नेपाली ब्रेल सफ्टवेयर
नरेन्द्र रौले
यहाँ पत्रिकाको स्वरुपमा हेर्न सकिन्छ
http://www.kantipuronline.com/Nepal/show.php?&sid=4928
कम्प्युटरमा औला चलाए पनि लेखेको विषय थाह पाउदिन थिइन् ,गोटिखेल ४ ,ललितपुरकि निरा अधिकारी ३०, । न पढ्न सकिने, न हेर्न मिल्ने । कारण उनी दृष्टिबिहिन हुन् ।
रहरै रहरले नौ बर्ष अघि सेनाको जागिरमा प्रबेश गरेका थिए कुसुन्ति ,ललितपुरका पवन घिमिरे ,२९ । राज्य र माओबादी बिच चर्किदो द्वन्द्वका बेला अचानक कालिकोट जानुपर्ने स्थिती आयो । अनि सुरु भए उनका कठिनपुर्ण दिनहरु । मिति कण्ठै छ ,०६० साल साउन २७ गते देखि उनका लागि संसार अँध्यारो बन्यो । कालिकोटको जुबिधा भन्ने ठाउमा माओबादी सँग भिडन्तमा पर्दा घिमिरेका दुइटै आँखा गुमे । त्यसपछि निराको जस्तै पीडा भोग्नुपर्यो । पहिले पहिले साथी भाइलाइ लेखहरु लेख्न लगाउने घिमिरे नया प्रबिधिको सुबिधाले आजभोली आफै लेख्न सक्षम भएका छन् ।
अंग्रेजीमामा नामकरण नेपाली टेक्सट टु स्पिच अर्थात् न्याब नेपाली ब्रेल सफ्टवेयर नेपाली युबाहरुले नै बनाएका हुन् । नेपालमा बनेर प्रयोगमा आएको यो पहिलो प्रबिधि हो । यस अघि काठमाडौ विश्वविद्यालयका एक विद्यार्थिले आफ्नो प्रयोगात्मक परिक्षाका लागि बनाए पनि त्यो प्रयोगमा भने आएको थिएन । दृष्टिबिहिनहरुको जीवनमा सहजपन ल्याउने अपेक्षाले सफट्वेयर निमार्ण गरिएको हो । यसका दुइवटा विशेषताहरु छन् । पहिलो देबनागरिक लिपीमा लेखिएको टेक्सट लाइ सिधै ब्रेल लिपीमा पि्रन्ट गर्न सकिन्छ र दोस्रो अक्षरहरु टाइप गरेपछि कम्प्यटरले त्यसको उच्चारण पनि गरिदिन्छ जसले गर्दा सहज वातावरणमा काम गर्न सकिन्छ । आफुलाइ मन लागेका विषय र अरु चिठीपत्र लेखन सँगै कार्यालयका काम अब दृष्टिबिहिनहरुले मज्जाले टाइप गर्न सक्ने भएका छन् । नेपाली सिक्न चाहने विदेसी र सामान्य पढलेख गरेका जुनसुकैले यसको प्रयोग गर्न सक्छन् । रोमन , नेपाली युनिकोड र नेपाली फन्ट तीनवटै माध्यमबाट काम गर्न सकिन्छ । यिं मध्ये जुनसुकै माध्यमबाट टाइप गर्दा कम्प्युटरले पढिदिन्छ जसले गर्दा गल्ति भएको ठाउमा सच्च्याउदै लेख्न सकिन्छ । आफन्त ,साथी भाइलाइ नेपालीमै इमेल लेख्न सकिन्छ ।
देशभरीका दृष्टिबिहिन जसले पनि आफ्नो चाहना अनुसार कम्प्युटरमा यो प्रोग्राम निशुल्क राख्न सक्नेछन् । त्रिचन्द्र कलेजमा नेपाली विषय लिएर स्नातकोत्तर तहमा अध्ययनरत बालकोट भक्तपुरकि गार्गी नेपाल ,२२ लाइ अहिले पढाइ स
घरमा कम्प्युटर र सामान्य खालको हेडफोन भएमा यसको सुबिधा लिन सकिनेछ । तर कुनै संघ संस्थाले चाहेमा नेपाल नेत्रहिन संघसँग निश्चित मुल्यमा किन्नुपर्ने बताउछन संघका अध्यक्ष नर बहादुर लिम्बु ,४५। अहिले सम्म राजधानिका एक दर्जन भन्दा बढि दृष्टिबिहिनहरुले यो सुबिधा उपभोग गरिरहेका छन् । राजधानि बाहिर पनि विस्तारै यसको प्रयोग विस्तार हुने क्रममा छ । करिब नौ बर्ष पहिला अपांगहरुको कार्यक्रममा जापान जाँदा नरबहादुरले यस्तै खालको प्रबिधि देखेका थिए । त्यहाका दृष्टिबिहिनले जापानि भाषामा यसै गरी पढेको देख्दा नेपालमा पनि यसको सुरुवात गर्न पाए भन्ने लागेको थियो । नभन्दै अहिले उनको सपना पुरा भएको छ । "अब हाम्रा लागि पनि निजामति सेवामा प्रबेश गर्ने बाटो खुलेको छ । यसअघि यो अबसरबाट बञ्चित थियौं । " खुसिको मुस्कान दिदै उनले भने ।
गत सोमबार महाराजगञ्ज स्थित नेपाल नेत्रहिन संघको कार्यालय पुग्दा निरा अधिकारी आफुलाइ मनपर्ने गीतहरु कम्प्युटरमा
कम्प्युटर प्रोगामर धुब्र ज्ञवालि २४, साँढे तीन बर्ष देखि यो सफ्टवेयरको अनुसन्धानमा सक्रिय थिए । बिगतमा नेपाली टु ब्रेल कन्भर्टर बनाएका उनले ल्याएको यो प्रबिधि सफल भएको हो । उनका सहकर्मी नारायण गौतम,नवराज न्यौपाने र मनोज पौडेलको सहयोगमा साँढे तीन महिनाको प्रयास पछि बनेको हो । कम्प्युटरले दिने यो आवाज कल्पना घिमिरेको हो । छ लाख खर्च लाग्ने अनुमान गरिए पनि चार लाखमै निर्मित यो काममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले रु तीन लाख र विज्ञान तथा प्रबिधि मन्त्रालयले रु एक लाख दिएर सहयोग गरेको थियो ।
1 comment:
thank you for good news..
Post a Comment