Nov 23, 2008

धेरै दिन भयो ब्लग मा लेख्न नसकेको । खासै ब्य्स्त पनि होइन,फुर्सद पनि छैन । हालै नेपाल साप्ताहिक बाट कान्तिपुर दैनिक मा जानु भएका दिपक अधिकारि दाई ले कोसेली हेर्नु हुने भएछ । मेरो लेखकहरु सँग राम्रो चिन्जान भएकाले अन्तर्वाता लिन भन्नु भयो । मन्जुश्री थापाको नाम दिनु भएको थियो । दुई दिन सम्म मन्जुश्री ले फोन उठाउनु भएन । तेस्रो दिन फोन उठ्यो । कुनै पुरुष को आवाज थियो । उहा त आजै बिदेश जानु भयो भन्ने खबर पाइयो । त्यस पछी मैले नयाँ लेखक सँग जाने भए । रमेश बिकल सँग अन्तर बार्ता लिसकेको छु । चाडै पाठक हरुले कोसेली को पाना मा पढ्न सक्नुहुनेछ ।

No comments: