Mar 26, 2009

आफ्‍नै सुचना
कतै मनमा तपाइका भाबनाहरु गुम्सेर बसेका त छैनन ? छन भने लेख्नुहोस र पठाउनुहोस मलाइ । स्वदेश र विदेशमा रहनु भएका सम्पुर्ण्ा साथीहरुले ब्यत्तm अनुभुतिहरुलाइ मैले मेरो ब्लगमा राख्नेछु । तसर्थ चा"डै मेरो इमेल ठेगाना मा पठाएर सहयोग गरिदिनुहोला ।

Mar 23, 2009

Picking up the pieces
The biggest job for relief officials is coordinating all the generosity and putting it where it's needed most
NAGGAPATTINAM-The fishing boats lie in a grotesque pile at a corner of the harbour, stacked like twisted toys. Their captains and crew, if they survived, clamber in the mess to pull out what possessions they can find. Nets are particularly prized. Nylon mesh is expensive and if it can be salvaged, so much the better. As for the fish market, it didn't happen last Sunday. The market was what drew people to their deaths on 26 December. Women were buying and selling fish with their children running around nearby when the waters brought death and devastation. Wrecked fishing boats and houses reduced to rubble. Crows grown fat on unspeakable meals beneath the debris. Men wandering the shattered streets of their villages, wondering about their families, their fates. Government ministers clambering over wreckage to get in front of television cameras, distributing cash as they go. This is the face of the tsumani in South India. I write from the heart of the devastation here. The town of Naggapattinam in Tamil Nadu used to be a chaotic, dusty but rather well off fishing port. Hundreds of wooden trawlers crowded its harbour and the Sunday fish market on the beach drew people from surrounding districts to get the freshest dolphin and tuna. Now Naggapattinam is the centre of a vast relief effort aimed at helping the hundreds of thousands of displaced and bereaved people of the area. About 10,000 people died here, a third of them children. The young couldn't flee the raging seas and were easily swept away. India has pointedly said it doesn't want vast amounts of international help with this crisis. Specifically, the country doesn't want bilateral humanitarian assistance, saying others need it more and there's no real need for outside help. At first, this was put down to perverse national pride but it's proven to be true. India is managing this rather well on its own. The sheer volume of aid that has come from informal sources in India is remarkable. Doctors from Bangalore donating their services, Keralaite students who've collected toys, plastic tents and shoes and brought them all the way across the country. Volunteers from Lions and Rotary clubs cleaning up schools and picking up the pieces, along with the affected people themselves. It's a truly remarkable sight. The biggest job for Indian officials has been coordinating all that generosity and putting it where it's needed most. The government has risen to the task as best as it could.
Networking for Nepal
Stop complaining, and start helping Nepal

Raju Adhikari is a scientist in Australia, Shailesh Gongol is an airport planner in America, Pranab Gyawali is a doctor in Britain, Arun Singh Basnet is a philanthropist in Nepal, Upendra Mahto is a successful businessman in Belarus, Suman Dhakal is a quality controller in a factory in Italy, Himali Upadhya is an international banker in Austria, Mahesh KC is an engineer in Sweden, Madan Gautam is a conservationist in New Zealand and Gokul Bhandari is a PhD scholar in Canada. These global Nepalis all have one thing in common: a strong conviction that every Nepali must do something for Nepal. Otherwise, they say, there is no point just sitting and complaining about the country. To translate that conviction into action, they work with scores of other like-minded Nepalis in a charity called Help Nepal Network (HeNN) with formally registered chapters in Nepal, the US, the UK and Australia are and informal chapters in six other countries. The network draws its inspiration from late Gopal Yonjan's powerful patriotic lyrics, 'Dherai chha garnu swadeshko sewa, Nepali bannalai/Shir thado pari Nepali bhanne ma nai hun bhannalai/Hoina bhane Nepali nabhana, birko chhora, naatima nagana,' which has an audio-link on the charity's website, Nepalis returning from a holiday in Nepal would share experiences about how things were getting worse everyday. Over pints of beer, they analysed why this was so. But if someone asked what they had done to make things better, the answer was usually "nothing". HeNN changed that when it was set up four years ago. It aimed to encourage Nepalis, especially those living abroad, to contribute to Nepal. The network urges every earning member of the non-residential Nepali community to forego a can of beer or carton of juice every month and donate the savings to the fund. In Nepal, it urges locals to have a plate of momo or a few cups of tea less for the same purpose. HeNN-UK's Madhusudan Kayastha, says: "We expect more and more Nepalis to contribute actively to nation-building through any small way." The appeal has worked. In the last four years, the network has raised nearly $50,000, virtually all from Nepalis. But it also accepts donations from non-Nepalis. The America-Nepal Alliance for Health, through the initiative of its president, Jack Starmer, donated $1,000 to buy medical equipment for a $8,000 health post in a remote village at Mugu. So far, HeNN has supported the construction of a library in Dolpa and schools in Pyuthan, Dang and Parbat. It has conducted several health camps and, in collaboration with Nepalganj-based Sahara Group, supported children affected by recent violence in the country. It also helped Khotang's flood victims in 2002. One of HeNN's strengths is that all the money is used for projects, there are no overheads. Until the end of last year, administrative costs were born by volunteer committee members but as activities expanded, it became more difficult to manage finances. This year HeNN opened a small office in Kathmandu. Its running cost is sponsored by two Nepali businessmen: Ashok Shrestha in the UK and Upendra Mahato in Belarus. The money, therefore, remains exclusively for charity. HeNN has learnt that it does not take millions to make a difference, it just takes a desire to help, a dollar or a few rupees. The important part is a collection mechanism, and managing and using individual donations. This is what HeNN tries to deliver. "Just imagine how many schools, health posts, orphanages and old people's homes overseas Nepalis can build and support if they donated just a dollar a month to a collective fund," says HeNN-Nepal president Arun Singh Basnet. "This is what our dream is all about."
(Rabindra Mishra has been associated with Help Nepal Network from its inception. )Donations:

Mar 12, 2009

आविष्कारमा अंकुर
दिनदिनै लोडसेडिङ्को समय बढ्दै गएका बेला विराटनगरका विद्यार्थी अंकुर चौलागाईं, १४, समुदायलाई ऊर्जाको विकल्प दिन लागिपरेका छन् । देवकोटा मेमोरयिल स्कुलमा कक्षा ८ मा अध्ययनरत विराटनगर-४, पोखरयिाका अंकुरले यही क्रममा दुईखाले मिनी इन्भर्टर बनाएका छन् । त्यसमध्ये एउटाले पाँच घन्टा चार्ज गर्दा १० घन्टासम्म र अर्काले पाँच घन्टासम्म उज्यालो दिन्छ । उनका ठूला र साना इन्भर्टर क्रमशः १ हजार ५ सय र एक हजार रुपियाँमा बिक्री हुने गरेका छन् । अंकुरलाई सुरुमा बुबा यज्ञप्रसाद चौलागाईंले उपकरणहरू जुटाइदिएकामा अहिले आत्मनिर्भर भएका छन् । फागुन दोस्रो साता भएको तीनदिने 'टेक्नो एक्स्पो २००९' पछि उनका आविष्कारबारे धेरैलाई थाहा भयो । सानैदेखि आविष्कारमा रुचि राख्ने अंकुरले कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य लिएका छन् । उनको कामबाट शिक्षिका आमा विमला र राष्ट्रिय वाणिज्य ब्यांकमा कार्यरत बाबु निकै खुसी छन् । यसअघि पनि मजाले हावा फाल्ने पंखा बनाइसकेका अंकुरको इन्भर्टरले व्यावसायिक रूप लिन भने बाँकी छ ।

नरेन्द्र रौले/विराटनगर

Mar 11, 2009

रहरमै सीमित

नरेन्द्र रौले
(यो फिचर नेपाल साप्ताहिकमा प्रकाशित भाईसकेको छ । पत्रीकाकै स्वरुपमा हेर्ने मन भए यहाँ क्लिक गर्नुहोस्

सिद्धार्थ वनस्थली स्कुलमा विज्ञानका विद्यार्थी पवन राय, ३०, ले पाँच वर्षअघि साथीहरूसँग मिलेर संगठन खोल्ने प्रयास गर्दा उनलाई तत्कालीन प्रीन्सिपल लक्ष्मण राजवंशीले स्कुलबाट निकाल्ने प्रयास गरे । यसरी क्याम्पस जीवनमा राजनीति सिक्ने उनको इच्छा अधुरो रह्यो । उता आरआर क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत शंकर तिवारीलाई भने यस्तो समस्या कहिल्यै परेन । फलस्वरूप आउँदो स्ववियु चुनावमा नेपाल विद्यार्थी संघबाट सभापतिका उम्मेदवार बनेका छन् । अहिले उनको दिन चुनाव प्रचारमा भरसक सबै सरकारी क्याम्पसमा आफूनिकट संगठनका साथीहरूलाई भेट्ने प्रयासमा बितिरहेको छ । भन्छन्, "चुनाव लागेर किताबबाट भने टाढा भइएको छ ।"
अहिले हरेक सरकारी क्याम्पसमा चुनावी माहोल बढेको छ । जताततै रंगीन ब्यानर, ठूलाठूला अक्षरका नारा, पर्चा, पम्पलेटको जगजगी छ । विद्यार्थी नेताहरू आ-आफ्नो प्यानललाई जिताउने जोडदार कसरतमा छन् । यस क्रममा प्रमुख दलसम्बद्ध भ्रातृ संगठनका युवा नेताहरूले पनि क्याम्पसलाई अखडा बनाएका छन् । भृकुटीमण्डपको आरआर क्याम्पसमा सक्रिय ११ वटा विद्यार्थी संगठनका नेताहरूलाई भात खाने फुर्सद मिल्न छाडेको छ । आखिर किन मरेर लागेका छन् त युवाहरू यसरी राजनीतिमा ? एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सदस्य राजकुमार राई, २७, भन्छन्, "आर्थिक, सामाजिक, राजनीतिकलगायत सबैखाले रूपान्तरणका लागि राजनीतिमा होमिएका हौँ ।" उनको संगठनले देशभरका पाँच लाख विद्यार्थीलाई संगठित सदस्यता वितरण गरेको छ । आगामी १९औँ सम्मेलनपछि यो संख्या २० लाख पुग्ने राईको दाबी छ ।
खुलेरै राजनीति गर्न पाएका माओवादीसम्बद्घ अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं आरआर क्याम्पस इन्चार्ज सुरेन्द्र बस्नेत, २७, भने विद्यार्थी राजनीतिबारे अलिकति फरक विचार दिन्छन् । भन्छन्, "पुराना पुस्ताका नेताहरूले पटकपटक निष्फल बनाएका हाम्रा सपना साकार पार्न राजनीतिमा होमिएका हौँ ।" कक्षा ९ मा छँदै प्रधानमन्त्री बन्ने सपनामा परेका उनी एकान्तमा लौरो समाएर भाषण गर्थे । त्यही सपनाले डोर्‍याएका उनी चैत ६ गतेको स्ववियुको चुनावमा सभापति पदमा उम्मेदवारी दिँदैछन् ।
०३६ सालदेखि निरन्तर अखिलको अखडा बन्दै आएको आरआर क्याम्पसमा यसपालि क्रान्तिकारीको झन्डा गाडिने दाबी छ, बस्नेतको । यो क्रममा हुने अवश्यम्भावी झडपहरूप्रति पनि उनी सचेत छन् । क्रान्तिकारीले यो चुनाव जित्न संगठनको सबै केन्द्रीय सदस्यलाई इन्चार्जका रूपमा क्याम्पस-क्याम्पसमा खटाइसकेको छ । उता, नेपाल विद्यार्थी संघ आरआर एकाइका अध्यक्ष निलकमल भट्टराई, २७, र उपाध्यक्ष जयराम दाहाल भने आफूले सभापतिको उम्मेदवारी पाउनुपर्ने आन्तरकि राजनीतिमा छन् ।
क्याम्पसे राजनीतिको यस होडमा सिर्जनात्मक कामबाट विद्यार्थीहरूको मन जित्न कहिले बगैँचा बनाउने त कहिले रचनात्मक सप्ताह भन्दै साहित्य लेखन र वादविवाद प्रतियोगिताहरू हुँदैछन् ।
सरकारी कलेजहरूमा आसन्न चुनावको राप बढिरहेका बेला निजी कलेजहरू भने शान्त छन् । कलेज प्रशासनहरू सुन्दर भविष्यका लागि राम्रो पढाइ भन्दै विद्यार्थीलाई कडा अनुशासनमा राख्न सफल देखिन्छन् । तर, यसो भन्दैमा निजी कलेजका विद्यार्थीहरू राजनीतिमा चासो राख्दैनन् भन्नेचाहिँ होइन । लाजिम्पाटस्थित जेभियर एकेडेमीमा प्लस टूका विद्यार्थी शाश्वत ढुंगाना, १९, भन्छन्, "सरकारी कलेजका विद्यार्थीहरूले गर्नेजस्तो चाहिँ होइन ।"
उनी विद्यार्थी आन्दोलन शान्तिपूर्ण र रचनात्मक हुनुपर्नेमा जोड दिन्छन् । राजनीतिका नाममा सहरमा टायर बाल्ने, ढुंगामुढा गर्ने, रेलिङ् भत्काउने क्रियाकलाप धेरै भइसकेकाले अब यो संस्कार त्याग्नुपर्ने उनको भनाइ छ ।
जेभियर एकेडेमीमा नेपालसँगको छलफलमा सहभागी आभास्ना पौडेल, १८, लिसा मास्के, १७, श्रृष्टिका प्रसाईं, १८ र सन्नि केसी, १८, ले हिंसात्मक प्रवृत्तिको राजनीतिको विरोध गरे । सहरको रेलिङ् भत्काइरहेका आक्रोशित विद्यार्थी अर्कै ग्रहदेखि उत्रिएका अनौठो झुन्डझैँ देखिने उनीहरूले बताए ।
"सहर भत्काएर के हुन्छ ? आखिर क्षति त देशको भयो नि !
राजनीतिमा चासोकै कुरा गर्दा बीए प्रथम वर्षमा अध्ययनरत गि्रनफिल्ड नेसनल कलेज, बाफलकी आरती पोखरेल पनि निकै सचेत भएर नेताहरूको चालामाला हेर्ने गरेको बताउँछिन् । भन्छिन्, "हामीले नराखे कसले राख्ने त राजनीतिप्रति चासो ? बूढाहरूले बिगारेको देशलाई युवापुस्ताले नै बनाउने हो ।" सोही कलेजकै नवीन सिलवालले पार्टी नेताहरूले युथफोर्स र वाईसीएलजस्ता दस्ता बनाएर युवाहरूलाई दिग्भ्रमित पारेको धारणा राखे । रातोपुलस्थित मदन भण्डारी कलेजकी विद्यार्थी प्रतीक्षा कट्टेल, १८, जगन्नाथ दुलाल, १९, रविना थापा, १६, रोजिना थापा, १६ र जनक तिमिल्सिना, १९, लाई क्याम्पसमा विद्यार्थी संगठन भइदिए हुन्थ्यो जस्तो लाग्छ । उनीहरू देशको डाँवाडोल स्थिति सुधार्न विद्यार्थी राजनीति आवश्यक ठान्छन् तर अहिले सरकारी क्याम्पसहरूमा चलेको भन्दा भिन्न खालको । पार्टी नेताहरूले अहिले विद्यार्थीलाई हनुमानगिरी गर्न मात्र उकासेको धारणा उनीहरूको छ ।
तर, आमविद्यार्थीको यस्तो चाहना भए पनि विद्यार्थी संगठनहरूले महँगा निजी कलेजहरूमा राजनीति पुर्‍याउन सकेका छैनन् ।
प्रयास नभएका होइनन् तर अधिकांशको स्थिति सिद्धार्थ वनस्थलीका पवन रायको जस्तै सचेत राजनीतिक अभ्यासबाट वञ्चित भएका छन् । करबि दुई महिनाअघि बाफलको गि्रनफिल्ड नेसनल कलेजमा विद्यार्थी युनियन खोल्ने अखिल क्रान्तिकारीको आग्रहलाई पि्रन्सिपल लक्ष्मण घिमिरेले अस्वीकार गरिदिए । त्यसबापत क्रान्तिकारीको धम्की बेहोरेका पि्रन्सिपल घिमिरे भन्छन्, "दलको झन्डा बोकेर क्याम्पस आउँदा विद्यार्थीको पढाइ बिग्रन्छ भन्ने हाम्रो धारणा हो ।"
११ वर्षदेखि प्लस टू सञ्चालन गररिहेका एक जना पि्रन्सिपलले त शैक्षिक प्रतिष्ठानमा युवाहरूले गरेको राजनीतिले उनीहरूलाई गलत दिशामा लगेको ठोकुवा नै गरे । देशप्रति माया भएका कुनै पनि विद्यार्थीले टायर, गाडी, डिपार्टमेन्टल स्टोर जलाउन नहुने सुझावसमेत दिए, उनले । पार्टीहरूले विद्यार्थीमार्फत स्कुल, क्याम्पसमा दादागिरी देखाउने हुनाले संगठन खोल्न नदिएको उनी बताउँछन् ।
तर, एमालेनिकट विद्यार्थी नेता राजकुमार राई शैक्षिक माफियाका कारण निजी कलेजहरूमा संगठन खोल्न नसकिएको बताउँछन् । कलेजमा विद्यार्थी युनियन भयो भने उनीहरूको मनपरी शुल्क उठाउने धन्दा सुक्ने दाबी उनले गरे । क्रान्तिकारीका बस्नेत पनि राईको रायमा सहमत छन् । भन्छन्, "प्राइभेट कलेजका 'मालिक'हरू सामुदायिक दायित्व लिन चाहँदैनन्, आफ्नै फाइदाका लागि मात्र कलेज सञ्चालन गर्न चाहन्छन् ।"
विद्यार्थी नेताहरूको तर्क जेजस्तो रहे पनि करबि तीन हजार विद्यार्थी अध्ययनरत गोल्डेनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवाल पनि आफ्नो शिक्षण संस्थामा कुनै हालतमा राजनीतिक संगठन खोल्न नदिने पक्षमा छन् । उनको बुझाइमा राजनीतिले विद्यार्थी-विद्यार्थीबीच, शिक्षक-शिक्षकबीच र अभिभावकबीचमै पनि वैमनस्य उब्जाइदिन्छ, जुन निजी क्षेत्रका कलेजहरूले चाहेका छैनन् । उनले प्राइभेट कलेजका स्टुडेन्ट क्लब, स्पोर्ट क्लब, म्यानेजमेन्ट क्लब, साइन्स क्लब, साहित्य क्लब आदिले युनियनकै आवश्यकता पूरा गररिहेको पनि बताए । निजी कलेजमा छोराछोरी पढाउने अभिभावकहरूको धारणा के छ त ? न्यु एरा रसिर्च सेन्टरमा कार्यरत श्रृष्टिका प्रसाईंका बुबा योगेन्द्र भन्छन्, "देशको राजनीतिक अभ्यास नै निराशाजनक छ । यसमा लागेर के गर्ने ?" उनले नेपालमा शिक्षित मानिस राजनीतिमा सफल नहुने पनि बताए ।
यसले देखाउँछ, निजी कलेजहरूमा विद्यार्थीले चाहेर पनि राजनीतिले प्रवेश नपाएको कारण । विद्यार्थीको नामबाट सरकारी कलेजहरूमा अवलम्बन गरिएको राजनीति गर्ने शैलीका कारण राज्यको मूल नीतिप्रति अविभावक र निजी कलेज सञ्चालकहरूमा एक हदसम्म वितृष्णा नै उत्पन्न गराएको छ । यसबाट निजी कलेजका होनहार विद्यार्थी भोलि मुलुकको राजनीतिक नेतृत्व गर्ने सम्भावनाबाटै वञ्चित हुँदैछन् ।
हुन त आफूखुसी विद्यार्थी राजनीति भित्र्याउने अपवाद निजी कलेज नभएका भने होइन । जस्तो, सीतापाइलास्थित एक्मी इन्जिनियरङि् कलेजले सरकारी क्याम्पसहरूमा भन्दा एक महिनाअगाडि नै फागुन १६ गते स्ववियु निर्वाचन गरसिकेको छ, जसमा अनेरास्ववियु क्रान्तिकारीका कुलभूषणशेखर शर्मा सभापति भएका छन् ।
हुन पनि आफ्नो मात्र होइन, देशकै भविष्य बनाउने सपना बोकेका धेरैजसो विद्यार्थीले राजनीति रोजेका छन् । तर, मुलुकको पुरानो पुस्ताको राजनीतिक नेतृत्व युवा नेतृत्व विकासको माग र सवालमा प्रतिक्रियाविहीन छ । उनीहरू क्याम्पसहरूमा पनि यही हिसाबले राजनीति गररिहेका छन् । युथ एक्सन नेपालका अध्यक्ष पवन राय भन्छन्, "पुराना नेताहरूले यो कुरा नबुझेका होइनन् तर नबुझेझैँ गररिहेका छन्, जसबाट एकथरी विद्यार्थी राजनीतिमा आउनै पाएका छैनन् भने अर्काथरी यस क्षेत्रलाई नै वितृष्णाको विषय बनाइरहेका छन् ।"