युवा पुस्ता किन रोज्दैछन् आमसञ्चार ?
नरेन्द्र रौले
जीवनको २० बर्षो उकालो चढ्दै गरेकि काठमाडौं जोरपाटीकि सविता सुबेदी,भद्रबासकि सबिना कुइकेल र सुन्दरीजलकि रुपा खड्का आम सञ् चार र पत्रकारिता विषय लिएर मदनभण्डारी कलेजमा स्नातक दोस्रो बर्षा अध्ययनरत हुनुहुन्छ । सविना कुइकेल विगत चार महिना देखि टाइम्स एफएममा लोक विट्स कार्यक्रम चलाइरहनुभएको छ । उद्घोषण तालिम लिइसकेकि सविता सुबेदिले रेडियोमा कार्यक्रम चलाउने सपना पाल्नु भएको छ भने रुपाले टेलिभिजनमा कार्यक्रम चलाउने लक्ष्य लिनुभएको छ ।
विज्ञान विषय लिएर युनाइटेड एकेडिमीबाट प्लस टु पास गरेका सँगम शिल्पकार र सुमति मर्हजन पत्रकारितमा प्रबेश गरेका छन् । काठमाडौ विश्वबिद्यालय धुलिखेलमा बीए प्रथम अध्ययनरत सुमति र सँगम पत्रकारिताको पढाइमा रमाइरहेका छन् । दुबैले आफू लेख्न र अरुका लेखहरु पढ्न रुचाउनुहुन्छ । अँग्रेजी दैनिक द काठमाडौं पोष्ट मा निरन्तर दुबै जनाका लेखहरु प्रकाशित भइरहेका छन् ।
पि एन क्याम्पसबाट औपचारिक पढाइ सकाएकि रीता गुरुङ जनमत दैनिकमा रिर्पोटिङ गर्नुका साथै रेडियो बाराहि पोखरामा कार्यक्रम चलाइरहनु भएको छ । गुरुङ समुदायबाट उहाँले रामै्र प्रतिक्रिया पाइरहनुभएको छ । पछिल्लो समयमा एसएलसी पछि धेरैको रोजाइ आमसञ्चार बन्ने गरेको छ । हरेक बर्षआमसञ्चार पढ्ने विद्यार्थीहरुको सँख्या बढ्दो छ । त्यसै अनुपातमा पत्रकारिता पढाउने कलेजहरुको सँख्या पनि बढ्दैछन् । रेडियो,पत्रपत्रिका र टेलिभिजनको सँख्या पनि वर्षौपिच्छे थपिदै गएको छ ।
निजी स्तरबाट पत्रकारिताको ज्ञान दिलाउन एन पि आइ नामक संस्थाको स्थापना भएको थियो तर त्यस अघि नै वरिष्ठ पत्रकार भारतदत्त कोइराला,गोपालदास श्रेष्ठ,रामकृष्ण रेग्मी र गोकुल पोखरेलले सामुहिक रुपमा पत्रकारिताका लागी काम गर्नुहुन्थ्यो । तत्कालिन पञ्चायति सरकारले सँस्था गठन गर्न नदिने र गर्न खोजेको काममा प्रतिबन्ध लगाउँथ्यो । तैपनि डेढ बर्षसम्म उहाँहरुले दक्ष पत्रकार उत्पादन गर्न र त्यस सम्बन्धि आबश्यक ज्ञान,सीप र प्रशिक्षण दिएरै छोड्नुभयो ।
नेपालमा पहिलो पटक बि सं २०३३ र २०३६सालमा क्रमशः रत्नराज्य लक्ष्मी क्याम्पसमा प्रमाणपत्र तह र स्नातक तहको कक्षा सञ्चालन भएको थियो । त्यस बिचमा २ बर्षपाटन संयुक्त क्याम्पसमा स्नातक तहको पढाइ हुने गथ्र्यो । तत्कालिन गोरखापत्रका सम्पादक गोकुल पोखरेल र पी खरेल अध्यापन गर्नुहुन्थ्यो । "टाढा भयो र बस पनि नपाइने समस्याले पु न आरआर मा नै सर्र्यौ ।" पोखरेल बताउनुहुन्छ ।
बास्तबमै पत्रकारिताको कोर्षकस्तो हुनु पर्ने हो - कान्तिपुर सिटी कलेज पत्रकारिता डिपार्टमेन्ट चिफ धारणा यस्तो छ,"पत्रकारिताको कोर्ष एकदम डाइनामिक छ । कोर्षपुरानो भएपनि समय परिस्थीति अनुसार शिक्षकले नया सचना र जानकारी दिनसक्नपर्यो । "त्यस्तै त्रिबि पत्रकारिता डिपार्टमेन्ट चिफ प्रबलराज पोखरेल समय सर्न्दर्भ अनुसार कोर्षपरिमार्जन हुनुपर्ने र सैद्धान्तिक तथा प्रयोगात्मक बिद्याबिच सन्तुलित संयोजन हुनुपनेृ बताउनुहुन्छ ।
सरकारी र प्राइभेट कलेजको पढाइबिच भिन्नता बारे सबैको आ आफ्नो धारणा छ । कलेज अफ मास कम्यनिकेशन एण्ड जर्नालिज्मकि सँस्थापक डा मञ्जु मिश्र आफहरु सैद्धान्तिक ज्ञान भन्दा प्राक्टिकलमा बढी जोड दिने गरेको बताउनुहुन्छ । "२२ देखि आरआर क्याम्पसले आउटडेटेड कोर्षपढाइराखेको छ । हाम्रो कलेजमा बिदेशबाट समेत शिक्षकहरु आएर क्लास लिन्छन् ।" उता प्रबलराज पोखरेल भने सरकारी आरआर क्याम्पस मै पढाइ राम्रो हुने बताउनुहुन्छ । "आरआर मा विद्वान शिक्षक भएकाले यतै राम्रो पढाइ हुन्छ । हामी अस्वस्थ शैक्षिक प्रतिष्पर्धामा विश्वास गर्दैनौ । "
सैद्धान्तिक,व्यावहारिक र प्राविधिक ज्ञान दिलाउने उद्देश्यले कलेजहरुको सँख्यामा बृद्धि भए जस्तै दक्ष सञ्चारकर्मी उत्पादनका नाममा उद्घोषण प्रशिक्षण दिलाउने इन्सिटिच्यूटहरु पनि च्याउसरि खोलिएका छन् । विगत ५ बर्षदेखि सञ्चालन हुँदै आएको पानस मिडिया सेन्टरमा ५० जना व्यक्तिहरु उद्घोषण तालिम लिइरहेका छन् । पाटिचौर, गोर्खा का नारायण अर्याल उद्घोषण र त्यस सम्बन्धि प्राबिधिक ज्ञान सिक्न २ महिना अघि गोर्खाबाट आउनुभएको हो । धरान सुनसरीकि कृति दास एसएलसी पछिको फर्ुसदको समय सदुपयोग गर्न पानस मिडिया मा उद्घोषण तालिम लिइरहनुभएको छ । एसएलसि पास भएपछि आमसञ्चार विषय पढ्ने कृतिको मनसाय छ ।
पत्रकारिताको स्कोप बढी हुनाले रोजगारीका अबसर प्रशस्त भेटिनाले,नाम र दाम दुबै कमाउन सकिने भएकाले नै पत्रकारितामा विद्यार्थीहरुको सँख्या दिनानुदिन बढ्दै गएको हो । पर््रदशनिमार्ग स्थित आरआर क्याम्पसमा आइए देखि एमए सम्म करिव १५०० विद्यार्थीहरु अध्ययनरत छन् । पढाइ सगसँगै यस क्षेत्रमा कडा प्रतिस्पर्धा बढेर गएको छ । कलेजको पढाइले मात्र पत्रकार बन्न नसकिने धारणा राख्नुहुन्छ , द काठमाडौं पोष्ट का सम्पादक प्रतिक प्रधान । राम्रो पत्रकार बन्न भाषिक क्षमताका साथ्ौ कथाबस्तु बुन्न,उन्न र मिहेनति हुनुपर्ने उहाँको भनाइ छ । १६ बर्षअघि जुनियर रिर्पोटरबाट पत्रकारिता सुरुवात गरेका प्रधान जुन काम गर्दा आत्मसन्तुष्टि मिल्छ त्यहि काम र पेशा अँगाल्न सुझाब दिनुहुन्छ ।
आमसञ्चारका विद्यार्थीहरुका लागी निर्मलमणि अधिकारी नौलो नाम होइन । विगत ६ महिना देखि काठमाडौका बिभिन्न कलेजहरुमा प्राध्यापन गरिसक्नुभएको छ भने दर्जनौ पुस्तकहरु बजारमा छन् । हाल काठमाडौ विश्वविद्यालय, धुलिखेलमा प्राध्यापनरत अधिकारी भन्नुहुन्छ,"आफनो रुचि र क्षमताको पहिचान गरेर आफूलाई उपयुक्त लाग्ने ठाउँमा अध्ययन र मिहेनत गरेर लाग्नर्ुपर्छ ।"
पत्रकारिता पेशा जस्तो रमाइलो अरु कुन पेशा होला र - तोकिएको समयमा अफिस पुग्नर्ैपर्छ भन्ने छैन । दिनभरी अफिसमा बस्नर्ैपर्छ भन्ने पनि छैन । जहाँ जुनसुकै र जतिखेर पनि आफ्नो काम गर्न सकिन्छ । आज काठमाडौको बिबिसी स्टुडियोबाट रिर्पोटिङ गरिरहेका सुरेन्द्र फुयाल अर्को हप्ता अर्को हप्ता अमेरिका पुगिसकेका हुन्छन् भने केहि दिनमै रिर्पोटिङका लागी चाइना हान्निएका हुन्छन् ।
यति स्वतन्त्रता र मजा अरु कुन पेशामा पाइएला र - "पत्रकारिता पेशा एकदम रमाइलो. छ । अध्ययन एकदम प्रशस्त गर्नुपर्छ । समय सिमा भित्र बाँििधनर्ुपर्छ । तर चुनौतिहरु पनि प्रशस्त छन् ।" बिबिसीका सुरेन्द्र फुयाल बताउनुहुन्छ । फुयालले बताउनु भए जस्तै पत्रकारितामा चुनौतिहरु प्रशस्त छन् । बारा कलैयाकि २२ बषिर्या प्रियंका पाण्डे गढिमाई एफएमममा समाचार बाचन गर्नुका साथै बोर्डर पार र पत्र लहर कार्यक्रम चलाउनुहुन्छ । मधेशमा र्सर्ँघषरत समुहले आफ्ना समाचार प्रशारण नगरे गाली गनर्ेृ र मार्ने समेत धम्की दिने गरेको बताउनुहुन्छ ।
नाम र दाम कमाउने सपना पालेर पत्रकारिता पढ्नेहरु मध्ये निरास हुनेहरुको सँख्या पनि उत्तिकै छ । समय धेरै खर्चर्नु पर्ने, बढी मिहेनत गर्नुपर्ने तर सोचेजस्तो पैसा नआउने सामुहिक धारणा उनीहरुको छ । नेपाल मानविकी क्याम्पस बीए दोस्रो बर्षा अध्ययनरत अशोक थापालाई पत्रकारिता विषय लिएर पढेकोमा अहिले पछुतो छ । 'बेकारमा पढिएछ । यत्तिको मिहेनत अरुमा गरेको भए राम्रो करियर बन्थ्यो ।' थापा निरास मनस्थिीतिमा भन्नुहुन्छ । उता सिटि पोष्टका आभाष कर्माचार्यको धारणा फरक छ । रहर,इच्छा र यसमै काम गर्ने अठोट भए राम्रो आम्दानि गर्न सकिने उहाँ बताउनुहुन्छ । द काठमाडौ पोष्टको सप्लिमेन्टि्र सिटी पोष्टमा विगत ३ बर्षदेखि फेशन,शिक्षा,फिल्म,सँस्कृति लगायत समसामयिक विषयमा कलम चलाउने आभाष आफुले मासिक १२ हजार कमाउने गरेको बताउनुहुन्छ । श्रमजिवि पत्रकारका अधिकारलाई सँस्थागत गर्न नसकिएकाले नया सिकारु पत्रकारहरु शोषणमा परेको मान्यता छ , निर्मलमणि अधिकारीको । भन्नुहुन्छ,"अहिले मालिकहरु मोटाउने र पत्रकारहरु शोषणमा पर्ने अबस्था छ तर कानुनि संरचना बलियो हुनासाथ त्यस्ता समस्या समाधान हुन्छन् । "
प्राइभेट स्तरमा अयििभनभ या mबकक अommगलष्अबतष्यल बलम वयगचलबष्किm ले आफ्नै एफएम स्थापना गरिसकेको छ । महिला मध्ये नेपालबाट पहिलो पटक स्नातकोत्तर गर्ने तथा रुस बाट पिएचडी गर्ने दोस्रो डा मञ्जु मिश्रले एक बर्षअघि एफएम सञ्चालन गर्नुभएको हो । बिद्यार्थीहरुको आत्मविश्वास अभिबृद्धि गर्न,ब्यबसायिक पत्रकार उत्पादन गर्न र अवसर प्रदान गर्नका लागी एफएमको स्थापना गरेको मिश्र बताउँछन् । "कसैले नगरेको काम चुनौतिका साथ गर्नु ठूलो काम हो । आफैले आफ्नो बाटो पहिल्याउनर्ुपर्छ ।" मिश्रले थप्नुभयो ।
०४६ सालको जनआन्दोलनपश्चात् स्वतन्त्रताको अनुभुति भएपश्चात् मिडिया हाउससँगै पत्रकारिता गर्नेहरुको सँख्यामा बृद्धि भएको हो । त्यस यता मिडियाको बजार निकै फस्टायो । एउटा उद्योगका रुपमा यसले गति लियो । यो पेशामा स्वतन्त्रता र सिर्जनशिलता देखाउन पाइने हुनाले पनि पत्रकारहरुको सँख्यात्मक बृद्धि भएको धारणा छ विविसिका शुसिल शर्माको । अबको प्रतिष्पर्धात्मक बजारमा कसरी टिक्न सकिएला त - विगत २४ बर्षदेखि पत्रकारिताको अनुभब सँगालेका शुसिल शर्मा भन्नुहुन्छ,"इमानदारिता,प्रशस्त अध्ययन र कडा मिहेनत नै सफलताका सुत्र हुन् ।" अबको नया पुस्तालाई थप सल्लाह दिदै शर्मा भन्नुहुन्छ,"राम्रा राम्रा किताब अँग्रेजिमै छन् । अँग्रेजी सर्ुधानुहोस् । जिज्ञाशु बन्नुहोस् । दुःख नगरी कहाँ सफलता मिल्छ र -" मैले त त्जभ च्ष्कष्लन ल्भउब मिा भिततभच तय भमष्तयच लेखेर पत्रकारिता सुरुवात गरेको हो । ११ वर्षदेखि बिबिसी नेपाली सेवा मा कार्यरत शुशिल शर्माले आफ्ना पुराना दिनहरु स्मरण गर्दै भन्नुभयो ।