Jun 22, 2010

3 जी को जमाना
नरेन्द्र रौले

टेलिकमले बिस्तार गरेको नया सुबिधा प्रति मानिसहरुको आकर्षण बढ्दो, तर गुणस्तरमा कमी आएको गुनासो ।

प्रिपा ९ कपिलबस्तु स्थायि घर भएका सन्तोष न्यौपाने नौ महिना अघि बेल्जियम पुगेका थिए । बेल्जियमको बु्रगी शहर
मा बसोबास भएका न्यौपाने, २२ पेसाले पत्रकार हुन् । नेपालस्थित टेलिभिजन च्यानल न्युज २४ का बेल्जियम प्रतिनिधी उनी
नेपालइजरायलडटनेट, रेडियोटिटानडटकम जस्ता अनलाइनमा पनि आबद्ध छन् । बेल्जियममा पाइलो टेके देखि नै न्यौपानेले
एप्पल ब्रान्डको थ्रि जि मोबाइल चलाउन थाले । यतिबेला उनको पेसामा अभिन्न सहायक बनेको छ , थ्रि जि मोबाइल ।

न्यौपाने संलग्न रहेको रेडियोटिटानडटकम अनलाइन रेडियो हो । जसमा उनी कार्यक्रम संयोजक छन् । धेरै जसो समय आवाज संग खेलिरहनुपर्ने हुन्छ । नेपाल स्थित टेलिभिजन च्यानल न्युज २४ मा समाचार रिपोर्ट पठाउदा आवाज र तस्विर दुबैको आबश्यकता पर्छ। यिं दुबै कामको लागी थ्री जि अत्याबश्यक बनिसकेको छ ।
ब्यबसायिक कामका लागी भिडियो रेर्कर्ड र भ्वाइस रेर्कर्ड गर्ने न्यौपाने आफ्ना साथीहरु संग बिशेषत भिडियो कल गर्छन् र अरु बेलामा इन्टरनेट चलाउछन् । कुनै बेला इन्टरनेट
चलाउन पाउनु सपना जस्तै लाग्थ्यो, लङ्कु ६ चितवनका आशिष रिजाल, १९ को लागी । तीन बर्षअघि विद्या विकास इंगलिस बोर्डिङ स्कुल अध्ययनरत छंदा बीस मिनेट साइकल चढेर नारायणगढ बजार आइपुग्थे उनी । इमेल चेक गर्नकै लागी भनेर ५० रुपैया तिरेर साइबर पस्थे उनी । त्यो पनि इन्टरनेट एकदम ढिलो गरी चल्थ्यो । तिनै आशिष रिजाल अहिले दंग छन् । स्कुले जीवनमा जुन रहर पुरा गर्न पाएनन्, त्यो अहिले पुरा गरिरहेका छन् । गएको पांच महिना देखि उनको खल्तिमा थ्रि जि मोबाइल छ । जर्मनीबाट उनकि आमा लक्ष्मीदेबीले थ्रि जि सेट पठाइदिएपछि यसमा धेरै सुबिधा लिन थालेका छन् उनले । दैनिक ६
घण्टा भन्दा धेरै समय इन्टरनेटको दुनियामा बिताउंछन् आशिषले । अष्टे्रलियामा रहेका दाइ संग भिडियो कल गर्छन्, साथीभाइहरु संग एमएसएन, इबडि, याहु म्यासेन्जर, फेसबुक मार्फत नियमित सर्म्पर्कमा रहन्छन् । मन परेका किताब पढ्छन् । ह्वाइट हाउस कलेजबाट विज्ञान विषयमा प्लस टु उर्त्तिर्ण आशिषको लागी पढाइ मा पनि थ्री जि मोबाइलले ठूलै सहयोग पुर्‍याइरहेको छ । जीवनमा इन्जिनियर बन्ने सपना पालेका छन् आशिषले । त्यो आकांक्षा पुरा गर्न राम्रा इन्जिनियरीङ कलेजहरु खोजिरहेका छन् यतिबेला । सके पुल्चोक इन्जिनियरिङ क्याम्पस नत्र भारतको कुनै इन्जिनियरीङ कलेजलाइ आफ्नो गन्तब्य बनाइरहेका छन् उनी ।

धेरै कुरामा थ्री जि मोबाइल सजिलो लाग्न थालेको छ आशिषलाइ । सानो स्क्रीन, चलाउन पनि सजिलो छ । पैसा पनि निक्कै सस्तो । १०० केबिको जम्मा ०।२५ पैसा मात्रै । टु जि भन्दा त कैयौ गुणा बढी छिटो चल्ने । साइबर धाइरहनु पनि परेन । आफुलाइ मन परेका म्युजिक भिडियो, गीत, प्रोगाम पनि थ्री जि मोबाइल मार्फ नै डाउनलोड गर्छन् उनले । आफुले प्रयोग गर्दै आएको थ्री जि मोबाइलका आएको बारे उनी भन्छन् , मेरो पढाइसंग संगै साथीभाइ संग अपडेट हुन, रमाइलो गर्न यसले सघाएको छ ।

यहा लिइएका सन्तोष र आशिष दुइ प्रतिनिधी पात्र हुन्, जसले थ्री जि (ते
स्रो पुस्ता० मोबाइल प्रयोग गरिरहेका छन् । बदलिदो समय, दिनहु भित्रिने नया नया सूचना प्रबिधि संग अभ्यस्त हुन खोज्दैछ शहरी पुस्ता । मानौ अब आरामदायि ढंगले नया सुबिधा र एप्लिकेसन भएको थ्री जि बिनाको जीवनको कल्पना पनि गर्न सकिदैन । टेलिभिजन हेर्न मन छ तर घरमा बत्ति गएको छ , अत्याबश्यक काम गर्नु छ साइबर जानु पर्‍यो तर टाढा छ , त्यहा ठुलै भीड छ वा अरु केहि समस्या छ , गीत सुन्न र म्युजिक भिडियो हेर्न मन छ , तर तपाइको कम्प्युटरमा इन्टरनेट कनेक्सन एकदम ढिलो छ, तपाइ कतै जांदै हुनुहुन्छ बाटो हराउनु भयो, यिं सबै समस्याको समाधान
थ्रि जी हुन सक्छ ।

आवाज मात्र सुनिने, सिमित क्षमता र थोरै मात्रै प्रयोगकर्ता भएको र एनालग टा्रन्समिटर भएको वन जि अब लोप भएर गइसक्यो । त्यस लाइ बिस्थापित गर्दै नया रुपमा टु जि आयो । जसले जिपिआरएस , जिएसएम रेडियो र एसएमएस लगायतका सुबिधा दिलायो । मानविय गुण नै हो जति सुबिधा पाएपनि थप सुबिधा खोज्ने । टु जि ले मात्रले पनि चित्त बुझेन । र टु जि बिस्तार हुंदै त्यसैको नया रुप आयो थ्रि जि मोबाइल । जसले मानिसहरुको दैनिक जीवनलाइ सहज बनाउंदै छ ।

नेपाल टेलिकमले दक्षिण एसियामै पहिलो पटक तीन बर्षअघि सन् २००७ मा काठमाडौको रिङ रोड भित्र मात्र थ्रि जि सेवा दियो । सुरुमा बीस हजार प्रयोगकर्ताहरुलाइ लक्षित गरेर सेवा विस्तार गरिएको थियो । जम्मा ८ वटा टावर मात्र निमार्ण गरिएका थिए । रु ४१९५ तिरेर प्रिपेड सिमधारीले मात्र थ्रि जि सेवा लिन पाउंथे । पोस्ट पेड सिमधारीलाइ खुला गरिएको थिएन । तर सन् २०१० जनवरीबाट दुइ लाख प्रयागकर्ताहरुलाइ लागी लक्षित गरेको नेपाल टेलिकमले काठमाडौ र भक्तपुर आसपासमा ६४ वटा टावर निमार्ण्र गरिसकेको छ । र पोष्टपेड सिमधारीलाइ पनि यो सेवा दिन थालिसकेको छ । काठमाडौ बाहिरका शहर मध्ये पोखरामा ८ वटा टावर पनि बनिसकेका छन् । नेपाल टेलिकमका इन्जिनियर प्रक्षेप थापाले दिएको रेर्कर्ड अनुसार दुइ हजार पोष्टपेड र एक हजार प्रिपेड गरी हाल सम्म जम्मा तीन हजारले नेपालमा थ्री जि सुबिधा लिइरहेका छन् ।

सुरुमा प्रिपेड मोबाइल कर्ताका लागी मात्र खुला गरिएको थ्री जि सेवा लिन रु ४१९५ तिरेर रजिष्टे्रसन गर्नु पथ्र्‍यो । फागुन २० गतेबाट दुबै सिम प्रयोगकर्ता लागी खुला गरिएपछि रजिष्टे्रसन शुल्कमा पनि हेरफेर गरियो । अहिले प्रिपेड सिम प्रयोगकर्ताले रु १५०० र पोष्टपेड सिमकर्ताले २१३० रुपैया तिरेर रजिष्टे्रसन गर्न सक्छन् । दुइटैमा रु एक हजार बराबरकोब्यालेन्स हुन्छ । शुल्क घटाइएकाले यो सुबिधा लिनेहरुको निकै भिड बढेको छ । राजधानीका त्रिपुरेश्वर, पुल्चोक स्थित कार्यालयबाट दैनिक कम्तिमा तीस जनाले रजिष्टे्रसन दर्ता गराउने गरेका छन् । पोष्टपेड सिम प्रयोग कर्ताले रु २५० तिरेर उहि नम्बर प्रयोग गर्न पाउछन् भने प्रिपेडले नया नम्बर र सिम लिनुपर्ने ब्यबस्था छ । विद्यार्थी, पत्रकार, इन्जिनियर ,ब्यापारी, पाइलट, बिभिन्न संघ संस्थामा कार्यरत कर्मचारीहरु थ्री जि का प्रयोगकर्ता बनेका छन् ।
मोवाइल सेवा निर्देशनालयका निर्देशक जीवनरत्न शाक्य तिनै प्रयोगकर्ता मध्ये एक हुन । उनले आफ्नो कार्यालय र घरमा बत्ति गएका बेला टेलिभिजनमा समाचार हेर्छन् । दिनहु कहा के घटनाहरु भए तिं कुरा जान्न उनी उत्सुक हुन्छन् । यस बाहेक उनले इन्टनेट चलाउछन् । नेपाल टेलिकमका इन्जिनियरका प्रक्षेप थापा लाइ बिशेष गरी वर्ल्ड कप हेर्न मन पर्दोरहेछ । ूनेर्टवर्क चलिराखेको छ कि छैन, चेकजांच गर्न पनि मैले
थ्री जि प्योग गर्छुू उनी भन्छन् । सबैलाइ थ्रि जि ले फाइदा दिएको छ भन्ने अबस्था चाहि छैन । जस्तो कि धुलीखेलको आइटि पार्कमा कार्यरत ज्वलन्त श्रेष्ठले चलाएको एक महिनामै थ्रि जि बन्द गरे । ूधेरै जसो समय कामका लागी काठमाडौ बाहिर जानुपर्दा कामै नलाग्ने ।ू ज्वलन्त भन्छन् । उनका
अनुसार यो सेवा देशैभरी बिस्तार गरिनुर्पर्छ र मुल्य अझै कम गरिनुर्पर्छ ।

प्रबिधिको तुलनामा नेपालले निश्चय पनि फड्को मारेको हो । नेपाल टेलिकमका इन्जिनियर प्रक्षेप थापा पनि यो कुरा स्वीकार्छन् । थापाका अनुसार भारतमा जम्मा तीन हजार पाच सय प्रयोगकर्ता छन् भने नेपाल जस्तो सानो मुलुकमा तीन हजार छन् । सुरुवातको हिसाबले पनि नेपालले नै अगाडी यो सेवा बिस्तार गरेको हो । तर इन्टरनेट बाहेक अन्य सेवामा नेपाल टेलिकमले सोचे अनुरुप राम्रो गुणस्तर दिन भने सकेन । जुन समस्यापाइलट नरेन्द्र शाह, ३१ र ब्यापारी हिङ्गुन इफ्रान, ४० ले भोगिरहेका छन् । शाहले बिगत एक बर्षो अबधिमा भिडियो कल निकै कम प्रयोग गरेका छन् । र इफ्रानले पनि दुइ महिनाको अबधिमा जम्मा दुइ पटक प्रयोग गरेका छन् । कारण उहि न्युन गुणस्तर हो । भिडियो कल गर्दा तस्विर प्रष्ट देखिदैन र ठूलो आवाजमा कुरा गर्नुपर्छ । इफ्रान भन्छन् । नेपाल टेलिकमका प्रबक्ता सुरेन्द्र प्रसाद थिके चांडै त्यो समस्या समाधान हुने बताउछन् । उपत्यकामा एक सय टावर बनाउदैछौ । नेर्टवर्कमा आउने त्यस्तो समस्यामा कमी आउनेछ । प्रबक्ता थिकेले भने ।

थ्री जि सेवा लिन सकिने मोबाइल सेटहरु
मोडेल : X6 Nokia
मूल्य रु चौंतिस हजार
मेमोरी स् १६ जिबि
सुबिधा स् ५ मेगापिक्सेल क्यामेरा,
ब्याट्रि स् टु जि का लागी साढे ८ घण्टा र थ्री जि का लागी ६ घण्टा

मोडेल : नोकिया 5800
मूल्य स् रु २४,७५०
क्यामेरा स् ३।१५ मेगापिक्सेल
ब्याटी्र स् टु जि का लागी ८ घण्टा ४५ मिनेट, थ्रि का लागी ५ घण्टा

मोडेल : B5310
मूल्य स् २१,७००
ब्याट्रि स् ८ घण्टा
मेमोरी स् १६ जिबि

मोडेल : इरिक्सन w705
मूल्य स् २३,५००
ब्याट्रि स् १० घण्टा
मेमोरी स् ८ जिबि

मोडेल :सोनि इरिक्सन c 902
मूल्य स् २३,५००
ब्याट्रि स् १० घण्टा
मेमोरी स् ८ जिबि
क्यामेराः ५ मेगापिक्सेल

यो लेख यहाँ पनी पढ्न सकिन्छ

No comments: