Feb 13, 2010

पहिले पाठक पछि पत्रकार
नरेन्द्र रौले
"किताब र पत्रपत्रिका भने पछि पढ्नै झ्याउ लाग्थ्यो ।" स्कुले जीवनको स्मरण गर्दै उनले भने । काठमाडौ र वखलढुंगा दुबै ठाउमा स्कुल पढेका उनलाइ खासमा पत्रकारितामा त्यति रुचि थिएन । अर्के पेशा अंगाल्ने सोच थियो । कलेज पढ्न थालेपछि भने विस्तारै यतातिर ध्यान मोडियो । राजधानीबाट निस्कने दैनिक अखबारहरुमा पाठक प्रतिक्रिया लेखेर पत्रकारिताको दुनियामा प्रबेश गरेका कपन,काठमाडौंका आशिष लुइटेल,२२ यतिबेला सेलिबि्रटी पत्रकार बनिसकेका छन् । कयौं युवा युवति आशिषसँग अटोग्राफ माग्छन् । उनको एउटा लेख छापिने बित्तिकै सयौं इमेलको ओइरो लाग्छ । दिनहुँ नयाँनयाँ पाठकहरुको फोन, एसएमएस र प्रशंसा त कति हो कति ।

चाहना नहुँदा नहुँदै पनि पत्रकारिता गर्नुमा उनको अध्ययनशिल बानी नै हो । भारतीय लेखक चेतन भगतको फाइभ प्वाइन्ट्स समवन् पढेदेखि आशिषलाइ लेख्ने हुट्हुटि पैदा भयो । इलोक्टो्रनिक इन्जिनियर चेतनले लेखक बन्नकै लागी हुँदाखाँदाको जागिर त्यागेका थिए । यता काठमाडौ विश्वविद्यालय, धुलिखेलमा इन्जिनियरिङका विद्यार्थी आशिषलाइ चेतनका धेरै कुराले प्रभाब पार्दै लग्यो । 'विद्यार्थी आन्दोलनमाथी शाही सरकारले दमन गरेको' बिषयलाइ लिएर ५ बर्ष अघि पहिलो पाठक प्रतिक्रिया लेखेका आशिषले आफ्नो लेखनमा चेतनकै शैली र कथावस्तु पछ्याउन थाले । विशेष गरी शहरी युवा पुस्ता प्रति लक्षित गर्दै लेखिने उनका स्तम्भ र लेखहरुमा प्रेम, प्रबिधी, सेक्स, संगित, मोबाइल रमस्तिको कथाबस्तु भेटिन्छ । यस्तै बिषयलाइ लिएर पाक्षिक रुपमा कान्तिपुरको शुक्रबारिय अंक हेलो शुक्रबारमाछापिने उनको स्तम्भ जुन युवाहरुमाझ अत्यन्तै लोकपि्रय बन्दै गइरहेको छ















कुनै बिषयलाइ टपक्क टिपेर मीठो शैलीमा लेख्न सक्नु उनको खुबी हो । धेरै पाठकहरुको मन जित्न सफल हुनुको कारण पनि यहि होला । 'युनिक' लेखनशैलीको छाप छोडेका आशिषले हजारौं फ्यान कमाएका छन् । फेसबुक र ट्वीटरमा मात्रै ४ हजार भन्दा धेरैले उनलाइ पछ्याइरहेका छन् । आशिषका लेख र प्रतिक्रिया छापिएपछि प्रभाबित हुनेहरुले ल्यापटप,मोटरसाइकल जस्ता महंगा सामानहरु उपहार दिएका छन् । सुरुवातका दिनमा लेखहरु फ्याक्स गर्ने उनी अचेल कोठैम्ाा बसिबसि ल्यापटप सँग खेल्छन्, इन्टरनेटको दुनियामा संसार चहार्छन्, देसी,बिदेसी पत्रिका, म्यागेजिन र किताब छिचोल्छन् । काठमाडौ युनिभर्सिटिबाट बिइ अन्तिम सेमेष्टरको परिक्षा दिइरहेका आशिषले चारैतिरबाट आकर्षक तलब ,सेवा ,सुबिधा सहित जागिरको लागि अफर पाइरहेका छन् । अब चाँडै कुनै सञ्चार गृह सँग आबद्ध हुने तयारी छन् ।

स्कुल पढ्दा आशिष भन्दा अलि भिन्दै स्वाभाब थिए , मणिग्राम ९ रुपन्देही का प्रदिप बस्याल , १९ । हिमाल,नेपाल,अन्र्तराष्ट्रिय मञ्च जस्ता पत्रपत्रिका र अखबारहरु रुचिपुर्बक पढ्थे । भित्ते पत्रिका सम्पादन गर्थे । जिल्ला प्रसासन कार्यालयमा जागिरे बुबा खगेन्द्र प्रसाद बस्याल साहित्यकार पनि हुन् । बुबाले केहि साहित्यिक पत्रिकाहरुको सम्पादन गर्थे । प्रदिपले तिं पत्रिकाहरुमा नियात्रा, कथा , कविता र आफ्ना अनुभुतिहरु पोख्थे ।
जागिरको दौरानमा बुबाको जता सरुवा हुन्थ्यो प्रदिप पनि पढ्नका लागि त्यतै जान्थे । एसएलसि दिदा सम्म मात्रै उनले जम्मा आठ वटा स्Smुल फेरे ।

कक्षा १० पढ्दा खेरीको कुरा हो, जिल्ला प्रशासन कार्यालय, नवलपरासिमा जागिरे उनका बुबाको एकैचोटी सल्यान र म्याग्दीमा सरुवा भयो । एसएलसि नजिकिदै थियो, प्रदिप परीक्षाको तयारीमा ब्यस्त थिए । हठात् बुबाको सरुवाको खबरले उनीे तनाबमा परे । एकै चोटी दुइ ठाउ सरुवा गर्ने गृह मन्त्रालयको लापरबाहि बारे कान्तिपुर मा उनले पाठक पत्र लेखि पठाए । भोलिपल्ट छापियो । र त्यसले खुब चर्चा पनि बटुल्यो । राष्ट्रिय स्तरको पत्रिकामा आफ्नो नाम त्यसरी छापिएर आउँदा प्रदिपमा खुसिको सिमै रहेन । त्यो बेला पाएको हौसलाले निरन्तर उनले प्रतिक्रिया लेखिरहे । यतिबेला कान्तिपुर दैनिकको हेलो शुक्रबारमा स्तम्भकार बन्नुमा त्यसैको प्रतिफल ठान्छन् उनी । फिचर लेखनमा पनि उनले बिशेष जोड दिइरहेका छन् ।

"डेडलाइनमा काम गर्नुको मजा बेग्लै हुन्छ ।" प्रदिपले आफ्नो अनुभब सुनाए । हरेक हप्ता नयानया बिषय छानेर नियमित लेख लेख्नु उनको 'ड्युटि' बनेको छ । विज्ञान विषय लिएर काठमाडौको ह्वाइट हाउस कलेजबाट प्लस टु गरेका यिं तन्नेरी अब 'आइटि' बिषयमा उच्च शिक्षा हासिल गर्न चाहन्छन् । तर पत्रकारितालाइ 'जीवनबाट कहिल्यै अलग गर्न चाँहदैनन् ।' प्लस टु पढ्दाताका दुइ बर्ष होस्टेलको जीवन काट्न निकै सकस परेको थियो उनलाइ । "ट्वाइलेट गएर रुन्थें ।" कडा अनुशासनमा राख्न खोज्ने कलेजको नियमले बिरक्तिएका उनले भने । मनभरी लेख्ने इच्छा हुँदाहुँदै पनि लेख्न नपाएको त्यो समय त्यत्तिकै खेर गए जस्तो लाग्यो । यतिबेला भने स्वतन्त्रपुर्बक पत्रकारितामै लागेका बस्याल रमाइलो अनुभब गरिरहेका छन् । रिर्पोटिङ गर्न कहिले राजधानी ठमेलमा डुलिरहेका हुन्छन् त कहिले नवलपरासिको मगरगाउ हानिएका हुन्छन् । अझ रमाइलो कुरा त के भने तिं लेखहरु छापिए पछि आउने कमेन्टले त झनै उत्साह थपिदिन्छ ।

आफ्नै नाम पत्रिकामा छापिदा प्रदिपलाइ जति खुसि लाग्थ्यो बरिष्ठ पत्रकार ध्रुबहरि अधिकारी लाइ आफ्नो बुुबाको नाम पत्रिकामा छापिदा त्यति नै खुसि लाग्थ्यो । बिकट वखलढुंगाको टार केराबारीमा बाल्यकाल बिताइरहँदा नै गोरखापत्र पढ्ने मौका पाए । बुबा नन्दनहरी उपाध्याय 'ओखलढुंगे' गोरखापत्रको नियमित ग्राहक बनेका थिए । आफुले जाने , बुझेको , लागेको र चित्त नबुझेको कुरा हरेक चोटी पाठक प्रतिक्रिया का रुपमा नन्दनहरीको नाममा छापिएर आउँथे । अंकलहरुले भन्थे, "ल हेर , तेरा बुबाको लेख । तैले पनि लेख्न ।" बुबाले लेखेका चिठीहरु खसाल्न धेरै चोटी ध्रुबहरि हुलाक सम्म पुगे । बाल्यकाल देखिको गहिरो प्रभाब उनको पत्रकारिता जीवनमा पनि देखियो ।

०२८ देखि ०३६ सालको बिचमा राइजिङ नेपाल, गोरखापत्र,समिक्षा, राष्ट्रपुकार , नयासन्देस पत्रिकामा शिशिर बाबु, बिशालनगर नाम ठेगाना उल्लेखित एक जना पाठकले लेखेका प्रतिक्रियाहरु खुब चर्चामा थिए । भारतबाट प्रकाशित द टाइम्स अफ इन्डिया , स्टेट्सम्यान्, मा पनि सोहि पाठकका प्रतिक्रिया त्यतिकै मात्रामा छापिन्थे । अझ रमाइलो प्रसंग त राष्ट्रिय सभागृहमा गोदावरी अल्मनाइजेशन्ले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा एउटा प्रश्न सोधियो, शिशिर बाबुको नामबाट प्रतिक्रिया लेख्नेको ठेगाना बताउनुस्, सहभागी मध्ये कसैले बिशालनगर भन्ने जवाफ दियो । त्यो सुनेर कार्यक्रम हेरिरहेका धु््रबहरी निकै खुसि बने ।
कारण आठ बर्ष सम्म छद्म नाम प्रयोग गरेर स्वदेसी , बिदेसी पत्रिकामा लेख्ने उनै धु््रबहरी थिए । जो पछि गएरगोरखापत्र देखि बिश्वप्रसिद्ध इकोनोमिष्ट , द न्युयोर्क टाइम्स , लसएन्जल्स टाइम्स , टाइम , आउट्लुक,योम्युरीसिमोन् र रोयटर्स तथा बिबिसी , आइपिएस् जस्ता नाम कहलिएका समाचार एजेन्सीमा काम गर्न पुगे पत्रकारमा मात्र सिमीत नबनेका उनी लेखक, बिश्लेषक , प्रशिक्षक समेत बने । रातारात उनलाइ यो सफलता भने मिलेको होइन । स्कुल ,कलेज पढ्दा , खाजा खर्च कटाएर , पत्रिका र किताब किन्थे , रात दिन त्यसैमा घोत्लिन्थे । बि्रटिस राजदुताबासको पुस्तकालयमा घण्टौं समय बिताउथे । आफ्नो नाममा प्रतिक्रिया लेख्दा नछापिएला र बिबाद होला भन्ने डरले छद्म नाम प्रयोग गरेर पाठक पत्र लेख्थे । त्यसैको परिणाम हो , आज उनी जे छन् । २००४ साल देखि ०५३ सम्म बाँचुञ्जेल उनका बुबा नन्दनहरीले गोरखापत्रमा प्रतिक्रिया लेखिरहे । तिनै मध्येका दुइ सय वटा पत्रहरु छानेर नन्दनहरीको नाममा सम्पादकलाइ चिठ्ठी पुस्तक प्रकाशित भयो , जुन किताबको सम्पादन उनकै छोरा धु््रबहरीले गरे । पत्रकारिता सम्बन्धि केहि किताबको लेखन र सम्पादन गरिसकेका ध्रुबहरि भन्छन्, " एउटा राम्रो पत्रकार र लेखक बन्नुमा राम्रो पाठक हुनैपर्छ । "

द राइजिङ नेपालबाट २३ बर्षे उमेर पत्रकारिताको करिअर सुरु गरेका थिए , सन् २००२ का रामन म्यागासेसे पुरस्कार बिजेता भारतदत्त कोइराला ले । राइजिङ नेपाल छाप्ने तरखर हुँदै थियो । बि्रटिस राजदुताबासको जनसम्पर्क बिभागमा समाचार अनुबादकको काम गरिरहेका कोइरालालाइ अंग्रेजी राम्रो लेख्न सक्ने पत्रकार भन्दै तत्कालिन सरकारले मासिक रु ६०० पाउने गरी द राइजिङ नेपालमा प्रमुख सम्बाददाताका रुपमा नियुक्त गरेको थियो ।
दस बर्ष राइजिङ नेपालमा काम गरेका कोइरालासँग पाठक पत्र लेख्दाका रोचक अनुभूति छन् । भर्खरै सुरु गरेको अंग्रजी दैनिक द राइजिङ नेपालमा लेटर टु एडिटर सुरु त गरियो तर अंगे्रजी पत्रिकाका पाठकहरु सिमित भएकाले यो स्तम्भमा चिठी नै नआइदिने समस्या आइलाग्यो । अनि त हरेक दिन आफुले लेखेका समाचारमा नियमित जसो आफैले प्रतिक्रिया लेख्नुपथ्र्यो । कहिल्यै चित्त बुझेको त कहिल्यै राम्रो नलागेको भन्दै । "आफ्नै समाचार माथीको टिप्पणी आफैले गरेको प्रतिक्रिया भोलीपल्ट छापिदा अनौठो महशुष हुन्थ्यो । " कोइराला सम्झन्छन् । रमाइलो पारामा उनी भन्छन्, " लेटर टु एडिटर सुरु गरेको , यो त लेटर प|mम द एडिटर पो भयो ।" द राइजिङ नेपाल प्रमुख सम्बाददाताका रुपमा १० बर्ष काम गरेका कोइराला पछि गोरखापत्रमा सम्पादक हुँदै गोरखापत्र संस्थानको अध्यक्षको पनि सम्हाले । यस बिचमा विदेसबाट अनुभबि पत्रकारहरु मगाएर नेपाली पत्रकारलाइ तालिम दिलाउने , प्रेस स्वतन्त्रताका पक्षमा आवाज उठाउने, र ग्रामिण पत्रकारिताको विकासमा जोड दिने सम्मका काम गरे । फलस्वरुप एसियाकै नोबल पुरस्कार द्वारा उनी सम्मानित बने ।

जनकपुरमा जन्मेर बनारसमा हुर्केकी इला शर्मा, ४५, का पिता माधवप्रसाद शर्मा बनारसमै बिपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालासँग मिलेर छापाखाना चलाउँथे । यसरी लेखक, साहित्यकारको सान्निध्य पाएकी इला सानैमा गोर्खाली, युगवाणी, मानुषी, प्याटि्रयट, द टाइम्स अफ इन्डिया जस्ता पत्रिका चाटिचुटी पढ्थिन् । तवलिन सिंह, शोभा डे र खुस्वन्त सिहंका स्तम्भहरू भरसक छुटाउँदिन थिन् र आफूलाई लागेका कुरा पाठक प्रतिक्रियामा पठाउँथिन् ।

बनारस हिन्दु विश्वविद्यालयकी बिएस्सी र एलएलबी इला वकिल बन्न चाहन्थिन् । आमा डाक्टर बनाउन चाहन्थिन् । तर, निरन्तरको लगाबले उनलाई पत्रकारितातिर डोर्‍याइदियो । नेपाल प्रेस इन्स्िटच्युटबाट पत्रकारिताको तालिम लिएकी इला २१ वर्षको उमेरमा नेपाल आएपछि इन्टर्नसिपका लागि द राइजिङ नेपाल पुगिन् । तत्कालीन सम्पादक श्याम केसीले उनको राम्रो अंग्रेजी देखेर स्थायी नै बनाइदिए । यसरी द राइजिङ नेपालमा चौध वर्ष बिताएकी उनी भन्छिन्, "अमेरिकी राजदूतावास, युनएनडिपी र एक्सन एडमा कामको भन्दा मलाई द राइजिङ नेपालमा बिताएको समयले नै बढी सन्तुष्टी दिएको छ ।" पत्रकारिता पेसामा लागेकोमा उनलाई खासै पछुतो पनि छैन ।

कुनै बेला त्रिचन्द्र कलेजमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहका विद्यार्थी छँदा सुशील शर्माले पनि द राइजिङ नेपालमा खुबै पाठक प्रतिक्रिया लेख्थे । दुई वर्षसम्म आफूलाई लागेका, छोएका वा चित्त नबुझेका प्रतिक्रियाहरू लेखेपछि पत्रिकामा रुचि यति बढ्यो कि शर्माले पछि त्यही पत्रिकामा दरखास्त हालेर जागिर पनि पाए ।

आठ वर्षसम्म अंग्रेजी दैनिक राइजिङ नेपालमा काम गरेका शर्माले पछि द काठमाडु पोष्ट, स्पटलाइट हुँदै बिबिसीसम्मको यात्रा गरे । उनीसँग पहिले पाठक प्रतिक्रिया लेखेको हुनाले पछि पत्रकार हुन सहयोग पुगेको अनुभव छ । बिबिसीमा उनले बिताएका तेह्र वर्षमध्ये १० वर्ष अंग्रेजी सेवामा बित्यो । भन्छन्, "पत्रकारितालाई पेशा बनाएको मलाई गर्वसँगै सन्तुष्टि पनि छ ।"



1 comment: