Jul 28, 2009



सलाम सबै नेपालीलाई !
बेलायती अभिनेतृ जोआन्ना लुम्ले पूर्व गोर्खा सैनिकको संस्था गेसोले नेपाली टोपी लगाइदिएपछि सलाम ठोक्दै । उनी नेपाल भ्रमणमा छिन। तस्बिर : विकास कार्की

सुदूरपश्चिममा बाढीले दर्जनौं घर बगायो

थुप्रै बेपत्ता

विक्रम गिरी, कन्चनपुर साउन १३- मोहना नदीमा आएको बाढीले कृष्णपुर गाविस-६, गौरीफाँटाका १४ घर डुबेका छन्। उनीहरुका सबै सामानसमेत बगाएपछि पीडित परिवार गाउँभन्दा अलि टाढाको सयपत्री निमाविमा आश्रय लिएर बसेका छन्। उद्दारमा सुरक्षाकर्मी खटिए पनि खानपिनको व्यवस्था भएको छैन। खासगरी बालबालिकाको विचल्ली भएको छ। यसैगरी सोही गाविसको ४ नं‍. वडामा पनि सुकुम्बासी र मुक्त कमैयाका ५६ घर बाढीले प्रभावित तुल्याएको छ। उनीहरु कृष्ण उच्च माविमा बसेका छन्। सुदूरपश्चिमका सात वटै पहाडी जिल्लामा आइतबारदेखि निरन्तर परेको पानीले निकै क्षति पुरयाएको छ। कन्चनपुर र कैलालीका अधिकांश भाग डुबानमा परेका छन्। खासगरी रोप्न भ्याइएको धानबाली सबै डुबेकाले कृषक चिन्तित छन्। यसैगरी बाजुरामा पनि करिब २ सय डुबानमा परेका छन्। ४० परिवार विस्थापित भएका छन्। दार्चुला धुलोगडा- ३ का ३० वर्षीय पूर्णसिंह धामी घट्ट गएका बेला बेपत्ता भएका छन्।

Jul 19, 2009

विदेशी बुहारी
नरेन्द्र रौले web version is here:- http://www.kantipuronline.com/Nepal/show.php?&sid=5142

सन् १९७१ तिर जवाहरलाल नेहरू विश्वविद्यालयमा इन्स्िटच्युट अफ मास कम्युनिकेसनको विद्यार्थी थिइन्, माहसिद । पहिलो हेराइमै मानिसको मन लोभ्याउने सुन्दरताकी धनी माहसिद आफ्नो रुचिको विषय अध्ययन गर्न इरानबाट नयाँदिल्ली ओर्लेकी थिइन् । तर, मुहारमा इरानीपन देखिँदैनथ्यो । उनलाई खोजी हिँड्ने युवा भारतदत्त कोइरालाका आँखामा त झन् उनी काटीकुटी नेपाली थिइन् । साडी-चोलोमा सजिँदा कसैले इरानी भन्दैनथ्यो । त्यही भएर पनि सहपाठीको सामान्य चिनाजानी विस्तारै झाँगिँदै गयो र भेटघाटहरू पनि बाक्लिँदै गए । यो क्रमलाई एक वर्षभन्दा बढी तन्काउन सकेेन अवस्थाले । र, एकदिन भारतदत्तले माहसिदसँग विवाह-प्रस्ताव नै राखे । आगो त उता पनि उत्तिकै लागेको थियो । त्यसैले माहसिदले पनि स्वीकारोक्तिमा टाउको हल्लाइन् अनि दिल्लीमै विवाह गरे उनीहरूले र काठमाडौँ आए । मृत्युवरण गर्नुअघि छोराले घरजम गरेको हेर्न चाहने आमालाई बुहारी देखाउन नपाए पनि भारतदत्तको रोजाइलाई शिक्षित बुबाले अन्यथा ठानेनन् । उसै पनि माहसिद नेपालीजस्तै देखिन्थिन् । बुहारी बनेर काठमाडौँ आएको केही समयपछि उनी झम्सिखेलस्िथत आइजे पायोनियर स्कुलकी पि्रन्सिपल बनिन् । बिहेको एक वर्षमा छोरा समीर र त्यसको चार वर्षपछि छोरी शवनम जन्मिइन् । यसरी माहसिदसँग बिताएका स्वणिर्म १४ वर्ष भारतदत्तका लागि सधैँ अविस्मरणीय छन् । तर, त्यसभन्दा लामो जीवनको साथ दिन सकिनन् महासिदले । उनको देहावसानपछि ६७ वषर्ीय भारतदत्तको दोस्रो दाम्पत्य जीवन अमेरकिी जोएनसँग बितिरहेको छ । माहसिद दिवंगत भएको पाँच वर्षपछि १९९१ मा भारतदत्तसँग विवाह गरेकी जोएन कुनै बेला माहसिदले सञ्चालन गरेको बहाई राष्ट्रिय केन्द्रका शिक्षकहरूलाई तालिम दिन्छिन्, अहिले । जोएनका अनुभवमा भारतदत्तमा सहयोगी, सरल, निःस्वार्थ, ठट्यौलो र अरूको मनको कुरा बुझ्ने गुणहरू छन् । भन्छिन्, "भारतदत्त एक जना राम्रा कुक पनि हुन् ।
उता भारतदत्तलाई दयालु जोएनको सबैसँग चाँडै घुलमिल हुने स्वभाव र सेवाभाव मनपर्छ । उनीहरूको विगत पनि कस्तो संयोगको छ भने माहसिदकी साथी जोएन २७ वर्षअघि पहिलोपल्ट नेपाल आउँदा उनलाई लिन भारतदत्त नै विमानस्थल पुगेका थिए । परििस्थतिले कालान्तरमा उनीहरूलाई जीवनसाथी बनायो ।भारदत्त र मासहिदका दुवै सन्तान अहिले अमेरकिामा छन् । छोरी सवनम, ३३, युनिभर्सिटी अफ सान पmान्सिस्कोमा प्रोफेसर छिन् भने छोरा समीर, ३६, हार्वर्ड मेडिकल स्कुलमा न्युरो साइन्टिस्ट । समीरले फिलिपिनो केटीलाई जीवनसंगिनी बनाएका छन् भने सवनमले इरानी युवक रोजेकी छन् । ललितपुर, सानेपाका शैलेश भट्ट, ३१, लाई ललितकलामा स्नातक गररिहेका बेला 'लाइभ पोटे्रट' गर्ने सुर चल्यो । त्यही सुरमा उनी क्यान्भास र कुची लिएर पशुपतिनाथ मन्दिरवरपर घुम्न थाले, बाबाजीहरूको तस्िबर उतार्दै । संयोग कस्तो भने जापानी विद्यार्थी शिजुयो शिम्मेई पनि यही बेला पशुपतिको फन्को लगाउन आइपुगिन् । उनको पनि उद्देश्य उही थियो, लाइभ पोट्रेट । एउटै ठाउँ र एकै पेसाले गर्दा उनीहरूलाई भेट गरायो । सँगै बसेर उनीहरूको लगातार तीन महिना पेन्टिङ् चल्यो । शिजुयो जापान फर्केपछि थाहा भयो, पशुपति कालमा अरू पनि धेरै कुरा भएछन् । कारण, उनलाई शैलेशबिनाको जापान नुनबिनाको तरकारीजस्तो खल्लो लाग्यो । उनी एक्लै बस्नै सकिनन् । शैलेशलाई टोकियो ओराल्ने अवस्था नभएपछि शिजुयो नै काठमाडौँ आइन् । शैलेशले विदेशी केटीसँग दाम्पत्य जीवन बिताउँला भनेर नसोचेको भए पनि नसोचेकै तालमा विवाह भयो । पाँच वर्षदेखि सानेपामा जलान-जलान रेस्टुराँ खोलेको यस जोडीलाई झरी परेको एक मध्याह्नमा भेट्दा शिजुयो ल्यापटपमा औँला चलाउँदै थिइन् भने शैलेश अखबारमा आँखा घुमाइरहेका थिए । शैलेशको समाजमा जीवन बिताउने तयारीको क्रममा विश्वभाषा क्याम्पस पढेकी शिजुयोलाई नेपाली बोल्न कुनै कठिनाइ हुने कुरै भएन । उनी नेपाली खाना बनाउन पनि पोख्त छिन् ।
पेन्टिङ्सँगै संगीतमा रुचि राख्ने उनले तीन वर्षअघि नै एउटा एल्बम निकालेकी रहिछन्, अतिथि । नेपाल कस्तो लागिरहेको छ त ? भन्छिन्, "कस्तो लाग्नु र ! अब त आफ्नै भइसक्यो ।" यता शैलेशले पनि हरेक वर्ष ससुराली देश जापान जाने चलन बसाएका छन् । काठमाडौँ, बौद्धका मणि लामा, ६२, ले अमेरकिामा फोटोग्राफी र कृषि विज्ञान पढे । फोटो खिच्न देशविदेश दौडिए । यही मेसोमा एकपटक मनाङ पुगे, जहाँ एक जोडी फिलिपिनोसँग भेट भयो । त्यसताका मणि पोस्टकार्डको काम पनि गररिहेका थिए । फिलिपिनो जोडी लामाका केही प्रति पोस्टकार्ड बोकेर आफ्नो देश फर्कियो । उनीहरूले लगेका मणिका पोस्टकार्ड फिलिपिन्समा पढ्दै गरेकी अमेरकिी युवती मेरी डेथका हातमा पनि परे । यही पोस्टकार्डले जुराएको भेट मायालु बन्दै गएपछि ४० वर्षे उमेरमा २७ वर्षकी मेरीसँग विवाहको लम्बे योजना बुने, लामाले । यसरी २२ वर्षअघिको यो पोस्टकार्डको कथा रमाइलोसँग प्रेम र विवाहसम्म फैलियो । परण्िााम, उनीहरूको सुखद दाम्पत्य जीवनले बाइसौँ वाषिर्कोत्सव मनाउँदा छोरी मरनिा, २१, र मिसेल, १९, ले 'ए' लेभल स्तरको पढाइ सकेका छन् । उता सुदूर बेलायतको सुन्दर सहर वेस्ट योर्कसायरमा जन्मेकी ग्रेटा राणा, ६६, क्यासलफोर्ड सहरमा हुर्किइन् । शिक्षिका आमा र राजनीतिज्ञ बुबाले हुर्काइरहेका बेला सात वर्षकै उमेरमा शेक्सपियरका साहित्यले छोइसकेको थियो, ग्रेटालाई । नभन्दै आजीवन साहित्यमै लागेकी उनी म्यान्चेस्टर युनिभर्सिटीमा स्नातक तहको साहित्यको विद्यार्थी छँदा नेपालका मधुकरशमशेर राणासँग आँखा चार भयो । करबि ५० वर्षअघिको त्यस समयमा युवा मधुकर एडभान्स स्टडिज इन् इकोनोमिक्स डेभलप्मेन्ट विषयमा पोस्ट ग्ा्रयाजुयट गर्न बेलायत पुगेका थिए, जो ग्रेटाको बौद्घकि लेखनबाट औधी प्रभावित भए । हेर्दाहेर्दै यो प्रभाव प्रेममा परण्िात भयो र प्रेम फेर िविवाहमा रूपान्तरति । ग्रेटा भन्छिन्, "मधुकर ह्यान्डसम मात्र होइन, अर्थशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा गहिरो दख्खल राख्ने युवक थिए, त्यसबेला ।
तिनै ह्यान्डसम युवकसँग विवाह गरेर २८ वर्षको उमेरमा नेपाल पसिन् ग्रेटा । यहाँ आएपछि भाषा उनका लागि ठूलै समस्या बन्यो । काठमाडौँमा चीजकुमार श्रेष्ठसँग नेपाली भाषा सिकेकी यी बेलायती चेलीले नेपाली बुहारी भएपछि भाषा बुझेरै 'सेतो बाघ'लगायत केही कृतिहरू अंग्रेजीमा अनुवाद गरनि् । यद्यपि, उनको परचिय भने अनुवादकभन्दा लेखककै रूपमा स्थापित छ । नेपाली कांग्रेसका नेता नारायण खड्काको आफ्नै पे्रमकथा छ । उनी पनि नेपालमा विदेशी श्रीमती भित्र्याउने व्यक्तिमा पर्छन् । भारतमा विद्यावारििध गरेर थप अध्ययनका लागि जर्मनी पुगेका खड्का र भौतिकशास्त्रकी क्यानेडियाली विद्यार्थी इसाबेलाको युरोपमा भएको भेट एकदिन बडो रमाइलोसँग प्रेमका सीमाहरू उक्लँदै विवाहमा परण्िात भयो । परचिय र केही वर्षको प्रेमपछि यी दुईले ०४५ सालमा दुईपटक विवाह गरे । पहिलो विवाह, क्यानाडामा इसाबेलको सम्प्रदायका लागि इसाई धर्म अनुसार र दोस्रो काठमाडौँमा नेपाली समाजका लागि हिन्दु परम्परा अनुसार । यसैगरी, ४६ वर्षअघि सिंगापुरमा जन्मेका गायक रवीन तामाङ नेपालमा रक ब्यान्डका 'पायोनियर' मानिन्छन् । सम्भवतः चार युवा सम्मिलित 'रवीन एन्ड न्यु रभिोलुसन' नै नेपालको पहिलो रक सांगीतिक समूह हो । यिनले हेलेन तामाङलाई विवाह गरेर पmान्सलाई ससुराली देश बनाएको ११ वर्ष भयो । पेन्टिङ्की विद्यार्थी हेलेनसँग १२ वर्षअघि रवीनको पहिलो भेट ठमेलको एक रेस्टुराँमा भएको थियो । अहिले ११ वर्षकी छोरी ताराकी बाबु रवीन गीत-संगीतमार्फत समाजसेवामा छन् । सांगीतिक कार्यक्रमबाट टुहुरा बालबालिका, एचआईभी पीडितहरूलाई सहयोग जुटाइरहेका छन्, जसमा हेलेनको पूरापूर साथ छ । नेपाल, आधुनिक आँगनमा, भुलमा भुल्यो, १३०००, केटाकेटीजस्ता एल्बमका यी सर्जक दुव्र्यसनीलाई संगीतले सुधार्न सकिने मान्यता राख्छन् । भन्छन्, "किनभने संगीत स्वयं एउटा नसा हो ।"
कपालबाट बिजुली
Narendra Raule you can read also here http://www.kantipuronline.com/Nepal/article.php?&aid=17
बढ्दो लोडसेडिङ्को हैरानीबाट कसरी मुक्ति पाउने ? सबै नेपालीको अहिलेको चिन्ता हो, यो । यसका लागि सजिलो उपाय निकालेका छन्, काठमाडौँको डिल्लीबजारस् िथत टि्रनिटी इन्टरनेसनल कलेजका दुई विद्यार्थीले । मानिस वा जनावरको रौँको सोलार प्यानल बनाउने अनि बिजुली बाल्ने । खोटाङ जिल्ला सदरमुकाम दिक्तेलमा जन्मेहुर्केका मिलन कार्की, १७, र ठ् याक्कै त्यही उमेरका रतनपुर, दाङका हरिहर अधिकारीले यस् तो आविष्कार गरेका हुन् ।सानैबाट गाडी, रेडियो, रोबोट, अटोमेटिक स् वीच, सलाईजस् ता आविष्कारमा रुचि राख्ने मिलनले ८ कक्षा पढ्दैखेर िदिक्तेल साइन्स एन्ड टेक्नोलोजी क्लब खोलेका थिए । कतै विज्ञानसम्बन्धी किताब फेला पर्दा भोकाले भोजन भेटेजस् तो हुन्थ्यो उनका लागि । उता पश्चिम तराईको रतनपुर गाउँमा जन्मेहुर्केका हरहिरलाई ४ कक्षामा हुँदै न्यूटनको गुरुत्वाकर्षण सिद्घान्तले अनिँदो बनाएको थियो । विज्ञानसम्बन्धी उनको रुचिलाई घोराही बजारस् िथत काकाको इलेक्ट्रोनिक पसलले पनि निकै उक्साइदिएको थियो । विज्ञानका यी दुईको उत्सुकतालाई टि्रनिटी इन्टरनेसलन कलेजले भेट गराइदियो, दुई वर्षअगाडि । सेन्ट जेभियर्स कलेजको विज्ञान प्रदर्शनीमा रुद्राक्ष मालाधारी यी दुई शाकाहारीले बनाएको हाइड्रो क्लिनिक पम्प र रौँको सोलार पम्पले स् वर्ण पदक जित्यो । ब्युटीपार्लरहरूमा संकलन गरेको आधा किलो कपालबाट यी दुई वैज्ञानिकले दुई दिनमै सोलार प्यानल बनाएका थिए । दुवै एकसाथ भन्छन्, "सिलिकन डाइअक्साइड, क्युप्रस डाइअक्साइड, तामाको तार, सिसा, प्लाइउड र नुनमा भिजाएको कालो कपालबाट सोलार प्यानल बनायौँ ।"मिलन र हरहिर निर्मित कपालयुक्त प्यानलमा सूर्य किरण पर्नेबित्तिकै आयोनमा हलचल भएर यसका इलेक्ट्रोन तामाको तारमार्फत नौ भोल्टको शक्ति उत्पन्न हुन्छ, जसलाई हामी विद्युत् भन्छौँ । पढाइबाहेक कला मन पराउने मिलन र अभिनयमा रुचि राख्ने हरहिर भविष्यमा क्रमशः जेनेटिक इन्जिनियर र कम्प्युटर इन्जिनियर बन्न चाहन्छन् ।

Jul 18, 2009

Teaching for critical thinking
KEDAR BHAKTA MATHEMA
The aim of education is to prepare the young to educate themselves throughout their lives.
– Robert Maynard Hutchins
Despite the advances made by Nepal towards the goal of achieving universal primary education by 2015, our school system is still plagued by excessive dropout and repeater rates. According to a study carried out by the Ministry of Education, only 56 percent of the total Grade 1 enrollees manage to pass the primary cycle of five years. Out of this, only 85 percent enter Grade 6 and out of this 88 percent complete lower secondary. Of those who finish lower secondary schooling, only 79 percent enter Grade 9. Of the total Grade 9 enrollees, only about 12 percent manage to pass the School Leaving Certificate examination.Those who dropout of the system are usually girls and the children of socially- and economically-disadvantaged communities. The wastage of resources apart, the continuing loss of students in the education system has great bearing on the policy of the government to bring the members of ethnic and underprivileged communities into the national mainstream.
One serious problem with our school teaching is the very little attempts that are made to relate learning to children’s own experience.While researchers have pointed out various reasons for the continuing high rate of students’ failures in the system, some of the prominent reasons cited are the traditional teacher-dominated methods of teaching, obsolete and heavily content-driven curriculum, limited opportunity to learn for girls and children of ethnic and linguistic minorities, the inability of students to understand the language of instruction, absence of support to struggling students, lack of harmony between school curricula and the need and reality of the rural society.One serious problem with our school teaching is the very little attempts that are made to relate learning to children’s own experience. Classroom teachings are mostly dominated by teachers. Children are hardly ever encouraged to ask questions or give their own opinions.Several factors explain this phenomenon prevalent in our schools. First, most teachers are not trained. Even those who are, they are not trained in the methods of teaching which challenge students to think, question, examine, interpret and debate the course materials, not just accept them as they are presented. They are mostly trained to talk and talk a lot and be in charge. Second, even those few who are well aware of the benefits of the interactive methods of teaching prefer not to waste time in engaging students in discussion or critical thinking activities for fear of not being able to finish the course. Third, since examinations invariably test students’ ability to memorize and reproduce facts taught in the classroom, higher cognitive skills such as analysis, opinion giving, critical thinking, problem solving, which make learning an enjoyable experience for children, are not encouraged. Even in many so-called high quality private schools, the emphasis is on “teaching to tests”, preparing children for examination rather than arousing their intellectual curiosity. Fourth, teachers generally have low expectations from students, particularly girls and those belonging to non-Nepali speaking communities, as a result of which teachers do not consider them as individuals whose voices are worth listening to or whose minds can carry the weight of intellectual work. Fifth, curricula are usually content–heavy and rigid and give no allowance for local variations. They ignore students’ themes, conditions and diverse cultures. They also severely limit the work of imaginative teachers.It is natural that such teaching conditions, which prevails in most schools (and university colleges) in Nepal, arouses among students a variety of negative emotions: Self-doubt, boredom, resentment, indignation, disrespect, frustration and the desire to escape. Although research has yet to confirm it, the practice of teaching that exits in Nepali schools could be a major culprit for the high rate of school dropouts, particularly among girls and the children of disadvantaged communities.Improvement in school curricula and the examination system along with professional development of teachers to allow students’ active participation in the learning process is perhaps one of the most important reforms needed in the education system in Nepal today. Not only should we do away with the present content-heavy curricula, which deposit loads of information uncritically in students, we should also improve our examination system so we can test students’ ability to think critically rather than their ability to memorize facts. Our aim should be to teach students to examine critically whatever knowledge we present to them. Active involvement of students in the learning process not only helps them to develop critical thinking skills, it also makes schooling a lot more pleasant experience than what it is today. Additionally, active learning also empowers individual students and prepares them to be “critical citizens” in their later life, something a newly-emerged democratic nation like Nepal cannot ignore.

Published on 2009-07-19 07:28:00

Jul 16, 2009

Samrat Upadhyay



famous writer Samrat Upadhyay with me in java coffee House,Thamel yesterday.(2065-4-1)

Jul 14, 2009

कृपया, पाँच रूपैयाँ दिनोस् न !
नितान्त व्यक्तिगत
रवीन्द्र मिश्र
चार महिनाअघि फागुन २६ गते यसै दैनिकमा 'नेपाल फर्किने बेलामा' लेख लेखेपछि त्यसबारे संसारभरिबाट सयौंको संख्यामा प्रतिक्रियाहरू प्राप्त भए । लामो विदेश बसाइपछि नेपाल फर्किने मेरो नितान्त व्यक्तिगत निर्णय, अनुभूति र अनुभवसँग सम्बन्धित हुनाले सो लेख मैले बडो अप्ठेरो मानी-मानी लेखेको थिएँ । त्यसलाई मपाईँत्वका रूपमा लिइएला भन्ने मलाई ठूलो डर थियो । तर एकाध टिप्पणी त्यसतर्फ लक्ष्यित भए पनि बाँकी सबै प्रतिक्रियाहरू सहयोगात्मक र सकारात्मक रहे । ती प्रतिक्रियाहरूबाट मलाई के महसुस भयो भने अत्यन्त व्यक्तिगत आँकलन र अनुभूतिहरूलाई इमानदारीपूर्वक पाठकहरूसँग बाँड्ने हो भने त्यसले सकारात्मक सोच, कार्य र वैचारिक मन्थनका लागि सहयोग नै पुर्‍याउने रहेछ । सोही धारणाको परिणामस्वरूप मैले 'नितान्त व्यक्तिगत' शीर्षकमा यो अनियमित स्तम्भ सुरु गर्ने निर्णय गरेको हुँ ।
राजनीति बाहेक समाज निर्माणका अनगिन्ती वैकल्पिक बाटाहरू छन् । हरेक नागरिक त्यस्ता वैकल्पिक बाटाहरूमा व्यक्तिगत नाम र दामबाट होइन, समाज रूपान्तरणको भावनाबाट प्रेरित भएर हिँड्ने हो भने समाजको स्वरूप स्वतः परिवर्तन हुन्छ भन्ने मान्यता राख्ने हुनाले यो स्तम्भका अनियमित आलेखहरू सोही सोचको सेरोफेरोमा केन्दि्रत रहनेछन् । त्यसै पृष्ठभूमिमा यो पहिलो स्तम्भमा म नितान्त व्यक्तिगत अनुभव बाँडेर, नितान्त व्यक्तिगत आग्रह गर्न चाहन्छु, जुन कल्याणसँग सम्बन्धित छ । पत्रपत्रिकामा राजनीतिक आग्रहले पूर्ण लेखहरू छरपष्ट छापिन्छन् भने कल्याणकारी आग्रहले पूर्ण लेख छाप्न किन नहुने भन्ने मान्यताबाट पनि यो स्तम्भ प्रेरित भएको छ । यसले सार्थक परिणाम पुर्‍याएमा मेरो भावि यात्रामा ठूलो बल पुग्नेछ । विगतमा शुभेच्छुकहरूबाट पाएको सहयोग र सद्भावका कारण मैले निराश हुनुपर्ने छैन भन्ने आशा लिएको छु । यो आग्रहलाई मैले समाजमा रहेको आफ्नो सानो परिचयलाई अलि व्यापक स्तरको कल्याणकारी कार्यमा परिणत गर्नका लागि प्रयोग गर्न सकिन्छ या सकिँदैन या त्यसो गर्न कति गाह्रो या सजिलो हुँदोरहेछ भन्ने एउटा परीक्षणका रूपमा पनि लिएको छु । विफल भएँ भने व्यङ्गय गर्नेहरू हाँस्लान्, तर त्यसबाट मलाई कत्ति पनि पीडा हुने छैन ।
'नेपालका लागि महिनाको एक पाउन्ड कोष'को नारा दिँदै नौ वर्षअघि म र समान विचारका अन्य केही साथीहरूद्वारा सुरु गरिएको हेल्प नेपाल नेटवर्क बेलायत, अमेरिका, अष्ट्रेलिया, स्वीडेन र नेपालमा सरकारी मान्यताप्राप्त कल्याणकारी संस्थाको रूपमा कार्यरत छ । नेटवर्कका अन्य कतिपय देशहरूमा सहयोगी समूहहरू पनि कार्यरत छन् । अवधारणाको तहमा हामीले मूलरूपमा 'नेपालको लागि नेपालीले गरौं' र 'हरेक नेपालीको मनमा कल्याणकारी भावनाको अभिवृद्धि गरौं' भन्ने दुईवटा लक्ष्यहरू लिएका छौं । कार्यान्वयनको स्तरमा चाहिँ शिक्षा र स्वास्थ्यको क्षेत्रमा सामुदायिक हितका कामहरू गर्ने उद्देश्य हो । अलिकति गर्न सक्नेहरूले गर्न नसक्नेहरूलाई थोरैमात्र सहयोग गरिदिने हो भने पनि यो समाज धेरै सहृदयी, सभ्य र शान्त हुन्छ भन्ने हाम्रो मान्यता हो । हामी पहिले पनि भन्थ्यौं र अहिले पनि भन्छौं, विदेशमा बस्ने २५ लाखको संख्यामा रहेका भनिएका गैरआवासीय नेपालीहरूमध्ये १० लाखले मात्र नेपालमा आफ्नो गाउँ-ठाउँका एक-एकजना विद्यार्थीको स्वास्थ्य र शिक्षाको जिम्मा लिइदिने हो भने वर्षमा १० लाख नेपाली बालबालिकाले सहजै तुलनात्मक रूपमा राम्रो स्वास्थ्य र शिक्षाको सुविधा पाउनेछन् । मन हुने हो भने त्यति गर्नका लागि न कुनै बाहिरी माध्यम चाहिन्छ, नत प्राविधिक समस्या पर्छ, न आर्थिक नै । त्यसैगरी नेपालभित्रै रहेका तुलनात्मक रूपमा सम्पन्न नेपालीहरूले त्यसै गर्ने हो भने हामीले धेरै कुरामा विदेशीको मुख ताक्नै पर्दैन ।
नेपालीहरूबाट अहिले पनि धेरै कल्याणकारी कामहरू भइरहेका छन् भन्नेमा शंका छैन । नेपालका गाउँ-गाउँमा त्यस्ता अनगिन्ती समाजसेवीहरू छन्, जसको परिचय यो पंक्तिकारको जति फराकिलो नहोला र जो यो पंक्तिकारजति लेख्न जान्दैन होला । तर मैले जे गर्न खोजिरहेको छु, त्यसका लागि मेरो प्रेरणाका स्रोत तिनै हुन् । तिनैको प्रेरणा लिएर कलमको दक्षतालाई प्रयोग गर्दै नेपाली-नेपालीहरूबाटै व्यापक स्तरमा कल्याणको काम गर्न सकिन्छ कि भन्ने मेरो प्रयास हो । त्यसैले ठूला अन्तर्राष्ट्रिय दाताहरूबाट कोष संकलन गर्नसक्ने शिक्षित, पेसागत, दक्ष र विश्वासिला नेपालीहरूको सञ्जाल भए पनि हेल्प नेपालले सुरुदेखि नै नेपाली-नेपालीबाटै कोष संकलन गर्ने कामलाई प्राथमिकता दिएको छ । हामीले विदेशमा नेपालीहरूलाई 'महिनाको एक क्यान बियर या एक बोतल जुस कम खाइदिनोस् र बचेको रकम हामीलाई दान दिनोस'् भनेर अपिल गर्‍यौं । नेपालमा 'महिनाको एक प्लेट मःमः कम खाइदिन' आग्रह गर्‍यौं । हाम्रो अनुरोध धेरैले सुनिदिए । त्यसैले गएको नौ वर्षमा हामीले गाउँ-गाउँमा १५ वटाभन्दा बढी स्कुलहरूलाई भवन तथा पुस्तकालय निर्माणमा सहयोग पुर्‍यायौँ । झन्डै १२ वटा विद्यालयहरूमा नितान्त नयाँ तर अत्यन्त प्रभावकारी कम्प्युटर सञ्जालको सहायताले चल्ने 'इलेक्ट्रोनिक लाइब्रेरी'हरू स्थापना गर्‍यौं । मुगुको विकट मुर्मा गाउँमा हेल्थपोष्ट चलाइरहेका छौं भने सिरहामा आर्क हेल्थपोष्ट निर्माण गर्न लागिरहेका छौँ । १० वटाभन्दा बढी स्वास्थ्य शिविरहरू सञ्चालन गरिसकेका छौँ भने धुलिखेलमा एउटा सुविधासम्पन्न अनाथालय निर्माण गरिरहेका छौँ । यी सब मूलरूपमा नेपाल-नेपालीको सहयोग र दानबाट सम्भव भएको हो ।
हामीलाई धेरै नेपालीहरूले विश्वास गर्नाको एउटा मूल कारण के थियो भने हामीले सुरुदेखि नै कल्याणकारी कोषका लागि गरिएको सहयोगबाट एक पैसा पनि प्रशासनिक कामका लागि खर्च गरेनौं । साथसाथै संस्थाका कुनै पनि कार्यकारिणी सदस्यले तलब लिन नपाउने र सबैले पूर्णतया कल्याणकारी भावले स्वयम्सेविका रूपमा काम गर्न पर्ने नियम बसाल्यौं । कार्यकारिणी सदस्यले तलब लिने व्यवस्था गर्नेबित्तिकै त्यसले सेवाको होइन, पेसाको रूप लिँदोरहेछ । कल्याण सेवा हो, पेसा होइन भन्ने हाम्रो मान्यता हो । कुनै आर्थिक लाभ नहुँदा पनि हामीसँग सहकार्य गर्न नेपालीहरूको संख्या ठूलो रह्यो ।
हामीले गर्छौं भनेको काम गरेर दाताहरूको विश्वास जित्यौं । तर ती सबै काम घरबाट गरेर सम्भव हुने थिएन । हामीलाई सानै किन नहोस्, सबै कामको समन्वय र कार्यान्वयन गर्न एउटा कार्यालयको आवश्यकता थियो । सो कार्यालयमा स्वयम्सेवी होइन, पूर्णकालीन कर्मचारी नै नियुक्त गर्नुपर्ने थियो । सो कार्यालय सञ्चालन गर्न हामीले गत नौ वर्षमा धेरै संघर्ष गर्नुपर्‍यो । कहिले आ-आफ्नै रकम खर्च गर्नुपर्‍यो भने कहिले कार्यालय खर्चका लागि प्रायोजकहरू खोज्नुपर्‍यो । तर त्यसरी हाम्रो दीर्घकालीन लक्ष्य पूरा नहुने भएपछि मैले हेल्प नेपाल प्रशासनिक कोष स्थापनाका लागि एउटा अभियान सञ्चालन गरेँ । सहयोग गर्छ भन्ने दाताले कम्तीमा चार हजार अमेरिकी डलर -या तीन लाख रुपैयाँ) चन्दा दिनैपर्ने मागका साथ सुरु गरिएको उक्त कोषमा नेपाल लगायत अष्ट्रेलिया, अमेरिका, बेलायत, रूस, कतार, आयरल्यान्ड, स्कटल्यान्ड, श्रीलंका र बंगलादेशमा कार्यरत २४ जना नेपालीहरूले घटीमा चार हजार र बढीमा आठ हजार डलर चन्दा दिइसकेका छन् । ती दाताहरूमा सामान्य गृहिणी, व्यापारी, समाजसेवीदेखि राष्ट्रसंघको उच्च ओहोदामा कार्यरत कर्मचारी र प्रतिष्ठित उद्योगपतिसम्म रहेका छन् । ती सबै नेपालीले हामीमाथिको विश्वास र हामीले गरेको राम्रो काम देखेर हामीलाई त्यति धेरै रकम दान दिएका हुन् । नेपालका वरिष्ठ
चिकित्सक सुन्दरमणि दीक्षित र एकजना बि्रटिस महिलाले त चार हजार डलर माग्दा हाम्रो सोच र कामबाट प्रभावित भएर स्वस्फुर्त रूपमा क्रमशः आठ हजार र नौ हजार डलर चन्दा दिए ।
यसरी हामीले झन्डै ७५ लाख रुपैयाँ हेल्प नेपाल प्रशासनिक कोषको लागिमात्र नेपाली-नेपालीहरूबाट संकलन गरिसकेका छौं । तर सो रकम अहिले हामीले चलाएका छैनौं । संस्थाको दिगो विकास, विस्तार र नेपालको लागि नेपालीले गरौं भन्ने भावनालाई देशभित्र र बाहिर तीव्ररूपमा फैलाउन हामीले प्रशासनिक कोषलाई कम्तीमा दुई करोड रुपैयाँको बनाउनैपर्ने अनुमान गरेका छौं । त्यो लक्ष्य विदेशीलाई गुहारेर होइन, नेपाली-नेपालीलाई नै आग्रह गरेर हासिल गर्न सक्छौं भन्ने हामीलाई पूर्ण विश्वास छ । तर यसपटक मैले तीन लाख दिने होइन, कुनाकन्दरामा बस्ने एक-एक रुपैयाँ दिनसक्ने नेपालीहरू पनि यो अभियानमा संलग्न हुनसकुन् भन्ने चाहना राखेको छु । ताकि हेल्प नेपाल नेटवर्क वास्तवमै सबै नेपालीको कल्याणकारी संस्था बन्न सकोस् । आउँदो ६ महिनाभित्रमा मैले नेपालभित्र र नेपाललाई माया गर्ने नेपाल बाहिर रहेका नेपालीहरूबाट कम्तीमा एक करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छु । त्यसका लागि आदरणीय पाठक, मेरा शुभेच्छुक, सहधर्मी पत्रकारहरू र सामाजिक दायित्वबोधबाट प्रेरित सबै नेपालीहरूसँग म सहयोगका लागि विनम्र अनुरोध गर्छु । सबैले सानोभन्दा सानो रकम सहयोग गर्नुभयो भने पनि मैले राखेको एक करोड रुपैयाँको लक्ष्य सहजै पूरा हुनेछ । बीस लाख नेपालीले मात्र पाँच-पाँच रुपैयाँ दिए भने त्यो एकठाउँमा राख्दा एक करोड हुनेछ ।
सहयोग गर्न चाहना भएका शुभेच्छकहरूले चन्दा, स्थानीय क्लब, संस्था, व्यापारिक समूह, विद्यालय/कलेजका छात्रछात्रा या अन्य अनौपचारिक टोलीहरूमार्फत समूहगत हिसाबले संकलन गर्नु पर्नेछ । त्यसका लागि समूहगत रूपमा ५ रुपैयाँ दिउँ' अभियान सञ्चालन गर्नुपर्ने हुनसक्छ । यो अभियानमा स्थानीय रूपमा सञ्चालित पत्रपत्रिका तथा एफएम रेडियो स्टेसनहरूबाट सहयोग मिल्ने मैले आशा लिएको छु । चन्दा संकलन अभियानमा तिनले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्छन् । राष्ट्रिय रूपमा सञ्चालित पत्रपत्रिका, रेडियो र टेलिभिजन स्टेसनहरूले या ठूला व्यापारीहरूले सहयोग गर्ने हो भने त मैले लिएको लक्ष्यभन्दा बढी रकम संकलन हुनेछ भन्नेमा म विश्वस्त छु । त्यसैगरी विदेशमा आजभोलि कैयौं सहर तथा कलेजहरूमा नेपालीहरूको संख्या ठूलो छ । तिनले सानै स्तरमा रकम संकलन गरिदिए पनि सो रकम नेपाल आइपुग्दा त्यसको मूल्य ठूलो हुनेछ । विदेशस्थित नेपालीहरूका संस्थाहरूबाट पनि सहयोग मिल्नेछ भन्ने मैले आशा लिएको छु ।
यो नेपाली-नेपालीबीच कल्याणकारी भावनाको विकास गर्न नेपाली-नेपाली मिलेर सञ्चालित कल्याणकारी संस्थालाई संस्थागत गर्न र गुनासो गरेर होइन, आफ्नो गक्षअनुसार हामी आफैंले गरेर देखाउन सक्छौं भन्ने कुरालाई प्रमाणित गर्न गरिएको एउटा नौलो प्रयास र प्रयोग हो । प्रबुद्ध पाठकहरूले अन्यथा लिनुहुने छैन भन्ने मैले विश्वास लिएको छु । बाँकी तपाईंहरूको तजबिज शिरोधार्य गर्नेछु ।
पेसाले पत्रकार लेखक हेल्प नेपाल नेटवर्कका संस्थापक हुन् ।
rabindra.helpnepal@gmail.com

Jul 3, 2009

झरीमय काठमाडौं
झम्झम झरी परिरहेको छ काठमाडौंमा । म भिज्दै भिज्दै हिडिरहेको छु यो झरीमा । परपर डाँडाकाँडा बादलुका घुम्टोले छोपिएका छन् । म एकोहोरो हेर्न खोज्छु तिनलाइ । धेरैपछि काठमाडौमा झरीको मौसम सुरु भएको छ । परिक्षा आउन एक हप्ता मात्र बाँकी छ । तर मलाइ झरीकै बारेमा लेख्न मन छ । झरीमै भिज्न मन छ । आज किर्तिपुर तिर जाँदैछु । रोपाइका दृश्यहरु हेर्न अनि कुहिरो भित्र लुकामारी खेल्न । मुक्तिनाथ घिमिरे दाइ सँग अग्रेजी विषयमा केहि कुरा सिक्न आज समय मागेको छु । सायद आजको दिन म त्यतै बिताउने छु ।
मुलुक बाहिर कस्तो मौसम छ होला ? नेपाली दाजुभाइ कसरी रमाउदै हुनुहुन्छ यो मौसममा ? मलाइ इमेलमा लेखहरु पठाउनुहोस् न । ब्लगमा राख्नेछु ।