Aug 28, 2008

दिलकी धनी दिलशोभा

घरपरविारका कसैले पनि वास्ता नगरेपछि काठमाडाँै आई मकै पोलेर गुजारा चलाउने कान्छी तामाङ, ६३, बिरामी परेपछि दिलशोभा श्रेष्ठले आफ्नो आश्रममा लगिन् । बालाजुकी बुद्धिकुमारी आचार्य, ७२, को सात वर्षको उमेरमा विवाह भएको थियो । विवाह भएको दुई वषमै पतिले छाडेर लाहुर गएपछि बिचल्लीमा परेकी उनी पाँच वर्षअघि आश्रममा आइपुगिन् ।
अधिकांश मानिस दुःखले कमाएको पैसा ऐसआराममा खर्चिन्छन् । केही भने आफ्ना सन्तान र बुढेसकालका लागि साँचेर राख्छन् । तर, काठमाडौँ, सोल्टीमोडकी दिलशोभा, ५४, को सोख भिन्नै छ । सिलाइकटाइ व्यवसाय सञ्चालन गरेर जोडेको घरमा समेत दिलशोभाले वृद्धाश्रम स्थापना गरेकी छन् । निकै सम्पन्नशाली परविारकी सदस्य, न उनको गतिलो आयस्रोत नै छ । तर पनि दिलशोभा असहाय, अशक्त, बेसहारा वृद्धवृद्धाको सेवामा अहोरात्र लागिरहेकी छन् । उनको घरमा अहिले १७ जना असहाय, अशक्त, बेसहारा, बाटोमा मागेर खान बसेका वृद्धवृद्धाहरूले आश्रय पाएका छन् । उनले ०५२ सालमा चार वृद्धवृद्धाबाट वृद्धाश्रम सुरु गरेकी हुन् ।
दिलशोभाको कार्यको प्रशंसा गर्दै महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले ०६३ सालमा ७५ हजार रुपियाँ सहयोग गरेको थियो । बर्सेनि सहयोग गरनिे वाचा गरे पनि त्यसपछि सहयोग नपाएको उनको भनाइ छ । एक्लोपनको अनुभूति हुन नदिन वृद्धवृद्धाको सेवामा लागेको बताउने दिलशोभाले वृद्धवृद्धाकै लागि मासिक १५ हजार रुपियाँ भाडा आउने घरमा वृद्धवृद्धा राखेकी छन् । उनीहरूको खानपिन र उपचारमा मासिक १५ हजार रुपियाँभन्दा बढी खर्च हुने गरेको छ ।


नरेन्द्र रौले/काठमाडौँ

No comments: