Dec 11, 2008

अचानक भेट
बिहानै सुबास आगमन जि लाई फोन गरेर सोधे । आजको प्रोग्राम के छ भनेर । नेपाल टुरिजम बोर्ड र सभाग्रिह मा अन्तरास्टिय फिल्म फेस्तटी बलमा जाने कुरा गर्नु भयो । खाना खाएर म पनि त्यतै लागे । मान्छे हरुको भिड लागेको थियो । कोही चिनेका कोही नचिनेका भेटिए । प्रोग्राम ओपेनिङमा बसे । दिपक रौनियारको डकुमेनट्री हेरे । आधा घण्टा को थियो । सकिएपछी बाहिर आएर चिया लिए । अचानक भेट भयो रेडियो नेपाल का अमर लामा दाई सँग भेट भयो । उहा सँग कुरा गर्न नपाई कनकमणी दीक्षित सँग गफ गर्न गए । जनआ न्दोलनका घाइते हरुका बारेमा हिमाल खबर पत्रीकामा रिपोर्टिङ गर्न भन्नु भयो । हुन्छ भने । त्यै भिडमा एउटा खोजी राखेको मान्छे लाई पनि भेटे । हसिलो अनुहार,गोरो बर्ण,मोटो जिउ थियो । मैले फोटो मा मात्र देखेको थिए उहालाई । पोपुलर लेखक मन्जुश्री थापा उहा नै हो भन्ने ठम्यौन मलाई गाह्रो भएन । एक्छिन कुराकानी । छिट्टै उहालाई भेटेर अन्तर्वाता लिनेछु । अहिले उहाका पुस्तकहरु पढिरहेको छु ।

No comments: