पत्रकार सिंहको हत्या राजनीतिक, पारिवारिक कारणले: महासंघ
काठमाडौं, माघ १ - नेपाल पत्रकार महासंघले जनकपुरकी पत्रकार उमा सिंहको हत्या सुनियोजित रूपमा भएको र त्यस
का पछाडि राजनीतिक र पारिवारिक कारणले रहेको बताएको छ ।
घटनापछि महासंघको मिसन टोलीद्वारा गरिएको अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा सो निष्कर्ष निकालिएको छ । महासंघले बुधबार केन्द्रीय कार्यालयमा सो प्रतिवेदन सार्वजनिक गरेको छ । महासंघका अध्यक्ष धर्मेन्द्र झाले विगतमा पत्रकार सिंहका बुबा तथा दाजुको माओवादीले अपहरण गरेको र अहिलेसम्म उनीहरुको अवस्था अज्ञात रहेकाले त्यही घटनासंग जोडेर सिंहको हत्याको छानबिन गरिनुपर्ने माग गरे ।
पत्रकारको सुरक्षाप्रति सरकार गम्भीर नभएको भन्दै महासंघले आन्दोलनका थप कार्यक्रम पनि सार्वजनिक गरको छ । जसअनुसार बुधबार साढे पाँच बजे हत्याराको खोजी र सुरक्षाको प्रत्याभूतिका लागि सभामुखलाई , माघ २ गते
काठमाडौंमा प्रधानमन्त्रीलाई तथा जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै माघ ३ गते सम्पादकहरूसंग , ४ गते कानुन व्यवसायीहरूसंग अन्तर्क्रियाको कार्यक्रम महासंघले तय गरेको छ । माघ ५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम महासंघले बनाएको छ ।
हत्याको अनुसन्धान गरी हत्यारालई कार्बाहीको दायरामा नल्याएसम्म महासंघको आन्दोलन जारी रहने महासंघका अध्यक्ष झाले बताए ।
काठमाडौं, माघ १ - नेपाल पत्रकार महासंघले जनकपुरकी पत्रकार उमा सिंहको हत्या सुनियोजित रूपमा भएको र त्यस

घटनापछि महासंघको मिसन टोलीद्वारा गरिएको अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा सो निष्कर्ष निकालिएको छ । महासंघले बुधबार केन्द्रीय कार्यालयमा सो प्रतिवेदन सार्वजनिक गरेको छ । महासंघका अध्यक्ष धर्मेन्द्र झाले विगतमा पत्रकार सिंहका बुबा तथा दाजुको माओवादीले अपहरण गरेको र अहिलेसम्म उनीहरुको अवस्था अज्ञात रहेकाले त्यही घटनासंग जोडेर सिंहको हत्याको छानबिन गरिनुपर्ने माग गरे ।
पत्रकारको सुरक्षाप्रति सरकार गम्भीर नभएको भन्दै महासंघले आन्दोलनका थप कार्यक्रम पनि सार्वजनिक गरको छ । जसअनुसार बुधबार साढे पाँच बजे हत्याराको खोजी र सुरक्षाको प्रत्याभूतिका लागि सभामुखलाई , माघ २ गते

त्यस्तै माघ ३ गते सम्पादकहरूसंग , ४ गते कानुन व्यवसायीहरूसंग अन्तर्क्रियाको कार्यक्रम महासंघले तय गरेको छ । माघ ५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने कार्यक्रम महासंघले बनाएको छ ।
हत्याको अनुसन्धान गरी हत्यारालई कार्बाहीको दायरामा नल्याएसम्म महासंघको आन्दोलन जारी रहने महासंघका अध्यक्ष झाले बताए ।
No comments:
Post a Comment