Jul 19, 2009

कपालबाट बिजुली
Narendra Raule you can read also here http://www.kantipuronline.com/Nepal/article.php?&aid=17
बढ्दो लोडसेडिङ्को हैरानीबाट कसरी मुक्ति पाउने ? सबै नेपालीको अहिलेको चिन्ता हो, यो । यसका लागि सजिलो उपाय निकालेका छन्, काठमाडौँको डिल्लीबजारस् िथत टि्रनिटी इन्टरनेसनल कलेजका दुई विद्यार्थीले । मानिस वा जनावरको रौँको सोलार प्यानल बनाउने अनि बिजुली बाल्ने । खोटाङ जिल्ला सदरमुकाम दिक्तेलमा जन्मेहुर्केका मिलन कार्की, १७, र ठ् याक्कै त्यही उमेरका रतनपुर, दाङका हरिहर अधिकारीले यस् तो आविष्कार गरेका हुन् ।सानैबाट गाडी, रेडियो, रोबोट, अटोमेटिक स् वीच, सलाईजस् ता आविष्कारमा रुचि राख्ने मिलनले ८ कक्षा पढ्दैखेर िदिक्तेल साइन्स एन्ड टेक्नोलोजी क्लब खोलेका थिए । कतै विज्ञानसम्बन्धी किताब फेला पर्दा भोकाले भोजन भेटेजस् तो हुन्थ्यो उनका लागि । उता पश्चिम तराईको रतनपुर गाउँमा जन्मेहुर्केका हरहिरलाई ४ कक्षामा हुँदै न्यूटनको गुरुत्वाकर्षण सिद्घान्तले अनिँदो बनाएको थियो । विज्ञानसम्बन्धी उनको रुचिलाई घोराही बजारस् िथत काकाको इलेक्ट्रोनिक पसलले पनि निकै उक्साइदिएको थियो । विज्ञानका यी दुईको उत्सुकतालाई टि्रनिटी इन्टरनेसलन कलेजले भेट गराइदियो, दुई वर्षअगाडि । सेन्ट जेभियर्स कलेजको विज्ञान प्रदर्शनीमा रुद्राक्ष मालाधारी यी दुई शाकाहारीले बनाएको हाइड्रो क्लिनिक पम्प र रौँको सोलार पम्पले स् वर्ण पदक जित्यो । ब्युटीपार्लरहरूमा संकलन गरेको आधा किलो कपालबाट यी दुई वैज्ञानिकले दुई दिनमै सोलार प्यानल बनाएका थिए । दुवै एकसाथ भन्छन्, "सिलिकन डाइअक्साइड, क्युप्रस डाइअक्साइड, तामाको तार, सिसा, प्लाइउड र नुनमा भिजाएको कालो कपालबाट सोलार प्यानल बनायौँ ।"मिलन र हरहिर निर्मित कपालयुक्त प्यानलमा सूर्य किरण पर्नेबित्तिकै आयोनमा हलचल भएर यसका इलेक्ट्रोन तामाको तारमार्फत नौ भोल्टको शक्ति उत्पन्न हुन्छ, जसलाई हामी विद्युत् भन्छौँ । पढाइबाहेक कला मन पराउने मिलन र अभिनयमा रुचि राख्ने हरहिर भविष्यमा क्रमशः जेनेटिक इन्जिनियर र कम्प्युटर इन्जिनियर बन्न चाहन्छन् ।

No comments: