Mar 5, 2010

परीको अधुरो कथा

भेट् हुनु पनि एउटा संयोग होला सायद, मेरो जिबनमा पनि एउटी परीकोसंगको भेट थियो, निलो स्वछन्द आकाशमा कतै कतै बादलको झुप्पा त्यही बादल भित्र हराउदै लुकामारी खेल्दै उडी उडी नाच्दै थिईन् l संसारकै सबै भन्दा खुशी परी जसलाई दुख,पिडा,वियोग,बिछोड केहि थाहा थिएन तर त्यस्तो बज्रपात पनि आउदो रहेछ जसको महसुश पनि थिएन होला उसलाई तर समय यस्तो आउदो रहेछ कि नसोचेको बेला थाहानै नदिई कता बाट हो एकास्सी जिन्दगीमा ग्रहण लग्यो यस्तो आंधिबेहेरी आयो जसले बर्सौदेखि देखेका सपनाहरु सबै उडाएर लग्यो कति रहरले साजाएको मायाको संसार त्यही प्रलयमा भस्म भयो l

परीको सानो रमाउने रहर, एकैछिन खुशी हुने सपनालाई परीले जिबनभर साथ् बाच्ने र संगै मर्ने प्रण गरेर अगाध माया गरेको उसको प्रियतमले सहन सकेन l परीले पनि के नै गल्ति गरेकी थिईन् र? मात्र घरमा एक्लै बस्दा लाग्ने पट्यार बिदेशमा बस्दाको घर गाउको अनि आमा बाबाको यादलाइ भुलाउन अनि ईन्टरनेट हुनुको सुबिधाको प्रयोग सबैले गर्छन च्याट गर्छन साथीहरु संग आफन्त संग त्यस्तै उ पनि हामि संग च्याट न गर्दै थिईन् तर संयोग कस्तो अचम्मको हुदोरहेछ यो कुरा न परीलाई थाहा थियो न परीको राजकुमारलाई न त मलाई न मेरो साथीलाई तर हामी सबै एक अर्कासंग कुराकानी गरिरहेको थियौ l हामीलाई के थाहा एऊतै डोरीले हामी सबैलाई बेरेको छ भन्ने l हामि कुरा कुरामा मस्त थियौ मैले त परीलाई त्यतिनै खेर भेटेको थिए पहिलो पटक तर पनि पुरानै चिनजान जस्तै कुरा भैरहेको थियो मेरो टेड़ो प्रश्नको पनि उ सिधा जबाफ दिदै थिईन त्यतिकैमा म मेरो साथि अनि परी सबैजना दोहोरि खेल्न थाल्यौ l मलाई त त्यति दोहोरि आउदैन तर पनि ठत्यौलीमै म पनि गाउदै थिए मेरो साथि उसको अरु साथि हरु संग पनि च्याट गर्दैनै थियो त्यस्तैमा कुरा हरु हुन्छ साथीसंग के छ कस्तो छ के गर्दै छस यस्तैको जबाफमा मेरो साथीले हामी त आज मस्तीमा छौ फलानो फलानो बसेको छौ अन-लाईनमा एउटी केटि संग दोहोरि गाउदैछौ वेब क्यामरामा हेराहेर गर्दै भन्दै सुनाउदै थियो उसको साथि पनि के कम मलाई पनि त्यसको आईडी दे न कुरा गर्छु भनेछ मेरो साथि ले मलाई आईडी माग्दै थियो मैले भने सबैलाइ दिनु हुदैन हामीसंग जस्तो बिस्वाशले कुराहरु गरिरको छ सबैसंग त्यस्तो नहुन सक्छ फेरी तेरो साथीले नराम्रो कुराहरु गर्न सक्छ कसैको पनि आईडी अरुहरुलाई नदे भनेर मैले भने तर मेरो साथि म संगै बसिराको मैले थाहै नपाइ मेरो कम्प्युटरमा हेरेर दिईहालेछ l मुख्य कारण नै यहि भयो कसैलाई थाहा थिएन त्यति राम्रो संग कुराकानी भैरहेको थियो गीतहरु गाउदै थियौ एकैचोटी परी हामि संग रिसाउन थालि नारिसओस पनि कसरि उसले कति सपना बुनेको उसले आफ्नो मन मन्दिरमा सजैराखेको आफ्नो मान्छेले त को केटाहरु संग दोहोरि गाउदै बसेको छस अरु के के गर्दै छस्? अन्य नानाभाति गालि गौलज भन्न हुने नहुने सबै भनेपछी त्यति मात्र त्यति कुरामानै सम्बन्दलाइ नै बाकी राखेन त्यसपछि कसरि भयो त यो सबै भन्दै हामि त सोच्नै सकिरहेको थिईनौ जुन मान्छेलाई मेरो साथीले आईडी दियो त्यो मान्छेनै परीको मनको राजकुमार रहेछ l गल्ति मेरो साथीको पनि हो तर एस्तो हुन्छ भन्ने कसले कल्पना पनि गरेको थियो र? आखिर भएरै छाड्यो यहि कारणले परीले आफ्नो राजकुमार गुमाउनु पर्यो एक मिनेट अगाडी सम्म त्यस्तो खुशीको पंखमा भुर्भुराउदै निलो गगनमा उडी हिड्ने परी कति अनकनटार भुमरी हरुमा झर्न पुगिन् l खै केको श्राप पर्यो नखाको बीस पनि त्यो क्षण परीलाई लाग्यो l गर्दै नगरेको पापको सजाय परीले त्यो दिन् बाट बाध्य भएर भोग्नु पर्यो l मैले पनि धेरै सम्झाउन खोजे तर उसको रुवाईले मलाई नै छताछुल्ल परेको थियो म पनि के नै गर्न सक्थे र? मात्र सान्तवना त ढाडस बाहेक

उसलाई परेको पिडालेनै , उसको दुख र ब्यथाले नै मलाई उनि संग नजिकक्यायो किनकि त्यस्तै कैयन पिडा चोट मैले पनि भोगिरहेको थिए l सहदै आएको थिए सायद उसलाई मलम पट्टि गर्दा मेरो मनको घाउहरु बिसेक भएजस्तो लाग्थ्यो त्यसैले म उसलाई मेरो उसमा मेरो घाईते मुटु भेट्ने गर्थे अनि उसलाई गरेको दबाईहरुले म आफै सन्चो भएको अनुभब गर्थे l पछी पछी परीलेनै भन्ने गर्थी मलाई निठुरीको निम्ति म किन जिउ सुकाउनु जे भयो राम्रै भयो यति सानो कुरालाई पहाड बनाउने मान्छेले पछी जिन्दगीको यात्रामा कहिले सम्म साथ् दिन सक्छ र? मलाई पनि ठिक लाग्थ्यो उनको कुरा ठिकै त हो, अब फेरी परीको जिबनमा अलि अलि खुशी हरु पलौना थालेको म अनुभब गर्ने गर्थे अनि उनि संगै म पनि किन हो खुशी हुन्थे यस्तै दुख सुख जिन्दगि को कुराहरु गर्दा गर्दा कहिले कहीं मेरो मनमा सोच हरु पलाउथ्यो उनको बारेमा कल्पना हरु आउथ्यो हरेक किसिमका मैले पनि मेरो सबै बिगत उसलाई सुनाएको थिए उसको भन्दा अझ दर्दनाक अनि धेरै घाउको खाटाहरु मेरो मनबाट उप्किसकेको थिएन सायद जिबनमा खाएको चोट हरुले गर्दा होला हामी बिचको धेरै कुराहरु सोच हरु उस्तै उस्तै हुन्थ्यो l

थाहा छैन हाम्रो यस्तै सम्बन्ध कहाँ सम्म पुग्छ कहाँ पुगेर टुंगिन्छ या त दोबाटोमानै छुटिने हो या त जिबन्त सम्मै संगै भन्न पनि सकिन्न यदि परीको मन मा पनि मेरो जस्तै हुदो होत कति सुन्दर हुन्थ्यो होला जिबन कति मधुर हुन्थ्यो होला साथ् कति अटुट हुन्थ्यो होला बन्धन जहाँ माया नै माया हुने थियो जिन्दगीको परिभाषा खोज्न कहाँ जानु पर्ने थियो र? सुख र खुशी बटुल्नको लागि आज म अनि उनि पनि आफ्नो देश भन्दा धेरै टाढा छौ म चाहन्छु यो दुरीलाई एउटा सिमा बिन्दु किन नबनाउने परी यो मेरो मायाको डोरी तिमीसंग मात्र गासिएको छ त्यता बाट तिमि अलिकति तान म यता बाट अलिकति तान्छु हाम्रो मिलन अबस्य हुन्छ यदि तिमीले यो डोरी छोडीनौ भने ...................................परी .... म पर्खिबस्छु सधैभरी ...................."असन्तोष" l




No comments: