"अंग्रेजीको जति अध्ययन गर्नुपथ्र्यो, त्यति नगरेकामा मलाई अझै पछुतो लाग्छ,"
अंग्रेजीमै विद्यावारिधि गरेर त्यसलाई दैनन्दिन नै बनाइसकेका जयराज आचार्य, ५७, को भनाइ हो यो । भानुभक्त आचार्यबारे बुबा नरनाथले लेखेको एउटा किताब जयराजको हातमा परेको थियो, सानै छँदा । यदुनाथ खनालले भूमिका लेखेको त्यो किताब देखाउँदै बुबा नरनाथ उनी जस्तै विद्वान् बन्न सम्झाइरहन्थे छोरालाई । यसरी जयराजको कलिलो मस्तिष्तकमा यदुनाथ 'रोल मोडल' बने । तनहुँको भानु गाविस
स्थित भानु माविमा ७ कक्षा उत्तीर्ण गरेपछि थप अध्ययनका लागि जयराजले काठमाडौँ हान्निने मौका पाए । रानीपोखरी संस् कृत पाठशालाबाट मध्यमा तहको पढाइ पूरा गरेर वाल्मीकि विद्यापीठमा भर्ना भए । वाल्मीकिबाट २५ वर्षको उमेरमा आचार्य उत्तीर्ण गरेपछि भने उनले बदलिँदो विश्व परिबेशमा अंग्रेजी भाषाको फैलिँदो महत्त्व बुझ्न थाले । त्यसपछि अंग्रेजीमैलाई मूल विषय बनाएर त्रिभुवन विश्वविद्यालयमा भर्ना भए, एमएमा । संस् कृत पढेका जयराजलाई एक्कासि अंग्रेजी सिक्नुपर्दा गाह्रो भए पनि महेन्द्र विद्याभूषण पदक प्राप्त गर्ने परिणाम निकाले । यस परिणामले उनलाई अमेरिकाको जर्जटाउन पुर्यायो फुलब्राइट स्कलरका रूपमा । त्यहाँबाट उनले अंग्रेजीमै पीएचडी गरे । कालान्तरमा उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सल्लाहकार र तीन वर्षसम्म न्युयोर्कमा संयुक्त राष्ट्र संघका लागि नेपाली प्रतिनिधि बने । भन्छन्, "स् नातकोत्तर तहबाटै भए पनि अंग्रेजी नसिकेको भए मैले यस् ता अवसरहरू पाउने थिइनँ ।
०३२ सालमा गुल्मी रिडीको संस्कृत माविबाट पूर्वमध्यमा (एसएलसी) गर्दा कृष्ण ज्ञवाली, ४६, अंग्रेजीमा आफ्नो नाम मात्र लेख्न सक्थे । कालान्तरमा भने उनी अंग्रेजीमै बढी काम हुने अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख पनि भए । वाल्मीकि विद्यापीठमा शास्त्री पढ्दै गर्दा मात्र ज्ञवालीमा अंग्रेजी भाषाको भोक पलाएको थियो । त्यो भोक मेट्न उनी त्रिचन्द्र कलेजमा रात्रिकालीन विद्यार्थी भएका थिए, स् नातक तहका । त्यसपछि अंग्रेजी भाषालाई स् वअध्ययनको प्रमुख विषय बनाएका उनले त्रिविबाट राजनीतिशास् त्र र जनप्रशासनमा एमए गरे । त्यसलगत्तै बेलायतको बर्मिंघम विश्वविद्यालयबाट पनि विकास तथा जनप्रशासनमा एमए गरे ।अंग्रेजी शिक्षक भएर संस् कृत मावि, रिडी सम्म पुगे, जहाँ उनले अंग्रेजी सिक्न पाएका थिएनन् । त्यसपछि जागिरको सिलसिलामा अर्थ मन्त्रालय हुँदै वासिंटन डीसी स्थित् विश्व ब्यांक, दक्षिण अपिmका, राष्ट्रसंघ, कम्बोडिया, पूर्वी टिमोर, कोसोभोसम्मको यात्रा तय गरे उनले अंग्रेजी भाषाकै माध्यमले । रिडी क्षेत्रका जानेमानेका पण्डित ज्ञानेश्वर ज्ञवालीका छोरा कृष्णले काठमाडौँको संस् कृत छात्रबासमा बस् दादेखि भेटेजति अंग्रेजीका सबै किताब पढे । अंग्रेजी पत्रपत्रिकामा नबुझेका शब्दमा चिह्न लगाएर शब्दकोश हेर्ने बानी बसाए । तर, पढेर मात्र अंग्रेजी नबन्ने बताउँछन्, ज्ञवाली । भन्छन्, "निरन्तर लेख्नुपर्छ र लाज नमानीकन आफूभन्दा जान्नेलाई देखाउनुपर्छ ।"यसरी अहिले संसार चियाउने आँखीझ्याल बनेको छ, अंग्रेजी भाषा ।
अंग्रेजीमा दक्षता हुनेहरू 'ग्लोबल सिटीजन' बनेका छन् । उच्च अध्ययन, राजनीति, कूटनीति, वैदेशिक व्यापार, पत्रकारिता, पर्यटन, विज्ञान तथा प्रविधि अब अंग्रेजीबिना असम्भव भइसकेका छन् । त्यही भएर टोफल (द टेस् ट अफ इङ्लिस एज अ फरेन ल्याङ्वेज), आईएलटीएस ( इन्टरनेसलन इङ्लिस ल्याङ्वेज टेस् ट सिस् टम), जीआरई ( ग्य्राजुएट रेकर्ड एक्जाम), जिम्याट (ग्य्राजुएट म्यानेजमेन्ट एडमिसन टेस् ट)जस् ता कोर्षहरू अनिवार्य भएका छन् । त्यसो त संस् कृत पृष्ठभूमिबाट आएकाहरूले अंग्रेजी राम्रो बनाएको पाइन्छ । जस् तो, सुरुमा
संस्कृत पढेका केशव भट्टराई बेलायतको प्रसिद्ध हल विश्वविद्यालयमा अर्थ तथा व्यापारशास् त्र विभाग प्रमुख छन् । अमेरिकाको नर्थइस् टर्न युनिभर्सिटीबाट अर्थशास् त्रमा पीएचडी गरेका भट्टराईले केही समय त्यही विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । वाल्मीकि विद्यापीठबाट संस् कृतमा शास् त्री भएपछि मात्र अंग्रेजी सिकेका उनी
अमेरिकाको, बेल्जियम, जर्मनी, चीन, अष्टे्लिया गरी एक दर्जन देशका विश्वविद्यालयका भिजिटिङ् प्रोफेसर पनि हुन् । भन्छन्, "०३३ सालमा संस् कृतमा आईए पढ्दा नेपाल टप गरेर पाएको सात हजार रुपियाँले सानो पुस् तकालय बनाएर अंग्रेजीलाई स्वअध्ययनको विषय बनाएको थिएँ ।" अहिले काठमाडौँमा खुलेका ल्याङ्वेज इन्सिट्च्युट्हरूमा प्लस टू पास विद्यार्थी मात्र होइन, उमेरले ५० नाघिसकेकाहरू पनि धेरै देखिन्छन् । बि्रटिस काउन्सिल र अमेरकिन ल्याङ् वेज सेन्टरले पनि एड्भान्स राइटिङ्, क्रियटिभ राइटिङ् र प्रोफेसनल राइटिङ् शीर्षकमा थरीथरीका कोर्षहरू सिकाइरहेको छ ।
अंग्रेजी भाषाले ल्याएको यो व्यापारकि अवसरलाई सबै इन्सिट्च्युट्हरूले सदुपयोग नै गरेका छन् भन्नेचाहिँ छैन । आरआर क्याम्पस अंग्रेजी विभागका पूर्वप्रमुख ऋषिकेश उपाध्याय भन्छन्, "कतिपय इन्सिट्च्युट्हरू भाषिक गुणस् तरभन्दा चाँडो पैसा बटुल्ने ध्याउन्नमा छन् ।" उनका अनुसार, ज्ञानका लागिभन्दा प्रमाणपत्रका लागि दौड्नेहरू पनि उत्तिकै छन् । त्यसो त उपाध्याय
आफै पनि ढिलो अंग्रेजी सिकेका विद्वानमा पर्छन् । संस्कृतमा एमए गरेपछि मात्र उनले नेपाली र अंग्रेजी दुवैमा बीए गरेर एमए पढेका थिए, अंग्रेजीमा । भन्छन्, "ढिलो भन्ने अवधारणा नै गलत छ, सिक्नलाई केको उमेर ?" अंग्रेजीको यो हाइहाईमा संस्कृत भाषाप्रति आकषिर्त हुनेहरू पनि छन् । जस्तो, अंग्रेजी प्रमुख विषय लिएर स्नातक गरिरहेका आरआर क्याम्पसका सीताराम कोइराला वाल्मीकि विद्यापीठमा पनि भर्ना भएका छन् । भन्छन्, "संस्कृत पढेको कोही पनि बेरोजगार बस् न पर्दैन । कि जागिर खाउँला, नभए कर्मकाण्ड गरौँला ।" वाल्मीकि क्याम्पसमा अहिले १ हजार १ सय २३ विद्यार्थी छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा करबि पाँच सय बढी हो । यहाँका दिवाकर आचार्य जापान र थानेश्वर तिमिल्सिना अमेरिका गएका छन्, भिजिटिङ् प्रोफेसरका रूपमा । सामाजिक र नेपाली विषय राम्रो पढाउने शिक्षकको खोजीमा रहेका बोर्डिङ् स्कुलहरू यही विद्यापीठ आइपुग्छन् ।
No comments:
Post a Comment