अभिभावकको बाटोमानरेन्द्र रौले
(यो लेख असोज ५ गतेकोनेपाल साप्ताहिक मा प्रकाशित छ ।)
२८ वर्षहिले घुम्ने सिलसिलामा काठमाडौ आएकी थिइन् सुकमित गुरुङ, ४६ । काठमाडौले उनलाई कति मोहनी लगाइदियो भने गान्तोक, सिक्किम,र्फकन मन लागेन । त्यतिखेर रेडियो नेपालले गरेको आधुनिक गायन प्रतियोगितामा सहभागी भएर उनी पहिलो हुन पुगिन् । उनको गीतको बोल थियो, 'सुनचादीभन्दा महगो यो ज्यान ।'हो, तिनै सुकमित लगातार यही सहरलाई कर्मथलो बनाइरहेकी छन् । तन, मन दिएर गायनमै समर्पित भइरहेकी छन् । अहिले त आपmनी छोरीलाई समेत गायिका बनाइसकिन् उनले । भन्छिन्, "बोल बोल पाखाहरू....गीत रर्ेकर्ड गराउदा मेरो पेटमा नौमहिने शिशु खेल्दै थियो ।" तिनै आरती गुरुङ, १९, ले अहिले एल्बम निकालेकी छन्, इच्छा । खासमा आफ्नै आमाले गाएका गीतहरूलाई स्वराङ्कन गरेकी छन् उनले । रक, ज्याज, स्नोरक मात्र होइन, बच्चुकैलाश, नारायणगोपाल, तारादेवीका गीतहरू औधी मन पराउछिन् आरती । सुनाउ“छिन्, "घरमा आमा गाउनुहुन्थ्यो । म त्यो सुन्दै गुनगुनाउथे । घरको सङ्गीतमय प्रभावले म गायनमा तानिए“ ।" आरतीका बुबा बलराम गुरुङचाहि यती ट्राभल एजेन्सीमा काम गर्छन् । बुबाले उनलाई पढाइ पूरा गरेर मात्र गाउन सल्लाह दिएका छन् रे †जेभियर एकेडेमीबाट प्लस टू सकेकी आरती केही दिनमा नै थप शिक्षाका लागि अमेरकि जादैछिन् ।
भन्छिन्, "पहिलो कुरा मेरो पढाइ हो । गायनलाई त्यसपछि मात्र निरन्तरता दिनेछु ।" नर्स बन्न हौसला छ आमाको । सुकमित थप्छिन्, "उसमा नर्समा हुनुपर्ने सबै गुण छन् ।" उनका जेठा छोरा दिल्लीमा कल सेन्टरमा जागिरे छन् भने अर्की छोरी सिक्किममा जागिरे ।१९ वर्षेखि परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा का

र्यरत छिन्, डा इन्दिरा सत्याल, ५६ । अहिले उनका दुवै छोराछोरी डाक्टर छन् । छोरी आभा, २३, ले चीनबाट एमबीबीएस गरेकी हुन् । उनी आफन्त र दृष्टि नेपाल नामक संस्थामा युवकयुवतीलाई परामर्श दिने र त्यहा राखिएका बिरामीहरूको उपचार गर्छिन् । कसरी आमाकै पेसा अगालिन् त - भन्छिन्, "स्वास्थ्य शिविरका क्रममा आमाले देशका विभिन्न जिल्ला डुल्दा म पनि सगै जान्थे । धेरै डाक्टरहरूसग घुलमिल हुने मौका पाइयो । म आमाको कामबाट प्रभावित भएर आमाकै बाटो रोजे ।"त्यसो त इन्दिराका जेठा छोरा आशीष पनि डाक्टर नै हुन् । चीनको बेफ्याइङ् मेडिकल कलेजमा पढाइसकेका आशीष अहिले अमेरकिामा छन् । सञ्जय वैद्य, ३७, ले जहाज चलाउन थालेको नौ वर्षभयो । उनलाई त आकाशमा उडिरहन मन लाग्छ रे , भन्छन्, "आकाशमा उडे पनि मन त जहाजसगै हुन्छ ।" तत्कालीन शाही नेपाली वायुसेवा निगममा ३७ वर्षविमान चालक भएर काम गरसिकेका देव वैद्य, ५८, का छोरा हुन् सञ्जय ।
नेपाली मूलका बुबा र बैङ्गलोरकी आमाका सन्तान हुन् उनी । नेपालका अधिकांश विमानस्थलमा जहाज ओरालेका छन्, उनले । सुनाउछन्, "बच्चै छदै बुबाआमासग खेलौना पनि जहाज नै ल्याइमाग्थे । घरमा बुबा र उहाका साथीहरू

पाइलटको डे्रसमा आउदा पाइलट बनु बनु लाग्थ्यो ।"त्यसो त सञ्जयले बुबाबाट पाइलट बन्न खासै हौसला पाएनन् । तर, पाइलट बन्ने सङ्कल्प पूरा गरेरै छाडे । २६ वर्ष उमेरमा पहिलोपटक जहाज उडाएर काठमाडौबाट भोजपुर पुगेको क्षण सञ्जयले बिर्सर् छैनन् । भन्छन्, "बल्ल पाइलट भएजस्तो लाग्यो । कमाउन पनि थालियो ।" देव वैद्य तिनै चालक हुन्, जसले चलाएको जहाज पञ्चायतकालमा दर्ुगा सुवेदी, वसन्त भट्टर्ईलगायत नेपाली काङ्ग्रेसका युवकहरूको अपहरणमा परेको थियो । सम्झन्छन्, "काठमाडौबाट विराटनगर जान लागेको प्लेन अपहरण गरेर भारतको जङ्गलमा पुर्याए । भएभरको पैसा पनि लुटे ।"देवलाई सातामा एक दिन बिदा मनाउन पनि धौधौ पर्छ । भन्छन्, "जतिखेर पनि जहाज उडाउन पाए हुन्थ्यो भन्ने लागिरहन्छ ।" ३५ वर्षघि द राइजिङ् नेपालबाट सुरु भएको थियो पत्रकार पी र्-पर्शुराम) खरेल, ५५, को यात्रा । उनका छोरा पारस, २५, नेपाल प्रेस इन्स्िटच्युट -एनपीआई)मा र छोरी वीणा, २९, लुथ्रन विश्व फेडेरेसनमा काम गर्छन् ।
अर्थशास्त्रमा स्नातकोत्तर वीणासित द काठमान्डू पोस्टमा पा“च वर्षकाम गरेको अनुभव छ । भन्छिन्, "सानै छ“दा बुबाले कोर्सका किताबबाहेक अरू पनि पढ्नर्ुपर्छ भन्नुहुन्थ्यो । लाइब्रेरी लिएर जानुहुन्थ्यो । सायद बुबाको प्रेरणा र हौसलाले होला म यो ठाउ“मा पुग्न सकेको ।"के बुबा पत्रकार नभ

एको भए, पत्रकारतिा नै गररिहेका हुन्थे पारस - भन्छन्, "म भन्न सक्तिन“ तर अर्थशास्त्रको अनुसन्धानकर्ताचाहि हुन्थे।"
द काठमान्डू पोस्टमा काम गरसिकेका पारस प्रेस इन्स्टच्युटमा मिडिया मोनिटरङि्को काम गर्छन् । बुबा खरेल आपmना छोराछोरी स्वभावैले यस क्षत्रमा आएको बताउछन् । भन्छन्, "घरमा प्रशस्त पत्रपत्रिका र किताब हुन्थे । पुस्तकालय पनि धाइरहन्थे । पत्रकारतिाकै वातावरणमा हर्ुर्किए दुवै दिदीभाइ ।"दार्जीलिङको चियाबगानमा जन्मिएकी कुन्ती मोक्तान, ४७, सानैदेखि हार्मोनियम, तबला, गीतारजस्ता बाजाहरूसग खेल्थिन् । बुबा सङ्गीतप्रेमी भएकाले सबैजसो बाजाको सङ्कलन थियो घरमा । खर्सरस्थत सेन्ट जेभियर्स स्कुल पढ्दै गर्दा १४ वर्षो उमेरमा उनको पहिलो गीत र्कर्ड भएको थियो । तिनै कुन्तीले छोरीहरूलाई पनि गायनमै डोर्याइन् । शीतल-सुवानीका नामले चर्चित छ यो जोडी ।
शीतल, २२, र सुवानी, १९, लाई सानैदेखि भायोलिन र किबोर्ड सिकाउथिन् कुन्ती । उनीहरूको रुचि एउटै क्षेत्रमा

भए पनि अध्ययनचाहि फरकफरक क्ष्त्रमा छ । सुवानी प्राइम कलेजमा चार्र्टर्ड एकाउन्टेन्ट पढ्दैछिन् भने शीतलले एपेक्स कलेजबाट बीसीआईएस कोर्स पूरा गरनि् । गाउनबाहेक उनीहरू मिडियामा काम गर्छन् । सुवानी इमेज एफएममा पाचवटा कार्यक्रम चलाउछिन्, शीतलले एनटीभी-२ मेट्रोमा म्युजिक सूत्र कार्यक्रम चलाउछिन् । गायनबाहेक खासै नया योजना छैन उनीहरूसग । छोराछोरीले बुबाआमाको पेसा नै किन रोज्छन् त - मनोचिकित्सक निराकारमान श्रेष्ठ भन्छन्, "पहिलो कुरा वंशाणुगत गुणका कारण हो, अर्कोचाहि घरको वातावरण ।" श्रेष्ठको अनुभवमा सामाजिक र पारविरकि कारण कतिपय बुबाआमाले आफ्नै पेसा छोराछारीलाई रोज्न दबाबसमेत दिने गरेका छन् । संयोग के भने श्रेष्ठका दइ छोरी र श्रीमती डाक्टर छन् भने छोरा पनि डाक्टर बन्ने तरखरमा छन् ।
No comments:
Post a Comment