल्न तयार हुन्थे । अमेरिकाको एमटिभीबाट प्रशारण हुने 'ज्याक्स' र 'भिभा ला बाम' यस्तै खतरा मोल्नुपर्ने टेलिभिजन सिरिज हुन्, जो वास्तविक कथाबस्तुमा आधारित हुन्थे । तिनै सिरिजका सदस्य हुन्, र्यान । उनले बाम मार्गेरा फिल्ममा प्रमुख पात्रका रुपमा पनि अभिनय पनि गरेका छन् । सन् २००० देखी २००२ सम्म एमटिभिबाट देखाईका यिनै सिरिजबाट र्यानको लोकप्रियता चुलियो । झण्डै एक दर्जन टेलिभिजन कार्यक्रम उत्पादन गरेका र्यानले म्युजिक भिडियो र फिल्म उत्पादनमा पनि संलग्न थिए । गुगल जिटिजिस्टको तथ्यांक अनुसार सन् २०११ मा सर्बाधिक खोजिने उनी दोस्रो ब्यक्ति हुन् ।
पिप्पा मिडलेटन (पार्टी प्लानर )

इंग्ल्याण्डमा जन्मिएकि पिप्पा पार्टी सर्भिस ब्यबसायि हुन् । २८ वषिर्या यिं युवति उच्च घरानाहरु जमघट हुने पार्टीहरुमा मनोरञ्जन लिन रुचाउछिन् । २००८ मा ग्रयाजुएसन सकेपछि एक कम्पनिमा पब्लिक रिलेसनका रुपमा कार्यरत पिप्पाले बेलायतको टेबल टक कम्पनिमा इभेन्ट् म्यानेजरको अनुभब पनि बटुलेकि छिन् । उनकी जेठी दिदी क्याथरिनको राजकुमार विलियम संग २९ अपि्रल, २०११ मा लगनगाठो कस्सिएपछि मिडियामा ठूलो कभरेज पाएकी थिइन् । विशेष गरी पिप्पाकै जीवनशैली र उनको सामाजिक जीवनबारे मिडियाले उनलाई राम्रो स्थान दिएका थिए । २००८ मा टेट्लर म्यागेजिनले पिप्पालाई द नम्बर वान् सोसाइटि सिंगलट्न का रुपमा घोषित गरेको थियो ।
केसि एन्थोनि (हत्या अभियुक्त )

ओर्लान्डो, फ्लोरिडाबाट २ वषिर्या केली मेरी एन्थोनि हराएको खबर आयो । ठ्याक्कै चार वर्ष अघि घटेको त्यो घटनाले सनसनि मच्चियो । आखिर कसरी हराइन् केली ? खोज्दै जादा केली घर नजिकै मारिएको अबस्थामा फेला परिन् । उनकी आमा केसिले त्यो घटनाबारे प्रहरीलाई विवादास्पद अभिब्यक्ति दिइन् । २६ वषिर्या केसि यसै प्रकरणले जेल जान बाध्य भइन् । बन्दी जीवनपछि केसिलाई हजारौं इमेलको ओइरो लाग्यो जसमा उनिप्रति घृणा पोखिएको थियो । र, उनलाई मार्ने धम्कीपूर्ण इमेल थिए तिं । आफ्नी छोरीको हत्या गरेको आरोप लगाउदै कतिले उनलाई मार्ने प्रयत्न पनि नगरेका हैनन् । गुगलमा खोजिने चौथो ब्यक्ति हुन्, केसि ।
एडेल (गायिका)

२३ वर्ष अघि बेलायतमा जन्मिएकि एडेल गायिका हुन् । चार वर्षकै उमेर देखी गीत गाउन थालेकि उनी संगित र गायनमा गहिरो अभिरुचि राख्छिन् । गीत लेखनमा पनि उत्तिकै चाख राख्ने एडेललाई सन् २००८ मा ब्रिट अवार्ड नामक पप म्युजिक अवार्डबाट सम्मानित भईसकेकि छिन् । एडेलको प्रस्तुतिले अमेरिकाको टेलिभिजनबाट प्रशारण हुने स्याटर्डे नाइट लाइभमा ठाउ पाएपछि उनको करिअर उकालो लागेको हो ।
स्टीभ जब्स (संस्थापक एप्पल)
कसैकसैको मृत्यु पनि लोभ लाग्दो बनिदिन्छ । बाचेको सिंगो जीवन भन्दा मृत्युको एक दिनले ठूलो पाठ सिकाउन सक्छ ।
क्यालिफोर्नियाको सानफ्रानसिस्कोमा जन्मेका स्टीभ जब्स बाँचुञ्जेल जति चर्चामा रहे त्यो भन्दा अझ बढी मृत्युमा उनको चर्चा भयो । लामो समय पत्रिकाका पानाहरु उनकै सम्झनाले रंगिए । सायद उनले गरेका लोभ लाग्दा काम र फरक ढंगको जीवनशैलीकै कारण दुनियाले सम्झिए । -(अझै सम्झिरहनेछन् ) अक्टोबर ५, २०११ मा संसारबाट बिदा भएका स्टीभले आम मानिसको दिमागमा बेग्लै छाप छोडे । विश्व प्रसिद्ध कम्पनि एप्पल इङ्कका सहसंस्थापक, पूर्व अध्यक्ष तथा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका स्टीभले आइफोन, आइपड, आइप्याड जस्ता आकर्षक ग्याजेट उपहार स्वरुप छोडेर गए ।
एमि वाइन हाउस (गायिका)

हातभरी ट्याटु खोपेकि एमि जब हल्लिदै ज्याज गीतहरु गाउ थाल्छिन्, संगितप्रेमीहरु जुरुक्क उफ्रन थाल्छन् । मृगनयन रुपि उनका आँखाहरुले जसरी लठ्ठै बनाउछन्, उनको जादुमयि स्वर भरिएको गीत सुन्दा छुट्टै मात चढ्छ । ९ वर्ष अघि सार्बजनिक गरेको फ्रयांक एल्बम मर्क्युरी पुरस्कारका लागी छनोटमा परेको थियो । यिं २७ वषिया बेलायति सुन्दरीको २३ जुलाइ, २०११ मा रहस्यमय ढंगले मृत्यु भयो ।
(ओसामा बिन लादेन , अलकायदा संस्थापक)
मोहम्मद बिन लादेनका ५२ सन्तानहरुमध्ये १७ औं सन्तान हुन्, ओसामा बिन लादेन । साउदी अरबका अरबपति ठेकेदार
बाबुको सन् १९६८ मा हेलिकप्टर दुर्घटनामा मृत्युपछि युवा अबस्थामै बिना मिहिनेत करोडपति बने लादेन । साउदी अरबको साह अब्दुल्लाह अजिज विश्वविद्यालयमा इन्जिनियरिङ पढ्दै गर्दा कट्टरपन्थि शिक्षक र विद्यार्थीहरुसंग नजिकिएका उनी पछि गएर अलकायदाका प्रमुख बने । सेप्टेम्बर ११, २००१ मा अमेरिकाको वल्र्ड टे्रड सेन्टरमा आक्रमण गरेपछि ओसामा बिन लादेन संसारभर चर्चामा आए । मध्यपूर्वमा अमेरिकी सेनाको उपस्थिीति नरुचाएर १९९८ मा अमेरिका बिरुद्ध युद्धको घोषणा लादेन इस्लाम धर्मका श्रद्धालुहरुका लागी नायक बनेका थिए भने पश्चिमी मुलुकहरुका लागी अन्र्तराष्टिय खुंखार आतंकबादी कहलिए । उनलाई समाप्त गर्न अमेरिकी गुप्तचर संगठनले २ करोड ५० लाख अमेरिकी डलर राशीको पुरस्कार समेत घोषणा गर्यो । अन्तत मे २, २०११ मा पाकिस्तानको एबोटाबादमा अमेरिकी सैनिकको आक्रमणमा उनी मारिए । लादेन गुगलमा सर्बाधिक खोजिएका ८ औं ब्यक्ति हुन् ।

Dec 23, 2011
'जुन कुरामा समर्पित भएर लागिन्छ, आखिरमा त्यो पूरा भएरै छोड्छ' (भोजराज पोखरेल/ पुर्ब प्रमुख निर्वाचन आयुक्त)
नरेन्द्र रौले
उमेरमा ठिटी प्रति आकषिर्त नहुने को होला र ? कोही राम्री युवति देख्यो कि जसलाई पनि लभ गर्न मन लागिहाल्छ । मलाई पनि बैंसमा यस्तै हुन्थ्यो । बाटोमा कोही राम्री हिंडेको देख्यो कि नजरहरु त्यतै सोझिन्थे । केही साथीहरु बागबजारको पद्यम् कन्या क्याम्पस पुग्थे, राम्री लाई हेर्न। कुनै दिन म पनि पुगेको थें ।
गेरु बस्त्रधारी तिं युवतिहरुको पछिपछि हिंड्थे, मेरा साथीहरु । म पनि बेलाबेला त्यही समुहमा मिसिन्थें । हामी ठूलोठूलो स्वरमा गफिन्थ्यौं । ताकि उनीहरुले हामीतिर फर्केर हेरुन् । मनमनै सोचिन्थ्यो, कुनै राम्री केटीसंग प्रेम गर्न पाए । तर मनले चाहेर मात्र कहा हुन्छ र ? जीवनमा सबै कुरा सोचे जस्तो भैदिन्न । कुनै युवतिसंग प्रेम गर्ने मौका चाहिं जुरेन । तर पर्ढाई प्रति भने सधैं प्रेम गरियो । अझैं गरिरहेकै छु । विशेषत युवाकालमा म जासुसि उपन्यास पढ्न रुचाउथे । किताब किन्ने हैसियत थिएन । त्यसले गर्दा अमेरिकन र भारतीय पुस्तकालयमा मेरो बढीजसो समय बित्थ्यो ।
पर्ुवको खोटाङबाट कलेज पढ्न राजधानी झर्दा थुपै्र चुनौति मेरा अघि ठडिए । सात दिन हिंडेरै राजधानी आईपुग्दाको त्यो बयान कसरी गर्नु - बर्खांको बेला थियो -०२६ साल ) । गाउको दाइको पछि लागियो । साथमा मैले दाल, चामल, घिउ, कुराउनी र सातु, सामल बोकेको थिए । धुलिखेलको डाडाबाट तल गाडी कुदेको देख्दा त अचम्म लागेेको थियो । ओखलढुंगाबाट एसएलसि दिदा सम्म म गाउमै रमाएको थिए । एक्कासि शहर पस्दा नौलो र परिबेश अनौठो लाग्यो । गाउका साथीभाई मिलेर मैतिदेबिमा हामीले दर्ुइ कोठा र एक किचेन लियौं । कोठाभाडा जम्मा २२ रुपैंया तिर्नुपथ्र्यो ।
गाउको मानिस शहर पसेपछि अनेकौं दुख कष्ट झेल्नर्ुपर्छ । म पनि यसबाट अछुतो रहन सकिन । साथमा पैसा हुदैनथ्यो । घरबाट मगाउ भने न कतै टेलिफोन हुन्थे न त बैंक । मुस्किलले चिठी आदान प्रदान हुन पनि एक महिना कर्ुर्नुपथ्र्यो । कहिलेकाहिं पैसाको अभाबमा भोकै रात गुजार्नुपर्यो । यहि बिच मैले नेश्नल कलेज -शंकरदेब क्याम्पस) बाट आइकम पास गरें । मेरो मुख्य सपना पर्ढाई पूरा गर्नुथियो । त्यो रहर पूरा गर्न जागिर खोज्न थालें । झण्डै तीस ठाउमा दरखास्त हालें । तर कतै जागिर मिलेन । तैपनि धर्ैयता टुटेन । आशा मरेन । कसलाई भेटेर मेरो इच्छा होला - यसो सोचें । अनि तत्कालिन परराष्ट्रमन्त्रि गेहेन्द्रबहादुर राजभण्डारी, र प्रधानमन्त्रि नगेन्द्र प्रसाद रिजाललाई भेटेर भनें, 'म गाउबाट पढ्न आएको मान्छे । पढेर केही बन्ने सपना छ । मलाई सहयोग गर्नुपर्यो ।' उहाहरुले निजी सचिबलाई बोलाएर 'यो बाबुलाई केही गर्नुपर्यो ।' भन्नुभयो । हुन त खासै केही सहयोग मिलेन । तर १७, १८ वर्षै कलिलो उमेरमा आट गरेर त्यसरी कुरा राख्नु अहिले गर्बको विषय लाग्छ ।
मानिसले हिम्मत हार्नु हुन्न रैछ । युवा छदा बहकिनु पनि हुन्न । तर संर्घष्ा गर्दा गर्दै थाक्नुहुन्न । अहिलेको दुख भोलीको लगानी सम्भिmनर्ुपर्छ । मैले सरस्वति क्याम्पस, लैनचौरमा स्नातक अध्ययनरत छदा शिक्षा मन्त्रालयमा जागिर पाए । कहिल्यै पनि कक्षा छुटाइन । साढे ५ देखी रातको १० बजे सम्म कक्षा चल्थ्यो । राती कोठामा फर्किदा बाटो सुनसान हुन्थ्यो । कुकुरहरु भुकिरहेका हुन्थे । जागिर र पर्ढाई दुबै एकैसाथ अघि बढाउदा पनि म सफल भए । बिए पास गर्नु खुसिको कुरा बन्यो । जुन कुरामा समर्पित भएर लागिन्छ, आखिरमा त्यो पूरा भएरै छोड्छ । २१ वर्षो उमेरमा सोलुखुम्बु जिल्लाको हाकिम भएर गईयो । लाउलाउ खाउखाउ भन्ने उमेरमा हाकिम (पञ्चायत विकास अधिकारी) भएर मर्यादा बस्नुपर्दा मेरा धेरै खुसीहरु चाहनामै सिमित रहे । चार वर्षसोलुखुम्बु रहदा मैले अर्थशास्त्र र कानुनमा स्नातकोत्तर तहको अध्ययन पनि पूरा गरें । निर्बाचन आयोगमा साढे २ वर्षरहदा आफुलाई सफल ठानें ।
जीवन जसरी अघि बढाउन चाह्यो सकिदो रहेछ । आफु र आफ्नो हैसियत भने सधैं मनमा राख्नर्ुपर्छ । तुरुन्त कुनै पनि कुराको उपलब्धि खोज्दा त आफैलाई घाटा गर्छ । सायद यिनै कुराहरुले मलाई खोटाङको विकट गाउ देखी अमेरिकाको हावर्ड विश्वविद्यालय सम्म पुर्यायो । ७ कक्षामा मात्र एबिसिडि सिक्न पाएको र अंग्रेजीमा सधैं ग्रेस दिएर पास भएको मेरा लागी खुसिको विषय हो । उद्देश्य स्पष्ट राख्ने हो र नियमित अध्ययन गर्ने हो भने जुनसुकै युवा संसारको कुनैपनि विश्वविद्यालयमा गएर पढ्न सक्छ । तत्कालै प्रतिफल खोज्नाले अचेल युवाहरुमा नैराश्यता बढ्दै गएको पाईन्छ । निरन्तर आफ्नो लक्ष्यमा हिंड्ने हो भने युवाहरुका हातमा प्रशस्त अबसरहरु छन् ।
Dec 19, 2011
'स्वराजको जादुमयि स्वर ' - नरेन्द्र रौले

उमेरले ९ वर्षमा हिंड्दैछन्, स्वराज सागर प्रधान । तर उनको प्रतिभा भने गजबको छ । उनले गीत गाएपछि सबैलाई लठ्ठ बनाईदिन्छन् । नया र पुराना गायकहरुको गीत दुरुस्तै सुनाईदिने कला छ उनमा । चार वर्षै उमेर देखी उनले स्टेजमा आफ्ना गीतहरु सुनाउन थालेका हुन् । बिभिन्न ३० वटा भन्दा कार्यक्रमहरुमा स्वराजले आफ्नो प्रस्तुती देखाईसकेका छन् ।
सानैमार् इन्डियन आइडल अभिजित साओन्दका गीत सुनेपछि उनलाई पनि गाउने सोख चलेको हो । 'गीत गाउन अत्यन्तै रुचि राख्थ्यो ।' आमा सरिताले भनिन् । 'कलम, कापी, जे भेटायो त्यसैलाई माइक बनाएर गाउन खोज्थ्यो ।' आमा, बुबा र देश प्रति माया झल्किने गीत गाउन उनलाई विशेष मनपर्छ । सन् २०११ मा नेपाली लिटल स्टारमा फर्स्ट रनर अप उपाधि जितेका स्वराजको पहिलो गिती संग्रहस्वराज बजारमा आएको छ । यस एल्बमबाट आएको पैसा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको पर्ढाईमा लगाउने उनको चाहना छ । कति राम्रो सोच । स्वराजको यहि चाहना पूरा गर्न उनका आमा, बुबाले स्वराज फाउण्डेसन खोलेर सहयोग गर्नुभएकोे छ । हरेक वर्षचागल, काठमाडौंको जगतसुन्दर बोने कोथी स्कुलमा अध्ययनरत दर्ुइ जना विद्यार्थीहरुलाई छात्रबृत्ति दिएर सहयोग गर्ने फाउण्डेसनको लक्ष्य छ । त्यसैले दसैंमा टिका लगाएर जम्मा गरेको पैसा स्वराजले यहि फाउण्डेसनमा जम्मा गरे । बुबा, आमाले पनि सहयोग गर्दा त २० हजार रुपैंया जम्मा भईसकेको छ ।
युनाइटेड स्कुल कक्षा ४ मा अध्ययनरत स्वराजलाई राम्रो गायक र बैज्ञानिक बन्न मन छ । 'ठूलाबडाबाट म त यही आर्शिबाद माग्छु ।' उनले भने । 'छोराको चाहना मर्न दिन्नौं । सधैं सहयोग गर्र्छौं ।' बुबा बिजयसागरले भने । उनले फर्ुसदको समयमा गीत गाएर, पढेर समयको सदुपयोग गर्छन् । बिदामा घुम्न मनपर्छ । उनलाई आमा, बुबाले भारतको कलकत्तँ, आग्रा, जयपुर, नयादिल्ली, दार्जिलिङ लैजादा खुब खुसि भएका थिए । खानामा उनलाई मम, सुप, दालभात, मासु असाध्यै मनपर्छ ।
Dec 16, 2011
‘म त केटाहरूलाइ पनि जिस्क्याइदिन्थें’ – डा ज्योति भट्टराइ (मधुमेह रोग विशेषज्ञ)
नरेन्द्र रौले
मेरा स्कुले दिनहरु जावलाखेलको सेन्टमेरिजमा बिते । एसएलसि दिने बेला सम्म मेरो अलग पहिचान बनिसकेको थियो । साथीहरु माझ जोक गर्ने, सबैलाई हसाउने मेरो स्वभाब थियो । धेरैले मलाई रुचाउथे । नजिक हुन खोज्थे । म केटा जस्तो भएर हिंड्थें । कपाल छोटो बनाउथे । हिंडाई बोलाई पनि त्यही अनुरुपको थियो ।
सेन्ट मेरिजमा पढ्ने सबै विद्यार्थीहरु छात्रा हुन्थे । कसैकसैले बाहिर केटा साथी बनाएका हुन्थे । मैले भने कसैलाई मन पराएको कुरा मनमनै राखें । कसै सामु ब्यक्त गरिन । पढाई र आफ्नो लक्ष्य पूरा गर्नतिरै बढी ध्यान दिएँ । तिं दिनहरुमा साईकल कुदाउदै रिङरोड घुम्नुको मजा बेग्लै हुन्थ्यो । काठमाडौंका थुप्रै ठाउहरु यसरी साइकलमा घुगियो । मिल्ने साथी संग स्वीमिङ गर्न कहिल्यै सोल्टि त कहिल्यै रंगशाला पुग्थें । सिजनभरीको जम्मा ३ सय तिरे पुग्थ्यो । आमालाई फकाएर मैले पैसा माग्थें । र, स्वीमिङ गर्न दौडिन्थें । त्यति नै बेला बि्रटिश लाइब्रेरी गएर मन परेका पुस्तकहरु पढ्ने बानीको विकास पनि भयो ।
कलेजमा अलि बढी स्वतन्त्रताको महशुष हुँदो रहेछ । स्कुलमा भन्दा खुला र उन्मुक्त वातावरण । अस्कल कलेजमा आईस्सी पढ्दा पनि रमाईलै भयो । जहिले पनि हाँसोठट्टा गर्ने मेरो पुरानै बानी थ्यो । कलेज पढ्दा पनि त्यो क्रम टुटेन । म त केटाहरुलाई पनि जिस्क्याईदिन्थें । मौका पर्दा सरहरुलाई समेत बाँकि राखिन । तर मलाई भने कसैले जिस्क्याउने हिम्मत गरेनन् । म त्यति कडा स्वाभाबको त थिइन । तर खै किन हो ? त्यस्तो भएन । केटा साथी बनाउन तिर मेरो ध्यान गएन । सधैं मनमा एउटै कुरा खेल्थ्यो, 'डाक्टर बन्ने ।' यहि लक्ष्यलाई चुम्ने सपना बोकेर म निरन्तर कर्ममा लागिरहें । कलेजको अध्ययन पूरा भएपछि महाराजगन्ज शिक्षण अस्पतालमा एमबिबिएस पढ्न सुरु गरें । यो बेला मलाई बिहेका थुप्रै प्रस्ताबहरु आए । मैले कुनै पनि स्वीकारिन । यसले मेरो पढाईमा बाधा हुन्छ भन्ने लाग्यो । प्रस्ताब राख्नेहरु मलाई खासै मन परेनन् । युवा अबस्थामा चुनौति पनि धेरै हुन्छन् । मन भड्किने सम्भाबना पनि धेरै हुन्छ । यस्तो बेला कुनै इलम समाउनुपर्छ । संगतले पनि ठूलो प्रभाब पार्छ । राम्रो मान्छेको संगत गर्नुपर्छ जसले गर्दा आफुमा केही सकारात्मक परिबर्तन आओस् । रोल मोडेल छान्दा अझैं बेस हुन्छ । मैले त आफ्नो बुबालाई नै रोल मोडेल बनाएँ । काममै समर्पित हुने, गरिबहरुको सेवा गर्ने स्वाभाब छ, बुबाको । मैले पनि उहाकै गुण पछ्याएँ, अझैं पछ्याईरहेकी छु ।
२६ वर्षको उमेरमा अरुणराज कुँवरसंग मेरो बिहे भयो । उहा पनि पेशाले डक्टर । एमडि गर्न अमेरिका जादा त्यहा ९ वर्ष बिताएँ । समयको महत्व, संघर्ष र कामप्रतिको लगाबबारे अमेरिकाले मलाई राम्रो संग बुझायो । अमेरिकाले अन्य धेरै कुरा सिकायो । प्राकृतिक छटाले भरिपूर्ण अमेरिकाको सिराक्युजमा बहुतै आनन्द लुटियो । छाँगा, छहरा, ताल, तलैया, र हरियाली भएको यो ठाउ शान्त थियो । न्युयोर्कबाट चार घण्टा परको सिराक्युजसंग मैले ९ वर्ष लुकामारी खेलें । हरेक शुक्रबार डिस्को जाने, मुभि हेर्ने, लेकमा गएर स्वीमिङ गर्ने, बोटिङ गर्ने, पिकनिक जाने, छहरा र छाँगाहरु हेर्नमै भुल्थें । यस्तो घुमघामले धेरै कुराको अनुभब गराउदो रहेछ । नेपालमा छदा बा, आमा संग झापा, इलाम, मुक्तिनाथ, बुटवल घुमेको सम्झन्थें । हजुरआमाले आफ्नो माइति लहान लैजादाका सम्झना बरोबर आईरहन्थ्यो ।
जीवन रमाईलो यात्रा रहेछ । मैले जे गरें राम्रै गरें । अझैं रमाईलो यात्रा गरिरहे जस्तो लाग्छ । उमेरमै सहि बाटो पहिल्याउन सक्यो भने यस्तै सन्तुष्टि सबैलाई मिल्छ । युवाहरुलाई प्रशस्त अबसरहरु छन् । त्यत्तिकै चुनौतिहरु पनि छन् । कडा मिहिनेत गर्दा असम्भब भन्ने केही हुँदैन । युवा छँदै हामीले सुन्दर भविष्यको सपना बुन्यौं र त्यहि बाटोमा निरन्तर हिंड्यौ भने भविष्य हाम्रै हातमा हुन्छ । त्यसका लागि सकारात्मक सोचको खाँचो पर्छ । देश बनाउन युवाहरुले संगठित हुन र नेतृत्वदायि भुमिका खेल्न जरुरी छ ।
Subscribe to:
Posts (Atom)