Aug 22, 2010

कन्यामको काखमा पिरती

इलाम र चिया पर्यायबाचि शब्द जस्तै बनेका छन् । लाग्छ, एक बिना अर्को अपुरो बनिदिन्छ । देश, विदेस निर्यात हुने गरेको इलामको चिया निकै प्रसिद्ध छ । इलामका कुनैपनि भुभागहरु बा“झो छैनन् । सबै हरिया डा“डाहरु चियाबगानले ढाकिएका छन् । त्यसमध्येको प्रमुख स्थान हो, कन्याम ।
जता नियाले पनि रंगिन गलै“चा बिच्छ्याए जस्तो देखिन्छ । धर्तीको स्वर्ग नै हो कि भन्ने भान् पर्छ ।

एकनासले चलिरहने चिसो सिरेटो, चियाघारीका थुम्काथुम्की, धुपी सल्लाका बाक्लै रुखहरु, नागबेली सडक कन्यामका बिशेष आकषर्ण हुन् । सुर्योदय र सर्यास्तको अबलोकनस“गै तराइका सुन्दर फा“टहरु र भारतका कतिपय स्थानहरु मज्जाले देख्न पाइन्छ । यतिबेला कुइरो र हुस्सुले ढपक्क ढाकिएका छन् पाखाहरु । कुहिरोले छोपिएका बगानहरु भित्र डोको बोकेर चियाका कलिला मुना टिप्दै छिन्, साइली“माइलीहरु । अशोज लागेपछि सफा मौसम सुरु हुन्छ । अनि जति हेरेपनि अघाइ“दैन कन्यामका दृश्यहरु । चियाका बुट्यानमा लुकामारी खेल्दै प्रेमजोडीहरुको दिन बित्छ । प्रेम मौलाउ“छ , झा“ङ्गिन्छ । आ“खाभरी सुन्दर सपनाहरु सजिन्छन् । प्रेमि, प्रेमिकाहरु एक आपसमा भन्दा पनि कन्यामस“ग बढी पिरतीको साइनो सा“टिरहेका हुन कि झै“ लाग्छ । एक पटक यहा“ पुगेपछि फर्केर आउन मनले मान्दैन ।

इलाम आसपासका जिल्ला, झापा मोरङ र सुनसरी देखि भारतका बिभिन्न स्थानहरुबाट कन्यामको काखमा रमाउन आउनेहरुको लर्को लामो छ । बनभोजका लागी पनि कन्याम निकै प्रख्यात छ । पिकनिक खानेहरुको ठूलै भिड देख्न पाइन्छ यहा“ । दर्जनौ“ गाडीहरु रिजर्ब गरेर दिनहु“ मानिसहरु ओइरि रहन्छन् । अध्ययन भ्रमणका लागी बिभिन्न जिल्लाहरुबाट विद्यार्थीहरु पुगिरहन्छन् । युरोपियन मुलुकहरुबाट चियाका बारेमा अध्ययन अनुसन्धान गर्नेहरु पनि त्यत्तिकै आइरहन्छन् । त्यसो त इलामका चिनारीहरु धेरै छन्, अलै“ची, अदुवा, अम्लिसो, आलु । घुम्नका लागी श्रीअन्तु, माइपोखरी, सन्दकपुर, पाथीभरा, सिद्धिथुम्का जस्तै रमणिय थुप्रै स्थलहरु पनि छन् । यिं सबैभन्दा प्रसिद्ध कमाएको कन्याम नै हो । “जीवनमा एकपटक घुम्नै पर्ने ठाउ हो ।” स्थानिय पत्रकार युवराज गौतम भन्छन् । दुइ सय ४१ हेक्टर क्षेत्रफलमा फैलिएको यस क्षेत्रमा चियाखेतीलाइ राम्रो प्रबद्र्धन गर्न सके पर्यटन अझै“ सुदृढ हुने धारण छ गौतमको ।

राजधानीबाट कन्याम जाने सोच बनाउ“दै हुनुहुन्छ भने दुइ वटा बाटा रोज्न सक्नुहुन्छ । पहिलो आठ सय रुपियाको टिकट काटेपछि गाडी चढेर सिधै कन्याम पुगिन्छ । दोस्रो हवाइजहाज चढेर झापाको भद्रपुर ओर्लिनुपर्छ र फेरी गाडी समात्नुपर्छ। जुन जिल्लाकै सबैभन्दा बढी आर्थिक कारोबार हुने क्षेत्र हो । चौ“रीको छुर्पी, थुक्पा, गाइको दुधबाट बनेको ललीपप,निकै लोकप्रिय चिज हुन् । फुर्सदमा हुनुहुन्छ, बिदा मनाउदै हुनुहुन्छ भने तपाइका लागी कन्याम उपयुक्त गन्तब्य हुनसक्छ ।

No comments: