Jul 17, 2008

के गरु के गरु
एक्जाम आउन एक महिना मात्र बाकी छ । खाली घुमेको घुम्यै छु । यो पत्रकारिता पनि कति गर्न मन लागेको हो,पट्क्कै छोड्न मन लागेको छैन । पत्रकारिताले मलाई छोडेको छैन कि मैले पत्रकारितालाई छोड्न नसकेको त्यो पनि थाहा छैन । यो त एक प्रकार को लत नै बनिसक्यो । लागेपछि छोड्नै नसक्किने रहेछ ।
एक महिना बाकी छ परिक्षा आउन । पढेको केही छैन । कसरी पास् गर्ने हो । डर लागिहेको छ । फेल भए त अरु को सामु कसरी मुख देखाऊनु । घर मा पनि कसरी पैसा माग्नु । सुरु देखि पढे त यस्तो समस्या आउँदैन्थ्यो । अहिले टेन्सन लिएर के गर्नु । जे हुनु भैस्क्यो । अझै पनि हार्ड लेबर गरे पास् गरिन्छ । छिटो छिटो बिए पास् गर्न पाए,आनन्दले बसिन्थ्यो । कहिले सकिएला यो पढाई । हुन त पढाई कहिले पो सकिन्छ र । जुनि भरि पढ्नै पर्छ । तर यो बिए सिध्याऊन पाए आन्न्द हुन्थ्यो । तर पास गर्ने पो कसरी ।

No comments: