यो लेखलाइ सम्पादन गरेर आजको कान्तिपुर दैनिकको कोसेलीमा प्रकासित गरिएको हो । इपेपरमा पढ्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोस्
त्यो दिन हुस्सु र कुहिरोले डम्म ढाकिएको थियो, इलामको फिक्कल बजार । नजिकैको बस्तु पनि ठम्याउन नसकिने । सिमसिमे पानीले भिजाइरहे

एक हुल विदेसी युवाहरु ठ्याक्कै त्यहि साइबर छिरे । जुनबेला म नया समाचार के बनाउने भन्ने बारे सोच्दै थिएँ । उनीहरुको गाइडबाट थाह पाइयो, बेलायतका यिं युवाहरु पुस्तकालय बनाउने सपना बोकेर इलाम पुगेका हुन् । केहि घण्टाको पर्खाइ पछि समाचारको सिकार खेल्न म उनीहरुका पाइला पछ्याउदै हिँडे ।
बिहान दस बजेको समय । गणेश्वरी मावि, मलिमको एउटा कुनामा इलिङ, बेलायतकि युवति हाना पोलाक २०, गिटी कुटिरहेकि छिन् । पानी परोस् कि घाम लागोस् । त्यसको कुनै पर्वाह छैन उनलाइ । हातमा हथौडा समाएर निरन्तर हानाले यसरी नै गिटी कुटिरहन्छिन् । गिटी कुट्नु उनका लागि दिनचर्या नै बनिसकेको छ । तर बाध्यता होइन रहरले यो काम गरिहेकि छिन् उनी ।
रातो टिसर्ट लगाएकि हेट् जोन्स्टन, २० र ठूलो अक्षरमा छातीमा फाइभ्स अंकित नीलो टिसर्ट लगाएका साम रोज, २१ बालुवा छानिरहेका छन् । दुबैलाइ सघाइरहेकि छिन्, एक बुढी आमा कर्णमाया तामाङले । एकापट्टि हेट र अर्कोपट्टि रोजले बालुवा चाल्ने जाली हल्लाइरहेका छन् ।

इलामको सदरमुकाम इलामबजारबाट ४५ किमि टाढा छ , मलिम । पञ्चकन्या गाविसको एउटा गाउ । बिस्तारै मुहार फेर्दैछ । आधा दर्जन बेलायति युवाहरु आफ्नो सपना बोकेर सुदूरपुर्बी इलाम जिल्ला आइपुगेका छन् । झण्डै पाँच सय जनसंख्या रहेको मलिमको मुहार फेर्ने प्रयासमा छन् उनीहरु । उमेरले भर्खर भर्खरका -१९ देखि २२ बर्ष) यिं तन्नेरीहरुले धेरै सपनाका फूलहरु फुलाउन खोजेका छन् यहाँ । ठ्याक्कै असार २२ गते मलिम पुगेका हुन् उनीहरु । नया उद्देश्य बोकेर । घरघरमा ट्वाइलेट बनाउने, बिजुली बत्ति बाल्ने, पानीका धारा बनाउने र गाउको स्कुलमा पुस्तकालय बनाउने योजना छ । त्यहि योजनालाइ पुरा गर्न दिनरात आफ्नो कर्ममा तनमन दिएर लागेको छन् उनीहरु ।
मलिमको गणेश्वरी माविमा पुस्तकालय ब

पुस्तकालय बनाउनु सँगै स्कुलमा पढाउनुको अनुभब पनि बटुलिइरहेका छन् यिं किशोर किशोरीहरुले । अंग्रेजी, भुगोल, जलवायु परिबर्तन, स्वाथ्य र सरसफाइ जस्ता विषयहरु पढाइरहेका छन् । "भाषाले गर्दा पढाउन अलि कठिन भइरहेको छ ।" हेट्ले प्रष्ट्याइन् । हरेक हप्ता स्कुलमा हाजिरीजवाफ, भलिबल, प्रतियोगिता पनि सञ्चालन गर्छन् । र विद्यार्थीहरु लाइ पुरस्कृत गर्छन् । विद्यालयमा उनीहरुको गतिबिधी देखेर प्रधानाध्यापक

बि्रस्टल विश्वविद्यालय, लण्डनका यिं तन्नेरीहरुले यो काम पुरा गर्न प्रतिब्यक्ति सात सय पाउण्ड खर्चिएका छन् । जुन आफ्नै कमाइले आर्जिएको पैसा हो । कसैले सपिङ सेन्टरमा काम गरेर त कसैले च्यारिटी सो गरेर जम्मा गरिएको दुइ लाख पचपन्न हजार रुपियाँ नेपालको यो भुमिमा खर्चिदैछन् उनीहरुले । नेपाल आउन पुलको काम पार्टनरसिप फर सस्टेनेबल डेभ्लप्मेन्ट, नेपाल -पिएस्डि) ले जोडिदिएको हो । बिगत आठ बर्ष देखि ग्रामिण क्षेत्रमा गरिबि, अशिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा काम गर्दै आएको संस्थ्ाा -पिएस्डि) ले उनीहरुलाइ सम्पर्क सेतुको यो ब्यबस्था मिलाइदिएको हो । बि्रस्टल विश्वविद्यालयको बि्रस्टल भोलुन्िटयर फर डेभलप्मेन्ट अब्रोड नामक क्लब मार्फत् नेपालबारे जानकारी लिएपछि यहाँ आउन सहज भएको हो । यो क्लबले आफ्नो रुचि अनुसार विद्यार्थीहरुलाइ रुवान्डा, युगान्डा, भारत र अन्य देशहरु पठाउने गर्छ ।
नेपाली समुदायमा धेरै कुरा सिक्ने अबसर जुरेको छ, यिं विदेसी युवाहरुका लागि । नेपाली संस्कृति, रहनसहन, खानपान र जीवनशैली नजिकबाट बुझ्न सजिलो बनेको छ । "मलाइ सेल रोटी खुब मनपर्छ ।" सामले भने । रमाइलो उदाहरण पनि सुनाए उनले । "एक रातमा सय वटा सेलरोटी खायौं र बिरामी भयौं ।" क्रुति स्रोत्री १९ लाइ झट्ट हेर्दा जोसुकैले नेपाली युवति ठान्छन् । भारतीय मुलका बुबा आमाबाट बेलायतमा जन्मिएकि क्रुतिलाइ नेपाल निकै सुन्दर र अनौठो लागेको छ । "नेपाली समुदाय सहयोगी छ ।" उनले भनिन् । समोसा, जुलवि, प|mाइड राइस उनलाइ मनपर्ने खाना हुन् । "कुर्ता सुरुवाल लगाएर हिंड्न मन लागेको छ ।" एमएस्सी दोस्रो बर्षकि क्रुतिले भनिन् । बेलायतको सरकारी कार्यालयमा जागिर खाने लक्ष्य लिएकि छिन् उनले । गणेश्वरी माविका पियनको घरमा बसिरहेका बेलायति युवाहरुले नेपाली भाषा पनि बोल्न थालिसके । "खाना मीठो छ," 'मलाइ मन पर्यो', 'राम्राे छ', 'बिरामी भएँ', 'टाढा छ'

अन्तरदेशिय संस्कृतिको आदानप्रदान गर्ने र नेपालको गरिबी, अशिक्षा, स्वास्थ्य सरसफाइमा केहि योगदान दिन आफुले पहल गरेका बताउछन् ,(पिएस्डि) का मोहन ओझा । "विकट बस्तिको मुहार फेर्ने हाम्रो लक्ष्य हो ।" ओझा भन्छन् । -पिएस्डि) कै मातहतमा पहिलोपटक नेपाल आएका विदेसी विद्यार्थीहरुलाइ यहाँको भाषा, रहनसहन, लवाइखवाइ, कामको प्रकृतिबारे सिकाइन्छ । अनि मात्र काम गर्ने ठाउ पठाइन्छ । सयौँ नेपाली युवाहरु विदेसिदैछन् । तर केहि विदेसी युवाहरु भने आँखाभरी सपना बोकेर नेपाल फर्किदैछन् । मलिमले स्वागत गरेको छ तिनै सात समुद्र पारीका युवाहरुलाइ । मलिमले बेग्लै प्रकारको मुस्कान मुस्काउँदैछ ।
No comments:
Post a Comment