Aug 28, 2008

दिलकी धनी दिलशोभा

घरपरविारका कसैले पनि वास्ता नगरेपछि काठमाडाँै आई मकै पोलेर गुजारा चलाउने कान्छी तामाङ, ६३, बिरामी परेपछि दिलशोभा श्रेष्ठले आफ्नो आश्रममा लगिन् । बालाजुकी बुद्धिकुमारी आचार्य, ७२, को सात वर्षको उमेरमा विवाह भएको थियो । विवाह भएको दुई वषमै पतिले छाडेर लाहुर गएपछि बिचल्लीमा परेकी उनी पाँच वर्षअघि आश्रममा आइपुगिन् ।
अधिकांश मानिस दुःखले कमाएको पैसा ऐसआराममा खर्चिन्छन् । केही भने आफ्ना सन्तान र बुढेसकालका लागि साँचेर राख्छन् । तर, काठमाडौँ, सोल्टीमोडकी दिलशोभा, ५४, को सोख भिन्नै छ । सिलाइकटाइ व्यवसाय सञ्चालन गरेर जोडेको घरमा समेत दिलशोभाले वृद्धाश्रम स्थापना गरेकी छन् । निकै सम्पन्नशाली परविारकी सदस्य, न उनको गतिलो आयस्रोत नै छ । तर पनि दिलशोभा असहाय, अशक्त, बेसहारा वृद्धवृद्धाको सेवामा अहोरात्र लागिरहेकी छन् । उनको घरमा अहिले १७ जना असहाय, अशक्त, बेसहारा, बाटोमा मागेर खान बसेका वृद्धवृद्धाहरूले आश्रय पाएका छन् । उनले ०५२ सालमा चार वृद्धवृद्धाबाट वृद्धाश्रम सुरु गरेकी हुन् ।
दिलशोभाको कार्यको प्रशंसा गर्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले ०६३ सालमा ७५ हजार रुपियाँ सहयोग गरेको थियो । बर्सेनि सहयोग गरनिे वाचा गरे पनि त्यसपछि सहयोग नपाएको उनको भनाइ छ । एक्लोपनको अनुभूति हुन नदिन वृद्धवृद्धाको सेवामा लागेको बताउने दिलशोभाले वृद्धवृद्धाकै लागि मासिक १५ हजार रुपियाँ भाडा आउने घरमा वृद्धवृद्धा राखेकी छन् । उनीहरूको खानपिन र उपचारमा मासिक १५ हजार रुपियाँभन्दा बढी खर्च हुने गरेको छ ।


नरेन्द्र रौले/काठमाडौँ
गाउ डुल्दै गोरी

अमेरकिाबाट आएकी एउटी गोरी चेली नेपालमा के गर्दैछिन्, ह“ - उनी त नेपाली पनि र्फरर बोल्न र खर्रर लेख्न सक्दिरहिछन् । अनि, नेपाली लोकगीत पनि उस्तै भाका हालेर गाउ“दी रहिछन् । कुरो बुझ्दै जा“दा पो थाहो भयो, नेपालीहरू अमेरकिा जान मरहित्ते गररिहेका बेला आना मेरी सटर भने नेपाली लोकसंस् कृति र कलाबारे विद्यावारििध गर्न नेपाल आएकी रहिछन् । प्रतिभाको कुरा न हो, कोलम्बिया युनिभर्सिटीबाट विद्यावारििध गर्न नेपाल भित्रिएकी आना अहिले नेपाली बोल्न मात्र होइन लेख्न, पढ्न र गाउन पनि सक्छिन् ।
पहिलोपटक डिप्लोमा तेस्रो वर्षा अध्ययनरत हु“दा 'स्कुल फर इन्टरनेसनल टे्रनिङ्' को विद्यार्थीका रूपमा नया“ संस् कृतिको अनुभव लिन नेपाल भित्रिएकी थिइन् उनी । अहिले 'एथ्नोम्युजिकोलोजी' अर्न्तर्गत नेपाली लोकदोहोरीमाथि विद्यावारििध गर्ने तयारी गररिहेकी छन् । उनको शोधपत्रको शर्ीष्ाक छ, 'नेपाली लोकदोहोरी प्रस् तुतिमा बसाइ“सराइ, लैङ्  गिक भिन्नता र राष्ट्रियता' । अमेरकिामा छ“दै उनले नेपाली भाषाको दर्ुइमहिने तालिम लिएकी थिइन् । नेपाल आएर तीनमहिने कोर्स लिएपछि त हिजोआज स्पष्ट रूपमा बोल्न र लेख्न थालिसकेकी छन् । यति मात्र होइन, केही समययता उनी लोकदोहोरी पनि गाउ“छिन् ।
लोकदोहोरीस“ग सम्बन्धित व्यक्तिलाई भेट्नु र काठमाडौ“का दोहोरी रेस्टुरा“हरू चहार्नु उनको दिनचर्या नै बनिसकेको छ । नेपाल लोकदोहोरी व्यवसायी सङ्घ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका कार्यक्रममा भाग लिन पनि पछि पर्दिनन् उनी । गाउने र छमछमी नाच्ने अनि नेपाली बाजाहरू मादल, बा“सुरी र पियानो बजाउने कलामा उनी झन्झन् खार“िदैछिन् । यसक्रममा उनी नेपालका पर्ूर्वी जिल्ला खोटाङ, उदयपुर, धनकुटादेखि पश्चिमका स्याङ्जा, पाल्पासम्म पुगेकी छन् । गाउ“ घुम्ने क्रममा बटुलेका अनुभवबारे उनी भन्छिन्, "हरेक क्षेत्रको आफ्नै संस्कृति छ र एउटै समुदायबीच पनि जिल्ला अनुसार भिन्नै परम्परा र रीतिरविाज छ ।" विभिन्न जिल्ल्ााहरूमा पुग्दा रोयला, सालैजो र रोदीमा गाउन पनि बसिन् । पर्ूर्वेली र पश्चिमेली गीतबीच भाका, लय र ताल फरक भएको उनको बुझाइ छ ।
गीत-सङ्गीत, बाजा, भाका, संस् कृतिमा नेपाल धनी भएको बताउ“छिन् उनी । आना आधुनिक गीतसम्म गाउ“छिन् । नारायण गोपाल, अरुण थापा र अम्बर गुरुङका गीत गुनगुनाउने पनि गर्छिन् । उनले केही समय काठमाडौ“ युनिभर्सिटीमा पाश्चात्य शास्त्रीय सङ्गीत पढाइन् । हिजोआज लोकगीतस“ग सम्बन्धित पुस्तकहरूको अध्ययन गररिहेकी आना भन्छिन्, "नेपालमा धेरै सम्भावना र मौकाहरू छन् ।" उनको शोधपत्र पूरा हुन अझै एक वर्षलाग्नेछ ।

नरेन्द्र रौले/काठमाडौ
पढ्ने मेलो (युवा पुस्ता)

नरेन्द्र रौले

राजधानीमा काम गर्दै पढ्ने युवकयुवतीको सङ्र्घष

राजधानीको एक मध्याह्न चर्को घाम लागिरहेको छ । सडकमा पीँपीँ हर्न बजाउँदै गाडीहरू हुइँकिरहेका छन् । सोह्रखुट्टेको एउटा मोबाइल पसलमा दुई जना तन्नेरी काममा व्यस्त छन् । ग्राहकको भीड बढिरहेको छ । अर्की युवती ग्राहकलाई सामान दिन व्यस्त छिन् । उनीहरूको आँखैअगाडि फोहरको डङ्गुर थुप्रिएको छ । सबैले मास्क लगाएका छन् । उमेरले २१ वर्षा पाइला टेकेका लक्ष्मण भट्ट र राम भट्ट जुम्ल्याहा दाजुभाइ हुन् । अनुहार पनि मिल्दोजुल्दो छ । प्रायः एउटै पहिरनमा देखा पर्छन् उनीहरू । उच्च शिक्षा हासिल गर्न गोरखा, बोर्लाङबाट काठमाडौँ प्रवेश गरेको चार वर्षभयो । गणतन्त्रमार्गका नामले चिनिने आरआर क्याम्पसमा बीए दोस्रो वर्षा पढ्छन् दुवै जना । बुबाआमा कृषिमै निर्भर भएकाले काम नगरी सुखै थिएन । काठमाडौँ आएदेखि नै राम न्युरोडमा अर्काको मोबाइल पसलमा काम गर्थे भने लक्ष्मण एउटा पब्लिकेसनमा । डेढ वर्षेखि आफैँले पसल खोले । भन्छन्, "जे कुरा पनि आफँै गर्दा राम्रो हुन्छ । अर्काको पसलमा कति काम गर्नु -" बिहान ७ बजेदेखि रातीको १० बजेसम्म उनीहरू ब्रि्रेका मोबाइल बनाउने, हाउजिङ् फेर्ने, हेडफोन बेच्ने, सेटहरू बेच्ने र घडीहरू बेच्ने काममा व्यस्त हुन्छन् । दिउँसो काममा बहिनी तारा भट्टले पनि सघाउँछिन् । मनमोहन मेमोरयिल कलेजबाट 'प्लस टू'को पढाइ सिध्याइन् उनले । पसल चलाएकै भरमा यी दाजुबहिनीको पढाइ खर्च जुट्छ । कति कमाउँछन् होला मासिक रूपमा - लक्ष्मण भन्छन्, "लेख्नूस् सर पत्रकारको आँखाले कति देख्छ -" पसलको मासिक आठ हजार र कोठाको २ हजार ५ सय रुपियाँ तिररिहेका छन् भट्ट दाजुभाइ ।
BR>लोकबहादुर श्रेष्ठ, २०, संयुक्त पाटन बहुमुखी क्याम्पसका आईए दोस्रो वर्षा विद्यार्थी हुन् । राजधानीबाट नजिकै रहेको सिन्धुपाल्चोकमा छ उनको घर । बुबाआमा गाउँमा खेतीकिसानी गर्छन् । सिन्धुपाल्चोक, अर्तरपुरबाट राजधानी आएका लोकबहादुर नयाँबानेश्वरको एक रेस्टुराँमा वेटरको काम गर्छन् । तर, उनी आफ्‍नो अप्ठ्यारोबारे बोल्न चाहँदैनन् । उनी खाना होटलमै खान्छन्, २ हजार ५ सय रुपियाँ चोखो बचाउँछन् । यतिले कोठा भाडा र पढाइ खर्च चलाउन उनलाई पुगेकै छ । फूलबारी, ओखलढुङ्गाकी देवी लुइँटेल सुन्धाराको स्कुड एक्सप्रेसमा रिसेप्सनको काम गर्छिन् । दुई वर्षघि राजधानी आएकी लुइँटेलले त्यहीबेलादेखि नै थालेकी हुन् । महेन्द्ररत्न क्याम्पसमा बीए दोस्रो वर्षा अध्ययनरत लुइँटेलसँगै भाइ र बहिनी पनि बस्छन् ।ड्रि्री गरेर छाड्ने धोको छ उनको । कापी-किताब र सामान्य खर्च आफ्नो कामबाट जुटाउने देवीले आफ्नो कमाइ भने बताइनन् । काठमाडौँ बस्दा कस्ता दुःखकष्ट यिनका पोल्टामा आए होलान् - भन्छिन्, "आफ्नो दुःख, वेदना अरूलाई सुनाएर के गर्नु - कसैले बुझ्दैनन् । जे छ, मनमै छ ।"ढिकुरा, अर्घाखाँचीका विनोद घिमिरे, २४, पुतलीसडकको स्टार इन्टरनेसनलमा मार्केटिङ् अफिसरका रूपमा काम गर्छन् । यहाँबाट ल्यापटप, कम्प्युटर, यूपीएस, सीडी, पेनडाइभजस्ता सामानहरू बिक्री हुन्छन् । र, ब्रि्रेका कम्प्युटर र ल्यापटप पनि मर्मत गरिन्छ । उनले सुरुमा कम्प्युटरका पाटपुर्जा पसलबाट मर्मत केन्द्रसम्म ल्याउने-लैजाने गर्थे ।
भन्छन्, "कामप्रति इमानदार र विश्वासिलो लागेपछि अहिले साहूजीले मार्केटिङ् अफिसर बनाइदिएका छन् ।"शङ्करदेव क्याम्पसमा बीबीएस दोस्रो वर्षा पढ्दैछन् विनोद । "सुरुसुरुमा काठमाडौँ आउँदा कोठाभाडा तिर्न सकिनँ । आफन्त साथीभाइसँग मागेर खर्च चलाएँ तर कति दिनसम्म यसरी चल्थ्यो र ! काम नगरी सुखै भएन," पुराना दिनहरू सम्झन्छन्, "दुःख नपाएको भए मिहिनेत पनि गरिँदैनथ्यो होला ।" २ हजार ५ सय रुपियाँबाट काम सुरु गरेका विनोदको तलब अहिले आठ हजार रुपियाँ पुगिसकेको छ । भाइबहिनीलाई पनि आफ्नै खर्चले पढाइरहेका छन् । राजधानीबाहिरबाट आएका थुप्रै आफूजस्तै साथीहरूलाई आफ्ना अनुभव सुनाउँछन् विनोद, "काठमाडौँमा काम पाउन गाह्रो छ तर आत्तिनु हुँदैन । विस्तारै दिन आउँछ । मिहिनेत गर्न छोड्नु हुन्न ।"पद्मकन्या क्याम्पसमा सोसल र्सर्भिस विषय लिएर बीए प्रथम वर्षा पढ्दैछिन् मीना पौडेल, २० । उनको घर जुकेना, अर्घाखाँची हो । बुबा गाउँमा मौरीपालन गर्छन् । घरबाट पठाएको पैसाले नपुग्ने भएपछि उनले यतै काम गर्न थालिन् । हाल बीएन पुस्तक संसार प्रकाशन गृहमा काम गररिहेकी छन्, मीना । यसअघि उनी विवेक सिर्जनशील प्रकाशनमा काम गर्थिन् । किताबहरू विभिन्न स्टेसनरी र स्कुलहरूमा पुर्‍याउने र लेखकहरूका रचना टाइप गर्ने उनको काम हुन्थ्यो । अहिले पनि उनको त्यही काम हो । सङ्र्घष गरेर पढिरहेकी यी युवतीको सपना कस्तो होला - भन्छिन्, "म विजनेसमै लाग्छु । र, एउटा ठूलो व्यापारी बन्छु ।
मीना दुःख गरेर चार हजार रुपियाँ कमाउँछिन् । मासिक १ हजार ५ सय रुपियाँ भाडा तिर्छिन् ।दूरदराजबाट उच्च शिक्षा हासिल गर्न हरेक वर्षराजधानी आउनेहरूको ताँती लाग्छ । तीमध्ये अधिकांश मध्यम र निम्नवर्गीय परिवारका विद्यार्थीहरू छन् । पढाइ पूरा गर्न काम गर्नैपर्ने बाध्यता छ । दिनप्रतिदिन बढ्दै गएको महँगीको मार सबैभन्दा बढी विद्यार्थीले नै खेपिरहेका छन् । सुनौलो भविष्यको सपना बोकेर राजधानी आएका थुप्रै किशोरकिशोरी अभाव र सङ्र्घषको जीवन बाँचिरहेका छन् ।गाउँबाटै प्लस टू गरेर छ वर्षघि राजधानी छिरेका हुन् बेतघारी, सोलुखुम्बुका बालकृष्ण कट्टेल, २५ । पढाइ पूरा गर्न कट्टेलले के मात्र गरेनन् - एयरपोर्टको ट्याक्सी काउन्टरमा बिल काट्ने, काठमाडौँ फन पार्कमा टिकट काट्ने, वसन्तपुरको नाइट मार्केटमा कपडा बेच्नुका साथै समय र हिमाल खबरपत्रिकाको मार्केटिङ् गरे । काठमाडौँमा सङ्र्घष गर्न थालेको छ वर्षभइसक्यो यद्यपि स्नातकोत्तर गर्ने उनको चाहना अधूरै छ । पीडा खोतल्छन्, "नियमित पढे त सकिन्थ्यो तर काम गर्नैपर्ने बाध्यता छ । कामको चापले पढ्नै पाइँदैन ।"महेन्द्ररत्न क्याम्पस ताहचलबाट बीए तेस्रो वर्षो परीक्षा दिएर बसेका कट्टेलको काँधमा अर्को जिम्मेवारी पनि थपिएको छ । भर्खरै प्लस टू गरेकी बहिनी पुष्पालाई पढाउनु छ । जैसीदेवलमा बस्दै आएका कट्टेल हाल बानेश्वरको एउटा कपडा पसलमा सेल्सम्यानको काम गररिहेका छन् । तलब छ मासिक चार हजार रुपियाँ ।
१ हजार ५ सय रुपियाँ कोठाभाडा तिरेर बाँकी खर्चको मेलोमेसो गर्नु छ । दुःखेसो पोख्छन्, "दिनप्रतिदिन महँगी बढेको बढ्यै छ । अरू चीजको महँगी बढ्छ तर हाम्रो तलब कहिल्यै बढ्दैन, बरु घट्छ ।" भविष्यमा के बन्ने सोचमा छन् त कट्टेल - "हामी तल्लो वर्गका मान्छे । लोकसेवा लडेर निजामती प्रशासनमा छिर्ने । यदि त्यो पनि सकिएन भने गाउँमै पढाउने ।"जागिर गर्दै पढ्ने विद्यार्थीहरू प्रायः बिहान र बेलुकी कक्षा लिन्छन् । अधिकांश स्नातक पढ्दै गरेका विद्यार्थीहरू जागिरे छन् । कतिपय होटल या पसलमा काम गर्छन् । कतिले मार्केटिङ् गर्छन् । सडकमै बसेर व्यापार गररिहेकाहरू पनि प्रशस्त छन् । विभिन्न प्रकृतिको काममा हात हालेकाहरू आफ्नो कामलाई गोप्य राख्न चाहन्छन् । आफ्‍नाबारेमा अरूलाई थाहा हुन्छ भन्ने डरले पनि हुनसक्छ । समाजशास्त्री डिल्लीराम दाहाल जागिरले विद्यार्थीको 'करिअर' निर्माणमा बाधा पुगिरहेको बताउँछन् । भन्छन्, "समाजमा यस्ता विद्यार्थीहरू उदाहरणको पात्र बन्न सक्छन् । यो आफैँमा सकारात्मक कुरा हो । मैले त्यस्ता धेरै विद्यार्थीहरू भेटेको छु, जो न त पूर्ण रूपले काम गर्न सक्छन्, न पढ्न नै सक्छन् ।"
थुनुवाको सिर्जना


(यो लेख नेपाल साप्‍ताहिकमा प्रकाशित भैसकेको छ ।)
९० वर्षउकालो लागेका डायमनशमशेरलाई पुरानो जेल बसाइ सम्भ“mदा कस्तो लाग्छ - पक्कै आखामा आसु आउछ । निकै भावुक बनाउछ । तर, त्यही नख्खु जेल बसाइमा लेखिएको उपन्यास सेतो बाघको लेखकस्वबाटै उनको गुजारा चल्दैछ । विश्वका पाचवटा भाषामा अनुवाद भएको त्यो उपन्यास उनले छ वर्षलगाएर लेखेका हुन् । भन्छन्, "यसको गाता छाप्न म ब्याङ्कक पुगेको थिए । साढे सात लाख रुपिया ब्याङ्क ब्यालेन्स छ । दालभात खान पुगेकै छ ।"
राजा महेन्द्रले २०१७ सालमा पञ्चायती व्यवस्था लादेका बेला डायमन नेपाली काङ्ग्रेस ललितपुर शाखाका सभापति रहेछन् । उनलाई नख्खु जेलमा छ वर्षथुनियो । साथमा थिए अहिलेका प्रधानमन्त्री गिरजिाप्रसाद कोइराला, स्वर्गीय मनमोहन अधिकारी, केआई सिंह, तारिणीप्रसाद कोइराला आदि ।
नख्खु जेलको वातावरण एकदमै दुःखदायी थियो । आज मार्छ कि भोलि मार्छ ठेगान थिएन । पञ्चायती व्यवस्था स्वीकार्न लोभ, लालच र धम्कीसमेत दिइन्थ्यो । उनीहरू मर्न तयार भए तर राजाको कदम स्वीकारेनन् । जेलमा उनीहरू राजनीतिक छलफल र बहसमा समय बिताउ“थे । मुलुकमा प्रजातन्त्र स्थापना भएको सपना देख्थे । डायमन भन्छन्, "त्यसबेला गिरजिाप्रसादले कविता लेखेको र तारिणीप्रसादले शब्दकोश लेखेको अनि केआई सिंहले आफ्नो आत्मकथा सुनाएको अझै सम्झन्छु ।"
आधा दर्जन उपन्यासका लेखक डायमनको सेतो बाघ प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका छोरा जगतजङ्गमाथि लेखिएको उपन्यास हो । उपन्यासहरूकै माध्यमबाट उनी विश्वका सबैजसो मुलुक घुमिसकेका छन् । जेल बसाइमा साथीहरूस“ग मगाएर विलियम शेक्सपियर, ओ हेनरी, ओस्कार बाइल्ड, लियो टल्सटाय, जेम्स केल्म्यानलगायत थुप्रैका कृतिहरू जेलमै पढे डायमनले । ती किताबहरू अहिले घरमा पुस्तकालय बनाएर राखेका छन् ।बाधिन्न हात्ती माकुरे झीनो जालोले तुनेररोकिन्न क्रान्ति दुइचार मान्छे झ्यालखानामा थुनेर ।
२८ वर्षघि राजनीतिक बन्दीका रूपमा भैरहवामा थुनुवा जीवन बिताएका बेला मोदनाथ प्रश्रतिले कोरेका पङ्क्ति हुन् यी । उनी बुटवल बहुमुखी क्याम्पसमा नेपाली विषय पढाउ“थे । सरकारले क्याम्पसलाई मान्यता नदिएको विरोधमा विद्यार्थीले आन्दोलन मच्चाए । आन्दोलन उठाउने मोदनाथ जेल परे, स“गै सुरु भयो साहित्यिक यात्रा ।
जीवनको झन्डै १० वर्ष जेल बसाइमा प्रश्रतिले देवासुर सङ्ग्राम -महाकाव्य), गोलघरको सन्देश -खण्डकाव्य), चोर -उपन्यास), आस्था र प्रथा ः एक विवेचना -धार्मिक ग्रन्थ), नारी बन्धन र मुक्ति -समाजशास्त्र) लेखे । भन्छन्, "मोहनविक्रम सिंह र प्रचण्डले मेरा कतिपय कृतिहरू पार्टर्ीीाठ्यक्रममा राखेका छन् । बाबुराम भट्टर्राई, प्रदीप नेपाललगायत धेरैले मेरा कृतिहरू पढेर कम्युनिस्ट भएको बताएका छन् ।" केन्द्रीय कारागारमा उनले लेखेको गोलघरको सन्देश छापिनेबित्तिकै ३५ हजार प्रति बिक्री भएको थियो ।'कुरूपताको अ“ध्यारोमा सुन्दर साहित्य र कलाको जन्म हुन्छ' भन्ने पाब्लो पिकासोले भनाइजस्तै हरेक सुन्दर साहित्यको जन्म अ“ध्यारा कालकोठरीमा भएका छन् । अभाव, पीडा र सङ्कटको घडीमा सिर्जना गरएिका साहित्य नै जीवन्त बनेका छन् । तिनीहरू नै मानवीय संवेदना उजागर गर्न र पाठकको मनमुटुमा बस्न सफल भएका छन् । खुला आकाशमा भन्दा चारैतिर पर्खालले घेरएिका अ“ध्यारा कोठामा सिर्जना गरएिका रचनाहरू जीवनका मार्गदर्शक बनेका छन् । जेल बसाइका क्रममा साहित्य लेख्ने स्वदेशी तथा विदेशी राजनेता र साहित्यकारहरूको सूची लामै छ ।
नेपालमा यसका अग्रणी हुन्, विश्वेश्वरप्रसाद कोइराला । उनले धेरैजसो साहित्य जेलमा नै लेखेका हुन् । स्वतन्त्र भारत आन्दोलनमा सक्रिय रह“दा पटनामा पक्राउ परेका बीपीलाई बन्दीपुर जेलमा थुनिएको थियो । त्यही“ भारतीय प्रधानमन्त्री राजेन्द्रप्रसादले लेखेका थिए, इन्डिया डिभाइडेड । बीपीलाई राजा महेन्द्रले थुप्रैपटक जेलमा राखे । जेलबाट निस्क“दा एक दर्जन कृतिका पाण्डुलिपि लिएर निस्कने सपना पालेका थिए बीपीले । नभन्दै तीन घुम्ती, नरेन्द्र दाइ, सुम्निमा, मोदी आइन, श्वेतभैरवी, बाबुआमा र छोरा, मेरो कथाको पाण्डुलिपि तयार पारे । लेजरक्विस्टद्वारा लिखित द साइवलको अनुवाद पनि जेलमै गरेका थिए । शरदचन्द्र चर्टर्जी, रवीन्द्रनाथ टैगोर, लियो टल्सटाय, म्याक्सिम गोर्की र इभान तर्ुगनेवका किताबहरू पढ्न रुचाउने बीपीका लेखहरू बनारस, नया दिल्ली, लन्डन, कोलकाता र पेरसिका पत्रपत्रिकाहरूमा छापिएका थिए ।
जेलभित्र लेख्न पाइ“दैनथ्यो । कापी-कलम राख्नसमेत दिइएको थिएन । चौकीदारस“ग मिलेर कागज र सिसाकलम गोप्य रूपमा मगाउन बीपी सफल भएका थिए तर उनलाई लुकाउने समस्याले पिरोलिरहन्थ्यो । खाना पकाउने चुलोमा उनी सिसाकलम र कागज लुकाउ“थे । बीपी मासिक ३५-४० का दरले पत्र लेख्थे । शैलजा आचार्य, रोशा, तारिणी र धरणीधर कोइराला अनि जवाहरलाल नेहरू आदि पत्र पाउनेहरूमा थिए । नेहरूलाई पठाइएको पत्रसग जोडिएको एउटा रमाइलो प्रसङ्ग छ । एकपटक पत्र लेख्न कागजको अभाव भयो बीपीलाई । हावाले उडाएर ल्याएको साबुनको खोलमा नेहरूलाई पत्र लेखे । त्यो पत्र जुत्ताको तलुवाभित्र सिलाएर गोप्य रूपमा भारत पठाइयो ।
कृष्णप्रसाद भट्टर्राई र बालचन्द्र शर्माले त्यस पत्रलाई नेहरूकहा पुर्‍याएका थिए । बीपीले लेखेको पत्र पढ्दा जवाहरलाल नेहरूका आखाभरि आसु थियो रे ! त्यो पत्र अहिले भारतको नेहरू स्मारक सङ्ग्रहालयमा राखिएको छ । ०१८ माघ ५ गते सुन्दरीजल जेलमा बीपीले लेखेको डायरीको सानो अंश यस्तो छ, "हिजो घरबाट आएका किताबहरूलाई सुम्सुम्याए, नया किताब तरुनी हुन् । तिनमा आफूलाई चुर्लुम्म पार्नुभन्दा पहिले तिनीहरूलाई सुम्सुम्याउनुपर्छ, यताउता उल्टाइपल्टाइ हेर्नुपर्छ, एउटा आशा र उत्कण्ठाको सरसरी नजर माथिदेखि तलसम्म हाल्नुपर्छ, यसो सुघ्नुपर्छ ।"
जेलभित्र विश्वका पनि थुप्रै राजनेता एवम् साहित्यकारले लेखेका छन् । दक्षिण अफरिकाका राष्ट्रपति नेल्सन मन्डेलाले आफ्नो २७ वर्षो लामो जेल जीवनमा लङ वाक् टू प्रिmडम नामक किताब लेखेका छन् । त्यस्तै नाइजेरयिन लेखक केन सारो विवाले सोजाल्वाय, क्रिस अवानिले कालाकुता, हिटलरले मेनकेम्फजस्ता थुप्रै कृतिहरू जेलमा लेखेका हुन् ।
स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूद्वारा छोरी इन्दिरालाई जेलबाट लेखिएका पत्रहरू विश्व साहित्यमा निकै चर्चित छन् । राजनीतिमा लाग्न इन्दिरा गान्धीलाई ती पत्रहरूले निकै सघाएका थिए । भारतीय राजनेता लाला लाजपत राय, गोपालकृष्णलगायतबाट प्रभावित नेहरू र उनका पिता मोतीलाल जेलमा स“गै थिए । पिता र पुत्रलाई छ महिना जेलमा राखियो । जेलमै सुरु भयो नेहरूको साहित्यिक यात्रा । डिस्कवरी अफ इन्डिया, आत्मवृत्तँन्त र दर्ुइ भागमा बा“डिएको विश्व इतिहासबारेको ठेली नेहरूले जेलमै लेखेका थिए । सबैको मन छुन सफल नेहरूले आफ्नी छोरीका लागि लेखिएको पत्रको सानो अंश यस्तो छः"प्यारी इन्दु ! जीवन जतिसुकै कठोरपनले भरएि पनि मेरा निम्ति ज्यादै सुन्दर छ । लाग्छ, मैले अझै कठोर कार्य गर्नुपरेको छ ।
मेराबारेमा चिन्ता नगर्नू, मैले जानीजानी आफ्नो पथ रोजेको हु । हरेक पुस्ताले आ-आफ्ना समयको सामना गर्नुपर्दछ ।"नेहरूकै झल्को दिने गरी शिक्षा तथा संस्कृतिमन्त्री प्रदीप नेपालले 'माघ १९' पछि प्रहरी तालिम केन्द्र, महाराजगन्जको खप्तड जेल र दुवाकोटबाट छोरीलाई सम्बोधन गर्दै पत्र लेखे । उनी भन्छन्, "माघ १९ पछि महाराजगन्ज थुनामा रह“दा लेखिएका कथा, कविता, संस्मरण र पत्रहरूलाई किताबको रूप दिने तयारीमा छु ।"
०३३ सालमा केन्द्रीय कारागारमा रह“दा उनले सञ्जय थापाका नाममा लेखेका ५० वटा कथा शासकहरूले खोसे तर जेलमा नै क्रान्तिकारी महिला मारयिा लोरेवारोसका बारेमा लेखिएको किताब पूर्वाञ्चलमा मात्रै पा“च हजार प्रति बिक्री भयो । उनको उपन्यास स्वप्नील सहरमा नख्खु जेलमा बिताएका क्षणहरू प्रतिविम्बित छन् ।
पूर्वकम्युनिस्ट नेता राधाकृष्ण मैनालीले भैरहवा र वीरगन्ज जेलमा रह“दा बन्दी रहर लेखे । र, उनको अतीतका सम्झनाहरू जेलकै पृष्ठभूमिमा लेखिएको छ । प्रथम गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले जेलमा नाटक लेखेका छन् । दक्षिण अमेरिकी कम्युनिस्ट नेता चे ग्वेभाराकी महिला साथी क्लाराका बारेमा नाटक लेख्नुका साथै जेलमै नाटक खेलाए उनले । त्यसरी नाटक खेल्नेमा अहिलेका अर्थमन्त्री रामशरण महत, शान्ति तथा पुनःनिर्माण मन्त्री रामचन्द्र पौडेल, खेमराज भट्ट 'मायालु', इश्वर लामालगायत थिए ।
युगकवि सिद्धिचरण श्रेष्ठले अधिकांश रचना जेलमै लेखेका थिए । तिनीहरूमा उर्वशी, मेरो प्रतिविम्ब, कारागारका सम्झना, ज्यानमारा र नेवारीमा सिस्ता, फुस्वा, तृष्णा, लुमनि, धामा, ग्वयस्वा आदि हुन् । क्रान्तिकारी कविता लेखेको र राजनीतिमा लागेको अभियोगमा सिद्धिचरणलाई १८ वर्षो जेल सजाय दिइएको थियो । गङ्गालाल, धर्मभक्त, दशरथ चन्द, शुक्रराज, जगतमान वैद्य, फत्तेबहादुर सिंह, जोगवीरसिंह कंसाकारका साथै सिद्धिचरणलाई त्यहा“ राखिएको थियो ।
राणाशासनको विरोध गरेबापत वीरगन्जमा धच गोतामे, भूपेन्द्रलाल श्रेष्ठ, ठाकुरकुमारसगै पक्राउ परेका श्यामप्रसाद शर्माले जेलमा थुनुवाको डायरी र मेरा डायरीका पाना लेखेका छन् । श्यामप्रसाद भन्छन्, "मेरा कुरा किताबमा नै समेटिएका छन् ।" श्यामप्रसाद मात्र किन - कविकेशरी चित्तधर हृदयले छ वर्षजेलमा बिताउ“दा सुगत सौरभ -महाकाव्य) लेखेका छन् ।
जेल साहित्यलाई अध्ययन गर्दा भुल्नै नसकिने पाटो हो, माओवादी सशस्त्र 'जनयुद्ध' । त्यस क्रममा थुप्रै व्यक्तिहरू जेल परे । अधिकांशले सिर्जनामै समय बिताए । कवि तथा पत्रकार कृष्ण सेन 'इच्छुक'ले सहयोद्धा मित्रमणि आचार्यको सम्झनामा शोकाञ्जली काव्य लेखेका छन् । बन्दी र चन्द्रागिरि अनि इतिहासको यस घडीमा पनि सेनले जेलमै लेखेका हुन् ।
०५९ मा भारतको पटनामा पक्राउ परेकी माओवादी कार्यकर्ता निभा शाहले जेलमा लेखिएका कविता समावेश गरेर किताब निकालेकी छन्, इन्कलाब जिन्दावाद । केन्द्रीय कारागारमा बन्दी जीवन बिताएकी निभा साथीहरूसित कविता, गीत, गजल लेख्ने गरेको सुनाउ“छिन् । त्यस्तै, जनयुद्धमा लागेका गणेश भण्डारीले आस्थाको निहारकिा, गङ्गा श्रेष्ठले ज्वालामुखीमाथिको यात्रा लेखेका छन् । त्यस्तै शान्ता श्रेष्ठको अन्धकारभित्रको अन्धकार, उमा भूजेलको बन्द पर्खालदेखि खुला आकाशसम्म, कृष्ण केसीको मानव वधशाला प्रकाशित छन् । राजनीतिक अभियोग मात्र होइन, विभिन्न अभियोग लागेर थुनामा परेकाहरू पनि सिर्जनामा व्यस्त छन् ।
(नेपाल साप्ताहिकअंक २९६)

Meeting with pilot

Today i meet a pilot of Nepal airlance,named Sanjaya Baidhya. it is raining while i comming from my room. but is happy for me. i walk in the raining (sim sime pani) reacheed in 11:pm in thapathali where his home is situated.
Sanjaya Baidhya a pilot spending his days in 35,living with his wife and two small daughter. his mum and father are in Malesia recently. his sister is living in Australia, after marriage with a nepali boy in America.
His father had given his house in leage with NPI.Now sanjaya and his small family are living grand floower of NPI which is his home. his father also ex- pilot of former RNAC.mother MBBS doctors.
sanjaya had studied in Banglore his early school and college life. and he trained piloting course in america with 4 months.now there should dbe spend 35,000 doller to finished piloting course in America.we studied our conversation reaching there.after few minute he ordered coffee for me.it is so memorable.heis very enjoyingh in his occupation."i can't live in home only one day.every day i want to go with my work.i am very pleasure in my occupation." He suggested everybody to enjoy with their work. a pilot of Nepal airlaince earn 1 lakh per mont whereas in abroad 15,000 dollar.However,he want live here and do precious thing for the own nation.he have planned to open a school ,targeted to piloting course in Nepal.
He is very simple,living with simple life.i have alot of question with pilot and air hostess.i am questing for them long time.he is my first men meeting with pilot. i want to search another pilot and air hostess in next reporting.
I return from his home.There is raining while i comming outside.

Aug 25, 2008

Jana Andolan-2 Victim Warns Leaders
By Narendra Raule
Janaandolan-2 (Peoples’ Movement) Victim
On Baishakh 9 (April 22), sea of humanity was marching from Koteshor to Tripureshor. I joined it from Tinkune. The peaceful protest was marching forward despite the barriers placed here and there. The street was abuzz with anti-monarchy slogans.At 3 pm, the mass reached Tripureshor.Then it headed towards Tundikhel. But, some vigilantes tried to vandalize the king’s statue and put fire on the hoarding boards that have king’s message. At that moment, Armed Police Force personnel opend fire on protesters. My left hand was injured by a gunshot. There was nowhere to run or hide. The area was surrounded by security forces. I ran towards Eye Hospital in Tripureshor. There too I found an army barrack. Army was still firing, numerous shells of tear gas were fired on demonstrators. A doctor affiliated to Redcross saved my life. Then, the Redcross people carried me in their ambulance to Model Hospital. My left hand was operated the same day. After operation, I was admitted to a bed. Other patients had a number of visitors but I was lonely, no one paid me visit. It made me homesick.Two days after the operation, a doctor not only insulted but also tried to discharge me. The wound had not healed yet. Moreover, I had nowhere to go. Those kith and kins of ministers and MPs were treated differently. I said, I can not move my hand. But, to add salt to my wounds, they remarked that it was not an asylum or a shelter. Later, comedian Haribansa Acharya helped me out. An NGO named TEWA was instrumental in treating me.The patients were not given good food. It was again TEWA that brought food and care. I am grateful to Durga Thapa, Renu Lama and TEWA’s Anita Chaudhari, Sunil Basnet, Mina Gurung and Shital Shakya for their succour. Many leaders including RPP’s Pashupati Shamser Rana came to see the patients. But, they only conveyed the raw formalities. Their wishes didn’t work for me; I am having tough time coping with miserable life.My wound is still painful, it has not healed yet. Similarly, martyrs’ families are still in deep sorrow. But, the dirty game to grab power is increasingly becoming evident. The leaders seem to forget the people power. The same people who paved way for them to the power can also knock them out.
(Translated by Deepak Adhikari from today’s Kantipur daily.)
know more about me
Few introduction about me.
who i am?
I m running 20 years.writing these line may 9 2008(2065 jestha 27).doing freelancing in different magazines and newspapers.i am far from away western development region.
what is the aim in life?
I want to be a good journalist and a writer.
I also want to teach journalism in college.
what are my hobbies?
travelling,reading literature,blogging,compose poem and lyrics also.
favourite books?
Pagal basti,samaya trasadi,Palpasa cafe,sooch,sumnima,shirishko ful,Gauthali ko gud
favourite Magazine ,news papers?In english :Time,India today,Newsweek,Nepali Times
In nepali:Himal,Nepal
Do you want to contact me?
recently living in New Baneshwor
Email:swopnil.blog@gmail.com
contact number:(+977)9841605756
walking in the way
yesterday morning i m going in my college. same day SLC reasult out.In the early morning my father called me from my home to look someones symbol number.i went in over 12 newspaper shop but no where i found paper.walking in the way i reach in Anamnagar where some people are searching the symbol number in Annapurnapost.i stay there.i also searh the number . sagarmatha television captured the scene of viewer of newspaper lookers. and one ladies journalist recording our voices in the spot.i speak 'i can't found newspaper anywhere' she wan't record it.she start her recorder and allow me to speak the line.i can't speak it fluently.she questioned me serially and i answered.After that i want to introduced with her.i look on her and aked her name.she told 'Mina Pandey' from Ujjyalo national network. i surprise listenning that. Because i used to hear her voice in fm radio. And i really like her sound. i want to meet her before this. But accidently we meet this situation.Then we went together until our college.i enter in my college and she went alone in Newroad for the reporting.After returning college i went in Babar Mahal with my fren sitaram.we look the photo exhibition there. then our step are Martin chautari.after reaching there i bring some newspapers in outside of the office. i start to reading the newspers.there is a bottle of water and sitting the foreign girl near me.i asked her 'can i drink this water?'she speak nepali but can't fluently speak.Then our conversation stard. she was comming from Bela Rush.study in England.she came Nepal for her M.phil research paper.she want to know youth and children experiences in Moist.I tell her as i know about it.I tell to help her as i can.she eager to know about Nepali culture,Nepali language and tourist area of Nepal.I help her as i can.i m very happy to meet her.today morning she mail me that was:Dear Narendra,it was really nice to meet you today and talk not only about researchquestions but also about more wider range of themes which are also interesting. I would appreciate if you helped me to meet some people for my research. AndI hope that you could show me a bit more of Nepali culture, theatre orsomething that is usually hidden for the "tourists" who arrive in the countryfor the first time. I would also try to share the knowledge or ideas I havewith you. Perhaps, see you soon.
Sincerely,
Ina.
and i mail her to meet soon.
मुखले लेख्ने गीतकार •नरेन्द्र रौले
सशस्त्र द्वन्द्वको शिकार बनेका टीका बम्जन (२८) पेशाले नेपाली सैनिक हुन्। उनले चार वर्षअघिको एक भिडन्तमा दुवै हात गुमाए। तर, हात नभए पनि उनका मन–मस्तिष्कबाट उब्जेका सिर्जनाहरू रोकिएनन्। सुन्दा अचम्म लाग्न सक्छ; उनी मुखले गीत लेख्छन्। हात नभएपछि शुरुमा खुट्टाले लेख्ने प्रयास गरेँ तर सफल नभएपछि मुखले लेख्न थालेँ। उनी भन्छन्, “अहिले मुखले लेख्दा सजिलो लाग्न थालेको छ।”'कस्तो भाग्य' नामक पहिलो अल्बममा उनीद्वारा रचित आठ वटा गीतहरूमा उनले आफ्नै जीवन–कथा पोखेका छन्। मुखको सहाराले लेखेका गीतहरू सङ्गीत र स्वरमा सजिएर अल्बममा समेत आएपछि उनी दङ्ग छन्। पछिल्लो पटक उनले श्री म्युजिक प्रा.लि.बाट आफैँ लगानी गरेर 'प्रेमिका' अल्बम बजारमा ल्याएका छन् जसको म्युजिक भिडियो पनि तयार भइसकेको छ। दुवै अल्बममा चन्द्रकुमार दोङले सङ्गीत दिएका छन् भने ईश्वर अमात्य, कर्णदास, शिव परियार, रामचन्द्र काफ्ले, त्रिलोक राना आदिले स्वर दिएका छन्।परिवारको कमजोर आर्थिक अवस्थाका कारण २०५६ सालमा नेपाली सेनामा प्रवेश गरेका राजघाट–२, सर्लाहीका बम्जन सेवाको क्रममा रुकुम, रोल्पा, सल्यानलगायत काभ्रे, धादिङ र भक्तपुरजस्ता विभिन्न जिल्लाहरूमा पुगे। थुप्रै ठाउँमा उनी दोहोरो भिडन्तमा परे। तर २०५९ सालमा सूर्यविनायकबाट २८ जनाको टोलीमा नगरकोटतर्फ सर्च गर्न जाँदा भएको भिडन्तमा लड्दालड्दै आफ्नै सुरक्षाका लागि राखिएको विद्युतीय धरापमा परेर उनले दुवै हात गुमाए। गीत/सङ्गीतलाई जीवनको साथी ठान्ने उनी भन्छन्, “गीतमा दुःख, सुख पोख्न सकिन्छ, त्यसैले म गीत लेख्छु।” जीवनप्रति आशावादी बम्जनको बुझाइमा जीवनमा मानिसले चाह्यो भने गर्न नसकिने केही छैन। आफूले लेखेका गीत आफैँ गाउने धोको पूरा गर्न अहिले उनी गायन प्रशिक्षण समेत लिइरहेका छन् ।
(यो समाचार हिमाल खबर पत्रीकामा पहिले नै छापिएको छ ।)
मेरो नाटक यात्रा
एक्जाम अझै सकिएको छैन । रिपोर्टैङ मा जान छ्ट्पटि भैसक्यो । के लेखौ,के लेखौ भनेर खस्खस् लागिरहन्छ । एक छिन कोठामाबस्न सक्दैन । बसे पनि यो मन संसार डुल्छ । आज इक्वेल एक्सेस नामक सम्स्था मा नाटक खेल्न गएँ । हिजो साँझ रस्मी केसी जि ले फोन गरेर बोलाउनु भएको थियो । रमाइलो भयो । आफ्नै गाउँ ठाउँको भाषामा नाटक खेल्नु पर्ने थियो । खेलियो । केही नयाँ साथी सँग परिचय पनि भयो । अनु जि ले पेमेन्ट लिन बोलाएको पनि धेरै भएको थियो । त्यो पनि आजै बुझें । साथी सँग मनका कुरा रेडियो नाटक का साथीहरु सँग भेट गर्न खोजेको पनि उहिल्यै हो बल्ल आज एक जना सँग भेट भयो । संगीता जि सँग । मनका सबै कुरा राखें । उहाँले स्कृप्ट पढ्न दिएर मेरो भोईस टेस्ट गर्न लाउनु भयो । राम्रो छ । मौका पारेर बोलाउँछौ भन्नुभयो । र म त्यहाँ बाट फर्किएँ । संगिता जि सँग नाटक का बिषयमा केही कुरा राखें । त्यहाँ सुदुरपस्चिम कै भाषामा लेख्दा र खेल्दा अझैं राम्रो होला भन्ने सल्लाह दिएँ । लेखनुस्न त भनेर उहाँले भन्नुभयो । यो कुराले मलाई अझै हौसला दिएको छ । म निरन्तर प्रयास गर्नेछु । फर्किदा खुशी भएर फर्किएँ ।