Jul 19, 2009

विदेशी बुहारी
नरेन्द्र रौले web version is here:- http://www.kantipuronline.com/Nepal/show.php?&sid=5142

सन् १९७१ तिर जवाहरलाल नेहरू विश्वविद्यालयमा इन्स्िटच्युट अफ मास कम्युनिकेसनको विद्यार्थी थिइन्, माहसिद । पहिलो हेराइमै मानिसको मन लोभ्याउने सुन्दरताकी धनी माहसिद आफ्नो रुचिको विषय अध्ययन गर्न इरानबाट नयाँदिल्ली ओर्लेकी थिइन् । तर, मुहारमा इरानीपन देखिँदैनथ्यो । उनलाई खोजी हिँड्ने युवा भारतदत्त कोइरालाका आँखामा त झन् उनी काटीकुटी नेपाली थिइन् । साडी-चोलोमा सजिँदा कसैले इरानी भन्दैनथ्यो । त्यही भएर पनि सहपाठीको सामान्य चिनाजानी विस्तारै झाँगिँदै गयो र भेटघाटहरू पनि बाक्लिँदै गए । यो क्रमलाई एक वर्षभन्दा बढी तन्काउन सकेेन अवस्थाले । र, एकदिन भारतदत्तले माहसिदसँग विवाह-प्रस्ताव नै राखे । आगो त उता पनि उत्तिकै लागेको थियो । त्यसैले माहसिदले पनि स्वीकारोक्तिमा टाउको हल्लाइन् अनि दिल्लीमै विवाह गरे उनीहरूले र काठमाडौँ आए । मृत्युवरण गर्नुअघि छोराले घरजम गरेको हेर्न चाहने आमालाई बुहारी देखाउन नपाए पनि भारतदत्तको रोजाइलाई शिक्षित बुबाले अन्यथा ठानेनन् । उसै पनि माहसिद नेपालीजस्तै देखिन्थिन् । बुहारी बनेर काठमाडौँ आएको केही समयपछि उनी झम्सिखेलस्िथत आइजे पायोनियर स्कुलकी पि्रन्सिपल बनिन् । बिहेको एक वर्षमा छोरा समीर र त्यसको चार वर्षपछि छोरी शवनम जन्मिइन् । यसरी माहसिदसँग बिताएका स्वणिर्म १४ वर्ष भारतदत्तका लागि सधैँ अविस्मरणीय छन् । तर, त्यसभन्दा लामो जीवनको साथ दिन सकिनन् महासिदले । उनको देहावसानपछि ६७ वषर्ीय भारतदत्तको दोस्रो दाम्पत्य जीवन अमेरकिी जोएनसँग बितिरहेको छ । माहसिद दिवंगत भएको पाँच वर्षपछि १९९१ मा भारतदत्तसँग विवाह गरेकी जोएन कुनै बेला माहसिदले सञ्चालन गरेको बहाई राष्ट्रिय केन्द्रका शिक्षकहरूलाई तालिम दिन्छिन्, अहिले । जोएनका अनुभवमा भारतदत्तमा सहयोगी, सरल, निःस्वार्थ, ठट्यौलो र अरूको मनको कुरा बुझ्ने गुणहरू छन् । भन्छिन्, "भारतदत्त एक जना राम्रा कुक पनि हुन् ।
उता भारतदत्तलाई दयालु जोएनको सबैसँग चाँडै घुलमिल हुने स्वभाव र सेवाभाव मनपर्छ । उनीहरूको विगत पनि कस्तो संयोगको छ भने माहसिदकी साथी जोएन २७ वर्षअघि पहिलोपल्ट नेपाल आउँदा उनलाई लिन भारतदत्त नै विमानस्थल पुगेका थिए । परििस्थतिले कालान्तरमा उनीहरूलाई जीवनसाथी बनायो ।भारदत्त र मासहिदका दुवै सन्तान अहिले अमेरकिामा छन् । छोरी सवनम, ३३, युनिभर्सिटी अफ सान पmान्सिस्कोमा प्रोफेसर छिन् भने छोरा समीर, ३६, हार्वर्ड मेडिकल स्कुलमा न्युरो साइन्टिस्ट । समीरले फिलिपिनो केटीलाई जीवनसंगिनी बनाएका छन् भने सवनमले इरानी युवक रोजेकी छन् । ललितपुर, सानेपाका शैलेश भट्ट, ३१, लाई ललितकलामा स्नातक गररिहेका बेला 'लाइभ पोटे्रट' गर्ने सुर चल्यो । त्यही सुरमा उनी क्यान्भास र कुची लिएर पशुपतिनाथ मन्दिरवरपर घुम्न थाले, बाबाजीहरूको तस्िबर उतार्दै । संयोग कस्तो भने जापानी विद्यार्थी शिजुयो शिम्मेई पनि यही बेला पशुपतिको फन्को लगाउन आइपुगिन् । उनको पनि उद्देश्य उही थियो, लाइभ पोट्रेट । एउटै ठाउँ र एकै पेसाले गर्दा उनीहरूलाई भेट गरायो । सँगै बसेर उनीहरूको लगातार तीन महिना पेन्टिङ् चल्यो । शिजुयो जापान फर्केपछि थाहा भयो, पशुपति कालमा अरू पनि धेरै कुरा भएछन् । कारण, उनलाई शैलेशबिनाको जापान नुनबिनाको तरकारीजस्तो खल्लो लाग्यो । उनी एक्लै बस्नै सकिनन् । शैलेशलाई टोकियो ओराल्ने अवस्था नभएपछि शिजुयो नै काठमाडौँ आइन् । शैलेशले विदेशी केटीसँग दाम्पत्य जीवन बिताउँला भनेर नसोचेको भए पनि नसोचेकै तालमा विवाह भयो । पाँच वर्षदेखि सानेपामा जलान-जलान रेस्टुराँ खोलेको यस जोडीलाई झरी परेको एक मध्याह्नमा भेट्दा शिजुयो ल्यापटपमा औँला चलाउँदै थिइन् भने शैलेश अखबारमा आँखा घुमाइरहेका थिए । शैलेशको समाजमा जीवन बिताउने तयारीको क्रममा विश्वभाषा क्याम्पस पढेकी शिजुयोलाई नेपाली बोल्न कुनै कठिनाइ हुने कुरै भएन । उनी नेपाली खाना बनाउन पनि पोख्त छिन् ।
पेन्टिङ्सँगै संगीतमा रुचि राख्ने उनले तीन वर्षअघि नै एउटा एल्बम निकालेकी रहिछन्, अतिथि । नेपाल कस्तो लागिरहेको छ त ? भन्छिन्, "कस्तो लाग्नु र ! अब त आफ्नै भइसक्यो ।" यता शैलेशले पनि हरेक वर्ष ससुराली देश जापान जाने चलन बसाएका छन् । काठमाडौँ, बौद्धका मणि लामा, ६२, ले अमेरकिामा फोटोग्राफी र कृषि विज्ञान पढे । फोटो खिच्न देशविदेश दौडिए । यही मेसोमा एकपटक मनाङ पुगे, जहाँ एक जोडी फिलिपिनोसँग भेट भयो । त्यसताका मणि पोस्टकार्डको काम पनि गररिहेका थिए । फिलिपिनो जोडी लामाका केही प्रति पोस्टकार्ड बोकेर आफ्नो देश फर्कियो । उनीहरूले लगेका मणिका पोस्टकार्ड फिलिपिन्समा पढ्दै गरेकी अमेरकिी युवती मेरी डेथका हातमा पनि परे । यही पोस्टकार्डले जुराएको भेट मायालु बन्दै गएपछि ४० वर्षे उमेरमा २७ वर्षकी मेरीसँग विवाहको लम्बे योजना बुने, लामाले । यसरी २२ वर्षअघिको यो पोस्टकार्डको कथा रमाइलोसँग प्रेम र विवाहसम्म फैलियो । परण्िााम, उनीहरूको सुखद दाम्पत्य जीवनले बाइसौँ वाषिर्कोत्सव मनाउँदा छोरी मरनिा, २१, र मिसेल, १९, ले 'ए' लेभल स्तरको पढाइ सकेका छन् । उता सुदूर बेलायतको सुन्दर सहर वेस्ट योर्कसायरमा जन्मेकी ग्रेटा राणा, ६६, क्यासलफोर्ड सहरमा हुर्किइन् । शिक्षिका आमा र राजनीतिज्ञ बुबाले हुर्काइरहेका बेला सात वर्षकै उमेरमा शेक्सपियरका साहित्यले छोइसकेको थियो, ग्रेटालाई । नभन्दै आजीवन साहित्यमै लागेकी उनी म्यान्चेस्टर युनिभर्सिटीमा स्नातक तहको साहित्यको विद्यार्थी छँदा नेपालका मधुकरशमशेर राणासँग आँखा चार भयो । करबि ५० वर्षअघिको त्यस समयमा युवा मधुकर एडभान्स स्टडिज इन् इकोनोमिक्स डेभलप्मेन्ट विषयमा पोस्ट ग्ा्रयाजुयट गर्न बेलायत पुगेका थिए, जो ग्रेटाको बौद्घकि लेखनबाट औधी प्रभावित भए । हेर्दाहेर्दै यो प्रभाव प्रेममा परण्िात भयो र प्रेम फेर िविवाहमा रूपान्तरति । ग्रेटा भन्छिन्, "मधुकर ह्यान्डसम मात्र होइन, अर्थशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा गहिरो दख्खल राख्ने युवक थिए, त्यसबेला ।
तिनै ह्यान्डसम युवकसँग विवाह गरेर २८ वर्षको उमेरमा नेपाल पसिन् ग्रेटा । यहाँ आएपछि भाषा उनका लागि ठूलै समस्या बन्यो । काठमाडौँमा चीजकुमार श्रेष्ठसँग नेपाली भाषा सिकेकी यी बेलायती चेलीले नेपाली बुहारी भएपछि भाषा बुझेरै 'सेतो बाघ'लगायत केही कृतिहरू अंग्रेजीमा अनुवाद गरनि् । यद्यपि, उनको परचिय भने अनुवादकभन्दा लेखककै रूपमा स्थापित छ । नेपाली कांग्रेसका नेता नारायण खड्काको आफ्नै पे्रमकथा छ । उनी पनि नेपालमा विदेशी श्रीमती भित्र्याउने व्यक्तिमा पर्छन् । भारतमा विद्यावारििध गरेर थप अध्ययनका लागि जर्मनी पुगेका खड्का र भौतिकशास्त्रकी क्यानेडियाली विद्यार्थी इसाबेलाको युरोपमा भएको भेट एकदिन बडो रमाइलोसँग प्रेमका सीमाहरू उक्लँदै विवाहमा परण्िात भयो । परचिय र केही वर्षको प्रेमपछि यी दुईले ०४५ सालमा दुईपटक विवाह गरे । पहिलो विवाह, क्यानाडामा इसाबेलको सम्प्रदायका लागि इसाई धर्म अनुसार र दोस्रो काठमाडौँमा नेपाली समाजका लागि हिन्दु परम्परा अनुसार । यसैगरी, ४६ वर्षअघि सिंगापुरमा जन्मेका गायक रवीन तामाङ नेपालमा रक ब्यान्डका 'पायोनियर' मानिन्छन् । सम्भवतः चार युवा सम्मिलित 'रवीन एन्ड न्यु रभिोलुसन' नै नेपालको पहिलो रक सांगीतिक समूह हो । यिनले हेलेन तामाङलाई विवाह गरेर पmान्सलाई ससुराली देश बनाएको ११ वर्ष भयो । पेन्टिङ्की विद्यार्थी हेलेनसँग १२ वर्षअघि रवीनको पहिलो भेट ठमेलको एक रेस्टुराँमा भएको थियो । अहिले ११ वर्षकी छोरी ताराकी बाबु रवीन गीत-संगीतमार्फत समाजसेवामा छन् । सांगीतिक कार्यक्रमबाट टुहुरा बालबालिका, एचआईभी पीडितहरूलाई सहयोग जुटाइरहेका छन्, जसमा हेलेनको पूरापूर साथ छ । नेपाल, आधुनिक आँगनमा, भुलमा भुल्यो, १३०००, केटाकेटीजस्ता एल्बमका यी सर्जक दुव्र्यसनीलाई संगीतले सुधार्न सकिने मान्यता राख्छन् । भन्छन्, "किनभने संगीत स्वयं एउटा नसा हो ।"

No comments: