पढ्ने मेलो (युवा पुस्ता)
नरेन्द्र रौले
राजधानीमा काम गर्दै पढ्ने युवकयुवतीको सङ्र्घष
राजधानीको एक मध्याह्न चर्को घाम लागिरहेको छ । सडकमा पीँपीँ हर्न बजाउँदै गाडीहरू हुइँकिरहेका छन् । सोह्रखुट्टेको एउटा मोबाइल पसलमा दुई जना तन्नेरी काममा व्यस्त छन् । ग्राहकको भीड बढिरहेको छ । अर्की युवती ग्राहकलाई सामान दिन व्यस्त छिन् । उनीहरूको आँखैअगाडि फोहरको डङ्गुर थुप्रिएको छ । सबैले मास्क लगाएका छन् । उमेरले २१ वर्षा पाइला टेकेका लक्ष्मण भट्ट र राम भट्ट जुम्ल्याहा दाजुभाइ हुन् । अनुहार पनि मिल्दोजुल्दो छ । प्रायः एउटै पहिरनमा देखा पर्छन् उनीहरू । उच्च शिक्षा हासिल गर्न गोरखा, बोर्लाङबाट काठमाडौँ प्रवेश गरेको चार वर्षभयो । गणतन्त्रमार्गका नामले चिनिने आरआर क्याम्पसमा बीए दोस्रो वर्षा पढ्छन् दुवै जना । बुबाआमा कृषिमै निर्भर भएकाले काम नगरी सुखै थिएन । काठमाडौँ आएदेखि नै राम न्युरोडमा अर्काको मोबाइल पसलमा काम गर्थे भने लक्ष्मण एउटा पब्लिकेसनमा । डेढ वर्षेखि आफैँले पसल खोले । भन्छन्, "जे कुरा पनि आफँै गर्दा राम्रो हुन्छ । अर्काको पसलमा कति काम गर्नु -" बिहान ७ बजेदेखि रातीको १० बजेसम्म उनीहरू ब्रि्रेका मोबाइल बनाउने, हाउजिङ् फेर्ने, हेडफोन बेच्ने, सेटहरू बेच्ने र घडीहरू बेच्ने काममा व्यस्त हुन्छन् । दिउँसो काममा बहिनी तारा भट्टले पनि सघाउँछिन् । मनमोहन मेमोरयिल कलेजबाट 'प्लस टू'को पढाइ सिध्याइन् उनले । पसल चलाएकै भरमा यी दाजुबहिनीको पढाइ खर्च जुट्छ । कति कमाउँछन् होला मासिक रूपमा - लक्ष्मण भन्छन्, "लेख्नूस् सर पत्रकारको आँखाले कति देख्छ -" पसलको मासिक आठ हजार र कोठाको २ हजार ५ सय रुपियाँ तिररिहेका छन् भट्ट दाजुभाइ ।
BR>लोकबहादुर श्रेष्ठ, २०, संयुक्त पाटन बहुमुखी क्याम्पसका आईए दोस्रो वर्षा विद्यार्थी हुन् । राजधानीबाट नजिकै रहेको सिन्धुपाल्चोकमा छ उनको घर । बुबाआमा गाउँमा खेतीकिसानी गर्छन् । सिन्धुपाल्चोक, अर्तरपुरबाट राजधानी आएका लोकबहादुर नयाँबानेश्वरको एक रेस्टुराँमा वेटरको काम गर्छन् । तर, उनी आफ्नो अप्ठ्यारोबारे बोल्न चाहँदैनन् । उनी खाना होटलमै खान्छन्, २ हजार ५ सय रुपियाँ चोखो बचाउँछन् । यतिले कोठा भाडा र पढाइ खर्च चलाउन उनलाई पुगेकै छ । फूलबारी, ओखलढुङ्गाकी देवी लुइँटेल सुन्धाराको स्कुड एक्सप्रेसमा रिसेप्सनको काम गर्छिन् । दुई वर्षघि राजधानी आएकी लुइँटेलले त्यहीबेलादेखि नै थालेकी हुन् । महेन्द्ररत्न क्याम्पसमा बीए दोस्रो वर्षा अध्ययनरत लुइँटेलसँगै भाइ र बहिनी पनि बस्छन् ।ड्रि्री गरेर छाड्ने धोको छ उनको । कापी-किताब र सामान्य खर्च आफ्नो कामबाट जुटाउने देवीले आफ्नो कमाइ भने बताइनन् । काठमाडौँ बस्दा कस्ता दुःखकष्ट यिनका पोल्टामा आए होलान् - भन्छिन्, "आफ्नो दुःख, वेदना अरूलाई सुनाएर के गर्नु - कसैले बुझ्दैनन् । जे छ, मनमै छ ।"ढिकुरा, अर्घाखाँचीका विनोद घिमिरे, २४, पुतलीसडकको स्टार इन्टरनेसनलमा मार्केटिङ् अफिसरका रूपमा काम गर्छन् । यहाँबाट ल्यापटप, कम्प्युटर, यूपीएस, सीडी, पेनडाइभजस्ता सामानहरू बिक्री हुन्छन् । र, ब्रि्रेका कम्प्युटर र ल्यापटप पनि मर्मत गरिन्छ । उनले सुरुमा कम्प्युटरका पाटपुर्जा पसलबाट मर्मत केन्द्रसम्म ल्याउने-लैजाने गर्थे ।
भन्छन्, "कामप्रति इमानदार र विश्वासिलो लागेपछि अहिले साहूजीले मार्केटिङ् अफिसर बनाइदिएका छन् ।"शङ्करदेव क्याम्पसमा बीबीएस दोस्रो वर्षा पढ्दैछन् विनोद । "सुरुसुरुमा काठमाडौँ आउँदा कोठाभाडा तिर्न सकिनँ । आफन्त साथीभाइसँग मागेर खर्च चलाएँ तर कति दिनसम्म यसरी चल्थ्यो र ! काम नगरी सुखै भएन," पुराना दिनहरू सम्झन्छन्, "दुःख नपाएको भए मिहिनेत पनि गरिँदैनथ्यो होला ।" २ हजार ५ सय रुपियाँबाट काम सुरु गरेका विनोदको तलब अहिले आठ हजार रुपियाँ पुगिसकेको छ । भाइबहिनीलाई पनि आफ्नै खर्चले पढाइरहेका छन् । राजधानीबाहिरबाट आएका थुप्रै आफूजस्तै साथीहरूलाई आफ्ना अनुभव सुनाउँछन् विनोद, "काठमाडौँमा काम पाउन गाह्रो छ तर आत्तिनु हुँदैन । विस्तारै दिन आउँछ । मिहिनेत गर्न छोड्नु हुन्न ।"पद्मकन्या क्याम्पसमा सोसल र्सर्भिस विषय लिएर बीए प्रथम वर्षा पढ्दैछिन् मीना पौडेल, २० । उनको घर जुकेना, अर्घाखाँची हो । बुबा गाउँमा मौरीपालन गर्छन् । घरबाट पठाएको पैसाले नपुग्ने भएपछि उनले यतै काम गर्न थालिन् । हाल बीएन पुस्तक संसार प्रकाशन गृहमा काम गररिहेकी छन्, मीना । यसअघि उनी विवेक सिर्जनशील प्रकाशनमा काम गर्थिन् । किताबहरू विभिन्न स्टेसनरी र स्कुलहरूमा पुर्याउने र लेखकहरूका रचना टाइप गर्ने उनको काम हुन्थ्यो । अहिले पनि उनको त्यही काम हो । सङ्र्घष गरेर पढिरहेकी यी युवतीको सपना कस्तो होला - भन्छिन्, "म विजनेसमै लाग्छु । र, एउटा ठूलो व्यापारी बन्छु ।
मीना दुःख गरेर चार हजार रुपियाँ कमाउँछिन् । मासिक १ हजार ५ सय रुपियाँ भाडा तिर्छिन् ।दूरदराजबाट उच्च शिक्षा हासिल गर्न हरेक वर्षराजधानी आउनेहरूको ताँती लाग्छ । तीमध्ये अधिकांश मध्यम र निम्नवर्गीय परिवारका विद्यार्थीहरू छन् । पढाइ पूरा गर्न काम गर्नैपर्ने बाध्यता छ । दिनप्रतिदिन बढ्दै गएको महँगीको मार सबैभन्दा बढी विद्यार्थीले नै खेपिरहेका छन् । सुनौलो भविष्यको सपना बोकेर राजधानी आएका थुप्रै किशोरकिशोरी अभाव र सङ्र्घषको जीवन बाँचिरहेका छन् ।गाउँबाटै प्लस टू गरेर छ वर्षघि राजधानी छिरेका हुन् बेतघारी, सोलुखुम्बुका बालकृष्ण कट्टेल, २५ । पढाइ पूरा गर्न कट्टेलले के मात्र गरेनन् - एयरपोर्टको ट्याक्सी काउन्टरमा बिल काट्ने, काठमाडौँ फन पार्कमा टिकट काट्ने, वसन्तपुरको नाइट मार्केटमा कपडा बेच्नुका साथै समय र हिमाल खबरपत्रिकाको मार्केटिङ् गरे । काठमाडौँमा सङ्र्घष गर्न थालेको छ वर्षभइसक्यो यद्यपि स्नातकोत्तर गर्ने उनको चाहना अधूरै छ । पीडा खोतल्छन्, "नियमित पढे त सकिन्थ्यो तर काम गर्नैपर्ने बाध्यता छ । कामको चापले पढ्नै पाइँदैन ।"महेन्द्ररत्न क्याम्पस ताहचलबाट बीए तेस्रो वर्षो परीक्षा दिएर बसेका कट्टेलको काँधमा अर्को जिम्मेवारी पनि थपिएको छ । भर्खरै प्लस टू गरेकी बहिनी पुष्पालाई पढाउनु छ । जैसीदेवलमा बस्दै आएका कट्टेल हाल बानेश्वरको एउटा कपडा पसलमा सेल्सम्यानको काम गररिहेका छन् । तलब छ मासिक चार हजार रुपियाँ ।
१ हजार ५ सय रुपियाँ कोठाभाडा तिरेर बाँकी खर्चको मेलोमेसो गर्नु छ । दुःखेसो पोख्छन्, "दिनप्रतिदिन महँगी बढेको बढ्यै छ । अरू चीजको महँगी बढ्छ तर हाम्रो तलब कहिल्यै बढ्दैन, बरु घट्छ ।" भविष्यमा के बन्ने सोचमा छन् त कट्टेल - "हामी तल्लो वर्गका मान्छे । लोकसेवा लडेर निजामती प्रशासनमा छिर्ने । यदि त्यो पनि सकिएन भने गाउँमै पढाउने ।"जागिर गर्दै पढ्ने विद्यार्थीहरू प्रायः बिहान र बेलुकी कक्षा लिन्छन् । अधिकांश स्नातक पढ्दै गरेका विद्यार्थीहरू जागिरे छन् । कतिपय होटल या पसलमा काम गर्छन् । कतिले मार्केटिङ् गर्छन् । सडकमै बसेर व्यापार गररिहेकाहरू पनि प्रशस्त छन् । विभिन्न प्रकृतिको काममा हात हालेकाहरू आफ्नो कामलाई गोप्य राख्न चाहन्छन् । आफ्नाबारेमा अरूलाई थाहा हुन्छ भन्ने डरले पनि हुनसक्छ । समाजशास्त्री डिल्लीराम दाहाल जागिरले विद्यार्थीको 'करिअर' निर्माणमा बाधा पुगिरहेको बताउँछन् । भन्छन्, "समाजमा यस्ता विद्यार्थीहरू उदाहरणको पात्र बन्न सक्छन् । यो आफैँमा सकारात्मक कुरा हो । मैले त्यस्ता धेरै विद्यार्थीहरू भेटेको छु, जो न त पूर्ण रूपले काम गर्न सक्छन्, न पढ्न नै सक्छन् ।"
No comments:
Post a Comment