Dec 20, 2008

विकलसँगका पल बिताएका
नरेन्द्र रौले
(स्वर्गिय रमेश विकललाइ भेटेर अन्र्तवार्ता लिने अन्तिम नेपालि पत्रकार म नै हो । उहाँ को निवासमा गएर तयार पारिएको अन्र्तवार्ता कान्तिपुर दैनिकको कोसेलिमा गत हप्ता प्रकाशित भएको छ । यो अनुभुति पनि आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।)
हँसिलो मुद्रा, सेतो पछ्यौरा ओढेर सेतै टोपी लगाएको, डायरीमा हातहरू चलमलाइरहेको तस्बिरमा एक साताअघि यसै दैनिकमा रमेश विकलबारे लेख छापिएको थियो । अस्पतालको शय्यामा विकलले पढ्न पाउनुभयो-भएन थाहा छैन । छापिएको साता दिन नबित्दै तिनै विकल सधैँका लागि टाढिए । एक महिनाअघि आरुबारीस्थित उनको निवासमा पुग्दा उनी छतको पारिलो घामतातिरहेका थिए । केही समयपछि उनले लगे, जहाँ उनले बनाएको पोर्टेटले एकोहोरो हामीतिरै नियालिरहेको थियो । २० वर्षको उमेरदेखि लेख्न थालेका विकलले बाल्यकाल सम्झँदै भने, 'गाउँमा बूढापाकाले रमाइला कथा सुनाउँथे । हजुरआमाले घरमा सुनाउनुहुन्थ्यो । म आफ्ना साथी बटुलेर तिनै कथामा नयाँ कुरा मिसाएर सुनाउँथे, पछि तिनै कथालाई निगालाको कलमले रूखबाट बनाएको मसीमा चोबेर लेख्थँे ।'छुट्ने बेला विकलले फेरि भेट्ने वाचा गरेका थिए, 'अर्को दिन दिनभरि बसेर गफ गरांैला है ।' सात दिन नबित्दै उनले संसार छाडे । बुधबार मध्याह्न एफएममा निधन भएको खबर पत्याउनै सकिनँ । उनीसँग भएको कुराकानी झलझली सझिरहें । सँगै बसेर खिचेको तस्बिर हेरिरहें । लाग्यो, विकल सामुन्ने बोलिरहेका छन् । मनका कुरा साटिरहेका छन् । विकलले साहित्यलाई कहिल्यै पेसाका रूपमा लिएनन् । साहित्य पेसा बन्न सक्दैन भन्ने धारणा राख्थे उनी । देशको राजनीतिक, सामाजिक र आर्थिक विगति हटाउन र जागरणका लागि आफूले लेख्ने गरेको उनले बताएका थिए । 'साहित्य पेसा होइन, सेवा र साधना हो,' उनी भन्थे । विकलको लेखनमा सधैं गरिब र निम्न वर्गका पात्रले स्थान पाउँथे । मधुमालती, लुखुर,े सडक बढार्ने न्हुछेमाया चटरी पसल्नी, काइली अजी, द्वारे बा, घमाने, खलाल, रामवीरे, मन्दिरअगाडि उभिएर फूल दिने प्रतिमा सबै उनका कथाका पात्र हुन् । राम्रो साहित्य सिर्जना गर्न विषयवस्तुको ज्ञान, छनोट, साधना र सीपको आवश्यकता हुनुपर्छ भन्थे उनी । विशेषगरी कथा लेखनमा प्रसिद्धि कमाएका विकलले उपन्यास, नाटक, नियात्रा र बाल साहित्यमा कलम चलाए । उनका उत्कृष्ट कथालाई 'अ लिफ इन बेगिङ् बोल' का नाममा लेखिका मञ्जुश्री थापाले अंग्रेजी अनुवाद पनि गरेकी छन् । पछिल्लोपटक उनले मेरी शेली -पिबी शेलीकी श्रीमती) को विज्ञान उपन्यास 'याङ्कस्टेइन' लाई नेपालीमा भष्मासुर नाममा अनुवाद गर्दै थ्ािए । उनी निरन्तर जीवनी लेख्ानमा डुब्न चाहन्थे, अचानक गति रोकियो । मृत्युले उनको बाटो छेकेर आफूसँगै लग्यो । उनलाई सोधें, 'सँसार छाड्नुअघि के गरेर जान पाए हुन्थ्यो जस्तो लाग्छ ?' उनले भने, 'साहित्य सिर्जना गर्दागर्दै जान पाए हुन्थ्यो ।' नभन्दै त्यस्तै भयो ।

No comments: