Aug 25, 2008

मेरो नाटक यात्रा
एक्जाम अझै सकिएको छैन । रिपोर्टैङ मा जान छ्ट्पटि भैसक्यो । के लेखौ,के लेखौ भनेर खस्खस् लागिरहन्छ । एक छिन कोठामाबस्न सक्दैन । बसे पनि यो मन संसार डुल्छ । आज इक्वेल एक्सेस नामक सम्स्था मा नाटक खेल्न गएँ । हिजो साँझ रस्मी केसी जि ले फोन गरेर बोलाउनु भएको थियो । रमाइलो भयो । आफ्नै गाउँ ठाउँको भाषामा नाटक खेल्नु पर्ने थियो । खेलियो । केही नयाँ साथी सँग परिचय पनि भयो । अनु जि ले पेमेन्ट लिन बोलाएको पनि धेरै भएको थियो । त्यो पनि आजै बुझें । साथी सँग मनका कुरा रेडियो नाटक का साथीहरु सँग भेट गर्न खोजेको पनि उहिल्यै हो बल्ल आज एक जना सँग भेट भयो । संगीता जि सँग । मनका सबै कुरा राखें । उहाँले स्कृप्ट पढ्न दिएर मेरो भोईस टेस्ट गर्न लाउनु भयो । राम्रो छ । मौका पारेर बोलाउँछौ भन्नुभयो । र म त्यहाँ बाट फर्किएँ । संगिता जि सँग नाटक का बिषयमा केही कुरा राखें । त्यहाँ सुदुरपस्चिम कै भाषामा लेख्दा र खेल्दा अझैं राम्रो होला भन्ने सल्लाह दिएँ । लेखनुस्न त भनेर उहाँले भन्नुभयो । यो कुराले मलाई अझै हौसला दिएको छ । म निरन्तर प्रयास गर्नेछु । फर्किदा खुशी भएर फर्किएँ ।

No comments: