Dec 5, 2008

रुघासँग प्रेम
यो रुघाले पनि मलाइ कहिल्यै छोडेन । कस्तो माया लागेछ म सँग यसको । मानौँ कुनै प्रेमिले आफ्‍नी मायालु लाइ चपक्क अँगालोमा कसे जस्तै । एकछिन पनि टाढा हुन नसकेझै । रुघाले मलाइ एकोहोरो माया गरिरहेछ लभको लागी 'पर्पोज' हानिरहेछ । तर मैले भने उसको 'पर्पोज'लाइ रिजेक्ट गरिरहेछु । रिजेक्ट गर्न कहिल्यै डिकोल्ड खान्छु,कहिल्यै मेडिकलका चकलेटहरु तर ? असफल । उसकै जीत हुन्छ मेरो हार । कहिलेकाँहि लाग्छ किन बेकारमा सधैँ पैसा खर्च गरिरहनु ? यसको पर्पोज ओके गरुँ । तर सक्दिन । नाकबाट एकोहोरो बगिरहने सिँगान पुछ्‍दा पुछ्‍दा रुमाल भिजिसक्यो । कानहरुले सुन्न पनि छोडिदिन्छन् । पढ्‍लेख गर्न गार्‍हो हुन्छ । अनि मैले कसरी उसको पर्पोज ओके गरुँ ? तिमी नै भनिदेउ ए रुघा म कसरी तिम्रो पर्पोज ओके गरुँ ? तपाइहरुलाइ पनि यसरी कसैले एकोहोरो माया गरेको छ ?

No comments: