(अझै छैन जीवन धान्न सक्ने अवस्था)
नरेन्द्र रौले
दिनदिनै मोडलिङ्मा आउन चाहने किशोरीहरूको सङ्ख्या बढिरहेको छ । तिनै मोडलहरूका हिस्सी र आकर्षण कैद गर्न एक दर्जनभन्दा बढी फोटो एजेन्सीहरू खोलिएका छन् । कसरी चल्दैछ त मोडलहरूको जीवन ? रहरैरहरले एसएलसीपछि यसको आकर्षणमा तानिएर

वाग्मती कलेजमा प्लस टूको पढाइ सकेर मोडलिङ्मा लागेकी बूढानीलकण्ठकी शर्मिला श्रेष्ठ, २०, ले तीन वर्ष बिताइन् मोडलिङमा । यसबीचमा सानमिगल बियर, ज्वेलरी, लुगा कपडालगायत थुप्रै विज्ञापन र म्युजिक भिडियोमा काम गरनि् । सानैदेखि राम्रो नृत्य गर्थिन् र स्कुल र कलेजका कार्यक्रममा सधैँ पुरस्कार हात पार्थिन् उनी । सबैले उनको तारिफ गर्थे । "त्यही बेलादेखि म मोडलिङ् गर्न चाहन्थेँ," शर्मिलाले भनिन् । अहिले त उनलाई जागिरका लागि एयर होस्टेस, चलचित्र अभिनय र रिसेप्सन बन्न दिनहुँ प्रस्ताव आउने गरेको उनले बताइन् । मोडलिङ्बाहेक खासै अन्य काममा रुचि नभएकी शर्मिला विष्णुमती कलेजकी कोरियोग्राफर हुन् ।
साथै द एरो मोडलिङ् एजेन्सी कुपन्डोलमा हुन लागेको लिटल क्वीन एन्ड मास्टर किङ् प्रतियोगिताका लागि प्रतियोगीलाई प्रशिक्षण पनि दिइरहेकी छन् । के उनी मोडलिङ् गरेरै बाँचेकी छन् त ? "अहिलेसम्म घरपरिवारबाट पैसा माग्नुपरेको छैन," भन्छिन्, "भटाभट नयाँ अवसर पाइरहेकी छु । पब्लिक रिलेसन पनि राम्रो बन्यो।" हँसिलो मुद्रा, आँखामा गाजल लगाएकी शर्मिलाले मुस्कुराउँदै भनिन् । एउटा विज्ञापनमा खेलेबापत १५ हजार रुपियाँभन्दा माथि कमाउने उनी प्रति म्युजिक भिडियो पाँच हजारदेखि २० हजार

मोडलिङ गर्नेहरूमा नयाँ अनुहार मात्र नभई चलचित्रमा खेलेर नाम कमाइसकेका चर्चित अनुहारहरू, गायिकाहरू र मिस नेपाल भइसकेकाहरूसम्म छन् । नायिका मेलिना मानन्धरले मोडलिङ् गर्न थालेको धेरै भइसकेको छ । करबि ४५ वटा चलचित्रमा अभिनय गरसिकेकी नायिका मेलिना आफूलाई मोडलभन्दा पनि चलचित्र अभिनेत्रीकै परचियले चिनाउन चाहन्छिन् । यसबाट राम्रो आम्दानी भए पनि यसलाई एउटा अवसर थप कमाइको स्रोतका रूपमा मात्र लिन्छिन् उनी ।
सन् २००० की मिस नेपाल उषा खड्गीले एक दर्जनभन्दा धेरै विज्ञापनमा अभिनय गरिन् तर मोडलिङ्ले मात्र उनको जीवनलाई धान्न सकेन । त्यसैले उनी डकुमेन्ट्री, टेलिभिजन कार्यक्रम, विज्ञापन उत्पादन गर्ने कम्पनी खोलेर बसेकी छन्, जसको नाम हो प्रोमोटर नेपाल । उषा मोडलिङ्लाई 'पार्ट टाइम जब'का रूपमा लिन्छिन् ।
उनी महँगी मध्येकी मोडल हुन् । उनी एउटा विज्ञापनमा खेलेबापत एक लाख रुपियाँसम्म पारिश्रमिक लिने गरेको बताउँछिन् । तर, पहिलो मिस नेपाल रुबि राणा एउटै विज्ञापनमा खेलेबापत अढाई-तीन लाख रूपियाँ लिने गरेको बताउँछिन् । सम्भवतः उनी नै सबैभन्दा धेरै पारिश्रमिक लिने मोडल हुन् । कोरियोग्राफी, टीभी सिरियल, म्युजिक भिडियो आदिमा छाइरहने उनी १२ वर्षदेखि आफ्नै ब्युटीपार्लरबाट नियमित जीविकोपार्जन गर्छिन् । तर, उनी अरू मोडलजस्तो यस क्षेत्रबाट निराश छैनन् र पहिलेजस्तो बाँच्न नसकिने स्थिति नरहेको उनको स्वीकारोक्ति छ । भन्छिन्, "मोडेलहरूको माग जसरी बढिराखेको छ, त्यस दृष्टिले बाँच्न अप्ठ्यारो छैन होला जस्तो लाग्छ ।" एउटै विज्ञापनबापत लाखौँ लिने मोडल

चार वर्ष भयो धीरज तण्डुकारले मोडलिङ् गर्न इच्छुकहरूलाई लक्षित गरेर ग्यालेक्सी मोडल एजेन्सी खोलेको । एकमहिने कोर्षमा यहाँ सैद्धान्तिक र व्यावहारकि दुवै ज्ञान सिकाइन्छ । मोडलिङ् एजेन्सीहरूको कमाइचाहिँ कस्तो हुन्छ त ? "खट्न सक्यो भने राम्रै हुन्छ," उनी यति नै हुन्छ भनेर किटान गर्न सक्तैनन् ।
आममानिसहरूले मोडलिङ्बारे नबुझेको बताउँछिन्, शर्मिला श्रेष्ठ । कतिपयले मोडलिङ् भन्नेबित्तिकै टीभीमा अनुहार देखाउनैपर्छ भन्ने बुझ्छन् । शर्मिलाको बुझाइमा त्यो होइन । भन्छिन्, "यो विभिन्न कम्पनीहरूका उत्पादन बिक्री गराउने 'मिडियटर' हो । उनीहरूका कार्यक्रममा गएर पनि कमाउन सकिन्छ ।" गुरुङ संस्कृति झल्काउने थुप्रै गीतहरूका अतिरिक्त आधुनिक गीतहरूमा पनि मोडलिङ् गरेकी छन् निशाले ।
थुप्रै ठाउँबाट कामका लागि 'अफर' आइरहेको उनी बताउँछिन् । चार वर्षअघि काठमाडौँ छिरेकी निशा आफ्नै कमाइबाट जीवन धानिरहेकी छन् ।
यस वर्षको 'बेस्ट फोटोग्राफर' बनेर कृति अवार्ड हात पार्न सफल राजभाइ सुवालले २४ वर्ष भयो फोटोग्राफी गरेको । उनी महिनामा एक दर्जनभन्दा बढी मोडलहरूको फोटो खिच्छन् । लामो समयदेखि यस क्षेत्रको अनुभव बटुल्दै आएका सुवाल पनि हामीकहाँ मोडलिङ् गरेर बाँच्न सक्ने स्थिति अझै नभएको बता

मोडलिङ्बाट अरू पेसामा जस्तो जीविका चल्न नसकेरै होला धेरै पूर्वमिस नेपालहरू यस क्षेत्रबाट पलायन भएका छन् । सन् १९९६ की मिस नेपाल सुमी खड्का एयर होस्टेस हुन् । सन् १९९८ की मिस नेपाल नीरु श्रेष्ठ र सन् २००३ कि मिस नेपाल प्रीति सिटौला अमेरका गइसके । उनीभन्दा एक वर्षअगाडिकी मिस नेपाल नीलिमा गुरुङ व्यापारमा लागेकी छन् । माल्विका सुब्बा एक भारतीय टेलिभिजनमा कार्यक्रम चलाउँछिन् । साथै, डकुमेन्ट्री बनाउने काममा पनि उनी संलग्न छिन् । यस्तै अर्की मिस नेपाल शीताष्मा चन्दले इमिरेट्स एयरलाइन्समा एयर होस्टेसको काम पाएकी छन् । त्यस्तै पायल शाक्य अस्टे्रलियामा अध्ययनरत छन् । के मोडलिङ्बाट जीवन धान्न नसेकेरै उनीहरू पलायन भए होलान् त ? उषा भन्छिन्, "मोडलिङ्मा खासै कमाइ कहाँ हुन्छ र ?"
No comments:
Post a Comment