Jan 21, 2009

युवा पुस्ता किन रोज्दैछन् आमसञ्चार ?
नरेन्द्र रौले
जीवनको २० बर्षो उकालो चढ्दै गरेकि काठमाडौं जोरपाटीकि सविता सुबेदी,भद्रबासकि सबिना कुइकेल र सुन्दरीजलकि रुपा खड्का आम सञ् चार र पत्रकारिता विषय लिएर मदनभण्डारी कलेजमा स्नातक दोस्रो बर्षा अध्ययनरत हुनुहुन्छ । सविना कुइकेल विगत चार महिना देखि टाइम्स एफएममा लोक विट्स कार्यक्रम चलाइरहनुभएको छ । उद्घोषण तालिम लिइसकेकि सविता सुबेदिले रेडियोमा कार्यक्रम चलाउने सपना पाल्नु भएको छ भने रुपाले टेलिभिजनमा कार्यक्रम चलाउने लक्ष्य लिनुभएको छ ।
विज्ञान विषय लिएर युनाइटेड एकेडिमीबाट प्लस टु पास गरेका सँगम शिल्पकार र सुमति मर्हजन पत्रकारितमा प्रबेश गरेका छन् । काठमाडौ विश्वबिद्यालय धुलिखेलमा बीए प्रथम अध्ययनरत सुमति र सँगम पत्रकारिताको पढाइमा रमाइरहेका छन् । दुबैले आफू लेख्न र अरुका लेखहरु पढ्न रुचाउनुहुन्छ । अँग्रेजी दैनिक द काठमाडौं पोष्ट मा निरन्तर दुबै जनाका लेखहरु प्रकाशित भइरहेका छन् ।
पि एन क्याम्पसबाट औपचारिक पढाइ सकाएकि रीता गुरुङ जनमत दैनिकमा रिर्पोटिङ गर्नुका साथै रेडियो बाराहि पोखरामा कार्यक्रम चलाइरहनु भएको छ । गुरुङ समुदायबाट उहाँले रामै्र प्रतिक्रिया पाइरहनुभएको छ । पछिल्लो समयमा एसएलसी पछि धेरैको रोजाइ आमसञ्चार बन्ने गरेको छ । हरेक बर्षआमसञ्चार पढ्ने विद्यार्थीहरुको सँख्या बढ्दो छ । त्यसै अनुपातमा पत्रकारिता पढाउने कलेजहरुको सँख्या पनि बढ्दैछन् । रेडियो,पत्रपत्रिका र टेलिभिजनको सँख्या पनि वर्षौपिच्छे थपिदै गएको छ ।
निजी स्तरबाट पत्रकारिताको ज्ञान दिलाउन एन पि आइ नामक संस्थाको स्थापना भएको थियो तर त्यस अघि नै वरिष्ठ पत्रकार भारतदत्त कोइराला,गोपालदास श्रेष्ठ,रामकृष्ण रेग्मी र गोकुल पोखरेलले सामुहिक रुपमा पत्रकारिताका लागी काम गर्नुहुन्थ्यो । तत्कालिन पञ्चायति सरकारले सँस्था गठन गर्न नदिने र गर्न खोजेको काममा प्रतिबन्ध लगाउँथ्यो । तैपनि डेढ बर्षसम्म उहाँहरुले दक्ष पत्रकार उत्पादन गर्न र त्यस सम्बन्धि आबश्यक ज्ञान,सीप र प्रशिक्षण दिएरै छोड्नुभयो ।
नेपालमा पहिलो पटक बि सं २०३३ र २०३६सालमा क्रमशः रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रमाणपत्र तह र स्नातक तहको कक्षा सञ्चालन भएको थियो । त्यस बिचमा २ बर्षपाटन संयुक्त क्याम्पसमा स्नातक तहको पढाइ हुने गथ्र्यो । तत्कालिन गोरखापत्रका सम्पादक गोकुल पोखरेल र पी खरेल अध्यापन गर्नुहुन्थ्यो । "टाढा भयो र बस पनि नपाइने समस्याले पु न आरआर मा नै सर्‍र्यौ ।" पोखरेल बताउनुहुन्छ ।
बास्तबमै पत्रकारिताको कोर्षकस्तो हुनु पर्ने हो - कान्तिपुर सिटी कलेज पत्रकारिता डिपार्टमेन्ट चिफ धारणा यस्तो छ,"पत्रकारिताको कोर्ष एकदम डाइनामिक छ । कोर्षपुरानो भएपनि समय परिस्थीति अनुसार शिक्षकले नया सचना र जानकारी दिनसक्नपर्‍यो । "त्यस्तै त्रिबि पत्रकारिता डिपार्टमेन्ट चिफ प्रबलराज पोखरेल समय सर्न्दर्भ अनुसार कोर्षपरिमार्जन हुनुपर्ने र सैद्धान्तिक तथा प्रयोगात्मक बिद्याबिच सन्तुलित संयोजन हुनुपनेृ बताउनुहुन्छ ।
सरकारी र प्राइभेट कलेजको पढाइबिच भिन्नता बारे सबैको आ आफ्नो धारणा छ । कलेज अफ मास कम्यनिकेशन एण्ड जर्नालिज्मकि सँस्थापक डा मञ्जु मिश्र आफहरु सैद्धान्तिक ज्ञान भन्दा प्राक्टिकलमा बढी जोड दिने गरेको बताउनुहुन्छ । "२२ देखि आरआर क्याम्पसले आउटडेटेड कोर्षपढाइराखेको छ । हाम्रो कलेजमा बिदेशबाट समेत शिक्षकहरु आएर क्लास लिन्छन् ।" उता प्रबलराज पोखरेल भने सरकारी आरआर क्याम्पस मै पढाइ राम्रो हुने बताउनुहुन्छ । "आरआर मा विद्वान शिक्षक भएकाले यतै राम्रो पढाइ हुन्छ । हामी अस्वस्थ शैक्षिक प्रतिष्पर्धामा विश्वास गर्दैनौ । "
सैद्धान्तिक,व्यावहारिक र प्राविधिक ज्ञान दिलाउने उद्देश्यले कलेजहरुको सँख्यामा बृद्धि भए जस्तै दक्ष सञ्चारकर्मी उत्पादनका नाममा उद्घोषण प्रशिक्षण दिलाउने इन्सिटिच्यूटहरु पनि च्याउसरि खोलिएका छन् । विगत ५ बर्षदेखि सञ्चालन हुँदै आएको पानस मिडिया सेन्टरमा ५० जना व्यक्तिहरु उद्घोषण तालिम लिइरहेका छन् । पाटिचौर, गोर्खा का नारायण अर्याल उद्घोषण र त्यस सम्बन्धि प्राबिधिक ज्ञान सिक्न २ महिना अघि गोर्खाबाट आउनुभएको हो । धरान सुनसरीकि कृति दास एसएलसी पछिको फर्ुसदको समय सदुपयोग गर्न पानस मिडिया मा उद्घोषण तालिम लिइरहनुभएको छ । एसएलसि पास भएपछि आमसञ्चार विषय पढ्ने कृतिको मनसाय छ ।
पत्रकारिताको स्कोप बढी हुनाले रोजगारीका अबसर प्रशस्त भेटिनाले,नाम र दाम दुबै कमाउन सकिने भएकाले नै पत्रकारितामा विद्यार्थीहरुको सँख्या दिनानुदिन बढ्दै गएको हो । पर््रदशनिमार्ग स्थित आरआर क्याम्पसमा आइए देखि एमए सम्म करिव १५०० विद्यार्थीहरु अध्ययनरत छन् । पढाइ सगसँगै यस क्षेत्रमा कडा प्रतिस्पर्धा बढेर गएको छ । कलेजको पढाइले मात्र पत्रकार बन्न नसकिने धारणा राख्नुहुन्छ , द काठमाडौं पोष्ट का सम्पादक प्रतिक प्रधान । राम्रो पत्रकार बन्न भाषिक क्षमताका साथ्ौ कथाबस्तु बुन्न,उन्न र मिहेनति हुनुपर्ने उहाँको भनाइ छ । १६ बर्षअघि जुनियर रिर्पोटरबाट पत्रकारिता सुरुवात गरेका प्रधान जुन काम गर्दा आत्मसन्तुष्टि मिल्छ त्यहि काम र पेशा अँगाल्न सुझाब दिनुहुन्छ ।
आमसञ्चारका विद्यार्थीहरुका लागी निर्मलमणि अधिकारी नौलो नाम होइन । विगत ६ महिना देखि काठमाडौका बिभिन्न कलेजहरुमा प्राध्यापन गरिसक्नुभएको छ भने दर्जनौ पुस्तकहरु बजारमा छन् । हाल काठमाडौ विश्वविद्यालय, धुलिखेलमा प्राध्यापनरत अधिकारी भन्नुहुन्छ,"आफनो रुचि र क्षमताको पहिचान गरेर आफूलाई उपयुक्त लाग्ने ठाउँमा अध्ययन र मिहेनत गरेर लाग्नर्ुपर्छ ।"
पत्रकारिता पेशा जस्तो रमाइलो अरु कुन पेशा होला र - तोकिएको समयमा अफिस पुग्नर्ैपर्छ भन्ने छैन । दिनभरी अफिसमा बस्नर्ैपर्छ भन्ने पनि छैन । जहाँ जुनसुकै र जतिखेर पनि आफ्नो काम गर्न सकिन्छ । आज काठमाडौको बिबिसी स्टुडियोबाट रिर्पोटिङ गरिरहेका सुरेन्द्र फुयाल अर्को हप्ता अर्को हप्ता अमेरिका पुगिसकेका हुन्छन् भने केहि दिनमै रिर्पोटिङका लागी चाइना हान्निएका हुन्छन् ।
यति स्वतन्त्रता र मजा अरु कुन पेशामा पाइएला र - "पत्रकारिता पेशा एकदम रमाइलो. छ । अध्ययन एकदम प्रशस्त गर्नुपर्छ । समय सिमा भित्र बाँििधनर्ुपर्छ । तर चुनौतिहरु पनि प्रशस्त छन् ।" बिबिसीका सुरेन्द्र फुयाल बताउनुहुन्छ । फुयालले बताउनु भए जस्तै पत्रकारितामा चुनौतिहरु प्रशस्त छन् । बारा कलैयाकि २२ बषिर्या प्रियंका पाण्डे गढिमाई एफएमममा समाचार बाचन गर्नुका साथै बोर्डर पार र पत्र लहर कार्यक्रम चलाउनुहुन्छ । मधेशमा र्सर्ँघषरत समुहले आफ्ना समाचार प्रशारण नगरे गाली गनर्ेृ र मार्ने समेत धम्की दिने गरेको बताउनुहुन्छ ।
नाम र दाम कमाउने सपना पालेर पत्रकारिता पढ्नेहरु मध्ये निरास हुनेहरुको सँख्या पनि उत्तिकै छ । समय धेरै खर्चर्नु पर्ने, बढी मिहेनत गर्नुपर्ने तर सोचेजस्तो पैसा नआउने सामुहिक धारणा उनीहरुको छ । नेपाल मानविकी क्याम्पस बीए दोस्रो बर्षा अध्ययनरत अशोक थापालाई पत्रकारिता विषय लिएर पढेकोमा अहिले पछुतो छ । 'बेकारमा पढिएछ । यत्तिको मिहेनत अरुमा गरेको भए राम्रो करियर बन्थ्यो ।' थापा निरास मनस्थिीतिमा भन्नुहुन्छ । उता सिटि पोष्टका आभाष कर्माचार्यको धारणा फरक छ । रहर,इच्छा र यसमै काम गर्ने अठोट भए राम्रो आम्दानि गर्न सकिने उहाँ बताउनुहुन्छ । द काठमाडौ पोष्टको सप्लिमेन्टि्र सिटी पोष्टमा विगत ३ बर्षदेखि फेशन,शिक्षा,फिल्म,सँस्कृति लगायत समसामयिक विषयमा कलम चलाउने आभाष आफुले मासिक १२ हजार कमाउने गरेको बताउनुहुन्छ । श्रमजिवि पत्रकारका अधिकारलाई सँस्थागत गर्न नसकिएकाले नया सिकारु पत्रकारहरु शोषणमा परेको मान्यता छ , निर्मलमणि अधिकारीको । भन्नुहुन्छ,"अहिले मालिकहरु मोटाउने र पत्रकारहरु शोषणमा पर्ने अबस्था छ तर कानुनि संरचना बलियो हुनासाथ त्यस्ता समस्या समाधान हुन्छन् । "
प्राइभेट स्तरमा अयििभनभ या mबकक अommगलष्अबतष्यल बलम वयगचलबष्किm ले आफ्नै एफएम स्थापना गरिसकेको छ । महिला मध्ये नेपालबाट पहिलो पटक स्नातकोत्तर गर्ने तथा रुस बाट पिएचडी गर्ने दोस्रो डा मञ्जु मिश्रले एक बर्षअघि एफएम सञ्चालन गर्नुभएको हो । बिद्यार्थीहरुको आत्मविश्वास अभिबृद्धि गर्न,ब्यबसायिक पत्रकार उत्पादन गर्न र अवसर प्रदान गर्नका लागी एफएमको स्थापना गरेको मिश्र बताउँछन् । "कसैले नगरेको काम चुनौतिका साथ गर्नु ठूलो काम हो । आफैले आफ्नो बाटो पहिल्याउनर्ुपर्छ ।" मिश्रले थप्नुभयो ।
०४६ सालको जनआन्दोलनपश्चात् स्वतन्त्रताको अनुभुति भएपश्चात् मिडिया हाउससँगै पत्रकारिता गर्नेहरुको सँख्यामा बृद्धि भएको हो । त्यस यता मिडियाको बजार निकै फस्टायो । एउटा उद्योगका रुपमा यसले गति लियो । यो पेशामा स्वतन्त्रता र सिर्जनशिलता देखाउन पाइने हुनाले पनि पत्रकारहरुको सँख्यात्मक बृद्धि भएको धारणा छ विविसिका शुसिल शर्माको । अबको प्रतिष्पर्धात्मक बजारमा कसरी टिक्न सकिएला त - विगत २४ बर्षदेखि पत्रकारिताको अनुभब सँगालेका शुसिल शर्मा भन्नुहुन्छ,"इमानदारिता,प्रशस्त अध्ययन र कडा मिहेनत नै सफलताका सुत्र हुन् ।" अबको नया पुस्तालाई थप सल्लाह दिदै शर्मा भन्नुहुन्छ,"राम्रा राम्रा किताब अँग्रेजिमै छन् । अँग्रेजी सर्ुधानुहोस् । जिज्ञाशु बन्नुहोस् । दुःख नगरी कहाँ सफलता मिल्छ र -" मैले त त्जभ च्ष्कष्लन ल्भउब मिा भिततभच तय भमष्तयच लेखेर पत्रकारिता सुरुवात गरेको हो । ११ वर्षदेखि बिबिसी नेपाली सेवा मा कार्यरत शुशिल शर्माले आफ्ना पुराना दिनहरु स्मरण गर्दै भन्नुभयो ।

Jan 14, 2009

पत्रकार सिंहको हत्या राजनीतिक, पारिवारिक कारणले: महासंघ
काठमाडौं, माघ १ - नेपाल पत्रकार महासंघले जनकपुरकी पत्रकार उमा सिंहको हत्या सुनियोजित रूपमा भएको र त्यसका पछाडि राजनीतिक र पारिवारिक कारणले रहेको बताएको छ ।
घटनापछि महासंघको मिसन टोलीद्वारा गरिएको अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा सो निष्कर्ष निकालिएको छ । महासंघले बुधबार केन्द्रीय कार्यालयमा सो प्रतिवेदन सार्वजनिक गरेको छ । महासंघका अध्यक्ष धर्मेन्द्र झाले विगतमा पत्रकार सिंहका बुबा तथा दाजुको माओवादीले अपहरण गरेको र अहिलेसम्म उनीहरुको अवस्था अज्ञात रहेकाले त्यही घटनासंग जोडेर सिंहको हत्याको छानबिन गरिनुपर्ने माग गरे ।
पत्रकारको सुरक्षाप्रति सरकार गम्भीर नभएको भन्दै महासंघले आन्दोलनका थप कार्यक्रम पनि सार्वजनिक गरको छ । जसअनुसार बुधबार साढे पाँच बजे हत्याराको खोजी र सुरक्षाको प्रत्याभूतिका लागि सभामुखलाई , माघ २ गते काठमाडौंमा प्रधानमन्त्रीलाई तथा जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै माघ ३ गते सम्पादकहरूसंग , ४ गते कानुन व्यवसायीहरूसंग अन्तर्क्रियाको कार्यक्रम महासंघले तय गरेको छ । माघ ५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम महासंघले बनाएको छ ।
हत्याको अनुसन्धान गरी हत्यारालई कार्बाहीको दायरामा नल्याएसम्म महासंघको आन्दोलन जारी रहने महासंघका अध्यक्ष झाले बताए ।

Jan 10, 2009

विकलसग बिताएका पल
नरेन्द्र रौले
(यो लेख माघ महिनाको साहित्यिक मासिक मधपर्कमा प्रकाशित छ ।)
मंसिर महिनाको मध्यान्ह छ । चिसो मौसम।आरुबारीको रौनक बेग्लै छ । बासका रुख हल्लिरहेका छन् । केहि पर हरियो जङ्गल । एउटा बुढो पिपलको रुख नजिकै रहेको घर । त्यसैको छतमा बसेर पारिलो घाममा बसेर जिउ तताइरहनु भएको थियो बरिष्ठ साहित्यकार रमेश विकल जो यतिखेर हामी माझ हामी हुनुहुन्न । पहिले जस्तो परालले छाएका,रंगीबिरंगी माटोले पोतिएका घरहरु अब छैनन् । जताततै घरैघर मात्रै । गाडी मोटरको आवाज आइरहन्छ एकोहोरो । तर यसले विकललाइ कुनै असर गरेको छैन । कान्तिपुर दैनिकका कोशेलिका सयोजक दीपक अधिकारीको अनुमतिले स्वर्गिय रमेश विकलको अर्न्तवार्ता लिन मसिरको पहिलो हप्ता आरुबारीस्थित उहाको निवासमा पुगेको थिए । जुन अर्न्तवार्ता प्रकाशित भएको हप्तादिन नबित्दै उहा सधैका लागी बिदा भएर जानुभयो । सम्भबत उहालाई भेेटेर मैले लिएको अर्न्तवार्ता नै अन्तिम होला । त्यसपछि केहि दिनमा उहा विरामी भएर अस्पताल भर्ना हुनुभयो।

उमेरले चार बिस काटेर बुढ्यौली लागेपनि साहित्य सिर्जनालाई निरन्तरता दिन छोड्नुभएको थिएन । हरेक विहान साढे ४ बजे उठेर नुवाइ,धुवाइ,योगा गरेपछि नियमित लेखन कार्य सुरु हुन्थ्यो विकलको । खासै विरामी जस्तो हुनुहुन्थेन । हसिलो फर्ूर्तिलो देखिनुहुन्थ्यो । म त्यहा पुग्ने बित्तिकै छतबाट तल उहाको आफ्नै कोठामा बस्याै जहा उनले बनाएका पोर्टर्ेेे एकोहोरो हामीतिर नियालिरहेका थिए । जसरी सम्झनाको एल्बमबाट अहिले विकलको तस्विरले मलाइ चियाइरहेको छ । चालिसे गाउ आरुबारीबाट सुरु भएको उनको बाल्यकाल देखि जीवनको अन्तिम क्षण सम्मको सिर्जना यात्राबारे चियाको चुस्कि लिदै हामी झण्डै दुइ घण्टा गफियौ । अझै कति गफिन मन थियो । सचेत भएर २० बर्षो उमेर देखि लेख्न थालेका विकलले बाल्यकाल सम्झदै भने,'गाउमा बुढापाकाहरुले रमाइला कथा सुनाउथे । हजुरआमाले पनि घरमा कथा सुनाउनुहुन्थ्यो । म आफ्ना साथीहरु बटुलेर तिनै कथाहरुमा नया कुरा मिसाएर फरक पारामा सुनाउथे,पछि तिनै कथाहरुलाई निगालाको कलमले रुखबाट बनाएको मसिमा चोबेर लेख्थे ।' हिजोका तिनै कथाहरुको प्रतिफल हो अहिलेको अजर अमर रमेश विकल,जो नेपालि साहित्यको आकाशबाट कहिल्यै नअस्ताउने नक्षत्र बन्यो । आख्यान जगतमा प्रसिद्धि कमाएका यि र्सजक सग । पत्तै भएन समय बितेको । समय बलवान् छ । त्यो क्षण उहालाई कतै हतार भएको थियो,फेरी भेट्ने बाचा गर्दै उहाले भन्नभएको थियो, "नरेन्द्र जी आज मलाइ अन्त जानु छ । अर्को दिन मौका पारेर आउनुहोस् न । दिन भरी बसेर गफ गरांैला नि ।" दिनभरी सगै बसौंला भनेर बिदा गर्नुभएका विकल सग एक पल पनि बस्न नपाइ सधैका लागी छोडेर टाढा हुनुभयो । बुधबार मध्यान्ह अचानक एफएममा उहा“को निधन भएको खबरले मलाइ स्तब्ध बनायो । म झसङ्ग भए । पत्याउन सकिन । उहाले दिनुभएको फेरी भेटौला भन्ने त्यो बाचा पुरा होला भन्ने लागेको थियो । एउटा इमान्दार लेखकले आफ्नो बाचा पुरा गर्न सक्नुभएन् । कालको अगाडि हानुभयो । निरन्तर उनको दुखद मृत्युको खबर आइरहदा नपत्याइ रहन सकिएन । त्यस बेला अर्न्तवार्ता लिएको सम्झना मिठो याद बनेर पलपलमा आइरह्यो । सगै बसेर खिचिएको फोटो घरीघरी हेरिरहें । लाग्यो, विकल मेरो सामुन्ने बोलिरहनुभएको छ । म उहासग मनका कुराहरु साटिरहेको छु । निरन्तर प्रश्नहरु तेरस्याइरहेको छु । तर अब मेरो सम्झनामा मात्रै सिमित रहनुभयो विकल । जो सग केवल कल्पनामा बाहेक कहिल्यै भेट्न सकिने छैन अब ।
विकलले सँहित्यलाई कहिल्यै पेसाका रुपमा लिनुभएन् । साहित्य पेशा बन्न सक्दैन भन्ने धारणा राख्नुहुन्थ्यो । देशको राजनितीक,आर्थिक समस्याले पिरोलिरहन्थ्यो । समाजका बिकृति,बिसगति हटाउन र समाजको जागरणका लागी आफुले लेख्ने गरेको बताउनुहुन्थ्यो । साहित्य पेशा बनाउन खोज्ने लाइ तपाइको सल्लाह के छ भनेर सोध्दा उहाले भन्नुभएको थियो ,"साहित्य पेशा हुदै होइन,यो त सेवा हो । साधना हो । कसैले पैसा कमाउने उद्देश्य राखेर लेख्न खोज्छ भने म उसलाइ सल्लाह दिन्छु,साहित्य साधना गर्न छोडेर उसले भ्रष्टाचार गरोस्,तस्करी गरोस् ।" स्वयं विकलका किताब प्रकाशन गर्ने केहि ठूला प्रकाशन गृह बाहेक अरुले पैसा नदिएको गुनासो स्वयं उहाले सुनाउनुहुन्थ्यो । विकलको लेखनमा सधै गरिब र निम्न बर्गका पात्रहरुले स्थान पाउथे । मधुमालति,लुखुर,सडक बढार्ने न्हुछेमाया चटरी पसल्नी,काइलि अजि,द्वारे बा,घमाने,खलाल,रामबिरे, मन्दिर अगाडि उभिएर फूल दिने प्रतिमा सबै उहाका कथाका प्रमुख पात्रहरु हुन् । राम्रो साहित्य सिर्जना गर्न विषयबस्तुको ज्ञान,छनोट,भाबना,प्रतिभा,साधना र सीपको आबश्यकता हुनर्पर्छ भन्ने उहाको ठम्याइ थियो । बिशेष गरी कथा लेखनमा प्रसिद्धि कमाएका विकलले उपन्यास,नाटक,नियात्रा र बाल साहित्यमा पनि कलम चलाउनुभएको छन् । उसो त रमेश विकलका उत्कृष्ट कथाहरुलाई,'अ लिफ इन बेगिङ् बोल ' का नाममा लेखिका मञ्जुश्री थापाले अग्रेजी अनुवाद गरेकि छिन् । भुपि शेरचन,गोबिन्द बहादुर मल्ल,महाकबि देबकोटा,दौलत बिक्रम बिष्ट,ध च गोतामे,म्याक्सिम गोर्कि,टाल्सटाय,दोस्तोबस्की उहाका मन पर्ने लेखक थिए । पछिल्लो पटक उनले मेरी शेलि -पिबी शेलीकि श्रीमति) को विज्ञान उपन्यास पmयाङ्कस्टेइन लाई नेपालिमा भष्मासुर नाम दिएर अनुबाद गर्दैहुनुहुन्थ्यो । आफ्नो आत्मकथाको दोस्रो भाग पनि अगाडि बढाउदै हुनहुन्थ्यो । उहा त निरन्तर आफ्नो जीवनमा लेख्न चाहिरहनुभएको थियो । तर अचानक लेखनको गति रोकियो । मृत्युले उहाको बाटो छेकेर आफुसगै लिएर गयो । उहाले लेखिरहदा मैले सोधें,'ससार छाड्नु अघि के गरेर जान पाए हुन्थ्यो जस्तो लाग्छ -' उनले भने,"साहित्य सिर्जना गर्दा गर्दै जान पाए हुन्थ्यो जस्तो लाग्छ । साथै मलाई समाज र देशको अति माया लाग्छ । यसैको उन्नति, प्रगति हुने कार्य गर्न पाए भन्ने लाग्छ ।"
बाल्यकालमा सम्झनाहरु एकपछि अर्को गर्दै उनको स्मृतिमा नाचिरहेका थिए । बिर्सनै नसकेको क्षण सम्भिmन पनि भुलेनन् । एक दिन घर नजिकैको कुलोमा माछा मार्न गएछन् । खेतका हिले माछा मारेर घरमा ल्याई पोल्दा माछाहरु निकै छट्पटाउदा ज्यादै ग्लानि भएछ । सम्झदै भने,'म मा निकै पश्चाताप भयो,ठूलो पाप गरेछु भन्ने लाग्यो । आफ्नो टाउको भित्तामा ठोक्दै निकै बेर रोइरहें ।' रंगीचंगी माटोले पोतिएका औंलामा गन्न सकिने काचो इटाका घरहरु,परालले छाएका छानाहरु अब आरुबारीमा छैनन् । जताततै घरैघर छन्,ढोका अगाडि गाडी मोटर गुडिरहेका छन् । तर अझै गाउले परिबेश भेटिन्छ आरुबारीमा । फर्केर आउदा जिज्ञासा राखेको थिए । 'अर्को जुनिमा के बन्ने रहर छ -' विकलले भने,'अर्को जुनिको कुनै निश्चित छैन । यो त आत्माको रुपान्तर मात्र हो । भोलि म रमेश विकल नै भएर कहा जन्मन्छु र - अर्को जुनिमा के बन्ने त्यो निश्चित नभएपनि विकलले ससार छोडेर जाने निश्चित भयो । साच्चै विकल अर्को जुनिमा के बन्लान् त्यो चाहि कसैलाई थाह छैन । मलाई भने पलपलमा उनी सग भएको अधुरो भेटको सम्झना आईरहन्छ । उहालाई भेट्ने मेरो चाहना कहिले पुरा होला - कहिले काहि फेरी भेट हुन्छ कि जस्तो लाग्छ । नेपालि पत्रकारले मैले लिएको यहि अर्न्तवार्ता नै अन्तिम बन्न पुग्यो । अब बिदा रमेश विकल । जहा रहेपनि आत्माले सुख शान्ति पाओस् ।

Jan 7, 2009

दृष्टिविहीनका दृष्टि

नरेन्द्र रौले
गोठाटार-४, काठमाडौका रमेश दाहाल, ३९, का लागि भौतिक संसार अँध्यारो भए पनि उनको वैज्ञानिक क्षमता आश्चर्यजनक छ । उनले बनाएका ट्राफिक लाइट, ड्रइङ् बोर्ड, भ्याकुम पम्प, ल्याडर र्‍याम्प, मनी स्कील, एयर पोलुसन कन्ट्रोल फ्यान, भूकम्पसूचक यन्त्रजस्ता थुप्रै उपकरण हेर्दा जो कोही पनि चकित हुन्छन् । भक्तपुरको आदर्श माविबाट एसएलसी गरेका रमेशको आँखाका कारण त्रिचन्द्र क्याम्पसमा आईएसी पढ्ने सपना पूरा हुन पाएन । १२ वर्षअघि रेटि्रनाइटिस प्रेमेन्टोस नामक रोगबाट सधैँका लागि उनको दृष्टि क्षमता गुम्यो । तर, जीवनदेखि कहिल्यै हरेस नखाई निरन्तर आविष्कारमा लागिरहे उनी । उनका आविष्कार मूलतः दृष्टिविहीनहरूकै लागि छन् । उनले पहिलोपटक २१ हजार रुपियाँ लगानीमा ट्राफिक लाइट आविष्कार गरे । व्यस्त सडकको ट्राफिक बत्तीको ठाउँमा राखिने यो मेसिनले दुईखाले आवाज दिन्छ । कुन आवाज आउँदा बाटो काट्ने वा नकाट्ने ठम्याउन यो मेसिन उपयोगी छ । दृष्टिविहीन र वृद्धवृद्धाहरूका लागि यो यन्त्र विशेष उपयोगी हुने उनी बताउँछन् । उनको अर्को आविष्कार मनी स्कीलले कति रुपियाँको नोट हो भनेर ठम्याउन मद्दत गर्छ । नोटको आकार अनुसार यन्त्रमा प्वाल पारेर छाम्दा त्यसको दर थाहा हुने रमेश बताउँछन् । त्यस्तै उनले बनाएको भ्याकुम पम्पले बिजुली वा तेलबिना नै पानी तान्छ । भन्छन्, "टाढा खोलामा बगेको पानीलाई घरमै तान्न यो मेसिन बनाएको हुँ ।" यसैगरी, दृष्टिविहीनहरूलाई बाटोमा हिँड्दा आफू कहाँ छु भनेर पत्ता लगाउन उनले ड्रइङ् बोर्ड बनाएका छन् । यो प्वाल पारिएको एक प्रकारको नक्सा हो, जसलाई छामेर ठाउँ पत्ता लगाउन सकिन्छ । यस्ता आविष्कारको लामो सूची छ उनीसँग । कसरी गर्छन् त उनी आविष्कार ? "जहाँ आवश्यकता, त्यहाँ आविष्कारक । एकान्तमा बसेर मैले त्यस्तै गररिहेको छु," उनी भन्छन् । आविष्कारको ध्याउन्नमा लागेका रमेशलाई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान -नास्ट)ले ०६१ सालमा ३० हजार रुपियाँको नकर्मी धातु प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ ।
मोडलको जिन्दगी

(अझै छैन जीवन धान्न सक्ने अवस्था)
नरेन्द्र रौले
दिनदिनै मोडलिङ्मा आउन चाहने किशोरीहरूको सङ्ख्या बढिरहेको छ । तिनै मोडलहरूका हिस्सी र आकर्षण कैद गर्न एक दर्जनभन्दा बढी फोटो एजेन्सीहरू खोलिएका छन् । कसरी चल्दैछ त मोडलहरूको जीवन ? रहरैरहरले एसएलसीपछि यसको आकर्षणमा तानिएर आइपुगेकी काभ्रे, पाँचखालकी सुनीता सापकोटा, २५, ले सात वर्ष बिताइन् मोडलिङमा । ए वन चाउचाउ, वाटरगार्ड, नेपाल लाइफ इन्सोरेन्स कम्पनी, सेवा डिटरजेन्ट पाउडर आदि विज्ञापनमा आफ्नो सीप देखाइसकेकी छन्, उनले । तर पनि उनी यही पेसाबाट बाँच्न नसकेको बताउँछिन् । सामान्यतया एउटा विज्ञापनमा खेलेबापत १० देखि १५ हजार रुपियाँ कमाउने उनको दाबी छ । भविष्यमा पनि यही पेसामा लाग्ने सोच बनाएकी सुनीताले पद्मकन्या क्याम्पसबाट समाजशास्त्रमा बीए पास गरसिकेकी छन् । तर, अहिलेसम्मको उनको अनुभवले यस पेसामा टिकाइराख्न हम्मे पर्ने आशङ्का छ । "आर्थिक रूपमा टिक्न धेरै गाह्रो छ," उनी भन्छिन्, "तर पनि रहर गररिहेकी छु ।"
वाग्मती कलेजमा प्लस टूको पढाइ सकेर मोडलिङ्मा लागेकी बूढानीलकण्ठकी शर्मिला श्रेष्ठ, २०, ले तीन वर्ष बिताइन् मोडलिङमा । यसबीचमा सानमिगल बियर, ज्वेलरी, लुगा कपडालगायत थुप्रै विज्ञापन र म्युजिक भिडियोमा काम गरनि् । सानैदेखि राम्रो नृत्य गर्थिन् र स्कुल र कलेजका कार्यक्रममा सधैँ पुरस्कार हात पार्थिन् उनी । सबैले उनको तारिफ गर्थे । "त्यही बेलादेखि म मोडलिङ् गर्न चाहन्थेँ," शर्मिलाले भनिन् । अहिले त उनलाई जागिरका लागि एयर होस्टेस, चलचित्र अभिनय र रिसेप्सन बन्न दिनहुँ प्रस्ताव आउने गरेको उनले बताइन् । मोडलिङ्बाहेक खासै अन्य काममा रुचि नभएकी शर्मिला विष्णुमती कलेजकी कोरियोग्राफर हुन् ।
साथै द एरो मोडलिङ् एजेन्सी कुपन्डोलमा हुन लागेको लिटल क्वीन एन्ड मास्टर किङ् प्रतियोगिताका लागि प्रतियोगीलाई प्रशिक्षण पनि दिइरहेकी छन् । के उनी मोडलिङ् गरेरै बाँचेकी छन् त ? "अहिलेसम्म घरपरिवारबाट पैसा माग्नुपरेको छैन," भन्छिन्, "भटाभट नयाँ अवसर पाइरहेकी छु । पब्लिक रिलेसन पनि राम्रो बन्यो।" हँसिलो मुद्रा, आँखामा गाजल लगाएकी शर्मिलाले मुस्कुराउँदै भनिन् । एउटा विज्ञापनमा खेलेबापत १५ हजार रुपियाँभन्दा माथि कमाउने उनी प्रति म्युजिक भिडियो पाँच हजारदेखि २० हजार रुपियाँसम्म लिन्छिन् । तर, महिनैपिच्छे विज्ञापन र म्युजिक भिडियोमा खेल्ने काम भने पाइँदैन । शर्मिलाकै भनाइमा सहमत छन् मोडलिङ्मा तीन वर्ष बिताइसकेकी स्याङ्जा, वालिङकी निशा गुरुङ र नारायणगढ चितवनकी रुचिराज कर्णिकार ।
मोडलिङ गर्नेहरूमा नयाँ अनुहार मात्र नभई चलचित्रमा खेलेर नाम कमाइसकेका चर्चित अनुहारहरू, गायिकाहरू र मिस नेपाल भइसकेकाहरूसम्म छन् । नायिका मेलिना मानन्धरले मोडलिङ् गर्न थालेको धेरै भइसकेको छ । करबि ४५ वटा चलचित्रमा अभिनय गरसिकेकी नायिका मेलिना आफूलाई मोडलभन्दा पनि चलचित्र अभिनेत्रीकै परचियले चिनाउन चाहन्छिन् । यसबाट राम्रो आम्दानी भए पनि यसलाई एउटा अवसर थप कमाइको स्रोतका रूपमा मात्र लिन्छिन् उनी ।
सन् २००० की मिस नेपाल उषा खड्गीले एक दर्जनभन्दा धेरै विज्ञापनमा अभिनय गरिन् तर मोडलिङ्ले मात्र उनको जीवनलाई धान्न सकेन । त्यसैले उनी डकुमेन्ट्री, टेलिभिजन कार्यक्रम, विज्ञापन उत्पादन गर्ने कम्पनी खोलेर बसेकी छन्, जसको नाम हो प्रोमोटर नेपाल । उषा मोडलिङ्लाई 'पार्ट टाइम जब'का रूपमा लिन्छिन् ।
उनी महँगी मध्येकी मोडल हुन् । उनी एउटा विज्ञापनमा खेलेबापत एक लाख रुपियाँसम्म पारिश्रमिक लिने गरेको बताउँछिन् । तर, पहिलो मिस नेपाल रुबि राणा एउटै विज्ञापनमा खेलेबापत अढाई-तीन लाख रूपियाँ लिने गरेको बताउँछिन् । सम्भवतः उनी नै सबैभन्दा धेरै पारिश्रमिक लिने मोडल हुन् । कोरियोग्राफी, टीभी सिरियल, म्युजिक भिडियो आदिमा छाइरहने उनी १२ वर्षदेखि आफ्नै ब्युटीपार्लरबाट नियमित जीविकोपार्जन गर्छिन् । तर, उनी अरू मोडलजस्तो यस क्षेत्रबाट निराश छैनन् र पहिलेजस्तो बाँच्न नसकिने स्थिति नरहेको उनको स्वीकारोक्ति छ । भन्छिन्, "मोडेलहरूको माग जसरी बढिराखेको छ, त्यस दृष्टिले बाँच्न अप्ठ्यारो छैन होला जस्तो लाग्छ ।" एउटै विज्ञापनबापत लाखौँ लिने मोडलहरू किन बाँच्न सकिँदैन भन्छन् त ? "किनभने, उनीहरूको खर्च पनि त्यस्तै हुन्छ," रुवि भन्छिन् ।
चार वर्ष भयो धीरज तण्डुकारले मोडलिङ् गर्न इच्छुकहरूलाई लक्षित गरेर ग्यालेक्सी मोडल एजेन्सी खोलेको । एकमहिने कोर्षमा यहाँ सैद्धान्तिक र व्यावहारकि दुवै ज्ञान सिकाइन्छ । मोडलिङ् एजेन्सीहरूको कमाइचाहिँ कस्तो हुन्छ त ? "खट्न सक्यो भने राम्रै हुन्छ," उनी यति नै हुन्छ भनेर किटान गर्न सक्तैनन् ।
आममानिसहरूले मोडलिङ्बारे नबुझेको बताउँछिन्, शर्मिला श्रेष्ठ । कतिपयले मोडलिङ् भन्नेबित्तिकै टीभीमा अनुहार देखाउनैपर्छ भन्ने बुझ्छन् । शर्मिलाको बुझाइमा त्यो होइन । भन्छिन्, "यो विभिन्न कम्पनीहरूका उत्पादन बिक्री गराउने 'मिडियटर' हो । उनीहरूका कार्यक्रममा गएर पनि कमाउन सकिन्छ ।" गुरुङ संस्कृति झल्काउने थुप्रै गीतहरूका अतिरिक्त आधुनिक गीतहरूमा पनि मोडलिङ् गरेकी छन् निशाले ।
थुप्रै ठाउँबाट कामका लागि 'अफर' आइरहेको उनी बताउँछिन् । चार वर्षअघि काठमाडौँ छिरेकी निशा आफ्नै कमाइबाट जीवन धानिरहेकी छन् ।
यस वर्षको 'बेस्ट फोटोग्राफर' बनेर कृति अवार्ड हात पार्न सफल राजभाइ सुवालले २४ वर्ष भयो फोटोग्राफी गरेको । उनी महिनामा एक दर्जनभन्दा बढी मोडलहरूको फोटो खिच्छन् । लामो समयदेखि यस क्षेत्रको अनुभव बटुल्दै आएका सुवाल पनि हामीकहाँ मोडलिङ् गरेर बाँच्न सक्ने स्थिति अझै नभएको बताउँछन् । भन्छन्, "राम्रो पहिचान बनाउँछु भन्नेका लागि बाटो छ । भविष्यमा केही राम्रो होला तर अहिले नै चाहिँ आधार बनिसकेको छैन ।"
मोडलिङ्बाट अरू पेसामा जस्तो जीविका चल्न नसकेरै होला धेरै पूर्वमिस नेपालहरू यस क्षेत्रबाट पलायन भएका छन् । सन् १९९६ की मिस नेपाल सुमी खड्का एयर होस्टेस हुन् । सन् १९९८ की मिस नेपाल नीरु श्रेष्ठ र सन् २००३ कि मिस नेपाल प्रीति सिटौला अमेरका गइसके । उनीभन्दा एक वर्षअगाडिकी मिस नेपाल नीलिमा गुरुङ व्यापारमा लागेकी छन् । माल्विका सुब्बा एक भारतीय टेलिभिजनमा कार्यक्रम चलाउँछिन् । साथै, डकुमेन्ट्री बनाउने काममा पनि उनी संलग्न छिन् । यस्तै अर्की मिस नेपाल शीताष्मा चन्दले इमिरेट्स एयरलाइन्समा एयर होस्टेसको काम पाएकी छन् । त्यस्तै पायल शाक्य अस्टे्रलियामा अध्ययनरत छन् । के मोडलिङ्बाट जीवन धान्न नसेकेरै उनीहरू पलायन भए होलान् त ? उषा भन्छिन्, "मोडलिङ्मा खासै कमाइ कहाँ हुन्छ र ?"