Jun 13, 2010

गित भित्रको पृष्ठभुमि
नरेन्द्र रौले

तिम्ले पराइ ठानेपछि ,पराइ हुन के भयो र ?
तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र ?
धेरै मानिसका ओठमा झुन्डिएको छ यो गीत । धेरैको मनमा बसेको छ ।
अञ्जु पन्तले स्वर भरेको यो गीत बजारमा आएपछि रेडियोमा नबजेको दिनै छैन । जुनै स्टेसनबाट लगाउँदा पनि त्यहि गीत बजिरहेको भेटिन्छ । यो गीत सुनेपछि धेरैले यसैलाइ आफ्नै जीवनको गीत सम्झन्छन् ।
र पीडा भुलाउन खोज्छन् । यस गीतका सर्जक लोकराज अधिकारीले कुन घटनाबाट प्रेरित भएर यो गीत रचे होलान् ?

लोकराज अधिकारी, २९ गजल अनुरागी थिए । माबि डाँडागाउ, गोगलि दाङमा कक्षा ७ पढ्दै गर्दा कविता लेख्थे उनी । कक्षामै आफ्ना साथी र गुरु लाइ सुनाउँथे । सबैले उनका रचनाको प्रसंसा गर्थे । उनलाइ थप लेख्ने हौसला प्राप्त हुन्थ्यो । महेन्द्र बहुमुखि क्याम्पस, घोराहि पढ्दा जानी नजानि गजल लेख्न थाले । स्थानिय बिभिन्न पत्रपत्रिकामा उनका रचना छापिन थाले । कलेज पढ्ने बेला स्वर्गद्वारी एफएममा गजल बिशेष गिताञ्जली कार्यक्रम चलाउथे । कार्यक्रमको अन्त्यमा आफैले रचना गरेका गजल सुनाउँथे । उनको कार्यक्रम नियमित सुन्ने र आवाज मन पराउने गर्थिन् एक युवति । जसले निरन्तर फोन गर्थिन् लोकराजलाइ । भेट्न खोज्थिन् । बिस्तारै उनीहरु बिच भेटघाट बाक्लिदै गयो । घनिष्ठता निकै बढ्दै गयो । पछि तिनै युवति सँग प्रेम बस्यो । हुँदाहँुदा उनले बिहेको प्रस्ताब गरिन् । लोकराज बिबाहित थिए, उनी भर्खर कलेज पढ्दै गरेकि १९ बषिर्या अविवाहित युवति ।तिं युबतिको बिहे प्रस्ताब लोकराजले स्वीकार गर्न सकेनन् । नचाहँदा नचाहँदै पनि अन्तत ः प्रेमको डोरी टुट्यो। तर सम्झनाको डोरी भने कहिल्यै टुटेन । 'आफ्नो बन्न नसकेकि' तिनै प्रेमिका। सुरुमा यो गजलको रुपमा को यादमा लेखिएको गीत हो यो । " बिर्सनलाइ गीत लेखें । तर झनै सम्झाइ दियो । याद बल्भिmदै गयो ।" उनी भन्छन् लेखिएको थियो । रेकर्ड गराउने उनको कुनै योजना थिएन । त्यो गजललाइ गायक एबं संगितकार यादब
योगीले गाएर सुनाए ।

उनका साथी भाइ, शुभचिन्तकले मन पराए । सबैले रेकर्ड गराउन सल्लाह दिए । पछि लोकराजले यस गजललाइ गीतमा ढाले । थुप्रै संगितकारले यसमा संगित भर्ने कोषिस गरेपनि अन्त्यमा सन्तोष श्रेष्ठले यसमा संगित र अञ्जु पन्तले स्वर भर्ने मौका पाए । हिजो एक जनाको पीडा बोकेको गीत, आज सबैको गीत बन्यो । कतै यो गीत बजेको सुन्दा चसक्क हुन्छ मन श्रोताहरुको । आँखाभरी पुरानै अतित झलझली आउँछ । त्यसैले होला, सर्जकले मेरै जीवनको गीत लेखेछ भन्ने अनुभुति भइदिन्छ सबैलाइ । यद्यपि यति लोकपि्रय होला भन्ने स्वयं सर्जक लोकराजलाइ पनि लागेको थिएन। झण्डै साँढे लाख भन्दा बढी श्रोताहरुले आफ्नो मोबाइलमा यस
गीतलाइ सिआरबिटी बनाएका छन् । " यो लोकपि्रयता धान्न गार्‍हो छ । धेरैले गीत लेखिदिन आग्रह गरेका छन् ।" उनी भन्छन् । अहिले सम्म तीस हजार अडियो र चौध हजार भन्दा बढी सिडीका प्रतिहरु बिक्रि भइसकेका छन् ।
सर्जक लोकराज अधिकारी
स्तै बिपिन किरणलाइ पनि ठ्याक्क त्यस्तै अनुभूति भएको थियो सुरुमा । कुनै कलाकाको आवाजमा रेकर्ड गराउने उद्देश्यले उनले गीत लेखेनन् । ०६० मा पि्रमियर कलेजबाट कमर्समा प्लस टु सिध्याएर बसेका उनी गजल लेख्ने अभ्यास गर्दै थिए । गीत, गजल सम्बन्धि ज्ञान लिन पुस्तकको अध्ययन गर्थे ।०६२ तिर बिपिनले एउटा गजल लेखे । र आफ्ना मामा सुरेश सुबेदी र अन्य केहि साथीभाइ लाइ सुनाए। सबैले उनको त्यो गजलको निकै तारिफ गरे । संगितकार महेश खड्का सँगको भेटले त्यो गजल रेकर्ड गराउने संयोग जुर्‍यो । अञ्जु पन्तको स्वरमा बिपिन कि
रणले लेखेको नर्बिसे तिमीलाइ ,न पाएँ तिमीलाइ गीत जब बजारमा आयो, तब सोचे भन्दा धेरै चर्चा पायो । नर्बिसें तिमीलाइ गीत सँ
गै बिपिनको उचाइ पनि चुलिदै गयो । दर्जनौ चलचित्र र अन्य ठाउँबाट उनलाइ गीत लेखिदिन आग्रह गर्नेहरु बढ्दै गए । त्यसो त यस भन्दा पहिला बिपिनका तीन वटा गीतहरु रेकर्ड भइसकेका थिए । तर तिं गीतहरु त्यति चर्चामा रहेनन् । एउटै गीतका कारण उनको जीवनले कोल्टे फेर्‍यो नर्बिसे तिमीलाइ ,न पाएँ तिमीलाइ लेख्न बिपिनलाइ बीस दिन खर्चिनु परेको थियो । सुरुवातको अन्तरा लेखेपछि बाँकी गीत पुरा गर्न उनले निकै सोच्नुपर्‍यो । ०६२ सालतिर हो उनले यो गीत लेखेको । लोकराजको जस्तो लामो कथा नभए पनि कलेज पढ्दाका दिनमा बिर्सन नसकेको कोहि मान्छे प्रति लक्षित गर्दै लेखेको बताए बिपिनले । यसभन्दा धेरै कुरा उनले खोल्न चाहेनन् । थोरै यथार्थ र धेरै ल्पना मिसाउदै उनले लेखेको यो गीत साँढे दुइ लाख श्रोताले आफ्नो मोबाइलमा रिङ्ग टोन बनाएका छन् । अहिले सम्म तीस हजार अडियो र चौध हजार भन्दा बढी सिडीका प्रतिहरु बिक्रि भइसकेका छन् । समय परिबर्तन हुँदै गएपनि श्रोताको मनबाट यो गीत परिबर्तन भएन ।
गीत जति पुरानो भएपनि त्यसको भाव पुरानो नहुँदो रहेछ । अनुभूति र भोगाइ जहिले पनि एउटै हुने रहेछ । जस्तो कि तारादेबिले स्वर दिएको नातिकाजिले संगीत भरेको फूलको थुंगा बगेर गयो गंगाको पानीमा अझैपनि सुनौंसुनौं लाग्छ । सदाबहार यो गीत अहिले पनि रेडियोमा प्राय जसो सुन्न पाइन्छ ।तारादेबीले संसार छोडेर गएपनि उनको स्वर धर्तीमा अझै गुञ्जिदैछ ।
त्यो गीतका रचयिता राष्ट्रकवि माधब घिमिरेलाइ गीत लेख्दाको झझल्को अझै आइरहन्छ । लमजुङ जिल्लाको पुस्तुन गाउतिरको घटना हो ।
राष्ट्रकविले एउटी अत्यन्त सुन्दर युब
ति देखे । अग्लो जिउ भएकी, लामा केशरासी, मृग नयनि आँखा , सलक्क परेकि थिइ उ । सुन्दर जिउ
डाल भएकि तिं रुपवति महिला विवाहित रहिछन् । बिहे भएको चार महिनामै लोग्ने परदेस लागेको रहेछ । जुन बाटोतिर लोग्ने परदेश लागेको थियो त्य
हि बाटोतिर हेरिरहन्थि । हरेक साँझ , हरेक बिहान त्यहि बाटोमा आँखाहरु बिछ्याउँथि उसले । एकोहोरो टोलाउन थाली । कता होला, कस्तो होला, कहिले फर्की आउला उसको मनमा सायद यस्तै कुराहरु खेल्थे । पानीमा फूलको थुँगा बगेजस्तै त्यो युबतिको जवानी पनि त्यत्तिकै खेर गए जस्तो लाग्यो घिमिरेलाइ । आफ्नो मायालुको पर्खाइमा दिनहुँ बाटो कुरिरहने त्यो आइमाइलाइ फूलसँग तुलना गर्दै राष्ट्रकविले रचे,फूलको थुंगा बगेर गयो ,गंगाको पानीमा । चलचित्र मनको बाँध मा पनि समाबेस छ यो गीत । दर्जनौ गीतहरुको बिचमा राष्ट्रकविको चर्चित अर्को कालजयि गीत छ । जसलाइ नारायणगोपालले आवाज दिएका छन्, नातिकाजीले संगित भरेका छन् ।
आजै र राती के देखें सपना मै मरी गएको
बतास बिना हाँगाको फूल भुँइ झरी गएको
लैनचौर स्थित आफ्नै निवासमा ०१९ सालमा लेखिएको थियो यो गीत । बिहानको समय थियो । श्रीमतिले चिया
बनाएर ल्याइन् । त्यो सँगै एउटा अनौठो कुरा सुनाइन् । "अचम्म भयो, आजको राती त मैलेे सपनामा आफै मरेको दृश्य पो देखें ।" यति भनेर श्रीमति फर्किन् । यो सुनेर घिमिरेलाइ भित्रै देखि छोयो । त्यसताका घिमिरेको चुरोट पिउने बानी थियो । चुरोटको सर्को लिदै उनले एकछिनमा गीत तयार पारे । श्रीमति र छोरीलाइ सुनाए । यति छिटै आफ्नै बारे गीत बनाएको देख्दा श्रीमति महाकाली छक्क परिन् । अधिकांस पीडा, दुख र बिछोडका गीतहरु सिर्जना गरे घिमिरेले । पत्नि गौरीको बियोगमा उनले खण्डकाब्य लेखे । तमाम गीतहरु रचे । जो सँग जीवन साँटियो । सुख दुख बिसाइयो र सँगै जीवनको यात्रा गरियो सिर्जनामा पनि तिनै मान्छेको प्रतिबिम्ब लेखिदो रहेछ । रचनामा पनि अनुभुति र भोगाइका तिनै कथा भेटिने रहेछन् । जसरी गीतकार रमण घिमिरेले आफ्ना गीतहरुमा आफ्नो जीवनसंगीको त्यस्तै कथा उने । झापा, धुलाबारीका रमण घिमिरे भरतपुर, चितवनकि ज्योति गौतम सँग बिबाह बन्धनमा बाँधिए । त्यो बेला घिमिरेको उमेर ३२ बर्ष थियो, ज्योतिको २६ बर्ष मात्र । तुलनात्मक रुपमा अलि ढिलो उमेरमा विवाह गरे जस्तो लाग्यो । जीवनको यो मोडमा बिहे हुन पुग्दा यो प्रसंगलाइ जोड्दै उनले गीत लेखे, आधी बाटो हिंडेपछि तिमी सँग भेट भयो , जीन्दगीको हाम्राे यात्रा त्यहिंबाट सुरु भयो । संयोगले यो गीतमा स्वर भर्ने मौका पनि मनिला सोताङ र उदय सोताङको दम्पतिले पाए । घिमिरेका अहिले सम्म साँढे दुइ सय गीतहरु रेकर्ड भइसकेका छन् । तिं मध्ये आधा जति खुसिका गीतहर आफ्नो जीवनसाथी लाइ केन्द्रबिन्दु बनाउदै लेखिएका छन् । रिसाउँदा नि आफ्नै, अझैपनि लजाउँछ्यौ उसैगरी बेहुली जस्तै,कहिले तिम्रो पछ्यौ
रीमा अल्झें आदि थुप्रै त्यसका उदाहरण हु्न् । त्यस्तै ममता दिपबिमले स्वर भरेको गीत तिम्रै यादमा कल्पिल्पि छेउ भिज्यो सिरानीको चालिस हजार
भन्दा माथी सिआरबिटी का रुपमा डाउनलोड भइसकेको छ ।
आफ्ना लागी मात्र होइन अ
रुको लागी गीत लेखेका छन्
घिमिरेले । नारायणघाट देखि काठमाडौ सम्म आउँदा गायक रामकृष्ण ढकालले भोगेका समस्या र संघर्षका कथा समेट्दै उनकै जीवन माथी गीत
लेखिएको थियोमलाइ यो जीन्दगीले कहाँ पुर्‍यायो । रामकृष्ण ढकालका चर्चित गीतहरुमध्ये यो अग्रस्थानमा पर्छ । गाबाट उज्यालो भबिष्यको खोजी गर्दै शहर पस्ने असंख्य युबाहरुको पनि मुटुको ढुकढुकी बन्न पुग्यो यो गीत ।सर्बसाधारण मानिसको मनको भाबना बुझेर त्यसलाइ टपक्क गीतमा उतार्न सक्ने ब्यक्ति हुन्, दिनेस अधिकारी । उका गीतहरुमा हावा, पानी, कुहिरो र प्रकृतिको बढी चित्रण गरिएको पाइन्छ ।सामान्य मान्छे उनको गीतका पात्र हुने गर्छन् । नेपाल ल क्याम्पसमा
स्नातक पढ्ने बेला तिमी यसै लजायौ, म उसै धकाएँ गीत लेखेका थिए अधिकारीले । आफ्ना साथी सुरेन्द्र रानालाइ उनले त्यो गीत देखाए ।संगीतकार राम थापासँग राम्रो सम्बन्ध थियो सुरेन्द्रको । उनले त्यो गीत थापालाइ सुम्पे । राम थापाले रबिन शर्मालाइ गाउन दिए । रबिनले गाएका र दिनेशले लेखेका दर्जनौ गीतहरु मध्ये दुबै जनालाइ यहि गीतले चिनायो । भर्खर रेकर्ड भएर बजारमा आउँदा बिहान देखि बेलुका सम्म निरन्तर रेडियोमा यो गीत बजिरहन्थ्यो । स्टेजमा पनि रबिनले यहि गीत श्रोताहरुलाइ सुनाउँथे । आफन्तको बिहेमा जाँदा मन परेको युबति देखेर अधिकारीले यो गीत लेखेका थिए । उनी सँग बोल्ने, परिचय हुने
अबसर पाएन । त्यसै कुरालाइ आधार बनाएर यो गीतको जन्म भयो ।

रक्सी बेचें आलु बेचें, बेचें च्युरा
मासु सबै भन्दा धेरै बिक्यो जोबनको हाँसो
शर्मिला बर्देवाले गाएको यो गीत पनि दिनेशले लेखेका थुप्रै अन्य गी
त जस्तै चर्चाम्ाा रह्यो ।
नयाबानेश्वर, काठमाडौमा जन्मेका, सर्लाहिको हरिऔनमा हुर्केका गीतकार दिनेश अधिकारीले हरिऔनको पहाडी गाउमा देखेको कथा लेखेका छन् यसमा । बैंसमा धपक्क बलेकि युबतिको भट्टि पसल थियो । मानिसहरुको भिड लाग्थ्यो त्यहाँ । आउँथे रमाइलो गर्थे । जब समयले कोल्टे फेर्‍यो। चाउरी पर्दै गए तिं युवतिका गाला । मान्छेहरु आउने क्रम घट्यो । त्यहि कथालाइ जिबन्त रुपमा गीतमा उतारे अधिकारीले । उनका ५०० गीतहरु रेकर्ड भइसकेका तिं मध्ये कतिपय कल्पनामा आधारित छन् भने कति बास्तविक घटनामा आधारित । ०५७ सालमा रेकर्ड भएको अनुभूति एल्बमका दस वटा गीतहरु सबै बास्तविक घटनामा आधारित छन् । गलैंचा कारखानामा मालिकले युबति माथी शोषण गरेको, बिधवा महिलाकोपीडा, पहाडमा भरियाले भारी बोकेका कथा समाबेश छन् यस एल्बममा । यिं गीतहरु लेख्दा प्रत्यक्ष रुपमा मानिसहरुलाइ भेटेरै उनले गीत लेखेका थिए ।
साहित्यकार कृष्णप्रसाद पराजुलीका झण्डै ५ दर्जन गीत रेकर्ड छन् ।

नातिकाजिले संगित भरेको र उदितनारायण झाले गाएको तिमीलाइ देखेर आँखा त्यहि छो डी हिंडे म अलि बढी चर्चामा रह्यो । यो गीत ०२८ सालमा लेखिएको हो । त्यो बेला पराजुली ठमेलमा बस्थे । उनको डेरा अगाडिको बाटोमा एक सुन्दर महिला हिंड्थिन् । उनलाइ देखेर पराजुलीको मनमा तरंग जान्थ्यो । एकोहोरिदै उनै महिलातिर हेर्थे पराजुली । तर तिं महिला अर्कै पुरुषको साथमा हुन्थिन् । त्यहि बिषयलाइ केन्द्रबिन्दु बनाउदै उनले त्यो गीत रचे । ०३२ सालमा रेकर्ड भएको यो गीत सुन्दा अझैपनि पराजुली अझै त्यहि पुरानो घटनाको याद आउँछ ।
रानी ऐश्वर्या (चाँदनि शाह) ले पनि पराजुलीका गीतहरु मन पराउथिन् । ऐश्वर्याले आफ्नो जन्मदिनमा रेडियो नेपाल मार्फत कसले मलाइ बैरागी बनायो, मनको मेरो संसारै हरायो फर्माइस गरेको सम्झना छ पराजुलीलाइ ।

आफ्नो सिंगो जीवन लोकगीत संकलन र गायनमा समपर्ण गरेका जनकवि केशरी धर्मराज थापाका सबैजसो गीत भित्र यथार्थ लुकेको छ । लोकगित संकलनका क्रममा नेपालका अधिकांस गाउ, ठाउ जिल्लामा घुमेका छन् उनले । कतिपय भारतिय भुमी नैनीताल, देहरादुन, दार्जिलिङ
समेत चक्कर लगाए । थापाको चर्चित गीत छ, उनकै आवाजमा गाइएको हरियो डाँडामाथी हलो जोत्ने साथीतत्कालिन राजकिय प्रज्ञा प्रतिष्ठानका कुलपति राजा महेन्द्र थिए । प्रतिष्ठानले उनलाइ लोकगित संकलनका लागी जिल्ला बाहिर पठाएको थियो । २००८ को कुरा हो । घुम्दैघुम्दै उनी सुदूरपश्चिमको बाजुरा पुगेका थिए । डोगडि गाउको माथी डाँडामा थकाइ मार्न उनी सुस्ताएका थिए । नजिकै हलो जोतिरहेका किसान देखे । अनि त त्यहिं लेखिहाले , हरियो डाँडा माथी हलो जोत्ने साथी । जसलाइ रामचन्द्र काफ्लेले पछि रिमीक्स गरेर पनि गाए । सर्जक ललिता कुँवरले पहिलो पल्ट बियोग एल्बम बजारमा ल्याइन् ०६१ मा । त्यो एल्बममा समाबेश आठ वटा गीत मध्ये एउटा गीत निकै चर्चामा आयो । स्वरुपराज आचार्यले गाएको धेरै माया दिदा रैछन्, मुटु जोडेर जानेहरु । त्यो गीत ललिताले आधा घण्टामै तयार पारिन् । जसभित्र नरमाइलो एउटा कहानि छ । ६ बर्ष अघि नेपाल टेलिभिजनबाट एउटा सिरीयल आउथ्यो , बिमानचालक ।जसको अभिनय गर्थे पाइलट बिजय गिरीले । त्यसको अभिनय, कथा बस्तु सबै कुरा मन पराउथिन् ललिता । उनी नियमित रुपमा त्यो सिरियल हेर्थिन् । एक दिन अचम्म नरमाइलो घटना सुन्नुपर्‍यो । नेपाल टेलिभिजनबाट बज्ने सिरीयल बिमानचालकका अभिनयकर्ता एबं पाइलट बिजयले जहाज उडाउदा उडाउदै दुर्घटनामा परेर आफ्नो ज्यान गुमाए । त्यो खबर एउटा एफएम बाट
सुनिरहेकि थिइन् ललिता । उनको श्रीमतिको ठाउमा आफु भइदिएको भए कस्तो हुन्थ्यो , मलाइ कस्तो पीडा हु
न्थ्यो । उनले यस्तै सोचिन् र तुरुन्तै गीत बनाइन् । जो अत्यन्तै चर्चा रह्यो । त्यसो त बियोग एल्बमका अन्य सात वटा गीतहरु पनि सत्य घटनामा आधारित छन् । "मेरो नजिकका साथीहरुले प्रेम
बिछोडमा भोगेका पीडा सुनेर लेखें ।" उनले भनिन् ।

सबै गीतहरु सत्य घटनामा आधारित हुन्छन् भन्ने छैन । बरिष्ठ गीतकार रत्नशमशेर थापाले मनमा कल्पना खेलाउदै गीत लेखेका छन् । उनका चर्चित गीत मध्ये ए कान्छा ठट्टै मा यो बैस जान लाग्यो, बिछोडको पीडा नसकि खप्न दसैको मेलैमा गाउको कथा बस्तु सम्झेर लेखेका हुन् । आफैलाइ घटना पर्नुपर्छ भन्ने छैन, अरुको देखेर पनि लेख्न सकिन्छ भन्ने लाग्छ उनलाइ । " कल्पनाले ठूलो भुमिका खेल्छ लेखनमा । कल्पना शक्ति तिख्खर हुनुपर्छ ।" थापा भन्छन् ।
















1 comment:

aashish said...

bhaninchha ni sabai jana ko aaafnai sochai, kati paya geet kasai ko jivaan sanga milne hun6n ta kunai hunnan, tara Timile parai thane pa6i , chai Tragedy pareka haruka laagi thik chha ni haina ra !!!

Entertainment Nepal