Jul 3, 2009

झरीमय काठमाडौं
झम्झम झरी परिरहेको छ काठमाडौंमा । म भिज्दै भिज्दै हिडिरहेको छु यो झरीमा । परपर डाँडाकाँडा बादलुका घुम्टोले छोपिएका छन् । म एकोहोरो हेर्न खोज्छु तिनलाइ । धेरैपछि काठमाडौमा झरीको मौसम सुरु भएको छ । परिक्षा आउन एक हप्ता मात्र बाँकी छ । तर मलाइ झरीकै बारेमा लेख्न मन छ । झरीमै भिज्न मन छ । आज किर्तिपुर तिर जाँदैछु । रोपाइका दृश्यहरु हेर्न अनि कुहिरो भित्र लुकामारी खेल्न । मुक्तिनाथ घिमिरे दाइ सँग अग्रेजी विषयमा केहि कुरा सिक्न आज समय मागेको छु । सायद आजको दिन म त्यतै बिताउने छु ।
मुलुक बाहिर कस्तो मौसम छ होला ? नेपाली दाजुभाइ कसरी रमाउदै हुनुहुन्छ यो मौसममा ? मलाइ इमेलमा लेखहरु पठाउनुहोस् न । ब्लगमा राख्नेछु ।

No comments: