Nov 19, 2010

एक महिना लामो बाजुरा बसाइ पछि काठमाडौ फर्किएको छु । जुत्ताले मेरो खुट्टामा घाउ बनाएको छ । चप्पल लगाउदा झनै हिंड्न नहुने भएको छ । तै पनि खुट्टा खोच्याएर हिड्न बाध्य छु ।

Sep 4, 2010

फोटोग्राफीको नशा

नरेन्द्र रौले

त्यसदिन गिरिजाप्रसाद कोइरालाको जन्मदिन थियो । प्रधानमन्त्रि कार्यालय बालुवाटारमा उनी जन्मदिनको खुसियाली बा“ड्नमा ब्यस्त देखिन्थे। त्यो हुलमा सयौ“ मान्छेहरु ओ
होरदोहोर गरिरहन्थे । गिरिजाप्रसादको फोटो खिच्ने मनसाय बोकेकि एक जना सानी फोटोग्राफरले पनि प्रबेश पाइन् । “म तिमीलाइ पा“च मिनेट भन्दा धेरै समय दिन सक्दिन ।” गिरिजाप्रसादले भने । उनी क्यामेरा क्लीक क्लीक गर्दै गइन्
। “छोरी, कति
वटा फोटो खिच्यौ ?”
पा“च मिनेट पछि गिरीजा
प्रसाद कोइरालाले सोधे । “८६ वटा ।” उनले जवाफ दिइन् । यो सुनेर उनी निकै खुसि भए । सानी फोटोग्राफरलाइ
बधाइ
दिए । संयोग कस्तो प¥यो भने यो गिरिजाप्रसाद
को यो ८६ औ“ जन्मदिन थियो । र त्यसअघि लाइट प्रयोग गरेर कहिल्यै फोटो खिचाएका थिएनन् । यो मौका उनले नै छोपिन् ।

तत्कालिन प्रधानमन्त्रि सुर्यबहादुर थापा विवाह पार्टीमा सहभागी हुन एक पल्ट सातदोबाटो पुगेका थिए । दिउसो देखि नै थापाको फोटो खिच्न कुरेर बसेकि थिइन् उनी । सा“झको सम
यमा जब थापा पार्टीमा पुगे । तब कार्यक्रम अबधिभर एकोहोरो उनको फोटो खिचिन् । सानी फोटोग्राफरले देखेर अचम्म मान्दै उनले बोलाए । र भने, “यति सानो उमेरमा फोटो खिच्न गा¥हो लाग्दैन ?” “लाग्दैन ।” फिसिक्क हा“स्दै जवाफ दिइन् । त्यसबेला
उनको उमेर जम्मा ७ बर्ष थियो ।

तिं सानी फोटोग्राफर थिइन्, सातदोबाटो, ललितपुरकि शुबेक्षा श्रेष्ठ, १५ । उनको साथमा क्यामेरा कहिल्यै पनि छुट्दैन । स्कुल जा“दा होस् या किनमेल गर्न जा“दा, विवाह पार्टीमा होस् या ¥याली र महत्वपूर्ण घटनाहरुमा जहिले पनि निक्कनको क्यामेरा भिरेर दौडिएकै हुन्छिन् । फोटोग्राफिमा यति समर्पित छिन् कि उनी भोक, तिर्खा, प्यास र निद्रा पनि बिर्सिदिन्छिन् । यो पेशा आर्थि
क उन्नतिका लागि गरेकि होइनन्, शुबेक्षाले । यो त उनको नशा हो । प्यास हो । जो स“ग कहिल्यै नाता टुटाउन
सक्दिनन् । उनको एउटै लक्ष्य छ, फोटोग्राफि मार्फत् देश समाजसेवा गर्ने । देशलाइ चिनाउने ।

चार बर्षको उमेरमै शुबेक्षाले क्यामेराको संगत गरिन् । उनको कोठाभरी क्यामेरा फि“जारिएका हुन्थे । फोटोग्राफर बुबा राजेन्द्र श्रेष्ठ काममा मग्न हुन्थे । उनी भने क्यामेरास“ग खेलिरहन्थिन् । फोटो खिच्न खोज्थिन् तर सक्दिनथिन् बाल्यकालमा क्यामेरा
नै उनको नजिकको साथी बन्यो । क्यामेरा स“गै खेलिन्, हुर्किन्, । पा“च बर्षको छ“दा कसैलाइ पत्तै नदिइकन कहिले घर, कहिले गमला, कहिले गाडीको फोटो खिच्न थालिन् । बुबा अचम्मित बन्थे । किनकि कसैको सल्लाह र ज्ञानबिना नै उनले यो काम
गर्न थालेकि थिइन् । सात बर्षको उमेरमा त क्यामेरा भिरेर विवाह पार्टी, सभा र समारोहमा दौडिन थालिसकेकि थिइन् ।

शुबेक्षाले कैद गरेका तस्विरहरुमा फरक दृष्टिकोण र सन्देश भेटिन्छ । तस्विरहरु हेर्दा उनको उमेर र सोचले नभ्याउने खालका जस्ता लाग्छन् । उच्च गतिमा गाडी हा“क्दा पुलिसहरुले मोवाइलमा कुरा गरेको, टा«फिक नियम उल्लंघन गर्ने टा«फिक पुलिसहरु, गाडी दुर्घटना हु“दा घाइते यात्रुको उद्धार गर्नुपर्नेमा सरसामान लुटेको, सांस्कृतिक सम्पादाहरु ना“सिदै गएको जस्ता फोटोहरु खिचेकि छिन् । यतिमात्र होइन, कलिलो उमेरमै राष्ट्रपति रामबरण यादब, सभामुख सुबास नेम्बाङ, पुर्बप्रधानमन्त्रि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउबा, सुर्यबहादुर थापा, माधबकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, पुर्बराजा ज्ञानेन्द्र शाह देखि योगगुरु रामदेबका तस्विरहरु पनि शुबेक्षाको क्यामेरामा कैद भइसके ।

शुबेक्षाले मुलुकका लुम्बिनी, विरगञ्ज, पोखरा देखि लगायत बिभिन्न भागहरु देखि भारत सम्म पुगेर अहिले सम्म तीन हजार भन्दा धेरै फोटोहरु खिचिन् । जसमा पा“चै जना प्रधानमन्त्रिका बिभिन्न हावभाव, राष्ट्रपतिको सपथ ग्रहण र स्कर्टिङ, पुर्बराजा ज्ञानेन्द्रको दरबारबाट बर्हिगमन, राजधानीमा पानीको हाहाकार, दिक्क लाग्दो टा«फिक जाम, लोप हु“दै गएका सांस्कृतिक सम्पदा, भारतको ताजमहल लगायत थुप्रै तस्विरहरु छन् । आगामि मंगलबार सा“गामा तीन हजार मध्ये छानिएका एक सय ६० वटा तस्विरहरु प्रर्दशन हुन लागेको कार्यक्रममा पुर्बराजा र पुर्बप्रधानमन्त्रिहरुले पनि सामेल हुने आश्वासन दिइसकेका छन् । उठेको रकमबाट पशुपति बृद्धाश्रममा आश्रय लिइरहेका बृद्धबद्धाहरुलाइ सा“गा लिएर घुमाउने, खुवाउने र आर्थिक सहयोग गर्ने उनले बताइन् ।

जावलाखेलको सेन्टमेरिज स्कुलमा कक्षा दसमा अध्ययनरत यिं छात्रा अरु भन्दा फरक यसकारण पनि लाग्छिन् कि उनको यो फोटो प्रर्दशनि राजधानीमा मात्र सिमित हुने छैन । आउदै गरेको दसै“मा यिं फोटोहरु बोकेर कालिकोट, जुम्ला र हुम्ला जस्ता विकट जिल्लाहरु जाने तयारी गर्दैछिन् । फ्रेममा सजाएर कोठाभरी अलग्गै राखिएका छन् उनका तस्विरहरु । जसमा काठमाडौ“मा हुने पानी
को हाहाकार, टा«फिक जाम, सवारी दुर्घटना, ¥याली, बिरोधसभा, आन्दोलन र राजनितीक दलका नेताका तस्विरहरु छन् । “राजधानी नदेखेका विकट बस्तिका गाउलेहरुलाइ राजधानी चिनाउन चाहन्छु । ” उनले भनिन् । काठमाडौ“मा सुख र खुसि मात्र छैन अभाब र समस्या पनि छ भन्ने सन्देश दिन खोजेको उनले बताइन् । “फर्कदा त्यहा“को पीडा र समस्याहरु तस्विरमा उर्तानेछु ।” उनले थपिन् । उनको यो लक्ष्यमा बुबाले पनि सहयोग गर्ने बताए । “असल काम गर्ने मेरो मात्र होइन, राष्ट्रकै छोरी हो ।” राजेन्द्र भन्छन् ।

‘सानी फोटोग्राफर’ का रुपमा उनले आफ्नो अलग्गै पहिचान बनाइसकेकि छिन् । केहि महिना अघि मनिषा कोइरालाको विहेमा सेलिब्रिटीहरुको फोटो खिच्न पुगेकि शुबेक्षा त्यहि बेला देखि आफु पनि सेलिब्रिटीमा गनिन पुगिन् । पत्रपत्रिकाहरुमा उनलाइ राम्रो कभरेज दिएपछि उनलाइ धेरैले चिन्न थालेका छन् । स्कुल बिदा हुने बित्तिकै राजधानी आसपासका लुभु , नगरकोट, खोकना, किर्तिपुर, टोखातिर फोटो खिच्नकै बरालिन्छिन् । गाउलेहरुको जीवन शैली नजिकबाट नियाल्छिन् । यसमा छुट्टै स्वाद भेट्छिन् उनले । अहिले सम्म तीन हजार फोटो खिचिसकेकि शुबेक्षालाइ कस्तो फोटो खिच्न मन लागेको होला ? “सगरमाथाको ।” फ्याट्ट भनिन् । र उनलाइ नया प्रयोग गर्न पनि मन लागेको रहेछ, रानीपोखरी देखि सगरमाथा सम्म पुग्दा बाटाका सबै दृश्यहरु क्यामेरामा कैद गर्ने ।

सेन्टमेरिज स्कुलको क्लबको फोटो उनी आफैले खिच्छिन् । फोटोग्राफिको दुनिया“मा मस्त शुबेक्षा यसैलाइ पेशाका रुपमा अपनाउने पक्षमा भने छैनन् । “कम्प्युटर इन्जिनियर बन्ने धोको छ । ” एक बिहानीमा उनले भनिन् । गृहिणी आमा शोभा र फोटोग्राफर बुबा राजेन्द्रले उनको चाहनामा कुनै दबाब नदिनेमा एकमत छन् ।



Aug 27, 2010

मलिमको मुस्कान

नरेन्द्र रौले / इलाम
यो लेखलाइ सम्पादन गरेर आजको कान्तिपुर दैनिकको कोसेलीमा प्रकासित गरिएको हो । इपेपरमा पढ्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोस्

त्यो
दिन हुस्सु र कुहिरोले डम्म ढाकिएको थियो, इलामको फिक्कल बजार । नजिकैको बस्तु पनि ठम्याउन नसकिने सिमसिमे पानीले भिजाइरहेको छ । झापाको बिर्तामोडबाट फिक्कल बजार पाइलो टेक्दा जाडो महशुष भइरहेको छ । म ओत लाग्न नजिकैको एउटा साइबर क्याफे छिरेको छु ।

एक हुल विदेसी युवाहरु ठ्याक्कै त्यहि साइबर छिरे । जुनबेला म नया समाचार के बनाउने भन्ने बारे सोच्दै थिएँ । उनीहरुको गाइडबाट थाह पाइयो, बेलायतका यिं युवाहरु पुस्तकालय बनाउने सपना बोकेर इलाम पुगेका हुन् । केहि घण्टाको पर्खाइ पछि समाचारको सिकार खेल्न म उनीहरुका पाइला पछ्याउदै हिँडे ।

बिहान दस बजेको समय । गणेश्वरी मावि, मलिमको एउटा कुनामा इलिङ, बेलायतकि युवति हाना पोलाक २०, गिटी कुटिरहेकि छिन् । पानी परोस् कि घाम लागोस् । त्यसको कुनै पर्वाह छैन उनलाइ । हातमा हथौडा समाएर निरन्तर हानाले यसरी नै गिटी कुटिरहन्छिन् । गिटी कुट्नु उनका लागि दिनचर्या नै बनिसकेको छ । तर बाध्यता होइन रहरले यो काम गरिहेकि छिन् उनी ।

रातो टिसर्ट लगाएकि हेट् जोन्स्टन, २० र ठूलो अक्षरमा छातीमा फाइभ्स अंकित नीलो टिसर्ट लगाएका साम रोज, २१ बालुवा छानिरहेका छन् । दुबैलाइ सघाइरहेकि छिन्, एक बुढी आमा कर्णमाया तामाङले । एकापट्टि हेट र अर्कोपट्टि रोजले बालुवा चाल्ने जाली हल्लाइरहेका छन् । यसरी निकालिएको शुद्ध वालुवा थैलीमा राखेर एलेनर टेम्पल, १९ ले बोकिरहेकि छिन् । विद्यालय नजिकै नया भवन निमार्ण हुँदैछ । जहाँ आधा दर्जन बेलायति युवाहरुले आफ्नै परिश्रमबाट पुस्तकालय भवन बनाउँदैछन् ।

इलामको सदरमुकाम इलामबजारबाट ४५ किमि टाढा छ , मलिम । पञ्चकन्या गाविसको एउटा गाउ । बिस्तारै मुहार फेर्दैछ । आधा दर्जन बेलायति युवाहरु आफ्नो सपना बोकेर सुदूरपुर्बी इलाम जिल्ला आइपुगेका छन् । झण्डै पाँच सय जनसंख्या रहेको मलिमको मुहार फेर्ने प्रयासमा छन् उनीहरु । उमेरले भर्खर भर्खरका -१९ देखि २२ बर्ष) यिं तन्नेरीहरुले धेरै सपनाका फूलहरु फुलाउन खोजेका छन् यहाँ । ठ्याक्कै असार २२ गते मलिम पुगेका हुन् उनीहरु । नया उद्देश्य बोकेर । घरघरमा ट्वाइलेट बनाउने, बिजुली बत्ति बाल्ने, पानीका धारा बनाउने र गाउको स्कुलमा पुस्तकालय बनाउने योजना छ । त्यहि योजनालाइ पुरा गर्न दिनरात आफ्नो कर्ममा तनमन दिएर लागेको छन् उनीहरु ।

मलिमको गणेश्वरी माविमा पुस्तकालय बनाउनका लागी भवन निमार्णमा आफै संलग्न छन् । इँटा बोक्ने काम देखि लिएर चिन्ने, गारो लगाउने, बालुवा छान्ने बोक्ने सबै काम उनीहरु आफैले गर्दै आएका छन् । स्वास्थ्य प्रति सजग बनाउन घरघरमा ट्वाइलेट पनि बनाइसके । हातभरी ठेला उठिसक्यो तैपनि आत्तिएका छैनन् । "मलाइ रमाइलो लागिरहेको छ ।" हुस्ुसुले छोपिएको त्यो बिहानीमा हानाले भनिन् । "उता यस्तो काम गरेका थिएनौं । नया अनुभुति भइरहेको छ ।" एलेनरले थपिन् । गाह्रो जस्तो लागेपनि काममा रमाइलो अनुभुति भइरहेको छ ।

पुस्तकालय बनाउनु सँगै स्कुलमा पढाउनुको अनुभब पनि बटुलिइरहेका छन् यिं किशोर किशोरीहरुले । अंग्रेजी, भुगोल, जलवायु परिबर्तन, स्वाथ्य र सरसफाइ जस्ता विषयहरु पढाइरहेका छन् । "भाषाले गर्दा पढाउन अलि कठिन भइरहेको छ ।" हेट्ले प्रष्ट्याइन् । हरेक हप्ता स्कुलमा हाजिरीजवाफ, भलिबल, प्रतियोगिता पनि सञ्चालन गर्छन् । र विद्यार्थीहरु लाइ पुरस्कृत गर्छन् । विद्यालयमा उनीहरुको गतिबिधी देखेर प्रधानाध्यापक पनि निकै खुसि छन् । "हाम्रा लागि यो निकै गौरबको विषय हो ।" जीतबहादुर राइले भने । दुइ हप्तामै पुस्तकालय भवन बनिसक्नेछ । विदेसी युवा युवतिहरुकै प्रयासमा आबश्यक किताबहरु यहाँ भित्रिदैछन् । जसबाट ६०० विद्यार्थीहरु लाभान्वित बन्नेछन् ।
बि्रस्टल विश्वविद्यालय, लण्डनका यिं तन्नेरीहरुले यो काम पुरा गर्न प्रतिब्यक्ति सात सय पाउण्ड खर्चिएका छन् । जुन आफ्नै कमाइले आर्जिएको पैसा हो । कसैले सपिङ सेन्टरमा काम गरेर त कसैले च्यारिटी सो गरेर जम्मा गरिएको दुइ लाख पचपन्न हजार रुपियाँ नेपालको यो भुमिमा खर्चिदैछन् उनीहरुले । नेपाल आउन पुलको काम पार्टनरसिप फर सस्टेनेबल डेभ्लप्मेन्ट, नेपाल -पिएस्डि) ले जोडिदिएको हो । बिगत आठ बर्ष देखि ग्रामिण क्षेत्रमा गरिबि, अशिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा काम गर्दै आएको संस्थ्ाा -पिएस्डि) ले उनीहरुलाइ सम्पर्क सेतुको यो ब्यबस्था मिलाइदिएको हो । बि्रस्टल विश्वविद्यालयको बि्रस्टल भोलुन्िटयर फर डेभलप्मेन्ट अब्रोड नामक क्लब मार्फत् नेपालबारे जानकारी लिएपछि यहाँ आउन सहज भएको हो । यो क्लबले आफ्नो रुचि अनुसार विद्यार्थीहरुलाइ रुवान्डा, युगान्डा, भारत र अन्य देशहरु पठाउने गर्छ ।

नेपाली समुदायमा धेरै कुरा सिक्ने अबसर जुरेको छ, यिं विदेसी युवाहरुका लागि । नेपाली संस्कृति, रहनसहन, खानपान र जीवनशैली नजिकबाट बुझ्न सजिलो बनेको छ । "मलाइ सेल रोटी खुब मनपर्छ ।" सामले भने । रमाइलो उदाहरण पनि सुनाए उनले । "एक रातमा सय वटा सेलरोटी खायौं र बिरामी भयौं ।" क्रुति स्रोत्री १९ लाइ झट्ट हेर्दा जोसुकैले नेपाली युवति ठान्छन् । भारतीय मुलका बुबा आमाबाट बेलायतमा जन्मिएकि क्रुतिलाइ नेपाल निकै सुन्दर र अनौठो लागेको छ । "नेपाली समुदाय सहयोगी छ ।" उनले भनिन् । समोसा, जुलवि, प|mाइड राइस उनलाइ मनपर्ने खाना हुन् । "कुर्ता सुरुवाल लगाएर हिंड्न मन लागेको छ ।" एमएस्सी दोस्रो बर्षकि क्रुतिले भनिन् । बेलायतको सरकारी कार्यालयमा जागिर खाने लक्ष्य लिएकि छिन् उनले । गणेश्वरी माविका पियनको घरमा बसिरहेका बेलायति युवाहरुले नेपाली भाषा पनि बोल्न थालिसके । "खाना मीठो छ," 'मलाइ मन पर्‍यो', 'राम्राे छ', 'बिरामी भएँ', 'टाढा छ', 'भोक लाग्यो ' , शब्दहरुसँग अभ्यस्त भइसकेका छन् ।

अन्तरदेशिय संस्कृतिको आदानप्रदान गर्ने र नेपालको गरिबी, अशिक्षा, स्वास्थ्य सरसफाइमा केहि योगदान दिन आफुले पहल गरेका बताउछन् ,(पिएस्डि) का मोहन ओझा । "विकट बस्तिको मुहार फेर्ने हाम्रो लक्ष्य हो ।" ओझा भन्छन् । -पिएस्डि) कै मातहतमा पहिलोपटक नेपाल आएका विदेसी विद्यार्थीहरुलाइ यहाँको भाषा, रहनसहन, लवाइखवाइ, कामको प्रकृतिबारे सिकाइन्छ । अनि मात्र काम गर्ने ठाउ पठाइन्छ । सयौँ नेपाली युवाहरु विदेसिदैछन् । तर केहि विदेसी युवाहरु भने आँखाभरी सपना बोकेर नेपाल फर्किदैछन् । मलिमले स्वागत गरेको छ तिनै सात समुद्र पारीका युवाहरुलाइ । मलिमले बेग्लै प्रकारको मुस्कान मुस्काउँदैछ ।

Aug 22, 2010

कन्यामको काखमा पिरती

इलाम र चिया पर्यायबाचि शब्द जस्तै बनेका छन् । लाग्छ, एक बिना अर्को अपुरो बनिदिन्छ । देश, विदेस निर्यात हुने गरेको इलामको चिया निकै प्रसिद्ध छ । इलामका कुनैपनि भुभागहरु बा“झो छैनन् । सबै हरिया डा“डाहरु चियाबगानले ढाकिएका छन् । त्यसमध्येको प्रमुख स्थान हो, कन्याम ।
जता नियाले पनि रंगिन गलै“चा बिच्छ्याए जस्तो देखिन्छ । धर्तीको स्वर्ग नै हो कि भन्ने भान् पर्छ ।

एकनासले चलिरहने चिसो सिरेटो, चियाघारीका थुम्काथुम्की, धुपी सल्लाका बाक्लै रुखहरु, नागबेली सडक कन्यामका बिशेष आकषर्ण हुन् । सुर्योदय र सर्यास्तको अबलोकनस“गै तराइका सुन्दर फा“टहरु र भारतका कतिपय स्थानहरु मज्जाले देख्न पाइन्छ । यतिबेला कुइरो र हुस्सुले ढपक्क ढाकिएका छन् पाखाहरु । कुहिरोले छोपिएका बगानहरु भित्र डोको बोकेर चियाका कलिला मुना टिप्दै छिन्, साइली“माइलीहरु । अशोज लागेपछि सफा मौसम सुरु हुन्छ । अनि जति हेरेपनि अघाइ“दैन कन्यामका दृश्यहरु । चियाका बुट्यानमा लुकामारी खेल्दै प्रेमजोडीहरुको दिन बित्छ । प्रेम मौलाउ“छ , झा“ङ्गिन्छ । आ“खाभरी सुन्दर सपनाहरु सजिन्छन् । प्रेमि, प्रेमिकाहरु एक आपसमा भन्दा पनि कन्यामस“ग बढी पिरतीको साइनो सा“टिरहेका हुन कि झै“ लाग्छ । एक पटक यहा“ पुगेपछि फर्केर आउन मनले मान्दैन ।

इलाम आसपासका जिल्ला, झापा मोरङ र सुनसरी देखि भारतका बिभिन्न स्थानहरुबाट कन्यामको काखमा रमाउन आउनेहरुको लर्को लामो छ । बनभोजका लागी पनि कन्याम निकै प्रख्यात छ । पिकनिक खानेहरुको ठूलै भिड देख्न पाइन्छ यहा“ । दर्जनौ“ गाडीहरु रिजर्ब गरेर दिनहु“ मानिसहरु ओइरि रहन्छन् । अध्ययन भ्रमणका लागी बिभिन्न जिल्लाहरुबाट विद्यार्थीहरु पुगिरहन्छन् । युरोपियन मुलुकहरुबाट चियाका बारेमा अध्ययन अनुसन्धान गर्नेहरु पनि त्यत्तिकै आइरहन्छन् । त्यसो त इलामका चिनारीहरु धेरै छन्, अलै“ची, अदुवा, अम्लिसो, आलु । घुम्नका लागी श्रीअन्तु, माइपोखरी, सन्दकपुर, पाथीभरा, सिद्धिथुम्का जस्तै रमणिय थुप्रै स्थलहरु पनि छन् । यिं सबैभन्दा प्रसिद्ध कमाएको कन्याम नै हो । “जीवनमा एकपटक घुम्नै पर्ने ठाउ हो ।” स्थानिय पत्रकार युवराज गौतम भन्छन् । दुइ सय ४१ हेक्टर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा चियाखेतीलाइ राम्रो प्रबद्र्धन गर्न सके पर्यटन अझै“ सुदृढ हुने धारण छ गौतमको ।

राजधानीबाट कन्याम जाने सोच बनाउ“दै हुनुहुन्छ भने दुइ वटा बाटा रोज्न सक्नुहुन्छ । पहिलो आठ सय रुपियाको टिकट काटेपछि गाडी चढेर सिधै कन्याम पुगिन्छ । दोस्रो हवाइजहाज चढेर झापाको भद्रपुर ओर्लिनुपर्छ र फेरी गाडी समात्नुपर्छ। जुन जिल्लाकै सबैभन्दा बढी आर्थिक कारोबार हुने क्षेत्र हो । चौ“रीको छुर्पी, थुक्पा, गाइको दुधबाट बनेको ललीपप,निकै लोकप्रिय चिज हुन् । फुर्सदमा हुनुहुन्छ, बिदा मनाउदै हुनुहुन्छ भने तपाइका लागी कन्याम उपयुक्त गन्तब्य हुनसक्छ ।

Aug 13, 2010

बादलुको घुम्टोभित्र..........






सुदूरपुर्बी जिल्ला झापा र इलाम घुमेर म केहि दिन अघि मात्र राजधानी फिरेको छु । खासमा एक संस्थाबाट छात्रबृत्ति पाएर मलाइ त्यता जाने अबसर जुरेको हो । पानी र सरसफाइ बिषयमा रिपोर्ट तयार पार्ने सर्तमा मलाइ छात्रबृत्तिमा छनोट गरेको थियो । झापाका केहि भागहरु घुमेर मैले समाचार तयार पारें । सोचे जति झापामा धेरै ठाउ घुम्न भने सकिन । कारण जताततै जलमग्न बनेको थियो । बाढीे गर्दा ठुलै क्षति गर्‍यो । कति बस्तिहरु उठिसके । कति घरखेत बगाइसक्यो । कति गाउलेको रातको निद्रा नै लुटेको छ ,नदी र खोला नालाले । सुटुक्क कतिबेला घरमा पस्छ र बगाउछ पत्तै हुँदैन । कति गाउलेहरु रातभर जाग्राम बस्छन् । झापाको रिर्पोटिङ सकेर म अलि माथी इलाम तिर लागें ।

पहिलो पल्ट इलामको फिक्कल बजार पुग्दा हुस्सु र कोइरोेले छोपिएको थियो । माइक्रो बसको सिटमा बसेर अघाउजि यतैका चियाबारी नियाल्न पाइन मैले । हाफ सर्ट लगाएको मेरो ज्यानलाइ चिसो बनायो यहाँको मौसमले । साथमा कोहि साथी भइदिए पनि न्यानो अनुभुति हुन्थ्यो मलाइ । चिनेजानेको पनि कोहि छैन । एकोहोरो नियालिरहन्छु फिक्कल बजारलाइ । के फिक्कलले म सँग न्यानो आत्मियता साँट्न चाहला ? साइबर क्याफेमा ओत लाग्दै बसेको बेला एक हुल विदेसीहरु अनुहार देखा परे । तिं हाम्रै उमेरका थिएँ । बुझ्दा थाह भयो, यहाँबाट दुइ घण्टा लाग्ने मलिम नामक गाउँमा उनीहरु लाइबे्ररी बनाउन लण्डनबाटै आएका रहेछन् । बिदाको समय सदुपयोग गनर्, आफ्नै पैसामा पुस्तकालय बनाउन उनीहरुले नेपालको सुदुरपुर्बी यो गाउलाइ रोजेका रहेछन् । सोहि गाउका हेडसरसँग परिचित बनेपछि यो कुरा थाह पाएँ । एकछिन पछि तिनलाइ पछ्याउदै म पनि मलिम गाउ सम्म पुगें । उनीहरुका धेरै कुरा बटुलेर म फेरी फिक्कल फर्किएँ ।

काठमाडौंमा रहेका साथी युवराजला फोन गरें । कोही सँग भेटाइदेउ भनेर । यसो हुँदा घुम्न सजिलो होला भन्ने आश थियो । स्थानिय एफएममा काम गर्ने लोचनसँग भेट भयो । उनले मलाइ कन्यामका चिया बगानतिर लिए । जताततै हरिया चियाका बगान देखिन्थे । डाँडाकाँडा, नागबेली बाटो र धुपि सल्लाका रुखहरु । स्कुल र चिया फ्याक्टी्र । कम्ति आकर्षक थिएनन् । मैले निरन्तर फोटोहरु खिचिरहें तिनै बगानहरुमा । सफा र खुल्ला देखिएको परिबेशमा, एकैछिनमा उड्दै उड्दै कोइरो आउँथ्यो । डम्म ढाकिन्थ्यो आकाश । आकाशबाट बर्सिएको सिमसिम पानीले हल्का भिजाउँथ्यो । नजिकैकाे बस्तु पनि देखिदैनथ्यो । साथमा भएको मान्छे बाहेक , वरपर अँधेरी रात जस्तै हुन्थ्यो । जम्मा तीन दिन इलाम बसें । अबिस्मरणिय रहे यिं दिनहरु । म अब आउँदै गरेको दसैँ, तिहारमा इलाम फर्किनेछु । त्यो बेला दार्जिलिङ, सिक्किम पनि पुग्नेछु ।

आँखाभरि पेरिस रोइरहेछ

(यो लेख नागरिक दैनिकका पत्रकार सुदिप श्रेष्ठले लेखेका हुन् । मलाइ अत्यन्तै मनपरेकाले यहाँ राखेको हुँ । आशा छ पाठकहरुले पनि यसलाइ मन पराउनुहुनेछ ।)

कोही सुँक्क-सुँक्क रोएको आवाजले म ब्युँझन्छु।
युरोलाइन्सको डबलडेकर बस आफ्नै रफ्तारमा मलाई लन्डनबाट पेरिस लैजाँदैछ। सिसाबाट बाहिर हेर्छु, रात चकमन्न छ। मात्र तीन आवाज एकनासले कानमा ठोक्किइरहेछन्- हुइँकिँदो बसमा पेट्रोल डकारिरहेको इन्जिन, मेरो आफ्नै मुटुको ढुकढुकी, अनि उही सुँक्क-सुँक्क।
पल्लो लहरको सात नम्बर सिटमा बसेकी छन् उनी। आवाज पछ्याउँदै सिटहरूका कापबाट जासुसी गर्दा मेरो नजर परिहाल्यो। दुवै खुट्टा उचालेर हातले भर दिँदै घुँडाको बीचमा मुन्टो घुसारेकी। पूरै जीउ सिसातिर ढेपेकी। लामो खैरो अस्तव्यस्त कपाल यताउति फिँजारिएको। एकोहोरो सुँक्सुकाइले जीउमा घरिघरि कम्पन छुट्ने।
एक्ली युवती, निद्रा चोर्ने कुन सपना टुटेर हो मध्यरातमा छट्पटाइरहेकी छन्, तर अरू सबै निद्रामै …।
***

२००८ सेप्टेम्बर २०- मेरो ३१ औं जन्मदिन। यही दिन मैले काठमाडौं छाडेको थिएँ आँखाभरि युरोपको सपना लिएर।
तीन सय वर्षअघि केही धनाढ्य अंग्रेज युवा कला, संस्कृति र पश्चिमी सभ्यता खोज्दै फ्रान्स र इटालीको भ्रमणमा निस्केका थिए रे, कहीँ पढेको थिएँ। आफ्नो सम्भ्रान्तीय पहुँच, असीमित बजेट र घुम्नलाई छुट्टयाएको महिनौं (वा वर्षौं) समय थियो उनीहरूसँग। त्यो यात्रालाई ग्रायन्ड टुर नाम दिइएको छ।
म रोयटर्स (अन्तर्राष्ट्रिय समाचार संस्था) ले दिने पत्रकारिता तालिमको बहानामा युरोप छिरेको थिएँ। पाँचदिने तालिम सकेर आधुनिक युरोप हेर्ने र पुरानो सभ्यताका अवशेष खोज्ने योजना थियो, पूरा २५ दिनसम्म। ती अंग्रेज युवाहरूसँग पैसा र पहुँचको कमी थिएन। मसँग भने दिनको ५० पाउन्डभन्दा कम बजेट थियो। केही साथी, साथीका साथी र साथीका आफन्तहरूका इमेल र टेलिफोन नम्बर थिए। तैपनि यो यात्रा कुनै ग्रायन्ड टुरभन्दा कम थिएन।
संसारमा सबै पेरिसियनजस्तो किनमेल गर्न चाहन्छन्, रोमनसरी खान चाहन्छन् र बर्लिनियरजस्तो पार्टी गर्न चाहन्छन्। मैले यी कुनै शैली अपनाउन सकिन। हरेक चिजको भाउ सुनेपछि शुद्ध नेपाली शैलीमा मनमनै १ सय ३५ ले गुणा गरिन्थ्यो। योगफल दिमागमा आएपछि मनको चाहनामात्र के, पेटको भोक पनि त्यसै मर्थ्यो।
अंग्रेजीमा एउटा भनाइ छ, अ पेनी यु सेभ्ड, अ पेनी यु अर्न्ड। एक पेनी (त्यहाँको पैसा) बचाउनु एक पेनी कमाउनुजस्तै हो। पैसा बचाउन म प्रायः दिनभरि घुम्थेँ र रात्रिबस समातेर नयाँ गन्तव्यतिर बढ्थेँ। यसले होटलको खर्च बच्थ्यो।
ती धनाढ्य अंग्रेज युवाहरूलाई मेरो यो यात्रा कल्पनाजस्तो लाग्नसक्छ, जसरी मलाई उनीहरूबारे पढ्दा सपनाजस्तो लागेको थियो।
***

उनको सुँकसुँकले मेरो निद्रा बिथोलिसक्यो।
म चल्मलाउँछु, आफ्नै सिटमा। जुरुक्क उठेर उनको अस्तव्यस्त कपाल सुम्सुम्याउँदै उनलाई सपनाभित्र छिराइदिन मन लाग्छ। आफू पनि पेरिसको सपनामा छिर्न मन लाग्छ। तर उठ्ने साहस हुँदैन। न एकचित्त भएरै बस्नसक्छु।
आज १८ दिन भयो युरोप छिरेको। इङ्ल्यान्ड, स्कटल्यान्ड र वेल्स घुमिसकेँ। यात्रामा धेरै अनुहार भेटिए, धेरैसँग चिनापर्ची भए। तर रोइरहेकी युवती भेटेको थिइनँ।
फेरि सिटको कापबाट चियाउँछु। उनको बसाइ बदलिएको छ तर रुवाइ उस्तै छ। दुवै खुट्टा भुइँमा झारिसकिछन्। साठी डिग्रीको कोणमा ढल्किएर सिसामा लपक्क टाँसिएकी छन्। अस्तव्यस्त कपाल स्याहारिएको रहेछ। बसभित्रको मधुरो प्रकाशमा उनको धुमिल अनुहार देख्दैछु म। गलाको सिल्भर रङको मसिनो चेन घरिघरि हातले घुमाइरहेकी छन्। लौ, फेरि के भयो कुन्नि हत्तपत्त कालो सिसातिर मुन्टो बटारेर दुवै हातले अनुहार ढाक्दै रुन थाल्छिन्। ओहो, कस्तो दृश्य?
म झ्यालबाट बाहिर नियाल्छु। मल्याकमुलुक बत्तीको उज्यालो देखिन थालेको छ। अलि अगाडि केही गाडी लाम लागेका छन्। कुनै स्टेसन आइपुगेछ क्यारे?
‘हामी डोभर आइपुग्यौं। तपाईंहरू अध्यागमन जाँचका लागि बाहिर निस्कनुस्,’ बसभित्र अनाउन्समेन्ट हुन्छ।
म आफ्नो पासपोर्ट निकाल्छु। उनी पनि झोला खोतल्दैछिन्। म उनलाई पछ्याउन चाहन्छु। त्यसैले त्यत्तिकै अलमल गरिरहेको छु।
***

म लन्डन पुगेको दिन केही बैंकहरू टाट उल्टिएको घटना मुख्य समाचार बनेको थियो। बैंकहरूले धमाधम घरजग्गामा लगानी गरेका थिए। ऋण लिन चाहनेले ठेगाना देखाए पुग्थ्यो।
‘एउटा सीमा नाघेपछि बजारले धान्न सक्दैन। रियलस्टेट बिजनेस (घरजग्गा व्यवसाय) क्र्यास भएको छ,’ बिबिसीका वित्तीय विश्लेषक टेलिभिजनको प्रत्यक्ष प्रसारणमा भनिरहेका थिए, ‘बैंकसँग ऋण लिएकाहरूले किस्ता तिर्न छाडेका छन्। कति त घरै छाडेर भागिसके।’
आकाशमा हल्का कालो बादल मडारिन थाल्यो। पानी छिट्याउन सुरु भइसक्यो। एयरपोर्टबाट होटल आइपुग्दासम्म टन्टलापुर घाम लागिरहेको थियो। एकैछिनमा चिसो बढ्यो।
‘वेलकम टु लन्डन,’ स्कटल्यान्डको एभरडिन बस्ने साथी प्रजय शुक्लले टेलिफोनबाटै मेरो स्वागत गरे।
‘बाक्लो लुगा ल्याएको छस् हैन,’ उनी मेरो भ्रमणको तयारीतर्फ चासो देखाउँदै थिए, ‘यहाँको मौसम र केटीको कुनै भर हुँदैन।’
म ज्याकेटको फस्नर कस्दै मौसमको मज्जा लिन होटलको रुमबाट तल झरेँ। लन्डनको वित्तीय क्षेत्रलाई घेर्न थालेको संकटको खबरले रिसेप्सनलाई पनि छोडेको थिएन।
बाहिर पानीको छिटा थामिइसकेको थियो। केटी त थाहा छैन, मौसमचाहिँ हो रहेछ।
***

हामी अध्यागमन जाँचको लाममा छौं। म उनको ठ्याक्कै पछाडि छु। म बसैदेखि पछ्याइरहेको छु भन्ने उनलाई थाहा नहोला।
अग्ली रहिछे, झण्डै ५ फिट ९/१० इन्च। करिब-करिब मेरै हाइटको। सुलुत्त परेको लामो खुट्टामा ट्याप्पै टाँसिएको कालो जिन्स। ढाडको आधाआधीसम्म झरेको मग्मगाउँदो रेसमी कपाल। म उनको एकदमै नजिक छु। उनको बासनाले मलाई काउकुती लगाइरहेको छ। कुन पर्फ्युम होला कुन्नि?
‘एक्सक्युज मी सर … हेलो … एक्सक्युज मी।’
म झस्कन्छु। अध्यागमन कर्मचारी मेरो पासपोर्ट माग्दैछन्। कस्तो हुस्सु! हातमा बोकिरहेको पासपोर्ट थमाउँदै ढोकातिर हेर्छु। उनी आफ्नो रेसमी कपाल लहराउँदै बाहिर निस्किरहेकी छन्। पाइलाको चाल छिटो छ। आँसुको भेल फेरि फुट्नै आँट्यो कि।
‘बोन भोयज सर,’ अध्यागमन कर्मचारी पासपोर्ट फिर्ता गर्दै मलाई फ्रेन्च भाषामा शुभयात्रा भन्छन्।
‘थ्यांक यु,’ म ढोकातिर हुत्तिन्छु। मेरो पासपार्टमा फ्रेन्च अध्यागमनको ‘अराइभ्ड’ छाप लागिसक्यो।
उनी बसभित्र छिरिसकी होलिन्। म दायाँबायाँ नहेरी लम्किरहेको छु। बसमा छिर्नै आँट्दा एउटा छाया देखिएजस्तो हुन्छ। म अडिन्छु। अलिपर कुर्सीमा एक युवती चुरोट तानेर बसिरहेकी छे। उनै युवती। म एकछिन हेरिरहन्छु। उनी सास फेर्ने म्यादधरी नराखी फुइँफुइँ धुवाँ उडाइरहेकी छन्। बस गुडिहाल्ने हतारले पो हो कि?
‘हाई,’ परदेशमा एक अपरिचित युवतीको अगाडि गएर हात बढाउने साहस कसरी आयो आफैंलाई थाहा छैन। सास घाँटीसम्म अड्किएको छ।
‘हाई,’ उनी आफ्नो नरम हात मतिर बढाउँछिन्। मेरो सास खुल्छ।
‘क्यान यु सेयर अ सिगरेट विथ मी, आइ फर्गट टु क्यारी,’ म कुरा थाल्ने बहानामा उनीसँग चुरोट माग्छु।
‘स्योर।’
एउटै कुर्सीमा बसेर चुरोट पिउँदा मेरो कुइनोले छुस्सछुस्स उनको कुइनो छोइरहेको छ।
***

२६ सेप्टेम्बर, शुक्रबारको दिन लन्डनको तालिम सकियो। एउटा व्यवस्थित बसाइ र व्यवस्थित घुमाइ पनि सकियो। बेलुकीकै टिकट काटेको थिएँ एभरडिन जान, प्रजयकहाँ। आफ्नो झुम्लातुम्ला सप्पै बोकेर कहाँ सास्ती खाइरहनु। लन्डनको किङ्सबरीमा एकजना साथीका दाजु थिए। उनको टेलिफोन नम्बर काठमाडौंबाटै लिएर आएको थिएँ। केही चाहिने लुगाफाटोमात्र बोकेर बाँकी सामान उनैकहाँ छोड्ने विचार आयो।
त्यतिञ्जेल म लन्डनको अन्डरग्राउन्ड ट्रेन र ठाउँ-ठेगानसँग निकै अभ्यस्त भइसकेको थिएँ। हाम्रो ट्रेनिङ भइरहेको थियो केनरी वार्फमा। लन्डनको अफिसियल एरिया। बालुवाजस्तै फुस्कँदो समयलाई हत्केलामा छोप्न हतारिएका ‘एक्जिक्युटिभ’हरू बग्रेल्ती भेटिने ठाउँ।
बिहान केनरी वार्फमा अडिने ट्रेनबाट जो निस्कन्छन्, उनीहरूका काँधमा गह्रौं ल्यापटप ब्याग, काखीमुनि फाइनान्सियल टाइम्सको मुठो र अनुहारभरि व्यस्तताको रेखा भरिएको हुन्छ। कोही ट्रेनमा उभिई-उभिई दिउसो मिटिङको तयारी गरिरहेका हुन्छन्। कोही मोबाइलमा मिटिङको समय मिलाइरहेका। ब्ल्याकबेरी मोबाइलमा।
बेलुकी यहाँबाट छुट्ने ट्रेनमा जो छिर्छन्, उनीहरूका काँध र शिर थकानले यस्तरी लत्रिएको हुन्छ, मानौं दिउसोको कुनै मिटिङमा घाँटी बिर्सिएर आए। धेरै थकानले ट्रेनमै उँघिरहेका हुन्छन्। कसैलाई चाहिँ फर्कंदा पनि फुर्सत हुन्न। ब्ल्याकबेरीमा हराएको हरायै।
म ‘जुबली लाइन’ ट्रेन समातेर किङ्सबरी जाँदै थिएँ, सामान छोड्न। जमिनको सतहभन्दा चार तल्लामुनि झर्नुपर्छ यो ट्रेन चढ्न। पूर्वमा स्ट्याडफोर्ड र उत्तर-पश्चिममा स्ट्यानमोरसम्म तन्किएको छ जुबली लाइन। लन्डनका हेर्नलायक वा नहेरी नहुने सबैजसो ठाउँ यही बीचमा छन्। बहुचर्चित पुल हेर्ने भए लन्डनब्रिज झर्नुस्। संसद भवन र क्लक टावर जाने भए वेस्टमिन्स्टर। बकिंघम प्यालेस घुम्ने? ग्रिनपार्क झरेर एकछिन पैदल हिँड्नस्। र, संसारभरका सेलिब्रिटीहरूको मैन-मूर्ति हेर्न म्याडम टुसाडको संग्रहालय छिर्ने भए बेकर स्ट्रिट ओर्लनुस्। तपाई वेस्टमिन्स्टर झरेर थेम्स नदीको किनारैकिनार पैदल हिँड्न सक्नुहुन्छ। लन्डनब्रिज हुँदै केनरी वार्फसम्मै पुगिन्छ। जमिनभन्दा चार तल्लामुनि जुबली लाइन, माथिमाथि तपाईं।
म त्यही जुबली लाइनमा थिएँ। मेरो आधा ध्यान सामानमा थियो, आधा छेवै उभिएकी तरुनीमा, जो आइपडको टुसो कानमा ठुसेर एकोहोरो जीउ हल्लाइरहेकी थिई। जीउबाट पर्फ्युम र रक्सीको कक्टेल गन्ध आइरहेको थियो। मीठो हो कि नमीठो छुट्टयाउनै गाह्रो। कुनै पार्टीबाट फर्किएकी होली।
अंग्रेजहरू साताभरि कमाउँछन्, सप्ताहन्तमा उडाउँछन्।
***

‘तिमी रोइरहेकी थियौ?’
यो बोलचाल सुरु गर्ने सही प्रश्न होइन। तर के गर्नु, मुखबाट फुत्किहाल्यो।
उनी जवाफमा अर्को चुरोट सल्काउँछिन्। धन्न जुरुक्क उठेर गइनन्। कुइनो छुवाउने क्रम पनि रोकिनन्।
‘म फ्रान्स जान लागेको। लन्डनमा रोयटर्स ट्रेनिङमा आएको थिएँ।’
अघिल्लो गल्ती सच्याउँदै म आफ्नो परिचयबाट कुरा थाल्छु।
‘तिमी पत्रकार हौ?,’ उनको पहिलो वाक्य। स्वर सुनेरै म लठ्ठ परेँ।
‘हो नेपालदेखि आएको।’
‘नेपाल?’
‘सुनेकी छैनौ?’
‘गौतम बुद्ध …’ म हतारिएर आफ्नो देश चिनाउन खोज्छु।
उनी मलाई बीचैमा रोक्दै भन्छिन्, ‘यस् यस्, माओइस्ट रेभोलुसन।’
मैले कुनै प्रतिक्रिया जनाउन नपाउँदै उनी अर्को प्रश्न सोध्छिन्, ‘अहिले कस्तो छ तिम्रो देशमा?’
‘मेरो देशलाई त ठिक छ, के तिमी ठिक छौ?’
‘मलाई के भएको छ र?’
‘अघि बसमा रोइरहेकी थियौ।’
‘होइन।’
उनी कुरा लुकाउँछिन्। भन्न जरुरी पनि छैन। एकछिन दुवै चुप।
‘कसरी थाहा पायौ?’
उनको यो प्रश्नले म छक्क पर्छु। मेरो चासोमाथि चासो दिन थालेकोमा खुसी लाग्छ।
‘तिम्रो सुँकसुँक सुनेर हेरेको थिएँ।’
‘किन हेरेको त?’
‘हो त नि है, यहाँ त कसैले कसैलाई हेर्दैनन्।’
‘हो।’
‘मलाई त्यस्तो मन पर्दैन।’
‘कस्तो?’
‘अरूलाई वास्ता नगर्ने।’
‘किन गर्नुपर्‍यो त?’
‘किन नगर्ने त?’
‘के मतलब?’
‘मान्छे हुँ, एकै ठाउँ जाँदैछौं, एउटै बसमा छौं, मतलब हुन्न?’
‘अरूलाई त भएन।’
‘म अरू होइन।’
‘को त?’
‘साथी भन्न सक्छौ।’
‘कत्ति कुरा जानेको। पत्रकार न पर्‍यौ।’
‘मेरो नाउँ पनि छ,’ म आफ्नो नाउँ बताउँछु। उनी गाह्रो मान्दै उच्चारण गर्छिन्।
‘अनि तिम्रो?’
‘बोनिता।’
***

जुबली लाइन टक्क अडियो। साउथर्क आइपुगेछ। ट्रेनको स्वचालित ढोका खुल्यो। ती तरुनी ह्यान्डब्याग स्याहार्दै निस्कन खोजी। ए, के गरेकी यिनले?
ढोकाछेउको सिटमा एकजना केटो ब्ल्याकबेरीमा इमेल हेरिरहेको थियो। उनले त्यही केटोको हातमा सानो चिट थमाइन्। अनि फुत्त निस्किहालिन्। केटोले दंग पर्दै चिट खोल्यो। फोन नम्बर थियो। तुरुन्त डायल गर्‍यो। ऊ एकदमै सानो स्वरमा बोल्दैथियो। त्यसमाथि ट्रेन गुड्न थालिहाल्यो। मैले सुन्नै सकिनँ। ऊ घरिघरि कपाल मुसार्दै थियो।
केटोको हाउभाउ पूरै अंग्रेज थियो। अनुहारको नापनक्सा भने एसियन। इन्डियन वा पाकिस्तानी हुनुपर्ला। लन्डन बहुसांस्कृतिक सहर हो, अमेरिकाको न्युयोर्कजस्तै। सडकमा अंग्रेजीभन्दा अरू के/के नबुझिने भाषा बढी सुनिन्छन्। त्यसमा पनि ६० वर्षअघि अंग्रेजबाट स्वतन्त्र भएको इन्डिया र पाकिस्तानका धेरै यहाँ आएर अंग्रेजै भइसके।
अर्को स्टेसनमा ट्रेन रोकियो। वाटरलु। त्यो केटो मख्ख पर्दै बाहिरियो।
हेर्दाहेर्दै कसैको डेटिङ फिक्स भयो। त्यही भएर अंग्रेजहरू अगाडि छन्। यिनको सप्ताहन्त त जम्ने भयो। आफ्नो भने रात्रिबसमा एक्लै। उफ!
त्यसैत्यसै औडाहा भएर आयो।
***

‘बोनिता … ब्युटिफुल, मेरो नामको अर्थ।’
अहिले हामी पाँचतारे सुविधा भएको क्रुजमा छौं। उनी आफ्नो नाउँको अर्थ खुलाउँदैछिन्।
अघि डोभरमा कुइनाले कुइना छुवाउँदै कुरा गर्दा मैले उनको नाउँसम्म थाहा पाएको थिएँ। चालकले बीचैमा हतार गर्न थालिहाल्यो। उनी सिटमा एक्ली थिइन्। म पनि एक्लै। तर सँगै बस्ने आँट आएन। उनले पनि डाकिनन्।
डोभरबाट एकछिन गुड्नेबित्तिकै हामी बससहित क्रुजमा छिर्‍यौं। सडकमार्ग भएर पेरिस जाँदा इङ्लिस च्यानल यसरी नै पार गर्नुपर्छ। युरो रेलमा गएको भए संसारको एकमात्र समुद्री सुरुङको अनुभव हुन्थ्यो। तर पैसा बढी लाग्ने रहेछ। मेरो बजेटले नभ्याउने। राम्रै भयो, यही बहानामा बोनिता मेरो साथ छिन्।
क्रुजको लबीमा एउटा कफी मेसिन देखिन्छ। उनी मेसिनको प्वालमा फटाफट सिक्का घुसार्छिन्। कागजको कपमा तातो क्यापेचिनो तरतर झर्न थाल्छ। उनी मतिर हेर्छिन्। मसँग युरो सिक्का छैन।
‘पाउन्ड पनि चल्छ,’ उनी भन्छिन्। म मुस्काउँदै कागजको कपमा बाक्लो क्यापेचिनो भर्न थाल्छु। हामी दुवै झ्यालछेउको टेबलमा जान्छौं। उनी कफीको कप टेबलमा राखेर झोला खोल्छिन्। बिस्कुट र केही चिप्स रहेछन्। उनी एक टुक्रा बिस्कुट चपाउँदै कफी सुरुप्प पार्छिन्। मलाई पनि खान अफर गर्छिन्।
‘ब्युटिफुल,’ म बिस्कुट उठाउँदै भन्छु।
‘हुँ,’ उनी पुलुक्क मतिर हेर्छिन्।
‘तिम्रो नाउँको अर्थ।’
‘हो।’
‘कुन भाषा हो यो?’
‘स्पेनिस।’
‘त्यसो भए तिमी फ्रेन्च होइनौ?’
‘म फ्रेन्चजस्ती देखिन्छु र?’
‘होइन त्यसै सोधेको।’
‘म स्पेनिस हुँ। फ्रेन्च केटीहरू त साह्रै घमण्डी हुन्छन्।’
‘तिमी छैनौ?’
‘भएको भए तिमीसँग कफी खाएर बसिरहेको हुन्थें?’
हा-हा-हा, उनी बेस्कन हाँस्छिन्। हाँस्दा दुवै गालामा खोबिल्टा पर्दारहेछन्। खुबै सुहाउने।
त्यहीबेला मैले लन्डनमा लिएको मोबाइलमा एसएमएस आउँछ। म छक्क पर्छु। सेवाप्रदायक कम्पनी टि-मोबाइलको सन्देश रहेछ- वेलकम टु फ्रान्स।
***

तालिमले खुबै थाकेको रहेछु, रातभर बसमा आँखै उघ्रेन। घरिघरि प्रजय फोन गर्थे। ऊचाहिँ मेरो प्रतीक्षामा निदाउन सकेको रहेनछ। सिद्धार्थ वनस्थलीमा कक्षा ६ पढ्दादेखिको दोस्ती हो हाम्रो।
अघि ट्रेनकी जस्तै सप्ताहन्त मनाउन आतुर तरुनी बसमा छेउछाउ भेटिएला भन्ने आशा थियो। तर सँगै पर्‍यो एकजना केटो। ऊ पनि एसियनजस्तै लाग्यो। चाइनिज, कोरियन, जापानी वा नेपाली नै। तर ऊ चुपचाप थियो।
नेपाली भइदिएको भए त, म मोबाइलमा बोलेको सुनेर गफ गर्न आउनुपर्ने।
***

‘म तिम्रो सिटमा आउँ, कि तिमी आउँछौ,’ क्रुजमा झण्डै एक घण्टा कफी थपीथपी गफ गरेपछि म खुलिसकेको छु।
‘त्यहाँभन्दा यहीँ सजिलो होला,’ म उनको इसारा बुझिहाल्छु।
हामी सँगै छौं। अब कुइनोमात्र होइन, मेरो देब्रे भाग पूरै उसको दाहिने भागसँग टाँस्सिएको छ।
***

घामले सिसा टल्केर आँखामै पर्‍यो। म ब्युँझिएँ। कति मीठो निद्रा लागेछ।
बसको ठूलो सिसाबाहिर आँखाले भ्याउञ्जेल कृषि फार्महरू देखिए। कहीँ आँखै खाने हरिया घाँस। कसरी यस्तरी चम्किएका होलान्? म स्कटल्यान्ड पुगिसकेछु। ऊ, त्यहाँ पर मैदानमा भेडाका बथान हेर त। म कसैलाई देखाउन चाहन्छु। तर कसलाई देखाउने? सँगैको केटोलाई मेरो उत्साहको परवाह छैन।
ए गाईको बथान! कति मोटा-मोटा गाई हुन्! यिनीहरू मासुकै लागि पालिएका होलान्। कति सफा आकाश! कति स्वच्छ वातावरण! कसैलाई सुनाउन नपाएपछि मैले डायरी झिकेर टिप्न थालेँ। बेलाबेला मन खाने दृश्य देखिँदा क्यामरा क्लिक गर्न पनि भ्याएँ।
‘म एभरडिन आइपुगेँ। बसपार्कमा छिटो लिन आइज त,’ म बसबाट सामान झिक्दै थिएँ। नेपाली भाषा सुनेर कान ठाडा भए। लौ, त्यही केटो पो रहेछ। त्यही अघि बसमा सँगै भएको। मलाई शंका त लागेको थियो। मोरो, नेपाली भएर पनि कसरी रातभरि मसँग नबोली बस्न सकेको होला?
‘होइन होला,’ प्रजयले मेरो कुरा पत्याएन। ‘म एभरडिन बस्ने सबै नेपालीलाई चिन्छु। त्यस्तो खाले मान्छे त कोही थाहा छैन …।’
एभरडिनमा झण्डै साढे दुई सय नेपाली छन्। अधिकांश एभरडिन विश्वविद्यालयका विद्यार्थी। केही तिनैका श्रीमान् वा श्रीमती। नेपालीहरूको राम्रो समुदाय बनेको छ त्यहाँ। त्यति व्यवस्थित होइन। तर व्यवस्थित गर्ने प्रयास हुँदैछ। हरेक साँझ कसै न कसैकहाँ डिनर जुराइन्छ। त्यस दिन प्रजयले सानो पार्टी दिएका थिए।
‘… सायद पहिलोचोटि आएको हो कि,’ प्रजय भन्दै थिए।
‘इलिगल होला। नभए परदेशमा एउटा नेपालीले अर्को नेपाली भेट्दा पनि कहाँ नबोली बस्नसक्छ,’ उनका रुम पार्टनर राजीवले भने।
‘हुनसक्छ,’ छिमेकी दिपेशले सही थापे।
‘के?’
‘इलिगली बस्नेलाई टेन्सन छ। कुरो फुत्किए सिधै डिपोर्ट। यस्तै हो सर, परदेशको जिन्दगी,’ उनी हँसमुख थिए। तर गम्भीर कुरा गर्थे।
***

‘को-को छन् घरमा?,’ म देश, पेशा र भ्रमणका कुरा भनिसिध्याएर उनको व्यक्तिगत कुरा खोतल्न थाल्छु।
‘कोही छैन।’
‘हँ?’
उनी फेरि चुप लाग्छिन्।
‘भन्न मन नलागे ठिक छ।’
‘होइन, तिमीलाई भन्छु, तिमी मलाई भलाद्मी लाग्यो।’
‘थ्यांक गड, तिमीले मेरो कदर त गर्‍यौ।’
उनी फेरि दुई गालामा खोबिल्टा पार्छिन्।
‘मेरो घर स्पेन हो …,’ उनी चोर औंलाको लामो नङले विस्तारै अगाडिको सिट कोतर्दै सुरु हुन्छिन्।
***

एडिनबर्ग- स्कटल्यान्डको राजधानी। बोलीचालीमा सबै ‘एडिनबरा’ भन्थे।
म प्रजयको घरलाई स्टेसन बनाएर स्कटल्यान्ड चहार्दै थिएँ। एडिनबरा पुराना दरबारहरूको निम्ति प्रख्यात छ। युरोपेली सभ्यता हेर्ने भए यहाँ आउनैपर्छ।
‘दरबार जाने बाटो कता होला?,’ बसबाट झर्नेबित्तिकै मैले त्यहाँ उभिरहेका एक प्रहरीलाई सोधेँ।
‘कमअन आई विल सो यु,’ ऊ मलाई बाटो देखाउँदै हिँड्न थाल्यो। उसको केही काम थिएन वा यहाँका मान्छेहरू यस्तै हुन्छन्?
उसले मलाई तीन/चार सय मिटर परको एउटा व्यस्त चोकमा पुर्‍यायो। सडकपारी पार्क थियो। पार्कपारी कञ्चन नदी। ऊ दाहिने हातको चोर औंलाले नदीपारी औंल्याउँदै थियो।
मेरा आँखा त्यहीँ टाँसिएझैं भए। दरबारमात्र होइन, नदीपारी पूरै सहरको ढाँचा भिन्नै थियो। उस्ताउस्तै रङ र शैलीका महलहरू। एकमाथि अर्को खप्टिएका। तासका पत्ता एकमाथि अर्को राखेर पूरा सहर बसाएजस्तो। काठमाडौंको कीर्तिपुर बसपार्कबाट माथि बजारतिर हेर्दा जस्तो देखिन्छ, त्यस्तै।
म ती प्रहरीलाई ‘धन्यवाद’ भन्दै अघि बढेँ। पुल तरेपछि प्राचीन दरबार क्षेत्र सुरु हुँदोरहेछ। त्यहाँका अधिकांश भागमा सवारी निषेध छ। पैदल हिँड्नुपर्ने। बाटोभरि ढुंगा छापिएको, हाम्रो हनुमानढोका दरबार क्षेत्रजस्तो। हरेक घर, हरेक चोक र हरेक मूर्तिलाई सतर्कतासाथ रेखदेख गरिएको। पाइलैपिच्छे राजा-महाराजाका मूर्तिहरू। धेरै त मैले चिन्दै चिनिनँ। एउटा मूर्तिका पात्र भने टाढैबाटे चिनेँ – अर्थशात्रका पिता एडम स्मिथ।
दरबारको अवस्थिति संसारभर उस्तै हुँदोरहेछ। अग्लो डाँडोको टुप्पोमा बनेको। चारैतिर किल्ला। एडिनबरा सहर टाढाटाढासम्म देखिने। अनि भर्खरै युद्ध छेडिएलाजस्तो गरी चारैतिर तोप तेर्स्याएर राखिएका।
पहिले तोप पड्कँदा यहाँ आगोका ज्वाला चम्कन्थे, अहिले पर्यटकका क्यामराका फ्ल्यास चम्कन्छन्।
***

उनी सम्झनाका एल्बम पल्टाउँदै जीवनका पुराना तस्बिरहरू मलाई देखाउँदैछिन्।
‘… १६ वर्षको उमेरसम्म हामी स्पेनमै बस्थ्यौं। म र मेरो फुच्चे भाइ। आमाबुबाको घरमा। सानो फार्महाउस थियो हाम्रो। त्यसको रेखदेख बुबा आफैं गर्नुहुन्थ्यो। खेतमै जीवन बितेकाले ज्यान कडा थियो, स्वभाव पनि। काम बिगार्दा नराम्ररी पिट्ने। आमालाई पनि धेरैचोटि पिटेको देखेकी छु। आमामा संयम थिएन। पिटाइको जवाफ पिटाइले नै दिनुहुन्थ्यो।
‘मलाई थाहा भएसम्म उहाँहरू एकअर्कालाई नाजायज सम्बन्धको आरोप लगाउँदै बाझ्नुहुन्थ्यो। त्यतिखेर दुवै हाम्रा आदर्श थिए। दुवैका आरोप पत्याउँथिनँ। अहिले बुझ्छु, दुवै सही थिए। बुबा एउटी वेश्यासँग सल्किनुभएको थियो। आमाको पनि कसैसँग चक्कर चलिरहेको थियो। हामी पढ्ने स्कुलकै शिक्षक हो जस्तो लाग्छ।
‘म १४ वर्षकी थिएँ, उहाँहरू छुट्टिँदा। भाइ सात वर्षको थियो। आमा त्यही शिक्षकसँग भाग्नुभो। बुबाले पनि ती वेश्यालाई घरमा ल्याउनुभो। घरमा मर्यादा र अनुशासनको तगारो भत्किसकेको थियो। बाटो देखाउनेले नै बाटो बिराए। सौतेनी आमा हामीलाई सधैं काममा जोताउन खोज्थिन्। पढ्ने समय पाइन्थेन। दिनहुँ केही न केही निहुँ झिकेर कुटिरहने। बुबा पनि उसकै कुरामा लाग्ने। एकदिन भाइ घर छोडेर भाग्यो। कहाँ गयो, थाहा छैन।
‘म पढाइ पूरा गर्न चाहन्थेँ। त्यसैले दुई वर्ष सबै सहेर बसेँ। अह्राएको गरिदिन्थेँ। गाली सहिदिन्थेँ। तर उनले हद नाघिन्। एकदिन बुबासँग भन्दै थिइन्, ‘घरमा पैसाको समस्या भयो, बोनितालाई नाइट क्लब पठाए हुन्न?’
‘म नाइट क्लब छिरेकी थिइन। तर त्यहाँ नाङ्गो नाच हुन्छ र जुन ग्राहकले मन पराउँछ उसैसँग सुत्नुपर्छ भन्ने थाहा थियो। बुबाले एउटा इमान देखाउनुभयो। उहाँले प्रस्ताव मान्नुभएन। तर, सधैंको कचकचबाट त्यो इमान कतिदिन टिक्नसक्छ?
‘म डराएँ। अनि, घरबाट भागेँ …।’
***

‘क्यामरा बन्द गर्नुस्, मोबाइल छ भने स्विच अफ,’ एडिनबरा संसद् भवनको भर्‍याङमा यस्तो सूचना टाँसिएको थियो।
मैले गलामा झुण्ड्याएको क्यामरा झिकेर ब्याकप्याकमा राखेँ। मोबाइल अफ गरेँ। प्रजयले फोन गर्छु भन्थ्यो। म कहाँ हराएँ भनेर केटो आत्तिने भयो।
यहाँ संसद् भवन पनि सर्वसाधारण र पर्यटकका लागि खुला छ। तल संसदीय छलफल चलिरहेको हुन्छ। माथि बसेर सबै हेर्न र सुन्न सकिन्छ। लोकतन्त्रको सही अभ्यास यही हो।
‘महोदय, रियलस्टेट क्र्यास भएपछि बैंकको लगानी डुबेको छ। एउटा बैंकको प्रभावले अर्कोलाई पनि समातेको छ,’ एक सांसद अहिलेको वित्तीय संकटबारे संसदको ध्यानाकर्षण गराउँदै थियो।
‘यसलाई रोकिएन भने पूरै अर्थतन्त्र कोल्याप्स हुन्छ।’
***

बोनिता निकै भावुक भइसकेकी छन्। म पनि। म उनको हत्केला बेस्करी अँठ्याउँछु।
‘… पेरिस आएँ। सानो बुटिकमा काम गर्न थालेँ। स्टोर-किपरको काम भनुँ न। पढ्ने लालसा मनमै थियो। तर, पेरिसको महँगो जीवनमा स्टोरकिपिङ गरेर खाने, बस्ने र पढ्ने खर्च निकाल्नु असम्भव थियो।
‘पढाइ र करिअर भन्दै लन्डन आएँ। सानो काउन्टी कलेजमा भर्ना भएँ। ड्रामा र अंग्रेजी साहित्यमा रुचि थियो। लन्डन, पेरिस भनेको धनको सागर हो, जहाँ पैसा नभएका मजस्ता सामान्य माछाले बाँच्न निकै संघर्ष गर्नुपर्छ। तिमीले पनि लन्डनमा देख्यौ होला, सबै कति रिसाएजस्ता देखिन्छन्। कसैको अनुहारमा हाँसो छैन। कसैलाई गाडी छुट्न लाग्याजस्तो हतार छ। कसैका अनुहार गाडी छुटिसकेजस्तो ओइलाएका छन् …।’
मैले हाँसेर सही थापेँ।
‘… तिमी नेपालीहरू हामी स्पेनिसजस्तै हुँदारहेछौ। हाँसिरहने। बोलिरहने। अर्काको कुरा सुन्ने। आफ्नो कुरा भन्ने। लन्डनमा तिमी कोही पाउँदैनौं आफ्नो कुरा भन्न। भन्न नपाएका अनगिन्ती कुराले विस्तारै थिच्दै ल्याएपछि कहाली लागेर आउँछ।’
उनी एकछिन चुप हुन्छिन्। ‘अनि लन्डनमा के गर्‍यौ त?’ म फेरि कोट्टयाउँछु।
‘मैले बियर बारमा काम पाएँ। नाइट क्लब होइन, शुद्ध बियर बार। म त्यहाँ मेसिनबाट बियर भर्ने काम गर्थें। निकै चलेको थियो। आम्दानी राम्रै भयो। यत्ति हो, ग्राहकसँग मुसुक्क हाँसेर मीठो कुरा गर्नुपर्ने। त्यही बियर बेचेर मैले ड्रामा र अंग्रेजी साहित्यमा डिप्लोमा सिध्याएँ।
‘मलाई पूरा १२ वर्ष लाग्यो लन्डनमा सेटल हुन। यसबीच धेरै बियर बार चहारेँ। पढाइ सकेपछि म राम्रो जागिर खान चाहन्थेँ सधैं नै। एउटा अन्तर्राष्ट्रिय प्रतिष्ठानमा काम पनि पाएँ (उनले संस्थाको नाउँ त भनेकी थिइन्, तर यहाँ उल्लेख नगरौं)। एक वर्षको करारमा। एउटा व्यवस्थित, सहज र आत्मसम्मानयुक्त जीवन सुरु भयो।’
‘अनि?’
‘कट्टी सार्क र ग्रिनविचको बीचमा एउटा सानो सिंगल बेडरुम अपार्टमेन्ट पनि लिएकी छु।’
‘ग्रिनविच?’ म उत्साहित हुन्छु, ‘हामी त्यहीँ त बसेको। आइएसबिएन होटलमा। कस्तो भेट नभएको।’
‘अहिले भयो त।’
‘त्यतिखेर भए लन्डन सँगै घुम्न हुन्थ्यो नि।’
‘अब पेरिस घुमौंला।’
***

‘बसको टिकट राम्ररी राखेको छस् हैन, बुकिङ नम्बर याद राख्नु,’ एक साताभन्दा बढीको स्कटल्यान्ड बसाइपछि बसपार्कमा छोड्न आएका प्रजय भारी मन लिएर मलाई बिदा गरिरहेका थिए।
उनले फेरि एक-एक गर्दै मलाई टिकटको बेहोरा सम्झाए। एउटा टिकट एभरडिनबाट लन्डन। अर्को लन्डन-वेल्स आतेजाते। तेस्रो, लन्डन-पेरिस आतेजाते। सब युरोलाइन्सको। प्रजयले यी टिकट अनलाइनमा अग्रिम बुकिङ गरिदिएका थिए। त्यसैले निकै सस्तो परेको थियो।
***

(मेरो हरेक गन्तव्य घुमिफिरी लन्डनको भिक्टोरिया कोच स्टेसनमा आएर टुंगिन्थ्यो। लन्डनलाई युरोपसँग जोड्ने युरोलाइन्सका सस्ता बसहरू यहीँबाट छुट्छन्। पेरिस यात्रा पनि यहीँबाट सुरु भयो। बसको टिकट हेर्ने लाममै मैले उनलाई पहिलोचोटि देखेको थिएँ। त्यो अपरिचित हेराइ र डोभरको कुर्सीमा भएको एउटा असान्दर्भिक भेट रोमान्स र प्रेमको प्रतीक पेरिससम्म आइपुग्दा निकै गाढा भइसकेको छ।)
***

म र बोनिता पेरिसको बस टर्मिनलमा छौं।
‘एस्प्रेसो (कफी) खाउँ है,’ उनी मेरो जवाफ नकुरी टर्मिनलको सानो क्याफेमा एस्प्रेसो अर्डर गर्छिन्। कागजको सानो कपमा गाढा कालो झोल तरतर झर्न थाल्छ। कपमा आधा पनि हुँदैन रहेछ। सुरुप्प पार्छु। मुख पूरै बिग्रिएर आउँछ।
‘मन परेन?’
‘तीतो।’
उनका गालामा फेरि खोबिल्टा पर्छन्।
यहाँ मेरो एकजना साथीको साथीले टर्मिनलबाट चार स्टेसन परेको नास्सियो भन्ने ठाउँमा भेट्छु भनेको छ, ११ बजे। नास्सियो लेखिएको अक्षर सर्सर्ती पढ्दा हामी ‘नेसन’ उच्चारण गर्छौं। पेरिसियनहरू यसैलाई नास्सियो भन्दारहेछन्।
साथीले दिएको समय आउन अझै दुई घण्टा बाँकी छ। हामी झोला भुइँमा बिसाएर क्याफेमै आरामसँग गफिइरहेका छौं।
‘अनि के भो?’
‘दुई महिनाअघि मेरो कन्ट्र्याक्ट सकियो। म बेरोजगार भएँ। आर्थिक मन्दीले गर्दा त्यो संस्थाले समय थप्न मानेन। आवश्यक परे फेरि डाक्छु भनेको छ। तर मन्दी झन्झन् चर्कंदै छ, मलाई विश्वास छैन।
‘बैंकलाई एपार्टमेन्टको ऋण पनि चुक्ता गर्न सकेकी छैन। दुई महिना भयो किस्ता नतिरेको। बैंकले चारचोटि चिठी पठाइसक्यो। एक महिनाको म्याद दिएको छ। नतिरे एपार्टमेन्ट हडप्छ।
‘ब्वाइफ्रेन्ड थियो। हामी चार वर्षदेखि सँगै बस्थ्यौं। ऊ कन्स्ट्रक्सनको काम गर्थ्यो। उसले पनि जागिर गुमायो। म लन्डन बस्न सक्दिनँ भनेर घर (पर्थ, स्कटल्यान्ड) फर्किसक्यो। मसँग एक बचन सल्लाह पनि गरेन। चटक्कै छोडेर गयो। पैसा नभए माया पनि हुन्न?’
म निरुत्तर छु।
‘अस्ति अचानक स्पेनबाट फोन आयो। बुबा बित्नुभएछ। उहाँलाई घाँटीको क्यान्सर भएको थियो। लास्ट स्टेजमा हुनुहुन्थ्यो। बूढा क्यान्सरले थलिएपछि त्यो (सौतेनी आमा) किन बस्थी? एक्लै मर्न छोडेर भागेर गई। फकिङ बिच।’
उनको आँखामा रिस छ। आँसु पनि चुहिरहेको छ। म सान्त्वना दिँदै उनको दाहिने हात अँठ्याउँछु। उनी देब्रे हातले आँसु पुस्छिन्।
‘अन्तिम समयमा बुबाले मलाई खुब सम्भि्कनुभएको थियो। हामी दिनहुँ फोनमा गफ गर्थ्यौं। घर छोडेर हिँडेदेखि उहाँसँग भेटेको थिइनँ। जसरी भए पनि भेट्छु भन्ने सोचेकी थिएँ। छुट्टी मिल्दै मिलेन। जागिर गुमेपछि पनि बैंकको किस्ता, नयाँ जागिरको खोजी – उठेर हिँड्नै पाइएन। ७३ वर्षको हुनुहुन्थ्यो। अन्तिम समयमा उहाँसँग कोही भएन। न श्रीमती, न छोरी, न छोरा। छोरा त कहाँ छ, अझै थाहा छैन। मर्‍यो कि जिउँदै छ कुन्नि।
उनी केहीबेर चुप लाग्छिन्।
‘अब के गर्छौ त?’ दिनको ५० पाउन्ड खर्च बोकेर हिँडेको म डुलुवासँग चाहेर पनि उनको दुःखमा साथ दिने हैसियत छैन।
‘थाहा छैन,’ उनका आँखा फेरि रसाएर आउँछन्।
***

(नास्सियोमा छुट्टिएपछि बोनितासँग मेरो भेट भएन। उनले पेरिस घुमौंला त त्यत्तिकै भनेकी थिइन् – आफू दुःखी भए पनि मलाई खुसी पार्न। म उनको बाध्यता बुझ्छु। उनी त्यहाँबाट सिधै स्पेन गइन्। मैले आफ्नो इमेल ठेगाना दिएको थिएँ। तर एउटै मेल आएको छैन। मेरो मेलको जवाफ पनि दिएकी छैन। बाचा त गरेकी थिइन्। जीवनको बिग्रँदो मौसममा आफैं भर खोज्दै हिँडेका व्यक्तिले मलाई सम्झेका होलान् भन्ने भर पनि छोडिसकेँ। उनी केही दिन स्पेन बसेर लन्डन फर्किहोलिन् वा उतै आफ्नो व्यवस्था गरिन् कि? वित्तीय संकट टार्न लन्डनका बैंकहरूका लागि आर्थिक प्याकेज आयो। त्यसले उनको एपार्टमेन्ट जोगियो कि? उनको कन्ट्रयाक्ट थपियो कि? वा …?)
***

म अझै पनि बोनिताले भनेको सम्भि्करहेछु, ‘युरोपमा एउटा वर्ग छ, जसलाई क्रेडिट कार्ड र डेबिट कार्डको अन्तर थाहा छैन। एप्पल आइपडको भाउ कण्ठ छ, दुध कति पर्छ हेक्का छैन। २० जनामा एकजना मोबाइलमै महिनाको सय पाउन्ड खर्चन्छन्। टपसप, प्राइमार्क वा टिकेम्याक्समा सपिङ गर्छन्। त्यस्तालाई आर्थिक मन्दीले छुँदैन। हामीजस्तै संघर्षरत वर्गलाई हो सबैतिरबाट सबैले च्याप्ने।’
बोनिताको दुःख पेरिसको आइफल टावरजत्तिकै ठिङ्ग चुलिएको छ। कसैको भरबिना नै।
बोनिता मेरी मोनालिसा हुन्। लुभ्र संग्रहालयमा सुरक्षित मोनालिसाको तस्बिरमा मैले उनकै आकृति देखेको थिएँ। उनी रोइरहेकी थिइन्। सुँक्सुँकाइरहेकी थिइन्।

shrestha.sudeep@gmail.com

Jul 12, 2010

त्यो पर्खाइ

नरेन्द्र रौले
काठमाडौ उपत्यका भन्दा केही पर । डाँडैडाँडाले घेरेका छन् यो शहरलाइ । बादलुको घुम्टोले छोपिएको छ उपत्यका । बादलको टुक्राहरु माथीमाथी उड्दैछन् आकाश छुनलाइ । म वानेश्वरको एउटा क्याफेमा छु । कफिको चुस्कि लिदैछु । एकोहोरिएको छु पर क्षितिज तर्फ हेर्दै । मेरो वरीपरी कोही छैन । एक्लो छु । शान्त छ क्याफे । बाहिर झम्झम् पानी परिहेको छ । एकोहोरो मोटर गाडीले हर्न बजाइरहेका छन् । यिं हरफहरु लेखिरहँदा कफि रित्तिएको छ । मैले कुरिरहेको छु कसैलाइ । ठान्नुहोला त्यो आउने ब्यक्ति केटी हो । यस्तो ठान्नुभयो भने तपाइको अनुमान गलत हुनेछ । केटालाइ नै म कुरिरहेको छु । उहाको नाम मुक्तिनाथ घिमिरे । जसलाइ मैले धेरै दिनदेखि कुरिहेको छु । भेट हुन सकिरहेको छैन । भेट्नका लागी म समय माग्छु । तोकिएको ठाउ र समयमा पुग्छु । मोवाइलमा सम्पर्क गर्दा, माफ गर्नुहोला , तपाइले सम्पर्क गर्नु भएको मोवाइलको स्वीच अफ् गरिएको छ । भन्ने आवाज आउछ । म निरास हुन्छु । आज पनि धोका पाइयो सोच्दै लुरुलुरु म घर फर्किन्छु ।

आज त्यस्तो नहोला । मैले हिजो साझ मोवाइलमा सम्पर्क गरेको थिएँ । "भोली त हन्र्डेड पर्सेन्ट भेट हुन्छ । चितवन जान्छु नभन्नु भाइ ।" दाइले भन्नु भएको थियो । अघि झरीमा भिज्दै क्याफे छिर्दा कल् आएको थियो । "म बाटोमा छु , जाममा परेको छु ।" भनेर । भुट हुने आशा पलाएको थियो । यसो ढोकातिर हेर्छु । कोहि भित्र प्रबेश गर्दा मुक्ति दाइ प्रबेश गर्नु भयो कि जस्तो लाग्छ । तर अरु नै अनुहार आउछन् , जान्छन् । वास्तवमा पर्खाको पीडा कस्तो हुँदो रहेछ । म भोगीरहेको छु अहिले । बादलुले छोपिएका डाँडाहरु एकोहोरो कति हेर्नु ? केही क्यामेरामा रहेका पुराना तस्विरहरु हेरेर समय कटाएँ । अझैँपनि केति हेर्नु ?

दोहोर्‍याइ तेहर्‍याइ हेरिएका प्रतिबिम्बहरु । मैले कुरेको झण्डै पैँचालिस मिनेट भयो । ठ्याक्कै त्यही बेला ठ्याक्कै मुक्तिको प्रबेश हुन्छ । म खुसि सन्तोषको लामो स्वास फेर्छु । खाजा खाँदै हामी गफिन्छौँ । लेखन, जीवन, अध्ययन र बिबिध विषयमा । उहाले लेख्नुभएको नया किताब मेरो हातमा थमाउनुहुन्छ । जसमा नेपाली साहित्यमा नौलो प्रयोग गरिएको छ । लघुकथाको नाम हो, २१६६ । अंकको नामबाट कृतिको नाम राखिएको नेपाली साहित्यमा यो पहिलो कृति हो । यसको समिक्षा केहि दिनपछि म यो ब्लगमा राख्नेछु ।

Jun 22, 2010

3 जी को जमाना
नरेन्द्र रौले

टेलिकमले बिस्तार गरेको नया सुबिधा प्रति मानिसहरुको आकर्षण बढ्दो, तर गुणस्तरमा कमी आएको गुनासो ।

प्रिपा ९ कपिलबस्तु स्थायि घर भएका सन्तोष न्यौपाने नौ महिना अघि बेल्जियम पुगेका थिए । बेल्जियमको बु्रगी शहर
मा बसोबास भएका न्यौपाने, २२ पेसाले पत्रकार हुन् । नेपालस्थित टेलिभिजन च्यानल न्युज २४ का बेल्जियम प्रतिनिधी उनी
नेपालइजरायलडटनेट, रेडियोटिटानडटकम जस्ता अनलाइनमा पनि आबद्ध छन् । बेल्जियममा पाइलो टेके देखि नै न्यौपानेले
एप्पल ब्रान्डको थ्रि जि मोबाइल चलाउन थाले । यतिबेला उनको पेसामा अभिन्न सहायक बनेको छ , थ्रि जि मोबाइल ।

न्यौपाने संलग्न रहेको रेडियोटिटानडटकम अनलाइन रेडियो हो । जसमा उनी कार्यक्रम संयोजक छन् । धेरै जसो समय आवाज संग खेलिरहनुपर्ने हुन्छ । नेपाल स्थित टेलिभिजन च्यानल न्युज २४ मा समाचार रिपोर्ट पठाउदा आवाज र तस्विर दुबैको आबश्यकता पर्छ। यिं दुबै कामको लागी थ्री जि अत्याबश्यक बनिसकेको छ ।
ब्यबसायिक कामका लागी भिडियो रेर्कर्ड र भ्वाइस रेर्कर्ड गर्ने न्यौपाने आफ्ना साथीहरु संग बिशेषत भिडियो कल गर्छन् र अरु बेलामा इन्टरनेट चलाउछन् । कुनै बेला इन्टरनेट
चलाउन पाउनु सपना जस्तै लाग्थ्यो, लङ्कु ६ चितवनका आशिष रिजाल, १९ को लागी । तीन बर्षअघि विद्या विकास इंगलिस बोर्डिङ स्कुल अध्ययनरत छंदा बीस मिनेट साइकल चढेर नारायणगढ बजार आइपुग्थे उनी । इमेल चेक गर्नकै लागी भनेर ५० रुपैया तिरेर साइबर पस्थे उनी । त्यो पनि इन्टरनेट एकदम ढिलो गरी चल्थ्यो । तिनै आशिष रिजाल अहिले दंग छन् । स्कुले जीवनमा जुन रहर पुरा गर्न पाएनन्, त्यो अहिले पुरा गरिरहेका छन् । गएको पांच महिना देखि उनको खल्तिमा थ्रि जि मोबाइल छ । जर्मनीबाट उनकि आमा लक्ष्मीदेबीले थ्रि जि सेट पठाइदिएपछि यसमा धेरै सुबिधा लिन थालेका छन् उनले । दैनिक ६
घण्टा भन्दा धेरै समय इन्टरनेटको दुनियामा बिताउंछन् आशिषले । अष्टे्रलियामा रहेका दाइ संग भिडियो कल गर्छन्, साथीभाइहरु संग एमएसएन, इबडि, याहु म्यासेन्जर, फेसबुक मार्फत नियमित सर्म्पर्कमा रहन्छन् । मन परेका किताब पढ्छन् । ह्वाइट हाउस कलेजबाट विज्ञान विषयमा प्लस टु उर्त्तिर्ण आशिषको लागी पढाइ मा पनि थ्री जि मोबाइलले ठूलै सहयोग पुर्‍याइरहेको छ । जीवनमा इन्जिनियर बन्ने सपना पालेका छन् आशिषले । त्यो आकांक्षा पुरा गर्न राम्रा इन्जिनियरीङ कलेजहरु खोजिरहेका छन् यतिबेला । सके पुल्चोक इन्जिनियरिङ क्याम्पस नत्र भारतको कुनै इन्जिनियरीङ कलेजलाइ आफ्नो गन्तब्य बनाइरहेका छन् उनी ।

धेरै कुरामा थ्री जि मोबाइल सजिलो लाग्न थालेको छ आशिषलाइ । सानो स्क्रीन, चलाउन पनि सजिलो छ । पैसा पनि निक्कै सस्तो । १०० केबिको जम्मा ०।२५ पैसा मात्रै । टु जि भन्दा त कैयौ गुणा बढी छिटो चल्ने । साइबर धाइरहनु पनि परेन । आफुलाइ मन परेका म्युजिक भिडियो, गीत, प्रोगाम पनि थ्री जि मोबाइल मार्फ नै डाउनलोड गर्छन् उनले । आफुले प्रयोग गर्दै आएको थ्री जि मोबाइलका आएको बारे उनी भन्छन् , मेरो पढाइसंग संगै साथीभाइ संग अपडेट हुन, रमाइलो गर्न यसले सघाएको छ ।

यहा लिइएका सन्तोष र आशिष दुइ प्रतिनिधी पात्र हुन्, जसले थ्री जि (ते
स्रो पुस्ता० मोबाइल प्रयोग गरिरहेका छन् । बदलिदो समय, दिनहु भित्रिने नया नया सूचना प्रबिधि संग अभ्यस्त हुन खोज्दैछ शहरी पुस्ता । मानौ अब आरामदायि ढंगले नया सुबिधा र एप्लिकेसन भएको थ्री जि बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन । टेलिभिजन हेर्न मन छ तर घरमा बत्ति गएको छ , अत्याबश्यक काम गर्नु छ साइबर जानु पर्‍यो तर टाढा छ , त्यहा ठुलै भीड छ वा अरु केहि समस्या छ , गीत सुन्न र म्युजिक भिडियो हेर्न मन छ , तर तपाइको कम्प्युटरमा इन्टरनेट कनेक्सन एकदम ढिलो छ, तपाइ कतै जांदै हुनुहुन्छ बाटो हराउनु भयो, यिं सबै समस्याको समाधान
थ्रि जी हुन सक्छ ।

आवाज मात्र सुनिने, सिमित क्षमता र थोरै मात्रै प्रयोगकर्ता भएको र एनालग टा्रन्समिटर भएको वन जि अब लोप भएर गइसक्यो । त्यस लाइ बिस्थापित गर्दै नया रुपमा टु जि आयो । जसले जिपिआरएस , जिएसएम रेडियो र एसएमएस लगायतका सुबिधा दिलायो । मानविय गुण नै हो जति सुबिधा पाएपनि थप सुबिधा खोज्ने । टु जि ले मात्रले पनि चित्त बुझेन । र टु जि बिस्तार हुंदै त्यसैको नया रुप आयो थ्रि जि मोबाइल । जसले मानिसहरुको दैनिक जीवनलाइ सहज बनाउंदै छ ।

नेपाल टेलिकमले दक्षिण एसियामै पहिलो पटक तीन बर्षअघि सन् २००७ मा काठमाडौको रिङ रोड भित्र मात्र थ्रि जि सेवा दियो । सुरुमा बीस हजार प्रयोगकर्ताहरुलाइ लक्षित गरेर सेवा विस्तार गरिएको थियो । जम्मा ८ वटा टावर मात्र निमार्ण गरिएका थिए । रु ४१९५ तिरेर प्रिपेड सिमधारीले मात्र थ्रि जि सेवा लिन पाउंथे । पोस्ट पेड सिमधारीलाइ खुला गरिएको थिएन । तर सन् २०१० जनवरीबाट दुइ लाख प्रयागकर्ताहरुलाइ लागी लक्षित गरेको नेपाल टेलिकमले काठमाडौ र भक्तपुर आसपासमा ६४ वटा टावर निमार्ण्र गरिसकेको छ । र पोष्टपेड सिमधारीलाइ पनि यो सेवा दिन थालिसकेको छ । काठमाडौ बाहिरका शहर मध्ये पोखरामा ८ वटा टावर पनि बनिसकेका छन् । नेपाल टेलिकमका इन्जिनियर प्रक्षेप थापाले दिएको रेर्कर्ड अनुसार दुइ हजार पोष्टपेड र एक हजार प्रिपेड गरी हाल सम्म जम्मा तीन हजारले नेपालमा थ्री जि सुबिधा लिइरहेका छन् ।

सुरुमा प्रिपेड मोबाइल कर्ताका लागी मात्र खुला गरिएको थ्री जि सेवा लिन रु ४१९५ तिरेर रजिष्टे्रसन गर्नु पथ्र्‍यो । फागुन २० गतेबाट दुबै सिम प्रयोगकर्ता लागी खुला गरिएपछि रजिष्टे्रसन शुल्कमा पनि हेरफेर गरियो । अहिले प्रिपेड सिम प्रयोगकर्ताले रु १५०० र पोष्टपेड सिमकर्ताले २१३० रुपैया तिरेर रजिष्टे्रसन गर्न सक्छन् । दुइटैमा रु एक हजार बराबरकोब्यालेन्स हुन्छ । शुल्क घटाइएकाले यो सुबिधा लिनेहरुको निकै भिड बढेको छ । राजधानीका त्रिपुरेश्वर, पुल्चोक स्थित कार्यालयबाट दैनिक कम्तिमा तीस जनाले रजिष्टे्रसन दर्ता गराउने गरेका छन् । पोष्टपेड सिम प्रयोग कर्ताले रु २५० तिरेर उहि नम्बर प्रयोग गर्न पाउछन् भने प्रिपेडले नया नम्बर र सिम लिनुपर्ने ब्यबस्था छ । विद्यार्थी, पत्रकार, इन्जिनियर ,ब्यापारी, पाइलट, बिभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरु थ्री जि का प्रयोगकर्ता बनेका छन् ।
मोवाइल सेवा निर्देशनालयका निर्देशक जीवनरत्न शाक्य तिनै प्रयोगकर्ता मध्ये एक हुन । उनले आफ्नो कार्यालय र घरमा बत्ति गएका बेला टेलिभिजनमा समाचार हेर्छन् । दिनहु कहा के घटनाहरु भए तिं कुरा जान्न उनी उत्सुक हुन्छन् । यस बाहेक उनले इन्टनेट चलाउछन् । नेपाल टेलिकमका इन्जिनियरका प्रक्षेप थापा लाइ बिशेष गरी वर्ल्ड कप हेर्न मन पर्दोरहेछ । ूनेर्टवर्क चलिराखेको छ कि छैन, चेकजांच गर्न पनि मैले
थ्री जि प्योग गर्छुू उनी भन्छन् । सबैलाइ थ्रि जि ले फाइदा दिएको छ भन्ने अबस्था चाहि छैन । जस्तो कि धुलीखेलको आइटि पार्कमा कार्यरत ज्वलन्त श्रेष्ठले चलाएको एक महिनामै थ्रि जि बन्द गरे । ूधेरै जसो समय कामका लागी काठमाडौ बाहिर जानुपर्दा कामै नलाग्ने ।ू ज्वलन्त भन्छन् । उनका
अनुसार यो सेवा देशैभरी बिस्तार गरिनुर्पर्छ र मुल्य अझै कम गरिनुर्पर्छ ।

प्रबिधिको तुलनामा नेपालले निश्चय पनि फड्को मारेको हो । नेपाल टेलिकमका इन्जिनियर प्रक्षेप थापा पनि यो कुरा स्वीकार्छन् । थापाका अनुसार भारतमा जम्मा तीन हजार पाच सय प्रयोगकर्ता छन् भने नेपाल जस्तो सानो मुलुकमा तीन हजार छन् । सुरुवातको हिसाबले पनि नेपालले नै अगाडी यो सेवा बिस्तार गरेको हो । तर इन्टरनेट बाहेक अन्य सेवामा नेपाल टेलिकमले सोचे अनुरुप राम्रो गुणस्तर दिन भने सकेन । जुन समस्यापाइलट नरेन्द्र शाह, ३१ र ब्यापारी हिङ्गुन इफ्रान, ४० ले भोगिरहेका छन् । शाहले बिगत एक बर्षो अबधिमा भिडियो कल निकै कम प्रयोग गरेका छन् । र इफ्रानले पनि दुइ महिनाको अबधिमा जम्मा दुइ पटक प्रयोग गरेका छन् । कारण उहि न्युन गुणस्तर हो । भिडियो कल गर्दा तस्विर प्रष्ट देखिदैन र ठूलो आवाजमा कुरा गर्नुपर्छ । इफ्रान भन्छन् । नेपाल टेलिकमका प्रबक्ता सुरेन्द्र प्रसाद थिके चांडै त्यो समस्या समाधान हुने बताउछन् । उपत्यकामा एक सय टावर बनाउदैछौ । नेर्टवर्कमा आउने त्यस्तो समस्यामा कमी आउनेछ । प्रबक्ता थिकेले भने ।

थ्री जि सेवा लिन सकिने मोबाइल सेटहरु
मोडेल : X6 Nokia
मूल्य रु चौंतिस हजार
मेमोरी स् १६ जिबि
सुबिधा स् ५ मेगापिक्सेल क्यामेरा,
ब्याट्रि स् टु जि का लागी साढे ८ घण्टा र थ्री जि का लागी ६ घण्टा

मोडेल : नोकिया 5800
मूल्य स् रु २४,७५०
क्यामेरा स् ३।१५ मेगापिक्सेल
ब्याटी्र स् टु जि का लागी ८ घण्टा ४५ मिनेट, थ्रि का लागी ५ घण्टा

मोडेल : B5310
मूल्य स् २१,७००
ब्याट्रि स् ८ घण्टा
मेमोरी स् १६ जिबि

मोडेल : इरिक्सन w705
मूल्य स् २३,५००
ब्याट्रि स् १० घण्टा
मेमोरी स् ८ जिबि

मोडेल :सोनि इरिक्सन c 902
मूल्य स् २३,५००
ब्याट्रि स् १० घण्टा
मेमोरी स् ८ जिबि
क्यामेराः ५ मेगापिक्सेल

यो लेख यहाँ पनी पढ्न सकिन्छ
मोबाइल थरीथरीका
सस्तो मूल्यमा धेरै सुबिधा दिने होडबाजि

नरेन्द्र रौले

नेपालमा सन् १९९८ तिर भर्खर भर्खर मोबाइल भित्रियो । महाराजगञ्जका मनिष राजभण्डारीलाइ मोबाइल चलाउने तलतल लाग्यो । त्यो तलतल मेटाउन उनले बयालिस हजार रुप“ैया खर्चिनुप¥यो । अहिले ठ्याक्कै उनले प्रयोग गरेको एचजिएच ६०० नम्बरको मोडेल त बजारमा पाइदैन
तर त्यसमा उनले
पाएका भन्दा कयौं बढी सुबिधा उपलब्ध मोबाइल दुइ हजारमै उपलब्ध हुन थालेको छ । अहिले कार्बन
ब्रँण्डका केसी ५५५ र के १० मोडे
लका मोवाइल चलाउ“छन् भण्डारी । जसको मूल्य ८ हजार भन्दा माथी पर्दैन ।

सामसुङ मोवाइलका भाइस पे्र
सिडेन्ट दीपक मल्होत्रा सामसुङको ग्यालेक्सी एस र आइफोन चलाउ“छन् । घरमा लोडसेडिङ हु“दा मोवाइलमै टेलिभिजन हेर्छन् । विश्व कप फुटबलको प्रत्यक्ष प्रसारण पनि मोवाइल बाटै हेरिहेका छन् उनी । नेपालमा मोबाइल बोक्ने २१ औ ब्यक्ति आफु भएको बताउने दीपक ले
अहिले सम्म सयौं सेटहरु परिबर्तन गरिसकेको बताउ“छन् ।

ठीक बाह्र बर्ष अगाडी ब्ल्याक एण्ड ह्वाइट् (श्यामश्वेत) मोबाइल चला
उन रु पचास हजार रुपैया डिपोजिट राख्नुपरेको थियो, स्पेसियालिटि मेडिया प्राइभेट लिमिटेडका निर्देशक जोसेफ सिबास्टिनले । नोकिया कम्पनि
को उक्त मोबाइलमा एसएमएस र फोन बाहेक अन्य सुबिधा त्यसमा थिएन ।
अहिले रु पचास हजार भन्दा माथीका महंगा तीन वटा मोवाइल सेट बोक्ने जोसेफले अफिस प्याकेज पनि मोबाइलमै चलाउ“छन् । युटिएल,
एनसेल र नेपाल टेलिकमका छुट्टा छुट्टै सिम प्रयोग गर्ने जोसेफ आफ्नो ब्यबसायिक काममा ठूलै सहयोग पु¥याएको ठान्छन् ।

मोवाइल बिनाको जीवन कल्पना गर्न पनि सक्दैनन्, मेगा ब“ैकका अध्यक्ष अनिल शाह । कसैलाइ भेट्न पर्दा होस् या साथीभाइ आफन्तको जन्मदिनको पार्टीमा जा“दा त्यसको जानकारी उनले खल्तिमा बोकेको मोबाइलले दिने गर्छ । “मोबाइल नै मेरो गाइड बनिसकेको छ ।” शाह भन्छन् । दिमागको सबै चिज नै मोबाइलमै राखेको बताउने शाह बाटै
बुझिन्छ मानिसका लागी यो कति अपरिहार्य बस्तु बनिसकेको छ भनेर ।
नेपाली बजारमा झण्डै २५ करोड
बराबरका मोवाइल मासिक रुपमा भित्रिने गरेका छन् । भने ३० करोड बराबरको कारोबार हुने गर्छ । झण्डै एक दर्जन भन्दा धेरैको संख्यामा रहेका कम्पनिहरुले सरदर सा“ढे दुइ करोड बराबर सरकारलाइ राजस्व बुझाउने गरेको तथ्य आन्तरिक राजस्व बिभागले दिएको छ ।

मानिसको दैनिक जीवनमा अत्यावश्यक चिज बनिसकेको छ मोबाइल । घरेलु कामकाज गर्ने गृहिणी , विद्यार्थी, शिक्ष्ँक, सरकारी, गै्रह सरकारी कार्यालयमा काम गर्ने देखि भरिया सम्म सबैका हातहातमा मोबाइल हुन्छ । पछिल्ला दिनमा मोबा
इल यति सर्बसुलभ बन्नुमा घट्दो मूल्यकै कारण मान्न सकिन्छ । पछिल्ला
दिनमा मोबाइलको मूल्य यति घटिसक्यो कि पत्याउनै मुस्किल पर्छ । धुम्बाराहीका केदार कोइराला, नोकियाको १२०२ मोडेलको मोबाइल चलाउछन् । जसको मूल्य रु १९५० मात्र छ । त्यहि सेटलाइ पा“च बर्ष अघि किन्नुप
र्दा ६००० रुपैया भन्दा माथी पथ्र्यो ।

मानव जिवनका लागी एकातिर अत्याबश्यक साधनको रुपमा प्रयोग भइरहेको मोवाइल अर्कातिर सुख सुबिधाको साधन पनि बनिरहेको छ । समग्र युवा जमातले यसलाइ रमाइलो लागि प्रयोग गरिरहेका छन् ।
मोबाइलको मूल्य जतिजति घट्दैछ गएको छ , त्यति नै संख्यामा नयानया मोबाइल कम्पनिहरु पनि थपिदै गएका छन् । पछिल्ला तीन महिना यता मात्रै कार्बन, माइक्रोम्याक्स, अल्काटेल गरी आधा दर्जन भन्दा धेरै कम्पनिहरु नेपाली बजारमा थपिए । अब चा“डै नै लेमन, म्याक्स गरी एक दर्जन भन्दा धेरै कम्पनिहरु ने
पाली बजारमा भित्रिने क्रममा छन् । आखिर कस्तो छ त मोबाइलको बजार ?

कार्बन मोबाइलको आधिकारिक बिक्रेता एलाइड टे«ड लिंक इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक मनिष राजभण्डारीका अनुसार झण्डै रु पा“च करोड बराबरको कारोबार हुने गर्छ । झण्डै दुइ महिना अघि मात्र १९ वटा मोडेल लिएर नेपाली बजारमा आएको कार्बन मोवाइल प्रति महिना दस हजार भन्दा बढी सेट बिक्रि हुने गरेको बताउछन्, मनिष । कार्बन मोबाइलका ह
रेक मोडेलहरुमा दुइ वटा सिम प्रयोग गर्न सकिने, ब्याटी« पनि धेरै टिकाउन हुने, सस्तो र सुपथ मूल्यमा पाइने, जिएसएम र सिडिएमए एउटै सेटमा प्रयोग गर्न सकिने भएकाले नै अरु कम्पनिको मोबाइल भन्दा फरक बिशेषता भएको उनी बताउछन् । “नेपालमा पहिलो पटक एलाइड टे«ड लिंकले एउटै सेटमा जिएसएम र सिडिएमए सुबिधा दिएको पहिलो चोटी हो । ” उनी भन्छन् । रु २९९९ देखि ८३०० सम्मका कार्बन मोबाइलहरु बजारमा किन्न पाइन्छ ।

कसले कम मूल्यमा दिने भन्ने प्रतिष्पर्धा पनि निकै चलिरहेको छ । मोटोरोला कम्पनिले ११२ मोडेलको मोबाइल रु चौध सयमा दिन थालेपछि अरु कम्पनिले पनि आफ्ना उत्पादनहरुको मूल्य घटाउन थाले । नोकिया कम्पनिले १२०२ नम्बरको मोडेललाइ रु १९५० मा दिन थाल्यो । अहिले कम मूल्यमा बजारमा पाइने ब्रान्डेड कम्पनिको मोबाइल नै नोकियाको १२०२ मोडेल हो । टेलिटकले पनि सस्तो मूल्यमा आफ्ना उत्पादनहरु स्पाइस, कलर्स र एचटिसी बिक्रि गरिरहेको छ । स्पाइसका सेटहरु रु २ हजार देखि पच्चिस हजास सम्ममा पाइन्छन् । कलर्सका सेटहरु दुइ हजार देखि ८ हजार सम्ममा पाइन्छन् । एचटिसी का मोबाइल भने अरु भन्दा बढी महंगा छन् । रु अठार हजार देखी साठी हजार पर्ने गरेको
पाइएको छ ।
टेलिटकका निर्देशक सञ्जय अग्रवालका अनुसार प्रति महिना १२ हजार जति सेटहरु बिक्रि हुने गरेका छन् । अहिले सम्म बढी बिक्ने गरेको नोकियाका २६९०, ६३०३, ५१३०, २७०० मोडेल हुन् । यिं सेटहरु रु ६ हजार देखि १२ हजार सम्ममा किन्न पाइन्छ । पाको न्युरोड , ताम्राकार कम्प्लेक्स स्थित सिटिभी मोवाइल पसलमा एक महिनामा दस हजार सेटहरु बिक्रि हुने गरेको छ । दोस्रो सबैभन्दा बढी बिक्रि हुने सामसुङका मोन्टे, कर्बी प्रो, कर्बी म्याट पर्छन् । सबैभन्दा महंगो सोनि इरिक्सन, एचटिसी, नोकिया ब्रान्डहरुका मोवाइल छन् । जसको मूल्य ४८ हजार देखी रु ७५ हजार सम्म पर्छ ।

मोवाइलले राम्रँे बजार लिनुको एउटा कारण सर्भिस सेन्टरले गर्दा पनि हो । मोवाइलको बिक्रि स“गै कम्पनिहरुले दिने सर्भिसका कारण ग्राहकहरु यसप्रति आकर्षित भएका हुन् । केहि गरी मोवाइल बिग्री हालेमा पनि सामसुङ, कार्बन, भर्जिन जस्ता केही कम्पनिहरुले निशुल्क बनाइदिने गरेका छन् । शहर बजारका निश्चित स्थानमा मात्रै होइन देशका बिभिन्न कुनाकाप्चामा पनि सर्भिस सेन्टर खोल्ने तयारीमा छन् यिं कम्पनीहरु । यसले गर्दा ब्यबसाय फष्टाउने
विश्वास गर्छन् ब्यबसायिहरु । “शहर बजारमा त जतापनि सुबिधा पाइन्छ तर विकट ठाउका बासिन्दाले कहा“ जाने ?” भर्जिन मोवाइलका विवेक दण्डवाल भन्छन् । स्थापित कम्पनि सामसुङले एक बर्ष भित्र बिग्रिएमा निशुल्क रुपमा बनाइदिन्छ ।

नयानया उपहार योजना दिएर ग्राहकहरुलाइ आकर्षित गर्दैछन् केहि कम्पनिहरु । चौधरी गु्रपको लगानि रहेको सिजी इलोक्टो«निक्सले असार मसान्त सम्मका लागी नया स्कीम ल्याएको छ । एलजि मोवाइल किन्दा सुनको सिक्का दिने योजना ल्याएको छ । त्यस्तै पाको न्युरोड स्थित भर्जिन मोवाइल कम्पनिले स्क्रयाच र लोयाल्टी नामका दुइ वटा नया स्कीम ल्याएको छ । भर्जिन कम्पनिले दिन सुरु गरेको नया स्कीम हो, स्क्रयाच । यो योजना नया मोवाइल किन्नेहरुका लागी हो । ग्राहकले मोवाइल खरिद गर्दा एउटा कुपन छान्न पाउ“छन् । जसमा दुइ देखि अन्ठाउन्न प्रतिशत सम्म छुट दिइएको हुन्छ । छोपेर राखिएको भागमा स्क्रयाच गरेपछि जति प्रतिशत लेखिएको छ, ग्राहकले त्यति नै सहुलियत पाउछ । पुराना ग्राहकहरुलाइ लक्षित ग
रेर लोयाल्टी स्कीम ल्याइएको छ । मोवाइल किनिसकेका ग्राहकहरुको नाम , ठेगाना र टेलिफोन नम्बर राखिएको हुन्छ । त्यसै मध्येमा हरेक महिना गिफ्ट ह्याम्पर, पचास हजारका मोवाइल सेट, र एक लाख नगद सम्मका उपहार पनि राखिएका छन् ।
अहिले बजारमा पाइने मोवाइल सुबिधा हिसाबले सम्पन्न बन्दै गएका छन् । सामान्यतया एमपि थ्री, म्युजिक प्लेयर, म्युजिक भिडियो, स्क्रीन टच, एफ एम सुबिधा भएका मोवाइल मानिसले खोज्ने गर्छन् । तर यत्तिले मात्र मानिसको चित्त बुझेन । त्यसैले नया सुबिधा भएका मोवाइलहरु खोजि गर्दैछन् मानिसहरु ।

तपाइ कुन ठाउमा उभिनु भएको छ ? तपाइको गन्तब्य कता हो ? त्यहा पुग्न कति समय लाग्छ भनेर घोरिनुभएको छ भने चिन्ता नगर्नुस् । अब त्यो सबै कुरा मोवाइलले समाधान गरिदिनेछ । काठमाडौको बजारमा एस् ५६६० मोन्टे, कोर्बि बि ५३१०, कोर्बि प्रो बि ५३१० मोडेलका नया सेटहरु भेटाउन सकिन्छ जुन सामसुङले केहि हप्ता अघि मात्रै सार्बजिक गरेको हो । यिं अत्याधुनिक सेटमा तपाइ उभिनु भएको ठाउ“मा कति वटा बैंक, एटिएम छन्, गन्तब्यमा जान कति समय लाग्छ, गाडीमा जान कति समय लाग्छ , हिडेर जान कति लाग्छ भन्ने कुरा देखाइदिन्छ । एडभान्स मोवाइल ट्रयाकर को सुबिधा पनि छ । हराएको वा चोरिए
को मोवाइलको डाटा र फोन नम्बरहरु पनि यिं सेटहरुको सहयोगले पाउन सकिन्छ । साथै चोरिएमा वा हराएमा कुन ब्यक्तिले चलाइरहेको छ, कुनकुन नम्बरबाट त्यो ब्यक्तीलाइ फोन आए भन्ने कुरा पनि देखाइदिन्छ । जुन हरेक मानिसका लागी उपयोगी हुन सक्छ । यिनै सुबिधाले होला सामसुङ मोवाइल प्लाजा कमलादीकि बिक्रेता अनु गौतम र सिर्जना थापा कहा“ दिनहु“ मानिसहरुको घु“इचो लाग्ने गरेको छ । केदार प्याकु¥येल र रमेश वास्कोटा सामसुङको एस् ५६६० मोन्टे चलाइरहेका युवा हुन् । विशेष गरी वाइफाइ , जि टक , वाइ टक , वाइक मोड, फेक कल आदि सुबिधाले गर्दा उनीहरु यो मोवाइल प्रति आकर्षित भएका हुन् । भर्जिन, कार्बन, माइक्रोम्याक्स जस्ता कम्पनिहरुले वाइफाइ सुबिधा दिएपछि धेरै मानिसहरु यसप्रति लोभिएका छन् । इन्टरनेट उपलब्ध भएका ठाउ“मा निशुल्क रुपमा त्यसको उपयोगिता गर्न सकिने भएकाले यसले आकर्षित गरेको हो । “ विदेसमा रहेका साथीहरु स“ग निशुल्क रुपमा जि टक मार्फत कुरा गर्छु ।” केदार भने ।

अबको एक हप्ता
मा माइक्रोम्याक्स मोवाइलको आधिकारिक बिक्रेता नेटवर्क सोलुसन प्रालीे नया विशेषता भएका दुइ वटा मोवाइल काठमाडौमा सार्बजनिक गर्दैछ । एक्स २३५ मोडेलको मोबाइलले रिमोटको काम गर्नेछ । टिभी, डिभीडि र मोवाइलबाटै चलाउन सकिनेछ । अर्को जि फो ८५०० मोडेलको मोवाइलले ल्यापटप र कम्प्युटरमा गेम खेल्न सकिनेछ । यो मोडेलको मोवाइल हातमा राखेर चलाएकै भरमा गेम खेल्न सकिन्छ । त्यस्तै एआइटि प्राइभेट लिमिटेड, ठमेलले ओ टि ८०८ मोडेलको नया मोवाइल केहि हप्तामै सार्बजनिक गर्दैछ । गत बैशाखबाट एआइटि प्राइभेट लिमिटेडले राजधानीमा अल्काटेल मोवाइलको बिक्री सुरु गरेको हो । टेलिफोनका आविष्कारक अलेक्जेण्डर ग्राहम बेलकै कम्पनि रहेको यस मोवाइलको सय बर्ष पुरानो इतिहास छ । एआइटि प्राइभेट लिमिटेडका निर्देशक हेमन्त अग्रवाल छोटो समयमै आफु उत्कृष्ट तीन नम्बरमा परेको बताउछन् । रु ३९०० मा मोवाइल खरिद गर्दा १२०० टक टाइम फ्रि दिने नया स्कीम दिने नया योजना ल्याएको छ अल्काटेलले । सुपथ मूल्य नै आफुहरुको नया स्कीम भएको उनी बताउछन् । “बिग्रेको खण्डमा चौबिस घण्टामा सर्भिस दिन्छौं ।” अग्रवाल भन्छन् । रु २६०० देखि १२ हजार भन्दा धेरैको मोवाइल अल्काटेलमा छैन ।

ठाउ बिशेष र उमेर बिशेष मानिसका रहरहरु पनि फरक फरक हुन्छन् । गाउघरतिर बुढापाका र वयस्क मानिसले सस्तो , टर्च लाइट भएको र फोन गर्न मिल्ने मोवाइल खोज्छन् । यता शहरीया युवा जमातले धेरै भन्दा धेरै सुबिधा भएको मोवाइल खोज्छन् । भिडियो रकेर्डिङ, ब्लु टुथ, स्क्रीन टच, मल्टिमेडिया अबको युवा पुस्ताका लागी अनिवार्य जस्तै बनिसकेको छ । सरकारी तथा गै्रहसरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुका लागी अफिस प्याकेज भएको मोवाइल रोजाइमा पर्ने गरेको छ ।

बढ्दो मोवाइलको कारोबार सगै अस्वस्थ प्रतिष्पर्धँ पनि भइरहेको छ खुला सिमानाका कारण झोलामा बोकेर भित्रिने मोबाइल सस्ता हुनाले अन्य कम्पनिको ब्यापारमा अबरोध भइरहेको छ । यस्ता मोवाइल सस्ता, कम गुणस्तर खालका हुनाले छिटो बिग्रिने सम्भाबना हुन्छ । यति मात्र होइन पड्किएर मानिसको ज्यान लिने पनि प्रबल सम्भाबना पनि रहेको हुन्छ । माइक्रोम्याक्सका मोवाइलको आधिकारिक बिक्रेता नेटवर्क सोलुसनका निर्देशक राहुल सचदेभ यसरी अबैध रुपमा भित्रिने मोवाइलको ब्यापारमा नियन्त्रण हुनपर्ने बताउछन् ।

नेपाल टेलिकमका अनुसार हाल सम्म जम्मा ३७ लाख १९ हजारले मोवाइल प्रयोग गर्छन् । सय जना बराबर २५ जना स“ग मोबाइल हुन्छ । नेटवर्क समस्याका कारण स्पष्ट नसुनिने समस्या यथावत छ । नेपाल टेलिकमका निर्देशक आनन्दराज खनाल रेडियो प्लानिङका को कमजोरी कारण यस्तो समस्या आएको बताउछन् । हालैका दिनमा मोवाइल पड्किएर मानिसको ज्यान गइरहेको छ । त्यसबाट बच्न गड्याङगुडुङ भइरहेका बेला कुराकानी नगर्ने, चिसोमा नराख्ने, चार्ज भइरहेका बेला कुरा नगर्ने जस्ता साबधानी अपनाउनुपर्छ ।


Jun 13, 2010

गित भित्रको पृष्ठभुमि
नरेन्द्र रौले

तिम्ले पराइ ठानेपछि ,पराइ हुन के भयो र ?
तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र ?
धेरै मानिसका ओठमा झुन्डिएको छ यो गीत । धेरैको मनमा बसेको छ ।
अञ्जु पन्तले स्वर भरेको यो गीत बजारमा आएपछि रेडियोमा नबजेको दिनै छैन । जुनै स्टेसनबाट लगाउँदा पनि त्यहि गीत बजिरहेको भेटिन्छ । यो गीत सुनेपछि धेरैले यसैलाइ आफ्नै जीवनको गीत सम्झन्छन् ।
र पीडा भुलाउन खोज्छन् । यस गीतका सर्जक लोकराज अधिकारीले कुन घटनाबाट प्रेरित भएर यो गीत रचे होलान् ?

लोकराज अधिकारी, २९ गजल अनुरागी थिए । माबि डाँडागाउ, गोगलि दाङमा कक्षा ७ पढ्दै गर्दा कविता लेख्थे उनी । कक्षामै आफ्ना साथी र गुरु लाइ सुनाउँथे । सबैले उनका रचनाको प्रसंसा गर्थे । उनलाइ थप लेख्ने हौसला प्राप्त हुन्थ्यो । महेन्द्र बहुमुखि क्याम्पस, घोराहि पढ्दा जानी नजानि गजल लेख्न थाले । स्थानिय बिभिन्न पत्रपत्रिकामा उनका रचना छापिन थाले । कलेज पढ्ने बेला स्वर्गद्वारी एफएममा गजल बिशेष गिताञ्जली कार्यक्रम चलाउथे । कार्यक्रमको अन्त्यमा आफैले रचना गरेका गजल सुनाउँथे । उनको कार्यक्रम नियमित सुन्ने र आवाज मन पराउने गर्थिन् एक युवति । जसले निरन्तर फोन गर्थिन् लोकराजलाइ । भेट्न खोज्थिन् । बिस्तारै उनीहरु बिच भेटघाट बाक्लिदै गयो । घनिष्ठता निकै बढ्दै गयो । पछि तिनै युवति सँग प्रेम बस्यो । हुँदाहँुदा उनले बिहेको प्रस्ताब गरिन् । लोकराज बिबाहित थिए, उनी भर्खर कलेज पढ्दै गरेकि १९ बषिर्या अविवाहित युवति ।तिं युबतिको बिहे प्रस्ताब लोकराजले स्वीकार गर्न सकेनन् । नचाहँदा नचाहँदै पनि अन्तत ः प्रेमको डोरी टुट्यो। तर सम्झनाको डोरी भने कहिल्यै टुटेन । 'आफ्नो बन्न नसकेकि' तिनै प्रेमिका। सुरुमा यो गजलको रुपमा को यादमा लेखिएको गीत हो यो । " बिर्सनलाइ गीत लेखें । तर झनै सम्झाइ दियो । याद बल्भिmदै गयो ।" उनी भन्छन् लेखिएको थियो । रेकर्ड गराउने उनको कुनै योजना थिएन । त्यो गजललाइ गायक एबं संगितकार यादब
योगीले गाएर सुनाए ।

उनका साथी भाइ, शुभचिन्तकले मन पराए । सबैले रेकर्ड गराउन सल्लाह दिए । पछि लोकराजले यस गजललाइ गीतमा ढाले । थुप्रै संगितकारले यसमा संगित भर्ने कोषिस गरेपनि अन्त्यमा सन्तोष श्रेष्ठले यसमा संगित र अञ्जु पन्तले स्वर भर्ने मौका पाए । हिजो एक जनाको पीडा बोकेको गीत, आज सबैको गीत बन्यो । कतै यो गीत बजेको सुन्दा चसक्क हुन्छ मन श्रोताहरुको । आँखाभरी पुरानै अतित झलझली आउँछ । त्यसैले होला, सर्जकले मेरै जीवनको गीत लेखेछ भन्ने अनुभुति भइदिन्छ सबैलाइ । यद्यपि यति लोकपि्रय होला भन्ने स्वयं सर्जक लोकराजलाइ पनि लागेको थिएन। झण्डै साँढे लाख भन्दा बढी श्रोताहरुले आफ्नो मोबाइलमा यस
गीतलाइ सिआरबिटी बनाएका छन् । " यो लोकपि्रयता धान्न गार्‍हो छ । धेरैले गीत लेखिदिन आग्रह गरेका छन् ।" उनी भन्छन् । अहिले सम्म तीस हजार अडियो र चौध हजार भन्दा बढी सिडीका प्रतिहरु बिक्रि भइसकेका छन् ।
सर्जक लोकराज अधिकारी
स्तै बिपिन किरणलाइ पनि ठ्याक्क त्यस्तै अनुभूति भएको थियो सुरुमा । कुनै कलाकाको आवाजमा रेकर्ड गराउने उद्देश्यले उनले गीत लेखेनन् । ०६० मा पि्रमियर कलेजबाट कमर्समा प्लस टु सिध्याएर बसेका उनी गजल लेख्ने अभ्यास गर्दै थिए । गीत, गजल सम्बन्धि ज्ञान लिन पुस्तकको अध्ययन गर्थे ।०६२ तिर बिपिनले एउटा गजल लेखे । र आफ्ना मामा सुरेश सुबेदी र अन्य केहि साथीभाइ लाइ सुनाए। सबैले उनको त्यो गजलको निकै तारिफ गरे । संगितकार महेश खड्का सँगको भेटले त्यो गजल रेकर्ड गराउने संयोग जुर्‍यो । अञ्जु पन्तको स्वरमा बिपिन कि
रणले लेखेको नर्बिसे तिमीलाइ ,न पाएँ तिमीलाइ गीत जब बजारमा आयो, तब सोचे भन्दा धेरै चर्चा पायो । नर्बिसें तिमीलाइ गीत सँ
गै बिपिनको उचाइ पनि चुलिदै गयो । दर्जनौ चलचित्र र अन्य ठाउँबाट उनलाइ गीत लेखिदिन आग्रह गर्नेहरु बढ्दै गए । त्यसो त यस भन्दा पहिला बिपिनका तीन वटा गीतहरु रेकर्ड भइसकेका थिए । तर तिं गीतहरु त्यति चर्चामा रहेनन् । एउटै गीतका कारण उनको जीवनले कोल्टे फेर्‍यो नर्बिसे तिमीलाइ ,न पाएँ तिमीलाइ लेख्न बिपिनलाइ बीस दिन खर्चिनु परेको थियो । सुरुवातको अन्तरा लेखेपछि बाँकी गीत पुरा गर्न उनले निकै सोच्नुपर्‍यो । ०६२ सालतिर हो उनले यो गीत लेखेको । लोकराजको जस्तो लामो कथा नभए पनि कलेज पढ्दाका दिनमा बिर्सन नसकेको कोहि मान्छे प्रति लक्षित गर्दै लेखेको बताए बिपिनले । यसभन्दा धेरै कुरा उनले खोल्न चाहेनन् । थोरै यथार्थ र धेरै ल्पना मिसाउदै उनले लेखेको यो गीत साँढे दुइ लाख श्रोताले आफ्नो मोबाइलमा रिङ्ग टोन बनाएका छन् । अहिले सम्म तीस हजार अडियो र चौध हजार भन्दा बढी सिडीका प्रतिहरु बिक्रि भइसकेका छन् । समय परिबर्तन हुँदै गएपनि श्रोताको मनबाट यो गीत परिबर्तन भएन ।
गीत जति पुरानो भएपनि त्यसको भाव पुरानो नहुँदो रहेछ । अनुभूति र भोगाइ जहिले पनि एउटै हुने रहेछ । जस्तो कि तारादेबिले स्वर दिएको नातिकाजिले संगीत भरेको फूलको थुंगा बगेर गयो गंगाको पानीमा अझैपनि सुनौंसुनौं लाग्छ । सदाबहार यो गीत अहिले पनि रेडियोमा प्राय जसो सुन्न पाइन्छ ।तारादेबीले संसार छोडेर गएपनि उनको स्वर धर्तीमा अझै गुञ्जिदैछ ।
त्यो गीतका रचयिता राष्ट्रकवि माधब घिमिरेलाइ गीत लेख्दाको झझल्को अझै आइरहन्छ । लमजुङ जिल्लाको पुस्तुन गाउतिरको घटना हो ।
राष्ट्रकविले एउटी अत्यन्त सुन्दर युब
ति देखे । अग्लो जिउ भएकी, लामा केशरासी, मृग नयनि आँखा , सलक्क परेकि थिइ उ । सुन्दर जिउ
डाल भएकि तिं रुपवति महिला विवाहित रहिछन् । बिहे भएको चार महिनामै लोग्ने परदेस लागेको रहेछ । जुन बाटोतिर लोग्ने परदेश लागेको थियो त्य
हि बाटोतिर हेरिरहन्थि । हरेक साँझ , हरेक बिहान त्यहि बाटोमा आँखाहरु बिछ्याउँथि उसले । एकोहोरो टोलाउन थाली । कता होला, कस्तो होला, कहिले फर्की आउला उसको मनमा सायद यस्तै कुराहरु खेल्थे । पानीमा फूलको थुँगा बगेजस्तै त्यो युबतिको जवानी पनि त्यत्तिकै खेर गए जस्तो लाग्यो घिमिरेलाइ । आफ्नो मायालुको पर्खाइमा दिनहुँ बाटो कुरिरहने त्यो आइमाइलाइ फूलसँग तुलना गर्दै राष्ट्रकविले रचे,फूलको थुंगा बगेर गयो ,गंगाको पानीमा । चलचित्र मनको बाँध मा पनि समाबेस छ यो गीत । दर्जनौ गीतहरुको बिचमा राष्ट्रकविको चर्चित अर्को कालजयि गीत छ । जसलाइ नारायणगोपालले आवाज दिएका छन्, नातिकाजीले संगित भरेका छन् ।
आजै र राती के देखें सपना मै मरी गएको
बतास बिना हाँगाको फूल भुँइ झरी गएको
लैनचौर स्थित आफ्नै निवासमा ०१९ सालमा लेखिएको थियो यो गीत । बिहानको समय थियो । श्रीमतिले चिया
बनाएर ल्याइन् । त्यो सँगै एउटा अनौठो कुरा सुनाइन् । "अचम्म भयो, आजको राती त मैलेे सपनामा आफै मरेको दृश्य पो देखें ।" यति भनेर श्रीमति फर्किन् । यो सुनेर घिमिरेलाइ भित्रै देखि छोयो । त्यसताका घिमिरेको चुरोट पिउने बानी थियो । चुरोटको सर्को लिदै उनले एकछिनमा गीत तयार पारे । श्रीमति र छोरीलाइ सुनाए । यति छिटै आफ्नै बारे गीत बनाएको देख्दा श्रीमति महाकाली छक्क परिन् । अधिकांस पीडा, दुख र बिछोडका गीतहरु सिर्जना गरे घिमिरेले । पत्नि गौरीको बियोगमा उनले खण्डकाब्य लेखे । तमाम गीतहरु रचे । जो सँग जीवन साँटियो । सुख दुख बिसाइयो र सँगै जीवनको यात्रा गरियो सिर्जनामा पनि तिनै मान्छेको प्रतिबिम्ब लेखिदो रहेछ । रचनामा पनि अनुभुति र भोगाइका तिनै कथा भेटिने रहेछन् । जसरी गीतकार रमण घिमिरेले आफ्ना गीतहरुमा आफ्नो जीवनसंगीको त्यस्तै कथा उने । झापा, धुलाबारीका रमण घिमिरे भरतपुर, चितवनकि ज्योति गौतम सँग बिबाह बन्धनमा बाँधिए । त्यो बेला घिमिरेको उमेर ३२ बर्ष थियो, ज्योतिको २६ बर्ष मात्र । तुलनात्मक रुपमा अलि ढिलो उमेरमा विवाह गरे जस्तो लाग्यो । जीवनको यो मोडमा बिहे हुन पुग्दा यो प्रसंगलाइ जोड्दै उनले गीत लेखे, आधी बाटो हिंडेपछि तिमी सँग भेट भयो , जीन्दगीको हाम्राे यात्रा त्यहिंबाट सुरु भयो । संयोगले यो गीतमा स्वर भर्ने मौका पनि मनिला सोताङ र उदय सोताङको दम्पतिले पाए । घिमिरेका अहिले सम्म साँढे दुइ सय गीतहरु रेकर्ड भइसकेका छन् । तिं मध्ये आधा जति खुसिका गीतहर आफ्नो जीवनसाथी लाइ केन्द्रबिन्दु बनाउदै लेखिएका छन् । रिसाउँदा नि आफ्नै, अझैपनि लजाउँछ्यौ उसैगरी बेहुली जस्तै,कहिले तिम्रो पछ्यौ
रीमा अल्झें आदि थुप्रै त्यसका उदाहरण हु्न् । त्यस्तै ममता दिपबिमले स्वर भरेको गीत तिम्रै यादमा कल्पिल्पि छेउ भिज्यो सिरानीको चालिस हजार
भन्दा माथी सिआरबिटी का रुपमा डाउनलोड भइसकेको छ ।
आफ्ना लागी मात्र होइन अ
रुको लागी गीत लेखेका छन्
घिमिरेले । नारायणघाट देखि काठमाडौ सम्म आउँदा गायक रामकृष्ण ढकालले भोगेका समस्या र संघर्षका कथा समेट्दै उनकै जीवन माथी गीत
लेखिएको थियोमलाइ यो जीन्दगीले कहाँ पुर्‍यायो । रामकृष्ण ढकालका चर्चित गीतहरुमध्ये यो अग्रस्थानमा पर्छ । गाबाट उज्यालो भबिष्यको खोजी गर्दै शहर पस्ने असंख्य युबाहरुको पनि मुटुको ढुकढुकी बन्न पुग्यो यो गीत ।सर्बसाधारण मानिसको मनको भाबना बुझेर त्यसलाइ टपक्क गीतमा उतार्न सक्ने ब्यक्ति हुन्, दिनेस अधिकारी । उका गीतहरुमा हावा, पानी, कुहिरो र प्रकृतिको बढी चित्रण गरिएको पाइन्छ ।सामान्य मान्छे उनको गीतका पात्र हुने गर्छन् । नेपाल ल क्याम्पसमा
स्नातक पढ्ने बेला तिमी यसै लजायौ, म उसै धकाएँ गीत लेखेका थिए अधिकारीले । आफ्ना साथी सुरेन्द्र रानालाइ उनले त्यो गीत देखाए ।संगीतकार राम थापासँग राम्रो सम्बन्ध थियो सुरेन्द्रको । उनले त्यो गीत थापालाइ सुम्पे । राम थापाले रबिन शर्मालाइ गाउन दिए । रबिनले गाएका र दिनेशले लेखेका दर्जनौ गीतहरु मध्ये दुबै जनालाइ यहि गीतले चिनायो । भर्खर रेकर्ड भएर बजारमा आउँदा बिहान देखि बेलुका सम्म निरन्तर रेडियोमा यो गीत बजिरहन्थ्यो । स्टेजमा पनि रबिनले यहि गीत श्रोताहरुलाइ सुनाउँथे । आफन्तको बिहेमा जाँदा मन परेको युबति देखेर अधिकारीले यो गीत लेखेका थिए । उनी सँग बोल्ने, परिचय हुने
अबसर पाएन । त्यसै कुरालाइ आधार बनाएर यो गीतको जन्म भयो ।

रक्सी बेचें आलु बेचें, बेचें च्युरा
मासु सबै भन्दा धेरै बिक्यो जोबनको हाँसो
शर्मिला बर्देवाले गाएको यो गीत पनि दिनेशले लेखेका थुप्रै अन्य गी
त जस्तै चर्चाम्ाा रह्यो ।
नयाबानेश्वर, काठमाडौमा जन्मेका, सर्लाहिको हरिऔनमा हुर्केका गीतकार दिनेश अधिकारीले हरिऔनको पहाडी गाउमा देखेको कथा लेखेका छन् यसमा । बैंसमा धपक्क बलेकि युबतिको भट्टि पसल थियो । मानिसहरुको भिड लाग्थ्यो त्यहाँ । आउँथे रमाइलो गर्थे । जब समयले कोल्टे फेर्‍यो। चाउरी पर्दै गए तिं युवतिका गाला । मान्छेहरु आउने क्रम घट्यो । त्यहि कथालाइ जिबन्त रुपमा गीतमा उतारे अधिकारीले । उनका ५०० गीतहरु रेकर्ड भइसकेका तिं मध्ये कतिपय कल्पनामा आधारित छन् भने कति बास्तविक घटनामा आधारित । ०५७ सालमा रेकर्ड भएको अनुभूति एल्बमका दस वटा गीतहरु सबै बास्तविक घटनामा आधारित छन् । गलैंचा कारखानामा मालिकले युबति माथी शोषण गरेको, बिधवा महिलाकोपीडा, पहाडमा भरियाले भारी बोकेका कथा समाबेश छन् यस एल्बममा । यिं गीतहरु लेख्दा प्रत्यक्ष रुपमा मानिसहरुलाइ भेटेरै उनले गीत लेखेका थिए ।
साहित्यकार कृष्णप्रसाद पराजुलीका झण्डै ५ दर्जन गीत रेकर्ड छन् ।

नातिकाजिले संगित भरेको र उदितनारायण झाले गाएको तिमीलाइ देखेर आँखा त्यहि छो डी हिंडे म अलि बढी चर्चामा रह्यो । यो गीत ०२८ सालमा लेखिएको हो । त्यो बेला पराजुली ठमेलमा बस्थे । उनको डेरा अगाडिको बाटोमा एक सुन्दर महिला हिंड्थिन् । उनलाइ देखेर पराजुलीको मनमा तरंग जान्थ्यो । एकोहोरिदै उनै महिलातिर हेर्थे पराजुली । तर तिं महिला अर्कै पुरुषको साथमा हुन्थिन् । त्यहि बिषयलाइ केन्द्रबिन्दु बनाउदै उनले त्यो गीत रचे । ०३२ सालमा रेकर्ड भएको यो गीत सुन्दा अझैपनि पराजुली अझै त्यहि पुरानो घटनाको याद आउँछ ।
रानी ऐश्वर्या (चाँदनि शाह) ले पनि पराजुलीका गीतहरु मन पराउथिन् । ऐश्वर्याले आफ्नो जन्मदिनमा रेडियो नेपाल मार्फत कसले मलाइ बैरागी बनायो, मनको मेरो संसारै हरायो फर्माइस गरेको सम्झना छ पराजुलीलाइ ।

आफ्नो सिंगो जीवन लोकगीत संकलन र गायनमा समपर्ण गरेका जनकवि केशरी धर्मराज थापाका सबैजसो गीत भित्र यथार्थ लुकेको छ । लोकगित संकलनका क्रममा नेपालका अधिकांस गाउ, ठाउ जिल्लामा घुमेका छन् उनले । कतिपय भारतिय भुमी नैनीताल, देहरादुन, दार्जिलिङ
समेत चक्कर लगाए । थापाको चर्चित गीत छ, उनकै आवाजमा गाइएको हरियो डाँडामाथी हलो जोत्ने साथीतत्कालिन राजकिय प्रज्ञा प्रतिष्ठानका कुलपति राजा महेन्द्र थिए । प्रतिष्ठानले उनलाइ लोकगित संकलनका लागी जिल्ला बाहिर पठाएको थियो । २००८ को कुरा हो । घुम्दैघुम्दै उनी सुदूरपश्चिमको बाजुरा पुगेका थिए । डोगडि गाउको माथी डाँडामा थकाइ मार्न उनी सुस्ताएका थिए । नजिकै हलो जोतिरहेका किसान देखे । अनि त त्यहिं लेखिहाले , हरियो डाँडा माथी हलो जोत्ने साथी । जसलाइ रामचन्द्र काफ्लेले पछि रिमीक्स गरेर पनि गाए । सर्जक ललिता कुँवरले पहिलो पल्ट बियोग एल्बम बजारमा ल्याइन् ०६१ मा । त्यो एल्बममा समाबेश आठ वटा गीत मध्ये एउटा गीत निकै चर्चामा आयो । स्वरुपराज आचार्यले गाएको धेरै माया दिदा रैछन्, मुटु जोडेर जानेहरु । त्यो गीत ललिताले आधा घण्टामै तयार पारिन् । जसभित्र नरमाइलो एउटा कहानि छ । ६ बर्ष अघि नेपाल टेलिभिजनबाट एउटा सिरीयल आउथ्यो , बिमानचालक ।जसको अभिनय गर्थे पाइलट बिजय गिरीले । त्यसको अभिनय, कथा बस्तु सबै कुरा मन पराउथिन् ललिता । उनी नियमित रुपमा त्यो सिरियल हेर्थिन् । एक दिन अचम्म नरमाइलो घटना सुन्नुपर्‍यो । नेपाल टेलिभिजनबाट बज्ने सिरीयल बिमानचालकका अभिनयकर्ता एबं पाइलट बिजयले जहाज उडाउदा उडाउदै दुर्घटनामा परेर आफ्नो ज्यान गुमाए । त्यो खबर एउटा एफएम बाट
सुनिरहेकि थिइन् ललिता । उनको श्रीमतिको ठाउमा आफु भइदिएको भए कस्तो हुन्थ्यो , मलाइ कस्तो पीडा हु
न्थ्यो । उनले यस्तै सोचिन् र तुरुन्तै गीत बनाइन् । जो अत्यन्तै चर्चा रह्यो । त्यसो त बियोग एल्बमका अन्य सात वटा गीतहरु पनि सत्य घटनामा आधारित छन् । "मेरो नजिकका साथीहरुले प्रेम
बिछोडमा भोगेका पीडा सुनेर लेखें ।" उनले भनिन् ।

सबै गीतहरु सत्य घटनामा आधारित हुन्छन् भन्ने छैन । बरिष्ठ गीतकार रत्नशमशेर थापाले मनमा कल्पना खेलाउदै गीत लेखेका छन् । उनका चर्चित गीत मध्ये ए कान्छा ठट्टै मा यो बैस जान लाग्यो, बिछोडको पीडा नसकि खप्न दसैको मेलैमा गाउको कथा बस्तु सम्झेर लेखेका हुन् । आफैलाइ घटना पर्नुपर्छ भन्ने छैन, अरुको देखेर पनि लेख्न सकिन्छ भन्ने लाग्छ उनलाइ । " कल्पनाले ठूलो भुमिका खेल्छ लेखनमा । कल्पना शक्ति तिख्खर हुनुपर्छ ।" थापा भन्छन् ।