Oct 1, 2008

यसपाली दसैं काठमाडौंमा

अन्तत मेरो दसैं काठमाडौं मै बित्ने भयो । यो पाली मेरोसानो भाई ले पनि घर जान मानेन । बच्चाहरु घर जान लालायित हुन्छन् । तर उ भने नजाउ भन्छ । हिजो बुवाले घर बाट पनि फोन गरेर । न आउ भनेपछि त यतै बस्ने पक्का भयो । काठमाडौं मा कसरी दसैं मनाउने? सुन्सान ठाउँ मा को सँग बोल्ने? को सँग हास्ने?आफ्नो भन्ने को छ र? गाउ म त हास्ने बोल्ने सबै हुन्छन् । तर यता आफ्नो भन्ने कोही छैन ।