Jun 22, 2010

3 जी को जमाना
नरेन्द्र रौले

टेलिकमले बिस्तार गरेको नया सुबिधा प्रति मानिसहरुको आकर्षण बढ्दो, तर गुणस्तरमा कमी आएको गुनासो ।

प्रिपा ९ कपिलबस्तु स्थायि घर भएका सन्तोष न्यौपाने नौ महिना अघि बेल्जियम पुगेका थिए । बेल्जियमको बु्रगी शहर
मा बसोबास भएका न्यौपाने, २२ पेसाले पत्रकार हुन् । नेपालस्थित टेलिभिजन च्यानल न्युज २४ का बेल्जियम प्रतिनिधी उनी
नेपालइजरायलडटनेट, रेडियोटिटानडटकम जस्ता अनलाइनमा पनि आबद्ध छन् । बेल्जियममा पाइलो टेके देखि नै न्यौपानेले
एप्पल ब्रान्डको थ्रि जि मोबाइल चलाउन थाले । यतिबेला उनको पेसामा अभिन्न सहायक बनेको छ , थ्रि जि मोबाइल ।

न्यौपाने संलग्न रहेको रेडियोटिटानडटकम अनलाइन रेडियो हो । जसमा उनी कार्यक्रम संयोजक छन् । धेरै जसो समय आवाज संग खेलिरहनुपर्ने हुन्छ । नेपाल स्थित टेलिभिजन च्यानल न्युज २४ मा समाचार रिपोर्ट पठाउदा आवाज र तस्विर दुबैको आबश्यकता पर्छ। यिं दुबै कामको लागी थ्री जि अत्याबश्यक बनिसकेको छ ।
ब्यबसायिक कामका लागी भिडियो रेर्कर्ड र भ्वाइस रेर्कर्ड गर्ने न्यौपाने आफ्ना साथीहरु संग बिशेषत भिडियो कल गर्छन् र अरु बेलामा इन्टरनेट चलाउछन् । कुनै बेला इन्टरनेट
चलाउन पाउनु सपना जस्तै लाग्थ्यो, लङ्कु ६ चितवनका आशिष रिजाल, १९ को लागी । तीन बर्षअघि विद्या विकास इंगलिस बोर्डिङ स्कुल अध्ययनरत छंदा बीस मिनेट साइकल चढेर नारायणगढ बजार आइपुग्थे उनी । इमेल चेक गर्नकै लागी भनेर ५० रुपैया तिरेर साइबर पस्थे उनी । त्यो पनि इन्टरनेट एकदम ढिलो गरी चल्थ्यो । तिनै आशिष रिजाल अहिले दंग छन् । स्कुले जीवनमा जुन रहर पुरा गर्न पाएनन्, त्यो अहिले पुरा गरिरहेका छन् । गएको पांच महिना देखि उनको खल्तिमा थ्रि जि मोबाइल छ । जर्मनीबाट उनकि आमा लक्ष्मीदेबीले थ्रि जि सेट पठाइदिएपछि यसमा धेरै सुबिधा लिन थालेका छन् उनले । दैनिक ६
घण्टा भन्दा धेरै समय इन्टरनेटको दुनियामा बिताउंछन् आशिषले । अष्टे्रलियामा रहेका दाइ संग भिडियो कल गर्छन्, साथीभाइहरु संग एमएसएन, इबडि, याहु म्यासेन्जर, फेसबुक मार्फत नियमित सर्म्पर्कमा रहन्छन् । मन परेका किताब पढ्छन् । ह्वाइट हाउस कलेजबाट विज्ञान विषयमा प्लस टु उर्त्तिर्ण आशिषको लागी पढाइ मा पनि थ्री जि मोबाइलले ठूलै सहयोग पुर्‍याइरहेको छ । जीवनमा इन्जिनियर बन्ने सपना पालेका छन् आशिषले । त्यो आकांक्षा पुरा गर्न राम्रा इन्जिनियरीङ कलेजहरु खोजिरहेका छन् यतिबेला । सके पुल्चोक इन्जिनियरिङ क्याम्पस नत्र भारतको कुनै इन्जिनियरीङ कलेजलाइ आफ्नो गन्तब्य बनाइरहेका छन् उनी ।

धेरै कुरामा थ्री जि मोबाइल सजिलो लाग्न थालेको छ आशिषलाइ । सानो स्क्रीन, चलाउन पनि सजिलो छ । पैसा पनि निक्कै सस्तो । १०० केबिको जम्मा ०।२५ पैसा मात्रै । टु जि भन्दा त कैयौ गुणा बढी छिटो चल्ने । साइबर धाइरहनु पनि परेन । आफुलाइ मन परेका म्युजिक भिडियो, गीत, प्रोगाम पनि थ्री जि मोबाइल मार्फ नै डाउनलोड गर्छन् उनले । आफुले प्रयोग गर्दै आएको थ्री जि मोबाइलका आएको बारे उनी भन्छन् , मेरो पढाइसंग संगै साथीभाइ संग अपडेट हुन, रमाइलो गर्न यसले सघाएको छ ।

यहा लिइएका सन्तोष र आशिष दुइ प्रतिनिधी पात्र हुन्, जसले थ्री जि (ते
स्रो पुस्ता० मोबाइल प्रयोग गरिरहेका छन् । बदलिदो समय, दिनहु भित्रिने नया नया सूचना प्रबिधि संग अभ्यस्त हुन खोज्दैछ शहरी पुस्ता । मानौ अब आरामदायि ढंगले नया सुबिधा र एप्लिकेसन भएको थ्री जि बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन । टेलिभिजन हेर्न मन छ तर घरमा बत्ति गएको छ , अत्याबश्यक काम गर्नु छ साइबर जानु पर्‍यो तर टाढा छ , त्यहा ठुलै भीड छ वा अरु केहि समस्या छ , गीत सुन्न र म्युजिक भिडियो हेर्न मन छ , तर तपाइको कम्प्युटरमा इन्टरनेट कनेक्सन एकदम ढिलो छ, तपाइ कतै जांदै हुनुहुन्छ बाटो हराउनु भयो, यिं सबै समस्याको समाधान
थ्रि जी हुन सक्छ ।

आवाज मात्र सुनिने, सिमित क्षमता र थोरै मात्रै प्रयोगकर्ता भएको र एनालग टा्रन्समिटर भएको वन जि अब लोप भएर गइसक्यो । त्यस लाइ बिस्थापित गर्दै नया रुपमा टु जि आयो । जसले जिपिआरएस , जिएसएम रेडियो र एसएमएस लगायतका सुबिधा दिलायो । मानविय गुण नै हो जति सुबिधा पाएपनि थप सुबिधा खोज्ने । टु जि ले मात्रले पनि चित्त बुझेन । र टु जि बिस्तार हुंदै त्यसैको नया रुप आयो थ्रि जि मोबाइल । जसले मानिसहरुको दैनिक जीवनलाइ सहज बनाउंदै छ ।

नेपाल टेलिकमले दक्षिण एसियामै पहिलो पटक तीन बर्षअघि सन् २००७ मा काठमाडौको रिङ रोड भित्र मात्र थ्रि जि सेवा दियो । सुरुमा बीस हजार प्रयोगकर्ताहरुलाइ लक्षित गरेर सेवा विस्तार गरिएको थियो । जम्मा ८ वटा टावर मात्र निमार्ण गरिएका थिए । रु ४१९५ तिरेर प्रिपेड सिमधारीले मात्र थ्रि जि सेवा लिन पाउंथे । पोस्ट पेड सिमधारीलाइ खुला गरिएको थिएन । तर सन् २०१० जनवरीबाट दुइ लाख प्रयागकर्ताहरुलाइ लागी लक्षित गरेको नेपाल टेलिकमले काठमाडौ र भक्तपुर आसपासमा ६४ वटा टावर निमार्ण्र गरिसकेको छ । र पोष्टपेड सिमधारीलाइ पनि यो सेवा दिन थालिसकेको छ । काठमाडौ बाहिरका शहर मध्ये पोखरामा ८ वटा टावर पनि बनिसकेका छन् । नेपाल टेलिकमका इन्जिनियर प्रक्षेप थापाले दिएको रेर्कर्ड अनुसार दुइ हजार पोष्टपेड र एक हजार प्रिपेड गरी हाल सम्म जम्मा तीन हजारले नेपालमा थ्री जि सुबिधा लिइरहेका छन् ।

सुरुमा प्रिपेड मोबाइल कर्ताका लागी मात्र खुला गरिएको थ्री जि सेवा लिन रु ४१९५ तिरेर रजिष्टे्रसन गर्नु पथ्र्‍यो । फागुन २० गतेबाट दुबै सिम प्रयोगकर्ता लागी खुला गरिएपछि रजिष्टे्रसन शुल्कमा पनि हेरफेर गरियो । अहिले प्रिपेड सिम प्रयोगकर्ताले रु १५०० र पोष्टपेड सिमकर्ताले २१३० रुपैया तिरेर रजिष्टे्रसन गर्न सक्छन् । दुइटैमा रु एक हजार बराबरकोब्यालेन्स हुन्छ । शुल्क घटाइएकाले यो सुबिधा लिनेहरुको निकै भिड बढेको छ । राजधानीका त्रिपुरेश्वर, पुल्चोक स्थित कार्यालयबाट दैनिक कम्तिमा तीस जनाले रजिष्टे्रसन दर्ता गराउने गरेका छन् । पोष्टपेड सिम प्रयोग कर्ताले रु २५० तिरेर उहि नम्बर प्रयोग गर्न पाउछन् भने प्रिपेडले नया नम्बर र सिम लिनुपर्ने ब्यबस्था छ । विद्यार्थी, पत्रकार, इन्जिनियर ,ब्यापारी, पाइलट, बिभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरु थ्री जि का प्रयोगकर्ता बनेका छन् ।
मोवाइल सेवा निर्देशनालयका निर्देशक जीवनरत्न शाक्य तिनै प्रयोगकर्ता मध्ये एक हुन । उनले आफ्नो कार्यालय र घरमा बत्ति गएका बेला टेलिभिजनमा समाचार हेर्छन् । दिनहु कहा के घटनाहरु भए तिं कुरा जान्न उनी उत्सुक हुन्छन् । यस बाहेक उनले इन्टनेट चलाउछन् । नेपाल टेलिकमका इन्जिनियरका प्रक्षेप थापा लाइ बिशेष गरी वर्ल्ड कप हेर्न मन पर्दोरहेछ । ूनेर्टवर्क चलिराखेको छ कि छैन, चेकजांच गर्न पनि मैले
थ्री जि प्योग गर्छुू उनी भन्छन् । सबैलाइ थ्रि जि ले फाइदा दिएको छ भन्ने अबस्था चाहि छैन । जस्तो कि धुलीखेलको आइटि पार्कमा कार्यरत ज्वलन्त श्रेष्ठले चलाएको एक महिनामै थ्रि जि बन्द गरे । ूधेरै जसो समय कामका लागी काठमाडौ बाहिर जानुपर्दा कामै नलाग्ने ।ू ज्वलन्त भन्छन् । उनका
अनुसार यो सेवा देशैभरी बिस्तार गरिनुर्पर्छ र मुल्य अझै कम गरिनुर्पर्छ ।

प्रबिधिको तुलनामा नेपालले निश्चय पनि फड्को मारेको हो । नेपाल टेलिकमका इन्जिनियर प्रक्षेप थापा पनि यो कुरा स्वीकार्छन् । थापाका अनुसार भारतमा जम्मा तीन हजार पाच सय प्रयोगकर्ता छन् भने नेपाल जस्तो सानो मुलुकमा तीन हजार छन् । सुरुवातको हिसाबले पनि नेपालले नै अगाडी यो सेवा बिस्तार गरेको हो । तर इन्टरनेट बाहेक अन्य सेवामा नेपाल टेलिकमले सोचे अनुरुप राम्रो गुणस्तर दिन भने सकेन । जुन समस्यापाइलट नरेन्द्र शाह, ३१ र ब्यापारी हिङ्गुन इफ्रान, ४० ले भोगिरहेका छन् । शाहले बिगत एक बर्षो अबधिमा भिडियो कल निकै कम प्रयोग गरेका छन् । र इफ्रानले पनि दुइ महिनाको अबधिमा जम्मा दुइ पटक प्रयोग गरेका छन् । कारण उहि न्युन गुणस्तर हो । भिडियो कल गर्दा तस्विर प्रष्ट देखिदैन र ठूलो आवाजमा कुरा गर्नुपर्छ । इफ्रान भन्छन् । नेपाल टेलिकमका प्रबक्ता सुरेन्द्र प्रसाद थिके चांडै त्यो समस्या समाधान हुने बताउछन् । उपत्यकामा एक सय टावर बनाउदैछौ । नेर्टवर्कमा आउने त्यस्तो समस्यामा कमी आउनेछ । प्रबक्ता थिकेले भने ।

थ्री जि सेवा लिन सकिने मोबाइल सेटहरु
मोडेल : X6 Nokia
मूल्य रु चौंतिस हजार
मेमोरी स् १६ जिबि
सुबिधा स् ५ मेगापिक्सेल क्यामेरा,
ब्याट्रि स् टु जि का लागी साढे ८ घण्टा र थ्री जि का लागी ६ घण्टा

मोडेल : नोकिया 5800
मूल्य स् रु २४,७५०
क्यामेरा स् ३।१५ मेगापिक्सेल
ब्याटी्र स् टु जि का लागी ८ घण्टा ४५ मिनेट, थ्रि का लागी ५ घण्टा

मोडेल : B5310
मूल्य स् २१,७००
ब्याट्रि स् ८ घण्टा
मेमोरी स् १६ जिबि

मोडेल : इरिक्सन w705
मूल्य स् २३,५००
ब्याट्रि स् १० घण्टा
मेमोरी स् ८ जिबि

मोडेल :सोनि इरिक्सन c 902
मूल्य स् २३,५००
ब्याट्रि स् १० घण्टा
मेमोरी स् ८ जिबि
क्यामेराः ५ मेगापिक्सेल

यो लेख यहाँ पनी पढ्न सकिन्छ
मोबाइल थरीथरीका
सस्तो मूल्यमा धेरै सुबिधा दिने होडबाजि

नरेन्द्र रौले

नेपालमा सन् १९९८ तिर भर्खर भर्खर मोबाइल भित्रियो । महाराजगञ्जका मनिष राजभण्डारीलाइ मोबाइल चलाउने तलतल लाग्यो । त्यो तलतल मेटाउन उनले बयालिस हजार रुप“ैया खर्चिनुप¥यो । अहिले ठ्याक्कै उनले प्रयोग गरेको एचजिएच ६०० नम्बरको मोडेल त बजारमा पाइदैन
तर त्यसमा उनले
पाएका भन्दा कयौं बढी सुबिधा उपलब्ध मोबाइल दुइ हजारमै उपलब्ध हुन थालेको छ । अहिले कार्बन
ब्रँण्डका केसी ५५५ र के १० मोडे
लका मोवाइल चलाउ“छन् भण्डारी । जसको मूल्य ८ हजार भन्दा माथी पर्दैन ।

सामसुङ मोवाइलका भाइस पे्र
सिडेन्ट दीपक मल्होत्रा सामसुङको ग्यालेक्सी एस र आइफोन चलाउ“छन् । घरमा लोडसेडिङ हु“दा मोवाइलमै टेलिभिजन हेर्छन् । विश्व कप फुटबलको प्रत्यक्ष प्रसारण पनि मोवाइल बाटै हेरिहेका छन् उनी । नेपालमा मोबाइल बोक्ने २१ औ ब्यक्ति आफु भएको बताउने दीपक ले
अहिले सम्म सयौं सेटहरु परिबर्तन गरिसकेको बताउ“छन् ।

ठीक बाह्र बर्ष अगाडी ब्ल्याक एण्ड ह्वाइट् (श्यामश्वेत) मोबाइल चला
उन रु पचास हजार रुपैया डिपोजिट राख्नुपरेको थियो, स्पेसियालिटि मेडिया प्राइभेट लिमिटेडका निर्देशक जोसेफ सिबास्टिनले । नोकिया कम्पनि
को उक्त मोबाइलमा एसएमएस र फोन बाहेक अन्य सुबिधा त्यसमा थिएन ।
अहिले रु पचास हजार भन्दा माथीका महंगा तीन वटा मोवाइल सेट बोक्ने जोसेफले अफिस प्याकेज पनि मोबाइलमै चलाउ“छन् । युटिएल,
एनसेल र नेपाल टेलिकमका छुट्टा छुट्टै सिम प्रयोग गर्ने जोसेफ आफ्नो ब्यबसायिक काममा ठूलै सहयोग पु¥याएको ठान्छन् ।

मोवाइल बिनाको जीवन कल्पना गर्न पनि सक्दैनन्, मेगा ब“ैकका अध्यक्ष अनिल शाह । कसैलाइ भेट्न पर्दा होस् या साथीभाइ आफन्तको जन्मदिनको पार्टीमा जा“दा त्यसको जानकारी उनले खल्तिमा बोकेको मोबाइलले दिने गर्छ । “मोबाइल नै मेरो गाइड बनिसकेको छ ।” शाह भन्छन् । दिमागको सबै चिज नै मोबाइलमै राखेको बताउने शाह बाटै
बुझिन्छ मानिसका लागी यो कति अपरिहार्य बस्तु बनिसकेको छ भनेर ।
नेपाली बजारमा झण्डै २५ करोड
बराबरका मोवाइल मासिक रुपमा भित्रिने गरेका छन् । भने ३० करोड बराबरको कारोबार हुने गर्छ । झण्डै एक दर्जन भन्दा धेरैको संख्यामा रहेका कम्पनिहरुले सरदर सा“ढे दुइ करोड बराबर सरकारलाइ राजस्व बुझाउने गरेको तथ्य आन्तरिक राजस्व बिभागले दिएको छ ।

मानिसको दैनिक जीवनमा अत्यावश्यक चिज बनिसकेको छ मोबाइल । घरेलु कामकाज गर्ने गृहिणी , विद्यार्थी, शिक्ष्ँक, सरकारी, गै्रह सरकारी कार्यालयमा काम गर्ने देखि भरिया सम्म सबैका हातहातमा मोबाइल हुन्छ । पछिल्ला दिनमा मोबा
इल यति सर्बसुलभ बन्नुमा घट्दो मूल्यकै कारण मान्न सकिन्छ । पछिल्ला
दिनमा मोबाइलको मूल्य यति घटिसक्यो कि पत्याउनै मुस्किल पर्छ । धुम्बाराहीका केदार कोइराला, नोकियाको १२०२ मोडेलको मोबाइल चलाउछन् । जसको मूल्य रु १९५० मात्र छ । त्यहि सेटलाइ पा“च बर्ष अघि किन्नुप
र्दा ६००० रुपैया भन्दा माथी पथ्र्यो ।

मानव जिवनका लागी एकातिर अत्याबश्यक साधनको रुपमा प्रयोग भइरहेको मोवाइल अर्कातिर सुख सुबिधाको साधन पनि बनिरहेको छ । समग्र युवा जमातले यसलाइ रमाइलो लागि प्रयोग गरिरहेका छन् ।
मोबाइलको मूल्य जतिजति घट्दैछ गएको छ , त्यति नै संख्यामा नयानया मोबाइल कम्पनिहरु पनि थपिदै गएका छन् । पछिल्ला तीन महिना यता मात्रै कार्बन, माइक्रोम्याक्स, अल्काटेल गरी आधा दर्जन भन्दा धेरै कम्पनिहरु नेपाली बजारमा थपिए । अब चा“डै नै लेमन, म्याक्स गरी एक दर्जन भन्दा धेरै कम्पनिहरु ने
पाली बजारमा भित्रिने क्रममा छन् । आखिर कस्तो छ त मोबाइलको बजार ?

कार्बन मोबाइलको आधिकारिक बिक्रेता एलाइड टे«ड लिंक इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक मनिष राजभण्डारीका अनुसार झण्डै रु पा“च करोड बराबरको कारोबार हुने गर्छ । झण्डै दुइ महिना अघि मात्र १९ वटा मोडेल लिएर नेपाली बजारमा आएको कार्बन मोवाइल प्रति महिना दस हजार भन्दा बढी सेट बिक्रि हुने गरेको बताउछन्, मनिष । कार्बन मोबाइलका ह
रेक मोडेलहरुमा दुइ वटा सिम प्रयोग गर्न सकिने, ब्याटी« पनि धेरै टिकाउन हुने, सस्तो र सुपथ मूल्यमा पाइने, जिएसएम र सिडिएमए एउटै सेटमा प्रयोग गर्न सकिने भएकाले नै अरु कम्पनिको मोबाइल भन्दा फरक बिशेषता भएको उनी बताउछन् । “नेपालमा पहिलो पटक एलाइड टे«ड लिंकले एउटै सेटमा जिएसएम र सिडिएमए सुबिधा दिएको पहिलो चोटी हो । ” उनी भन्छन् । रु २९९९ देखि ८३०० सम्मका कार्बन मोबाइलहरु बजारमा किन्न पाइन्छ ।

कसले कम मूल्यमा दिने भन्ने प्रतिष्पर्धा पनि निकै चलिरहेको छ । मोटोरोला कम्पनिले ११२ मोडेलको मोबाइल रु चौध सयमा दिन थालेपछि अरु कम्पनिले पनि आफ्ना उत्पादनहरुको मूल्य घटाउन थाले । नोकिया कम्पनिले १२०२ नम्बरको मोडेललाइ रु १९५० मा दिन थाल्यो । अहिले कम मूल्यमा बजारमा पाइने ब्रान्डेड कम्पनिको मोबाइल नै नोकियाको १२०२ मोडेल हो । टेलिटकले पनि सस्तो मूल्यमा आफ्ना उत्पादनहरु स्पाइस, कलर्स र एचटिसी बिक्रि गरिरहेको छ । स्पाइसका सेटहरु रु २ हजार देखि पच्चिस हजास सम्ममा पाइन्छन् । कलर्सका सेटहरु दुइ हजार देखि ८ हजार सम्ममा पाइन्छन् । एचटिसी का मोबाइल भने अरु भन्दा बढी महंगा छन् । रु अठार हजार देखी साठी हजार पर्ने गरेको
पाइएको छ ।
टेलिटकका निर्देशक सञ्जय अग्रवालका अनुसार प्रति महिना १२ हजार जति सेटहरु बिक्रि हुने गरेका छन् । अहिले सम्म बढी बिक्ने गरेको नोकियाका २६९०, ६३०३, ५१३०, २७०० मोडेल हुन् । यिं सेटहरु रु ६ हजार देखि १२ हजार सम्ममा किन्न पाइन्छ । पाको न्युरोड , ताम्राकार कम्प्लेक्स स्थित सिटिभी मोवाइल पसलमा एक महिनामा दस हजार सेटहरु बिक्रि हुने गरेको छ । दोस्रो सबैभन्दा बढी बिक्रि हुने सामसुङका मोन्टे, कर्बी प्रो, कर्बी म्याट पर्छन् । सबैभन्दा महंगो सोनि इरिक्सन, एचटिसी, नोकिया ब्रान्डहरुका मोवाइल छन् । जसको मूल्य ४८ हजार देखी रु ७५ हजार सम्म पर्छ ।

मोवाइलले राम्रँे बजार लिनुको एउटा कारण सर्भिस सेन्टरले गर्दा पनि हो । मोवाइलको बिक्रि स“गै कम्पनिहरुले दिने सर्भिसका कारण ग्राहकहरु यसप्रति आकर्षित भएका हुन् । केहि गरी मोवाइल बिग्री हालेमा पनि सामसुङ, कार्बन, भर्जिन जस्ता केही कम्पनिहरुले निशुल्क बनाइदिने गरेका छन् । शहर बजारका निश्चित स्थानमा मात्रै होइन देशका बिभिन्न कुनाकाप्चामा पनि सर्भिस सेन्टर खोल्ने तयारीमा छन् यिं कम्पनीहरु । यसले गर्दा ब्यबसाय फष्टाउने
विश्वास गर्छन् ब्यबसायिहरु । “शहर बजारमा त जतापनि सुबिधा पाइन्छ तर विकट ठाउका बासिन्दाले कहा“ जाने ?” भर्जिन मोवाइलका विवेक दण्डवाल भन्छन् । स्थापित कम्पनि सामसुङले एक बर्ष भित्र बिग्रिएमा निशुल्क रुपमा बनाइदिन्छ ।

नयानया उपहार योजना दिएर ग्राहकहरुलाइ आकर्षित गर्दैछन् केहि कम्पनिहरु । चौधरी गु्रपको लगानि रहेको सिजी इलोक्टो«निक्सले असार मसान्त सम्मका लागी नया स्कीम ल्याएको छ । एलजि मोवाइल किन्दा सुनको सिक्का दिने योजना ल्याएको छ । त्यस्तै पाको न्युरोड स्थित भर्जिन मोवाइल कम्पनिले स्क्रयाच र लोयाल्टी नामका दुइ वटा नया स्कीम ल्याएको छ । भर्जिन कम्पनिले दिन सुरु गरेको नया स्कीम हो, स्क्रयाच । यो योजना नया मोवाइल किन्नेहरुका लागी हो । ग्राहकले मोवाइल खरिद गर्दा एउटा कुपन छान्न पाउ“छन् । जसमा दुइ देखि अन्ठाउन्न प्रतिशत सम्म छुट दिइएको हुन्छ । छोपेर राखिएको भागमा स्क्रयाच गरेपछि जति प्रतिशत लेखिएको छ, ग्राहकले त्यति नै सहुलियत पाउछ । पुराना ग्राहकहरुलाइ लक्षित ग
रेर लोयाल्टी स्कीम ल्याइएको छ । मोवाइल किनिसकेका ग्राहकहरुको नाम , ठेगाना र टेलिफोन नम्बर राखिएको हुन्छ । त्यसै मध्येमा हरेक महिना गिफ्ट ह्याम्पर, पचास हजारका मोवाइल सेट, र एक लाख नगद सम्मका उपहार पनि राखिएका छन् ।
अहिले बजारमा पाइने मोवाइल सुबिधा हिसाबले सम्पन्न बन्दै गएका छन् । सामान्यतया एमपि थ्री, म्युजिक प्लेयर, म्युजिक भिडियो, स्क्रीन टच, एफ एम सुबिधा भएका मोवाइल मानिसले खोज्ने गर्छन् । तर यत्तिले मात्र मानिसको चित्त बुझेन । त्यसैले नया सुबिधा भएका मोवाइलहरु खोजि गर्दैछन् मानिसहरु ।

तपाइ कुन ठाउमा उभिनु भएको छ ? तपाइको गन्तब्य कता हो ? त्यहा पुग्न कति समय लाग्छ भनेर घोरिनुभएको छ भने चिन्ता नगर्नुस् । अब त्यो सबै कुरा मोवाइलले समाधान गरिदिनेछ । काठमाडौको बजारमा एस् ५६६० मोन्टे, कोर्बि बि ५३१०, कोर्बि प्रो बि ५३१० मोडेलका नया सेटहरु भेटाउन सकिन्छ जुन सामसुङले केहि हप्ता अघि मात्रै सार्बजिक गरेको हो । यिं अत्याधुनिक सेटमा तपाइ उभिनु भएको ठाउ“मा कति वटा बैंक, एटिएम छन्, गन्तब्यमा जान कति समय लाग्छ, गाडीमा जान कति समय लाग्छ , हिडेर जान कति लाग्छ भन्ने कुरा देखाइदिन्छ । एडभान्स मोवाइल ट्रयाकर को सुबिधा पनि छ । हराएको वा चोरिए
को मोवाइलको डाटा र फोन नम्बरहरु पनि यिं सेटहरुको सहयोगले पाउन सकिन्छ । साथै चोरिएमा वा हराएमा कुन ब्यक्तिले चलाइरहेको छ, कुनकुन नम्बरबाट त्यो ब्यक्तीलाइ फोन आए भन्ने कुरा पनि देखाइदिन्छ । जुन हरेक मानिसका लागी उपयोगी हुन सक्छ । यिनै सुबिधाले होला सामसुङ मोवाइल प्लाजा कमलादीकि बिक्रेता अनु गौतम र सिर्जना थापा कहा“ दिनहु“ मानिसहरुको घु“इचो लाग्ने गरेको छ । केदार प्याकु¥येल र रमेश वास्कोटा सामसुङको एस् ५६६० मोन्टे चलाइरहेका युवा हुन् । विशेष गरी वाइफाइ , जि टक , वाइ टक , वाइक मोड, फेक कल आदि सुबिधाले गर्दा उनीहरु यो मोवाइल प्रति आकर्षित भएका हुन् । भर्जिन, कार्बन, माइक्रोम्याक्स जस्ता कम्पनिहरुले वाइफाइ सुबिधा दिएपछि धेरै मानिसहरु यसप्रति लोभिएका छन् । इन्टरनेट उपलब्ध भएका ठाउ“मा निशुल्क रुपमा त्यसको उपयोगिता गर्न सकिने भएकाले यसले आकर्षित गरेको हो । “ विदेसमा रहेका साथीहरु स“ग निशुल्क रुपमा जि टक मार्फत कुरा गर्छु ।” केदार भने ।

अबको एक हप्ता
मा माइक्रोम्याक्स मोवाइलको आधिकारिक बिक्रेता नेटवर्क सोलुसन प्रालीे नया विशेषता भएका दुइ वटा मोवाइल काठमाडौमा सार्बजनिक गर्दैछ । एक्स २३५ मोडेलको मोबाइलले रिमोटको काम गर्नेछ । टिभी, डिभीडि र मोवाइलबाटै चलाउन सकिनेछ । अर्को जि फो ८५०० मोडेलको मोवाइलले ल्यापटप र कम्प्युटरमा गेम खेल्न सकिनेछ । यो मोडेलको मोवाइल हातमा राखेर चलाएकै भरमा गेम खेल्न सकिन्छ । त्यस्तै एआइटि प्राइभेट लिमिटेड, ठमेलले ओ टि ८०८ मोडेलको नया मोवाइल केहि हप्तामै सार्बजनिक गर्दैछ । गत बैशाखबाट एआइटि प्राइभेट लिमिटेडले राजधानीमा अल्काटेल मोवाइलको बिक्री सुरु गरेको हो । टेलिफोनका आविष्कारक अलेक्जेण्डर ग्राहम बेलकै कम्पनि रहेको यस मोवाइलको सय बर्ष पुरानो इतिहास छ । एआइटि प्राइभेट लिमिटेडका निर्देशक हेमन्त अग्रवाल छोटो समयमै आफु उत्कृष्ट तीन नम्बरमा परेको बताउछन् । रु ३९०० मा मोवाइल खरिद गर्दा १२०० टक टाइम फ्रि दिने नया स्कीम दिने नया योजना ल्याएको छ अल्काटेलले । सुपथ मूल्य नै आफुहरुको नया स्कीम भएको उनी बताउछन् । “बिग्रेको खण्डमा चौबिस घण्टामा सर्भिस दिन्छौं ।” अग्रवाल भन्छन् । रु २६०० देखि १२ हजार भन्दा धेरैको मोवाइल अल्काटेलमा छैन ।

ठाउ बिशेष र उमेर बिशेष मानिसका रहरहरु पनि फरक फरक हुन्छन् । गाउघरतिर बुढापाका र वयस्क मानिसले सस्तो , टर्च लाइट भएको र फोन गर्न मिल्ने मोवाइल खोज्छन् । यता शहरीया युवा जमातले धेरै भन्दा धेरै सुबिधा भएको मोवाइल खोज्छन् । भिडियो रकेर्डिङ, ब्लु टुथ, स्क्रीन टच, मल्टिमेडिया अबको युवा पुस्ताका लागी अनिवार्य जस्तै बनिसकेको छ । सरकारी तथा गै्रहसरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुका लागी अफिस प्याकेज भएको मोवाइल रोजाइमा पर्ने गरेको छ ।

बढ्दो मोवाइलको कारोबार सगै अस्वस्थ प्रतिष्पर्धँ पनि भइरहेको छ खुला सिमानाका कारण झोलामा बोकेर भित्रिने मोबाइल सस्ता हुनाले अन्य कम्पनिको ब्यापारमा अबरोध भइरहेको छ । यस्ता मोवाइल सस्ता, कम गुणस्तर खालका हुनाले छिटो बिग्रिने सम्भाबना हुन्छ । यति मात्र होइन पड्किएर मानिसको ज्यान लिने पनि प्रबल सम्भाबना पनि रहेको हुन्छ । माइक्रोम्याक्सका मोवाइलको आधिकारिक बिक्रेता नेटवर्क सोलुसनका निर्देशक राहुल सचदेभ यसरी अबैध रुपमा भित्रिने मोवाइलको ब्यापारमा नियन्त्रण हुनपर्ने बताउछन् ।

नेपाल टेलिकमका अनुसार हाल सम्म जम्मा ३७ लाख १९ हजारले मोवाइल प्रयोग गर्छन् । सय जना बराबर २५ जना स“ग मोबाइल हुन्छ । नेटवर्क समस्याका कारण स्पष्ट नसुनिने समस्या यथावत छ । नेपाल टेलिकमका निर्देशक आनन्दराज खनाल रेडियो प्लानिङका को कमजोरी कारण यस्तो समस्या आएको बताउछन् । हालैका दिनमा मोवाइल पड्किएर मानिसको ज्यान गइरहेको छ । त्यसबाट बच्न गड्याङगुडुङ भइरहेका बेला कुराकानी नगर्ने, चिसोमा नराख्ने, चार्ज भइरहेका बेला कुरा नगर्ने जस्ता साबधानी अपनाउनुपर्छ ।


Jun 13, 2010

गित भित्रको पृष्ठभुमि
नरेन्द्र रौले

तिम्ले पराइ ठानेपछि ,पराइ हुन के भयो र ?
तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र ?
धेरै मानिसका ओठमा झुन्डिएको छ यो गीत । धेरैको मनमा बसेको छ ।
अञ्जु पन्तले स्वर भरेको यो गीत बजारमा आएपछि रेडियोमा नबजेको दिनै छैन । जुनै स्टेसनबाट लगाउँदा पनि त्यहि गीत बजिरहेको भेटिन्छ । यो गीत सुनेपछि धेरैले यसैलाइ आफ्नै जीवनको गीत सम्झन्छन् ।
र पीडा भुलाउन खोज्छन् । यस गीतका सर्जक लोकराज अधिकारीले कुन घटनाबाट प्रेरित भएर यो गीत रचे होलान् ?

लोकराज अधिकारी, २९ गजल अनुरागी थिए । माबि डाँडागाउ, गोगलि दाङमा कक्षा ७ पढ्दै गर्दा कविता लेख्थे उनी । कक्षामै आफ्ना साथी र गुरु लाइ सुनाउँथे । सबैले उनका रचनाको प्रसंसा गर्थे । उनलाइ थप लेख्ने हौसला प्राप्त हुन्थ्यो । महेन्द्र बहुमुखि क्याम्पस, घोराहि पढ्दा जानी नजानि गजल लेख्न थाले । स्थानिय बिभिन्न पत्रपत्रिकामा उनका रचना छापिन थाले । कलेज पढ्ने बेला स्वर्गद्वारी एफएममा गजल बिशेष गिताञ्जली कार्यक्रम चलाउथे । कार्यक्रमको अन्त्यमा आफैले रचना गरेका गजल सुनाउँथे । उनको कार्यक्रम नियमित सुन्ने र आवाज मन पराउने गर्थिन् एक युवति । जसले निरन्तर फोन गर्थिन् लोकराजलाइ । भेट्न खोज्थिन् । बिस्तारै उनीहरु बिच भेटघाट बाक्लिदै गयो । घनिष्ठता निकै बढ्दै गयो । पछि तिनै युवति सँग प्रेम बस्यो । हुँदाहँुदा उनले बिहेको प्रस्ताब गरिन् । लोकराज बिबाहित थिए, उनी भर्खर कलेज पढ्दै गरेकि १९ बषिर्या अविवाहित युवति ।तिं युबतिको बिहे प्रस्ताब लोकराजले स्वीकार गर्न सकेनन् । नचाहँदा नचाहँदै पनि अन्तत ः प्रेमको डोरी टुट्यो। तर सम्झनाको डोरी भने कहिल्यै टुटेन । 'आफ्नो बन्न नसकेकि' तिनै प्रेमिका। सुरुमा यो गजलको रुपमा को यादमा लेखिएको गीत हो यो । " बिर्सनलाइ गीत लेखें । तर झनै सम्झाइ दियो । याद बल्भिmदै गयो ।" उनी भन्छन् लेखिएको थियो । रेकर्ड गराउने उनको कुनै योजना थिएन । त्यो गजललाइ गायक एबं संगितकार यादब
योगीले गाएर सुनाए ।

उनका साथी भाइ, शुभचिन्तकले मन पराए । सबैले रेकर्ड गराउन सल्लाह दिए । पछि लोकराजले यस गजललाइ गीतमा ढाले । थुप्रै संगितकारले यसमा संगित भर्ने कोषिस गरेपनि अन्त्यमा सन्तोष श्रेष्ठले यसमा संगित र अञ्जु पन्तले स्वर भर्ने मौका पाए । हिजो एक जनाको पीडा बोकेको गीत, आज सबैको गीत बन्यो । कतै यो गीत बजेको सुन्दा चसक्क हुन्छ मन श्रोताहरुको । आँखाभरी पुरानै अतित झलझली आउँछ । त्यसैले होला, सर्जकले मेरै जीवनको गीत लेखेछ भन्ने अनुभुति भइदिन्छ सबैलाइ । यद्यपि यति लोकपि्रय होला भन्ने स्वयं सर्जक लोकराजलाइ पनि लागेको थिएन। झण्डै साँढे लाख भन्दा बढी श्रोताहरुले आफ्नो मोबाइलमा यस
गीतलाइ सिआरबिटी बनाएका छन् । " यो लोकपि्रयता धान्न गार्‍हो छ । धेरैले गीत लेखिदिन आग्रह गरेका छन् ।" उनी भन्छन् । अहिले सम्म तीस हजार अडियो र चौध हजार भन्दा बढी सिडीका प्रतिहरु बिक्रि भइसकेका छन् ।
सर्जक लोकराज अधिकारी
स्तै बिपिन किरणलाइ पनि ठ्याक्क त्यस्तै अनुभूति भएको थियो सुरुमा । कुनै कलाकाको आवाजमा रेकर्ड गराउने उद्देश्यले उनले गीत लेखेनन् । ०६० मा पि्रमियर कलेजबाट कमर्समा प्लस टु सिध्याएर बसेका उनी गजल लेख्ने अभ्यास गर्दै थिए । गीत, गजल सम्बन्धि ज्ञान लिन पुस्तकको अध्ययन गर्थे ।०६२ तिर बिपिनले एउटा गजल लेखे । र आफ्ना मामा सुरेश सुबेदी र अन्य केहि साथीभाइ लाइ सुनाए। सबैले उनको त्यो गजलको निकै तारिफ गरे । संगितकार महेश खड्का सँगको भेटले त्यो गजल रेकर्ड गराउने संयोग जुर्‍यो । अञ्जु पन्तको स्वरमा बिपिन कि
रणले लेखेको नर्बिसे तिमीलाइ ,न पाएँ तिमीलाइ गीत जब बजारमा आयो, तब सोचे भन्दा धेरै चर्चा पायो । नर्बिसें तिमीलाइ गीत सँ
गै बिपिनको उचाइ पनि चुलिदै गयो । दर्जनौ चलचित्र र अन्य ठाउँबाट उनलाइ गीत लेखिदिन आग्रह गर्नेहरु बढ्दै गए । त्यसो त यस भन्दा पहिला बिपिनका तीन वटा गीतहरु रेकर्ड भइसकेका थिए । तर तिं गीतहरु त्यति चर्चामा रहेनन् । एउटै गीतका कारण उनको जीवनले कोल्टे फेर्‍यो नर्बिसे तिमीलाइ ,न पाएँ तिमीलाइ लेख्न बिपिनलाइ बीस दिन खर्चिनु परेको थियो । सुरुवातको अन्तरा लेखेपछि बाँकी गीत पुरा गर्न उनले निकै सोच्नुपर्‍यो । ०६२ सालतिर हो उनले यो गीत लेखेको । लोकराजको जस्तो लामो कथा नभए पनि कलेज पढ्दाका दिनमा बिर्सन नसकेको कोहि मान्छे प्रति लक्षित गर्दै लेखेको बताए बिपिनले । यसभन्दा धेरै कुरा उनले खोल्न चाहेनन् । थोरै यथार्थ र धेरै ल्पना मिसाउदै उनले लेखेको यो गीत साँढे दुइ लाख श्रोताले आफ्नो मोबाइलमा रिङ्ग टोन बनाएका छन् । अहिले सम्म तीस हजार अडियो र चौध हजार भन्दा बढी सिडीका प्रतिहरु बिक्रि भइसकेका छन् । समय परिबर्तन हुँदै गएपनि श्रोताको मनबाट यो गीत परिबर्तन भएन ।
गीत जति पुरानो भएपनि त्यसको भाव पुरानो नहुँदो रहेछ । अनुभूति र भोगाइ जहिले पनि एउटै हुने रहेछ । जस्तो कि तारादेबिले स्वर दिएको नातिकाजिले संगीत भरेको फूलको थुंगा बगेर गयो गंगाको पानीमा अझैपनि सुनौंसुनौं लाग्छ । सदाबहार यो गीत अहिले पनि रेडियोमा प्राय जसो सुन्न पाइन्छ ।तारादेबीले संसार छोडेर गएपनि उनको स्वर धर्तीमा अझै गुञ्जिदैछ ।
त्यो गीतका रचयिता राष्ट्रकवि माधब घिमिरेलाइ गीत लेख्दाको झझल्को अझै आइरहन्छ । लमजुङ जिल्लाको पुस्तुन गाउतिरको घटना हो ।
राष्ट्रकविले एउटी अत्यन्त सुन्दर युब
ति देखे । अग्लो जिउ भएकी, लामा केशरासी, मृग नयनि आँखा , सलक्क परेकि थिइ उ । सुन्दर जिउ
डाल भएकि तिं रुपवति महिला विवाहित रहिछन् । बिहे भएको चार महिनामै लोग्ने परदेस लागेको रहेछ । जुन बाटोतिर लोग्ने परदेश लागेको थियो त्य
हि बाटोतिर हेरिरहन्थि । हरेक साँझ , हरेक बिहान त्यहि बाटोमा आँखाहरु बिछ्याउँथि उसले । एकोहोरो टोलाउन थाली । कता होला, कस्तो होला, कहिले फर्की आउला उसको मनमा सायद यस्तै कुराहरु खेल्थे । पानीमा फूलको थुँगा बगेजस्तै त्यो युबतिको जवानी पनि त्यत्तिकै खेर गए जस्तो लाग्यो घिमिरेलाइ । आफ्नो मायालुको पर्खाइमा दिनहुँ बाटो कुरिरहने त्यो आइमाइलाइ फूलसँग तुलना गर्दै राष्ट्रकविले रचे,फूलको थुंगा बगेर गयो ,गंगाको पानीमा । चलचित्र मनको बाँध मा पनि समाबेस छ यो गीत । दर्जनौ गीतहरुको बिचमा राष्ट्रकविको चर्चित अर्को कालजयि गीत छ । जसलाइ नारायणगोपालले आवाज दिएका छन्, नातिकाजीले संगित भरेका छन् ।
आजै र राती के देखें सपना मै मरी गएको
बतास बिना हाँगाको फूल भुँइ झरी गएको
लैनचौर स्थित आफ्नै निवासमा ०१९ सालमा लेखिएको थियो यो गीत । बिहानको समय थियो । श्रीमतिले चिया
बनाएर ल्याइन् । त्यो सँगै एउटा अनौठो कुरा सुनाइन् । "अचम्म भयो, आजको राती त मैलेे सपनामा आफै मरेको दृश्य पो देखें ।" यति भनेर श्रीमति फर्किन् । यो सुनेर घिमिरेलाइ भित्रै देखि छोयो । त्यसताका घिमिरेको चुरोट पिउने बानी थियो । चुरोटको सर्को लिदै उनले एकछिनमा गीत तयार पारे । श्रीमति र छोरीलाइ सुनाए । यति छिटै आफ्नै बारे गीत बनाएको देख्दा श्रीमति महाकाली छक्क परिन् । अधिकांस पीडा, दुख र बिछोडका गीतहरु सिर्जना गरे घिमिरेले । पत्नि गौरीको बियोगमा उनले खण्डकाब्य लेखे । तमाम गीतहरु रचे । जो सँग जीवन साँटियो । सुख दुख बिसाइयो र सँगै जीवनको यात्रा गरियो सिर्जनामा पनि तिनै मान्छेको प्रतिबिम्ब लेखिदो रहेछ । रचनामा पनि अनुभुति र भोगाइका तिनै कथा भेटिने रहेछन् । जसरी गीतकार रमण घिमिरेले आफ्ना गीतहरुमा आफ्नो जीवनसंगीको त्यस्तै कथा उने । झापा, धुलाबारीका रमण घिमिरे भरतपुर, चितवनकि ज्योति गौतम सँग बिबाह बन्धनमा बाँधिए । त्यो बेला घिमिरेको उमेर ३२ बर्ष थियो, ज्योतिको २६ बर्ष मात्र । तुलनात्मक रुपमा अलि ढिलो उमेरमा विवाह गरे जस्तो लाग्यो । जीवनको यो मोडमा बिहे हुन पुग्दा यो प्रसंगलाइ जोड्दै उनले गीत लेखे, आधी बाटो हिंडेपछि तिमी सँग भेट भयो , जीन्दगीको हाम्राे यात्रा त्यहिंबाट सुरु भयो । संयोगले यो गीतमा स्वर भर्ने मौका पनि मनिला सोताङ र उदय सोताङको दम्पतिले पाए । घिमिरेका अहिले सम्म साँढे दुइ सय गीतहरु रेकर्ड भइसकेका छन् । तिं मध्ये आधा जति खुसिका गीतहर आफ्नो जीवनसाथी लाइ केन्द्रबिन्दु बनाउदै लेखिएका छन् । रिसाउँदा नि आफ्नै, अझैपनि लजाउँछ्यौ उसैगरी बेहुली जस्तै,कहिले तिम्रो पछ्यौ
रीमा अल्झें आदि थुप्रै त्यसका उदाहरण हु्न् । त्यस्तै ममता दिपबिमले स्वर भरेको गीत तिम्रै यादमा कल्पिल्पि छेउ भिज्यो सिरानीको चालिस हजार
भन्दा माथी सिआरबिटी का रुपमा डाउनलोड भइसकेको छ ।
आफ्ना लागी मात्र होइन अ
रुको लागी गीत लेखेका छन्
घिमिरेले । नारायणघाट देखि काठमाडौ सम्म आउँदा गायक रामकृष्ण ढकालले भोगेका समस्या र संघर्षका कथा समेट्दै उनकै जीवन माथी गीत
लेखिएको थियोमलाइ यो जीन्दगीले कहाँ पुर्‍यायो । रामकृष्ण ढकालका चर्चित गीतहरुमध्ये यो अग्रस्थानमा पर्छ । गाबाट उज्यालो भबिष्यको खोजी गर्दै शहर पस्ने असंख्य युबाहरुको पनि मुटुको ढुकढुकी बन्न पुग्यो यो गीत ।सर्बसाधारण मानिसको मनको भाबना बुझेर त्यसलाइ टपक्क गीतमा उतार्न सक्ने ब्यक्ति हुन्, दिनेस अधिकारी । उका गीतहरुमा हावा, पानी, कुहिरो र प्रकृतिको बढी चित्रण गरिएको पाइन्छ ।सामान्य मान्छे उनको गीतका पात्र हुने गर्छन् । नेपाल ल क्याम्पसमा
स्नातक पढ्ने बेला तिमी यसै लजायौ, म उसै धकाएँ गीत लेखेका थिए अधिकारीले । आफ्ना साथी सुरेन्द्र रानालाइ उनले त्यो गीत देखाए ।संगीतकार राम थापासँग राम्रो सम्बन्ध थियो सुरेन्द्रको । उनले त्यो गीत थापालाइ सुम्पे । राम थापाले रबिन शर्मालाइ गाउन दिए । रबिनले गाएका र दिनेशले लेखेका दर्जनौ गीतहरु मध्ये दुबै जनालाइ यहि गीतले चिनायो । भर्खर रेकर्ड भएर बजारमा आउँदा बिहान देखि बेलुका सम्म निरन्तर रेडियोमा यो गीत बजिरहन्थ्यो । स्टेजमा पनि रबिनले यहि गीत श्रोताहरुलाइ सुनाउँथे । आफन्तको बिहेमा जाँदा मन परेको युबति देखेर अधिकारीले यो गीत लेखेका थिए । उनी सँग बोल्ने, परिचय हुने
अबसर पाएन । त्यसै कुरालाइ आधार बनाएर यो गीतको जन्म भयो ।

रक्सी बेचें आलु बेचें, बेचें च्युरा
मासु सबै भन्दा धेरै बिक्यो जोबनको हाँसो
शर्मिला बर्देवाले गाएको यो गीत पनि दिनेशले लेखेका थुप्रै अन्य गी
त जस्तै चर्चाम्ाा रह्यो ।
नयाबानेश्वर, काठमाडौमा जन्मेका, सर्लाहिको हरिऔनमा हुर्केका गीतकार दिनेश अधिकारीले हरिऔनको पहाडी गाउमा देखेको कथा लेखेका छन् यसमा । बैंसमा धपक्क बलेकि युबतिको भट्टि पसल थियो । मानिसहरुको भिड लाग्थ्यो त्यहाँ । आउँथे रमाइलो गर्थे । जब समयले कोल्टे फेर्‍यो। चाउरी पर्दै गए तिं युवतिका गाला । मान्छेहरु आउने क्रम घट्यो । त्यहि कथालाइ जिबन्त रुपमा गीतमा उतारे अधिकारीले । उनका ५०० गीतहरु रेकर्ड भइसकेका तिं मध्ये कतिपय कल्पनामा आधारित छन् भने कति बास्तविक घटनामा आधारित । ०५७ सालमा रेकर्ड भएको अनुभूति एल्बमका दस वटा गीतहरु सबै बास्तविक घटनामा आधारित छन् । गलैंचा कारखानामा मालिकले युबति माथी शोषण गरेको, बिधवा महिलाकोपीडा, पहाडमा भरियाले भारी बोकेका कथा समाबेश छन् यस एल्बममा । यिं गीतहरु लेख्दा प्रत्यक्ष रुपमा मानिसहरुलाइ भेटेरै उनले गीत लेखेका थिए ।
साहित्यकार कृष्णप्रसाद पराजुलीका झण्डै ५ दर्जन गीत रेकर्ड छन् ।

नातिकाजिले संगित भरेको र उदितनारायण झाले गाएको तिमीलाइ देखेर आँखा त्यहि छो डी हिंडे म अलि बढी चर्चामा रह्यो । यो गीत ०२८ सालमा लेखिएको हो । त्यो बेला पराजुली ठमेलमा बस्थे । उनको डेरा अगाडिको बाटोमा एक सुन्दर महिला हिंड्थिन् । उनलाइ देखेर पराजुलीको मनमा तरंग जान्थ्यो । एकोहोरिदै उनै महिलातिर हेर्थे पराजुली । तर तिं महिला अर्कै पुरुषको साथमा हुन्थिन् । त्यहि बिषयलाइ केन्द्रबिन्दु बनाउदै उनले त्यो गीत रचे । ०३२ सालमा रेकर्ड भएको यो गीत सुन्दा अझैपनि पराजुली अझै त्यहि पुरानो घटनाको याद आउँछ ।
रानी ऐश्वर्या (चाँदनि शाह) ले पनि पराजुलीका गीतहरु मन पराउथिन् । ऐश्वर्याले आफ्नो जन्मदिनमा रेडियो नेपाल मार्फत कसले मलाइ बैरागी बनायो, मनको मेरो संसारै हरायो फर्माइस गरेको सम्झना छ पराजुलीलाइ ।

आफ्नो सिंगो जीवन लोकगीत संकलन र गायनमा समपर्ण गरेका जनकवि केशरी धर्मराज थापाका सबैजसो गीत भित्र यथार्थ लुकेको छ । लोकगित संकलनका क्रममा नेपालका अधिकांस गाउ, ठाउ जिल्लामा घुमेका छन् उनले । कतिपय भारतिय भुमी नैनीताल, देहरादुन, दार्जिलिङ
समेत चक्कर लगाए । थापाको चर्चित गीत छ, उनकै आवाजमा गाइएको हरियो डाँडामाथी हलो जोत्ने साथीतत्कालिन राजकिय प्रज्ञा प्रतिष्ठानका कुलपति राजा महेन्द्र थिए । प्रतिष्ठानले उनलाइ लोकगित संकलनका लागी जिल्ला बाहिर पठाएको थियो । २००८ को कुरा हो । घुम्दैघुम्दै उनी सुदूरपश्चिमको बाजुरा पुगेका थिए । डोगडि गाउको माथी डाँडामा थकाइ मार्न उनी सुस्ताएका थिए । नजिकै हलो जोतिरहेका किसान देखे । अनि त त्यहिं लेखिहाले , हरियो डाँडा माथी हलो जोत्ने साथी । जसलाइ रामचन्द्र काफ्लेले पछि रिमीक्स गरेर पनि गाए । सर्जक ललिता कुँवरले पहिलो पल्ट बियोग एल्बम बजारमा ल्याइन् ०६१ मा । त्यो एल्बममा समाबेश आठ वटा गीत मध्ये एउटा गीत निकै चर्चामा आयो । स्वरुपराज आचार्यले गाएको धेरै माया दिदा रैछन्, मुटु जोडेर जानेहरु । त्यो गीत ललिताले आधा घण्टामै तयार पारिन् । जसभित्र नरमाइलो एउटा कहानि छ । ६ बर्ष अघि नेपाल टेलिभिजनबाट एउटा सिरीयल आउथ्यो , बिमानचालक ।जसको अभिनय गर्थे पाइलट बिजय गिरीले । त्यसको अभिनय, कथा बस्तु सबै कुरा मन पराउथिन् ललिता । उनी नियमित रुपमा त्यो सिरियल हेर्थिन् । एक दिन अचम्म नरमाइलो घटना सुन्नुपर्‍यो । नेपाल टेलिभिजनबाट बज्ने सिरीयल बिमानचालकका अभिनयकर्ता एबं पाइलट बिजयले जहाज उडाउदा उडाउदै दुर्घटनामा परेर आफ्नो ज्यान गुमाए । त्यो खबर एउटा एफएम बाट
सुनिरहेकि थिइन् ललिता । उनको श्रीमतिको ठाउमा आफु भइदिएको भए कस्तो हुन्थ्यो , मलाइ कस्तो पीडा हु
न्थ्यो । उनले यस्तै सोचिन् र तुरुन्तै गीत बनाइन् । जो अत्यन्तै चर्चा रह्यो । त्यसो त बियोग एल्बमका अन्य सात वटा गीतहरु पनि सत्य घटनामा आधारित छन् । "मेरो नजिकका साथीहरुले प्रेम
बिछोडमा भोगेका पीडा सुनेर लेखें ।" उनले भनिन् ।

सबै गीतहरु सत्य घटनामा आधारित हुन्छन् भन्ने छैन । बरिष्ठ गीतकार रत्नशमशेर थापाले मनमा कल्पना खेलाउदै गीत लेखेका छन् । उनका चर्चित गीत मध्ये ए कान्छा ठट्टै मा यो बैस जान लाग्यो, बिछोडको पीडा नसकि खप्न दसैको मेलैमा गाउको कथा बस्तु सम्झेर लेखेका हुन् । आफैलाइ घटना पर्नुपर्छ भन्ने छैन, अरुको देखेर पनि लेख्न सकिन्छ भन्ने लाग्छ उनलाइ । " कल्पनाले ठूलो भुमिका खेल्छ लेखनमा । कल्पना शक्ति तिख्खर हुनुपर्छ ।" थापा भन्छन् ।