पिटरबाट प्रकाश
नेपाल धेरै विदेशी पर्यटक आउने मुुलुकमा पर्छ ।
पर्यटक भनेका साइबेरयिा वा तिब्बतबाट आउने शैलानी चराका

बथानज
स्तै हुन्, जो
सुन्दर ठाउँ
को दृश्यावलोकन गरेर एउटा निश्चित अवधिपछि फर्किन्छन्
। तर,
दक्षिण
कोरयिाको राजधानी सोलका पिटर
किम, ५४, भने अर्कै प्रजातिको चरा परेछन् । उनले
त नेपाल बस्नलाई नाम नै प्रकाश गुरुङ राखिसके ।
पहिलोपटक ०५० सालमा नेपाल आएका यी चिकित्सकलाई यो हिमाली देश यति मन पर्यो कि कसैले नेपाली भन्यो भने आनन्दले विभोर हुन्छन् । कहिलेकाहीँको आउजाउबाहेक १६ वर्षदेखि लगातार नेपाल बसेका पिटर किमले सेवालाई धर्म बनाएका छन् । यसबीचमा उनले काठमाडौँदेखि सुदूरपश्चिमसम्मका विभिन्न अपांग अस्पतालहरूमा पढाएका छन्, निःशुल्क । हरेक वर्ष १५ नेपाली विद्यार्थीका लागि छात्रवृत्ति जुटाइरहेका छन् । नेपालका अपांग विद्यार्थीका लागि केही गर्न उनले स्वदेशी साथी काङलाई पनि मनाएर त्रिभुवन विश्वविद्यालयमा एउटा विभाग नै खोल्न सघाएका छन् ।
No comments:
Post a Comment