Jun 29, 2009

बोल्ने कम्प्युटर
नेपाली ब्रेल सफ्टवेयर
नरेन्द्र रौले
यहाँ पत्रिकाको स्वरुपमा हेर्न सकिन्छ
http://www.kantipuronline.com/Nepal/show.php?&sid=4928
कम्प्युटरमा औला चलाए पनि लेखेको विषय थाह पाउदिन थिइन् ,गोटिखेल ४ ,ललितपुरकि निरा अधिकारी ३०, । न पढ्न सकिने, न हेर्न मिल्ने । कारण उनी दृष्टिबिहिन हुन् । लेखेको कुराको अत्तोपत्तो नपाउदा मन खिन्न हुन्थ्यो । निरा अब त्यो समस्याबाट मुक्त भएकि छिन् । केहि महिना अघि निमार्ण भएको न्याब नेपाली ब्रेल सफ्टवेयरले आशा जीवनमा आशा जगाएको हो ।

रहरै रहरले नौ बर्ष अघि सेनाको जागिरमा प्रबेश गरेका थिए कुसुन्ति ,ललितपुरका पवन घिमिरे ,२९ । राज्य र माओबादी बिच चर्किदो द्वन्द्वका बेला अचानक कालिकोट जानुपर्ने स्थिती आयो । अनि सुरु भए उनका कठिनपुर्ण दिनहरु । मिति कण्ठै छ ,०६० साल साउन २७ गते देखि उनका लागि संसार अँध्यारो बन्यो । कालिकोटको जुबिधा भन्ने ठाउमा माओबादी सँग भिडन्तमा पर्दा घिमिरेका दुइटै आँखा गुमे । त्यसपछि निराको जस्तै पीडा भोग्नुपर्‍यो । पहिले पहिले साथी भाइलाइ लेखहरु लेख्न लगाउने घिमिरे नया प्रबिधिको सुबिधाले आजभोली आफै लेख्न सक्षम भएका छन् ।
अंग्रेजीमामा नामकरण नेपाली टेक्सट टु स्पिच अर्थात् न्याब नेपाली ब्रेल सफ्टवेयर नेपाली युबाहरुले नै बनाएका हुन् । नेपालमा बनेर प्रयोगमा आएको यो पहिलो प्रबिधि हो । यस अघि काठमाडौ विश्वविद्यालयका एक विद्यार्थिले आफ्नो प्रयोगात्मक परिक्षाका लागि बनाए पनि त्यो प्रयोगमा भने आएको थिएन । दृष्टिबिहिनहरुको जीवनमा सहजपन ल्याउने अपेक्षाले सफट्वेयर निमार्ण गरिएको हो । यसका दुइवटा विशेषताहरु छन् । पहिलो देबनागरिक लिपीमा लेखिएको टेक्सट लाइ सिधै ब्रेल लिपीमा पि्रन्ट गर्न सकिन्छ र दोस्रो अक्षरहरु टाइप गरेपछि कम्प्यटरले त्यसको उच्चारण पनि गरिदिन्छ जसले गर्दा सहज वातावरणमा काम गर्न सकिन्छ । आफुलाइ मन लागेका विषय र अरु चिठीपत्र लेखन सँगै कार्यालयका काम अब दृष्टिबिहिनहरुले मज्जाले टाइप गर्न सक्ने भएका छन् । नेपाली सिक्न चाहने विदेसी र सामान्य पढलेख गरेका जुनसुकैले यसको प्रयोग गर्न सक्छन् । रोमन , नेपाली युनिकोड र नेपाली फन्ट तीनवटै माध्यमबाट काम गर्न सकिन्छ । यिं मध्ये जुनसुकै माध्यमबाट टाइप गर्दा कम्प्युटरले पढिदिन्छ जसले गर्दा गल्ति भएको ठाउमा सच्च्याउदै लेख्न सकिन्छ । आफन्त ,साथी भाइलाइ नेपालीमै इमेल लेख्न सकिन्छ ।
देशभरीका दृष्टिबिहिन जसले पनि आफ्नो चाहना अनुसार कम्प्युटरमा यो प्रोग्राम निशुल्क राख्न सक्नेछन् । त्रिचन्द्र कलेजमा नेपाली विषय लिएर स्नातकोत्तर तहमा अध्ययनरत बालकोट भक्तपुरकि गार्गी नेपाल ,२२ लाइ अहिले पढाइ सजिलो भएको छ । पहिला साथीहरुको आवाज रेकर्ड गरेर मात्र पढ्न सक्ने गार्गी अहिले आफै ल्यापटपमा नोट बनाउछिन् । पहिलाको जस्तो झन्झटबाट मुक्त भएकि छिन् उनी ।
घरमा कम्प्युटर र सामान्य खालको हेडफोन भएमा यसको सुबिधा लिन सकिनेछ । तर कुनै संघ संस्थाले चाहेमा नेपाल नेत्रहिन संघसँग निश्चित मुल्यमा किन्नुपर्ने बताउछन संघका अध्यक्ष नर बहादुर लिम्बु ,४५। अहिले सम्म राजधानिका एक दर्जन भन्दा बढि दृष्टिबिहिनहरुले यो सुबिधा उपभोग गरिरहेका छन् । राजधानि बाहिर पनि विस्तारै यसको प्रयोग विस्तार हुने क्रममा छ । करिब नौ बर्ष पहिला अपांगहरुको कार्यक्रममा जापान जाँदा नरबहादुरले यस्तै खालको प्रबिधि देखेका थिए । त्यहाका दृष्टिबिहिनले जापानि भाषामा यसै गरी पढेको देख्दा नेपालमा पनि यसको सुरुवात गर्न पाए भन्ने लागेको थियो । नभन्दै अहिले उनको सपना पुरा भएको छ । "अब हाम्रा लागि पनि निजामति सेवामा प्रबेश गर्ने बाटो खुलेको छ । यसअघि यो अबसरबाट बञ्चित थियौं । " खुसिको मुस्कान दिदै उनले भने ।
गत सोमबार महाराजगञ्ज स्थित नेपाल नेत्रहिन संघको कार्यालय पुग्दा निरा अधिकारी आफुलाइ मनपर्ने गीतहरु कम्प्युटरमा टाइप गर्दैथिइन् , उनले लेखेका प्रत्येक शब्द सँगै कम्प्युटरले उच्चारण गरिदिन्थ्यो । पहिले पहिले लेख्दा गल्ति लेखियो कि सहि लेखियो त्यसको भेउ नपाउने निरा सुनिने कम्प्युटरमा काम गर्न पाउदा हषिर्त छिन् । भन्छिन् , "अहिले म लोकसेवा आयोगमा शाखा अधिकृत पदका लागि लडिरहेकि छु । " जनप्रशासन क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकि निरा नेपाल नेत्रहिन संघमा कम्प्युटर इन्सट्रक्टरका रुपमा कार्यरत छिन् । त्यस्तै अर्का दृष्टिबिहिन नेत्रहिन क्रिकेटर संघका अध्यक्ष पवन घिमिरे सीपाहि,सिर्जना र अपांग आवाज जस्ता पत्रपत्रिकामा क्रिकेट सम्बन्धि लेखहरु लेख्दै आएका छन् । अब प्रोग्राम सुरु गरेदेखि अन्त्य सम्म नेपालीमै भनिदिए थप सहज हुने थियो भन्ने उनको धारणा छ । भन्छन् , "डिजाइनिङ ,एक्सल,पावरप्वाइन्ट लगायतका अन्य कामहरु पनि नेपालीमै गर्न पाए सहज हुन्थ्यो ।"

कम्प्युटर प्रोगामर धुब्र ज्ञवालि २४, साँढे तीन बर्ष देखि यो सफ्टवेयरको अनुसन्धानमा सक्रिय थिए । बिगतमा नेपाली टु ब्रेल कन्भर्टर बनाएका उनले ल्याएको यो प्रबिधि सफल भएको हो । उनका सहकर्मी नारायण गौतम,नवराज न्यौपाने र मनोज पौडेलको सहयोगमा साँढे तीन महिनाको प्रयास पछि बनेको हो । कम्प्युटरले दिने यो आवाज कल्पना घिमिरेको हो । छ लाख खर्च लाग्ने अनुमान गरिए पनि चार लाखमै निर्मित यो काममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले रु तीन लाख र विज्ञान तथा प्रबिधि मन्त्रालयले रु एक लाख दिएर सहयोग गरेको थियो ।

Jun 28, 2009

INTERVIEW-Nepal PM says Maoist peace process stalled http://www.reuters.com/article/asiaCrisis/idUSDEL492856

Thu Jun 25, 2009 10:47am

* Peace process "not moving forward smoothly"
* Future of Maoist fighters must be settled before new constitution is written (Adds details, quotes)
By Gopal Sharma KATHMANDU, June 25 (Reuters) - Nepal's new prime minister said on Thursday...";

Nepal's new prime minister said on Thursday a peace process that ended a deadly civil war in the Himalayan nation had stalled after Maoists quit the government in May.Madhav Kumar Nepal replaced Maoist Prime Minister Prachanda after the former rebel leader quit last month over his inability to sack army chief Rookmangud Katawal, who he had accused of not taking orders from the civilian government.The Maoists have since regularly obstructed parliament sittings, organised general strikes and burned the new leader's effigy in protests to press for the removal of the army chief."The peace process is stalled and it is not moving forward smoothly," the 56-year-old Nepal told Reuters in an interview at his red brick house."The Maoists want to show that they are honest about peace. But their behaviour is not so," Nepal said, sitting under photographs of people killed three years ago during protests against the now deposed monarchy."They need to transform and change their behaviour. Otherwise they will be isolated," he said of the former rebels.Analysts say the prime minister's comments highlight fears that growing lawlessness is taking hold in Nepal, threatening the economy as strikes hit businesses, as well as undermining the country's attempts to embrace democracy and a new constitution.The Maoists were not immediately available for comment but in the past they have promised not to desert the peace process.The Maoists ended their decade-long civil war under a 2006 peace deal, confined 19,000 former fighters in U.N. monitored camps and got the 239-year-old monarchy abolished after a surprise win in last year's elections.FUTURE OF MAOIST FIGHTERSNepal, a moderate communist, vowed to prepare a post-republic constitution by May 2010 as envisaged in the peace deal.But, the prime minister said, the future of the Maoist fighters must be settled before the new constitution was written."Otherwise, it will hamper the work in the constituent assembly," he said of the body dominated by the Maoists and tasked to prepare the new constitution.The future of former Maoist fighters is a tricky issue and some senior Maoists want them to join the army.Mainstream political parties, however, reject the Maoist demand, saying that the Maoist fighters were politically indoctrinated which would affect the neutrality of the army.Nepal said Prachanda had told him and other leaders that upto 5,000 Maoist fighters who fulfilled the recruitment criteria should be absorbed in the army."So, if their leader confirms that thinking then there is no question of integrating the total number of Maoist combatants in the army," Nepal said, adding that the rest would have to be given alternative jobs.Some army generals have also refused to accept all Maoist combatants into the force.The government will request the United Nations to extend its peace monitoring mission by six months after its mandate expires next month, he said, adding the rehabilitation of the combatants will be over by the end of the year. In the past, such deadlines had not been met.A loose alliance of 22 political parties in parliament elected Nepal the premier last month. But he is still struggling to cobble together a full cabinet, due to wrangling over positions among his allies."Keeping together a coalition with so many political parties with different philosophies and stands is very difficult," said Nepal, the country's 18th prime minister since 1990. (For the latest Reuters news on Nepal see: in.reuters.com; for blogs see blogs.reuters.com/in/)
(Editing by Alistair Scrutton and Sugita Katyal)

Jun 23, 2009

Nepal slashes fees to attract off-season climbers

By Gopal Sharma
KATHMANDU (Reuters) - Nepal has cut climbing fees for its mountains, including Mount Everest, to attract climbers during the off-season and revive tourism that was hit by a deadly Maoist civil war and political unrest, officials said on Friday.
Hundreds of foreign climbers each paying from $500 to scale a small peak to $25,000 for Mount Everest, the world's tallest at 8,850 meters (29,035 feet), flock to Nepal's Himalayas every year during the popular March-to-May spring climbing season.
Many of the 326 peaks opened to climbers are deserted during the rest of the year.
Tourism Ministry official Tilak Ram Pandey said the government had halved climbing fees for all mountain peaks for the autumn season, which runs from September to November.
Climbers in the winter season (December-February) and the June-August summer period need to pay only 25 percent of the normal fees, he said.
"The new rates, which have already become effective from July 16, are aimed at attracting more climbers to all mountains, including Mount Everest, even during the off-season," Pandey said on Friday.
Climbers generally prefer the spring because they get more daylight and warmer weather.
No climbing fees will be charged for five years for mountaineers wanting to climb any peak located in the country's remote and least developed far western region, said another official, Krishna Gnawali.
"This is a move to attract climbers to those areas so the poor people there can benefit from tourism," Gnawali said.
Climbing industry officials welcomed the decision, saying it could boost tourism in Nepal, home to eight of the world's 14 peaks above 8,000 meters.
"My hope is more and more people will come to climb beautiful mountains," said Dawa Steven Sherpa, chief of Astrek, which runs several trekking and adventure agencies.
Tourism accounts for about four percent of Nepal's GDP.
Officials say tourist arrivals in 2007 jumped 27.1 percent to 360,000 as visitors began to return to the scenic nation after the Maoists declared a ceasefire two years ago.
(Editing by Alistair Scrutton)

Jun 19, 2009

पहिले संस्कृत, पछि अंग्रेजी

"अंग्रेजीको जति अध्ययन गर्नुपथ्र्यो, त्यति नगरेकामा मलाई अझै पछुतो लाग्छ,"
अंग्रेजीमै विद्यावारिधि गरेर त्यसलाई दैनन्दिन नै बनाइसकेका जयराज आचार्य, ५७, को भनाइ हो यो । भानुभक्त आचार्यबारे बुबा नरनाथले लेखेको एउटा किताब जयराजको हातमा परेको थियो, सानै छँदा । यदुनाथ खनालले भूमिका लेखेको त्यो किताब देखाउँदै बुबा नरनाथ उनी जस्तै विद्वान् बन्न सम्झाइरहन्थे छोरालाई । यसरी जयराजको कलिलो मस्तिष्तकमा यदुनाथ 'रोल मोडल' बने । तनहुँको भानु गाविस 
स्थित भानु माविमा ७ कक्षा उत्तीर्ण गरेपछि थप अध्ययनका लागि जयराजले काठमाडौँ हान्निने मौका पाए । रानीपोखरी संस्  कृत पाठशालाबाट मध्यमा तहको पढाइ पूरा गरेर वाल्मीकि विद्यापीठमा भर्ना भए । वाल्मीकिबाट २५ वर्षको उमेरमा आचार्य उत्तीर्ण गरेपछि भने उनले बदलिँदो विश्व परिबेशमा अंग्रेजी भाषाको फैलिँदो महत्त्व बुझ्न थाले । त्यसपछि अंग्रेजीमैलाई मूल विषय बनाएर त्रिभुवन विश्वविद्यालयमा भर्ना भए, एमएमा । संस्  कृत पढेका जयराजलाई एक्कासि अंग्रेजी सिक्नुपर्दा गाह्रो भए पनि महेन्द्र विद्याभूषण पदक प्राप्त गर्ने परिणाम निकाले । यस परिणामले उनलाई अमेरिकाको जर्जटाउन पुर्‍यायो फुलब्राइट स्कलरका रूपमा । त्यहाँबाट उनले अंग्रेजीमै पीएचडी गरे । कालान्तरमा उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सल्लाहकार र तीन वर्षसम्म न्युयोर्कमा संयुक्त राष्ट्र संघका लागि नेपाली प्रतिनिधि बने । भन्छन्, "स्  नातकोत्तर तहबाटै भए पनि अंग्रेजी नसिकेको भए मैले यस्  ता अवसरहरू पाउने थिइनँ ।

०३२ सालमा गुल्मी रिडीको संस्कृत माविबाट पूर्वमध्यमा (एसएलसी) गर्दा कृष्ण ज्ञवाली, ४६, अंग्रेजीमा आफ्नो नाम मात्र लेख्न सक्थे । कालान्तरमा भने उनी अंग्रेजीमै बढी काम हुने अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख पनि भए । वाल्मीकि विद्यापीठमा शास्त्री पढ्दै गर्दा मात्र ज्ञवालीमा अंग्रेजी भाषाको भोक पलाएको थियो । त्यो भोक मेट्न उनी त्रिचन्द्र कलेजमा रात्रिकालीन विद्यार्थी भएका थिए, स्  नातक तहका । त्यसपछि अंग्रेजी भाषालाई स्  वअध्ययनको प्रमुख विषय बनाएका उनले त्रिविबाट राजनीतिशास्  त्र र जनप्रशासनमा एमए गरे । त्यसलगत्तै बेलायतको बर्मिंघम विश्वविद्यालयबाट पनि विकास तथा जनप्रशासनमा एमए गरे ।अंग्रेजी शिक्षक भएर संस्  कृत मावि, रिडी सम्म पुगे, जहाँ उनले अंग्रेजी सिक्न पाएका थिएनन् । त्यसपछि जागिरको सिलसिलामा अर्थ मन्त्रालय हुँदै वासिंटन डीसी स्थित् विश्व ब्यांक, दक्षिण अपिmका, राष्ट्रसंघ, कम्बोडिया, पूर्वी टिमोर, कोसोभोसम्मको यात्रा तय गरे उनले अंग्रेजी भाषाकै माध्यमले । रिडी क्षेत्रका जानेमानेका पण्डित ज्ञानेश्वर ज्ञवालीका छोरा कृष्णले काठमाडौँको संस्  कृत छात्रबासमा बस्  दादेखि भेटेजति अंग्रेजीका सबै किताब पढे । अंग्रेजी पत्रपत्रिकामा नबुझेका शब्दमा चिह्न लगाएर शब्दकोश हेर्ने बानी बसाए । तर, पढेर मात्र अंग्रेजी नबन्ने बताउँछन्, ज्ञवाली । भन्छन्, "निरन्तर लेख्नुपर्छ र लाज नमानीकन आफूभन्दा जान्नेलाई देखाउनुपर्छ ।"यसरी अहिले संसार चियाउने आँखीझ्याल बनेको छ, अंग्रेजी भाषा ।
अंग्रेजीमा दक्षता हुनेहरू 'ग्लोबल सिटीजन' बनेका छन् । उच्च अध्ययन, राजनीति, कूटनीति, वैदेशिक व्यापार, पत्रकारिता, पर्यटन, विज्ञान तथा प्रविधि अब अंग्रेजीबिना असम्भव भइसकेका छन् । त्यही भएर टोफल (द टेस्  ट अफ इङ्लिस एज अ फरेन ल्याङ्वेज), आईएलटीएस ( इन्टरनेसलन इङ्लिस ल्याङ्वेज टेस्  ट सिस्  टम), जीआरई ( ग्य्राजुएट रेकर्ड एक्जाम), जिम्याट (ग्य्राजुएट म्यानेजमेन्ट एडमिसन टेस्  ट)जस्  ता कोर्षहरू अनिवार्य भएका छन् । त्यसो त संस्  कृत पृष्ठभूमिबाट आएकाहरूले अंग्रेजी राम्रो बनाएको पाइन्छ । जस्  तो, सुरुमा
संस्कृत पढेका केशव भट्टराई बेलायतको प्रसिद्ध हल विश्वविद्यालयमा अर्थ तथा व्यापारशास्  त्र विभाग प्रमुख छन् । अमेरिकाको नर्थइस्  टर्न युनिभर्सिटीबाट अर्थशास्  त्रमा पीएचडी गरेका भट्टराईले केही समय त्यही विश्वविद्यालयमा प्राध्यापन गरेका थिए । वाल्मीकि विद्यापीठबाट संस्  कृतमा शास्  त्री भएपछि मात्र अंग्रेजी सिकेका उनी
अमेरिकाको, बेल्जियम, जर्मनी, चीन, अष्टे्लिया गरी एक दर्जन देशका विश्वविद्यालयका भिजिटिङ् प्रोफेसर पनि हुन् । भन्छन्, "०३३ सालमा संस्  कृतमा आईए पढ्दा नेपाल टप गरेर पाएको सात हजार रुपियाँले सानो पुस्  तकालय बनाएर अंग्रेजीलाई स्वअध्ययनको विषय बनाएको थिएँ ।" अहिले काठमाडौँमा खुलेका ल्याङ्वेज इन्सिट्च्युट्हरूमा प्लस टू पास विद्यार्थी मात्र होइन, उमेरले ५० नाघिसकेकाहरू पनि धेरै देखिन्छन् । बि्रटिस काउन्सिल र अमेरकिन ल्याङ् वेज सेन्टरले पनि एड्भान्स राइटिङ्, क्रियटिभ राइटिङ् र प्रोफेसनल राइटिङ् शीर्षकमा थरीथरीका कोर्षहरू सिकाइरहेको छ ।
अंग्रेजी भाषाले ल्याएको यो व्यापारकि अवसरलाई सबै इन्सिट्च्युट्हरूले सदुपयोग नै गरेका छन् भन्नेचाहिँ छैन । आरआर क्याम्पस अंग्रेजी विभागका पूर्वप्रमुख ऋषिकेश उपाध्याय भन्छन्, "कतिपय इन्सिट्च्युट्हरू भाषिक गुणस्  तरभन्दा चाँडो पैसा बटुल्ने ध्याउन्नमा छन् ।" उनका अनुसार, ज्ञानका लागिभन्दा प्रमाणपत्रका लागि दौड्नेहरू पनि उत्तिकै छन् । त्यसो त उपाध्याय
आफै पनि ढिलो अंग्रेजी सिकेका विद्वानमा पर्छन् । संस्कृतमा एमए गरेपछि मात्र उनले नेपाली र अंग्रेजी दुवैमा बीए गरेर एमए पढेका थिए, अंग्रेजीमा । भन्छन्, "ढिलो भन्ने अवधारणा नै गलत छ, सिक्नलाई केको उमेर ?" अंग्रेजीको यो हाइहाईमा संस्कृत भाषाप्रति आकषिर्त हुनेहरू पनि छन् । जस्तो, अंग्रेजी प्रमुख विषय लिएर स्नातक गरिरहेका आरआर क्याम्पसका सीताराम कोइराला वाल्मीकि विद्यापीठमा पनि भर्ना भएका छन् । भन्छन्, "संस्कृत पढेको कोही पनि बेरोजगार बस्  न पर्दैन । कि जागिर खाउँला, नभए कर्मकाण्ड गरौँला ।" वाल्मीकि क्याम्पसमा अहिले १ हजार १ सय २३ विद्यार्थी छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा करबि पाँच सय बढी हो । यहाँका दिवाकर आचार्य जापान र थानेश्वर तिमिल्सिना अमेरिका गएका छन्, भिजिटिङ् प्रोफेसरका रूपमा । सामाजिक र नेपाली विषय राम्रो पढाउने शिक्षकको खोजीमा रहेका बोर्डिङ् स्कुलहरू यही विद्यापीठ आइपुग्छन् ।