Jul 12, 2010

त्यो पर्खाइ

नरेन्द्र रौले
काठमाडौ उपत्यका भन्दा केही पर । डाँडैडाँडाले घेरेका छन् यो शहरलाइ । बादलुको घुम्टोले छोपिएको छ उपत्यका । बादलको टुक्राहरु माथीमाथी उड्दैछन् आकाश छुनलाइ । म वानेश्वरको एउटा क्याफेमा छु । कफिको चुस्कि लिदैछु । एकोहोरिएको छु पर क्षितिज तर्फ हेर्दै । मेरो वरीपरी कोही छैन । एक्लो छु । शान्त छ क्याफे । बाहिर झम्झम् पानी परिहेको छ । एकोहोरो मोटर गाडीले हर्न बजाइरहेका छन् । यिं हरफहरु लेखिरहँदा कफि रित्तिएको छ । मैले कुरिरहेको छु कसैलाइ । ठान्नुहोला त्यो आउने ब्यक्ति केटी हो । यस्तो ठान्नुभयो भने तपाइको अनुमान गलत हुनेछ । केटालाइ नै म कुरिरहेको छु । उहाको नाम मुक्तिनाथ घिमिरे । जसलाइ मैले धेरै दिनदेखि कुरिहेको छु । भेट हुन सकिरहेको छैन । भेट्नका लागी म समय माग्छु । तोकिएको ठाउ र समयमा पुग्छु । मोवाइलमा सम्पर्क गर्दा, माफ गर्नुहोला , तपाइले सम्पर्क गर्नु भएको मोवाइलको स्वीच अफ् गरिएको छ । भन्ने आवाज आउछ । म निरास हुन्छु । आज पनि धोका पाइयो सोच्दै लुरुलुरु म घर फर्किन्छु ।

आज त्यस्तो नहोला । मैले हिजो साझ मोवाइलमा सम्पर्क गरेको थिएँ । "भोली त हन्र्डेड पर्सेन्ट भेट हुन्छ । चितवन जान्छु नभन्नु भाइ ।" दाइले भन्नु भएको थियो । अघि झरीमा भिज्दै क्याफे छिर्दा कल् आएको थियो । "म बाटोमा छु , जाममा परेको छु ।" भनेर । भुट हुने आशा पलाएको थियो । यसो ढोकातिर हेर्छु । कोहि भित्र प्रबेश गर्दा मुक्ति दाइ प्रबेश गर्नु भयो कि जस्तो लाग्छ । तर अरु नै अनुहार आउछन् , जान्छन् । वास्तवमा पर्खाको पीडा कस्तो हुँदो रहेछ । म भोगीरहेको छु अहिले । बादलुले छोपिएका डाँडाहरु एकोहोरो कति हेर्नु ? केही क्यामेरामा रहेका पुराना तस्विरहरु हेरेर समय कटाएँ । अझैँपनि केति हेर्नु ?

दोहोर्‍याइ तेहर्‍याइ हेरिएका प्रतिबिम्बहरु । मैले कुरेको झण्डै पैँचालिस मिनेट भयो । ठ्याक्कै त्यही बेला ठ्याक्कै मुक्तिको प्रबेश हुन्छ । म खुसि सन्तोषको लामो स्वास फेर्छु । खाजा खाँदै हामी गफिन्छौँ । लेखन, जीवन, अध्ययन र बिबिध विषयमा । उहाले लेख्नुभएको नया किताब मेरो हातमा थमाउनुहुन्छ । जसमा नेपाली साहित्यमा नौलो प्रयोग गरिएको छ । लघुकथाको नाम हो, २१६६ । अंकको नामबाट कृतिको नाम राखिएको नेपाली साहित्यमा यो पहिलो कृति हो । यसको समिक्षा केहि दिनपछि म यो ब्लगमा राख्नेछु ।

No comments: