नरेन्द्र रौले / दाङ
"बुबा, म भोली साँझ आइपुग्छु । साथीहरु सँग काठ ल्याउन जंगलतिर जानु छ । " बिहान परिवार सँग यसो भनेर बिदा भएका गोल्टाकुरी ८ कौवाघारी दाङका सोमराज नेपाली कहिल्यै घर फर्केर आएनन् । छोराको पर्खाइमा बसेका थिए उनका बुबा देब बहादुर । उनी त्यति बेला निरास बने जब आफ्नै

गोल्टाकुरीकै शुसिला नेपाली २२, आफ्नो बुबा निब बहादुर लाइ पर्खेर बसिन् । चाँडै फर्केर आउने आशा दिएका थिए उनका बुबाले । त्यसै दिन दिउसो गाउलेहरुको मुखबाट जब उनले बुबा बितेको खबर पाइन्, अनि भक्कानिएर रोइन् ।
घटना ०५९ साउन १६ गतेको हो । दाङको पश्चिमी क्षेत्र गोल्टाकुरीका तेह्र जना पुरुषहरु काठ ल्याउन जंगल तर्फ गएका थिए । उतै बास बस्ने सोचले सातु सामल पनि बोकेर लगेका थिए । हिडेको केहि घण्टामै उनीहरु नेटा भन्ने ठाउमा सेनाद्वारा पक्राउ परे । राजाकोटको टेलिफोन टावर नजिकै लगेर उनीहरुलाइ सामान्य सोधपुछ गरियो । अनि जे सोचिएन त्यहि घटना भयो । प्रत्येकलाइ आफ्नो कमिज खोल्न लगाइ ,आँखामा पट्टि बाँध्न लगाइयो । लहरै राखिएका तेह्र जनाहरुलाइ सेनाहरुले अन्धाधुन्ध फायर गरे । एक जना जना छबिराम सार्कीले दौडेर ज्यान जोगाउन सफल भए । बाँकी अरुको घटना स्थलमै ज्यान गयो ।
गोल्टाकुरी गाबिसको बंगालपुर गाउ पुग्दा सबैका निधारमा टिका लगाएको देखिन्थ्यो । आगनमा बालबालिकाहरु उन्मुक्त हाँसो हाँसिरहेका थिए । तर यहाँबाट ५ मिनेट मात्र टाढाको दुरीमा रहेको कौवाघारी पुग्दा खासै चहपहल देखिएन । तिहारले दैलोमा पाइला टेकिसक्यो तर त्यसको रौनकता नै छाएन । "तिहार आए जस्तो नै लागेन । मैले रोपेका फुलहरु पनि फुलेनन् ।" निकै भाबुक मुद्रामा देखिएकि सुसिलाले दुखेसो पोखिन् । आर्थिक अभाबकै कारण कक्षा ६ मै पढाइ छोड्न बाध्य भइन् उनी । उनी पछि जन्मिएका भाइ दिनेश १६,र बहिनी बबिता १८ लाइ पढाउन आमा साबित्रा कुबेतमा दुख गर्न बिबस भइन् ।
मृतक रेशम नेपालीका ३ वटा छोराछोरी अहिले सबैभन्दा बिचल्लीमा परेका छन् । ०५९ मा घटना हुँदा दुइ छोरी लुमा , मीना र छोरा अनिल सानै थिए । छोराछोरी कसरी पाल्ने भन्ने चिन्ताले

गएको बैशाखमा मृतक रमेश नेपाली कि श्रीमति लक्ष्मी बाहेक बाँकी ११ जनाका परिवारले राहतस्वरुप रु १ लाख पाए । जिल्ला प्रशासन कार्यालयमा रमेशको नाममा क्षतिपुर्ति रकम आएपनि लक्ष्मीलाइ उक्त रकम दिइएन । र फिर्ता भयो । कारण थियो एउटै घटनामा रमेश नाम गरेका दुइ जना पर्नु । "जिप्रका मा धाउनु धाइयो ,पैसा हात लागेन । अरु संस्थाले पनि पहल गरे तर केहि सीप चलेन ।" लक्ष्मीले भनिन् ।
"बजार तिर कस्तो रमाइलो छ । हाम्रो गाउमा त तिहार पनि आएन ।" देब बहादुर नेपाली, ५४ ले नमिठो मान्दै भने । देशमा शान्ति छाए पनि खासै गोल्टाकुरीमा त्यसको अनुभुति पाइदैन । अझै द्वन्द्वका आला घाउहरु मेटिएका छैनन् । त्रास बाँकी नै छ । सरकारले केही गरिदिन्छ कि भन्ने आश गाउलेहरुमा हराइसक्यो । उनीहरुको सामुहिक स्वरमा भन्छन्, शान्ति आएर पनि के गर्नु ? मर्ने र मारिने त जहिले पनि सर्बसाधारण नै हुन् । नेताहरु जहिले पनि कुर्सीका भोका छन् ।
बिभिन्न संस्थाहरुको पहलमा सिलाइ कटाइ तालिम सिकेका महिलाहरु घरमै ब्यबसाय गरेर सामान्य खर्च चलाउछन् । गाउकै स्कुलमा पढिरहेका डेढ दर्जन भन्दा बढी द्वन्द्व पिडीत बालबालिकाहरुले कापी, किताब र झोला बाहेक संघ संस्थाहरुबाट खासै सहयोग पाएका छैनन । "कापी,कलम र डे्रसको समस्या छ । महिनाको ५० रुपैया फिस तिर्न पनि कसलाइ भन्ने ?" बगुमाएकि प्रभा नेपाली, १३ ले भनिन् ।
गोल्टाकुरी घटनाको ठ्याक्कै १ बर्ष अगाडी -०५८ मंसिर १३) घोराहि नगरपालिका ३ बर्गदि, दाङमा पनि त्यस्तै घटना भयो । बर्गदिमा धान चुटिरहेका ११ जना थारु समुदायका ब्यक्तिहरु लाइ लाइन लगाएर सेनाले गोली हाने । घटनास्थलबाट १० मिनेट पर कटहिमा खेतमा काम गरिरहेकि थिइन् ,भौनि

०५८ मंसिर १३ गतेे कटहिमा निर्दोष ८ जनालाइ मारेपछि सेनाहरु घोराहि तर्फ फर्किए । रक्ताम्य भएर बाटोमा लडेका लाशलाइ काखमा लिदै आफन्तहरु बिलौना गर्न थाले । शरीरका गोली झिक्न थाले । गाउलेले लाश लिएर घर र्फकदै गर्दा फेरी सेनाहरु गाउ पसे । र गाडीमा राखेर मृतकहरुलाइ महेन्द्र अस्पताल घोराहिमा ५ दिन सम्म थन्क्याइयो । किरा परेर हातले समात्नै नसक्ने भएपछि बल्ल आफन्तको जिम्मा लाइयो ।
घटना पछि कटहिमा यति त्रास छायो कि घरमा ताला लगाएर सबै गाउलेहरु १२ दिन सम्म अन्तै भागे । अर्काको जग्गामा काम गरेर खाने यो सुकुम्बासी बस्ति फेरी चिन्तामा परेको छ । साहुहरुले प्लटिङ गरेर जग्गा बिक्रि गर्न थालिसके । "हामीले के खाने,के लाउने ? छोराछोरी पढाउनै धौ धौ भइसक्यो । " भौनि भन्छिन् । उनका एक छोरा बिनोद,१४ कक्ष्ाा ८ र मीना कक्षा १० पढिरहेका छन् । एसएलसि पछि उनीहरुको पढाइलाइ कसरी निरन्तरता दिने भन्ने चिन्ताले रातदिन सताउन थालेको छ ।
कलिलै उमेरमा श्रीमान् गुमाएपछि यहाँका अधिकांस महिलाहरुले सानै उमेरका छोराछोरी छोडेर अर्को बिहे गरे । जसका कारण बालबच्चाहरु बेसहारा बने । श्रीमान् गुमाएकि सुमित्रा चौधरीले घटना भएको २ दुइ महिनामै देउखुरीको केटासँग अर्को बिहे गरिन् । त्यतिबेला उनकि छोरी फुलपाति को उमेर जम्मा १ बर्ष मात्र पुगेको थियो । यता कटहिमा उनको दुइ तले सुनसान घर भत्कनै लाग्यो । भएजतिको जग्ग्ाा देवरहरुले खाइसके तर उनी फर्किनन् । ५ बर्षकि छोरी र २ महिनाको छोरा घरमै छोडेर सौडियार,दाङकै केटासँग पोइल गएकि सीतालाइ आफ्ना सन्तानको माया लागेन ।
गोल्टाकुरीमा झै कटहिमा पनि सयपत्रि र हजारी फुलहरु फुलेनन् । सबैका अनुहार मलिन थिए, निराशाको कालो छाया मडारिरहेको थियो । भबिष्य अन्योल थियो

दसै र तिहारमा आफ्ना गुमेका आफन्तहरुलाइ निकै सम्भिmए ,कटहीबासीले । बुबाको निधन हुँदा ८ बर्षकी मीनाले धमिलो सम्झना सुनाउदै भनिन्, "बुबा भएको कति रमाइलो हुन्थ्यो । पढ्न पनि मलाइ समस्या हुदैनथ्यो ।"
धेरै मीनाहरु सहयोगको आशामा पर्खिरहेका छन् ,यहाँ । फर्किदा भौनी चौधरीको एउटा वाक्यले निकै घोचिरह्यो । "लेखेर मात्र हुँदैन सर , छोराछोरीलाइ पढाइदिने ब्यबस्था मिलाइदिनुपर्यो ।" के गोल्टाकुरी र कटहिबासीको घाउमा कसैले मल्हम लगाइदेला ?
No comments:
Post a Comment