गाइरहेछन् दृष्टिविहीनहरू
नरेन्द्र रौले
आकाशका ताराभन्दा बढी चम्किरहेका छन्, स्पटलाइट बत्तीहरू । पलपलमा आफ्नो रङ फेर्छन् । रातो, नीलो, पहेलो, हरियो रङमा लस्करै चम्किरहदा सिङ्गै आकाशका ताराहरू धर्तीमा ओर्लिएजस्तो भान हुन्छ । ठमेलको एक साझ पुस महिनालाई स्वागत गर्न पर्खी बसेको छ । विस्तारै रात छिप्पिदैछ, चिसो पनि बढिरहेको छ । मुटु कमाउने जाडो छ, त्यही जाडोमा सधैझै ठमेलको नगरकोट दोहोरी साझमा जीउ रन्काउने गीत प्रस्तुत गर्दैछन् कलाकारहरू । मादल, हार्मोनियम, तबला र किबोर्डको सुमधुर सङ्गीतले सबैका पीडा भुलाइदिएको छ । सबै आफ्नो धुनमा मस्त छन् । ग्राहकहरू मेनु हेरेर खाने कुरा माग्दैछन् । कोही रोजाइ अनुसारका खाना लिदैछन् । तिनका आखा मञ्च तर्फ सोझिएका छन्, जहा हसिला अनुहारका युवतीहरू सङ्गीतको तालमा कम्मर मर्काएर नाच्दैछन् । गलामा हरियो पोते, मखमली पहिरन र तिनका बदामी गाजलु आखाले ग्राहकको मन लोभ्याएको भान हुन्छ । लाग्छ, आकाशको जून धर्तीमा ओर्लिएको छ ।स्टेजको माथिल्लो लहरमा वाद्यवादकहरू सङ्गीतको मीठो धुन झन्काइरहेका छन् । एउटा कुनाबाट हार्मोनियमको सुरिलो धुन तरङ्गित भइरहेको छ, जसमाथि औलाहरू चलाइरहेका छन्, रमेश सुवेदी, २९ । चारैतिर आखा नचाएर अरूले रमाइलो लिइरहदा हार्मोनियमको धुनमा रमेशले पीडाको धुन मिसाइरहेका छन् ।
आखै अगाडिका यी मनोरम दृश्य उनले नियाल्न सकिरहेका छैनन् । किनभने, उनका लागि भौतिक संसार अध्यारो छ । केराबारी-८, मोरङबाट नौ वर्षगाडि काठमाडौ पसेका रमेश जन्मदै दृष्टिविहीन थिए । हुर्केर ठूलो भएपछि साथीभाइ स्कुल गएको चाल पाउदा आफू पनि जान खोज्थे तर अरूले झै पढ्न-लेख्न नसक्दा मन खिन्न हुन्थ्यो । धेरै समय उनले त्यो स्कुलमा त पढेनन् । यद्यपि, गुरु हरि बस्नेतले गाउनका लागि दिएको प्रेरणा र छिमेकी दाजु चन्द्र र्राईले दिएको माया उनले भुलेका छैनन् । हरेक साझ साढे ६ बजेदेखि राती ११ बजेसम्म विभिन्न खालका बाजा बजाउनु उनको दिनचर्या हो । यसरी नै उनको एक वर्ष बित्यो नगरकोट दोहोरी साझमा । गाउनमा पनि उनको सोख छ । गीतहरू उनको आवाजमा रेकर्ड पनि भएका छन् । दोहोरी साझ भए पनि प्रायः आधुनिक गीतहरू गाउछन् । कोटेश्वर दोहोरी साझमा काम गर्ने इन्द्र भित्रीकोटी नामका कलाकारले उनलाई यहा ल्याएका हुन् । एकताका दोहोरी भनेपछि त्यति मन नपराउने रमेश अहिले आएर त्यही व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका छन् । भाइ, बहिनी, छोरा र पत्नीका साथ उनी कालीमाटीमा बस्छन् । दोहोरी साझबाट कमाइने मासिक पाच हजार रुपियाबाट कोठा भाडा र घर खर्च चलाउछन् । गार्न्धर्व सङ्गीत प्रशिक्षण केन्द्रबाट छ वर्षगायनकला सिकेका सुवेदीले ललितकला क्याम्पसबाट गायनमै स्नातक गरेका छन् ।
सुवास मुखियासित तीन वर्षम्म गितार सिकेको पनि अनुभव छ उनीसग । अहिले त लेबोरेटरी मावि किर्तिपुरमा आफै सङ्गीत पढाइरहेका छन् उनले । भविष्यमा राम्रो सङ्गीत संयोजक बन्ने सपना छ उनको । दोहोरीमा काम गर्दा निकै रमाइलो लागिरहेको छ उनलाई । यहा आउने विदेशी पाहुनाले उनका गीत मन पराएर 'वान्स मोर' भन्दा आनन्द लाग्छ । रेस्टुरा सञ्चालक सुशील लामा उनको कामको प्रशंसा गर्दै भन्छन्, "उहा निकै मिहिनेती मान्छे हो । उहाका सबै प्रस्तुति मलाई एकदमै मन पर्छन् ।"सुदूरपश्चिमको कैलालीबाट कामको खोजीमा भौतारिएर छ वर्षघि काठमाडौ प्रवेश गरेका निरञ्जन बस्नेत, २७, बौद्धको सन्ध्या दोहोरी साझमा काम गर्छन् । विभिन्न बाजागाजा बजाउने र गीतहरू पनि गाउने कला छ उनमा । साझ ६ बजेदेखि रातको ११ बजेसम्म आफ्नो जिम्मेवारी पूरा गर्छन् र लाग्छन् कालोपुलतर्फ जहा उनकी पत्नी र छोरी उनको पर्खाइमा बसिरहेका हुन्छन् । मासिक छ हजार रुपिया आम्दानीबाट उनले आफ्नो परिवार पालिरहेका छन् । आफूजस्तै दृष्टिविहीन साथीहरू मिलेर उनीहरूले एउटा ब्यान्ड पनि खोलेका छन्, नेपाल दृष्टिविहीन सांस्कृतिक ब्यान्ड । यसमा उनी सचिव छन् । जनसेवा मावि मोरङमा ८ कक्षा पढ्दापढ्दै काठमाडौ छिरेका हुन्, सुदूरपूर्व साघु-८, ताम्रँङ, ताप्लेजुङका प्रेम लिम्बू 'संयोग', २७ ।
सङ्गीत सिक्ने ठूलो सोख बोकेर राजधानी आएकै पाच वर्षभइसक्यो । गार्न्धर्व विद्यासङ्गीत र एनएबी इन्स्टिच्युटमा सङ्गीत सिकेका दृष्टिविहीन प्रेम अहिले चाबहिलस्िथत 'सम्झना दोहोरी'मा काम गर्छन् । दुई वर्षगाडि 'झिमझिम परेली' रेस्टुरा“ सिनामङ्गलमा गाउने र बजाउने गर्थे । अहिले कालोपुलमा भतिजसग बसेका उनलाई हातमुख जोर्न रेस्टुराको कमाइले पुगिराखेको छ । मैतीदेवीस्थित एक संस्थामा बासुरी सिकाउने गर्छन् उनी । एक क्लासको १ सय २५ रुपिया मिल्छ । साताको एकपल्ट शङ्खपार्कको 'रिङ् अफ द फायर रेस्टुरामा पनि बाजा बजाउने उनले काम पाएका छन् ।
घडीको सुइले रातको ८ बजाइसकेको छ । सडकछेउमा कतैबाट सुरिलो बासुरीको धुन सुनिन्छ । यो धुनले सबैलाई लठ्याउछ । बासुरी बजाउने त दृष्टिविहीन छत्र तामाङ पो रहेछन् । गणेशस्थान चाबहिलको अन्डरग्राउन्डमा रहेको 'सम्झना दोहोरि'मा विरही भाकामा उनको बासुरी बज्छ । तिनै बाजाको तालमा गीत गुञ्जन्छ :
सागर बरु सुकेर गई जाला
जान्न माया कहिले नि सुकेर
जून तारा झरेर गई जाला
जान्न माया कहिले नि झरेर
रातो पछ्यौरी, रातै मखमली पहिरन र पहेलो पटुकीमा सजिएकी ती युवतीले गीत गाइरहदा सबै मन्त्रमुग्ध बन्छन् । स्याबुन-९, सङ्खुवासभामा २९ वर्षगाडि जन्मेका तामाङ छ वर्षे देखि राजधानीमै छन् ।
उनी दुई वर्षगाडि मोरङकी मनकुमारी लिम्बू सग विवाहबन्धनमा बाधिएका हुन् । उनले सम्झना दोहोरीमा काम गरेको वर्षदिन पुग्यो । पहिले राती १ बजेसम्म उनको दोहोरी चल्थ्यो । अहिले ११ बजे बन्द भइसक्छ । यसले गर्दा व्यापारमा घाटा भएको बताउछन् रेस्टुराका म्यानेजर उमेश मैनाली । कपिलवस्तुका अर्जुन पौडेल गोङ्गबुको मनकामना दोहोरी साझमा काम गर्छन् । राजधानीका अन्य रेस्टुराका तुलनामा चाबहिलस्थित यस दोहोरीमा सबैभन्दा धेरै दृष्टिविहीनले काम गर्छन् । एक दर्जन कलाकारमध्ये आधा दर्जन त दृष्टिविहीन नै छन् । यीमध्ये उदयपुरका कुमार पौडेल, वीरकमल श्रेष्ठ र इलामका टीपी सावा यसै दोहोरीमा काम गर्छन् । सङ्गीत धुन गुन्जिरहदा फेरि गीत सुनाइन् एक युवतीले गीत गाईन् ,
मायालुलाई पर्खिबसे मलमल
मलमल किरी जूनकीरी
पाइन यो सालैमा ।
मङ्सिरले बिदा गरी पुस लागिसक्दा ती युवतीले जीवनसाथी नपाएको पीडा पोखे पनि गौशालाको नवदर्गा दोहोरीमा अक्टोप्याड बजाइरहेका दृष्टिविहीन उमेश श्रेष्ठले भने जीवनसाथी पाएको डेढ वर्षनाघिसकेको छ । दिनहु साझ ६ देखि राती ११ बजेसम्म अक्टोप्याडमा स्टिकले हिर्काएर मीठो धुन निकाल्छन् उमेश । यसले वातावरण नै अर्कै बनाइदिन्छ । रातको १० बज्दैछ । नवदर्गा दोहोरी साझ गौशालाको एउटा ठूलो कोठा । ग्राहकहरू आफ्नै धुनमा बियरको चुस्की लिइरहेका छन् ।
हातमा समाएको चुरोटको धूवा निरन्तर उडिरहेको छ तर तिनका आखा स्टेजतिर एकोहोरिएका छन् । जहा गुरुङ पहिरनमा सजिएकी युवतीको कपाल मुसार्दै अर्का गायक दोहोरी भाकामा भन्दैछन्,
टाढा पर्यो पाइ
बाध्यताले बि झै भयोहितको मायालाई ...।उमेशले पनि अरूले झै“ गाएर रातको १२ बजेतिर रातोपुलस्िथत कोठामा पुग्दा दृष्टिविहीन पत्नी नेहा शर्पा उनलाई कुरेर बसिरहेकी हुन्छिन् । बिहानको खाना दुवै जना मिलेर बनाउ“छन् । महेन्द्ररत्न क्याम्पसबाट अङ्ग्रेजी मेजर विषय लिएर स्नातक गरेकी नेहाले 'सङ्गीत सरगम इन्स्िटच्युट'मा दृष्टिविहीनलाई अङ्ग्रेजी भाषा पढाउ“छिन् । दुवै जना दृष्टिविहीन हु“दा उनीहरूलाई कस्तो लाग्छ - भन्छन्, "हाम्रँ जीवन रमाइलो छ । खासै अप्ठ्यारो लाग्दैन । बानी परिसक्यो ।"राजधानीका दोहोरीमा करिब डेढ दर्जन दृष्टिविहीनहरू काम गर्छन् । घाम डुबेर आकाशका तारा मुस्कुराउ“दा 'नगरकोट दोहोरी'मा रमेश सुवेदीले गीत सुनाए :
सा“झको घाम डुबिसक्यो
यात्रा अझै बा“की नै छ
रात धेरै लम्बिसक्योयात्रा अझै बा“की नै छ ...।
उनीहरू सा“च्चि नै मनैले गाउ“छन्, मनका गीतहरू ।
No comments:
Post a Comment