"बोर भयो होला है ?" घर बाहिर बरन्डामा म टोलाएर निकै बेर बसिरहँदा उसले भनि । "छैन ।" छोटो जवाफ दिएर टार्न खोजंे । एउटै घरमा बसेपनि धेरै पछि उसको र मेरो बोलचाल भएको थियो । खासमा उ मेरो घरबेटीको छोरी हो । रुबिना उसको नाम हो । पेशाले नर्स । आक्कलझुक्कल घरमै हाम्रो भेट हुन्छ । माथी घरको छत र ढोका बाहिर आउँदा जाँदा हाम्रो जम्काभेट हुन्छ । यसबाहेक हाम्रो भेट हुदैन । भेट्न पनि त कारण चाहिन्छ । भेट्न पनि त मौका चाहिन्छ ।
दसंै टिकाको दिन । के गरा,ंै कता जाउँ भयो । यसै टोलाएर बसिरहेको थिएँ । बेस्सरी च्यापेको ज्वरो र टाउको दुखाइ र रुघाखोकिले राम्ररी छोडेको थिएन । तैपनि मन चंगा थियो । "घर किन नगएको ?" उसले फेरी सोधी । "त्यत्तिकै । टाढा छ -बाजुरा) आउँन ,जान पनि दुख ।" जवाफ फर्काए । "के गरी बस्ने त ?" "म त जहा गएपनि एकान्तप्रेमी हो । मज्जाले पढेर बस्ने ।" उसलाइ सन्तुष्ट पार्न खोजें । तर असफल भए । "कति पढेको हो ?" उल्टै प्रश्न फ्याँकि । अघिल्लो दिन मलाइ काशिराज दाहाल ज्युको एसएमएस आएको थियो । हृयाप्पी दसै लेखिएको सन्देस थियो । कता कता मनमा लाग्यो ,टीका लगाउन दाहाल सरकै घरमा जानुपर्छ कि क्या हो । फोन गरेर सोधें । वेल्कम छ आउनुस् भन्नुभयो । मोबाइलबाट म लोकेशन माग्दै थिएँ । फेरी ठ्याक्कै ढोकामा आइ उहि रुबिना । अहिले उ बोलिन ,मात्र सुनिरहि । आँखा अगाडि घ्यार्र गर्दै बाइक आइपुग्यो । उनका बुुबाको पछिल्तिर बसेर सुइकेर कता लागि कता । थाहै पाइएन ।
दसैको पुर्ब सन्ध्यामा सिलाएका नया लुगा लगाएर म भने रातोपुल तिर लागें । हेडफोनमा दसैंका गीतहरु सुन्दै रातोपुल पुग्दा जताततै रातै रातै लुगा लगाएका , उज्यालो मुहार बोकेका थुप्रै मानिसहरु देखें । यसले मेरो मन पनि त्यसै त्यसै उमंगले भरियो । आखिर धन,पैसाले मात्र सुख,आनन्द कहाँ रहेछ र ?यस्तै सोच्दै हिडिरहें । मेरा आँखा बाटो माथीको एउटा घरमा ठोक्किए । आँगनबाट एक जना ब्यक्ति हात हल्लाइ रहनुभएको थियो । चिन्न गाह्रो भएन । उहाँ नै दाहाल सर हो भनेर । तीन जना दाहाल सरका भाइहरु,हजुरबुबा,हजुरआमा बैठक कोठमा बसिरहनु भएको थियो । पहिले सबै सँग चिनजान भयो । अनि भुइमा आसन जमाएर असि बर्षे हजुरबुबाको हातबाट टीका थापियो । आफ्नो घर नगएपनि खासै नरमाइलो अनुभूति भने भएन । झन् नया परिबेशमा रम्न पाउदा खुसि लागिरह्यो । एकैछिनमा माथी घरमा लगेर आफ्नो परिवार सँग चिनजान गराउनुभयो । धर्मपत्नि डा मञ्जु दाहाल पेशाले डक्टर हुनुहुदोरहेछ । लामो समय जापान बसाइ पछि स्वदेस र्फकनुभएको रहेछ । बिरामीले गर्दा बिच्छ्यौनामा पल्टिरहनुभएको थियो । हामीले थोरै कुराकानी गर्ने अबसर पायौं । बाहिर छतमा राखिएका कुर्सिमा बसें । गमलामा फुलेका रंगीबिरंगी फुलहरुमा मेरो मन अल्भिmरह्यो । त्यहीं मेरा लागी खाजा पनि आइपुग्यो । आफ्नो भोक मेटाएँ । फेरी तल बैठक कोठामा झरेर टिभी हेर्यौं । करिब २० मिनेट पछि त्यहाँबाट आफ्नो घरतर्फ लागें ।

No comments:
Post a Comment