
एयर होस्टेस बन्ने योजना बुनिरहेकी बीबीएस प्रथम वर्षकी यी छात्राले मिस नेवाः उपाधिसँगै ५० हजार रुपियाँ र ल्यापटप कम्प्युटर पुरस्कार पाइन् । प्रतियोगितामा सविना डंगोल र अलिसा श्रेष्ठ क्रमशः फस्ट रनरअप र सेकेन्ड रनरअप भएर ३० हजार र १० हजार रुपियाँ नगद पुरस्कार पाए । अलिसाले बेस्ट डे्रसको उपाधि पनि जितिन् । बिनु मानन्धर मिस ट्यालेन्ट, मनिका महर्जन उत्कृष्ट नेपाल भाषा, शिखा श्रेष्ठ मिस चार्मिङ्, सृष्टि श्रेष्ठ बेस्ट स्िकन, नीलिमा शाही पब्लिक च्वाइस कन्टेस्ट, सञ्जु रञ्जितकार बेस्ट स्माइल भइन् । यसैगरी, संगीता शाक्य बेस्ट हेयर, निकी श्रेष्ठ मिस पर्सनालिटी, अनुर मानन्धर मिस फोटोजेनिक र सरु श्रेष्ठ मिस डिसिप्लेन भइन् ।
प्रतियोगितामा ओखलढुंगाको प्रतिनिधित्व गरेकी वषर्ा राजभण्डारीलाई मिस ओखलढुंगा एम्बेसडर, तेह्रथुमकी शिखा श्रेष्ठलाई मिस तेह्रथुम एम्बेसडर र धादिङकी सरु श्रेष्ठलाई मिस धादिङ एम्बेसडर घोषणा गरयिो । रोहिया महर्जनको नृत्य संयोजन र रोजिन शाक्यको कोरयिोग्राफीमा सम्पन्न सो प्रतियोगिता आयोजक नेप्लिज फेसन होमकी सुविता राई भन्छिन्, "नेवार परविारमा हुर्केका किशोरीहरूले आफ्नो भाषा, संस्कृति, कला बिर्संदै गएकाले यस्तो कार्यक्रम आयोजना गरएिको हो ।"
नरेन्द्र रौले
No comments:
Post a Comment