नरेन्द्र रौले
(यो लेख हिजो, कार्तिक २२,२०६५ को नेपाल साप्ताहिकमा प्रकाशित भएको छ ।)
भेरीको उर्लंदो भेल छाल हान्ने बबैलाई
देउडा भाका बासा फेर स्वागत छ सबैलाई ।
मार्तडी बजारबाट केही मिनेट हिँडेर अलि माथि डाँडामा पुगेपछि रेडियोमा यो गीत गुन्जियो । त्यस दिन देउडा भाकाका यस्ता गीतहरू बजिरहेका थिए । प्रस्तोताको लवज पनि स्थानीय थियो । लाग्यो, यो पक्कै रेडियो नेपाल होइन, यतैको कुनै एफएम हुनुपर्छ । नभन्दै एफएमको एन्टेना देखियो । यो त रेडियो बाजुरा पो रहेछ । गाउँले पारामा मिसिएर देउडा गीत घन्किरहेको थियो ः

सम्झीसम्झी जीउ झुरन्छ
सुदूरपश्चिम स्वर्ग सरी
घर आईझा परदेशी कठै
नटुटौ पिरेमको डोरीरईझाऊ जनमभरी ...। डाँडा-पाखालाई सङ्गीतको रसमा चुर्लुम्म पारेर बज्ने यस्ता गीतहरू कान थापेर सुनिरहेका भेटिन्थे स्थानीयहरू । जता गए पनि, जहाँ गए पनि प्रायःका हातहातमा सानो रेडियो भेटिन्थ्यो । छ वर्षअघि भारतको अल्मोडामा रहँदा भारी बोक्नु, गाईभैँसी चराउनु, खेतबारीमा काम गर्नु दिनचर्या बनेको थियो- आँटीचौर-४, बाजुराका शेरबहादुर खड्का, २८, को । कामको खोजी गर्न र द्वन्द्वको प्रभावले ज्यान जोगाउन उनी भारत पसेका थिए । विदेशी भूमिमा दिनरात नभनी पसिना बगाउने तिनै शेरबहादुर अहिले एफएममा कार्यक्रम चलाउँछन् । गत वर्षको चैत महिनादेखि रेडियो बाजुरामा उनले काम पाएका हुन् । हरेक दिन देउडा गीतहरू समेटिएको 'हाम्रो भाका' कार्यक्रम बिहान-बेलुका आधा घन्टा प्रसारण हुने गर्छ । यहाँका रनवन, मेलापात, पानी, पँधेरो र धारामा बज्ने गीतहरूलाई आफ्नो कार्यक्रममा ठाउँ दिन्छन् । त्यसैले अरूभन्दा लोकपि्रय छ उनको कार्यक्रम । "नसोचेको ठाउँमा पुगेँ । रेडियो स्टेसन देखेकै थिइनँ । कार्यक्रम चलाउन पाउँदा एकदम खुसी लागिरहेको छ," उत्साहित मुद्रामा उनले भने । अचेल त उनलाई नचिन्ने कोही पनि छैनन्, सबैको प्यारो बनेका छन् । कार्यक्रमका लागि सातामा सयौँ पत्रहरू आउँछन् । अब सञ्चार क्षेत्रमै लाग्ने उनको सोच छ । परदेशबाट घर फर्किंदाको क्षण सम्भझदै खड्काले भने, "विदेशीको गुलामी गर्नुभन्दा आफ्नै देशमा भारी बोक्नु उचित लाग्यो ।"रेडियो बाजुरामा समाचार पढ्ने एक्ली महिला हुन्, रमा खड्का, १८ । मालिका उमाविमा दस जोड दुईमा अध्ययनरत रमा विगत पाँच महिनादेखि समाचारमूलक 'हालखबर', 'महिला आवाज', 'तपाईंको पत्र हाम्रो गीत'जस्ता कार्यक्रम चलाउँछिन् । एफएममा बोल्दाको अनुभूति सुनाउँदै भन्छिन्, "सुरुसुरुमा डर लाग्थ्यो । सक्तिनँ कि जस्तो लाग्थ्यो तर अहिले सामान्य लाग्छ ।" उनका नाममा हरेक साता अछाम, बझाङ र बाजुराका विभिन्न ठाउँबाट प्रशंसा र सुझाव लेखिएका ६०/७० वटा पत्र आउँछन् । रेडियो बाजुरामा उद्घघोषण र प्राविधिक दुइटै काम सम्हाल्नेहरू पनि छन् । आँटीचौरका कृष्ण वली समाचार पढ्नुका साथै गीतिकथा कार्यक्रम पनि सञ्चालन गर्छन् । त्यस्तै मार्तडी, माझगाउँका वसन्त विक, २१, ले एकातिर 'फोन इन' र 'सिर्जनात्मक गीत तरङ्ग' कार्यक्रम चलाउँछन् भने अर्कोतिर प्राविधिकको काम पनि गर्छन् । आर्थिक समस्याले पढ्न सहर जान नसकेका विक नजिकै सदरमुकामको बाजुरा क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत छन् । त्यस ठाउँमा महिला र बालबालिकाका हकहितका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था 'पिसवीन'ले एफएम ल्याउन पहल गरेको हो । यसमा पिसवीनको एकल स्वामित्व छ । एफएम सञ्चालनमा ल्याउन जम्मा १५ लाख ५८ हजार रुपियाँ खर्च लागेको बताउँछन्, संस्थाका अध्यक्ष लालबहादुर वली । राजधानीबाहिरबाट इक्वेल एक्सेसले उत्पादन गरेका 'देश-परदेश' र 'खेल्दै सिक्दै'बाहेक अन्य कार्यक्रमहरू यतै उत्पादन हुन्छन् । सञ्चारमा पहुँच नभएका बाजुरेलीहरूले आफ्ना आवाजहरू अचेल यही एफएममार्फत व्यक्त गर्छन् ।
देउडाका लागि चर्चित छ यो ठाउँ । प्रायःजसोले यस्तै गीतहरू लेखेर बढी मात्रामा पठाउँछन् । तर, श्रोताले लेख्ने विषयवस्तुहरू भने फेरिएका छन् । मायापिरतीका गीतहरूबाट फड्केर बहुविवाह, अनमेल विवाह, वन विनाश, अनिकाल, बाढीपहिरो, राजनीतिक चेतनाजस्ता विषयमा गीतहरू बढी लेख्ने गरेको पाइन्छ । विभिन्न पार्टीका सभासद्हरू, अग्रणी महिला, बाल प्रतिभा, सामाजिक कार्यकर्ताहरूलाई हरेक साता स्टुडियोमा निम्त्याएर अन्तरक्रिया गरिन्छ । कात्तिकको पहिलो साता स्थानीय राजनीतिकर्मी रुक्मिणी शाहले एफएममा बोल्ने अवसर पाइन् । "क्या भन्याँ, भन्याँ । पहिलोचुटी एफएम आयाँ," संविधानसभामा जिल्लाबाट महिलाको प्रतिनिधित्व गर्ने कोही नहुँदा दुःखेसो पोख्दै बाजुरेली भाषामा उनले भनिन्, "नेताहरूले हामीलाई फुर्काए, फुल्याए तर नीतिनिर्माण तहसम्म कसैले पुर्याएनन् । यहाँको विकास निर्माण र महिलाका हकहितका पक्षमा कसले बोलिदिने ?"एफएममा कार्यक्रम चलाउन स्थानीय बाल क्लबले ठूलो सहयोग गरेको पाइयो । यतातिर अभिरुचि राख्ने स्थानीयहरू क्लबमा रहँदा वक्तृत्वकला, वादविवाद, नाचगान, कविता लेखन, सडकनाटक प्रदर्शनजस्ता अतिरत्तिm क्रियाकलापमा संलग्न भइरहन्थे । तीन वर्षअघि सिर्जनशील बालसमूहमा रहँदा यस्तै क्रियाकलापमा संलग्न थिइन्, मार्तडी-५, बाजुराकी उन्नति रावल, १९ । जो अहिले 'फोन इन' र 'बाल कार्यक्रम' चलाउँछिन् । स्कुलमा छँदा कविता लेखन, वक्तृत्वकला, वादविवाद प्रतियोगितामा भाग लिनु, नाच्नु, गाउनु उनको ठूलो सोख थियो । जिल्ला बालअधिकार मञ्चमा दुई वर्ष कोषाध्यक्ष भएर काम गरेकी उन्नति अहिले शान्ति र विकासका लागि युवा सञ्जालकी उपाध्यक्ष छिन् । उनी आफ्नो कार्यक्रममा बालबालिकाको अधिकार, हकहित र समस्याका मुद्दाहरू उठाउँछिन् ।जता जाऊँ, जहाँ जाऊँ सबैसँग एउटा रेडियो हुन्छ अचेल । घाँस काट्दा, वस्तु चराउँदा, भारी बोक्दा हरेकको काँधमा रेडियो झुन्डिएको हुन्छ । बिहानीको झुल्के घाममा खेतमा काम गर्दै गरेका भेटिए, ताँप्राका मदन नेपाली । नजिकै सानो रेडियोमा 'बाडुली' कार्यक्रम बजिरहेको थियो । उनलाई रामारोशन एफएम सुन्न मन पर्दोरहेछ । यस एफएमबाट देउडा भाकामा आधारति कार्यक्रमहरू बढी बज्ने र समाचार पनि स्थानीय भाषामा सुन्न पाइने भएकाले सबैको मनोरञ्जन गराउने माध्यम हुन पुगेको रहेछ यो एफएम । मानिसलाई नयाँ जानकारी, सूचना, मनोरञ्जनका लागि पनि रेडियो सुन्नुपर्दोरहेछ भन्ने चेत खुल्न थालेको छ । "मनोरञ्जनका साधनसँगै दुःखसुख बिसाउने ठाउँ बनेको छ एफएम," जुगाडा-८, बाजुराका केशव खड्का गीतमा लेख्छन् ः

कैका घर आगो बाल्नु कैका घर ताप्नु
सुवाले छोडेर जाँदा कोइ भएन आप्नु
जीउला धान बयाली खेल्दा असौजका मैना
नत लाई बाडुल्या खुट्को न त धेकाई सैना । आफ्नी मायालुले छोडेर जाँदा एक्लो भएको पीर पोखे उनले । सपनामा आफ्नै मायालु देख्न नपाउँदा र बाडुली नलाग्दा नियास्रो मानिरहेका छन् उनी । मायापिरतीसँगै राजनीतिका गीत पनि आइरहन्छन् । ब्रह्मतोला कुँडीका पदम उखेडा लेख्छन् ः
गणतन्त्र लागू भयो शोषण दमन तोड्न
अन्याय र अत्याचारको केही सुधार गर्न
दलित पीडित जनतालाई शोषकले खायो
२०६५ सालमा गणतन्त्र आयो । श्रोताले पठाएका देउडा गीतले रेडियो बाजुरामा बोराहरू भरिएका छन् । यी चिट्ठीलाई पुस्तकाकार दिने सोचमा छन्, स्टेसन म्यानेजर तुलाराम जैसी । एफएमका कारण आफ्नै उद्गमस्थलबाट विलीन हुन लागेको देउडाको संरक्षणमा सहायक हुन्थ्यो कि ? भन्ने आशा पलाएको छ उनका मनमा ।
No comments:
Post a Comment