Jan 3, 2010

मृत्यु इच्छा
नरेन्द्र रौले
(नेपाल साप्ताहिकमा प्रकाशित यो लेख पत्रिकाकै स्वरुपमा हेर्ने भए यहाँ क्लीक गर्नुहोस्,)
काठमाडौं सिरक ओढे मस्त निद्रामा सुतेको हुन्छ त्यहि बेला रातको बजे महांकाल ,बौद्धमा कलाकारमनुजबाबु मिश्रका आँखा खुलिसकेका हुन्छन् अनि नियमित रुपमा बाँसका कलम ,ब्रस रंगहरु सँग खेल्दैपेन्टिङ स्केच बनाउने उनको कर्म सुरु हुन्छ जीवनको लामो समय यसरी नै बित्यो मिश्रको

दसौं हजार स्केच त्यति नै संख्यामा पेन्टिङ ले भरिएको , मिश्रकला कुटी केहि समय यता भने स्वास्थ्यमा समस्या देखा पर्नथालेको कामको गति सुस्तरी अघि बढिरहेको आँखा कमजोर हुँदै गएका छन्, स्मरणशक्ति क्षिण बन्दै , घर भित्रै हिंडडुल गर्न पनि गाह्रो हुन्छ तैपनि सास रहुञ्जेल सम्म काम गर्छु भन्ने अझैं "अब धेरैमा एक, दुइबर्ष बाँच्छु होला " बाँकी जीवन तर्फ नियाल्दै मिश्र भन्छन् जीवनका ७४ बर्ष पार गरिसकेका मिश्र आफ्नो मृत्युअघि के गर्न चाहलान् ?
आफ्ना आँखा अन्धो ब्यक्तिलाइ दिने शरीर कुनै इच्छुक अस्पताल लाइ सुम्पिने उनको प्रमुख चाहना तिलगंगा आँखा अस्पताललाइ आँखा दान गर्ने कुरा कागज पनि गरिसकेका छन् तर मृत्युको त्यो दिन सबै जनाशोकमा रुन थाल्नेछन्, तिलगंगामा फोन गरेर आँखा झिक्नका लागी कसले डाक्टर बोलाइदेला भन्ने कुरामाउनलाइ चिन्ता आफ्नो शरीर पशुपतिमा जलाउन पटक्कै मन छैन बरु त्यसको सट्टा कुनै अस्पताललाइदिन पाए धेरै विद्यार्थीहरुले शरीरका अंगहरुबारे सि
क्न पाउथे भन्ने लाग्छ यस बारेमा कसैले चासो दिएका छैनन् शरीर दान दिने प्रक्रिया निकै टिल पनि रहेछ धेरै ठाउबाट स्वीकृति लिनुपर्ने त्यो झन्झट् गरिरहन अब मनुजबाबुलाइ समय पनि छैन
यतिबेला दुइ वटा किताब लेखिरहेका छन्,मनुजबाबुले
आर्ट अफ नन् युरोपियन कन्टि्र, ग्यान्जे स्कुल अफआर्ट दुइ वटै कला सम्बन्धिका किताब भएपनि बिषयबस्तुमामा अलिकति भिन्नता पहिलोले अपि|mका एसिया महादेसहरुमा ५०० बर्ष अघि कलाको अबस्था बारे चित्रित गर्छ दोस्रो किताबले, तिब्बतको ग्यान्जे भन्नेठाउ जहाँ नेपाली कलाकृति शैलीगतरुपमा अझैं जिवितै ,त्यसका बारेमा लेखिदैछ पेजहरु निकै भइसके तरकमजोर स्वास्थ्य स्थितिका कारण सिद्धिने छाँटकाँट नै छैन मृत्यु पुर्ब यिं किताबहरु सिध्याउन पाए ठुलै कामगरेजस्तो हुने थियो उनलाइ आजसम्म आर्जेको,सिकेको ज्ञान धर्तीमा छोडेर जान पाए भोलिको पुस्ताले पढ्नपाउने थियो भन्ने धारणा उनको

पैसा कमाउन बिक्रि गर्नका लागि कहिल्यै पेन्टिङ नगरेको बताउछन् मिश्र हुन उनका स्केचहरु २५ हजारदेखि ५० हजार सम्म बिक्रि भए लाख देखि १४ लाख सम्मका पेन्टिङहरु बिक्रि भए विदेसबाट धेरै पटक उतैबस्नका लागि आग्रह नआएका पनि होइनन् धेरै मौकाहरु आए
" ज्यादै राष्ट्रबादी मान्छे ,यो देश माटो छोडेरजाने कल्पना पनि गर्न सक्तिन " उनले भने उनमा माटो प्रतिको माया यति धेरै कि ,मृत्युपछि आफ्नो लास आफ्नै बगैंचामा गाडियोस् भन्ने इच्छा "२० फिट गहिरो खाल्डो खनेर मेरो लासपुरिदिनु त्यस माथी रुख रोपिदिनु बिरुवाको रुपमा बाँचिरहनेछु " आफ्नो मृत्यु इच्छा बारे मिश्रले चाहनाप्रकट गरे


जीवनको ९१ बर्षे उमेर पार गरिरहँदा राष्ट्रकवि माधब घिमिरेको सिर्जना यात्रा अनवरत रुपमा अघि बढिरहेको जतिखेर पनि
कविताकै मुडमा भेटिन्छन् निरन्तर साहित्य सिर्जनामै तल्लिन छन् हरेक बिहान पत्रिकापढेर,किताब पढेर समय बित्छ दिउसो तिर टेलिभिजन हेरेर समय कट्छ बर्ष भयो महाकाब्य लेख्न थालेकोअझैं पुरा भएको छैन अब एक बर्षमा पुरा हुन्छ कि भन्ने आश "क्लाइमेक्समा पुगिसक्यो अब एन्टिक्लाइमेक्समा जान्छु " घिमिरे भन्छन्

घिमिरेले लेखेको पहिलो कवि
ताबैराग्य पुष्प हो, जुन् १९९३ सालको गोरखापत्रमा छापिएको थियो फुटकररचनामा २००४ सालमा लेखिएको राष्ट्रिय झण्डा ले माधब घिमिरेलाइ चिनायो त्यहि सालमा लेखिएकोशोककाब्य गौरी ले उनको उचाइ चुलियो गौरी कलमको मसिले लेखिएको होइन,आँशुको मसिले लेखिन पुग्यो गाउमै छँदा १५ बर्षको उमेरमा उनको बिहे भयो ,जतिबेला उनकि धर्मपत्नि गौरीको उमेर १० बर्ष मात्र थियो जम्मा१३ बर्षको सहयात्रा पछि एकाएक गौरीले सधैंका लागि घिमिरेको साथ छोडिन् टाइफाइडले गर्दा उनको इहलिलासमाप्त भयो गौरीकै सम्झनाले सताउदा यो कृतिको रचना भयो जुन नेपाली साहित्यमा अत्यन्तै लोकपि्रयबन्यो स्वयं राष्ट्रकविले आफ्ना अनगिन्ती रचनाहरुको माझमा गौरी शोककाब्य अत्यन्तै रुचाउछन् तर एकान्तमा यो कृति पढ्न भने सक्तैनन् यदि पढ्न बसिहाल्यो भने पनि उनका आँखाका परेली भिजिदिन्छन्

डाँडापारीको घाम भइसकेको यो बेला लमजुङको बाहुनडाँडाका यादहरु राष्ट्रकविको दिमागमा बर्सिरहन्छन् पुस्तुनगाउ,बिचमा डाँडो,उत्तरतिर भिरालो ठाउ, मस्र्याङ्दी नदी सुसाइरहेको तस्विर अहिले पनि आँखाभरी आउँछ त्यहिपरिबेशमा साथीहरु सँग लुकामारी खेल्थे उनी खुब रमाइलो हुन्थ्यो थुपैै्र रचनामा जन्मभुमीका सम्झनाहरुपनि पोखेका छन् घिमिरेले
अझैंपनि सपनीमा झल्झली देख्छन् ,आफु जन्मेको पुस्तुन गाउमा पुगेको त्यहिंकोमाटोमा पाइलो टेकेको
घिमिरे सिर्जनामा तल्लिन छन् ,यद्यपि केहि रोगले च्यापिसकेको उनलाइ डायबिटिज ब्लड प्रेसरको ब्यथालेनिकै सताइरहेको नियमित औषधि सेबनले मात्र काममा सहजनपन ल्याउछ मनमा कुनै कुराले स्पर्शगर्नुपर्छ त्यसपछि केहि लेख्न तम्सिहाल्छन् कल्पनामा आउछन् धेरै चिजहरु बाँकी कतिपय समाजमा देखेभोगेका कुरा नै लेख्न मन लाग्छ यतिबेला उनले लेखिरहेको महाकाब्यऋतम्भरा सिध्याउन अझै एक बर्ष लाग्नेअड्कल काटेका छन् विज्ञान प्रबिधिले गर्दा संसार एक भइसक्यो तर मानिसहरु हृदय देखि एक हुनसकिरहेका छैनन् मनै देखि मानिसहरुलाइ कसरी एक बनाउने ,यसै बिषयमा महाकाब्य लेखिरहेका छन्राष्ट्रकवि
समकालिन साथीहरु महाकवि देवकोटा,सिद्धिचरण श्रेष्ठ लगायत चेलाहरु दौलतबिक्रम बिष्ट,रमेश विकल,बासु शसिलगायत अन्यले छोडेको धेरै भइसक्यो धेरै बाँच्छु भनेर पनि नहुँदो रहेछ ,चाहेर मर्न पनि नसकिने तैपनिजीवन प्राप्ति लाइ नै ठुलो कुरा ठानेका छन् उनले जन्म मृत्यु भगवान्कै हातमा हुन्छ जस्तो लाग्छ उनलाइ मृत्युलाइ जीवनको बिश्राम गहिरो निद्राका रुपमा परिभाषित गर्छन् उनी "मलाइ मृत्यु देखि डर लाग्छ त्यसैले अमर हुन मन लाग्छ " लरबरिएको स्वरमा राष्ट्रकविले मुख खोले मृत्यु अघि के गर्न चाहलान् राष्ट्रकविले ? भर्खरै लेखिरहेको महाकाब्य चाँडो सिध्याउने दोस्रो आफुलाइ मुलुकले दिएका दर्जनौ सम्मान्पत्र,पदक कसैलेसंग्रहालयका रुपमा रक्षा गरिदेओस् भन्ने इच्छा यदि अर्को जुनी पाउने भए उनी के बन्न चाहँदा हुन् ? "कविका रुपमा जन्मने शास्त्रीय संगित पनि सिक्ने " त्यस्तो ठाउमा जन्मन मन उनलाइ जहाँ घाम
जुन लागोस् त्यहाँ निकै रमाइलो रमाइलो हुन्छ रे

८९ बर्षको उमेर पुग्दा पनि नेपालका प्रथम कृषि प्रबिधिज्ञ हुतराम बैद्य बाग्मति बचाउ अभियानमा निरन्तरलागिरहेका छन् उनका बाल्यकालका धेरै सम्झना जोडिएका छन् बाग्मतिसँग बाग्मतिमा साथीहरु सँग पौडिखेल्थे,कतले माछा मार्थे मानिस मर्दा चोख्याउने काम पनि त्यहिं हुन्थ्यो स्वच्छ,निर्मल थियो पानी असन,इन्द्रचोकबाट मानिसहरु नुहाउनका लागी आइपुग्थे कसैले फोहर गर्दैनथे ०१६ पछि भने बागमतिको रुपबिग्रदै गयो त्यसैको संरक्षणमा उनले आफ्नो सिंगो जीवन खर्च गरे
त्रिपुरेश्वरस्थित् निवासमा आफ्ना बाँकी जीवनहरु पनि बाग्मति बचाउका लागि नै खर्च गरिरहेका छन् उनी सँगभएका बौद्धिक कुरा,ज्ञानको प्रयोग गरेर त्यो अभियानमा जुटेका छन् यतिबेला बैद्यले किताब लेखिरहेका छन् जीवनमा भोगेका,देखेका बाग्मति संरक्षणमा लेखिएको उक्त किताब ७० पेज लामो भइसक्यो पैसा दिएर एकजना टाइप गर्ने मानिस पनि राखेका छन् नाम नजुरेको त्यो किताबको बिषयसुचि मा मृत्युको सम्झना शिर्षक जसमा आफ्ना दाजु,नातेदार धाइ आमाको मृत्यु हुँदा खेरिका प्रसङग समेटिएका छन् धाइ आमा मर्दा खेरिडर लाग्दो सपना देखेका थिए उनले "सम्भबत बर्षपछि मलाइ पनि यमदुत बोलाउन आउछ होला मैले योसंसार छोड्नुपर्छ " आफ्नो बाँकी जीवन तिर र्फकदै बैद्य भन्छन् आफ्नो मृत्यु अघि उनी के गर्न चाहलान् ? अहिले सम्म लेखिएका नौ वटा अब आउनै लागेको पुस्तकबाट उठेको रकमले बाग्मति कोष खडा गर्ने क्याम्पसका विद्यार्थीहरुलाइ छात्रबृत्ति दिने आफ्ना किताबहरु विद्यार्थीहरुलाइ माझ बाँडिदिने जसले गर्दा अबकोपुस्ता बाग्मति प्रति सचेत बनोस् संरक्षणमा जुटोस्

६८ बर्ष लागेका पेशाले डाक्टर अञ्जनिकुमार शर्मा श्वासप्रश्वास रोगले पिडीत छन् हिंड्न पनि गाह्रो भइरहेको , महिना देखि कम्प्युटर सिकिरहेका छन् उनी अहिलेको समयमा प्रबिधिको ज्ञान नभए जीवन अधुरो हुन्छभन्ने लाग्छ उनलाइ यो रिटायर्ड जीवनमा आफन्त,साथी भाइलाइ भेटेर समय बिताउछन् शर्मा मुलुकका नामचलेका राजनितीज्ञ मनमोहन अधिकारी,तुलसि गिरी,किर्तिनिधि बिष्ट आदिको स्वास्थ्य परिक्षणमा धेरैपटकजुटेका शर्मा यतिबेला स्वास्थ्य सम्बन्धिका केहि किताबहरु पनि सम्पादन गर्दैछन्
मृत्यु देखि पटक्कै डराएका छैनन् यिं रिटायर्ड डक्टर बरु उल्टै छिटो आइदेओस भन्ने पो लाग्छ रे उनलाइ साँच्चै मृत्युपुर्ब के के रहरहरु साँचेका छन् उनले ? आफु जन्मेको सिराहाको भालुवाहि हेल्थ पोष्टमा एम्बुलेन्स औषधि दिने धेरै भन्दा धेरै त्यहाको बिरामीहरुको सेवा गर्ने

नेपालको पहिलो लाइब्रेरियन महिला हुन् ,बल्खु,काठमाडौंकि शान्ति मिश्र ७० ०१९ सालमा त्रिभुबनविश्वविद्यालयमा इतिहास पढाउथिन् शान्तिले त्यहि बेला अमेरिका गएर पुस्तकालय विज्ञान बिषयमा एमएपनि गरिन् नेपाल फर्किएर त्रिभुबन विश्वविद्यालयमा संस्थागत रुपमा पुस्तकालय सुरु गर्न निकै समस्या परेकोथियो किताबहरु जुटाउन बिभिन्न ब्यक्तित्व,शिक्षा मन्त्रि, राजदुताबासमा धाएकि थिइन् पछि देशकै ठुलो भब्य पुस्तकालय बनेपछि नेपालका गन्य मान्य ब्यक्ति डिल्लीरमण रेग्मी,हर्क गुरुङ,मनमोहन अधिकारी, शेरबहादर देउबा,केपी ओली हेर्नका लागी आइपुगे बिदेसबाट समेत थुप्रै शिक्षाविदहरुले शान्तिलाइ भेटेर उनकोकामको प्रशंसा गरेका थिए
शान्तिलाइ चिनाउने धेरै परिचय छन्, उनी प्राध्यापक,लाइब्रेरीयन लेखक हुन् एक मात्र छोरी प्रज्ञा अमेरिकाछिन् श्रीमान् नारायण सँगै आफ्ना बाँकी दिनहरु सिर्जनामै बिताइरहेकि छिन् फुर्सदमा गीत संगितसुन्ने,बगैचामा फुलेका फुलहरु हेर्ने,चरा उडेको हेर्ने, बगैचामा डुल्ने काम गर्छिन् संसार छोड्नु अघि शान्तिले केगर्न चाहलिन् ? "मुलुकका सबै जिल्लामा पुस्तकालय खोल्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रबृत्तिदिने "

नेपालको पहिलो राजनीतिक दल खोल्ने व्यक्तिमध्येमा पर्छन्, रामहरि शर्मा, ९४ धर्मभक्त माथेमा, जीवराजशर्मा, टंकप्रसाद आचार्य दशरथ चन्दहरूसँग मिलेर शर्माले नेपाल प्रजापरष्िाद् बनाएका थिए राणाशासनविरुद्ध संघर्ष गर्दा १० वर्ष केन्द्रीय कारागारमा बिताए उनले उनी ब्राह्मण भएकाले मात्र मृत्युदण्डबाटजोगिएका थिए उनीसँगै राणाशासनको विरोधमा लाग्ने चार जना सहिदै भए

जनताको बलले समुन्नत सबल देश बनाउने लडाइँ लडेका शर्माको शरीर निकै कमजोर हुँदै गइसक्यो आँखादेख्न सक्दैनन्, जीउ दुख्छ घरबाहिर जान सक्ने स्िथति नभएकाले प्रायः बिछ्यौनामै भजन सुनेर समयबिताइरहेका छन् संसारबाट बिदा लिनुअघि उनको इच्छा के होला ? भन्छन्, "इतिहासका लेख्न बाँकी धेरै कुराछन् मसँग कोही लेख्ने मान्छे पाए सबै कुरा बताउने मन "
,


चलचित्रमा वनझाँक्री

करबि चार वर्षको अध्ययन-अनुसन्धानपछि वनझाँक्रीका विषयमा चलचित्र निर्माण हुँदैछ । सेलिना फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रले वनझाँक्री के हो र यसको शक्ति कस्तो हुन्छ भन्ने आकलन गर्ने, गराउनेछ ।

देव नेपालले निर्देशन गर्ने यस फिल्मको शुभसाइत पनि भइसकेको छ । चलचित्रमा एलेक्स सुवेदी -आनन्द), पि्रया बस्नेत, उदय सुब्बा, दीपक ताम्राकार, रमेश गिरीलगायतका कलाकारले अभिनय गर्दैछन् । यसको पटकथा र संवाद निर्देशक स्वयंको रहनेछ भने कथा एलेक्स सुवेदीको छ । चलचित्रको संगीत र द्वन्द्वको जिम्मा राजेश श्रेष्ठले लिएका छन् । नृत्य निर्देशकमा प्रेम शर्मा पौडेल छन् ।


योगितालाई नेवाः ताज

"आफन्त र परििचतहरूका पाँच सयभन्दा बढी एसएमएस र कल पाएँ, एकदमै खुसी लागिरहेको छ," सन् २००९ को मिस नेवाः उपाधि जितेको भोलिपल्ट योगिता महर्जन, १९, ले भनिन् । बुधबार प्रज्ञा भवन, कमलादीमा मिस नेवाः प्रतियोगिताको ताज पहिरँिदा हरििसद्धि, ललितपुरकी योगिताले भगवान् र आमाबुबालाई खुब सम्भिmइन् ।

एयर होस्टेस बन्ने योजना बुनिरहेकी बीबीएस प्रथम वर्षकी यी छात्राले मिस नेवाः उपाधिसँगै ५० हजार रुपियाँ र ल्यापटप कम्प्युटर पुरस्कार पाइन् । प्रतियोगितामा सविना डंगोल र अलिसा श्रेष्ठ क्रमशः फस्ट रनरअप र सेकेन्ड रनरअप भएर ३० हजार र १० हजार रुपियाँ नगद पुरस्कार पाए । अलिसाले बेस्ट डे्रसको उपाधि पनि जितिन् । बिनु मानन्धर मिस ट्यालेन्ट, मनिका महर्जन उत्कृष्ट नेपाल भाषा, शिखा श्रेष्ठ मिस चार्मिङ्, सृष्टि श्रेष्ठ बेस्ट स्िकन, नीलिमा शाही पब्लिक च्वाइस कन्टेस्ट, सञ्जु रञ्जितकार बेस्ट स्माइल भइन् । यसैगरी, संगीता शाक्य बेस्ट हेयर, निकी श्रेष्ठ मिस पर्सनालिटी, अनुर मानन्धर मिस फोटोजेनिक र सरु श्रेष्ठ मिस डिसिप्लेन भइन् ।

प्रतियोगितामा ओखलढुंगाको प्रतिनिधित्व गरेकी वषर्ा राजभण्डारीलाई मिस ओखलढुंगा एम्बेसडर, तेह्रथुमकी शिखा श्रेष्ठलाई मिस तेह्रथुम एम्बेसडर र धादिङकी सरु श्रेष्ठलाई मिस धादिङ एम्बेसडर घोषणा गरयिो । रोहिया महर्जनको नृत्य संयोजन र रोजिन शाक्यको कोरयिोग्राफीमा सम्पन्न सो प्रतियोगिता आयोजक नेप्लिज फेसन होमकी सुविता राई भन्छिन्, "नेवार परविारमा हुर्केका किशोरीहरूले आफ्नो भाषा, संस्कृति, कला बिर्संदै गएकाले यस्तो कार्यक्रम आयोजना गरएिको हो ।"

नरेन्द्र रौले

Nov 20, 2009

आठसय छोरीकि आमा
नरेन्द्र रौले
नेपाल साप्तहिकमा प्रकाशित यो लेख पत्रिकाकै स्वरुपमा हेर्ने भए यहाँ क्लीक गर्नुहोस्
काठमाडौ आइपुग्नु नै उनका लागी एक प्रकारको संयोग बन्यो । गाउमा आफ्ना दौतरीहरुको बिहे हुँदै थियो । डोली चढेर साथी संगीहरु रुँदैरुँदै पराइ घर जाँदै थिए । तर मुहारमा खुसी बोकेर उनको जीवनको यात्रा भने नया गन्तब्यतिर प्रस्थान हुँदै थियो । अपत्यारिलो ढंगले राजधानी तिर उनका पाइलाहरु मोडिए । आजभन्दा ५४ बर्ष अघि काठमाडौ प्रबेश गर्दाको त्यो क्षण सुनाउदा स्वयं उनलाइ पनि दन्त्य कथा सुनाए झै लाग्छ ।


०१४ सालमा भानु २ सिम्पानी , तनहुँबाट काठमाडौ पाइलो टेक्दा उषा आचार्यको उमेर जम्मा ७ बर्ष थियो । त्यो जमानामा हिडेर काठमाडौं आउनुपथ्र्‍यो । गाडी चल्दैनथ्यो । तनहुँ देखि काठमाडौ पुग्नै ५ दिन लाग्थ्यो । उषालाइ यता आउने अबसर जुटाइदिएका थिए उनकै दाजु मदन शर्माले । पेशाले मदन पत्रकार थिए । राजधानीबाट निस्कने स्वतन्त्र समाचार दैनिकमा उनी काम गर्थे । तनहुँमै बिहे गरेर काठमाडौ आएपछि पत्नि एक्लै हुने भइन् भन्ने चिन्ता पर्‍यो मदनलाइ । फलस्वरुप भाउजु चन्द्रकलाको 'साथी' बनाउन बहिनी उषालाइ डोर्‍याउदै काठमाडौ ल्याए ।


गाउकै स्कुलमा साँवा अक्षर चिन्न थालिसकेकि उषालाइ ढोकाटोलको कान्ति इश्वरी राज्यलक्ष्मी स्कुलमा एकैचोटी कक्षा ५ मा भर्ना गरियो । त्यहि बेला हा,े उनले अंग्रेजीमा ए, बि, सी, डि सिकेको । यहि स्कुलबाटै एसएलसि पास गरिन् उषाले । समकालिन साथीहरु मध्ये सबैभन्दा भाग्यमानिमा पर्छिन् उनी । गाउमा छोरीहरुलाइ पढाउने चलन थिएन । ७, ८, ९ बर्षमै बिहे गर्ने चलन थियो । यस बिपरित उषाको २८ बर्षमा बिहे भयो । "१२ बर्ष त कट्नै हुन्न भन्ने मान्यता थियो ।" त्यो बेलाको परिपाटी बारे उनले भनिन् । अरुले औपचारिक शिक्षा समेत लिन नपाएका बेला उषाले एमफिल सम्मको शिक्षा हासिल गर्न सफल भइन् ।


पद्य्मकन्या क्याम्पस,बागबजार बाट स्नातक तहमा सर्बोत्कृष्ट स्थान हासिल गरेपछि छात्रबृत्ति पाएर उच्च शिक्षा अध्ययन गर्नका लागि भारत जाने मौका मिल्यो । दिल्ली स्कुल अफ इकोनोमिक्स,दिल्ली युनिभर्सिटीबाट अर्थशास्त्रमा एमए पास गरिन् । लगत्तै दिल्लीकै प्रसिद्ध जवाहरलाल नेहरु युनिभर्सिटीबाट अर्थशास्त्रमै एमफिल समेत उर्त्तिण गर्न सफल भइन् ।
श्रीमान् जयराज आचार्यले फुलब्राइट छात्रबृत्ति पाएर अमेरिका हान्निए । जयराज एक्लै गएनन् । पत्नि उषा र ३ बर्षे छोरालाइ पनि लिएर गए । त्यो बेला उषाको उमेर ३७ बर्ष पुगिसकेको थियो । नेपाल राष्ट्र ब्यांककी जागिरे उषाले १ बर्षे तलबि र ३ बर्षे बेतलबि बिदा लिइन् । मुलुकमा प्रजातन्त्रको पुर्नबहाली हुँदा उषा अमेरिकामै थिइन् । नेपाल राष्ट्र बैंक सँग उनले मागेको बिदा सकिसकेको थियो । कर्मचारीले फोन गरेर फिर्ता बोलाए उनले र्फकन चाहिनन् । उतै बसिन् ।


जसरी हुन्छ बाँच्नु थियो । कमाउने बाटो केही थिएन । छोरा पाल्न र आफु पालिन निकै गाह्रो भयो । काखे बालक च्याप्दै रेष्टुरा र पसलमा शनिबार र आइतबारको दिनमा काम गर्न थालिन् । पछि मौकाले हावर्ड युनिभर्सिटीको रिसर्च सेन्टर एचआइडी - हावर्ड इन्सिट्च्युट फर इन्टरनेशनल डेभलप्मेन्ट ) मा कार्यक्रम सहायकका रुपमा काम गर्ने अबसर मिल्यो । १६ महिना सम्म त्यसैमा निरन्तर काम गर्दा धेरै बिषयमा जान्ने अबसर जुर्‍यो । रिसर्च सेन्टरमा वर्कसपहरु निरन्तर चलिरहन्थे । त्यस मध्ये एउटा चाही महत्वपुर्ण रह्यो । २९ देशका ४८ सहभागीहरु माझ उनले नेपालका महिला र बालबालिकाहरुको अबस्था बारे एउटा कार्यपत्र प्रस्तुत गरिन् । भेलामा सहभागी र एचआइडीमा कार्यरत सहकर्मीहरुकै प्रेरणाले हो , उनको दिमागमा नया काम गर्ने सोच पलाएको । गरिबी र अभाबमा पिल्सिएका तिनै नेपाली महिलाहरुको सेवामा लागेको । यदि यसरी नघच्घचाएको भए सायद यो ठाउमा उनी पुग्दैनथिन् होला ।
नेपाल फर्किएर सेभ द चिल्डे्रन युके र वेलर -वुमन्स इकोनोमिक्स एण्ड राइट ) मा काम गर्न थालेकि उषाले आइएलओ का लागी अर्को रिपोर्ट पनि तयार पारिन् । स्वदेसको काँकडभिट्टा देखि भारतको रेड लाइट एरिया सम्म अध्ययनका लागी पुगिन् । नेपाली महिलाहरुको पीडा अझ नजिकबाट नियालिन् । कलकत्ताको रेड लाइट एरीया पुग्दा ९ देखि ४२ बर्षका महिलाहरु यौन ब्यबसायमा लागेको देखिन् । उनीहरुको दयनिय अबस्थाले अझ महिलाकै क्षेत्रमा काम गर्ने दृृढ अठोट गरिन् । आइएनजिओमा ७० हजार भन्दा बढी मासिक आम्दानी हुन्थ्यो । त्यो लोभ लाग्दो जागिर त्यागेर मनै देखि अंगालेको कर्ममा होमिइन् उषा ।


उनले दुइ वटा छोरा मात्र जन्माइन् । जेठा अबिदित अमेरिकाको पि्रन्सटन युनिभर्सिटीमा विद्यावारिधी गर्दैछन्, कान्छा छोरा अचल राजधानीकै किस्ट कलेजमा एमबिबिएस पढ्दैछन् । आफ्नै कोखबाट उनले छोरी जन्माइनन् तर उनको ममता र स्नेहको छायामा ८६१ छोरीहरु हुर्किए ।
कामको खोजीमा धरानबाट काठमाडौ पसेका थिए बिरेन्द्र शंकर र राधादेबी शंकर । धरानमा ७ कक्षा पढ्दै थिइन् , छोरी दीपा शंकर । उनलाइ पनि यतै ल्याए । तर बुबा आमाले पढाउन सकेनन् । आफ्नै उमेरका साथीहरु स्कुल जान्छन् ,पढ्छन् आफुले घरमै बस्नुपर्दा १३ बषिर्या दीपाको आँखाभरी आँशु थियो । त्यस्तो दर्दनाक स्थितीबारे थाह पाएपछि उषाले नोबेल एकेडिमीमा भर्ना गरिन् । नोबेलबाट एसएलसि र युनाइटेड एकेडिमीबाट प्लस टु उर्त्तिण गरेकी दीपाको पढाइ खर्च पनि उषाले नै ब्योहोरिन् । भाग्य चम्किएर दीपा अहिले फिलिपिन्समा एमबिबिएसको कोर्ष गर्दैछिन् । त्यस्तै गजुरी, धादिङकी निरा पौडेल ....का बुबा आमा उनी सानै छँदा बिते । हजुरआमाले मागेर उनलाइ पाल्थिन् । निकै दिन मागेर गुजारा चल्यो । सधै कति दिन सम्म चल्थ्यो र ? एकदिन भाडा नतिरेको आरोपमा घरबेटीले निकालिदिए । अनि सडकको बास भयो । बृद्ध हजुरआमा र यिं नातिनीको जीवनमा ठुलै बिपत आइलाग्यो । स्कुल पढ्दै गरेकी नीराको भबिष्य बिचल्लीमा पर्‍यो । संकट पर्दा आफ्नो भन्ने पनि को हुन्छ र ? साथ दिने को मानिस भेटिन्छ र ? तर यदाकदा भेटिने रहेछन् । यो दुखद खबर ममतामयी उषाको कानमा परेपछि उनी चुप लागेर बस्न सकिनन् । गजुरीमै गएर उनलाइ भेटिन् । ८ कक्षा पढ्दै गरेकि नीरालाइ पढाउन बस्न र खानको ब्यबस्था समेत मिलाइन् । धादिङकै स्कुलबाट एसएलसि पास गरेपछि काठमाडौंको नोबेल एकेडिमीबाट प्लस टु उर्त्तिण गर्दा समेत उनको सम्पुर्ण पढाइ खर्च उषाले नै ब्योहोरिन् ।

कालोपुलकि निकिता देबकोटा आफ्ना बुबा आमासँग सांकेतिक भाषामा कुरा गर्थिन् । ७ बर्ष अघि महेन्द्र भवन उच्च माबिमा अध्ययनरत निकितालाइ भेट्दा उनमा पढाइ प्रति गहिरो अभिरुचि भेटियो । कमजोर आर्थिक अबस्थाका कारण शारिरीक अपांग -लाटा बहिरा) बनेका बुबा आमा पढाउन नसक्ने स्थिीतिमा पुगे । संयोगले उषासँग निकिताको भेट भयो । र आफ्नो सबै कुरा सुनाइन् । पारिवारीक र आर्थिक अबस्था दयनिय देखेपछि निकितालाइ प्लस टु सम्म पढाइन् । पत्रकारितामा रुचि राख्ने निकिता अहिले नेपाल अपाङ्ग मानव अधिकार केन्द्रको अनलाइनमा काम गर्छिन् । र आफ्नो खर्च जुटाउँछिन् ।
निरा,निकिता र दीपाशंकर कष्टमय परिबेशमा हुर्केका र उषाको न्यानो काखमा लडिबुडी खेल्न पाएका केही प्रतिनिधी भाग्यमानिहरु हुन् । यस्तै माया ,स्नेह सहयोग,अभिभाबकत्व पाउने महिलाहरुको संख्या अहिले सम्म ८६१ पुगिसकेको छ । राजधानी भित्र र बाहिरका गरिब,जेहन्दार,मिहिनेती केटीहरुलाइ प्लस टु सम्म पढाइदिने र बिरामी पर्दा तिनको स्वास्थ्य उपचार गर्ने काम बिगत १० बर्ष देखी उषाले गर्दै आएकि छिन् । काठमाडौको बिशालनगरमा अन्डर पि्रभिलेज्ड गल्र्स एजुकेसन सपोर्ट प्रोग्राम -युजिइएसपी) नामक संस्था खडा गरेकी छिन् । जहाँ उनका ६ जना सहयोगी पनि छन् । संस्थाले पढाएका ३० जना केटीहरुलाइ स्कुल कोर्डिनेटर तोकिएको छ । नया विद्यार्थीहरुलाइ स्कुल भर्ना गर्ने बेला र त्यसपछि उनीहरुको अबस्था बारे स्कुल कोर्डिनेटरहरुले सहयोग गर्छन् ।


पढाउनका लागी छुट्टै कुनै आश्रम गृह भने उनले खोलेकि छैनन् । जो जहाँ छन्, आफ्नै घरमै राखिएका छन् । सम्बन्धित स्कुलमा पैसा तिरिन्छ ,उनीहरुलाइ खान,लगाउन र स्वास्थ्य उपचारका लागी चाहिने सहयोग घरमै उपलब्ध गराइन्छ । बर्षमा ३० वटा भन्दा बढीले सहयोगको याचना गर्दै निबेदन पेश गर्छन् । कार्यालयमा आएका निबेदकहरुको स्कुल ,समुदाय र घरपरिवारको वास्तविक अबस्थाका बारेमा अध्ययन र मुल्याङ्कन गरिन्छ । त्यसपछि छानेर उपयुक्त ठानेपछि मात्र सहयोग उपलब्ध गराइन्छ । उषा ब्यक्तिगत रुपमा यतिका विद्यार्थीहरुलाइ एक्लै सहयोग गर्न भने सक्षम भएकी होइनन् । उनको काममा सहयोग र साथ दिने अनि समर्थन गर्ने ब्यक्ति र संस्थाहरु अमेरिका,सिंगापुर,पmान्स र अन्य मुलुकमा छन् । नेपालमा आफुले पढाइरहेका विद्यार्थीहरुको विवरण इमेल मार्फत सहयोगीेहरुलाइ पठाउँछिन्,इच्छुकहरुले सम्पर्क गर्छन् । उषाको प्राय समय अभाब र समस्या मा पिल्सिएका नेपाली विद्यार्थीहरुलाइ सहयोग जुटाउनमै बित्छ । कम्प्युटरमा औला चलाउँदै सहयोगी खोजिरहेकी हुन्छिन् ।
काभे्र, तनहुँ ,बाँके, कास्की,गोर्खा,चितवन,लमजुङ,सिन्धुपाल्चोक र राजधानी गरि ८०० जनाले केटीहरुले अहिले स्कुल पढिरहेका छन् । प्लस टु पास गरेर कोहि इन्जिनियर,कोेहि नर्स, शिक्षिका बनेका छन् । आफु महिला भएकैले होला उषाले पढाउन पनि महिलाहरुलाइ मात्र पढाइन् । उनको संस्थाबाट सहयोग पाउने जम्मा ८६१ जना सबै महिला मात्र हुन् । किन महिलाहरुलाइ मात्र पढाइन् उनले ? भन्छिन्, "एक वालकलाइ पढाए एक जना मात्र शिक्षित हुन्छ,एक वालिकालाइ पढाए सिंगो परिवार शिक्षित हुन्छ । "
हरेक दिन ४ बजे उठेपछि सुरु हुन्छ , उषाको दिनचर्या । नुवाइधुवाइ गरेपछि विपश्यना गर्छिन् । बिहान उज्यालिदै गएपछि चिया नास्ता बनाउछिन् । श्रीमान् ,छोरा र सानीमा लाइ खाना खुवाएर लाग्छिन् अफिस हिंड्छिन् ।


आफुले गरेको काम समुन्द्रमा एक थोपा पानी मिसाए जत्ति पनि लाग्दैन उषालाइ । केहि पनि नजानि काम सुरु गरियो । अहिले अलिअलि सिके जस्तो लाग्छ । अझै धेरै गर्न बाँकी छ भन्ने कुरा मनमा राखेकी छिन् । सकारात्मक सोचले नै यो मोड सम्म आइपुगेको उनको विश्वास छ । उनको सिद्धान्त छ,"एक्सन् स्पीक्स लाउडर देन् वर्डस् ।" अर्थात्, मुखले बोल्नु भन्दा कामले बढी बोल्छ । त्यसैले बोल्नु भन्दा काम गरी देखाउने ।

Nov 15, 2009

फेरिदैछ रोल्पाको मुहार

नरेन्द्र रौले


द्वन्द्वकालमा युद्धले बनाएका घाउहरु रोल्पामा विस्तारै पुरिँदैछन् । जनयुद्धको उद्गमस्थल रोल्पामा युद्धकालमा आउन कोही मान्दैनथे । द्वन्द्वकालमा रोल्पाको नाम सुन्दा मात्र धेरैको मुटुमा सातो जान्थ्यो । अहिले खुसी हुँदै रोल्पा आउन चाहन्छन् सरकारी र गैरसरकारी संस्थाका कर्मचारी । यतिमात्र होइन, रहरैले यो जिल्ला घुम्न चाहने युवापङ्क्तिको जमात पनि उत्तिकै छ । गएको साता तिहारको पूर्वसन्ध्यामा लिवाङबाट सिमलबाङ जाँदा गाडीमा भेटिए- विवेक ढकाल (२०) । राजधानीको सुविधासम्पन्न एनसिएम कलेजमा पढ्ने उनी विराटनगरका हुन् । तिहारमा उनी घर गएनन् बरु उनी साथीसँग रोल्पातिर हानिए । यहाँको जनजीवन र मानिसहरुको सभ्यता र व्यबहार उनी देखेर उनी छक्क परे । "मैले यस्तो होला भन्ने सोँचेकै थिइन"- उनले भने ।

रोल्पा, जनयुद्धको उद्गम थलो जहाँबाट जनयुद्धको थालनी भयो । यहीँबाट सुरु भएको क्रान्तिको आगो देशभर सल्कियो । मुलुकको संरचना र गरिब निमुखाहरुको दिन फर्काउन भन्दै माओवादीहरुले रोल्पाबाटै जनयुद्धको शङ्खघोष गरे । विस्तारै क्रान्तिले अनेकौ मोडहरु झेल्दै १२ वर्ष पारगर्दा मुलुकमा अनेकौ राजनीतिक उथलपुथल भए । जनयुद्धकै कारण नेपालले विश्वका सर्वशक्तिशाली राष्ट्रको आँखा तान्यो ।

rolpa2_900जनयुद्धको उद्गमथलो भएकै कारण पछिल्ला दिनहरुमा रोल्पा धेरै मानिसहरुका लागि आकर्षणको केन्द्र बन्यो । घुम्नकै लागि यहाँ आउनेहरुको ओइरो लाग्न थाल्यो । रोल्पामा त्यस्तो कुनै गाविस र गाउँ छैन जहाँ जनयुद्धका क्रममा कसैले ज्यान नगुमाएको होस् । त्यस्तो कुनै बस्ती छैन जहाँबाट क्रान्तिमा मानिसहरु सामेल नभएका हुन् ।

निकै विकट, पिछडिएको, अभाव, रोग भोक र शोकले ग्रस्त ठानिएको रोल्पाको अनुहार विस्तारै फेरिदैछ । अहिले हरेक गाविसहरुमा गाडी हिड्ने बाटाहरु छन् । रुकुम र सल्यानलगायत चारैतर्फका जिल्लाहरुबाट सदरमुकाम लिबाङ जोड्ने बाटोहरु बनिसके । वर्षामासबाहेक अरु बेला गाडी चल्छन् । सदरमुकामबाट एक घण्टा टाढाको गाउँ माडिचौरमा पानी ल्याउनका लागि घण्टौको यात्रा गर्नुपथ्र्यो । अहिले घरघरमा पानीका धारा बनेका छन् । गाउँलेहरु तरकारी खेती गर्छन् । कतिपयले च्याउ खेती गर्छन् । माडीबासीहरु टमाटर,काउली लिएर सदरमुकाममा बेच्छन् । द्वन्द्वको समयमा माओवादी अभियानमा गाउँगाउँ दौडिने बिद्यार्थी अहिले निर्धक्कसँग स्कुल जान थालेका छन् । सदरमुकाममा बोर्डिङ खोलिएको छ । यहाँबाट दुइ दिन टाढा रहेको थबाङमा अहिले कम्व्प्युटर इन्स्टिच्युट र बोर्डिङ स्कुलहरु खोलिएका छन् । टेलिफोन टावर बन्दैछ । थबाङ-१ खेरबाङका दिराज बुढामगरले कम्प्यटर पढाउँछन् । करिब ५० जनाभन्दा बढी महिला र पुरुषले अहिले कम्प्युटर सिक्छन् । कम्युटरको आधारभूत तालिमका लागि दुई हजार तीन सय रुपैँया तिर्नुपर्छ । ४५ बषर्ीय बरदप्रसाद घर्ति पेशाले किसान भएपनि कम्प्युटर सिक्न अनिवार्य ठान्छन्। भन्छन्- "के गर्ने ? समयअनुसार परिवर्तन हुनैपर्‍यो ।"

फोटो खिचाउनका लागि पहिले सदरमुकाम आउन बाध्य थबाङबासीहरुलाई अहिले त्यो चिन्ता छैन । दिराज बुढामगरले खोलेको फोटो स्टुडियोमा रोल्पाको उवा, जेलबाङबाट मात्र होइन, रुकुमबाट समेत मानिसहरु आउँछन् । पुरै थबाङ बिजुलीबत्तिको उज्यालोले झलमल्ल छ । छ महिनाअघि मात्रै लघु जलविद्युत आयोजनाले गर्दा गाउँ झलमल्ल भएको हो । "यस्तो दिन आउला भन्ने कहिले लाग्नु, सपनाजस्तो लाग्छ-उहिले र अहिलेको फरक देख्दा"- इरादा झाँक्रीमगरले भनिन् ।


पिटरबाट प्रकाश


नेपाल धेरै विदेशी पर्यटक आउने मुुलुकमा पर्छ ।
पर्यटक भनेका साइबेरयिा वा तिब्बतबाट आउने शैलानी चराका
बथानज
स्तै हुन्, जो
सुन्दर ठाउँ
को दृश्यावलोकन गरेर एउटा निश्चित अवधिपछि फर्किन्छन्
। तर,
दक्षिण
कोरयिाको राजधानी सोलका पिटर
किम, ५४, भने अर्कै प्रजातिको चरा परेछन् । उनले
त नेपाल बस्नलाई नाम नै प्रकाश गुरुङ राखिसके ।

पहिलोपटक ०५० सालमा नेपाल आएका यी चिकित्सकलाई यो हिमाली देश यति मन पर्‍यो कि कसैले नेपाली भन्यो भने आनन्दले विभोर हुन्छन् । कहिलेकाहीँको आउजाउबाहेक १६ वर्षदेखि लगातार नेपाल बसेका पिटर किमले सेवालाई धर्म बनाएका छन् । यसबीचमा उनले काठमाडौँदेखि सुदूरपश्चिमसम्मका विभिन्न अपांग अस्पतालहरूमा पढाएका छन्, निःशुल्क । हरेक वर्ष १५ नेपाली विद्यार्थीका लागि छात्रवृत्ति जुटाइरहेका छन् । नेपालका अपांग विद्यार्थीका लागि केही गर्न उनले स्वदेशी साथी काङलाई पनि मनाएर त्रिभुवन विश्वविद्यालयमा एउटा विभाग नै खोल्न सघाएका छन् ।
रिक्सा छाडी टाँगातिर

"तपाईं अर्कोमा आउनूस्, यो अब प्याक भयो ।" यात्रुले टाँगा भरएिपछि उनले आफ्नो घोडालाई चितवनको रत्ननगरबाट सौराहतिर कुदाए ।
रत्ननगर दक्षिणको यो कच्ची सडकमा निकै कम गा
डी चल्छन् । त्यस कारण, टाँगावाल
हरूको व्यवसाय राम्ररी चलेको छ ।
तिनैमध्येका एक हुन्, चितवन ब
छ्यौली-३, मालपुरका वीरधन माझी, ४० । उनले १८ वर्ष अर्काको ट्याक्टर चलाए । तर, रातदिन नभनी काममा खट्दा पनि महिनावारी कमाइ भने तीन हजार रुपियाँभन्दा कहिल्यै माथि उक्लिएन । पाँच जनाको परविार पाल्न सधैँ धौधौ । रातदिन परविार पाल्ने चिन्ता । कहिलेकाहीँ त घरझगडा नै पर्ने । त्यसपछि उनले माछा मार्ने पेसा पनि अँगाले । मालपुरमा दिनभर माछा मार्दा दिनको पाँच सयदेखि एक हजार रुपियाँसम्म हुन्थ्यो । त्यहीबीचमा स्थानीय
प्रशासनले माछा मार्न पनि लाइसेन्स चाहिने नियम लागू गर्‍यो । बिनालाइसेन्स माछा मार्दा प्रहरीले समातेर थुनिदिन्थ्यो । त्यही दुःखमा वीरधनको दिमागमा टाँगा व्यवसाय गर्ने नयाँ सोच पलायो ।
नभन्दै ट्याक्टर त्यागेर टाँगा तानेको ठ्याक्कै दुई वर्षमा वीरधनसँग ७० हजारका घोडा र ३५ हजार रुपियाँको टाँगा छ । मासिक १४ हजारभन्दा माथिको कमाइले उनको जीवनशैलीमा ठूलो परविर्तन ल्याइदिएको छ । दुई छोरी पूजा र सुजाताले राम्रो शिक्षा पाइरहेका छन् । छोरा विष्णु आउने चैतको एसएलसी परीक्षाका लागि निस्िफक्री पढिरहेका छन् । अभावको यात्रा छिचोलेर आएको माझी परविार अहिले सुखी र खुसी छ ।
काम गर्ने दह्रो पाखुरी लिएर सहज जीवन खोज्दै १४ वर्षअघि बाराको करैयाबाट चितवन आएका सन्तुराम चौधरी, ३८, को कथा पनि वीरधनको जस्तै छ । उता घरमा छँदा किसानी काम गरेर जीविकोपार्जन गर्ने उनले चितवनमा पाँच वर्ष रक्िसा चलाउँदा राम्ररी परविार पाल्न सकेनन् । भन्छन्, "बिहान
झिसमिसेदेखि नै मरेर लाग्दा पनि महिनामा बढीभन्दा बढी छ हजार कमाउँथेँ ।" तर, अहिले सन्तुरामको पनि कथा फेरएिको छ । उनले सरकारी स्कुलमा पढ्ने तीनै जना छोरालाई निजी विद्यालयमा सारेका छन् । उनको यो सफलताका पछाडि पनि टाँगा व्यवसायकै देन छ ।

जनकौली-७, चितवनका इन्द्रबहादुर रानामगर, ४८, ले पनि सुरुमा सन्तुरामकै नियति भोगेका थिए । करबि १० वर्ष रातदिन रक्िसा चलाउँ
दा उनले पनि महिनाको छ हजारभन्दा बढी हात पार्न सकेनन् । त्यति पैसाले सात जनाको परविारको राम्रो जो
हो हुने कुरै थिएन । अझ छोराछोरी पढाउन त कहाँ हो कहाँ थियो । तर, गत वर्ष
टाँगामा हात हालेपछि भने उनको मासिक कमाइ १२ हजार रुपियाँभन्दा बढी भएको छ । भन्छन्, "यस काममा पहिलेजस्तो दुःख छैन ।"

चितवनको रत्ननगरदेखि सौराहसम्मको पर्यटकीय क्षेत्रमा अहिले टाँगा लोकपि्रय सवारीसाधन भएको छ । हरेक टाँगाले ३० रुपियाँमा रत्ननगर-सौराह गराउँछन् । सौराहभित्रै पनि २० रुपियाँमा टाँगा
मा सयर गर्न सकिन्छ । यस व्यवसायमा लामो समयसम्म रक्िसा र ट्याक्टर चलाएका ३४ जना संलग्न छन् । हिजो मुस्िकलले घरखर्च धान्ने उनीहरू अहिले अरूलाई ऋण दिन थालेका छन् । सरकारी स्कुलमा पढ्ने आफ्ना छोराछोरीलाई धमाधम निजी बोर्डिङ् स्कुलहरूमा साररिहेका छन् । टाँगा व्यवसाय गर्न थालेपछि कुनै समयमा ट्याक्टरदेखि रक्िसा चलाउने यी मजदुरहरूको जीवनस्तर अपत्यारलिो ढंगले उकासिएको छ ।

तिनैमध्येका एक दोरंगी-५, चितवनका माधव खनाल, ३८, ले पनि आफ्ना छोराछोरीलाई सरकारीबाट निजी विद्यालयमा सारेका छन् । ६५ हजार रुपियाँ ऋण लिएर
यस व्यवसायमा आएका उनी भन्छन्, "पाँच वर्ष निथु्रक्क पसिनाले भिजेर रक्िसा पेलेँ केही भएन, टाँगाले गर्दा छोराछोरी पढाउन सक्ने भएको छु ।" कति व्यवसायीहरू ७० हजारदेखि एक लाख रुपियाँसम्म ऋण लिएर यो
पेसामा आएका छन् भने कतिले साहू
को टाँगा चलाइरहेका छन् । चितवनको यस भेगमा धेरै खट्नु नपर्ने र आम्दानी राम्रो हुने भएकाले यस पे
सामा अझ धेरै मानिस आउन लागेको अखिल नेपाल टाँगा मजदुर संघका सचिव कृष्णकुमार श्रेष्ठ बताउँछन् । भ
न्छन्, "तर, टाँगा व्यवसायीका समस्या पनि उत्तिकै छन् ।"

उनका अनुसार टाँगालाई पार्किङ् गर्ने ठाउँ नै छैन ।
रत्ननगर र सौराहमा समेत सडकमै टाँगाहरू राख्नुपर्ने बाध्यता छ । जथाभावी राख्दा नगरपालिकाले दिनहुँ हैरान खेलाउँछ । टोल समितिबाट पनि उस्तै चर्को दबाब खेप्न बाध्य छन् उनीहरू । स्थानीयहरू घोडाको दिसापिसाबले दुर्गन्ध बढाएकाले हटाउने माग गररिहेका छन् । एक जना व्यवसायी राजमणि माझीका अनुसार, टाँगाका लागि पार्किङ्भन्दा पनि ठूलो समस्या बनेका छन् चितवनका गाडी मालिकहरू । भन्छन्, "यहाँका गाडी साहूहरू टाँगा नचलाउ भन्दै दिनहुँजसो धम्की दिन्छन्, हामी कसरी बाँच्ने ?"

Nov 3, 2009

विमलाको अभियान
महिलाहरूलाई समूहमा आबद्ध गर्ने, सामाजिक र राजनीतिक कार्यक्रममा सहभागी बनाउने, नेतृत्व र सीप विकास गर्दै आत्मनिर्भर बनाउने सोच थियो तर वातावरण थिएन । तैपनि साहस जुटाइन्, घोराही-३, दाङकी विमला योगी, ३८, ले । पानी, पँधेरा र पीपल चौतारी महिलाहरू भेला गर्दै उनले अभियान थालिन् ।

१० जना महिलालाई लिएर समूह गठन गर्दाको त्यसबेला उनीहरूले जम्मा पाँच रुपियाँ उठाएका थिए । पाँच रुपियाँबाट सुरु भएको त्यस कामले अहिले तीन करोडभन्दा धेरै पैसा जम्मा गरिसकेको छ । सात जना सहकर्मीको सहयोगबाट सुरु भएको यो अभियान महिला र बालबालिकाको क्षेत्रमा काम गर्ने दाङको सबैभन्दा सक्रिय र ठूलो संस्थाका रूपमा स्थापित छ । प्रारम्भको त्यो साँघुरो परिधि नाघ्दै अहिले चेलीबेटी बेचबिखन, शान्ति, मानव अधिकारका क्षेत्रमा पनि काम गर्छ ।
दाङको पहिलो महिला संस्था नै विमलाले पहल गरेको नेपाल महिला सामुदायिक सेवा केन्द्र हो । संस्था दर्ता गर्न खोज्दा धेरै कठिनाइ झेल्नुपरेको उनी स्मरण गर्छिन् । भन्छिन्, "१६ वर्षअघि जिल्ला प्रशासन कार्यालय, दाङमा दर्ता गर्न खोज्दा तत्कालीन सीडीओले निकै हप्काए । महिलाले पनि संस्था खोल्छन् भन्दै धम्क्याउँदै पठाए ।" हिम्मत नहारिकन लागिपरेकी उनले तीन महिनापछि विधिवत् रूपमा संस्था दर्ता भयो । समूहमा दिदी-बहिनीहरूलाई एकताबद्ध गर्न घरमा जाँदा पुरुषहरूले कुकुर पठाएर टोक्न लगाउने कटु अनुभवसमेत उनीसँग छ । "महिलाहरूका पक्षमा लड्न ठूलै संघर्ष गर्नुपर्‍यो । तर, हिम्मत नहारीकन लडिरहेँ," विमला भन्छिन् । यसबापत उनले जिल्ला विकास समिति, दाङबाट २०५५ उत्कृष्ट समाजसेवी र रेयुकाई जिल्ला शाखाबाट ०५६ मा महिला र बालबालिकाको क्षेत्रमा योगदान पुर्‍याएबापत वर्षको समाजसेवी पुरस्कार पाइसकेकी छन् । हालै मात्रमा विधवा महिला सरोकार केन्द्रले पनि उनको सम्मान गरको छ ।
दाङका ४० वटा गाविस र दुईवटा नगरपालिकामा महिलाहरूलाई सीपमूलक, नेतृत्वदायी र आत्मनिर्भरका तालिमको अगुवाइ गरिरहेकी विमला भन्छिन्, "यस सामाजिक अभियानमा निरन्तर लागिरहने छु ।"

Nov 1, 2009

दसै आएन दाङमा
नरेन्द्र रौले / दाङ
"बुबा, म भोली साँझ आइपुग्छु । साथीहरु सँग काठ ल्याउन जंगलतिर जानु छ । " बिहान परिवार सँग यसो भनेर बिदा भएका गोल्टाकुरी ८ कौवाघारी दाङका सोमराज नेपाली कहिल्यै घर फर्केर आएनन् । छोराको पर्खाइमा बसेका थिए उनका बुबा देब बहादुर । उनी त्यति बेला निरास बने जब आफ्नै कानले स्थानिय रेडियोबाट छोराको मृत्युको खबर सुन्नु पर्‍यो ।
गोल्टाकुरीकै शुसिला नेपाली २२, आफ्नो बुबा निब बहादुर लाइ पर्खेर बसिन् । चाँडै फर्केर आउने आशा दिएका थिए उनका बुबाले । त्यसै दिन दिउसो गाउलेहरुको मुखबाट जब उनले बुबा बितेको खबर पाइन्, अनि भक्कानिएर रोइन् ।
घटना ०५९ साउन १६ गतेको हो । दाङको पश्चिमी क्षेत्र गोल्टाकुरीका तेह्र जना पुरुषहरु काठ ल्याउन जंगल तर्फ गएका थिए । उतै बास बस्ने सोचले सातु सामल पनि बोकेर लगेका थिए । हिडेको केहि घण्टामै उनीहरु नेटा भन्ने ठाउमा सेनाद्वारा पक्राउ परे । राजाकोटको टेलिफोन टावर नजिकै लगेर उनीहरुलाइ सामान्य सोधपुछ गरियो । अनि जे सोचिएन त्यहि घटना भयो । प्रत्येकलाइ आफ्नो कमिज खोल्न लगाइ ,आँखामा पट्टि बाँध्न लगाइयो । लहरै राखिएका तेह्र जनाहरुलाइ सेनाहरुले अन्धाधुन्ध फायर गरे । एक जना जना छबिराम सार्कीले दौडेर ज्यान जोगाउन सफल भए । बाँकी अरुको घटना स्थलमै ज्यान गयो ।
गोल्टाकुरी गाबिसको बंगालपुर गाउ पुग्दा सबैका निधारमा टिका लगाएको देखिन्थ्यो । आगनमा बालबालिकाहरु उन्मुक्त हाँसो हाँसिरहेका थिए । तर यहाँबाट ५ मिनेट मात्र टाढाको दुरीमा रहेको कौवाघारी पुग्दा खासै चहपहल देखिएन । तिहारले दैलोमा पाइला टेकिसक्यो तर त्यसको रौनकता नै छाएन । "तिहार आए जस्तो नै लागेन । मैले रोपेका फुलहरु पनि फुलेनन् ।" निकै भाबुक मुद्रामा देखिएकि सुसिलाले दुखेसो पोखिन् । आर्थिक अभाबकै कारण कक्षा ६ मै पढाइ छोड्न बाध्य भइन् उनी । उनी पछि जन्मिएका भाइ दिनेश १६,र बहिनी बबिता १८ लाइ पढाउन आमा साबित्रा कुबेतमा दुख गर्न बिबस भइन् ।

मृतक रेशम नेपालीका ३ वटा छोराछोरी अहिले सबैभन्दा बिचल्लीमा परेका छन् । ०५९ मा घटना हुँदा दुइ छोरी लुमा , मीना र छोरा अनिल सानै थिए । छोराछोरी कसरी पाल्ने भन्ने चिन्ताले राधालाइ सताउन थाल्यो । एकातिर पति बियोगको पीडा अर्कोतिर बालबच्चा हुर्काउने पीर राधाले सहन सकिनन् । अन्तत आत्महत्या गरिन् । जसोतसो बृद्ध हजुरबुबा भीम बहादर ले हुर्काए उनीहरुलाइ । लुमा र मीना कक्षा ४ मा पढ्दैछिन् ,अनिल १ मा पढ्दैछन् । अब थप कसरी पढाउने त्यो चिन्ता पनि थपिएको छ उनै हजुरबुबा माथी ।
गएको बैशाखमा मृतक रमेश नेपाली कि श्रीमति लक्ष्मी बाहेक बाँकी ११ जनाका परिवारले राहतस्वरुप रु १ लाख पाए । जिल्ला प्रशासन कार्यालयमा रमेशको नाममा क्षतिपुर्ति रकम आएपनि लक्ष्मीलाइ उक्त रकम दिइएन । र फिर्ता भयो । कारण थियो एउटै घटनामा रमेश नाम गरेका दुइ जना पर्नु । "जिप्रका मा धाउनु धाइयो ,पैसा हात लागेन । अरु संस्थाले पनि पहल गरे तर केहि सीप चलेन ।" लक्ष्मीले भनिन् ।

"बजार तिर कस्तो रमाइलो छ । हाम्रो गाउमा त तिहार पनि आएन ।" देब बहादुर नेपाली, ५४ ले नमिठो मान्दै भने । देशमा शान्ति छाए पनि खासै गोल्टाकुरीमा त्यसको अनुभुति पाइदैन । अझै द्वन्द्वका आला घाउहरु मेटिएका छैनन् । त्रास बाँकी नै छ । सरकारले केही गरिदिन्छ कि भन्ने आश गाउलेहरुमा हराइसक्यो । उनीहरुको सामुहिक स्वरमा भन्छन्, शान्ति आएर पनि के गर्नु ? मर्ने र मारिने त जहिले पनि सर्बसाधारण नै हुन् । नेताहरु जहिले पनि कुर्सीका भोका छन् ।
बिभिन्न संस्थाहरुको पहलमा सिलाइ कटाइ तालिम सिकेका महिलाहरु घरमै ब्यबसाय गरेर सामान्य खर्च चलाउछन् । गाउकै स्कुलमा पढिरहेका डेढ दर्जन भन्दा बढी द्वन्द्व पिडीत बालबालिकाहरुले कापी, किताब र झोला बाहेक संघ संस्थाहरुबाट खासै सहयोग पाएका छैनन । "कापी,कलम र डे्रसको समस्या छ । महिनाको ५० रुपैया फिस तिर्न पनि कसलाइ भन्ने ?" बगुमाएकि प्रभा नेपाली, १३ ले भनिन् ।

गोल्टाकुरी घटनाको ठ्याक्कै १ बर्ष अगाडी -०५८ मंसिर १३) घोराहि नगरपालिका ३ बर्गदि, दाङमा पनि त्यस्तै घटना भयो । बर्गदिमा धान चुटिरहेका ११ जना थारु समुदायका ब्यक्तिहरु लाइ लाइन लगाएर सेनाले गोली हाने । घटनास्थलबाट १० मिनेट पर कटहिमा खेतमा काम गरिरहेकि थिइन् ,भौनि चौधरी ,३५ । श्रीमान् खुसिराम चौधरी पनि धान काट्न गएका थिए । बच्चाहरु रुदै,चिच्याउदै आइपुग्दा उनी चकित भइन् । किन बुबालाइ धान काट्न पठाएको भन्दै छोरी मीना उपिmन थालिन् । खेतबाट घटनास्थल बर्गदी नपुग्दै उनी बाटोमै बेहोश भइन् । त्यसपछि के भयो उनलाइ नै थाह नै छैन ।
०५८ मंसिर १३ गतेे कटहिमा निर्दोष ८ जनालाइ मारेपछि सेनाहरु घोराहि तर्फ फर्किए । रक्ताम्य भएर बाटोमा लडेका लाशलाइ काखमा लिदै आफन्तहरु बिलौना गर्न थाले । शरीरका गोली झिक्न थाले । गाउलेले लाश लिएर घर र्फकदै गर्दा फेरी सेनाहरु गाउ पसे । र गाडीमा राखेर मृतकहरुलाइ महेन्द्र अस्पताल घोराहिमा ५ दिन सम्म थन्क्याइयो । किरा परेर हातले समात्नै नसक्ने भएपछि बल्ल आफन्तको जिम्मा लाइयो ।
घटना पछि कटहिमा यति त्रास छायो कि घरमा ताला लगाएर सबै गाउलेहरु १२ दिन सम्म अन्तै भागे । अर्काको जग्गामा काम गरेर खाने यो सुकुम्बासी बस्ति फेरी चिन्तामा परेको छ । साहुहरुले प्लटिङ गरेर जग्गा बिक्रि गर्न थालिसके । "हामीले के खाने,के लाउने ? छोराछोरी पढाउनै धौ धौ भइसक्यो । " भौनि भन्छिन् । उनका एक छोरा बिनोद,१४ कक्ष्ाा ८ र मीना कक्षा १० पढिरहेका छन् । एसएलसि पछि उनीहरुको पढाइलाइ कसरी निरन्तरता दिने भन्ने चिन्ताले रातदिन सताउन थालेको छ ।
कलिलै उमेरमा श्रीमान् गुमाएपछि यहाँका अधिकांस महिलाहरुले सानै उमेरका छोराछोरी छोडेर अर्को बिहे गरे । जसका कारण बालबच्चाहरु बेसहारा बने । श्रीमान् गुमाएकि सुमित्रा चौधरीले घटना भएको २ दुइ महिनामै देउखुरीको केटासँग अर्को बिहे गरिन् । त्यतिबेला उनकि छोरी फुलपाति को उमेर जम्मा १ बर्ष मात्र पुगेको थियो । यता कटहिमा उनको दुइ तले सुनसान घर भत्कनै लाग्यो । भएजतिको जग्ग्ाा देवरहरुले खाइसके तर उनी फर्किनन् । ५ बर्षकि छोरी र २ महिनाको छोरा घरमै छोडेर सौडियार,दाङकै केटासँग पोइल गएकि सीतालाइ आफ्ना सन्तानको माया लागेन ।
गोल्टाकुरीमा झै कटहिमा पनि सयपत्रि र हजारी फुलहरु फुलेनन् । सबैका अनुहार मलिन थिए, निराशाको कालो छाया मडारिरहेको थियो । भबिष्य अन्योल थियो । खान,लाउन,छोराछोरी पढाउने दुखको भारी नेपाल सँग बिसाए । "आफ्नो जग्गा पनि छैन । अर्काको खेतीमा काम गरेर कति खाने ? कसरी बाँच्ने ?" श्रीमान् गुमाएकि फुलमानी चौधरी ४८, ले भनिन् ।
दसै र तिहारमा आफ्ना गुमेका आफन्तहरुलाइ निकै सम्भिmए ,कटहीबासीले । बुबाको निधन हुँदा ८ बर्षकी मीनाले धमिलो सम्झना सुनाउदै भनिन्, "बुबा भएको कति रमाइलो हुन्थ्यो । पढ्न पनि मलाइ समस्या हुदैनथ्यो ।"
धेरै मीनाहरु सहयोगको आशामा पर्खिरहेका छन् ,यहाँ । फर्किदा भौनी चौधरीको एउटा वाक्यले निकै घोचिरह्यो । "लेखेर मात्र हुँदैन सर , छोराछोरीलाइ पढाइदिने ब्यबस्था मिलाइदिनुपर्‍यो ।" के गोल्टाकुरी र कटहिबासीको घाउमा कसैले मल्हम लगाइदेला ?



Oct 1, 2009

यसपालीको दसै काठमाडौमै
"बोर भयो होला है ?" घर बाहिर बरन्डामा म टोलाएर निकै बेर बसिरहँदा उसले भनि । "छैन ।" छोटो जवाफ दिएर टार्न खोजंे । एउटै घरमा बसेपनि धेरै पछि उसको र मेरो बोलचाल भएको थियो । खासमा उ मेरो घरबेटीको छोरी हो । रुबिना उसको नाम हो । पेशाले नर्स । आक्कलझुक्कल घरमै हाम्रो भेट हुन्छ । माथी घरको छत र ढोका बाहिर आउँदा जाँदा हाम्रो जम्काभेट हुन्छ । यसबाहेक हाम्रो भेट हुदैन । भेट्न पनि त कारण चाहिन्छ । भेट्न पनि त मौका चाहिन्छ ।
दसंै टिकाको दिन । के गरा,ंै कता जाउँ भयो । यसै टोलाएर बसिरहेको थिएँ । बेस्सरी च्यापेको ज्वरो र टाउको दुखाइ र रुघाखोकिले राम्ररी छोडेको थिएन । तैपनि मन चंगा थियो । "घर किन नगएको ?" उसले फेरी सोधी । "त्यत्तिकै । टाढा छ -बाजुरा) आउँन ,जान पनि दुख ।" जवाफ फर्काए । "के गरी बस्ने त ?" "म त जहा गएपनि एकान्तप्रेमी हो । मज्जाले पढेर बस्ने ।" उसलाइ सन्तुष्ट पार्न खोजें । तर असफल भए । "कति पढेको हो ?" उल्टै प्रश्न फ्याँकि । अघिल्लो दिन मलाइ काशिराज दाहाल ज्युको एसएमएस आएको थियो । हृयाप्पी दसै लेखिएको सन्देस थियो । कता कता मनमा लाग्यो ,टीका लगाउन दाहाल सरकै घरमा जानुपर्छ कि क्या हो । फोन गरेर सोधें । वेल्कम छ आउनुस् भन्नुभयो । मोबाइलबाट म लोकेशन माग्दै थिएँ । फेरी ठ्याक्कै ढोकामा आइ उहि रुबिना । अहिले उ बोलिन ,मात्र सुनिरहि । आँखा अगाडि घ्यार्र गर्दै बाइक आइपुग्यो । उनका बुुबाको पछिल्तिर बसेर सुइकेर कता लागि कता । थाहै पाइएन ।
दसैको पुर्ब सन्ध्यामा सिलाएका नया लुगा लगाएर म भने रातोपुल तिर लागें । हेडफोनमा दसैंका गीतहरु सुन्दै रातोपुल पुग्दा जताततै रातै रातै लुगा लगाएका , उज्यालो मुहार बोकेका थुप्रै मानिसहरु देखें । यसले मेरो मन पनि त्यसै त्यसै उमंगले भरियो । आखिर धन,पैसाले मात्र सुख,आनन्द कहाँ रहेछ र ?यस्तै सोच्दै हिडिरहें । मेरा आँखा बाटो माथीको एउटा घरमा ठोक्किए । आँगनबाट एक जना ब्यक्ति हात हल्लाइ रहनुभएको थियो । चिन्न गाह्रो भएन । उहाँ नै दाहाल सर हो भनेर । तीन जना दाहाल सरका भाइहरु,हजु
रबुबा,हजुरआमा बैठक कोठमा बसिरहनु भएको थियो । पहिले सबै सँग चिनजान भयो । अनि भुइमा आसन जमाएर असि बर्षे हजुरबुबाको हातबाट टीका थापियो । आफ्नो घर नगएपनि खासै नरमाइलो अनुभूति भने भएन । झन् नया परिबेशमा रम्न पाउदा खुसि लागिरह्यो । एकैछिनमा माथी घरमा लगेर आफ्नो परिवार सँग चिनजान गराउनुभयो । धर्मपत्नि डा मञ्जु दाहाल पेशाले डक्टर हुनुहुदोरहेछ । लामो समय जापान बसाइ पछि स्वदेस र्फकनुभएको रहेछ । बिरामीले गर्दा बिच्छ्यौनामा पल्टिरहनुभएको थियो । हामीले थोरै कुराकानी गर्ने अबसर पायौं । बाहिर छतमा राखिएका कुर्सिमा बसें । गमलामा फुलेका रंगीबिरंगी फुलहरुमा मेरो मन अल्भिmरह्यो । त्यहीं मेरा लागी खाजा पनि आइपुग्यो । आफ्नो भोक मेटाएँ । फेरी तल बैठक कोठामा झरेर टिभी हेर्‍यौं । करिब २० मिनेट पछि त्यहाँबाट आफ्नो घरतर्फ लागें ।