Nov 7, 2008

हटेरुको लस्‍कर
(नरेन्द्र रौले )
(नाटक देखाउन काठमाडौ छिरेका कणालीका युवा युवती सँगको कुराकानी)
श्रीनगर-९, गमगढीको इमा गाउ“की हुन्, माया खड्का, १९ । चार महिनाअघि काठमाडौ“ पसेकी माया जन्मथलो पुग्न आतुर छिन् । राजधानीको परविेश उनलाई त्यति मन परेको छैन । सहरको धूलो, धूवा“, होहल्ला र भीडभाडदेखि टाढा श्रीनगरको चिसो हावा र पानी पिउन चाहन्छिन् । असोजको पहिलो साता गुरुकुलको कुनामा स्थानीय लवजमा गुनासो गरनि् उनले, "काठमाडौै“ आएको तीन महिना भयो । त्यति राम्रो लागेन । मान्छे पनि फरक रहेछन् । यिनका दिक्काइले मेरो दिमाग तातिहाल्यो । कहिले घर जाउ“ला भन्ने भइगयो ।"मुगुको गमगढीकी सावित्री मल्ल पनि राजधानीमै छिन् । श्रीनगर गाउ“बाट काठमाडौ“ आइपुग्दा सुरुमा उनलाई रमाइलो लाग्यो । विस्तारै उनमा सहरप्रतिको मोह घट्दै गयो । अहिले त उनलाई घर पुग्ने हतारो छ । भन्छिन्, "घरको साह्रै सम्झना आइरहेको छ । जतिखेर पनि चिन्ता लाग्छ । घर कहिले पुगौ“ला भन्ने सोचेकी छु ।"सावित्रीको घरदेखि तीन घन्टा टाढा छ, राराताल । स्कुल, कलेज पढ्दा थुप्रैपटक वनभोज खान रारा पुगेकी छन् । राराको किनारमा ओखर फुटाएको, काफल र गचे“लो टिपेर खाएको बिर्सर्ेे छैन । राराले छाल हानेझ“ै गाउ“घरको सम्झना उनको मुटुमा उर्लिरहेको छ । माया र सावित्रीजस्तै कर्ण्ाालीको मुगुबाट एक दर्जन युवकयुवती गत असारमा राजधानी आइपुगे । उनीहरूको उद्देश्य थियो, नाटक खेल्न सिक्ने, नाटक देखाउने र मुगुमा नाटकघर बनाउने । दर्ुइ महिनासम्म गुरुकुलको सान्निध्यमा धेरै कुरा सिके उनीहरूले । फर्केर जाने बेला नाटक देखाउन भनेछन्, निर्देशक सुनील पोखरेलले । कर्ण्ाालीकै विषयवस्तुलाई लिएर नाटक तयार भयो । सुरुमा 'हाट' शर्ीष्ाक दिएर नाटक तयार भएको थियो । नाटक पर््रदर्शनको दर्ुइ दिनअघि त्यसको शर्ीष्ाक फेरयिो, 'कर्नाली दख्खिन बग्दो छ' । स्थानीय भाषामा भारतमा काम गर्न जानुलाई हाट जानु भनिन्छ । तिनै हाट जानेहरूको कथा छ यसमा । समग्रमा भोकमरी, अशिक्ष्ँा, गरबिी, बिजुलीबत्ती र स्वास्थ्य उपचारको अभाव, भौगोलिक विकटता, राज्यको कर्ण्ाालीमा कमजोर उपस्थितिलगायत अभावैअभावको पीडा बोकेको छ नाटकले ।दरिय, बिहान यै रारा तालमार्सर्ूय उदाउ“दाछन्दरिय, डा“फे, मुनाल कोइली चरीयै ठौर रमाउ“दाछन् ।यसै देउडा गीतमार्फ सौर्न्दर्यले भरपिर्ूण्ा रारातालको बखान गर्छन् कलाकारहरू । छम्छमी देउडा नाच्छन् । दर्शकहरू तानि“दै तानि“दै जान्छन् र पुग्छन् मुगुमै । कर्ण्ाालीको भाषा, भेषभूषा, कला र संस्कृति नाटकका आकर्षा बने । त्यसैले होला, गुरुकुलमा घुइ“चो बढेको । नाटक यति लोकप्रिय भयो कि निर्धारति मितिभन्दा दर्ुइ दिन लम्बियो । भीड दिनप्रतिदिन बढेको बढ्यै ।मुगुबाट पहिलोपटक काठमाडौ“ आउनेहरूमा कविराज भाम, नन्दकेशर भाम, दर्ुगा हितान, माया खड्का, हीरा बिजुली, सावित्री मल्ल थिए । सुमन मल्ल, मीन भाम, प्रेम रावलचाहि“ पहिले पनि आएका थिए । कोही यतै पढ्थे । कोही पढाइ पूरा गरी उतै गए । काठमाडौ“ पहिलोपटक आउनेहरूले नया“ अनुभव र ज्ञान बटुले । काठमाडौ“लाई सोचेभन्दा एकदम फरक र नौलो पाए, कार्कीबाडाका कविराज भाम, १८, ले । काठमाडौ“मा ठूलठूला महल देख्दा आर्श्चर्यचकित भए । भन्छन्, "यी महलहरू पनि मानिसले बनाएका हुन् भन्ने लाग्यो । दिमाग ठीक ठाउ“मा रहेन ।" कविराजस“ग पनि हाट गएको अनुभव छ । कामको सिलसिलामा भारत पसेका कविले १७ महिना कुल्ली काम गरे । ८ कक्ष्ँा पढेर छाडेका थिए उनले । "म अब ६ कक्षाबाट फेर िपढ्दैछु," जोसिलो पारामा भने । गाउ“मा भइदिएको बेला घास काट्ने, हलो जोत्ने र कुल्ली काम गररिहेका हुन्थे कवि । यता दिनको तीन/तीनपटक नाटक देखाइरहेका छन् ।भामबाडाका हीरा बिजुली १० कक्षा पढ्दा छाडेर हाट गए । द्वन्द्वले गर्दा गाउ“मा बस्न सक्ने स्थिति थिएन । चार वर्षभारतमा काम गर्दै बित्यो । लामो समयपछि फेर िफर्किए मुगुमै । चार्डपर्व र कसैको विवाह हु“दा उनी दमाहा र अन्य बाजा बजाउ“छन् । नून, तेल, मट्टीतेल ल्याउन चार दिन लगाएर दैलेखको चुप्रा बजार झर्नुपर्छ । यार्चागुम्बा टिप्न करान बेल्टका लेक चहारेका तिनैलाई अहिले काठमाडौ“ पाइलो टेक्दा नौलो लाग्यो । "मुगुभन्दा यहा“ धेरै सुविधा रहेछ । हामी त अभावमा बा“चेका मान्छे । तर, यहा“का केटीहरूको फेसन देख्दा त छक्कै परे“," हीराले आफ्नो अनुभव बाडे ।
जस्तोसुकै भूमिकामा जमेर मान्छेलाई हसाउन र रुवाउन सक्ने हीराको अभिनय धेरैले मन पराए । दीप्ति शेरचन नाम गरेकी दर्शकले डायरी उपहार दिइन् हीरालाई । लेखेकी थिइन्, "सात/सातपटक नाटक हेरे पनि मेरो तिर्खा मेटिएन । पहिले नै थाहा भएको भए अझै धेरैपल्ट हर्ेर्थें । एकदिन अवश्य तपाईंहरूलाई भेट्न मुगु आउनेछु ।" ग्यास, पेट्रोल, मट्टीतेलको अभावले ग्रस्त राजधानीको तुलनामा मुगु नै राम्रो लाग्यो उनलाई । भने, "स्वच्छ हावा, चिसो पानी पाइने आफ्नै गाउ“ठाउ“ रमाइलो ।"कर्ण्ाालीका किशोरकिशोरीहरूको मुगु जिल्लामा नाटकघर बनाउने योजना छ । त्यसो त ०५१ सालदेखि नै स्थानीय क्लबमार्फ गाउ“घरमा सांस्कृतिक कार्यक्रम देखाउने गर्थे उनीहरू । दर्ुइ वर्षघि गुरुकुलस“ग सल्लाह गरेपछि कर्ण्ााली थिएटर खोल्न सफल भए । सुमन मल्ल र मीन भामको अगुवाइमा गत वर्षथिएटर स्थापना भएको हो ।संविधानसभा चुनावताका गाउ“गाउ“ पुगी नाटक देखाएका थिए उनीहरूले । मेला, पर्व र विशेष अवसरमा जनचेतना जगाउने खालका नाटकहरू देखाउदै आएका छन् । यसपटकचाहि“ पहिलेभन्दा फरक नाटकको सैद्धान्तिक ज्ञान सिक्न उनीहरूले काठमाडौ“को यात्रा गरेका हुन् । दर्ुइ महिनासम्म लगातार नाटक सिके भने एक महिनासम्म नाटक देखाए । १२ जना विराटनगर र एक जना जाजरकोटका कलाकारलेे नाटकमा अभिनय गरेका थिए ।कर्ण्ाालीका कलाकारले कल्पनै नगरेका घटना भए काठमाडौ“मा । छतेलवाडा गमगढीकी दर्ुगा हितानले चलचित्र भोगमा गीत गाउने अवसर पाइन् । नाटकमा बज्ने गीतमा पनि उनको स्वर छ । कुशल अभिनय पर््रदर्शनका कारण हीरालाई पनि दर्ुइवटा फिल्ममा खेल्ने प्रस्ताव आयो । तर, उनले खेल्न मानेनन् । चलचित्रभन्दा नाटक खेल्नमै उनलाई रमाइलो लाग्छ रे † भन्छन्, "म रङ्गमञ्चमै रमाउ“छु । चलचित्रभन्दा बढी सूचना, ज्ञान, मनोरञ्जन नाटकले दिन्छजस्तो लाग्छ ।"कर्ण्ली कहिल्यै नदेखेका जाजरकोटका शेरजङ्ग शाह, २४ र विराटनगरका अस्मिना भट्ट, जानकी तामाङ, सीता न्यौपाने, दीपा पोखरेलले कर्नाली दख्खिन बग्दो छमा राम्रो अभिनय गरेर नौलो अनुभुति गरे । "सुरुमा अप्ठ्यारो लाग्यो । पछि विस्तारै सहज लाग्न थाल्यो । अभिनय गर्दागर्दै देउडा नाच्न र गाउन पनि सिक“े," शेरजङ्गले सुनाए । राजधानीको सुविधासम्पन्न जीवन बा“चिरहेकी दर्शक अचला पोखरेलले जब तुइन तर्दा नदीमा विद्यार्थी बगेको देखिन्, तब उनको मुटु सिरङि्ग भयो । भन्छिन्, "कर्ण्ाालीको पीडा सुनेका मात्र थियौ“ । नाटक हेरेपछि त्यही“ पुगेजस्तै लाग्यो ।" बिरामी मानिसको मृत्यु हु“दा आइमाईले शव बोकेको देख्दा पाटनकी सफला राजभण्डारी र साधना रसिालको मन खिन्न भयो ।कथाकार महेशविक्रम शाह नाटक हेरेपछि आसु पुछ्दै थिए । उनी हुम्ला र जुम्ला नपुगेका होइनन् । त्यस क्षेत्रका पीडा, समस्या र दुःखलाई लिएर कथा पनि लेखेका छन् । उनलाई फेर िमुगु, हुम्ला, जुम्ला पुगेजस्तो लाग्यो रे † प्राध्यापक डीपी भण्डारीलाई पनि नाटक उत्कृष्ट लाग्यो । भने, "अहिलेसम्म हेरेजतिमा सबैभन्दा मन पर्‍यो । अभिनय पनि राम्रो छ । त्यहाको वस्तुस्थितिलाई कलात्मक पाराले प्रस्तुत गरएिको छ ।" नाटक हर्ेदा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमका आखाबाट पनि आसु टल्पलाए । मन्त्री किरण गुरुङ, प्रदीप ज्ञवाली, मोदनाथ प्रश्रति, नरहर िआचार्य, महेश आचार्य, गगन थापा पनि स्तब्ध बने । र्दर्जनौ“ नाटकमा अभिनय गरसिकेका गुरुकुलका कलाकार कमलमणि नेपालले यसरी दर्शकहरू रोएको कहिल्यै देखेका थिएनन् । नाटक निर्देशक सुनील पोखरेल चाडै कर्ण्ााली जाने सुरसारमा छन् । एसओएस बालग्राम भक्तपुरका शिक्षक प्रकाश गजुरेलले कलाकारसामु आफूले चिनेको संस्थामार्फ अध्यारो कर्ण्ाालीलाई सोलार उपलब्ध गराइदिने वाचा गरे । भने, "योजना, नीति निर्माण बनाउने देशका ठूला बुद्धिजीवीले पनि नाटक हर्ेर्नुपर्छ र तिनको आखाबाट पनि आसु बगोस् ।"कर्ण्ााली त दुःख र पीडाको एउटा प्रतिनिधि हो । कर्ण्ाालीपार िबाजुराको बूढीगङ्गा र बझाङको सेती पनि यस्तै यस्तै पीडा र अभाव बोकेर बग्ने गर्छन् । बाजुरा, अछाम र बझाङ जनताको आसु बनेर बगेका छन् बूढीगङ्गा र सेती । नदी किनारमा 'हटेरु'हरूको लामो लर्को देखिन्छ ।

1 comment:

Sudip Kafle and Sujan Kafle said...

Nice blog!

You are invited to join Goreto.co.cc - the Nepali social bookmarking site. Its like digg, reddit and other such sites but users share news and urls mostly related to friend.

You may post links to the articles and stories from your blogs and other websites from the web. Vote for other's stories and I hope goreto will help you. Please visit goreto and register.