Dec 26, 2008

मन्जुश्री थापाका मनका कुरा

नरेन्द्र रौले
सपनाको शहर अमेरिकाको ब्यस्त जनजीवन । अमेरिका निवासि नेपालि पत्रकारहरुले नेपालका कलाकार्हरुलाई निम्त्याएर एक साझ डिसी सन्ध्या कार्यक्रमको आयोजना गर्दैछन् । सात समुद्र पारी नेपालि परिबेशको झझल्को दिने गरी गीत संगीत,नृत्य,प्रहसन प्रस्तुत हुदा बर्षौं देखि परदेशिएका नेपालि मनहरु खुशिले कुत्कुतिएका छन् । गीत संगीतको रसमा चुर्लुम्म डुब्दा स्वदेशका गाउपाखा चहारिरहेको जस्तो लाग्छ ।
चकमन्न रात । आकाशमा टिल्पीलाइरहेका जुनताराहरु चुपचाप छन् । रात छिप्पिदै छ । सुनसान बाटो तर अशान्त मन बोकेर भर्जिनियाबाट बाल्टिमोरको टाउसनतिर जान गाडी हाकिरहेका छन् ,पर्ल रेग्मी । साथमा छन् गायिका मौसमि गुरुङ् र राजेश गरुङ् । हाइवेमा पुग्नु अगाडी उपहार स्वरुप पाएको सानो मञ्जुश्री को मुर्तीलाई रेग्मीले ढोगेपछि ,ख्याल गरेर बसेकि मौसमिले जिज्ञाशा राख्छिन्,'अरु मुर्ती नराखेर किन यो राखेको -'अर्को पटक आउदा म तपाइलाई गणेशको मुर्ती ल्याइदिन्छु नि हुन्छ ? ' जबाफमा रेग्मीले भनेछन् ,'ओहो बहिनि त्यत्रो भुडे गणेश बोक्ने कष्ट नगर बरु तिमीलाई त्यस्तै ल्याउने इच्छा भए मञ्जुश्री थापाका किताबहरु ल्याइदेउ । नेपालमा उनका किताबहरुले खैलाबैला मच्चाएको छ रे । ' नाम त सुने जस्तो लाग्छ को हो उहा? पप गायिका मौसमिले सोध्छिन् । 'मञ्जुश्री थापा अग्रेजी भाषामा नेपालि साहित्य लेख्ने लेखक हुन् र एक कुशल चित्रकार पनि।' प्रति उत्तरमा रेग्मी भन्छन् ।
समयले ठूलो फड्को मारेको छ । 'द टयूटर अफ हिस्ट्री ' पछि 'फर्गेट काठमाडौं ' र 'टिल्ड अर्थ' पनि प्रकाशित भएर बजारमा आइपुगे । दरबार हत्याकाण्ड,माओबादी जनयुद्ध, नेपालि समसामयिक राजनितीको इतिहासलाइ रिर्पोटिङ र ट्राभलिङ् गरेर ३ बर्षलगाएर लेखिएको फर्गेट काठमाडौ" को प्रकाशन सगै उनको उचाइ चुलिएको हो । जीवनमा कहिल्यै लेखक बन्ने सपना नदेखेकि मञ्जुश्रीलाइ यसै कृतिले लेखकको पहिचान बनायो । त्यो पनि अर्न्तराष्ट्रिय स्तर सम्म एक खालको तरंग ल्याइदियो ।

बालुवाटारको एउटा घर । खासै चहलपहल छैन,शान्त छ । घर भन्दा केहि पर गेट अगाडि गाडी,मोटर यताउता कुदिरहेका छन् । शहरभित्र गाउले परिबेशको झझल्को पाइन्छ यहा । आगनभरी दुबो मौलाएको छ । त्यसको ठिक अगाडी निगालाका बोटहरु ठडिएका छन् । घरको दाया कुनामा बासहरु झाङिगिएका छन् । जवानि पार गरी बुढ्यौलि लागेका केहि रुखहरुका पात सुस्तरी हल्लिदैछन् । तिनका हागामा बसेर नमिठो स्वरमा चिच्याइरहेका छन् केहि चराहरु सायद बसन्त ऋतु भएको भए कोइलिको मिठो कुहु कुहु सुनिने थियो,पाखै भरी मुस्कुराउराउने गुरासका थुङगाहरु देख्न पाइने थियो ।
घरमा एक्लि छिन् ,उनै लेखिका मञ्जुश्री थापा । जो उमेरले दर्ुइ बिस काटेर जीवनको उकालो लागिरहेकि छिन् । काठमाडौका जन्मिएर क्यानडामा हुर्केकि मञ्जुश्रीले काठमाडौको सेन्टमेरिजबाट ६ कक्षा सम्मको अध्ययन पुरा गरेपछि ११ बर्षो कलिलो उमेरका अमेरिका पुगिन् जतिबेला उनका बुबा भेष बहादुर थापा अमेरिकाका लागी नेपालका राजदुत थिए । वासिङ्टन डिसी स्थित नाटी क्याथेड्रल स्कुलमा पढ्दा कलामा उनको खुब ठूलो रुचि थियो । स्कुलबाट भागेर समेत उनले चित्रहरु कोर्थिन् । फोटोग्राफिमा पनि उत्तिकै ठूलो सोख थियो । रोड आइल्यान्ड स्कुल अफ डिजाइनबाट फोटोग्राफिमा स्नातक गरिन् र युनिभर्सिटि अफ वासिङ्टन बाट क्रियटिभ राइटिङमा एम ए गरिन् । उनको द ट्यूटर अफ हिस्टी्र थेसिसका रुपमा प्रस्तुत भएको थियो । कलिलो २१ बर्षो उमेर मा नेपाल फर्किएर अग्रेजी हिमाल द्वैमासिकमा फोटो सम्पादकका रुपमा काम गरिन् ।
मुस्ताङ्को लोमान्थाङमा अन्नपूर्ण सरक्षण क्षेत्र परियोजना मा डेढ बर्षकाम गरिन् हाकिम थिए (स्व डा चन्द्र गुरुङ) जसले ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुरघटनामा ज्यान गुमाए । तिनकै जीवनिमा आधारित छ भर्खरै उनले लेखिसकेको किताब अ ब्वाय फम सिकलेस् । गुरुङको जीवनकालमा वातारवरणसग सम्बन्धित भएका गतिबिधी र तिनको दरबारसग के सलग्नता छ -भन्ने कुराका साथै नेपालको वाताबरणको क्षेत्रमा भएका गतिबिधीहरुको इतिहास समेटिएको छ । जुन पुस्तक पढ्न पाठकहरुले अझै पाच महिना कुर्नुपर्ने छ । चार बर्षभयो सिजन अफ फ्लाइट नामक उपन्यास लेख्न थालेको । अझैं पुरा भएको छैन । नेपालि महिला बसाइ सराइ गरी अमेरिका गएको कथा छ यसमा । 'धेरै अनुसन्धान गर्नुपर्‍यो । अब दुई हप्ता भित्र लेखिसक्छु होला।' कालो रङ्को पछ्यौरीको ताल मिलाउदै भनिन् ।
लेखक बन्छु भन्ने उनले कहिल्यै सोचेकि थिइनन् । परिस्थितिले बनाएको हो । पहिलो पुस्तक मुस्ताङ् भोट इन फ्रागमे न्ट्स लेख्दा जम्मा २१ बर्षो उमेर थियो । त्यो बेला सिआइए ले चिनबिरोधि गतिबिधी गरेकाले चिन सरकारको दबाबमा नेपाल सरकारले बिदेशी पवर्यटकलाई लोमान्थाङ् जान रोक लगाइएको थियो । 'त्यहाका मानिसहरु एक खालको आइसोलेसनमा थिए । ब्यापार गर्न पाएनन् । एक खालको बन्धनमा बाधिएका थिए । ' उनी भन्छिन् । त्यहि सेरोफेरोमा आधारित छ उनको यो पुस्तक जो पहिलो पटक हिमाल बुक्सले प्रकाशित भएको थियो । २७ बर्षको उमेरमा द ट्यूटर अफ हिस्ट्री लेखेपछि मात्र अब चाहि लेखक भएछु भन्ने 'कन्फिडेन्स ' उनमा आएको थियो ।
फिक्सन लेख्दा निकै अफ्ठ्यारो महसुस हुन्छ उनलाई । यो लेख्दा आफूलाइ 'असामाजिक ' ठान्छिन् । कसैसग बोल्दिनन्, फोन पनि उठाउदिनन् ,सबैसगका भेटघाटहरु बन्द हुन्छन् । एकान्त रोज्छिन्,एक्लो हुन खोज्छिन् । 'के लेख्ने, कति लेख्ने ठम्याउन सक्दिन । नया पात्र सग भेट्नु ,नया घर सर्नु जस्तै लाग्छ ।' नन्फिक्सन लेख्दा कहिले उनलाई खुब मजा आउछ रे । ननफिक्सन लेख्दा कहिले गोदावरी,दक्षिणकाली त कहिले धुलिखेल र नगरकोटका डाडाकाडा चहार्छिन् । 'तपाइले गरेको काम भलाइ एकदम मन पर्छ । मान्छे भेट्ने,टेप रेकर्डिङ् गर्ने । मैले पनि नन फिक्सन लेखदा यस्तै गर्छु ' सिजन अफ फ्लाइट उपन्यास लेख्न गोदावरी पुगेकि थिइन् । जसले अबको एक हप्तामै पुर्णता पाउनेछ । र्फगट काठमाडौ लेख्नु अगाडि पश्चिम नेपालका दैलेख,कालिकोट भेग चहारेकि छिन् । माओबादीले
ध्वस्त गरेका भौतिक सरचना,त्रसित र दोहोरो चेपुवामा परेका जनता सग प्रत्यक्ष भेट गरेकि छिन् । त्यहि यात्रा लाइ रिर्पोटिङ् शैलिमा पस्केकि छिन् । जसमा दरबार हत्याकाण्ड र समसामयिक नेपालि राजनितीको मसाला थपेकि छिन् । छापिने बित्तिकै यसको प्रकाशन हवात्तै बढ्यो । विदेशिले नेपालको राजनितीक अबस्थाका र इतिहासका बारेमा बुझाउने गाइड बन्यो यो पुस्तक । साउथ एसियाकै 'वेस्ट सेलिङ ' भित्र पर्ने पुस्तक हो यो । पोहोर साल फिन्ल्यान्ड भाषामा अनुदित यो कृति भर्खरै इटालियन र जापानि भाषामा अनुबाद भइरहेको छ । धेरै जसो यसै को रोयल्टी बाट बाचेको बताइन् । आजभोलि चलाइरहेको ल्यापटप यसैको पैसाले किनेको हो । जसको मूल्य रु पुर्ण २००० डलर परेको थियो । 'नेपालिले यस्तो उपन्यास लेख्लान् भन्ने कुनै विदेशिले सोचेका थिएनन् । राम्रो रेस्पोन्स पाए । ' खुसिको क्षण सम्झिदै उनले भनिन् । र्फगट काठमाडौ सगै द ट्यूटर अफ हिस्टी् र जर्मनि र टिल्ड अर्थ जापानि भाषामा पनि अनुबाद भइरहेका छन् ।
केहि बर्षअगाडि मात्रै देशका चर्किएको द्वन्द्वबारे काठमाडौ केन्द्रित साहित्यकार र पत्रकारहरुले राम्रो 'कभर' नगरेको आरोप छ उनको । कालिकोटको पिली घटनामा परी ज्यान गुमाएका धादिङ जोगीमाराका पीडितहरुबारे मोहन मैनालीले गरेका रिर्पोट पढेपछि रिर्पोटिङ् गर्न लालायित बनेकी मञ्जुश्रीलाइ कसरी गर्ने त्यसको तरीका थाह नहुदा पत्रकार कुन्द दिक्षीत कहा गएर धेर थोर कुरा सिकेर नेपालगञ्ज हुदै मध्यपश्चिमका केहि पहाडी जिल्ला डुलेर त्यसको राम्रो कभरेज गरिन् । ३ बर्षलगाएर लेखेपछि त्यत्तिकै छोडिनन् । त्यसलाइ पुन लेखन गरिन् । त्यो पनि १५ चोटि सम्म । हरेक किताबलाइ लेखेपछि उनी त्यत्तिकै छोड्दिनन् । दर्जनौ पटक रिराइट गर्छिन् ।
'राइर्टस एजेन्सी ' सस्थामा खुल्ला प्रतिष्पर्धा गरेर लेखनकै लागि फ्रान्स र अमेरिका पुगेकि छिन् । यो त्यस्तो सस्था हो जसले लेखकहरुलाई खान बस्न दिन्छ । मन फुकाएर लेख्न बाहेक लेखकले अरु केहि गर्नु पर्दैन । अमेरिकाको वेस्टर वेल,विडवी आइस्ल्यान्ड र लेक फरेस्ट मा गएर ४ महिना बिताएकी छिन् भने फ्रान्समा ३ महिना । मानव अधिकार,ब्यक्तिगत स्वतन्त्रता,र समसामयिक राजनिती नै उनको लेखाइका बिषयबस्तु हुने गर्छन् । फ्रन्सेली लेखिका सिमोन द वोउवारले द सेकेन्ड सेक्स मा महिला मुक्ति र आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गरेझै उनका केहि कथाहरुले पनि यस्तै स्वतन्त्रताको प्रकट गर्छन् । आफ्नै जीवनको प्रतिबिम्ब भेटिदो रहेछ आफ्ना सिर्जनाहरुमा पनि । जसरी मैले नजन्माएको छोरो मा पारिजात, पागल बस्ति मा सरुभक्त ,म र मेरो परम्मरा मा मनुजबाबु मिश्र, गौथलिको गुड मा शङ्कर लामिछाने को जीवन झल्किएको छ । त्यस्तै ट्यूटर अफ हिस्टी्
तया विहानको ७ बजेतिर उठिसक्छिन् । चिया र कफिको चुस्कि लिदै ल्यापटपमा औंला चलाउछिन् । इमेल चेक गर्छिन् । त्यसपछि सुरु हुन्छ उनको लेखन कार्य । दिउसो एक बजे लन्च लिएर दिउसो ३ नबज्दा सम्म लेखिरहन्छिन् । अनि कार हाकेर साथी भाइ भेट्ने,कार्यक्रममा जाने, कतै घुम्न जाने काम गर्छिन् । फर्किएर आउदा घडीले साझको ७ बजाइसकेको हुन्छ ।
त्यत्रो घरमा मञ्जुश्री एक्ली छिन्,एक्लै छैनन् ।
बिहे गरेको छैन भन्छिन् । जीवनसाथी क्यानडामा छन् भन्न हिच्किचाउदिनन् । मानिसको मन हो,उनलाई पनि कसैको साथ चाहिदो हो । क्यानेडियन पत्रकार ड्यानियल ल्याकलाई जीवनसाथी का रुपमा अगालेकी छिन् । जो केहि बर्षअगाडि सम्म नेपालबाट बिबिसी को रिर्पोटिङ् गर्थे । हाल क्यानडामा रहेका ड्यानियललाइ भेट्न ३ महिना अगाडी टोरन्टो पुगेकि थिइन् । उनी पनि बरोबर यता आइरहनछन् । आउने हप्ता मञ्जुलाई भेट्न क्यानडाबाट नेपाल आउ"दैछन् ,ड्यानियल । सया"ै किताबहरुको चाङ्बाट मन्त्रज अफ चेन्ज र इन्डिया एक्सप्रेस मोटा दुइ वटा किताबहरु झिकेर देखाउदै भनिन्, ' यि डयानियलले लेखेका किताबहरु । ' जसको मुल्य क्रमश रु २२९ र ४९९ भारु राखिएको थियो ।
ड्यानियलले गरेको पत्रकारिता मञ्जुश्री लाई एकदम मन पर्छ । उनको रिर्पोटिङमा ब्यालेन्स हुने उनको ठहर छ । ड्यानियलको कुन कुराले आकषिर्त गर्छ त उनलाइ - 'जुन देशमा गएपनि त्यहा"को वास्तबिकता चाडै बुझ्नु । ' यसबाहेक उनले पकाएको इटालियन खाना रिजटो पनि एकदमै मन पराउछिन् ।
खान लाउन कि शौखिन भएपनि दाल भात बाहेक केहि पकाउन चाहि आउदैन । प्राय पश्चिमी राष्ट्रका लुगा लगाउन मन पराएपनि बिच बिचमा साडी भने लगाउथिन् । अहिले लगाउन छोडेको् पनि १५ बर्षभइसक्यो । गीतहरुमा पश्चिमी मुलुकका रक सुन्न मन पर्छ । 'कहिलेकाहि नेपालि स्याड गीत पनि सुन्छु । ' ज्वरोले सताएर औषधि लिएको बेला सुस्तरी भनिन् ।
हप्ताको एक पल्ट जिम गर्न लाजिम्पाटको र्‍याडिसन मा पुग्छिन् । घरमा सरसफाइ गर्दा,एक्सरसाइज गर्दा आइपोडबाट गीतहरु सुन्छिन् । धेरै रुने मध्ये मा मञ्जु पनि पर्छिन् । सानो कुरामा पनि आखाबाट आसु बग्छ । पछिल्लो पटक उनलाइ रोएको सम्झना छ होला - अमेरिकामा ओबामाको जीत हुदा ६० बर्षो अफिकन अमेरिकन जेसि ज्याकसनले खुसीको आसु बगाउदा म पनि रोए" । 'त्यसैले म घरमा टिभी राख्दिन ।' यो बाक्य टुङ्ग्यादा भने उनी मज्जैले हासिन् ।
सानो छदा परिवार बाट छोरीले बिहे गर्लि भन्ने आशा थियो । तर उनमा भने त्रि्र घृणा त्यहि बेला देखि पलाइसकेको थियो । कारण उनी अमेरिका जस्तो स्वतन्त्रता भएको राष्ट्रमा हुर्किन् । कलेज पढ्दा निकै फ्रीडम हुन्थ्यो । उनका अरु साथीहरुले हातमा छोराछोरी खेलाएको देख्दा आमाको मन बनेर हेर्दा उनलाइ कस्तो लाग्छ होला - मलाई बच्चा बच्ची मन पर्दैनन् । त्यस्तो देख्दा खासै फरक लाग्दैन ।' उसो त ड्यानियल सग पनि छोराछोरी नजन्माउने सम्झौता गरेकि छन् । नेपालि चाडबाड पनि कहिल्यै मनाइनन् उनले । एक ठाउमा बस्दा उनलाई अत्यास लाग्छ रे । त्यसैले होला विदेशतिर बरालिरहन्छिन् । के नेपालमा बस्न मन नलागेर हो - होइन, त्यहा हुने गोष्ठी,सभा समारोह र साहित्यिक सम्मेलनमा भाग लिन । अनि उनका 'जीवन साथी ' ड्यानियललाइ भेट्न । सधै घुमिरहन मन लाग्छ उनलाई । साउथ अमेरिका र अफ्रीका गएर ४ बर्षबिताउन मन छ उनलाई । नेपालका कैलाली र शुक्लाफाटा क्षेत्र पनि उनलाई मन पर्ने ठाउ हुन् । जीवनमा के गुमाए जस्तो लाग्छ उनलाई - अलि ब्यबस्थित करियर गुमाए कि - 'अरुले साथीहरुले धेरै पैसा कमाएको देख्दा मलाई डाह लाग्छ ।' तर मञ्जुश्रीले एउटा असल लेखिकाको पहिचान भने कहिल्यै गुमाएकि छैनन् । उनको काम देखेर बरु अरुले डाह गर्छन् होला ।

2 comments:

Rosha said...

nice story! I liked the way the story has been portrayed!
good job...keep it up!

नरेन्द्र रौले said...

Thank you Rosha.
Naren