Jan 3, 2010

मृत्यु इच्छा
नरेन्द्र रौले
(नेपाल साप्ताहिकमा प्रकाशित यो लेख पत्रिकाकै स्वरुपमा हेर्ने भए यहाँ क्लीक गर्नुहोस्,)
काठमाडौं सिरक ओढे मस्त निद्रामा सुतेको हुन्छ त्यहि बेला रातको बजे महांकाल ,बौद्धमा कलाकारमनुजबाबु मिश्रका आँखा खुलिसकेका हुन्छन् अनि नियमित रुपमा बाँसका कलम ,ब्रस रंगहरु सँग खेल्दैपेन्टिङ स्केच बनाउने उनको कर्म सुरु हुन्छ जीवनको लामो समय यसरी नै बित्यो मिश्रको

दसौं हजार स्केच त्यति नै संख्यामा पेन्टिङ ले भरिएको , मिश्रकला कुटी केहि समय यता भने स्वास्थ्यमा समस्या देखा पर्नथालेको कामको गति सुस्तरी अघि बढिरहेको आँखा कमजोर हुँदै गएका छन्, स्मरणशक्ति क्षिण बन्दै , घर भित्रै हिंडडुल गर्न पनि गाह्रो हुन्छ तैपनि सास रहुञ्जेल सम्म काम गर्छु भन्ने अझैं "अब धेरैमा एक, दुइबर्ष बाँच्छु होला " बाँकी जीवन तर्फ नियाल्दै मिश्र भन्छन् जीवनका ७४ बर्ष पार गरिसकेका मिश्र आफ्नो मृत्युअघि के गर्न चाहलान् ?
आफ्ना आँखा अन्धो ब्यक्तिलाइ दिने शरीर कुनै इच्छुक अस्पताल लाइ सुम्पिने उनको प्रमुख चाहना तिलगंगा आँखा अस्पताललाइ आँखा दान गर्ने कुरा कागज पनि गरिसकेका छन् तर मृत्युको त्यो दिन सबै जनाशोकमा रुन थाल्नेछन्, तिलगंगामा फोन गरेर आँखा झिक्नका लागी कसले डाक्टर बोलाइदेला भन्ने कुरामाउनलाइ चिन्ता आफ्नो शरीर पशुपतिमा जलाउन पटक्कै मन छैन बरु त्यसको सट्टा कुनै अस्पताललाइदिन पाए धेरै विद्यार्थीहरुले शरीरका अंगहरुबारे सि
क्न पाउथे भन्ने लाग्छ यस बारेमा कसैले चासो दिएका छैनन् शरीर दान दिने प्रक्रिया निकै टिल पनि रहेछ धेरै ठाउबाट स्वीकृति लिनुपर्ने त्यो झन्झट् गरिरहन अब मनुजबाबुलाइ समय पनि छैन
यतिबेला दुइ वटा किताब लेखिरहेका छन्,मनुजबाबुले
आर्ट अफ नन् युरोपियन कन्टि्र, ग्यान्जे स्कुल अफआर्ट दुइ वटै कला सम्बन्धिका किताब भएपनि बिषयबस्तुमामा अलिकति भिन्नता पहिलोले अपि|mका एसिया महादेसहरुमा ५०० बर्ष अघि कलाको अबस्था बारे चित्रित गर्छ दोस्रो किताबले, तिब्बतको ग्यान्जे भन्नेठाउ जहाँ नेपाली कलाकृति शैलीगतरुपमा अझैं जिवितै ,त्यसका बारेमा लेखिदैछ पेजहरु निकै भइसके तरकमजोर स्वास्थ्य स्थितिका कारण सिद्धिने छाँटकाँट नै छैन मृत्यु पुर्ब यिं किताबहरु सिध्याउन पाए ठुलै कामगरेजस्तो हुने थियो उनलाइ आजसम्म आर्जेको,सिकेको ज्ञान धर्तीमा छोडेर जान पाए भोलिको पुस्ताले पढ्नपाउने थियो भन्ने धारणा उनको

पैसा कमाउन बिक्रि गर्नका लागि कहिल्यै पेन्टिङ नगरेको बताउछन् मिश्र हुन उनका स्केचहरु २५ हजारदेखि ५० हजार सम्म बिक्रि भए लाख देखि १४ लाख सम्मका पेन्टिङहरु बिक्रि भए विदेसबाट धेरै पटक उतैबस्नका लागि आग्रह नआएका पनि होइनन् धेरै मौकाहरु आए
" ज्यादै राष्ट्रबादी मान्छे ,यो देश माटो छोडेरजाने कल्पना पनि गर्न सक्तिन " उनले भने उनमा माटो प्रतिको माया यति धेरै कि ,मृत्युपछि आफ्नो लास आफ्नै बगैंचामा गाडियोस् भन्ने इच्छा "२० फिट गहिरो खाल्डो खनेर मेरो लासपुरिदिनु त्यस माथी रुख रोपिदिनु बिरुवाको रुपमा बाँचिरहनेछु " आफ्नो मृत्यु इच्छा बारे मिश्रले चाहनाप्रकट गरे


जीवनको ९१ बर्षे उमेर पार गरिरहँदा राष्ट्रकवि माधब घिमिरेको सिर्जना यात्रा अनवरत रुपमा अघि बढिरहेको जतिखेर पनि
कविताकै मुडमा भेटिन्छन् निरन्तर साहित्य सिर्जनामै तल्लिन छन् हरेक बिहान पत्रिकापढेर,किताब पढेर समय बित्छ दिउसो तिर टेलिभिजन हेरेर समय कट्छ बर्ष भयो महाकाब्य लेख्न थालेकोअझैं पुरा भएको छैन अब एक बर्षमा पुरा हुन्छ कि भन्ने आश "क्लाइमेक्समा पुगिसक्यो अब एन्टिक्लाइमेक्समा जान्छु " घिमिरे भन्छन्

घिमिरेले लेखेको पहिलो कवि
ताबैराग्य पुष्प हो, जुन् १९९३ सालको गोरखापत्रमा छापिएको थियो फुटकररचनामा २००४ सालमा लेखिएको राष्ट्रिय झण्डा ले माधब घिमिरेलाइ चिनायो त्यहि सालमा लेखिएकोशोककाब्य गौरी ले उनको उचाइ चुलियो गौरी कलमको मसिले लेखिएको होइन,आँशुको मसिले लेखिन पुग्यो गाउमै छँदा १५ बर्षको उमेरमा उनको बिहे भयो ,जतिबेला उनकि धर्मपत्नि गौरीको उमेर १० बर्ष मात्र थियो जम्मा१३ बर्षको सहयात्रा पछि एकाएक गौरीले सधैंका लागि घिमिरेको साथ छोडिन् टाइफाइडले गर्दा उनको इहलिलासमाप्त भयो गौरीकै सम्झनाले सताउदा यो कृतिको रचना भयो जुन नेपाली साहित्यमा अत्यन्तै लोकपि्रयबन्यो स्वयं राष्ट्रकविले आफ्ना अनगिन्ती रचनाहरुको माझमा गौरी शोककाब्य अत्यन्तै रुचाउछन् तर एकान्तमा यो कृति पढ्न भने सक्तैनन् यदि पढ्न बसिहाल्यो भने पनि उनका आँखाका परेली भिजिदिन्छन्

डाँडापारीको घाम भइसकेको यो बेला लमजुङको बाहुनडाँडाका यादहरु राष्ट्रकविको दिमागमा बर्सिरहन्छन् पुस्तुनगाउ,बिचमा डाँडो,उत्तरतिर भिरालो ठाउ, मस्र्याङ्दी नदी सुसाइरहेको तस्विर अहिले पनि आँखाभरी आउँछ त्यहिपरिबेशमा साथीहरु सँग लुकामारी खेल्थे उनी खुब रमाइलो हुन्थ्यो थुपैै्र रचनामा जन्मभुमीका सम्झनाहरुपनि पोखेका छन् घिमिरेले
अझैंपनि सपनीमा झल्झली देख्छन् ,आफु जन्मेको पुस्तुन गाउमा पुगेको त्यहिंकोमाटोमा पाइलो टेकेको
घिमिरे सिर्जनामा तल्लिन छन् ,यद्यपि केहि रोगले च्यापिसकेको उनलाइ डायबिटिज ब्लड प्रेसरको ब्यथालेनिकै सताइरहेको नियमित औषधि सेबनले मात्र काममा सहजनपन ल्याउछ मनमा कुनै कुराले स्पर्शगर्नुपर्छ त्यसपछि केहि लेख्न तम्सिहाल्छन् कल्पनामा आउछन् धेरै चिजहरु बाँकी कतिपय समाजमा देखेभोगेका कुरा नै लेख्न मन लाग्छ यतिबेला उनले लेखिरहेको महाकाब्यऋतम्भरा सिध्याउन अझै एक बर्ष लाग्नेअड्कल काटेका छन् विज्ञान प्रबिधिले गर्दा संसार एक भइसक्यो तर मानिसहरु हृदय देखि एक हुनसकिरहेका छैनन् मनै देखि मानिसहरुलाइ कसरी एक बनाउने ,यसै बिषयमा महाकाब्य लेखिरहेका छन्राष्ट्रकवि
समकालिन साथीहरु महाकवि देवकोटा,सिद्धिचरण श्रेष्ठ लगायत चेलाहरु दौलतबिक्रम बिष्ट,रमेश विकल,बासु शसिलगायत अन्यले छोडेको धेरै भइसक्यो धेरै बाँच्छु भनेर पनि नहुँदो रहेछ ,चाहेर मर्न पनि नसकिने तैपनिजीवन प्राप्ति लाइ नै ठुलो कुरा ठानेका छन् उनले जन्म मृत्यु भगवान्कै हातमा हुन्छ जस्तो लाग्छ उनलाइ मृत्युलाइ जीवनको बिश्राम गहिरो निद्राका रुपमा परिभाषित गर्छन् उनी "मलाइ मृत्यु देखि डर लाग्छ त्यसैले अमर हुन मन लाग्छ " लरबरिएको स्वरमा राष्ट्रकविले मुख खोले मृत्यु अघि के गर्न चाहलान् राष्ट्रकविले ? भर्खरै लेखिरहेको महाकाब्य चाँडो सिध्याउने दोस्रो आफुलाइ मुलुकले दिएका दर्जनौ सम्मान्पत्र,पदक कसैलेसंग्रहालयका रुपमा रक्षा गरिदेओस् भन्ने इच्छा यदि अर्को जुनी पाउने भए उनी के बन्न चाहँदा हुन् ? "कविका रुपमा जन्मने शास्त्रीय संगित पनि सिक्ने " त्यस्तो ठाउमा जन्मन मन उनलाइ जहाँ घाम
जुन लागोस् त्यहाँ निकै रमाइलो रमाइलो हुन्छ रे

८९ बर्षको उमेर पुग्दा पनि नेपालका प्रथम कृषि प्रबिधिज्ञ हुतराम बैद्य बाग्मति बचाउ अभियानमा निरन्तरलागिरहेका छन् उनका बाल्यकालका धेरै सम्झना जोडिएका छन् बाग्मतिसँग बाग्मतिमा साथीहरु सँग पौडिखेल्थे,कतले माछा मार्थे मानिस मर्दा चोख्याउने काम पनि त्यहिं हुन्थ्यो स्वच्छ,निर्मल थियो पानी असन,इन्द्रचोकबाट मानिसहरु नुहाउनका लागी आइपुग्थे कसैले फोहर गर्दैनथे ०१६ पछि भने बागमतिको रुपबिग्रदै गयो त्यसैको संरक्षणमा उनले आफ्नो सिंगो जीवन खर्च गरे
त्रिपुरेश्वरस्थित् निवासमा आफ्ना बाँकी जीवनहरु पनि बाग्मति बचाउका लागि नै खर्च गरिरहेका छन् उनी सँगभएका बौद्धिक कुरा,ज्ञानको प्रयोग गरेर त्यो अभियानमा जुटेका छन् यतिबेला बैद्यले किताब लेखिरहेका छन् जीवनमा भोगेका,देखेका बाग्मति संरक्षणमा लेखिएको उक्त किताब ७० पेज लामो भइसक्यो पैसा दिएर एकजना टाइप गर्ने मानिस पनि राखेका छन् नाम नजुरेको त्यो किताबको बिषयसुचि मा मृत्युको सम्झना शिर्षक जसमा आफ्ना दाजु,नातेदार धाइ आमाको मृत्यु हुँदा खेरिका प्रसङग समेटिएका छन् धाइ आमा मर्दा खेरिडर लाग्दो सपना देखेका थिए उनले "सम्भबत बर्षपछि मलाइ पनि यमदुत बोलाउन आउछ होला मैले योसंसार छोड्नुपर्छ " आफ्नो बाँकी जीवन तिर र्फकदै बैद्य भन्छन् आफ्नो मृत्यु अघि उनी के गर्न चाहलान् ? अहिले सम्म लेखिएका नौ वटा अब आउनै लागेको पुस्तकबाट उठेको रकमले बाग्मति कोष खडा गर्ने क्याम्पसका विद्यार्थीहरुलाइ छात्रबृत्ति दिने आफ्ना किताबहरु विद्यार्थीहरुलाइ माझ बाँडिदिने जसले गर्दा अबकोपुस्ता बाग्मति प्रति सचेत बनोस् संरक्षणमा जुटोस्

६८ बर्ष लागेका पेशाले डाक्टर अञ्जनिकुमार शर्मा श्वासप्रश्वास रोगले पिडीत छन् हिंड्न पनि गाह्रो भइरहेको , महिना देखि कम्प्युटर सिकिरहेका छन् उनी अहिलेको समयमा प्रबिधिको ज्ञान नभए जीवन अधुरो हुन्छभन्ने लाग्छ उनलाइ यो रिटायर्ड जीवनमा आफन्त,साथी भाइलाइ भेटेर समय बिताउछन् शर्मा मुलुकका नामचलेका राजनितीज्ञ मनमोहन अधिकारी,तुलसि गिरी,किर्तिनिधि बिष्ट आदिको स्वास्थ्य परिक्षणमा धेरैपटकजुटेका शर्मा यतिबेला स्वास्थ्य सम्बन्धिका केहि किताबहरु पनि सम्पादन गर्दैछन्
मृत्यु देखि पटक्कै डराएका छैनन् यिं रिटायर्ड डक्टर बरु उल्टै छिटो आइदेओस भन्ने पो लाग्छ रे उनलाइ साँच्चै मृत्युपुर्ब के के रहरहरु साँचेका छन् उनले ? आफु जन्मेको सिराहाको भालुवाहि हेल्थ पोष्टमा एम्बुलेन्स औषधि दिने धेरै भन्दा धेरै त्यहाको बिरामीहरुको सेवा गर्ने

नेपालको पहिलो लाइब्रेरियन महिला हुन् ,बल्खु,काठमाडौंकि शान्ति मिश्र ७० ०१९ सालमा त्रिभुबनविश्वविद्यालयमा इतिहास पढाउथिन् शान्तिले त्यहि बेला अमेरिका गएर पुस्तकालय विज्ञान बिषयमा एमएपनि गरिन् नेपाल फर्किएर त्रिभुबन विश्वविद्यालयमा संस्थागत रुपमा पुस्तकालय सुरु गर्न निकै समस्या परेकोथियो किताबहरु जुटाउन बिभिन्न ब्यक्तित्व,शिक्षा मन्त्रि, राजदुताबासमा धाएकि थिइन् पछि देशकै ठुलो भब्य पुस्तकालय बनेपछि नेपालका गन्य मान्य ब्यक्ति डिल्लीरमण रेग्मी,हर्क गुरुङ,मनमोहन अधिकारी, शेरबहादर देउबा,केपी ओली हेर्नका लागी आइपुगे बिदेसबाट समेत थुप्रै शिक्षाविदहरुले शान्तिलाइ भेटेर उनकोकामको प्रशंसा गरेका थिए
शान्तिलाइ चिनाउने धेरै परिचय छन्, उनी प्राध्यापक,लाइब्रेरीयन लेखक हुन् एक मात्र छोरी प्रज्ञा अमेरिकाछिन् श्रीमान् नारायण सँगै आफ्ना बाँकी दिनहरु सिर्जनामै बिताइरहेकि छिन् फुर्सदमा गीत संगितसुन्ने,बगैचामा फुलेका फुलहरु हेर्ने,चरा उडेको हेर्ने, बगैचामा डुल्ने काम गर्छिन् संसार छोड्नु अघि शान्तिले केगर्न चाहलिन् ? "मुलुकका सबै जिल्लामा पुस्तकालय खोल्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागी छात्रबृत्तिदिने "

नेपालको पहिलो राजनीतिक दल खोल्ने व्यक्तिमध्येमा पर्छन्, रामहरि शर्मा, ९४ धर्मभक्त माथेमा, जीवराजशर्मा, टंकप्रसाद आचार्य दशरथ चन्दहरूसँग मिलेर शर्माले नेपाल प्रजापरष्िाद् बनाएका थिए राणाशासनविरुद्ध संघर्ष गर्दा १० वर्ष केन्द्रीय कारागारमा बिताए उनले उनी ब्राह्मण भएकाले मात्र मृत्युदण्डबाटजोगिएका थिए उनीसँगै राणाशासनको विरोधमा लाग्ने चार जना सहिदै भए

जनताको बलले समुन्नत सबल देश बनाउने लडाइँ लडेका शर्माको शरीर निकै कमजोर हुँदै गइसक्यो आँखादेख्न सक्दैनन्, जीउ दुख्छ घरबाहिर जान सक्ने स्िथति नभएकाले प्रायः बिछ्यौनामै भजन सुनेर समयबिताइरहेका छन् संसारबाट बिदा लिनुअघि उनको इच्छा के होला ? भन्छन्, "इतिहासका लेख्न बाँकी धेरै कुराछन् मसँग कोही लेख्ने मान्छे पाए सबै कुरा बताउने मन "
,


No comments: